| अनुभव
"यर्सथ मैले माओवादी छोडेँ"
•
माधव बस्नेत
बहुदलले पूर्ण प्रजातन्त्र दिन सकेन, जनयुद्धमा मात्र
सम्पर्ूण्ा समस्याको निदान छ भनेर १ फागुन, २०५२ बाट नेकपा -माओवादी)
ले सशस्त्र युद्ध थालेका थिए । शुरुशुरुमा माओवादी जनयुद्ध आम मानिसको
चेतनामा एउटा छाप छोड्न सफल थियो- यो कुनै मर्ूखहरूको भीडले मच्चाएको
उत्पात होइन, राज्यले अवलम्बन गरेको गलत नीति र व्यवहारको विरुद्ध
बौद्धिकहरूको मनमस्तिष्कबाट निस्किएको उपज हो । यर्सथ सानै समूहबाट
शुरु भएको भए पनि यो उन्नत र विकसित हुन्छ भनेर यस प्रति एक खालको
झुकाव थियो । त्यसैकारण गाउँ-गाउँमा माओवादीको प्रभाव कुनै न कुनै
रुपमा बढिरहेको देखिन्थ्यो ।
सात वर्षअघिको कुरो हो, सोलुस्थित निर्माणाधीन काँगेल
डाँडा विमानस्थलमा भएको भ्रष्टाचारको विरोध गरेका कारण माओवादीको आरोप
लगाएर मलाई जेल हालियो । जेलबाट छुटेपछि म आफनो अध्ययनमै व्यस्त थिएँ
। तर, पनि केही क्षुद्र स्वार्थीहरूले पटकपटक माओवादीको बिल्ला भिराइरहे
। आफूमाथि माओवादीेको आरोप लागिरहेको र जनताको मुक्तिका लागि लागेका
भनिएकाहरुको कमजोरी यति उँचाइमा आइनसकेकोले मेरो तन्नेरी मष्तिस्कलाई
जनयुद्ध ठीकै लाग्यो । यिनै परिस्थितिमा नेताहरूसँग भेटघाट भएपछि २०५७
देखि म माओवादीमा पर्ूण्ाकालीन कार्यकर्ताको रूपमा समाहित भएँ । दर्जनौँ
मोर्चाहरूमा पार्टर्ीीे सामूहिक र व्यक्तिगत जिम्मेवारी पूरा गर्दै
जिल्ला पार्टर्ीीेक्रेटरियट, जिल्ला जनसरकार पार्टर्ीी्रतिनिधि, इलाका
जनसरकार प्रमुख, एरिया सेक्रेटरी, इन्चार्ज र जिल्लाकै सूचना, सञ्चार,
अर्थ, शिक्षा, स्वास्थ्यलगायतका विभागीय इन्चार्ज, जिल्लाबाट निस्कने
सगरमाथा गर्जन पत्रिकाको सम्पादक, रेडियो जनगणतन्त्र नेपाली पर्ूर्वी
प्रसारण शाखाको संस्थापक सदस्य, कार्यक्रम निर्माता र जनादेश को संवाददाताको
रूपमा जम्मा १४ सय ६८ दिन काम गरेर अहिले सो पार्टर्ीीरित्याग गरेको
छु । तर, न म पार्टर्ीी कुनै लहड र सनकमा प्रवेश गरेको थिएँ, न छोड्दा
माओवादीहरूले विगतमा अरु कसैलाई लगाउने जस्तो कुनै आरोप खेपेर निस्किएको
हुँ । मैले विकृति सच्चिने छाँट नदेखेपछि स्वेच्छाले माओवादी छाडेर
हिँडेको हुँ ।
पार्टर्ीीत्र रहँदा विकृति, विसङ्गति र विचलन विरुद्ध
विभिन्न बैठक/भेलाहरूमा पार्टर्ीीुद्धीकरण गर्ने सवालमा अन्तरसङ्र्घष्ा
तीब्र रूपमा चलाउने काम गरियो । तर त्यसलाई सच्याउनुको सट्टा पार्टर्ीीतितमुखी
भासमा डुब्दै गयो । असक्षमताले सिद्धान्त र व्यवाहार दुवैलाई सङ्कटमा
पारिदिन्छ भन्ने कुरा पार्टर्ीी 'छोटे नेताहरू' ले बुझेनन् । त्यहाँ
त पारिवारिक रूपमा बेहाल, राजनीतिक रूपमा दलाल र चिन्तनगत रूपमा कङ्गालको
बोलवाला बढ्दै गयो । -यसको अर्थ त्यहाँ सक्षम, योग्य र इमान्दार छदैँ
छैनन् भन्ने होइन ।) अहिले माओवादीमा मूलतः राजनीतिक रूपमा अकर्मण्यता
र अस्तव्यस्तता, फौजी रूपमा अहङ्कारवाद, जिल्ला र क्षेत्रीय रूपमा
ओजस्वी नेतृत्वको अभाव छ । त्यसैगरी राजनीतिक इमान्दारिता र पेशागत
योग्यताको कमी, छ्रि्रान्वेषी प्रवृत्ति र भुतुली खेल्ने चिन्तन, अन्य
पार्टर्ीीे राजनीतिक विचारमाथि तीब्र घृणा विकास गर्ने प्रवृति मौलाउने
मौका पाइरहेको छ । हरेक चिजलाई एकको दर्ुइमा विभाजन गरेर हर्ेर्ने
द्वन्द्वात्मक भौतिकवादी चिन्तनको उपेक्षा, सिद्धान्त र व्यवहारबीच
तालमेलको समस्या, पार्टर्ीीेनाबीच तीब्र कलह र अन्तरविरोध, एकता-सङ्र्घष्ा-रुपान्तरणको
प्रक्रियालाई आत्मसात् गर्न नसक्ने र आत्तिने, मात्तिने र पात्तिने
प्रवृत्तिले जरो गाडेको छ ।
बुझदै नबुझी प्रचण्डपथको हुइयाँ मच्चाउनु, कार्यकर्ता
बन्ने ल्याकत नभएकाहरु नेतृत्वमा पुगेर नोकरशाही बन्नु र सांस्कृतिक
रुपान्तरणको गतिलाई बुझन नसक्नु माओवादीभित्र अहिलेको ठूलो समस्या
हो । हाम्रो समाजमा यौनका तीन पक्ष छन्ः -१) प्रेम, विवाह र यौन -२)
विवाह, यौन र प्रेम -३) प्रेम, यौन र विवाह । त्यसमा मार्क्सवादले
अङ्गीकार गर्ने प्रेम, विवाह र यौन नै हो । तर माओवादीभित्र यसलाई
आफ्नै स्वार्थ अनुकूल तोडमोड गरिएको छ । कुनै पुरुष कार्यकर्ताले महिला
कार्यकर्तासँग प्रेम गरेको छ, तर त्यो महिलालाई कुनै नेताले मन पराएको
छ भने कार्यकर्तासँग भएको प्रेमलाई भाँडेर सम्झाइफकाइ जसरी पनि नेतासँग
विवाह गराउने । यदि अस्वीकार गरेर नेतृत्वले गरेका कमजोरी औँल्याउँदा
संशोधनवादी, अवसरवादी, अराजकतावादी, पदलोलुपको बिल्ला लगाएर कार्यकर्ताको
राजनीतिक जीवन समाप्त पार्ने गरिएको छ । अझ उदेक लाग्दो त के छ भने
विज्ञान गतिशील छ पनि भन्ने, तर त्यसको गतिलाई इन्कार गर्ने, त्यसलाई
जीवन, जगत र व्यवहारमा लागू गर्न हिच्किचाउने जडसूत्रवाद माओवादीभित्र
हावी छ ।
२० औँ शताब्दीको मध्यतिर भएको चिनियाँ क्रान्तिमा पनि माओले पार्टर्ीीोडेर
हिँड्नेलाई मृत्युदण्ड दिएनन् । तर २१ औँ शताब्दीको उन्नत क्रान्ति
र 'माओको असल उत्तराधिकारी' दावा गर्ने नेपालका माओवादीले पार्टर्ीीट
व्रि्रोह गर्ने र सामान्य गल्ती गर्नेलाई पनि 'रातो आतङ्कको राज' भन्दै
सुराकी... आदि आरोप लगाएर वास्तविकता नै नबुझी मृत्युदण्डको वारेण्ट
काटिरहेका छन् । माओको नाउँमा माओकै खिल्ली उडाउने यो कस्तो क्रान्ति
हो ?
यसैगरी असत्यलाई बेलुनीकरण गर्दै जाने हो भने माओवादी
राजनीतिक, वैचारिक भविष्यको विजय अनिश्चित छ । राजनीतिक, वैचारिक विजय
बिना फौजी विजयबाट कथंकदाचित सत्ता प्राप्त भए पनि त्यो संस्थागत गर्न
सकिँदैन । किनकि सत्ता प्राप्त गर्न भन्दा संस्थागत गर्न धेरै अप्ठ्यारो
हुन्छ ।
माओवादीले पर्ूण्ा प्रजातन्त्रको लडाइँमा लागेका राजनीतिक
दलहरूले समेत उनीहरूसँग एकता र विश्वास गर्न नसक्नु र हिच्किचाउनुको
कारण पत्ता लगाएर त्यसलाई सच्याउन सक्नर्ुपर्दछ । 'मेरो गोरुको बाह्रै
टक्का' ले न त जनताको जीवनस्तर उठ्न सक्छ, न त राष्ट्रियता जोगिन ।
न यसको संरक्षण र सर्ंवर्द्धन नै हुनसक्छ । निशस्त्र र निरीह नागरिक
बस्तीमा उत्पात मच्चाएर मात्र अब ठूलो उपलब्धि लिन सक्ने अवस्था छैन
। नेपालीले विदेशी हस्तक्षेपलाई सहनुपर्ने अवस्था आयो भने क्रान्तिकारी
दाबी गर्ने माओवादीलाई जनताले सबभन्दा बढी धिक्कार्ने छन् । यर्सथ,
राष्ट्रिय/अन्तर्रर्ााट्रय घटनाहरुको विश्लेषण गर्दा, सेना निर्माण
गर्नु गौरव भए पनि दर्ुइ चार वटा युद्ध जित्नु मात्र सम्पर्ूण्ा विजय
भने होइन । त्यसैले वार्ता नै युद्ध समाधानको सबभन्दा ठोस र उपयुक्त
बाटो हो भन्ने ठानेर मैले माओवादी परित्याग गरेँ ।
|