हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

भेदभाव किन ?

टेष्टट्युव बेबीसम्बन्धी आवरण सामग्री (हिमाल, १६-३१ चैत) मा पहिलो टेष्टट्युव बेबीका आमाबाबु तामाङ दम्पतीलाई उपेक्षा गर्दै डा. सुशील कोइरालाका जुम्ल्याहा सन्तान, तिनकै आवरण तस्बिर र उनकै भनाइ तथा भोगाइ मात्र उल्लेख गरेर हिमाल ले भेदभाव गरेको छ । नेपालले भर्खरै पाएको सफलता भनेको टेष्टट्युव बच्च्ाा कि जुम्ल्याहा  - पहिलो बेबीका अभिभावकको अनुभव र विचार किन राखिएन ?

वासुदेव थापा,
राजविराज-४, सप्तरी

• निःसन्तान दम्पतीले सन्तान पाउनु सानो कुरा हैन । तर, यसमा लाग्ने खर्च सामान्य दम्पतीका लागि कठिन चुनौती हुनसक्छ  । त्यसैले खर्च घटाउने र यो सेवा देशभर विस्तार गर्ने उपाय खोजिनर्ुपर्छ  ।

रविन खड्का
मनिपाल शिक्षण अस्पताल, पोखरा

• सर्वसाधारणको पहुँचभन्दा टाढाको महँगो टेष्टट्युव प्रविधिबाट फाइदा लिने कसले - आखिर बच्चा त गरीबलाई पनि चाहिन्छ । यो प्रविधिले विपन्न आमाबाबुलाई समेत खुसी बाँड्न सकोस् ।

भुमराज तिवारी,
बेल्कोट-७, अमारे-डेउडी, नुवाकोट


प्रेरणादायी सामग्री

हिमाल को आवरणकथा अर्न्तर्गत प्रस्तुत डा. सुशील कोइरालाको अनुभव -१६-३१ चैत) ले मन छोयो । लेखले उनी जस्तै अरू निःसन्तान दम्पतीलाई पनि आधुनिक चिकित्सापद्धत्रि्रति विश्वास गर्न प्रेरणा देओस् भन्ने कामना गर्न सकिन्छ । साथै, सन्तान-सुख नपाएकै कारण तनाबग्रस्त रहेका दम्पतीलाई सन्तान सुख दिन पहल गर्ने डा. भोला रिजाल, उनका सहयोगी चिकित्सक धन्यवादका पात्र छन् । खर्च कम गराउने प्रयास गरेमा निम्नवर्गीय दम्पतीले पनि यस्तो प्रविधिबाट फाइदा लिनसक्ने थिए ।

प्रिया रायमाझी र नवीन रायमाझी
एटलान्टा, संयुक्त राज्य अमेरिका

• डा. सुशील कोइरालाका अनुभव मार्मिक मात्र नभई निःसन्तान दम्पतीका लागि प्रेरणादायी र उत्साहप्रद छन् । तर, लेखसँग गाँसिएका तस्बिर र तिनका क्याप्सनले भने पाठकमा केही भ्रम पैदा गर्छन्  । लेखमा तीन वटा तस्बिर छन् र सबैमा जुम्ल्याहा छोराका 'दिदी' हरू पनि छन् । लेख पढेपछि मात्र डाक्टर सुशील छोरा पाउनुअघि साँच्चिकै निःसन्तान रहेछन् भन्ने थाहा हुन्छ । र, हामीले अनुमान लगाउनर्ुपर्छ, ती दिदीहरू एकै कोखबाट जन्मिएका होइनन् भन्ने । अपुरो क्याप्सनले गर्दा तस्बिरको अर्कै अर्थ लाग्न सक्ने उदाहरण हो यो ।

शृङ्खला शर्मा
काठमाडौँ


नमिलेका कुरा

टेष्टट्युव बच्चासम्बन्धी विवरणमा नेपालको पहिलो टेष्टट्युव बच्चाको बाबु मलाई 'राजेन्द्र स्याङ्बो' १८ वर्षेखि निःसन्तान लेखिएको रहेछ । तर, म तामाङ हुँ र ८ वर्षेखि मात्र निःसन्तान थिएँ ।

राजेन्द्र तामाङ
काठमाडौँ


मननीय टिप्पणी

२०४६ सालको संविधानलाई केन्द्रभागमा राखेर कनकमणि दीक्षितले गर्नुभएको विश्लेषण -राष्ट्रिय सङ्कटः अवस्था र अवसर, १६-३१ चैत) मा मेरो पर्ूण्ा सहमति छ । १९ माघको घटनालाई 'रेजिम् परिवर्तन' का रूपमा देख्ने लेखकले बहसका लागि उठाउनुभएको विचारले सचेत मनोविज्ञानको प्रतिनिधित्व गर्दछ ।

संवैधानिक राजतन्त्रलाई नै दाउ थापेर १९ माघमा चालिएको कदमलाई दुवै कुनाका अतिवादीहरूले आफ्नो अनुकूलतामा लैजाने खतराबारे लेखकले समयसापेक्ष खबरदारी गर्नुभएको छ । दरबारपक्षीय व्यक्तिहरूको र्सार्वजनिक धारणा र उग्रवामपन्थी दलदलमा भासिएका माओवादी दुवैले दलहरू र नागरिक समाजलाई आ-आफ्नो कित्तामा उभिन गरिरहेको आमन्त्रणलाई अस्वीकार गर्दै खाली रहेको बीचको राजमार्गमा यात्रा गर्न लेेखकले सुझाउनुभएको उपाय मननीय छ । यसका लागि प्रजातन्त्र र मानवअधिकारका पक्षमा लामबद्ध हुनसक्ने सबै दल, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूले पहल गर्न ढिलो भइसकेको छ ।

श्याम घिमिरे, बडिखेल, ललितपुर
ghshyam_2002@yahoo.com

• कनकमणि दीक्षितको राष्ट्रिय सङ्कटसम्बन्धी विश्लेषणले देशको कठिन परिस्थिति र यसबाट मुक्ति पाउन राजा, नेता, दल र जनताले निर्वाह गर्नुपर्ने भूमिका स्पष्ट औंल्याएको छ । हरेक समस्याको लेखाजोखा गर्ने र समाधानका लागि प्रस्तुत हुने कनकमणि दीक्षितका दृष्टिकोणहरूले दूरदर्शिताको नमूना पेश गर्दै आएका छन् ।
लेखले अपेक्षा गरेझैँ एकता र मेलमिलाप, भातृत्व र देशभक्ति तथा सुदृढ सङ्गठन निर्माणका लागि हामीले गर्न धेरै बाँकी छ ।

राधेश्याम गजुरेल
बेल्कोट-६, तिगाउँ, नुवाकोट


प्रयास त छैन शुभकामना

'जन-वसन्त, २६ चैत' -सम्पादकीय, १६-३१ चैत) को शुभकामनाले मात्र राजनीतिक दलहरूलाई पुग्दैन । बाटो बिराएकालाई लिकमा नल्याउँदासम्म केही हुनेवाला छैन । दलका केही नेताहरूको गतिविधिले गर्दा जनताको जोश, उमङ्ग सेलाउँदै गएको हो । त्यसैले हो, दलहरूले गरेको अपेक्षाविपरीत जनता शान्त छन् ।

सुव्रत स्वार, सुयश स्वार
पोबनं. ५०३, काठमाडौँ


सधैँ पीडित !

'गाडी जलाइयो, कुमार भए कङ्गाल' (देशदृश्य, १६-३१ चैत) ले सामाजिक यथार्थको चित्रण गरेको छ । सशस्त्र द्वन्द्वका कारण घर धितो राखी भएको सम्पत्ति सबैलाई खुकुरीको धारमा राखी लगानी गर्ने कुमार श्रेष्ठजस्ता कैयौँ नेपाली पीडित बन्न पुगेका छन् । माओवादी 'बन्द' भन्छन्, सरकार 'चलाउनर्ैपर्छ' भन्छ नत्र इजाजतपत्र, लाइसेन्स खारेज गरिदिन्छ । यसरी श्रमजीवी जनता दर्ुइ ढुङ्गाबीचमा परेको कसले देख्ने  ?

राजेश शर्मा
सेतीदोभान-९, गोगनेपानी, स्याङ्जा


नयाँ वर्षाई

चर्का उन्माद ढाली तरल गरलता फाल वैशाख आज
अग्ला सम्मान चम्की किसलय तरुले ज्योति र्छछन् प्रताप
वैशाखी दीप्त शोभा, प्रकृति-कृति नयाँ छोप्न कैल्यै हुँदैन
क्वैलीको जादु-बोली, मधुकर भँमरा, कण्ठ थिच्नै हुँदैन ।

फुल्छन् वैशाखभित्र, सुमधुर-सृजना, रोशनीको बिहानी
खुल्छन् आकाश-धर्ती सुमन रङ भरी, वासनाको निशानी
चोखा यी वाग-शोभा, मलिन मन लिई खोस्न कैल्यै हुँदैन
काला धव्वा नचाई चहक रस-सुधा, सोस्न कैल्यै हुँदैन ।

बद्रीप्रसाद दाहाल
काठमाडौं


गुन तिर्लान् नै !

'ट्युसनले बचाउने भो एफएमलाई' -देशदृश्य, १६-३१ चैत) पढेपछि सञ्चारको महत्त्वबारे थप स्पष्ट भयो । पाल्पाका करीब तीस हजार एसएलसी परीक्षार्थीलाई श्रीनगर एफएमले लगाएको गुन विद्यार्थीहरूले पक्कै तिर्लान् ।

दिव्यराज निरौला
हेटौँडा-९


मीठो जवाफ

'किराँत चेलीलाई संस्कृत सजिलो' -जनता, १६-३१ चैत) ले संस्कृतको महत्ता देखाएको छ । संस्कृतजस्तो पुरानो र समृद्ध भाषालाई 'मृतभाषा' भन्दै यसको अन्धविरोध गर्ने अल्पज्ञहरूलाई बीना र्राईजस्ता उदाहरणीय विद्यार्थीहरू मीठो जवाफ हुन सक्छन् ।

लमजुङको एक संस्कृत माविमा विज्ञान र गणित पढाउने शिक्षक मुक्तिनाथ अधिकारीको, संस्कृत पढाएको अभियोगमा कायरतापर्ूवक हत्या गर्ने माओवादीहरूले पनि बुझनु जरुरी छ?

संस्कृत नेपाली, अङ्ग्रेजी, हिन्दी लगायत धेरैकोे स्रोत भाषा हो ।

सुबोध अधिकारी
लमजुङ


तन्नेरी अनुभव

'जीवन्त सम्पदा' -जनता, १-१५ चैत) ले शरीरका तन्तु-तन्तुमा ऊर्जा थप्यो । हामी उमेरले ४० नाघ्नासाथ 'बूढो भइयो' भन्छौँ । तर, ९२ वर्षा केशवदेव भट्टर्राईको जीवनयात्रा पढेपछि हामी तनले नभई मनले बूढा भएका रहेछौँ भन्ने स्पष्ट भयो । बधाई छ केशव गुरुलाई उहाँको सक्रियताका निम्ति ।

हृदयप्रसाद श्रेष्ठ
जोमसोम, मुस्ताङ


मुस्कुराऊ मेरी प्रिया
नववर्ष २०६२

धर्मराज थापा
(जनकविकेशरी)

घामछायाको देशमा इन्द्रेनीको भेषमा
नवरङ्गको डाँफै नाच्यो बेंसीदेखि लेकमा
रित्ता गाग्री भर्न थाल मनको पँधेरी
पखालिदै जाओस् त्रि्रो मुलुकैको अँधेरी !

मनको शीतल मायामा वनको पीपल छायामा
सिमलको भुवा बनी उड्दै जाने कायामा
कल्लाई सम्झी रुन्छे न्याउली फुल्दो पखेरी
बोकी ल्यायो उजेली चल्यो बासन चमेली ।

मुजुरा लागे सहश्रौं जोवनको वनभरी
मधुर गुञ्जन रनवन छरी फूल मञ्जरी
मुस्कुराऊ मेरी प्रिया ! साँझ सबेरी
बोकी ल्यायो उमङ्गकी वसन्तकी फूल परी ।

स्वयम्भू, काठमाडौं