| पुस्तक परिचय
४५ वर्षअघि र अहिले
उस्तै छ नेपालको राजनीति
नेपाली समाजका विभिन्न
पक्षबारे लेखिएका पुराना तर गतिला पुस्तक पुनःमुद्रित हुने क्रमले
गति लिएको देखिन्छ । महेशचन्द्र रेग्मी, युजेन मिहाले, लायानेल काप्लान,
आन्द्रास होफर आदिका पुस्तक बजारमा पाइन छोडेको धेरै भइसकेको थियो
तर अब ती काठमाडौँका पुस्तक पसलमा सहजै किन्न पाइन्छन् । पछिल्लो उदाहरण
हो भुवनलाल जोशी र लियोर् इ रोजको डेमोक्रेटिक इनोभेसन्स इन नेपालः
अ केस स्टडी अफ पोलिटिकल एकल्टरेसन ।
नेपालमा पछिल्लो समयमा देखापरेका राजनीतिक घटनाक्रमहरूले
धेरैको ध्यान २००७ र ०१७ सालको राजनीतितर्फखिचिरहेको बेला बजारमा यो
पुस्तक उपलब्ध भएको छ । र, यसले उल्लिखित समयावधिको राजनीतिक इतिहास
विस्तृत रूपमा बताउँछ । पुस्तक अध्ययन गर्नेले २००७ सालपछिका घटनाक्रम
र केही वर्षयताका राजनीतिक उतारचढावमा समानता भेट्ने छन् । शायद केहीले
आउँदा दिनको रूपरेखा पनि ।
सात खण्ड र २३ परिच्छेदमा विभक्त डेमोक्रेटिक इनोभेसन्स
को पहिलो खण्डमा नेपालको भौगोलिक, राजनीतिक, सामाजिक अवस्थाको सामान्य
परिचय दिइएको छ, जुन नेपालबारे सामान्य जानकारी राख्नेले नपढे पनि
केही छुटाउन्नन् । दोस्रो खण्डले नेपालको ऐतिहासिक विवरण दिन्छः शाह
र राणा पद्धति, राणाकालमा भएका विभिन्न राजनीतिक विरोध र २००७ सालको
क्रान्तिबारे ।
पुस्तकको तेस्रोदेखि छैटौँ खण्डमा लेखकद्वयले सन् १९५१
देखि सन् १९६४ सम्मका विभिन्न राजनीतिक घटना तथा ती घटनामा राजनीतिक
दल, व्यक्ति, दरबार र सरकारहरूले निर्वाह गरेका भूमिकालगायत उनीहरूका
कार्यक्रम, नीतिको पनि विस्तृत ब्याख्या र विश्लेषण गरेका छन् । ५६६
पृष्ठको यो विवरणले जनअधिकार कसरी दरबारमा शनैः शनैः पुग्यो भनेर खुलस्त
पार्छ ।
तेस्रो खण्डमा दिल्ली सम्झौतापछिका घटनाक्रमको समग्र
चर्चा गरिएको छ । सो सम्झौता दर्ुइ परस्पर विरोधी र अनमेल वस्तुहरूको
जबर्जस्ती जोडाइ जस्तो भएकाले धेरै दिन टिक्ने अवस्था थिएन र टिकेन
पनि । राणा काङ्ग्रेस सरकार एक वर्षनपुग्दै भङ्ग भयो । काङ्ग्रेस केन्द्रीय
समितिले बीपी कोइरालालाई प्रधानमन्त्री बनाउने निर्ण्र्ाागर्यो ।
तर दरबारबाट धम्की आयोः 'मातृकाप्रसादलाई चुन्ने हो भने चुन होइन भने
केशर शम्शेरमार्फ् आफैँ शासन गर्छर्ुु-पृ. ९१) । बाध्य भएर काङ्गे्रसले
निर्ण्र्ााफेर्यो र मातृका प्रधानमन्त्री बने । विस्तारै उनी प्रतिक्रियावादीका
रूपमा उत्रिए, राणा र शाहहरूलाई उच्च पदमा नियुक्त गर्न थाले । पहिलो
बजेटबाटै उनले दरबारको तलब-भत्ता दोब्बर तुल्याए -पृ. ९६) । त्यतिले
नपुगेर ९ सेप्टेम्बर १९५२ को अध्यादेशमार्फ् राजाले सबै अधिकार आफूमा
रहेको घोषणा गरे । 'क्रान्ति सफल' भएको दर्ुइ वर्षनपुग्दै प्रजातन्त्रको
औचित्य समाप्तप्रायः हुनपुग्यो ।
दरबार र सरकार संविधानसभाको चुनावको रट त सदैव लगाइरहन्थे,
तर चुनाव गर्ने सुरसार नै देखाउन्नथे । सन् १९५२ को अध्यादेशले अदालतको
हातखुट्टा भाँचिसके पनि उच्च न्यायालय यसबीच दरबार र सरकारबीच अवरोधका
रूपमा देखा पर्यो । तर्सथ बाँकी बचेको अवरोध साफ गर्न त्रिभुवनले
प्रस्ट रूपमा सबैभन्दा प्रतिक्रियावादी हुकुम जारी गरे १० जनवरी १९५४
मा- 'संविधानसभाले नयाँ संविधान नबनाउँदासम्म सब्बै अधिकार मेरै हुन्छ
। सरकार र सरकारले गरेका कुनै काममा अदालतमा सवाल जवाफ गर्न पाइँदैन'
-पृ. १५२) ।
त्यतिमात्रै होइन, सोहीबखत उनले जारी गरेको उर्दीमा
भनिएको छः 'हाम्रा पर्ुखाले सन् १८५६ मा राणा प्रधानमन्त्रीलाई पञ्जापत्र
गरेर अधिकार दिएका थिए । त्यो हामीले फिर्ता लियौ तर्सथ अब उप्रान्त
त्यो सबै अधिकार -राणाहरूले उपयोग गर्दै आएको) हामीमा अन्तर्निहित
भएको घोषणा गर्दछौँ' -पृ. १५३) । यो घोषणापछि नेपालमा युद्ध लडेर ल्याइएको
जनअधिकार पूरापूर खोसियो ।
डेमोक्रेटिक इनोभेसन्स को चौथो खण्ड राजा महेन्द्रको
शासनकालसँगै शुरु हुन्छ । राणाहरूको एक खेमासँग विशेष नजिक रहेका महेन्द्रलाई
जनशासन शुरुआतदेखि नै मन परेको थिएन । त्यसको विरुद्धमा उनी र्सार्वजनिक
रूपमै उत्रिसकेका थिए । २००७ सालको क्रान्तिको पहिलो वर्षउत्सवमा दिएको
वक्तव्यमा उनले भनेः 'तथाकथित प्रजातन्त्रले सबै नियमकानूनहरू उल्लङ्घन
गरेको छ ।' शासन गर्न ब्याकुल यिनले त्रिभुवन बिरामी भएर विदेशिने
वित्तिकै अधिकार केन्द्रीकृत गर्न थाले । पहिलो कदममा विभिन्न विभागहरू
आफ्नो मातहतमा लिए । तर बीचका चार-पाूच वर्षयी महत्वाकांक्षी शासक
के गरिरहेका थिए भन्ने जवाफ पुस्तकबाट पाइँदैन । हुन पनि दरबारको अभेद्य
चौघेराभित्र के के गरिन्छन्, कस्ता निर्ण्र्ााहुन्छन् भन्ने पत्तो
पाउनु कुनै पनि अनुसन्धाताका लागि फलामको चिउरा चपाउनुसरह हो ।
त्रिभुवन बितेकोे एकमहिना भित्रैमा पाँच प्रतिक्रियावादी
भारदारलाई सल्लाहकार नियुक्त गरी महेन्द्रले शासनको सुरुआत गरे । शासनसत्ता
सम्हालिसकेपछिको यिनको पहिलो काम राणाकालीन दौडाहालाई पुनर्जीवन दिने
र कर्मचारीतन्त्रमा शाह, राणा एवं पुराना भारदारहरू भर्नु रहृयो ।
त्यसको विरोध हुनु स्वाभाविक थियो । प्रत्युत्तरमा उनले नौटङ्की रचे
। पहिले १२९ पार्टर्ीीे सम्मेलन बोलाए जसलाई ठूला दलले बहिष्कार गरे
। दलहरूसँग वार्ता शुरु गरे विभिन्न चरणमा । सुझाव मागे, सातबुँदे
प्रश्न भराए, साझा कार्यक्रम माग गरे, चुनावको मिति पनि घोषणा गरे,
अन्तिममा ठूला दलहरूलाई तीन-तीन जनाको नामावली पठाए र भने 'ल यसबाट
कुनै दर्ुइ जनालाई चुन' । दलहरूले अस्वीकार गरे । यसैबीच एक वर्षबितिसकेको
थियो, सबैलाई अचम्भित पार्दै दरबारिया बहुल मन्त्रिपरिषदको प्रमुखका
रूपमा उनले टङ्कप्रसाद आचार्यलाई रोजे, जो आफ्नो दलको अध्यक्ष पनि
थिएनन् । जोशी र रोजले आचार्य सरकारलाई 'त्यसबखतसम्मको कमजोर र राजाको
सक्रिय शासनको निरन्तरता' भन्ने टिप्पणी गरेका छन् ।
आचार्यले गुण तिरे, राजाको भाका गाएर । उनले बोलेः
संविधानसभाको होइन, राजाले दिएको सीमित शक्ति भएको संविधानअर्न्तर्गत
संसदको चुनाव हुनर्ुपर्छ । भयो त्यही, तर तीन वर्षछि । उनको अर्को
योगदान थियोः सन् १९५६ को सर्वोच्च अदालतसम्बन्धी कानून, जसमा न्यायालयको
अधिकार अझ कुण्ठित गरिएको थियो । उनीमार्फ् हुने काम सकिइसकेको थियो
। तर्सथ महेन्द्रले भनेः शासन चलाउन र तोकिएको समयमा चुनाव गराउन नसक्ने
भनेर राजिनामा चढाएकाले स्वीकृत गरियो । आचार्यले र्सार्वजनिक प्रतिवाद
गरे, मैले त्यसो भनेकै छैन भनेर । तर के अर्थ - त्यसपछिको नौटङ्कीको
नायकको रूपमा देखापरेका के आई सिंह तीन महिना चानचुन शासन गरेर निर्वाचन
स्थगन गर्न अनुरोध टक्र्याएर बाहिरिए । नचाहँदा नचाहँदै पनि परिस्थितिवश
केही दिनका लागि शासनभार लिन बाध्य भएको दुःख व्यक्त गर्दै महेन्द्रले
अर्कोपटक पनि प्रधानमन्त्रीको पद आफैँले लिए -पृ. २०७) । उनको यस शासन
अवधिमा नेपाल सरकार विधिवत् 'श्री ५ को सरकार' बन्यो, अर्थात् निजी
। अनि विदेशमा रहेका नेपाली दूतावासहरू बने 'शाही नेपाली दूतावास'
-पृ. २२८) ।
पुस्तकः डेमोक्रेटिक
इनोभेसन्स इन नेपालः
अ केस स्टडी अफ पोलिटिकल एकल्चरेसन
लेखकः भुवनलाल जोशी र लियोर् इ रोज
पुनः मुद्रणः मण्डला बुक प्वाइन्ट
सन् २००४, (१९६६)
पृष्ठः ५५१, मूल्यः रु.८९०
(हार्डकभर) |
सदैव मौकाको ताकमा रहने दरबार नगरपालिकामा भएको चुनावमा
ठूला दलहरूको दर्ुगति देखेर हौसियो । महेन्द्रले मौकामा चौका ठोक्दै
भनेः अब चुनाव हुन्छ तर संसदको, संविधान त म आफैँ दिन्छु । दलहरूलाई
यो घोषणा नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार भयो
। चुनाव हुनु एक हप्ताअघि महेन्द्रले, जोशी र रोजका शब्दमा, 'राजनीतिक
प्रजातन्त्रको भ्रम दिने तर अधिनायकवादी पद्धति सुहाउँदो संविधान'
जारी गरे जसमा प्रजातान्त्रिक प्रणालीको उल्लेखसम्म थिएन । दलहरू चुनावमा
गए । नेपाली काङ्ग्रेसले दर्ुइतिहाई बहुमत ल्यायो र सरकार बनायो ।
पुस्तकको पाँचौँ खण्डमा काङ्ग्रेसको सरकार र उसका नीति,
कार्यक्रम आदिबारे चर्चा गरिएको छ । आशातीत काम गर्न नसके पनि सरकार
लक्ष्यतर्फगुडिरहेकै थियो, जनप्रतिनिधिहरूले आफ्नो अधिकार उपयोग गरेका
थिए । तर, जोकरहरू खेलाएर निरङ्कुश शासन गरिरहेको दरबारलाई यो सहृय
भएन, ६ महिना नबित्दादेखि महेन्द्रले र्सार्वजनिक रूपमा नै सरकारको
विरोध गर्न थाले । दरबारको प्रत्यक्ष परोक्ष सहयोगमा मुलुकका विभिन्न
भागमा अशान्ति सृजना गरियो । अन्ततः महेन्द्र्रले आफ्नो अभीष्ट सिद्धि
गरेरै छाडेः विभिन्न आरोप लगाई जननिर्वाचित प्रधानमन्त्री र मन्त्रिपरिषदलाई
बर्खास्त मात्र गरेनन्, जेल हाले, दलमाथि प्रतिबन्ध लगाए । आफैँले
बनाएर दिएको संविधान निलम्बन गरे । मौलिक अधिकार सबै हनन् गरे । र
निरङ्कुश राजतन्त्रको सूत्रपात गरे । पुस्तकको छैटौँ खण्डमा यो कालखण्डमा
भएका क्रियाकलापको चर्चा गरिएको छ ।
सन् १९६२ मा पञ्चायती संविधान निर्माण भयो जुन 'पदम
शम्शेरले सन् १९४८ मा बनाएको तर लागू गर्न नपाएको संविधानकै प्रतिलिपि
थियो ।' जोशी र रोजले 'संविधानमात्र होइन महेन्द्रले दिएको भाषणमा
पनि पदम शम्शेरकै प्रतिध्वनि गुञ्जन्छ' भनेका छन् ।
यसरी डेमोक्रेटिक इनोभेसन्स नेपालको एउटा महत्त्वपर्ूण्ा
कालखण्ड -सन् १९५०-६४) को राजनीतिक वृत्तान्त हो । ७ सालको परिवर्तनपछिका
सबै महत्त्वपर्ूण्ा घटनाहरूको बेलिविस्तार छ पुस्तकमा । साथै, अध्ययन
अवधिभर बनेका सबै सरकारका राजनीतिक, आर्थिक या परराष्ट्र मामिला सम्बन्धी
कार्यक्रमहरूको विस्तारमा व्याख्या गरिएको छ । नेपाली राजनीतिक इतिहासबारे
जान्न चाहनेले मात्रै होइन अहिले के भइरहेछ त्यो बुझन चाहनेले पनि
पढ्नै पर्ने सामाजिक दर्पण हो यो ।
•
रमेश पराजुली
प्राप्त क्रिति
 |
नेपाली काङ्ग्रेसको संक्षिप्त
इतिहास
लेखकः प्रदीप गिरी
प्रकाशकः जे.सी. मुद्गल, काठमाडौँ, २०६१
पृष्ठः ९३, मूल्यः रु.१०० |
|
 |
दोमाई
(सामाजिक उपन्यास)
कृतिकारः खेमराज शर्मा
प्रकाशकः निरन्तर प्रकाशन
काठमाडौँ, २०६१
पृष्ठः ५९, मूल्यः रु.३० |
|
 |
शुभयात्रा
(४४ वटा लघुकथाहरूको सङ्ग्रह)
कथाकारः अगिब बनेपाली
प्रकाशकः सुमा श्रेष्ठ (इलेक्ट्रोनिक्स्
कोचिङ सेन्टर, भक्तपुर) २०६०
पृष्ठः ६०, मूल्यः रु.४० |
|
 |
मौन बतास
(हाइकुसङ्ग्रह)
कविः विष्णुबहादुर सिंह
प्रकाशकः हाइकु अध्ययन नेपाल काठमाडौँ,
२०६१
पृष्ठः २०७, मूल्यः रु.२०० |
|
 |
सँगालो
(विचार-सङ्ग्रह)
सङ्कलक/प्रकाशकः गोरखा विचार मञ्च, गोरखा,
२०६१
पृष्ठः २०८ |
|
 |
माटो र बिरुवाले भोक लाग्यो भन्छन्
(कृषि काव्य)
कृतिकारः सदानन्द "अभागी"
प्रकाशकः माटो परीक्षण प्रयोगशालाका कर्मचारीहरू,
२०६१
पृष्ठः ६५, मूल्यः रु.१०० |
|
|