| खोज/धैरेनी
गोली काण्ड
फेरि मारिए निर्दोष
सुरक्षाकर्मीले वस्तुस्थिति
र अवस्थाको लेखाजोखा नगरी सामान्य शङ्काको भरमा गोली चलाउँदा सिर्द्धार्थ
राजमार्गको पाल्पा, धैरेनीमा तीन निर्दोष विद्यार्थीले अनाहकमा ज्यान
गुमाए ।
•
जे.बी. पुन मगर

तस्बिरहरू जेबी पुन मगर |
| मृतकहरुका शवका तस्बिर छाप्नै नमिल्ने गरी
बीभत्स भइसकेका थिए । |
१७ चैतमा
जेठो छोराको विवाह गर्न लागेका पाल्पा, खानीछाप-८, महछापका हँसिला
फर्ूर्तिला बीरबहादुर दर्लामी अहिले पिँढीमा बसेर एकतमासले बर्बराउँछन्
भने उनकी श्रीमती मनिसरा भक्कानो छोडेर रुन्छिन् । ९ चैतमा सिर्द्धार्थ
राजमार्गको धैरेनीमा माइलो छोरा दलबहादुर सुरक्षाकर्मीको गोली लागेर
मारिएपछि दर्लामी दम्पतीको यो हालत भएको हो । यस्तै अवस्था सो घटनामा
मारिएका अन्य दर्ुइ छात्र टेकबहादुर गाहा र नारायणसिंह कनौजेका बाबुआमाको
पनि छ । घटनापछि आतङ्कति ८३ घरधुरीको महछाप गाउँका बासिन्दा पीडितकहाँ
सान्त्वना दिन जान समेत डराइरहेका छन् । घटनास्थल धैरेनी र वरपरका
गाउँहरू पनि स्तब्ध छन् । निवर्तमान गाविस अध्यक्ष खेमबहादुर गाहामगर
परिवारसहित काठमाडौँ पलायन भएका छन् भने गाउँका मान्छे नौलो मानिस
देख्नासाथ जङ्गलतिर लुक्न जान्छन् ।
सुरक्षाकर्मीद्वारा माओवादीको आशङ्कामा मारिएका १७ वषर्ीय
नारायण र १५ वषर्ीय टेकबहादुर सिद्धि मावि, आर्यभञ्ज्याङमा क्रमशः
९ र ८ कक्षामा तथा १५ वर्षा दलबहादुर हिमालय निमावि, खानीछापमा ६ कक्षामा
पढ्दै थिए । त्यसदिन दिउँसो तीन बजेदेखि नै होली खेल्ने भन्दै धैरेनीमा
नाच्दै-गाउँदै गाडीहरूसँग पैसा उठाइरहेका यी युवाको बेलुकी करीब सवा
आठ बजे पाल्पाबाट आएको सुरक्षा गस्तीको गोली प्रहारबाट मृत्यु भएको
थियो ।
काल बन्न पुग्यो होली
धैरेनीमा त्यस दिन दर्ुइ बजे परीक्षा सिद्ध्याएर स्कूल ड्रेसमै आएका
विद्यार्थीहरू र स्थानीय बासिन्दाका टोली धैरेनी प्रतीक्षालय र त्यसभन्दा
केही दक्षिणपट्ट िबसेर ओहोरदोहोर गरिरहेका गाडी रोकी पैसा मागिरहेका
थिए । उनीहरूको नाचगान हर्ेन सडकमा बेलुकीसम्म बूढापाका, युवायुवती
र केटाकेटीको भीड लागेको थियो ।
सुरक्षाकर्मीले धैरेनी आइपुग्नुअघि नै गोलीप्रहार र
धरपकड शुरु गरिसकेका थिए । रातोमाटोबाट धैरेनीतिर आइरहेका चिंदीपानी-२
का किरण थापा र लालबहादुर र्घर्तीसहित सातजना विद्यार्थीहरू एक किमी
जति वरै बुटवलतिरबाट आएका ट्रक र ट्याङ्कर रोकेर पैसा मागिरहेको बेला
पछाडि दर्ुइ वटा बसबाट सैनिकहरू झरेको देखेर भाग्दा सैनिकहरूले गोली
प्रहार गरे, तर त्यहाँ कसैलाई गोली लागेन । 'प्लस टु' मा पढ्ने किरण
भन्छन्, "डरले नभागेका लाले र मलाई समातेर लात्ताले भकर्ुर्दै
बसभित्र हाले ।"

शोकाकुल
अभिभावकः नारायणसिंह कनौजका आमाबुबा

दलबहादुर दर्लामीका आमाबुबा

र टेकबहादुर गाहाका आमाबुबा
|
त्यहाँबाट अघि बढेको सेनाको बसबाट धैरेनीमा होली खेलिरहेका
विद्यार्थीहरूको भीडमा उत्रिएका एकजना सैनिकले गोली हान्न शुरु गरेको
एक प्रत्यक्षदर्शी ड्राइभर बताउँछन्। । "सबै भागाभाग भए । त्यसपछि
दुइटै बसबाट सेना झरेर लखेट्दै गए । पछि थाहा भयो, दर्ुइ जनालाई गोली
लागेछ", उनले भने । प्रत्यक्षदर्शीका अनुसार त्यतिबेला सेनाबाट
अन्धाधुन्ध गोलीप्रहार भएको र त्रि्रामा गोली लागेर एक सैनिक जवान
समेत घाइते भएका थिए । त्यसरात वरिपरिका डाँडाहरू सबैतिर गोलीको आवाज
सुनिएको थियो । "म पल्टेर निदाउनै लागेको थिएँ, एक्कासी ब्रसफायर
सुनेँ", घटनास्थलदेखि दर्ुइ घण्टा माथि महछाप बस्ने पर्ूव प्रहरी
असइ जितबहादुर कनौजे भन्छन्, "सधैँ पल्लो डाँडामा गोली पड्कने,
त्यही होला भन्ठानेर सुतेँ । बिहान उठ्दा पो त्यस्तो घटना सुनियो ।"
६ वर्षेखि ५० वर्षम्मका होली खेल्ने र रमितेहरूको भागाभागमा कैयौँलाई
चोटपटक लाग्यो । नाच हेरेर बसिरहेका चिंदीपानी-१ का १३ वषर्ीय मनोज
गाहा गोली चल्नासाथ सडकदेखि पचास मिटर मुनि खोल्सामा हाम फालेर लुकेका
थिए । "सेनाले पिट्दै लतारेर सडकमा ल्यायो, पछाडि फर्काएर हात
बाँध्यो र बसमा हाल्यो", मनोज भन्छन् । धेरै त रातभर हिंडेर वल्लोपल्लो
गाउं पुगे । त्यसरी लखेटिँदा सडक कामदारहरूका पालमा लुकेका चिंदीपानीका
विष्णु गाहालाई निकालेर सेनाले उनी र दाङबाट आएका एक थारू कामदारलाई
पिटेका थिए । ती कामदार भन्छन्, "त्यसरात डरले हामी १२ जना माथि
गाउँमा गएर बस्यौँ ।"
सेनाले दुवैतर्फाट आएका गाडीहरूलाई बत्ती निभाउन भन्दै
त्यस क्षेत्रमा छरिएर लगभग पौने घण्टा जति र्'र्सच' गरेको थियो । सिभिल
र कम्ब्याट ड्रेसमा आएका सेनालाई कतिले माओवादी ठानेका थिए । "हतियार
बोकेका, सडक र डाँडाभरि छापिएका थिए । हामीलाई कहाँ जाने हो ढोका खोल्
भने" ना२ ख ९५९८ का ट्रक ड्राइभर विष्णु थापा भन्छन्, "डरले
मैले पैसा मोजाभित्र लुकाएँ । पछि उनीहरूले सेना हौँ ढोका थुनेर बस
भनेपछि बत्ती निभाएर बस्यौँ । त्यो बेला पनि भटट्ट गोली पड्किएको थियो
।"
सेनाले घटनास्थलमा मारिएका नारायण र दलबहादुरको लाश
कर्ल्भर्ट बनाइरहेका कामदारहरूसँग बेल्चा मागेर त्यहीँ तल्लापट्ट िखोल्सामा
पुरेका थिए । टेकबहादुर गाहाको अलिअलि सास चलिरहेकोले सेनाले बुटवल
जोगीकुटीबाट सामान लिएर आएको जनसेवा ट्रेडिङ कर्न्र्सनको जीपमा हाली
तानसेन अस्पतालमा छाड्न लगाएको थियो । चालकका अनुसार, उनी त्यहाँबाट
तीन किलोमिटर पर आर्यभञ्ज्याङ पुग्दानपुग्दै मरे । केत्तुकेको आडमा
लुकेर यो सबै देखेका दलबहादुरका अत्यन्त मिल्ने साथी १२ वर्षा पुरनबहादुर
पल्लीले मानसिक अवस्था खल्बलिएर बाँकी परीक्षा राम्ररी दिन सकेनन्
। उनको मानसिक अवस्था अझै असामान्य छ । "राति १० बजेतिर बेहोसी
अवस्थामा हस्याङफस्याङ गर्दै आइपुगेथ्यो, हेरेको त मेरै भाइ रहेछ",
चिंदीपानी-१ की अनिसरा गाहा भन्छिन्, "खाना खा भन्दा पनि मानेन
। दिदी म त सिस्नोघारीमा हाम फालेँ । त्यस्तो बेलामा त सिस्नोले पनि
पोल्दोरहेनछ भन्यो । अरू कुरा राम्ररी गरेन । रातभरि नसुती बिहान घर
गयो ।"
लाश गाडिसकेपछि सैनिकहरू त्यहाँबाट घटनाको बारेमा कसैलाई
केही नबोल्न निर्देशन दिँदै पक्रिएका तीन जनालाई लिएर गल्याङतिर लागेका
थिए । सेना पाल्पाबाट लु १ ख ४५६ र लु १ ख २३०७ नम्बरको बस लिई २०-२०
लिटर तेल हालेर गस्ती गर्दै आएको थियो ।

धन्न
ज्यान जोगियोः सेनाबाट रिहा गरिएका किरण थापा
र लालबहादुर र्घर्ती (तल)।

|
लाश तान्दा आफ्नै छोरो !
भोलिपल्ट बिहान घटनास्थलमा जम्मा भएका गाउँलेहरूले सडकमा रगतका धब्बा
देखेर लाश खोज्न शुरु गरे । "एउटा लाश कसको रहेछ भनी दुवै खुट्टा
समातेर तानेँ", मनबहादुर कनौजे भन्छन्, "अनुहार हर्ेर्छर्ुु
आफ्नै छोरो नारायण ! म त बेहोस भएछु ।" छोराको बिहेको कामले हिँडेका
बीरबहादुर दर्लामी पनि त्यसरात सालाको घर धैरेनीमै बसेका थिए । उनी
भन्छन्, "साढे आठ बजेतिर पटट्ट गोली पड्केको सुन्यौँ । दाइको
बिहेमा बजैलाई लिन मावल आएको छोरो त्यहाँ पर्यो होला भन्ने मैले सोचेकै
थिइनँ ।" त्यही बेलुकी बुटवलबाट आर्यभञ्ज्याङ आई बास बसेका पर्ूण्ासिंह
गाहालाई पनि भोलिपल्ट घटनास्थल पुगेर छोरा टेकबहादुरलाई नभेट्दा ऊ
मर्यो भन्ने लागिसकेको थियो ।
लाशहरू गोली लागेर क्षतविक्षत थिए । नारायणको दायाँ
कोखा, साँप्रा, कुम र बायाँ छातीमा गोली लागेको तथा त्रि्रामा र्छरा
र टाउकोमा गोलीका खोका अड्किएको थियो । अगाडिका दुइटा दाँत झरेका र
६-७ वटा हल्लिएका थिए । सात गोली लागेका दलबहादुरको जीउमा एउटा गोली
आँखा छेडेर पछाडिबाट निस्केको र खोका आँखामै अड्केको थियो । उनलाई
देब्रे कुम, पेटको दायाँ-बायाँ, देब्रे त्रि्रा र दायाँ साँप्रामा
पनि गोली लागेको थियो । टेकबहादुरको शरीरमा एउटा गोली घुच्चुकबाट निधार
छेड्दै निस्केको र अर्को देबे्र साप्रामा लागेको थियो भने एउटा चाहिँ
पछाडि ढाडबाट छिरेर पेटबाट निस्केको थियो । प्रत्यक्षदर्शीले सेनाले
गोली प्रहार गर्दै लखेटेको भने पनि मृतकहरूमा एउटा बाहेक पछाडिबाट
हानिएको गोली लागेको थिएन । "अधिकांश गोलीको स्थिति हर्ेदा तिनैजना
मृतकलाई भागेको बेलामा हानेको जस्तो देखिँदैन", पर्ूव अर्सइ जीतबहादुर
कनौजे भन्छन्, "भागेको भए गोली पछाडिबाट लाग्नुपर्ने थियो ।"
थरीथरीका कागज
लाशको पोष्टमार्टमपछि १० चैत, बेलुकी पाँच बजे प्रहरीले 'पाल्पाबाट
गस्ती गर्दै जाने क्रममा धैरेनीमा आतङ्ककारीहरूले चन्दा उठाइरहेको
अवस्थामा डाँडामाथिबाट सकेट बम प्रहार गरेकोले कारबाहीमा तपाईँको छोरा
नारायण कनौजे नामको आतङ्ककारी मारिएको हुनाले जातीय संस्कार अनुसार
सद्गत गर्न हुन तपाईँलाई यो लाश बुझाइएको छ' भनी लेखिएको कागज थमाइदिएपछि
मनबहादुर कनौजेले लाश बुझेनन् । पत्रकार राजेश अर्यालका अनुसार, त्यसमा
'राति ११.४५ बजे दोहोरो भिडन्तमा मृत्यु भएको' समेत लेखिएको थियो ।
"मेरो छोरो त्यस्तो काममा लागेको हुँदै होइन भने मैले झूठो कुरा
किन स्वीका गरुँ -" कनौजे भन्छन् । उनले नबुझेपछि अरू दर्ुइ जनाले
पनि कागज बुझन मानेनन् ।
|
 |
| भागेर बच्न सफल गुमबहादुर,
शङ्कर र राम गाहा (क्रमशः) । |
पत्रकार र मानवअधिकारवादीहरूले प्रहरीको कार्यशैलीको
विरोध गरेपछि उनीहरूकै रोहवरमा कागजमा केही हेरफेर गरेर ११.४५ को समयलाई
करीब नौबजे बनाइयो । मिसिलमा कम्ब्याट ड्रेस लगाएको र भाग्न खोज्दा
सुरक्षाकर्मीको गोलीबाट मारिएको उल्लेख छ; कसले, कहाँ, कसरी, कसलाई
गोली हान्यो र लाग्यो भन्ने केही लेखिएको छैन । जिल्ला प्रहरी कार्यालय
पाल्पाका डीएसपी बलराम शर्मा पौड्याल उनीहरू निर्दोष हुन् भने क्षतिपर्ूर्तिका
लागि पहल गर्न सजिलो होस् भनेर यस्तो कागज बनाइएको बताउँछन् । तर हिमाल
ले गरेको अध्ययन र करीब एक दर्जन प्रत्यक्षदर्शीसँगको कुराकानीबाट
मृतकहरू माओवादी नभएको स्पष्ट हुन्छ । स्कूल ड्रेसमै मारिएका उनीहरूको
गल्ती होलीको नाममा राति पैसा उठाउनु र सेना देखेर भाग्नुबाहेक केही
देखिँदैन । तीमध्ये एक, कम्ब्याट ड्रेस लगाउने किरण थापा पनि माओवादी
थिएनन् । ब्रिटिस सैनिक परिवारका किरणले बुबाको कम्ब्याट ड्रेस लगाएर
आएको बताएका थिए । सेनाले उनीसहित तीन जनालाई पाल्पा ब्यारेकमा राखी
२३ चैतसम्म 'अनुसन्धान' गरेर 'निर्दोष' ठहर्याई छाडेको हुनाले पनि
कम्ब्याट ड्रेस लगाउँदैमा कोही माओवादी हुँदैन भन्ने स्पष्ट भएको छ
। सेनाले यस घटनाको अध्ययन गर्न एक जाँचबुझ टोली गठन गरेको जनाएको
छ । पीडितहरू न्यायिक छानबिनको माग गरिरहेका छन् ।
शाही सेनाको पश्चिम पृतना पोखराका प्रवक्ता नवजित शमशेर
जबराले निर्दोष मारिएका भए क्षतिपर्ूर्ति दिइने, जिल्लाबाट गएको सिफारिस
बमोजिम केन्द्रमा क्षतिपर्ूर्तिको प्रक्रिया अघि बढिरहेको सुनेको,
तर जाँचबुझ टोलीले अन्तिम रिपोर्ट बुझाए पछि मात्र अन्तिम निर्ण्र्ााहुने
बताएका छन् । "इन्टेन्सनल्ली हामी त्यस्तो गर्दैनाँै", उनी
भन्छन्, "विगतमा पनि निर्दोष मारिँदा क्षतिपर्ूर्ति दिइएको हो,
अहिले पनि निर्दोष भए क्षतिपर्ूर्ति पाउँछन् ।"
|