| रमझम

कविना
श्रेष्ठ
व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कविनाको पेशा हो फेशन
डिजाइनिङ । काठमाडौंस्थित स्टार फेशनमा डिजाइनरका रूपमा कार्यरत कविना
पत्रपत्रिका पढ्न र साथीहरूसँग च्याट गर्न रुचाउँछिन् ।
तस्बिर/शृङ्गारः डीजी प्लस, काठमाडौं
पहिरनः गसिप, तेस्रो
तल्ला विशालबजार, काठमाडौँ
रमझम/समाज
मधेशको उज्यालो

किरण पाण्डे |
यलमाया केन्द्रमा मधेशी गुञ्जन ।

परमेश झा
|
जनकपुरमा प्रदर्शित एक मैथिली नाटक ।

सहलेस महोत्सव-२०६१ को एक प्रस्तुति ।
|
विक्रम संवत् २०६१
को पुछारमा राजनीतिक मात्र नभई देशको साहित्यिक-सांस्कृतिक क्षेत्रमा
पनि चकमन्नता झैँ थियो । मधेशमा भने यो चकमन्नताले कतै केही छोएजस्तो
देखिएन । मधेशका नियमित र सामान्य गतिविधि पनि राष्ट्रिय सर्न्दर्भमा
अँध्यारोमा जूनकिरी झैँ टाठा देखिए । हिजोको खुकुलो परिवेशमा पनि कुँजिएर
बसेका मधेशीको सामान्य हलचलसमेत ठूलो चहलपहल झैँ भयोे । राष्ट्रले
महसूस गरिरहेको निस्सासिँदोपनलाई थोरै मात्र भए पनि यस्ता गतिविधिले
अक्सिजन-प्रवाह गरेर सहज तुल्याउने जमर्को गरे ।
यसको सुरुआत 'नेपाल तर्राईः सर्न्दर्भ र सम्भावना'
विषयमा सोसल साइन्स बहाःद्वारा २७-२८ फागुनमा राजधानीमा आयोजित सम्मेलनले
गर्यो । मधेशीहरूले आफ्ना तीता अनुभवहरूसमेत कलात्मक रूपले प्रस्तुत
गर्दै आफ्ना आँसुमा पीडक वर्गका मानिसबाट समेत र्समर्थन, सहानुभूति
र थपडी पाउनु कार्यक्रमको सफल पक्ष थियो । यसबाहेक स्वयं मधेशीहरूले
डा. रामावतार यादव, सीके लाल, प्रा. उषा झालगायत आफ्नै माटोका मान्छेको
गहिर्राई थाहा पाउने मौका पाए । बाँकी कसर पूरा गर्यो सम्मेलनको समापनमा
यलमाया केन्द्र, पाटनढोकामा आयोजित 'मधेशी साँझ' नामक साङ्गीतिक कार्यक्रमले
। केही व्यक्तिले 'कार्यक्रमले मैथिली सङ्गीतको शिष्टतालाई बिटुल्यायो'
भन्दै तीतो पोखे पनि सुनील मल्लिक, रूपा झा, गोपाल ठाकुर, मधु गुरुङ
आदिले प्रस्तुत गरेका मैथिली, भोजपुरी, अवधी भाषाका गीतहरूमा सहभागीहरू
मजैसँग झुमेका थिए । मधेशी-पहाडी दुवै समानुपातिक रूपले सहभागी भई
दिल खोलेर रमाएको उक्त कार्यक्रमले नेपाली जनता कस्तो समन्वयमा प्रफुल्ल
रहन्छन् भन्ने सङ्केत दिएको थियो ।
लगत्तै २-७ चैतमा मिथिलाको केन्द्र जनकपुरधाममा अन्तर्रर्ााट्रय
मैथिली नाट्य-महोत्सवको आयोजना भयो । वैशाख २०५९ मा काठमाडौँमा आयोजना
गर्ने भनी चतर्ुर्भुज आशावादी, उदयकान्त झा आदिबाट शुरु भएको महोत्सव
अभियान आरम्भमा आशावादीको असामयिक निधनबाट रोकिएको थियो, पछि राष्ट्रको
विषम परिस्थितिले कार्यक्रम र्सर्दै गयो । अन्ततः झनै विषम भनिएको
वर्तमान परिस्थितिमा जनकपुरधामस्थित रामानन्द युवा क्लवले त्यसलाई
आकार दियो । नेपाल र भारतका १० नाट्यसंस्थाको सहभागिता रहेको उक्त
महोत्सवले सडकमा धरपकड चलिरहेको बेलामा पनि प्रेक्षालयभित्र मानव-मन
र माटो पक्रन राम्रै सफलता प्राप्त गर्यो ।
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान पनि केही समययता मधेशप्रति
अलि बढ्तै संवेदनशील देखिएको छ । उपकुलपति डा. वासुदेव त्रिपाठीसमेत
अन्य प्राज्ञहरू मैथिलीका विशिष्टताहरूसँग परिचित भइदिएकाले प्रज्ञाको
सकारात्मक नजर देखिएको छ मैथिलीप्रति । नाट्य-महोत्सवमा समेत सक्रिय
सहभागिता जनाएको प्रज्ञा-प्रतिष्ठानले १०-११ चैतमा जनकपुरमा त्रि.वि.
मैथिली विभागको सहयोगमा काव्यसम्मेलनको आयोजना गर्यो । उपकुलपति डा.
त्रिपाठीकै विशेष पहलमा डा. राजेन्द्र विमल संयोजक रहनुभएको मिथिला
प्रज्ञा-प्रतिष्ठानको तदर्थ समितिसमेत बनाइयो । यो प्रयासलार्इर्र्स्वागतयोग्य
मानिए पनि जनकपुरलाई मात्र मिथिला मान्ने प्रवृत्तिबाट भने मैथिलीप्रेमीहरू
केही विक्षुब्ध देखिए ।
विभिन्न सांस्कृतिक गतिविधिबाट गरिने नववर्षो स्वागतमा
पनि मिथिलामा नयाँ रौनक देखिने भएको छ । सिरहामा गतवर्षरामरिझन यादवको
संयोजकत्वमा भएको सलहेस महोत्सवलाई यसवर्षतारिणीप्रसाद यादव, उमेशकुमार
झा 'ललन' आदिको विशेष सक्रियतामा तीनदिने कार्यक्रमका साथ भव्य रूपमा
मनाइने भएको छ । दलित चेतनाका प्रतीक सलहेस र हरिसिंहदेवको नाममा सिरहाको
सलहेस फूलबारी, मानिक दह, पकडियागढ, पतारिपोखरीलगायतका ठाउँमा १ वैशाखदेखि
नै मेला लाग्ने परम्परा छ । अर्कोतिर मिथिलाका हरेक जातिले नववर्षा
दिन शीतलता तथा सरसफाई अभियानका रूपमा मनाउने जूडशीतल पर्व -सिरुवा)
लाई आधार बनाई सप्तरीका थारूहरूद्वारा सिरुवा महोत्सव मनाउन लागिएको
छ । राजधानीमा भने किशोरी महतोको अगुवाईमा विशेष जूडशीतल कार्यक्रम
आयोजना हुँदैछ ।
सारा नेपाल जाज्वल्यमान रहँदा मधेशका सांस्कृतिक तथा
साहित्यिक गतिविधिहरू प्रायः 'भ्यापर लाइट' का अगाडि बलिरहेका टुकी
हुने गरे पनि आमजनताले आफ्नो आस्थाको तेल राखेर बाल्दै आएका यस्ता
सांस्कृतिक टुकीहरू देश निदाएको बेला भने निकै चम्किला देखिँदा रहेछन्
। देशको जस्तोसुकै अवस्थामा पनि मधेशबाट कोही न कोही कुनै न कुनै रूपबाट
जागिरहेकै देखिन्छ । यो जागरणलाई सानो क्यानभासमा कैद गरेर नियाल्ने
हो भने एउटा रिले-जागरण जस्तो देखिन्छ । आशा गरौँ, मधेश र देशलाई उँभो
लाने काममा यो जागरण यसरी नै चलिरहने छ ।
•
धीरेन्द्र प्रेमर्षि
रमझम/कला
नयाँ शैलीको खोज

मीन बज्राचार्य |
धेरैले भगवान
गणेशलाई एउटै स्वरुपमा पूजा गरेको हुनर्ुपर्छ । तर केही समयअघि राजधानीमा
प्रदर्शित कलाकार गोविन्द डङ्गोलको एकल चित्रकलामा गणेशका बेग्लाबेग्लै
स्वरुपलाई हर्ेदा दर्शक छक्कै परे ।
गणेशलाई एक सय आठ नाममा पुकार्ने गरिएको थाहा पाएपछि
डङ्गोल ती नाम पत्ता लगाउन कस्सिएका थिए । हालसम्म उनले गणेशका चौतीस
नाम र स्वरुपलाई चित्रमा उतारिसकेका छन् । सेतो, नीलो, खरानी, पहेँलो
र रक्त वर्ण्र्ाा गणेशका वाहन पनि बेग्लाबेग्लै छन् । अध्ययनकै क्रममा
उनले भारतको मुर्म्बईस्थित वार्डर्ेेरोडका बासिन्दा बुद्ध्रि्रकाश
श्रेष्ठसँग स्त्री गणेशको मर्ूर्ति भएको तथ्यसमेत फेला पारेका छन्
। भन्छन्, "दक्षिण भारतमा 'मदर गणेश'का रूपमा पूजा गरेको देखेको
छु । यो अध्ययनको विषय हो, यसले मलाई रोमाञ्चित तुल्याएको छ ।"
बर्म्बईमा जे.जे. स्कूल अफ आर्ट्सबाट फाइन आर्टसमा
डिप्लोमा गरेका गोविन्द ३३ वर्षेखि काठमाडौँस्थित ललितकला क्याम्पसमा
पढाउँदै आएका छन् । उनी हाल सो क्याम्पसका प्रमुख पनि हुन् । तर, प्रकृत्रि्रेमी
प्रयोगधर्मी चित्रकारका रूपमा उनको बढी ख्याति छ । उनका चित्रमा सिङ्गै
प्रकृति टाँसिए जस्तो लाग्छ । धेरै दर्शकले उनका चित्रलाई तस्बिरजस्तै
ठान्छन् र नजिकै गएर नियाल्छन् । हवाईजहाजमा उडिरहेको बेलासमेत भू-धरातलमा
देखिएको रङलाई धेरैपल्ट उनले चित्रमा उतारेका छन्, त्यो पनि हिमाल,
पहाड र तर्राईको बेग्ला-बेग्लै शृङ्खलामा ।
घना जङ्गलको बीचमा सुतेर आकाशतिर हर्ेदा तपाईँ के देख्नुहुन्छ
- कल्पना गर्दा पनि बेग्लै खालका तस्बिर नाच्छन् आँखामा । डङ्गोल तिनै
कल्पनालाई क्यान्भासमा उतार्छन् । समुन्द्रमा पानीभित्र देखिने आकृतिलाई
उनले चित्रमा उतारेका छन् । रङसँग खेल्ने अद्भुत क्षमता छ उनमा । भन्छन्,
"कला समुन्द्र हो । म पनि सिक्दैछु ।"
डङ्गोलले समकालीन नेपाली चित्रकारका माझमा बेग्लै पहिचान
बनाएका छन् । पौवा, यथार्थवादी, अमर्ूत, चारकोल सबै खाले कलामा उनी
सिद्धहस्त मानिन्छन् । उनको सिर्जना श्रीयन्त्रको मण्डलालाई एक विदेशीले
रु.२० लाख दिँदासमेत उनले बेच्न अस्वीकार गरे । भन्छन्, "यो मेरो
जीवनकै महत्त्वपर्ूण्ा चित्रकला हो । यसको मूल्य राख्नै मन लागेको
छैन ।"
चित्र लेख्नुअघि गहिरो अध्ययन गर्ने उनी अहिलेको युवा
पुस्ता गहकिलो सिर्जनामा भन्दा पर््रदर्शनीमै हतारिएको मूल्याङ्कन
गर्छन् । धेरैजसो एक्रेलिक र पानी रङको प्रयोग गर्न रुचाउने डङ्गोल
प्रायः 'वासटेक्निक' अपनाउँछन् । उनका धेरैजसो चित्रमा रातो रङको प्रभाव
पाइन्छ । चित्रकलाका प्रायः सबै विधामा उत्तिकै क्रियाशील थोरै शिल्पीमध्ये
एक हुन् उनी । डङ्गोललाई जीवनभरिमा पाँच हजार चित्र पनि बनाउन सकिँदैन
कि भन्ने लागिरहन्छ । र, देशविदेशमा छरिएका उनका सिर्जनाहरू हर्ेदा
लाग्छ, त्यो लक्ष्य धेरै टाढा छैन ।
देवीदेवताका चित्रहरूको त उनीसँग दर्जनौँ शृङ्खला तयार
छन् । धार्मिक चित्रहरूमा देखिने पुरानो शैलीभन्दा पृथक् छ उनको शैली
। चित्रमा नयाँ विषयबस्तुको खोजी गर्न उनी औधी रुचाउँछन् । गणेश- शृङ्खला
पनि उनको त्यस्तै खोजको अभिव्यक्ति हो ।
•
भोजराज न्यौपाने
रमझम/नाटक
महोत्सव
फर्किन सक्छ जोश

तस्बिरहरू कृष्ण शाह यात्रीे
|
| नाटक महोत्सव २०५९ को उत्कृष्ट नाटक 'मुटुको
व्यथा' । |
प्रज्ञाभवन, कमलादीको
प्रेक्ष्यालयमा यतिखेर नाटकर्-मर्मज्ञ र रङ्गकर्मीहरूको सुखद् मिलाप
भइरहेको छ । सर्न्दर्भ हो, काठमाडौँमा आयोजना भइरहेको राष्ट्रिय नाटक
महोत्सव -१-७ वैशाख) । राष्ट्रियस्तरको सबैभन्दा ठूलो र गरिमामय नाट्यपर्वका
रूपमा कहलिएको यो महोत्सव नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले २०३३
सालदेखि शुरु गरेको हो । महोत्सवका वाषिर्क शृङ्खलाहरूमा पुरस्कृत
थुप्रै प्रतिभा अहिले ख्यात्रि्राप्त रङ्गकर्मीका रूपमा स्थापित छन्
।
तीसको दशकमा महोत्सवकै लागि अहिलेका प्रसिद्ध नाट्यकर्मी
अशेष मल्ल धनकुटाबाट 'तुवाँलोले ढाकेको बस्ती' लिएर राजधानी र्झर्थे
। प्रयोगधर्मी नाटककार सरुभक्त ग्रामीण परिवेशको 'एउटा घरको कथा हैन'
लिएर पोखराबाट महोत्सवमा भिड्न आउँथे । विराटनगरबाट रमेश बुढाथोकी,
सुनील पोखरेलहरू आउँथे, अभिनेताका रूपमा । र, काठमाडौँमा कृष्ण मल्लजस्ता
उत्साही रङ्गकर्मीहरू महोत्सवको भव्य तयारीमा जुट्ने गरेको महोत्सवका
शुरुदेखिका दर्शक/निर्ण्ाायक डा. मोहनहिमांशु थापा बताउँछन् ।
महोत्सवको महत्त्व त्योभन्दा घटेको छैन आज पनि, बरु
बढेको छ । समय फेरिएको छ । भाग लिने पुस्ता फेरिएका छन् । तर नाट्यकर्मीहरूको
उत्साह उत्तिकै छ । यो पटकको महोत्सवको सहभागिताले पनि यही जनाउँछ
। मोफसल बन्दका कारण आफ्नो नाटक छुट्ला भनेर उदयपुरको 'पाइला नाट्य
समूह' का रङ्गकर्मीहरू एक हप्ताअघि नै काठमाडौँ आइसकेका छन्् । दर्ुइ
दशकदेखि रर्ङ्गकर्ममा सक्रिय विजय विस्फोट नयाँ छिमलका रङ्गकर्मीहरू
लिएर उत्साहका साथ 'मर्ुदाहरूको महाभोज' कोे तयारीमा व्यस्त छन् भने
अघिल्लो नाटक महोत्सवमा पुरस्कृत निर्देशक किशोर अनुराग चार वर्षघि
छानिएर पनि नगरेको नाटक "कथा सारङ्गी गाउँको" मञ्चनको तयारीमा
छन् । यसपटकको महोत्सव नाटककार गोपालप्रसाद रिमालमा समर्पित भएकाले
रिमालको चर्चित नाटक 'मसान' शकुन्तला शर्माको निर्देशनमा मञ्चन हुँदैछ
।
महोत्सवको चहलपहल बढेपनि सहभागी रङ्गकर्मीहरू भने आयोजकहरूबाट
सन्तुष्ट देखिँदैनन् । प्रति टोली ६ जना कलाकारको खर्च मात्र दिइने,
क्षेत्रीय नाटक उत्सवबाट चयन नभई एकैपटक राष्ट्रिय नाटक महोत्सवमा
सामेल गराइएको, पुरस्कारको राशि र विधा नबढाइएको जस्ता गुनासा छन्
रङ्गकर्मीहरूसँग । २०३६ सालको नाटक महोत्सवमा सर्वोत्कृष्ट निर्देशकका
रूपमा पुरस्कृत भएर पनि अभिनयमा प्रशंसा पुरस्कार मात्र पाएपछि सरुभक्तले
पुरस्कार अस्वीकार गरेका थिए । उनै रङ्गकर्मी अहिले प्रज्ञा-प्रतिष्ठानको
नाट्य विभागका प्रमुख/प्राज्ञ बनेका छन् । महोत्सवबारे उनी भन्छन्,
"महोत्सवको इतिहास राष्ट्रिय रर्ङ्गकर्मसँग गाँसिएको छ । यसलाई
समयसापेक्ष बनाउनका लागि हामीले स्थापित र नयाँ दुवै खाले नाट्यसमूह
र रङ्गकर्मीहरूले भाग लिन सक्ने वातावरण मिलाएका छौँ ।" महोत्सवमा
पुरस्कार दिँदा पुरस्कृत समूह वा व्यक्तिलाई मात्र प्रोत्साहन मिल्ने
र अरू निरुत्साहित बन्ने सरुभक्तको निक्र्योल छ । उनी भन्छन्, "धेरै
नाटकहरूबाट छानिनु पनि एउटा प्रतियोगिता नै हो ।" यो पटक सबै
समूहलाई प्रशंसा-पत्र र केही आर्थिक सहयोग गर्ने उनको योजना छ ।

२०५६ को उत्कृष्ट नाटक 'मलामी' । |
प्रज्ञा-प्रतिष्ठानको यो निर्ण्र्ााे भोलिका दिनमा महोत्सवमा
दर्ुइ खाले प्रभाव देखाउनेेछ । पुरस्कृत नगरिँदा उत्कृष्ट काम गर्ने
रङ्गकर्मीहरू सम्मानबाट वञ्चित हुनेछन् तर यसबाट प्रतियोगिता भएकै
कारणले महोत्सवमा आउन हिच्किचाउने पुराना रङ्गकर्मीहरूको सहभागिता
बढ्न सक्छ ।
गतवर्षप्रायः सबै तयारी पूरा भएपनि उपकुलपतिको नियुक्ति
ढिलो भएकाले महोत्सव हुन सकेको थिएन । यसअघि २०४६ सालमा जनआन्दोलनका
बेला प्रतिकूल परिस्थितिको कारण देखाई महोत्सव रोकिएको थियो । अरू
वर्षरूमा भने यसको निरन्तरता टुटेको छैन । यो पटक दर्ता भएका १०४ नाटकमध्ये
१९ नाटक मञ्चनका लागि चयन भएका छन् । अघिल्ला महोत्सवहरूका निर्ण्ाायक
डा. मोहनहिमांशु थापा भन्छन्, "महोत्सवले दर्शकमा नाटकप्रतिको
आकर्षा बढाउँछ, प्रतिबद्ध रङ्गकर्मी जन्माउँछ र समकालीन रङ्गमञ्चको
प्रतिनिधित्व गर्छ ।"
जेजस्तो भएपनि महोत्सवको आफ्नै गरिमा छ । वीरेन्द्र
हमाल, अनुप बराल, अनुराधा बराल, सम्राट सापकोटा आदि महोत्सवबाटै पुरस्कृत
भएर चिनिएका रङ्गकर्मी हुन् । प्रज्ञा-प्रतिष्ठानबाट नाटक महोत्सवकै
अवसरमा मालती मंगले, अन्धवेग, जब घाम लाग्छ, पहाड चिच्याइरहेछ, सहनशीला
सुशीला जस्ता चर्चित नाटक मञ्चन भएका छन् । मलामी, मान्छे मान्छेहरू,
मुटुको व्यथा विभिन्न समयमा महोत्सवबाटै उत्कृष्ट घोषित नाटकहरू हुन्
। त्यसैले यो महोत्सव औपचारिकतामा मात्र सीमित नरहोस्, रङ्गकर्मीहरूले
गर्व गर्ने अवसर बनोस् भन्ने सबैको अपेक्षा छ । नाटक-तालिकामा रहेका
लेखक, निर्देशकहरूका नाम हर्ेदा यो नाट्यपर्व स्मरणयोग्य हुने भरोसा
जाग्छ ।
•
कृष्ण शाह यात्री
रमझम/सौर्न्दर्य
लगाव शृङ्गारतिर
मोफसलका महिलाहरूमा
सौर्न्दर्य-सज्जातिर आकर्षा बढ्न थालेको छ । सोही अनुपातमा शृङ्गार
व्यवसाय अँगाल्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि आएको छ । विदेशबाट
राजधानी भित्रिएको सौन्दय-विधि सिकाउन र व्युटिसियनसम्वद्ध सीपलाई
परिस्कृत तुल्याउन १९-२० चैतमा विराटनगरमा आयोजित कार्यशालामा यसको
स्पष्ट सङ्केत मिल्थ्यो । शृङ्गारका नयाँ विधि, तरिका र परिकारहरू
एकैसाथ मोफसलका विभिन्न शहरमा पुर्याउने उद्देश्यले आयोजित कार्यशालामा
भारतको दार्जीलिङ, सिक्किम, कालिम्पोङ्ग, जोगबनी, सिलिगुडी र नेपालको
धरान, उर्लावारी, दमक, बिर्तामोड, बुटवल, विराटनगर, जनकपुर, बारा र
बुटवलका दर्ुइ सयभन्दा बढी व्युटिसियन महिलाहरूको सहभागिता थियो ।
र, सिकाइएको थियो हेयर कटिङ, नेल डिजाइन, ट्याटु, फेशन मेकअप, कपाल
सजाउने आधुनिक शैली र सीप ।
शृङ्गारले सौर्न्दर्यमा चमक ल्याउँछ र समाजमा महिलाको
गरिमा तथा आत्मविश्वास बढाउँछ भन्ने चेतना मोफसलका व्युटिसियनहरूमा
वृद्धि हुँदै गएको शृङ्गार प्रशिक्षक बिनु श्रेष्ठ बताउँछिन् । एक
दशकअघि समाजमा व्युटिसियनलाई नकारात्मक दृष्टिले हर्ेर्ने गरिए पनि
अहिले सो धारणा हट्दै गएकाले यसलाई व्यवसाय बनाउनेहरूको सङ्ख्या बढ्दै
गएको ठान्छिन् राजधानीबाट विराटनगर आएकी प्रशिक्षक राज्यश्री श्रेष्ठ
। उनी भन्छिन्, "केहीको बद्मासीले पहिला व्युटिसियनलाई नराम्रो
मानिन्थ्यो तर अहिले पढेलेखेका महिलाहरू समेत उल्लेख्य मात्रामा व्युटिसियन
बन्न थालेका छन् ।" दर्ुइ वर्षघि 'मिस कोशी' बनेकी रनिता भगतले
स्नातक तहको पढाइ सक्नासाथ यही पेशा अपनाइन्् । विराटनगरमा कुम-कुम
व्युटिपार्लर सञ्चालन गरिरहेकी रनिताले भनिन् "अहिलेको युगमा
फेशन अनिवार्य भएकालेे शृङ्गारको 'चार्म' छ र कमाई पनि राम्रो हुन्छ
।"
चौबीस वर्षघि नै यो पेशामा लागेकी दमककी बिनी श्रेष्ठ
आजभोलि युवती, वयस्क र बूढी महिलाहरूले समेत शृङ्गारलाई अनिवार्य ठान्न
थालेको अनुभव सुनाउँछिन् । भन्छिन्, "अचेल मोफसलका महिला हप्तामा
दर्ुइ पटक व्युुटिपार्लर आउन थालेका छन् ।" यो पेशाबाट अहिलेसम्म
रु.३० लाखभन्दा बढी कमाएको उनको दाबी छ । यसलाई आशलाग्दो पेशा ठान्छन्
पर्ूवाञ्चलका व्युटिसियनहरू सम्झना र्राई, बबिता प्रधान र मीना सुब्बा
। उनीहरू भन्छन्, "सीप भए मनग्य कमाउन सकिन्छ ।"
•
बाबुराम विश्वकर्मा, मनोज रसिक, विराटनगर
रमझम/सङ्गीत
चुर्लुम्मै ठेट भाकामा
धनकुटाको डाँडाबजारबाट
अध्ययनका लागि काठमाडौँ र्झर्ने बेलामा आमाले दिनुभएको अर्तीका हरफ
आजकल झल्झली सम्झन्छन् गायक तुलसी पराजुली । "गीत गाउने मान्छे
दुःखी हुन्छन्" आमाले प्रायः भन्ने गरेका यस्ता भनाइले उनको गायनयात्रालाई
भने रोकेन । भन्छन्, "पढ्नका लागि काठमाडौँ आउनुका पछाडि गीत
गाउने रहर नै थियो ।"
गाउन भनेपछि हुरुक्कै हुने पराजुलीले गायनलाई अध्ययनसँगै
बढाए । उनले औपचारिक गायन यात्राको एकदशकमा नेपाली लोकसङ्गीतमा मौलिक
पहिचानसमेत बनाइसकेका छन् । भन्छन्, "दाम नभए पनि नाम छ, त्यसैले
त सङ्र्घष्ामा हिँडाएको छ ।"
तुलसीले पहिलोपटक लोकभाकाको स्वाद आमाबाटै पाएका थिए
। सासूको कडा बुहार्तन खेप्न बाध्य तुलसीकी आमा वनपाखा जाँदा वेदनालाई
गीतमा पोख्थिन् । आमाका तिनै भाकालाई तुलसीले गुन्गुनाउँदै आए । बाहुनको
छोरो 'गाइने' पो हुन्छ कि - तुलसीको गायन-मोहबाट परिवार केही चिन्तित
पनि थिए । तर, तुलसी भइदिए गायक । गायनमा लाग्नेहरूलाई समाजले हर्ेर्ने
दृष्टिकोणमा केही परिवर्तन आएको बताउँदै तुलसी भन्छन्, "मेरा
केही गीत रेडियोबाट बढी नै सुनेपछि परिवार पनि खुशी नै छन् ।"
लोकगीत भन्नेबित्तिकै भौगोलिकता, भाषा, संस्कृतिको
वासना आउने धारणा व्यक्त गर्ने तुलसी गाउँघरका महिलाले दुःख-वेदनालाई
पोख्ने माध्यम पनि लोकभाका भएको बताउँछन् । तिनै भाकामा मौलिकता पाइन्थ्यो
पहिले । तर, गाउँघरमा गाइने मौलिक भाका र गीतहरू पनि अहिले ठिमाहा
भइसकेको उनको अनुभव छ । गीत/सङ्गीतका अन्य धेरै बान्कीभन्दा मौलिकता
बोकेका लोकभाकामा उनी रुचि राख्छन् । भन्छन्, "तर, गाउँमा पनि
अब ठेट पाइन नै छाड्यो ।" ठेट गाउँछु भनेर कस्सिनेहरूले ठेटपनाप्रति
न्याय गर्न सक्नुपर्ने उनको धारणा छ ।
लेकैमा फुल्यो हौ लाली है
गुराँस
सालैज्यू सालैज्यू बेंसी त टोटालो
सँगैका साथी हौ हावैजहाज माथि
सालैज्यू सालैज्यू म भैंसी गोठालो
तुलसी पराजुलीले यस्तै बोल सङ्कलित 'झल्झली आँखैमा'
अल्बम तीन वर्षघि र्सार्वजनिक गरे र त्यही अल्बममार्फ् नेपाली गायनमा
मजैले चिनिए । यसअघि पनि उनका आधा दर्जन अल्बम बजारमा आइसकेका थिए
। 'झल्झली आँखैमा' को सफलताले लोकसङ्गीतमा प्रतिबद्धताका साथ लाग्ने
जाँगर थप्यो । एक वर्षघि 'घिन्ताङ्ग' अल्बम र्सार्वजनिक गरेका तुलसीले
आधुनिक गीत पनि गाए । तर, रस बस्यो लोकगीतमै । अहिले उनी अर्को लोकअल्बमको
तयारी गरिरहेका छन् । लोकदोहोरी/जुहारीभन्दा लोकगीतमा उनलाई बढी चाह
छ । भन्छन्, "लोकगीतमा मनका भावलाई पोख्ने खुवी हुन्छ । सबै लोकदोहोरी
लोकगीत होइनन् ।"
लोकगीतका नाममा बजारमा आएका छाडा प्रवृत्तिबाट र्सजक,
सञ्चारमाध्यम र श्रोताहरू सजग रहनुपर्ने उनको धारणा छ । दोहोरीको बाढीले
विभिन्न भौगोलिक, जातीय विविधताका लोकगीतहरू खतरामा परेको उनी बताउँछन्
। भन्छन्, "भोलिको पुस्तालाई नेपाली भाका यही हो भनेर दिने गीत
पनि चाहियो नि !" नेपाली गीत/सङ्गीतमा अति व्यावसायीकरणले गर्दा
श्रोताहरू अलमलमा परेको र सबै लोकगीतलाई एउटै ड्याङमा राखेर बुझने
गरिएकोमा दुःख व्यक्त गर्छन्, उनी । भन्छन्, "लोकगीतमा पनि व्यावसायिक
र कलात्मक धारको आफ्नै द्वन्द्व छ ।"
विद्यालयदेखि नै साहित्यिक गतिविधिमा सरिक रहेका तुलसी
लोकभाका, सङ्गीतमा लोकसाहित्य सँगै गाँसिएर आउने बताउँछन् । कलालाई
साधना र सङ्गतले सिंगार्ने काम गरिरहने अनुभव बटुलेका तुलसी, स्व.गोपाल
योञ्जनको 'तुरुन्तको पछि नलाग्नु..' भन्ने भनाइबाट प्रेरित भइरहन्छु,
भन्छन् । लोकसङ्गीत विषयमा विद्यावारिधिको तयारी गरिरहेका, नेपाली
साहित्यका स्नातकोत्तर गायक तुलसी पराजुली भन्छन्, "हामी नेपाली
लोकसङ्गीत, संस्कृति, साहित्यमा समृद्ध छौँ । यसलाई 'ठेट'मै रहन दिने
कि 'ठेट्ना' बनाउने - त्यो जिम्मा भने हामी नेपालीमै छ ।"
•
दीपक विहीन
अनुको संस्कृतिप्रेम
पेशाले स्टाफ
नर्स अनु थापा मगरले हङकङे नेपालीमाझ अलग्गै पहिचान बनाएकी छन् नेपाली
सांस्कृतिक भेष-भूषा सङ्कलन गरेर । उनको सङ्कलनमा मगर, तामाङ, गुरुङ,
र्राई, लिम्बू, नेवार, शर्ेपा, धिमाललगायतका नेपाली जात-जातिका मौलिक
पहिरनका विभिन्न नमूना भेट्न सकिन्छ । हङकङमा कसैलाई जातीय पहिरनको
आवश्यकता परे अनुलाई नै सम्झने गरिन्छ ।
विगत ६ वर्षेखि यो अभियानमा लागेकी अनु नृत्य, मोडलिङ
र साहित्यमा पनि उत्तिकै सक्रिय छिन् । हङकङमा धेरैले उनलाई जातीय
नाम 'लिसारा' भनेर चिन्छन् । हङकङका स्टेजहरूमा उनको नृत्यकौशल बारम्बार
देख्न पाइन्छ । राजेश पायल र्राईको नीलोे-नीलो आकाशमा..., जगदिश समालको
कति बसौ तड्पेर... र शुक गुरुङको झल्झली आँखैमा...को म्युजिक भिडियोमा
समेत अभिनय गरेकी अनुसँग "तँ तँ साह्रै बिग्रिस नि बद्री"
मा सानोतिनो भूमिका निर्वाह गरेको अनुभव पनि छ । चिनियाँ, थाई, अङ्गे्रजी,
नेपाली र मगर- पाँच भाषामा लेख्न, बोल्न सक्छिन् अनु । यी बहुप्रतिभाशाली
चेलीले नेपाली जातजातिको पहिरन र संस्कृति-संरक्षणमा निरन्तर लागिरहने
लक्ष्य राखेकी छन् ।
आफूले थाहा नपाएका अन्य जातजातिका बारेमा समेत नेपालमा
आएर अध्ययन तथा भेष-भूषा सङ्कलन गर्ने उनको चाहना छ । हङकङबासी नेपाली
युवाहरूले आफ्नोपन बिर्सँदै गएकोमा चिन्ता लागेर जातीय पहिरन र भेष-भूषा
चिनाउन आफू लागिपरेको उनी बताउँछिन् । यो अभियानकै क्रममा धेरैपल्ट
अनुलेे 'पाखे' को उपाधि पाएकी छन् । भन्छिन्, "हङकङका कतिपय युवाहरू
आफूलाई नेपाली भनेर चिनाउन लाज मान्छन्, कतिले त मलाई उल्याउँछन् पनि
तर त्यसले मलाई दुःख लाग्दैन बरु युवाहरूले आफ्नोपन बिर्सँदै गएकोमा
नरमाइलो लाग्छ ।"
•
डम्बरकृष्ण
|