| जनता
बाँसुरी-वस्ताज

किरण पाण्डे |
जीवनयात्राको आधा
अंश शास्त्रीय सङ्गीतको अध्ययन र साधनामा बिताउँदा-बिताउँदै महोत्तरी,
रामनगरका जीवन आले -३७) बाँसुरी-वादनमा स्नातकोत्तर गर्ने पहिलो नेपाली
बने, प्रयाग सङ्गीत समिति इलाहावाद -भारत) बाट । सानैदेखि बाँसुरी
बजाउने रहर भएका आले सङ्गीत पढ्न थालेपछि मात्रै यसको गहिर्राईमा पसेका
हुन् । "लोक-आधुनिक लयमा बाँसुरी फुक्दासम्म
पनि त्यति सन्तुष्टि हुँदैनथ्यो, शास्त्रीय सङ्गीत सिकेर त्यसको भावमा
डुब्दै बजाउँदा चाहिँ चरम सन्तुष्टि मिल्यो," उनी भन्छन् ।
पछिल्ला वर्षा साधनाभन्दा प्रशिक्षणमा व्यस्त जीवन आले
काठमाडौँ विश्वविद्यालय, कलानिधि-इन्दिरा सङ्गीत महाविद्यालय र आफ्नै
निवासमा सङ्गीत सिकाउँछन् । विद्यार्थीहरूलाई "ठूला सपना बोकेर
यतातिर नलाग्नू" भनी सल्लाह दिने उनी आफ्नो सन्तुष्टिको कारण
पनि त्यही सीमित अपेक्षालाई मान्छन् । शिक्षा र साधनाका निम्ति हरदम
प्रेरित गरिरहने आले भन्छन्, "ईश्वरीय वरदान त थोरैले पाएका हुन्छन्
। अध्ययनले त्यसमा मिठास थपिदिन्छ ।"
दर्ुघटनामा परेर एउटा खुट्टा गुमाएपछि अझ गहिरो साधनामा लागेका जीवन
आलेको लक्ष्य र उद्देश्य नै थियो, कुशल बाँसुरी-वादक बन्ने । यसमा
विचलन आउला भनेर बिहे पनि गरेनन् । आजीवन बिहे नगर्ने त - 'बाँसुरी-वस्ताज'
हाँस्दै भन्छन्, "कसम त खाँदिनँ, सोचाइ चाहिँ त्यस्तै छ ।"
धूमधामको घुमघाम

किरण पाण्डे |
धेरैलाई महिनौँ काम
गरेपछि मात्र घुम्ने फर्ुसद मिल्छ, तर एक वर्षन्दा लामो समयदेखि हरेक
बुधबार साँझ कान्तिपुर टेलिभिजनको 'ट्राभल-शो' घुमघाम चलाउँदै आएकी
आस्था थापाको काम चाहिँ घुम्नु नै हो । लुम्बिनी, चन्द्रागिरी, नगरकोट,
बन्दीपुर, भकुण्डेबेँसी, पोखरा, विशंखुनारायण, कोटगाउँ, सुन्दरीजल
जताततै पुगिरहेकी हुन्छिन् उनी । भन्छिन्, "काठमाडौँ बाहिर निस्कने
बित्तिकै घुमघामका अनगिन्ती गन्तव्य भेटिन्छन् ।"
प्राकृतिक सौर्न्दर्य हर्ेन नगरकोट होस् वा शान्तिको
खोजीमा लुम्बिनी; आफू पुगेका मनोहारी ठाउँ/दृश्यलाई क्यामेरामा कैद
गरी अल्बम वा सिडीमा सजाएर त धेरैले राख्ने गर्छन् । तर आस्था चाहिं
आफ्ना असङख्य दर्शकहरूलाई जाउँजाउँ लाग्ने गरी वा गएकै अनुभूति हुने
गरी शहर-बजारका मठमन्दिरदेखि गाउँघर तथा पहाडकन्दराका पुरातात्विक
र मनमोहक धरोहरहरू प्रस्तुत गर्छिन् । कसरी दर्शकलाई आफू गएजस्तै पार्ने
- उनको एउटा मन्त्र नै छ- कुनै ठाउँलाई आफूले महसूस गरेर देखाउँदा
दर्शकलाई त्यहाँ पुगेको अनुभूति गराउन सकिन्छ ।
मनोरञ्जनसँगै बेलाबखत उनी बौद्धिक खुराक पनि दिइरहेकी
हुन्छिन् । सुन्दरीजललाई 'पिकनिक-स्पट' का रूपमा मात्र नभई उपत्यकाको
खानेपानीको मुहान र हाइकिङको गन्तव्य पनि हो भन्न चुक्दिनन् । लुम्बिनी
जाँदा भैरहवाको टिकट-काउण्टरमा गएर कति भाडा भनेर सोध्न बिर्सिन्नन्
। जहाँ पुग्छिन्, त्यहीँको भाषा, रहनसहन, लवाईलाई अनुसरण गर्छिन् ।
पत्रकारिता तथा आमसञ्चारमा स्नातक गरिरहेकी आस्था थापाको सल्लाह छ,
"कुनै पनि ठाउँ पुग्नुअघि त्यहाँको भाषा, भेषभूषा, रहनसहन आदि
जाजान्नुपर्छ ।"
१०० शृङ्खला पुग्न लागिसकेको घुमघाम मार्फ् नयाँ वर्षेखि
काठमाडाँैबासीलाई विदेशको यात्रा गराउने योजना छ, आस्थाको ।
|