हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण/पुस्ता-विचार

ताप्लेजुङ रधरानजस्तै फरक


डम्बरकृष्ण श्रेष्ठ

धरान-१६, पुण्यमार्गस्थित एप्पल कम्प्युटरका सञ्चालक विष्णु बराल (२८) ज्योतिष पिता पं. हरिराज बराल (७३) ले सम्हाल्दै आएको कर्मकाण्ड र ज्योतिष पेशालाई निरन्तरता दिने पक्षमा छैनन् । भन्छन्, "त्यतिखेरको समय र शिक्षाअनुसार बुबाको पेशा ठीकै हो तर अहिले समयले फड्को मारिसकेको छ । हामी परम्परावादी सोचाइमा साँघुरिएर बस्न सक्दैनौँ ।"

पुस्तान्तर झैँ रोचक छन् उनीहरूका रोजाइ र दृष्टिकोण  । ताप्लेजुङ-हाङ्देवाबाट धरान बसाइँ सरेका हरिराज धोती-कमिज मन पराउँछन्, छोरा टाइसुट । हरिभजन मात्र गाउने बाबुका छोरा विष्णु 'फेरि त्यो दिन, फेरि त्यो रात' गुन्गुनाइरहन्छन् । बाबु 'आस्था', 'संस्कार' च्यानल र रामदेवको प्रवचनमा भुल्छन् भने स्टार प्लस र एनटीभीका मनोरञ्जनात्मक कार्यक्रममा छोराको मन बसेको छ । पारिवारिक निर्णय 'बुबाले भनिहाले भनेर मान्लान्' भन्ने बाबुको अपेक्षा छ तर विष्णु भन्छन्, "कतिपय कुरा मान्नै सकिन्न । परम्पराका कुरामा मतमतान्तर हुन्छ ।"

जीवन के हो - बाबु भन्छन्, "पानीको फोका, जुनसुकै बेला समाप्त हुन्छ ।" छोरा भन्छन्, "सङ्र्घष्ा ।"

आदर्श व्यक्ति - बाबुः "राजा महेन्द्र ।" छोराः "आमा, बुबा र गुरु ।"

छुवाछूतको चलन - बाबुः "राम्रो हो, बार्नुपर्छ  ।" छोराः "एकदमै बेठीक ।" राजालाई कहिलेकहिले सम्झनुहुन्छ  - बाबुः हरबखत । छोराः टीभी, पत्रपत्रिकामा देख्दा ।

फर्ुसदमा समय बिताउने ठाउँ - बाबुः सत्सङ्ग, भजनकर्ीतन हुने ठाउँ । छोराः साइबर क्याफे र धरान जेसिज ।


अघि कतै छोरा अघि कतै बाबु


तस्बिरहरू किरण पाण्डे

सिन्धुली-झाँगाझोली, पोखरीटारका डा. अभिषेक भट्टर्राई (२५) का आदर्श हुन् आफ्नै पिता केशव भट्टर्राई (५१) । नेपाल शिक्षक युनियनका राष्ट्रिय अध्यक्ष केशवका आदर्श पनि उनकै बुबा । हाल काठमाडौँमा रहेका यी बाबुछोरामा पितापर्ुखालाई आदर्श मान्ने, प्रजातान्त्रिक प्रणालीलाई देशनिर्माणको आधार ठान्नेजस्ता धेरै कुरामा समानता देख्न सकिन्छ । केही कुरामा भने छोराभन्दा आधुनिक लाग्छन् केशव, भगवानमा आस्था राख्छन् तर मन्दिर जाँदैनन् । अभिषेकलाई भने बिदाको दिन पशुपति परिसरमा नपुगी चित्त बुझदैन । बाबु इस्वीसंवत् सजिलो मान्छन्, छोरा वि.सं. । राजालाई परम्परागत संस्थाका रूपमा हर्ेर्ने र संवैधानिक राजा स्वीकार्न सकिने केशवको दृष्टिकोणभन्दा अगाडि छन् अभिषेक । उनी आफूलाई प्रजातान्त्रिक गणतन्त्रको पक्षपाती भन्छन् ।

तमाम नेपालीमा आत्मविश्वास र स्वाभिमान हुने हो भने देशमा पाँच वर्षभत्रैमा सकारात्मक परिवर्तन आउने कुरामा आशावादी छन् बी.पी. कोइराला र गणेशमान सिंहका अनुयायी, केशव । अभिषेकका दृष्टिमा समस्या रहिरहृयो भने देशको अस्तित्व रहला, नरहला भन्न सकिन्न । उपचार के त - काठमाडौँस्थित नेपाल मेडिकल कलेज, अर्थोपेडिक विभागका मेडिकल अफिसर अभिषेक भन्छन्, "पहिले रोगको कारण पत्ता लगाउनुपर्‍यो, त्यसपछि बिरामी र समस्याको उपचार हुनुपर्‍यो । अहिले नसाबाट औषधि पठाइएको जस्तै अवस्था छ । अन्तिम उपचार त वार्ता र सुलह नै हो ।"


हस्तक्षेपमा मतभेद

१८ वर्षो किशोरवयमै मातृत्वको अनुभव सँगालेकी बन्दना राणा (४२) व्यक्तित्व, सोच सबै हिसाबले आफूलाई छोरी शुभेच्छा -२४) कै हाराहारीमा ठान्छिन् । पछिल्ला दिनहरूमा बन्दना भारतीय लेखिका शोभा डेका किताबहरू नछुर्टाई पढ्छिन् भने शुभेच्छा चाहिँ आमाले उहिल्यै पढिसकेका सिड्नी सेल्डनका उपन्यास ।

पेशाले सञ्चारकर्मी बन्दना नेपाल टेलिभिजनका समसामयिक कार्यक्रमहरू हर्ेन छुटाउँदिनन्, फर्ुसदमा शाहरूख खान, काजोल र रानी मुखर्जी अभिनीत तथा 'दर्ुइ तीन दिनसम्म हृयाङओभर' दिने कलात्मक सिनेमा हर्ेन रुचाउँछिन् । टिभी कमै हर्ेर्ने शुभेच्छा चाहिँ फर्ुसदमा साथीहरूसँग घुम्न रुचाउँछिन्, अभिषेक बच्चन, काजोल र रानी मुखर्जीका सिनेमा हर्ेन हलमै पुग्छिन् ।

कसैको जीवन सुधारिदिएको अनुभूतिले बन्दनालाई हषिर्त तुल्याउँछ भने परिस्थितिवश असहाय महसूस गर्नुपर्दा तनाव महसूस हुन्छ  । स-साना कुराले नै हषिर्त तुल्याउने शुभेच्छालाई अनिच्छापर्ूवक कुनै काम गर्नुपर्दा तनाव हुन्छ । हिमाल सँगको कुराकानी पनि आमाकै इच्छाका कारण गर्नुपर्दा तनाव भएको उनले खुलस्त बताइन् । व्यक्तिगत स्वतन्त्रतालगायतका कुराहरूमा हुने हस्तक्षेप उनी मन पराउन्नन् ।

बिदाको दिनमा ढिलोसम्म सुत्ने, सामानहरू असरल्ल छाडिदिनेजस्ता छोरीहरूको बानी बन्दनालाई मन पर्दैन । भन्छिन्, "जीवनमा रुटिन चाहिन्छ ।" गैरसरकारी संस्था 'साथी' मा कार्यरत शुभेच्छा चाहिँ बिदा वा फर्ुसदमा पनि अभिभावकहरूले कचकच गरिरहँदा असहज महसूस गर्छिन्  ।

आस्तिक भएपनि बन्दना विरलै मन्दिर जान्छिन् भने शुभेच्छा प्रायः मन्दिर जान्छिन्, बगलामुखी त हरेक बिहिबार । स्वच्छ मनले देश र जनताप्रति गरिने राजनीतिबारे उल्लेख्य चासो राख्छिन् बन्दना । तर, शुभेच्छा यसबारे धेरै गम्भीर छैनन् । भन्छिन्, "स्वार्थी राजनीतिज्ञहरूले देश बिगारेको बेला १९ माघको राजाको कदमलाई सकारात्मक रूपमा लिनर्ुपर्छ  ।"


कोही जुलुसमा कोही च्याटमा

नेकपा एमालेकी महिला नेतृ एवं पर्ूव सांसद सुशीला नेपाल (३८) शाही घोषणा विरोधी जुलुसमा भाग लिन निस्कन हत्तारिरहँदा छोरी भावना (१७) साइवर क्याफे जाने हतारोमा थिइन् । कर्कलोको तरकारी र ढिँडो मन पराउने सुशीलाकी छोरीलाई सबभन्दा मनपर्ने, 'मसरुम पिज्जा' ।

सारी-चोलीमा सजिन रुचाउने सुशीला एक्लै हुँदा नारायणगोपालको अल्झेछ क्यारे पछ्यौरी... गाउँछिन् । तर, 'जिन्स, टिर्-र्सट' मनपर्ने पहिरन बताउने भावनालाई एकान्त वा शान्त वातावरण पायो कि नवीन के भट्टर्राई र प्रनिलको यही हो त माया.... गीत फुरेर आइहाल्छ । मोदनाथ प्रश्रतिको मानव महाकाव्य र झाँसीकी रानी आमाका मनपर्ने पुस्तक हुन् तर संसार प्रसिद्ध पुस्तक हृयारी पटर ले छोरीको मन जितेको छ । परम्परागत मागी विवाह मन पराउने सुशीलाकी छोरीलाई प्रेम पछिको मागी विवाह मनपर्छ ।

आमा छोरी दुवै लिक छाडेको अहिलेको राजनीतिलाई देशको प्रमुख समस्या ठान्छन् । पाँच वर्षछि नेपाल कस्तो हुनर्ुपर्छ भन्ने प्रश्नमा आमालाई शान्ति चाहिएको छ भने छोरीलाई शान्तिसँगै विकास नभई भएको छैन । आमाका भनाइमा शान्ति बहाली गर्न पर्ूण्ा प्रजातन्त्र चाहिन्छ तर छोरीका विचारमा आर्थिक विकासले फड्को नमारी शान्ति स्थापना हुन कठिन छ । राजधानीका साना-ठूला सभा-जुलुसमा भेटिने सुशीलाकी छोरीलाई राजनीतिमा चासो छैन । पर्ूव सांसद आमा र मजदुर क्षेत्रका नामी एमाले कार्यकर्ता खगेन्द्र नेपालकी छोरी भावना भन्छिन्, "राजनीति देश विकासको माध्यम हो । तर, यो असक्षम र भ्रष्टहरूका हातमा पुग्यो । अब त्यसलाई खोस्न इमान्दारहरू अघि र्सनर्ुपर्छ ।"


धैर्य र हतार


मीन बज्राचार्य

जासुसी उपन्यासका शौखिन पद्म ज्योति (५८) स्पोर्टस च्यानल तथा धारावाहिक शृङ्खलाहरू हर्ेन रुचाउँछन् । तलत महमुदका गीतहरू गुन्गुनाउँछन् र फर्ुसदमा पत्रपत्रिका पढ्छन्, राम्रो कथावस्तु भएका अङ्ग्रेजी सिनेमा हर्ेछन् र कम्प्युटर चलाउँछन् । समाचारबाहेक फियर फ्याक्टर, टपगियर, भ्वाइस टक्स जस्ता 'टेक्नो एडभेञ्चरल' टिभी कार्यक्रम हर्ेन रुचाउने सौरभ ज्योति (३०) निमा रुम्बा, ब्रायन आडम्सका गीत सुन्छन् र 'धुम मचा ले' गुन्गुनाउँछन्, फर्ुसदमा साइन्स फिक्सन तथा हरर फिल्म हेर्छन् र मौका मिल्दा मोटरसाइकल 'ड्राइभ' मा निस्कन्छन् ।

गुरुदेवो भवः लाई यथार्थ मान्ने ज्योति समूहका प्रमुख पद्म ज्योति भन्छन्, "म त्यहाँ पढेर कहाँ पुगिसकेँ तर गुरुहरू त्यहीँ अर्को पद्म उत्पादन गरिरहनुभएको छ, कति महान् !" शिक्षालाई समाजसेवा मान्ने छोरा सौरभले चाहिँ गुरुदेवो भवः सुनेका छैनन् ।

आफ्नो कारण कसैलाई फाइदा हुँदा हषिर्त तथा आडम्बरी व्यक्ति भेट्दा दिक्दार हुने पद्म आफूलाई 'अध्यात्म पढ्ने अधार्मिक' भन्न रुचाउँछन्; मन्दिर जाँदैनन् । सौरभ चाहिँ परिवारसँग बस्दा र युवा उद्यमीहरूका लागि केही गर्न पाउँदा हषिर्त हुुन्छन्, युवाहरू दिग्भ्रमित भएको देख्दा तनावमा आउँछन् । कहिलेकाहीँ मन्दिर जाने सौरभको भनाइमा धर्म र परम्परालाई छाडिहाल्न हुँदैन । पद्मको विचारमा अहिलेको युवा पुस्ता 'फास्ट' छ, परिणामका बारेमा विश्लेषण गर्दैन । सौरभ चाहिँ परिणामका लागि लामो समय लगाएर विश्लेषण गर्नु नपर्ने बताउँछन् ।

पद्मको विचारमा राष्ट्रियता, राजनीतिक स्वतन्त्रता तथा आर्थिक विकासलाई छुट्याएर हर्ेन मिल्दैन । सौरभको भनाइमा राष्ट्रियता प्रतिको गर्व आर्थिक विकासबाटै आउँछ । भन्छन्, "पुरानो कुरा लाद्न असम्भव छ, त्यसैले राजनीतिक स्वतन्त्रता त अपरिहार्य छ ।"


अनपेक्षित व्यवहारबाट तनाव

'सुनको दिन एक उदाउँछ रे'- महाकवि देवकोटाद्वारा रचित यो उत्साहप्रद गीत गुन्गुनाउने बाबु केशव आचार्य -५२) का छोरा शिखर -२४) को मनपर्ने गीत हो, 'फूलको आँखामा फूलै संसार... ।' कम्प्युटर इञ्जिनियर शिखर धर्मलाई आडम्बर मान्छन् र मन्दिर जाँदैनन् । भन्छन्, "श्राद्ध नगरे पनि हुन्छ ।" श्राद्ध गर्नुपर्छ भन्ने नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक केशवको विचारमा ज्ञानलाई विज्ञानले फराकिलो पार्ने क्रमसँगै धर्मको महत्त्व घट्दै जान्छ ।

गुरु-शिक्षकलाई सम्झने बित्तिकै नतमस्तक हुन्छन्, केशव  । तर शिखर भने एकदमै प्रभावित पार्ने कुनै शिक्षक आफूले नभेटेको बताउँछन्  । आफ्नो जमानामा 'फष्र्ट डे-फष्र्ट शो' फिल्म नछुटाउने, मीनाकुमारीका फ्यान केशव अचेल डिस्कभरी, हिष्ट्री, नेशनल ज्योग्राफिक जस्ता टिभी च्यानल हर्ेन रुचाउँछन् । शिखरका रुचि हुन्- सिनेम्याक्स, एचबीओ तथा अलगधारका सिनेमा ।

फर्ुसदमा पढाइ, बगैँचाको हेरचाह, गन्तव्यहीन हिँडाइ तथा प्रकृति अवलोकनका शौखिन केशव बिरुवाबाट फूल निस्कँदा हषिर्त हुन्छन् र सम्झौतापरस्त साथीभाइहरूसँग दिक्दार मान्छन् । भारतले क्रिकेट हार्दा र साथीभाइहरू राम्रो मुडमा हुँदा हषिर्त हुने शिखर अभिभावकबाट अनपेक्षित व्यवहार पाउँदा तनाव महसूस गर्छन् । पढाइ, चालचलन र सरसफाई आदिमा छोराछोरीबाट आफ्नो अपेक्षा पूरा नहुँदा पुस्तान्तर-समस्याको अनुभव गर्छन् केशव  । शिखरको भनाइमा चाहिँ व्यक्तिगत रुचिमा जब अभिभावकीय हस्तक्षेप शुरु हुन्छ अनि समस्या आउँछ ।


आ-आफ्नै सुरलय


अजित तिवारी

पूवर् प्रशासक राजेन्द्र झा (६३) र उनका कान्छा छोरा शैलेन्द्र (२९) एउटै पेशा र पत्रिकामा छन् । दुवै जनकपुरका पत्रकार  । जनआकाङ्क्षा सन्ध्याकालीनका राजेन्द्र प्रकाशक/सम्पादक र शैलेन्द्र कार्यकारी सम्पादक । समान कार्यक्षेत्र भएपनि पुस्तान्तरको प्रभावबाट उनीहरू मुक्त छैनन् । जीवनलाई 'रहस्यको पोको' भन्ने बाबुको धारणाविपरीत शैलेन्द्र त्यसलाई 'रमाइलो यात्रा' सम्झन्छन् ।

फुर्सदमा के गर्नुहुन्छ ? बाबु भन्छन्, "आध्यात्मिक चिन्तन ।" छोरा भन्छन्, "नेपाली र हिन्दी फिल्म हर्ेर्छर्ुु"
शौख नि ? बाबुः लेखपढ । छोराः अध्ययनभ्रमण ।
मन पर्ने लेखक ? बाबुः ध्रुवचन्द्र गौतम, छोराः म्याक्सिम गोर्की। ।
प्रायः कस्ता किताब पढ्नुहुन्छ ? बाबुः धार्मिक, छोराः साहित्यिक ।
आधुनिकताको तराजु ? बाबुः सभ्यता र शिष्टता, छोराः पैसा ।

अशान्तिलाई मुलुकको ठूलो समस्या ठान्ने राजेन्द्र देश चलाउने जिम्मेवारी पाए 'जनताका समस्याको विवेचना गर्ने' धारणा राख्छन्  । तर, शैलेन्द्र भ्रष्टाचारलाई पहिला सिध्याउनर्ुपर्छ भन्छन्् । देश हाँक्ने जिम्मेवारी पाए 'भ्रष्टाचारीलाई फाँसी दिने' योजना सुनाउँछन् उनी । 'जेनेरेशन ग्याप' समस्या बन्ने गरेको स्वीकार्दै राजेन्द्र भन्छन्, "बच्चाहरू र हामी आ-आफ्नै सुरलयमा हुन्छौँ । यो स्वाभाविक हो  ।"


अलग बाटो, अलग व्यक्तित्व

पत्रकार विनयकुमार कसजु (५७) चाहन्छन्, "छोराहरूले विदेशीसँग बिहे गरुन् । अन्तर्रर्ााट्रय विवाह होस् ।" तर, अभिनव कसजु (२८) ले बाबुको त्यो चाहनाप्रति असहमति जनाइसकेका छन् । व्यक्तिगत रुचिमा विनय र अभिनवबीच ठूलै भिन्नता देखिन्छ । त्यसका प्रमाणः बाबु सिनेमा हर्ेर्दैनन् तर सिनेमाका शौखिन हुन् अभिनव । उनी मनोरञ्जनात्मक सिनेमामार्फ् अर्कै संसारमा रमाउन चाहन्छन् । पाल्पाली विनय नास्तिक हुन्, दशैँ-तिहारसमेत मनाउँदैनन्, परम्परागत संस्कारसँग पूरै असहमत छन्, सानो स्वतन्त्र परिवार रुचाउँछन् । तर, राजधानीमा करिअर बनाइरहेका अभिनव र उनका भाइ दीपङ्कर अरू परिवारमा झैँ आफ्नोले पनि चार्डपर्व मानिदिए हुन्थ्यो भन्ने चाहन्छन् । कुनै कुनै वर्षमन्दिरबाट जमरा ल्याएर टीका लगाइदिनसमेत आग्रह गरेका छन् उनीहरूले । बाबुको रोजाइ विपरीत ठिक्कको संयुक्त परिवार मन पराउँछन् अभिनव ।

अभिनव र दीपङ्कर मिलेर चर्चित साइबरनेपाल डट कम, लभएनीहृवेयर डटकम लगायतका बेवसाइटका निर्माता, सञ्चालक पनि हुन् । युवापुस्ताको रुचि र आवश्यकतालाई ठम्याउन खप्पिस मानिएका यी दाजुभाइले काम, निर्ण्र्ाासबै कुरामा परिवारबाट पूर्ण स्वतन्त्रता पाएका छन् । विनय भन्छन्, "पेशा, पढाइ हरेक कुरामा म कुनै दबाब दिन्न । तर उनीहरू हामीजस्तो धर्ैय गर्दैनन्, हतारमा निर्ण्र्ाागर्छन् । बढी शौखिन छन् । कोठाभरि लुगा र जुत्ता असरल्ल थुपार्ने उनीहरूको चलन छ ।"

यी बाबुछोराको आदर्श व्यक्ति को होला - बालसाहित्यका चर्चित लेखक विनय भन्छन्, "विद्यार्थी जीवनमा गान्धी, नेहरू । पछि टल्स्टोय र चेखव ।" अभिनवका नजरमा माइक्रोसफ्ट कम्पनीका बिल गेट्सजत्तिको प्रेरणादायी व्यक्ति अरू छैनन् ।"


उमेरजन्य अन्तर

स्कूले जीवनमा सधैँ प्रथम हुने, कहिल्यै गुरुको पिटाइ नखाएकी उपसभामुख चित्रलेखा यादव (४०) का छोरा अभिनयकुमार (२०) सँग भने त्यसको ठीक उल्टो अनुभव छ- पिटाइको ।

आमा प्रायः नारायणगोपालको पोखिएर घामको झुल्का गुन्गुनाउन रुचाउँछिन् भने छोराको प्रिय गीत हो १९७४ एडीको छुँदैछ त्रि्रो मायाले  । चित्रलेखालाई मकै, भटमास र गुन्द्रुक मनपर्छ, अभिलाई चाहिँ 'पिज्जा'  । कारुणिक सिनेमाले आमाको मन छुन्छ, छोराको लभ स्टोरीले । चित्रलेखा कान्तिपुर च्यानलको समाचार प्रायः छुटाउँदिनन् । छोरा सोनी/'इन्डियन आइडल' र स्टार प्लस/'कसौटी जिन्दगीकी' का नियमित दर्शक हुन् । आमा-छोरा धर्म, परम्पराजस्ता कुरामा समान विश्वास राख्छन् ।

चित्रलेखालाई इस्वी सन् सजिलो लाग्छ, अभिलाई विक्रमसंवत्  । जीवन सङ्र्घष्ा, चुनौती र प्रयासको त्रिवेणीजस्तो ठान्ने राजनीतिक नेतृका छोरा यसलाई सुख-दुःखले भरिएको छोटो यात्रा सम्झन्छन् । आमालाई 'सुलोचना महाकाव्य' मनपर्छ, छोरालाई 'मुनामदन' । चित्रलेखा आर्थिक न्यायसहितको राजनीतिक स्वतन्त्रता चाहन्छिन् तर छोरालाई यसमा खासै मतलब छैन । गरीबको काम गरिदिन पाउँदा आनन्द लाग्ने र हुने काम पनि नगरिदिने कर्मचारीदेखि दिक्क मान्ने चित्रलेखा भन्छिन्, "जिम्मेवारहरूको कमजोर निर्ण्र्ााक्षमता नै अहिलेको ठूलो समस्या हो ।" अभिलाई माओवादी समस्या ठूलो लाग्छ ।


शान्त स्वभाव, आक्रामक शैली

'आफूसँगै अरूलाई पनि गरौँ' भन्ने सिद्धान्तका अनुयायी, गोल्छा अर्गनाइजेशनका अध्यक्ष हुलासचन्द गोल्छा का छोरा शेखर भने 'किल अर डाइ' मा विश्वास राख्छन् । शान्त स्वभावका हुलासचन्दको तुलनामा आक्रामक व्यापारिक सोचका शेखर भन्छन्, "बजार लिन प्रतिद्वन्द्वीलाई समाप्त पार्नैपर्छ ।"
धर्म, छुवाछूत, विवाह, परिवार लगायतका विषयमा भने ७० वषर्ीय हुलासचन्दका विचारहरू शेखर -३८) सँग मिल्दाजुल्दा नै छन् । शेखरको अन्तर्जातीय विवाहलाई स्वीकारेर अव्यावहारिक कर्मकाण्डीय रीतिरिवाजको विरोधी भएको दृष्टान्त प्रस्तुत गरिसकेका छन् हुलासचन्दले । भन्छन्, "सजातीयताले पारिवारिक परम्परा सहज बनाउने मात्र हो ।"

राजनीति नगर्दा देश ब्रि्रने मान्यता राख्ने हुलासचन्द राजनीतिक स्वतन्त्रताको नाममा आर्थिक बर्बादीतिर लाने राजनीति गर्न नहुने बताउँछन् । उनी अति राष्ट्रवादले मुलुक बिगार्ने बताउँदै अनुशासित प्रजातन्त्रको विकल्प नभएको धारणा राख्छन् । समाजको नैतिक मापदण्ड स्थापित गर्ने दिशानिर्देशक पद्धति नै राजनीति भएको बताउने शेखर "यो सबैले गर्नुपर्छ" भन्छन् । उनको भनाइमा वि.सं. २०४६ मा आएको प्रजातन्त्रले हुनेखानेहरूलाई नै बढी शक्तिसम्पन्न बनाएकाले अबको प्रजातन्त्रबाट गरीब जनताको साँच्चिकै सशक्तीकरण हुनर्ुपर्छ ।

अहिले देशको प्रमुख समस्या के होला - हुलासचन्द भन्छन्, 'अशान्ति' । शेखरको भनाइमा 'मुलुक र समाजमा आएको राजनीतिक र सांस्कृतिक जागरणतर्फो उपेक्षा' । देश सम्हाल्ने जिम्मेवारी पाउनुभयो भने - हुलास भन्छन्, "गाउँका किसानहरूको खेर गइरहेको समय सदुपयोग गर्न प्रशिक्षण र साधन जुटाउँछु ।" शेखर भन्छन्, "राष्ट्र जोगाउन चाहिएको शान्तिका लागि सबै शक्तिको मिलनबिन्दु पहिचान गर्छु"


घरव्यवहारमा पुस्तान्तर

१८ वर्ष उमेरमा वामपन्थी आन्दोलनमा होमिएर पञ्चायत हुँदै राजनीतिबाट बिदा लिएकी मिठाइदेवी विश्वकर्मा (६८) आजभोलि दलित जागरणका कार्यक्रमहरूमा सहभागी हुने, टिभीमा समाचार/सिरियल हेर्ने र पत्रपत्रिका पढ्ने जस्ता काममा आफूलाई व्यस्त बनाउँछिन् । पत्रकारिताबाट बचेको समय छोरीसँग खेल्ने, समाचार र ट्राभल एण्ड लिभिङ च्यानल हर्ेन रुचाउने छोरा कसमस (३७) फर्ुसदमा दीप श्रेष्ठका गीत सुन्छन् र साथीभाइहरूसँग रेस्टुरेण्ट जान्छन् ।

दलितलाई हेप्ने बाहेकका धर्म, रीतिरिवाजका अन्य पाटाहरूलाई 'ठीकै' ठान्ने मिठाइदेवी कहिलेकाहीँ मन्दिर जान्छिन् । आफूलाई 'मर्ूर्ति पूजामा विश्वास नरहेको आस्तिक' मान्ने कसमस भने परिवारसँग मन्दिरसम्म पुगेपनि भित्र जाँदैनन्, बाहिरै बस्छन् । सामान्य घरव्यवहारका कुराबाहेक पुस्तान्तरको समस्या नपर्ने अनुभव आमाछोरा दुवैको छ । युवापुस्ताको मदिरापानतर्फो बढ्दो मोहप्रति भने मिठाइ चित्त दुखाउँछिन् । कसमसको अनुभवमा मद्यपानले सामाजिक हुन र घनिष्ठता बढाउन मद्दत गर्छ ।

हिंसा नै मुलुकको प्रमुख समस्या भएको बताउने मिठाइ आर्थिक विकास भन्दा राष्ट्रियता र राजनीतिक स्वतन्त्रतालाई महत्त्व दिन्छिन्  । कसमसको दृष्टिमा राष्ट्रियता भन्दा आर्थिक विकास र आर्थिक विकासभन्दा राजनीतिक स्वतन्त्रता बढी महत्त्वका कुरा हुन् । र, चेतनाको कमी मुलुकको सबैभन्दा ठूलो समस्या । देश सम्हाल्ने जिम्मेवारी पाउनुभयो भने - मिठाइ भन्छिन्, "राम्रो संविधान बनाएर त्यसको सही कार्यान्वयन गर्छर्ुु" कसमस चाहिँ संविधानसभाको घोषणा गरेर माओवादीलाई मूलधारमा ल्याउने बताउँछन्  ।


पृथ्वीनारायण र मुर्सरफ

साहित्यकार क्षेत्रप्रताप अधिकारी (६२) जत्तिकै राष्ट्रवादी छन् उनका कान्छा छोरा अमन (३१) । आर्थिक विकास र राजनीतिक स्वतन्त्रतामध्ये एक छान्नुपर्दा बाबु आर्थिक विकासलाई महत्त्व दिन्छन्, छोरा राजनीतिक विषयलाई बढी प्राथमिकता दिन्छन् । अमन सैनिक पेशामा गइदिउन् भन्ने बाबुआमाको इच्छा थियो तर मानेनन् । स्थायी, नियमित जागिर खाने सल्लाह पनि उनले रुचाइदिएनन् । क्षेत्रप्रतापले त्यहीँ अनुभव गरे पुस्तान्तरका कुरा । भन्छन्, "बरु ठूलो छोरा र म अलि नजिक छौँ । उसले मेरो दुःख देखेको छ ।" तर, नयाँ पुस्तालाई आफ्नो व्यक्तित्व आफैँ बनाउने मौका दिनुपर्ने ठान्छन् गीतकार अधिकारी । पप-शैलीमै भएपनि पुराना राम्रा कुरा एकपछि अर्को पुस्तामा र्सर्दै जानुपर्ने मान्यता राख्छन् उनी  ।

केही रमाइला अन्तर भेटिन्छन् बाबुछोराबीच । बाबुका आदर्श हुन् पृथ्वीनारायण शाह । उनले 'मुनामदन'बाट लेखनको प्रेरणा बटुलेका थिए । अमनलाई 'द दा भिन्ची कोड' जस्ता तर्कपर्ूण्ा कृतिले मन छुन्छ  । बाबु विक्रमसंवत्लाई सजिलो मान्छन्, कम्प्युटर चलाउँदैनन् तैपनि सेक्सदेखि जीवनपद्धतिका अन्य धेरै कुरामा आफूलाई 'लिवरल' ठान्छन् । फूटबल प्रशिक्षक तथा सञ्चारकर्मी अमन चाहिँ इस्वीसंवत् रुचाउँछन्, उनको दिनचर्या भित्रै पर्छ कम्प्युटर ।

देश सम्हाल्ने जिम्मेवारी पाउनुभयो भने - बाबु भन्छन्, "माटोबाहेक अरू जेसुकै लगानी गरेर भएपनि शान्ति स्थापनाका लागि प्रयास गर्छर्ुु" छोरा भन्छन्, "प्रदूषित राजनीतिलाई मर्ुर्सरफ शैलीमा हटाउँछु ।"


मियोको मूल्याङ्कन

बरिष्ठ राजनीतिज्ञ बलबहादुर राई (८६), छोरा प्रेमराज र्राई (५८) र नाति सुशील र्राई (१९) फुर्सदमा के गर्लान् - गणेशमानसिंह अध्ययन प्रतिष्ठानद्वारा 'प्रजातन्त्रका अथक योद्धा' का रूपमा अभिनन्दित बलबहादुर भन्छन्, "किताब पढ्छु ।" राजनीतिमा बाबुलाई पछ्याइरहेका प्रेमराज चेस खेल्छन् र उनका भतिज सुशील चाहिँ टेलिभिजनमा झुम्मिन्छन्  । धर्मर्-कर्मलाई नैतिक अनुशासनका रूपमा हर्ेन रुचाउने बलबहादुर मान्छेको एउटै जात हुन्छ, छूत-अछूत हुँदैन, यी सबै बीच-बीचमा आएका उपबुज्रुकहरूले बिगारिदिएका चलन हुन् भन्छन् । नेपाली काङ्ग्रेस, ओखलढुङ्गाका उपसभापति प्रेमराज भन्छन्, "कुसंस्कार र विकृतिका कुरा बिस्तारै सुध्रिएलान्  ।"
"किताब त ढुट्टै पारेको छु" भन्ने बलबहादुर र्राई धार्मिक ग्रन्थहरू रुचिसाथ पढ्छन् । प्रेमराज चाहिँ लीलबहादुर क्षेत्री, बीपी कोइराला, लैनसिंह बाङ्देलका उपन्यासबाट आनन्द लिन्छन् । सुशील कोर्स बाहिरका किताब उति पढ्दैनन् । भन्छन्, "मन पर्ने पुस्तक वा लेखक कोही छैनन् ।"

र्राई परिवारमा घरायसी विषयमा त्यति मतमतान्तर हुँदैन  । कठोर अनुशासन छ घरभित्र । "भनेको मानेनन् भने म गोदिहाल्छु नि, नमानेर सुख -" बयोवृद्ध राजनीतिज्ञको यो भनाइले समेत परिवारमा उनको प्रभावको सङ्केत गर्छ । बुबाको पुस्ताभन्दा पनि छोराछोरीसँग मतमतान्तर हुने गरेको अनुभव छ प्रेमराजको । भन्छन्, "उनीहरू नाच्न, गाउन र दिनहुँ पोशाक फर्ेन मन पराउँछन् । त्यो म रुचाउन्न ।" जेनेरेसन ग्याप र त्यसले सिर्जना गर्ने मतमतान्तर टुङ्ग्याउने उपाय बताउँदै बलबहादुर भन्छन्, "उमेरअनुसार सोचाइमा फरक त हुन्छ नै । तर सम्झाउनर्ुपर्छ  । म घरको मियो हुँ । मियोबिना दाइँ हुँदैन । तर घरमुली भएँ भन्दैमा नचाहिँदो कुरामा अरूलाई दबाब दिन्न ।" यिनै मियोको उच्च मूल्याङ्कन गर्दै प्रेमराज भन्छन्, "हामी बिहानबेलुकै बुबाको खुट्टा ढोगेर सम्मान जनाउँछौँ ।"


दालभात भर्सेस बफचिल्ली

शिक्षाशास्त्रका उप-प्राध्यापक पद्मलाल विश्वकर्मा (५४) र स्नातक तहका विद्यार्थी मधुपकुमार कार्की (२२) नातामा बाबु-छोरा हुन् । बाबु विश्वकर्मा थरमा गौरव गर्छन्, छोरा चाहिँ आफ्नो पैतृक थरलाई 'कोष्ठ' मा लेख्न रुचाउँछन् । प्रगतिवादी हुँदाहुँदै पनि बाबुभन्दा छोरामा जातीय घुलमिलको चाहना बढी छ । जातीय भेदभावका कट्टर विरोधी यी बाबु-छोरा दुवै धर्ममा विश्वास गर्दैनन् ।

बाबु दाल-भात-तरकारीका पारखी हुन् भने छोराको रोजाइमा पर्छ बफचिल्ली । सञ्जीवकुमार र हेमामालिनीको अभिनयबाट प्रभावित पद्म लालका छोरा राजेश हमाल र तृप्तिका 'फ्यान' हुन् । लक्ष्मीप्रसाद देवकोटा बाबुका मनपर्ने लेखक हुन् भने छोराका खगेन्द्र सङ्ग्रौला । बाबुलाई मार्क्स, पुष्पलाल र बीपी कोइरालाको व्यक्तित्व र विचार मनपर्छ भने छोरा चाहिँ क्रमशः बीपी, मनमोहन र मदन भण्डारीलाई रुचाउँछन् । डा. बी. आर. अम्बेडकर बाबुका आदर्श पुरुष हुन् भने छोराका अब्राहम् लिङ्कन  । जीवनलाई एउटा महत्त्वपर्ूण्ा अवसर ठान्ने पद्मलालका छोरा त्यसलाई यात्राको संज्ञा दिन्छन् ।

कान्तिपुर टेलिभिजनको समाचार र फायरसाइडलाई 'मिस' गर्न नचाहने पद्मलालका छोरा हिस्ट्री च्यानल हर्ेछन् । अक्सर, अल्झेेछ क्यारे पछ्यौरी गुन्गुनाउने पद्मलालका छोरा जहाँ छन् बुद्धका आँखा मा गितारको कर्ड खेल्छन् । भन्छन्, "बुद्धका आँखाले जस्तै सबैले सामाजिक न्याय देख्न सक्नर्ुपर्छ । हामी यस्तै समाजको खोजीमा छौँ ।"


उस्तै सोच, फरक कार्यशैली

आफूलाई छोराहरूभन्दा आधुनिक ठान्छन् पर्यटन व्यावसायी कर्ण शाक्य (६२) । विचार र कार्यशैलीले मान्छेलाई आधुनिक बनाउने कर्ण्र्ााे मान्यताकै अनुयायी हुन् उनका कान्छा छोरा राजन (३२), तर पनि बाबुछोराको जीवनशैली भिन्न पाइन्छन् । बाबुलाई नै आदर्श मानेर उनकै पदचिन्हमा हिँडिरहेका राजन फर्ुसद मिल्नासाथ 'ड्राइभ' मा जान्छन् वा चितवन र पोखरा पुगेर मन शान्त पार्छन् । कर्ण्र्ाााहिँ सुनसान प्रकृतिको काखमा लुटपुटिन वा मनले खाएका साथीहरू भेला गरेर पुराना कुरा सम्झन रुचाउँछन्  । रीतिरिवाज, परम्पराजस्ता कुरालाई बोझ नबनाइकन रमाइलो पाराले ग्रहण गर्ने कर्ण्र्ाा कतिपय आध्यात्मिक विश्वासहरूसँग 'मौन असहमति' जनाउने राजन "म साइत खोज्ने निहुँमा बहुमूल्य समय भिड्काउने परम्परालाई पछ्याउँदिनँ" भन्छन् ।

कर्ण्र्ाााक्य कोट, दौरासुरुवाललाई अव्यावहारिक ठान्छन्, लगाउँदैनन् । विश्वासघातीहरूसँग असाध्यै चित्त दुखाउँछन् । गुठी-भोजलाई समेत पिकनिकका रूपमा मनाउँदै रमाइलो गर्छन् । पारिवारिक विषयवस्तुका फिल्म हर्ेन रुचाउँछन् । कम्प्युटर चलाउँदैनन् बरु खाटमा बसेर किताब पढ्न रुचाउँछन् ।

राजन चाहिँ हप्ताको एकदिन भएपनि दौरासुरुवाल लाउने कोशिश गर्छन्, देशको दर्ुदशामा मन दुखाउँछन्, मन्दिर कमै जान्छन् । एक्सनप्रधान अङ्ग्रेजी फिल्म रुचाउने 'मुभी बफ' हुन् राजन । व्यावसायिक काममा प्रशस्तै कम्प्युटरको सहारा लिन्छन् र पढ्नुभन्दा बढी घुम्न रुचाउँछन् ।

देश सम्हाल्ने जिम्मेवारी पाउनुभयो भने के गर्नुहुन्छ  - कर्ण्र्ाान्छन्, "तुरुन्तै प्रतिफल आउने खालका काम गरेर जनताको मन जित्छु ।" राजन भन्छन्, "पर्ूव-पश्चिम रेल चलाउँछु किनकि यस्तो मार्गसँगै धेरै पर्ूवाधारको विकास हुन्छ ।"


गुरुदेवो भवः, के भनेको त्यो ?


डम्बरकृष्ण श्रेष्ठ

छोरासँग लवाइखवाइ र पहिरनमा मत मिल्दैन भन्छन् धरान-१७ एभरेष्ट लाइननिवासी भूतपर्ूव ब्रिटिस सैनिक राजेन्द्रकुमार राई -४३) । बीस वषर्ीय विद्यार्थी छोरा मणि स्वीकार्छन्, "व्यक्तिगत रुचि, सङ्गीत, सिनेमाजस्ता विषयमा मजैले कुरा मिल्दैन ।"

बाबुले रामकृष्ण ढकाल र पवित्र सुब्बाका गीत सुन्न खोजिरहेको बेला छोरा बब मार्लीको रेगेको धुनमा मस्त हुन्छन्् । राजेन्द्र नेल्शन मण्डेलालाई आफ्नो आदर्श मान्छन्, मणि भन्छन्, "मेरो आदर्श उनै बब मार्ली ।" मिथिला शर्मा र राजेश हमालका फ्यान हुन् राजेन्द्र  । मणि चाहिँ हलिउडका जनी डेप र एञ्जलिना जोलीलाई रुचाउँछन् । राजेन्द्रले गुरुदेवो भवः को आदर्श सुने/बुझेका छन्, मान्छन् पनि । तर, मणि भन्छन्, "सुनेको छैन । बरु अतिथिदेवो भवः भन्ने सुनेको छु ।"

राष्ट्रियता र आर्थिक विकासमध्ये कुन महत्त्वपर्ूण्ा लाग्छ - राजेन्द्र भन्छन्, "राष्ट्रियता । राष्ट्र नै नरहे केको विकास निर्माण -" असहमति जनाउँदै मणि भन्छन्, "राष्ट्रियताले मात्र केही हुँदैन । प्रगति र आर्थिक विकास त नभ'र भएन नि !"
राजनीतिक स्वतन्त्रता र आर्थिक विकासमा चाहिँ - बाबुः "राजनीतिक स्वतन्त्रता ।" छोराः "आर्थिक विकास ।"