| चिठी
• भेदभाव
किन ?
टेष्टट्युव बेबीसम्बन्धी आवरण सामग्री (हिमाल, १६-३१
चैत) मा पहिलो टेष्टट्युव बेबीका आमाबाबु तामाङ दम्पतीलाई उपेक्षा
गर्दै डा. सुशील कोइरालाका जुम्ल्याहा सन्तान, तिनकै आवरण तस्बिर र
उनकै भनाइ तथा भोगाइ मात्र उल्लेख गरेर हिमाल ले भेदभाव गरेको छ ।
नेपालले भर्खरै पाएको सफलता भनेको टेष्टट्युव बच्च्ाा कि जुम्ल्याहा
- पहिलो बेबीका अभिभावकको अनुभव र विचार किन राखिएन ?
वासुदेव थापा,
राजविराज-४, सप्तरी
• निःसन्तान दम्पतीले सन्तान पाउनु सानो कुरा
हैन । तर, यसमा लाग्ने खर्च सामान्य दम्पतीका लागि कठिन चुनौती हुनसक्छ
। त्यसैले खर्च घटाउने र यो सेवा देशभर विस्तार गर्ने उपाय खोजिनर्ुपर्छ
।
रविन खड्का
मनिपाल शिक्षण अस्पताल, पोखरा
• सर्वसाधारणको पहुँचभन्दा टाढाको महँगो टेष्टट्युव
प्रविधिबाट फाइदा लिने कसले - आखिर बच्चा त गरीबलाई पनि चाहिन्छ ।
यो प्रविधिले विपन्न आमाबाबुलाई समेत खुसी बाँड्न सकोस् ।
भुमराज तिवारी,
बेल्कोट-७, अमारे-डेउडी, नुवाकोट
• प्रेरणादायी
सामग्री
हिमाल को आवरणकथा अर्न्तर्गत प्रस्तुत डा. सुशील कोइरालाको
अनुभव -१६-३१ चैत) ले मन छोयो । लेखले उनी जस्तै अरू निःसन्तान दम्पतीलाई
पनि आधुनिक चिकित्सापद्धत्रि्रति विश्वास गर्न प्रेरणा देओस् भन्ने
कामना गर्न सकिन्छ । साथै, सन्तान-सुख नपाएकै कारण तनाबग्रस्त रहेका
दम्पतीलाई सन्तान सुख दिन पहल गर्ने डा. भोला रिजाल, उनका सहयोगी चिकित्सक
धन्यवादका पात्र छन् । खर्च कम गराउने प्रयास गरेमा निम्नवर्गीय दम्पतीले
पनि यस्तो प्रविधिबाट फाइदा लिनसक्ने थिए ।
प्रिया रायमाझी र नवीन रायमाझी
एटलान्टा, संयुक्त राज्य अमेरिका
• डा. सुशील कोइरालाका अनुभव मार्मिक मात्र नभई
निःसन्तान दम्पतीका लागि प्रेरणादायी र उत्साहप्रद छन् । तर, लेखसँग
गाँसिएका तस्बिर र तिनका क्याप्सनले भने पाठकमा केही भ्रम पैदा गर्छन्
। लेखमा तीन वटा तस्बिर छन् र सबैमा जुम्ल्याहा छोराका 'दिदी' हरू
पनि छन् । लेख पढेपछि मात्र डाक्टर सुशील छोरा पाउनुअघि साँच्चिकै
निःसन्तान रहेछन् भन्ने थाहा हुन्छ । र, हामीले अनुमान लगाउनर्ुपर्छ,
ती दिदीहरू एकै कोखबाट जन्मिएका होइनन् भन्ने । अपुरो क्याप्सनले गर्दा
तस्बिरको अर्कै अर्थ लाग्न सक्ने उदाहरण हो यो ।
शृङ्खला शर्मा
काठमाडौँ
• नमिलेका
कुरा
टेष्टट्युव बच्चासम्बन्धी विवरणमा नेपालको पहिलो टेष्टट्युव
बच्चाको बाबु मलाई 'राजेन्द्र स्याङ्बो' १८ वर्षेखि निःसन्तान लेखिएको
रहेछ । तर, म तामाङ हुँ र ८ वर्षेखि मात्र निःसन्तान थिएँ ।
राजेन्द्र तामाङ
काठमाडौँ
• मननीय
टिप्पणी
२०४६ सालको संविधानलाई केन्द्रभागमा राखेर कनकमणि दीक्षितले
गर्नुभएको विश्लेषण -राष्ट्रिय सङ्कटः अवस्था र अवसर, १६-३१ चैत) मा
मेरो पर्ूण्ा सहमति छ । १९ माघको घटनालाई 'रेजिम् परिवर्तन' का रूपमा
देख्ने लेखकले बहसका लागि उठाउनुभएको विचारले सचेत मनोविज्ञानको प्रतिनिधित्व
गर्दछ ।
संवैधानिक राजतन्त्रलाई नै दाउ थापेर १९ माघमा चालिएको
कदमलाई दुवै कुनाका अतिवादीहरूले आफ्नो अनुकूलतामा लैजाने खतराबारे
लेखकले समयसापेक्ष खबरदारी गर्नुभएको छ । दरबारपक्षीय व्यक्तिहरूको
र्सार्वजनिक धारणा र उग्रवामपन्थी दलदलमा भासिएका माओवादी दुवैले दलहरू
र नागरिक समाजलाई आ-आफ्नो कित्तामा उभिन गरिरहेको आमन्त्रणलाई अस्वीकार
गर्दै खाली रहेको बीचको राजमार्गमा यात्रा गर्न लेेखकले सुझाउनुभएको
उपाय मननीय छ । यसका लागि प्रजातन्त्र र मानवअधिकारका पक्षमा लामबद्ध
हुनसक्ने सबै दल, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूले पहल गर्न
ढिलो भइसकेको छ ।
श्याम घिमिरे, बडिखेल, ललितपुर
ghshyam_2002@yahoo.com
• कनकमणि दीक्षितको राष्ट्रिय सङ्कटसम्बन्धी विश्लेषणले देशको
कठिन परिस्थिति र यसबाट मुक्ति पाउन राजा, नेता, दल र जनताले निर्वाह
गर्नुपर्ने भूमिका स्पष्ट औंल्याएको छ । हरेक समस्याको लेखाजोखा गर्ने
र समाधानका लागि प्रस्तुत हुने कनकमणि दीक्षितका दृष्टिकोणहरूले दूरदर्शिताको
नमूना पेश गर्दै आएका छन् ।
लेखले अपेक्षा गरेझैँ एकता र मेलमिलाप, भातृत्व र देशभक्ति तथा सुदृढ
सङ्गठन निर्माणका लागि हामीले गर्न धेरै बाँकी छ ।
राधेश्याम गजुरेल
बेल्कोट-६, तिगाउँ, नुवाकोट
• प्रयास
त छैन शुभकामना
'जन-वसन्त, २६ चैत' -सम्पादकीय, १६-३१ चैत) को शुभकामनाले
मात्र राजनीतिक दलहरूलाई पुग्दैन । बाटो बिराएकालाई लिकमा नल्याउँदासम्म
केही हुनेवाला छैन । दलका केही नेताहरूको गतिविधिले गर्दा जनताको जोश,
उमङ्ग सेलाउँदै गएको हो । त्यसैले हो, दलहरूले गरेको अपेक्षाविपरीत
जनता शान्त छन् ।
सुव्रत स्वार, सुयश स्वार
पोबनं. ५०३, काठमाडौँ
• सधैँ
पीडित !
'गाडी जलाइयो, कुमार भए कङ्गाल' (देशदृश्य, १६-३१ चैत)
ले सामाजिक यथार्थको चित्रण गरेको छ । सशस्त्र द्वन्द्वका कारण घर
धितो राखी भएको सम्पत्ति सबैलाई खुकुरीको धारमा राखी लगानी गर्ने कुमार
श्रेष्ठजस्ता कैयौँ नेपाली पीडित बन्न पुगेका छन् । माओवादी 'बन्द'
भन्छन्, सरकार 'चलाउनर्ैपर्छ' भन्छ नत्र इजाजतपत्र, लाइसेन्स खारेज
गरिदिन्छ । यसरी श्रमजीवी जनता दर्ुइ ढुङ्गाबीचमा परेको कसले देख्ने
?
राजेश शर्मा
सेतीदोभान-९, गोगनेपानी, स्याङ्जा
• नयाँ
वर्षाई
चर्का उन्माद ढाली तरल गरलता फाल वैशाख आज
अग्ला सम्मान चम्की किसलय तरुले ज्योति र्छछन् प्रताप
वैशाखी दीप्त शोभा, प्रकृति-कृति नयाँ छोप्न कैल्यै हुँदैन
क्वैलीको जादु-बोली, मधुकर भँमरा, कण्ठ थिच्नै हुँदैन ।
फुल्छन् वैशाखभित्र, सुमधुर-सृजना, रोशनीको बिहानी
खुल्छन् आकाश-धर्ती सुमन रङ भरी, वासनाको निशानी
चोखा यी वाग-शोभा, मलिन मन लिई खोस्न कैल्यै हुँदैन
काला धव्वा नचाई चहक रस-सुधा, सोस्न कैल्यै हुँदैन ।
बद्रीप्रसाद दाहाल
काठमाडौं
• गुन तिर्लान्
नै !
'ट्युसनले बचाउने भो एफएमलाई' -देशदृश्य, १६-३१ चैत)
पढेपछि सञ्चारको महत्त्वबारे थप स्पष्ट भयो । पाल्पाका करीब तीस हजार
एसएलसी परीक्षार्थीलाई श्रीनगर एफएमले लगाएको गुन विद्यार्थीहरूले
पक्कै तिर्लान् ।
दिव्यराज निरौला
हेटौँडा-९
• मीठो
जवाफ
'किराँत चेलीलाई संस्कृत सजिलो' -जनता, १६-३१ चैत)
ले संस्कृतको महत्ता देखाएको छ । संस्कृतजस्तो पुरानो र समृद्ध भाषालाई
'मृतभाषा' भन्दै यसको अन्धविरोध गर्ने अल्पज्ञहरूलाई बीना र्राईजस्ता
उदाहरणीय विद्यार्थीहरू मीठो जवाफ हुन सक्छन् ।
लमजुङको एक संस्कृत माविमा विज्ञान र गणित पढाउने शिक्षक
मुक्तिनाथ अधिकारीको, संस्कृत पढाएको अभियोगमा कायरतापर्ूवक हत्या
गर्ने माओवादीहरूले पनि बुझनु जरुरी छ?
संस्कृत नेपाली, अङ्ग्रेजी, हिन्दी लगायत धेरैकोे स्रोत
भाषा हो ।
सुबोध अधिकारी
लमजुङ
• तन्नेरी
अनुभव
'जीवन्त सम्पदा' -जनता, १-१५ चैत) ले शरीरका तन्तु-तन्तुमा
ऊर्जा थप्यो । हामी उमेरले ४० नाघ्नासाथ 'बूढो भइयो' भन्छौँ । तर,
९२ वर्षा केशवदेव भट्टर्राईको जीवनयात्रा पढेपछि हामी तनले नभई मनले
बूढा भएका रहेछौँ भन्ने स्पष्ट भयो । बधाई छ केशव गुरुलाई उहाँको सक्रियताका
निम्ति ।
हृदयप्रसाद श्रेष्ठ
जोमसोम, मुस्ताङ
• मुस्कुराऊ
मेरी प्रिया
नववर्ष २०६२
धर्मराज थापा
(जनकविकेशरी)
घामछायाको देशमा इन्द्रेनीको भेषमा
नवरङ्गको डाँफै नाच्यो बेंसीदेखि लेकमा
रित्ता गाग्री भर्न थाल मनको पँधेरी
पखालिदै जाओस् त्रि्रो मुलुकैको अँधेरी !
मनको शीतल मायामा वनको पीपल छायामा
सिमलको भुवा बनी उड्दै जाने कायामा
कल्लाई सम्झी रुन्छे न्याउली फुल्दो पखेरी
बोकी ल्यायो उजेली चल्यो बासन चमेली ।
मुजुरा लागे सहश्रौं जोवनको वनभरी
मधुर गुञ्जन रनवन छरी फूल मञ्जरी
मुस्कुराऊ मेरी प्रिया ! साँझ सबेरी
बोकी ल्यायो उमङ्गकी वसन्तकी फूल परी ।
स्वयम्भू, काठमाडौं
|