हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

वातावरण

उपत्यकाको वायु प्रदूषणमा सुधार

माधव बस्नेत


मीन बज्राचार्य

धूलो, धुवाँ र ध्वनि प्रदूषणमा रङमङ्गएिर कष्टकर जीवन बिताइरहेका राजधानीबासीका लागि उपत्यकाको हावा यता आएर बढी स्वच्छ भएको अथवा वायु प्रदूषणको मात्रा घट्न थालेको समाचार झट्ट सुन्दा अपत्यारिलो पनि लाग्न सक्छ  । तर प्रदूषणको सूचकाङ्कले दर्ुइ वर्षता यहाँको वायु प्रदूषणमा सुधार आएको स्पष्ट देखाउँछ ।

२०५९ सालको तुलनामा २०६० सालमा उपत्यकाको वायु प्रदूषणको औसत मात्रा करीब ६ प्रतिशत कम रहेको विभिन्न ६ स्थानमा राखिएका वायु प्रदूषण मापन केन्द्रका तथ्याङ्कले देखाएका छन् । हुन त यो सुधार त्यति ठूलो होइन । अहिले पनि काठमाडौँको शहरी क्षेत्रमा वायु प्रदूषणको मात्रा राष्ट्रिय/अन्तर्रर्ााट्रय मापदण्ड भन्दा निकै माथि छ । तर वर्षौँदेखि बिग्रि्रंदै आएको वातावरणमा सुधारका सङ्केत देखिनु सबैका लागि खुशी र उत्साहको कुरा हो ।

काठमाडौँको वायु प्रदूषणको मूल समस्या यहाँको हावामा अत्यधिक मात्रामा रहने धूलाका मसिना कण हुन्, जसलाई वैज्ञानिक भाषामा पिएम्-१० भनिन्छ । विशेष गरेर कुनै पनि इन्धन बाल्दा उत्पन्न हुने हानिकारक रसायनमा यस्ता कणहरू टाँसिएर रहने र मानिसले सास फर्ेदा शरीर भित्र प्रवेश गरी दम, खोकीजस्ता श्वासप्रश्वास सम्बन्धी समस्याका साथै क्यान्सरसम्म हुन सक्छ । २०५९ सालमा काठमाडौँस्थित पुतलीसडकमा पिएम्-१० को मात्रा २११ माईक्रोग्राम प्रति घनमिटर थियो, जुन राष्ट्रिय मापदण्डभन्दा झण्डै दर्ुइ गुणा बढी र युरोपेली तथा अमेरिकी मापदण्डभन्दा करीब चार गुणा बढी हो । त्यसको पछिल्लो वर्ष २०६० मा पुतलीसडक वरपर पिएम्-१० को उक्त औसत मात्रा चार प्रतिशतले घटेर २०२ मा झर्‍यो । यस अवधिमा भक्तपुरको हावामा पिएम्-१० को मात्रा १५ प्रतिशतले कमी आई उल्लेखनीय सुधार भएको छ ।

सुधारको कारण
२०५९-२०६० र २०६०-२०६१ साल मङ्सिर, पुस, माघ र फागुन चार महिनाका तथ्याङ्क तुलना गर्दा भक्तपुरको हावामा पिएम्-१० को औसत मात्रा क्रमशः २० प्रतिशत र २४ प्रतिशतले कमी आएको देखिन्छ । यसो हुनुको कारण गत दर्ुइ वर्षता भक्तपुरमा पुराना प्रविधिका इँटाभट्टा -चिम्नीभट्टा) हरूको ठाउँमा नयाँ प्रविधिका, कम प्रदूषण गर्ने भट्टाहरू प्रयोगमा आउनु नै हो । उपत्यकाका अधिकांश इँटाभट्टाहरू दक्षिण-पर्ूव ललितपुर र भक्तपुरमा भएपनि केही काठमाडौंँ वरपर थानकोट र कर्ीर्तिपुरमा पनि छन् । यस अवधिमा पुतलीसडकमा पीएम्-१० को मात्रा ५ प्रतिशतले घटेको पाइन्छ ।

इँटाभट्टाको प्रदूषणबाट पीडित स्थानीय बासिन्दा र वातावरण क्षेत्रमा कार्यरत केही संस्थाहरूले सशक्त आवाज उठाएपछि श्री ५ को सरकारले पुराना प्रविधिका चिम्नीभट्टा सञ्चालनमा रोक लगाएर यसका सञ्चालकहरूलाई कम प्रदूषण गर्ने प्रविधितर्फजान बाध्य गराएको थियो । दातृ संस्थाहरूको प्राविधिक सहयोग र स्थानीय उद्यमीहरूको लगानीमा हाल 'फिक्स्ड चिम्नी' र 'भर्टिकल शाफ्ट' जस्ता प्रविधियुक्त इँटाभट्टाहरू सञ्चालनमा आएपछि उपत्यकाको वातावरण सफा देखिन थालेको छ । यसका अतिरिक्त विगत दर्ुइ वर्षा टू-स्ट्रोक टेम्पो र केही पुराना गाडीहरू काठमाडौँबाट हटाइएकाले पनि वायु प्रदूषणमा सुधारका सङ्केतहरू देखिएको हो ।

सुधारको प्रभाव
स्वच्छ हावाका कारण उपत्यकाबासीको स्वास्थ्यमा सुधारका सङ्केतहरू देखिन थालेका छन् । यहाँका प्रमुख अस्पतालहरूमा श्वासप्रश्वास सम्बन्धी रोगका बिरामीहरूको चाप घटेको छ । उपत्यकाबासीको स्वास्थ्य सुधार सम्बन्धी आधिकारिक तथ्याङ्क तयार नभइसकेको भएपनि विश्व स्वास्थ्य सङ्गठन लगायतका संस्थाहरूले विकास गरेका मापदण्डहरू-लाई आधार मान्दा अहिले करीब दर्ुइ सय जना अस्पताल भर्ना हुन र करीब १ हजार २ सय बालबालिका 'ब्रोन्काइटिस' बाट बच्न सफल भएका छन् ।

यताका दर्ुइ वर्षो तुलनामा, २०५३ सालदेखि २०५७ सम्म पाटन अस्पतालमा भर्ना हुने फोक्सोका बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको थियो । तर, अहिले यसमा राम्रै सुधार आएको अनुमान गर्न सकिन्छ । विगत दर्ुइ वर्षा काठमाडौँ उपत्यकाको हावामा आएको सुधारले मानिसहरूको आयु लम्बिएको छ । प्रदूषणका कारण अकालमै मृत्यु हुनेहरूको सङ्ख्यामा करीब ०.६४ प्रतिशतले कमी आएको छ ।

भूषण तुलाधर