| •
प्रा. डिल्लीराम दाहाल |
 |
आवरण/विश्लेषण
नेपाली पुस्ता
हिजो र आजको भिन्नता
आजका धेरै बच्चाहरू संयुक्त
भन्दा एकात्मक वा सानो परिवारमा हर्ुर्ँकदै छन् । यस पुस्ताका केटा
तथा केटीहरूमा क्रमशः 'म', 'मेरो जीवन', 'बशम पना' वा 'मेरो जिन्दगी'
भन्ने प्रवृत्ति हिजोको तुलनामा कता हो कता बढ्दै गइरहेको छ ।
"पुस्ता" वा "पिँढी" (जेनेरेसन)
भन्ने वित्तिकै "करिबन एउटै समयमा जन्मिएका र एउटै उमेर समूहका
व्यक्तिहरू" भन्ने बुझन्िछ । समाजशास्त्रमा सामान्यतया तीन किसिमले
पुस्तालाई हेरिन्छः (१) कुनै एक पुस्ताका व्यक्तिहरूलाई लिएर उनीहरूको
समाज बारे हर्ेर्ने र सोच्ने प्रक्रिया; (२) एक पुस्ताका व्यक्तिहरूले
अर्को पुस्ताका व्यक्तिहरूको सोच र मूल्यमान्यता हर्ेर्ने र बुझने
तरिका, र (३) कुनै परिवारको मूल केलाएर त्यस परिवारको वंशावली र त्यस
परिवारभित्रका सम्पर्ूण्ा सदस्यहरूको सामाजिक, आर्थिक स्थितिको विश्लेषण
। सजिलो भाषामा भन्दा यदि बाबु, आमा र छोराछोरी बीच सोचाइ, मूल्यमान्यता
र कुरागराइ मिलेन भने त्यो 'जेनेरेसन ग्याप' -पुस्ता भित्रको विभेद)
हो भनेर टुङ्ग्याउने चलन छ । तर सामाजिक तथा आर्थिक परिवर्तन सँगसँगै
दर्ुइ पुस्ताबीच यस प्रकारको वैचारिक भिन्नता आउनु सामान्य कुरा मानिन्छ
।
एक पुस्ता भन्दा २५ वर्षो समय बुझन्िछ । त्यसैले नेपाली
समाजभित्र कुनै घरमा एक पुस्ता मात्र र कुनै घरमा ४-५ पुस्तासम्मका
सदस्यहरू भेटिन्छन् । यो लेख माथिका पहिलो र दोस्रो विषयमा केन्द्रित
भई पुस्ताको महत्त्व र पुस्तान्तरको चर्चामा सीमित रहनेछ ।
जहाँ युवाहरू बढी हुन्छन् त्यहाँ बढी सामाजिक र राजनीतिक
क्रान्ति हुने कतिपय समाजशास्त्रीहरूको मान्यता छ । त्यसैले, नेपालको
सर्न्दर्भमा युवा पुस्ता भनेका को हुन्, तिनीहरूको सङ्ख्या कति छ भनेर
बुझनु नितान्त आवश्यक छ । विश्व स्वास्थ्य सङ्गठनले तीन उमेर समूहका
व्यक्तिहरूलाई युवा वर्ग -अर्को शब्दमा नयाँ पुस्ता) भनी चित्रण गरेको
छः १. तन्नेरी अवस्थातर्फउन्मुख १०-१९ वर्षउमेर समूहका किशोर-किशोरी
-एडोलस्सेन्टस्), -२) १५(२४ वर्षउमेर समूहका तन्नेरीहरू -युथ) र -३)
१०(२४ वर्षउमेर समूहका युवा समूह -योङ) । नेपालको झण्डै ७४ लाख जनसङ्ख्या
-३२.५%) "युवा समूह" भित्र पर्दछ र यो समूह नै नेपालको नयाँ
पुस्ता हो ।
नयाँ पुस्ता र यसअघिको पुस्ता बीच सोचाइ, व्यवहार र
मूल्यमान्यताहरूमा के के भिन्नता छन् भन्ने थाहा पाउन र्सवप्रथम, हरेक
पुस्तामा बच्चाहरू कसरी हर्ुकन्छन् र तिनको शिक्षादीक्षा एवं संस्कार
-सामाजिकीकरणको प्रक्रिया) कस्तो छ भन्ने हेरिनर्ुपर्छ । नेपालको हिजोको
पुस्ता संयुक्त परिवारमा जन्मिएर हर्ुर्किएको हो । बच्चा जन्माउनु
भन्दा पनि कति बच्चाहरू भगवानले दिन्छन् -बाल मृत्युदर बढी भएकोले)
भन्ने कुरा त्यसबेला महत्त्वपर्ूण्ा थियो । छोराबिनाको परिवार पर्ूण्ा
मानिँदैनथ्यो । छोराले बूढा बाबुआमाको हेरविचार गर्नु कर्तव्य ठानिन्थ्यो
। हिजोको नेपाल कृषिमा आधारित भएकोले बाबुआमाको पेशालाई छोराले निरन्तरता
दिने कुरा प्रस्ट थियो । बच्चा हर्ुकाउने र सामाजिक संस्कार बारे बुझाउने
सिकाउने काम घरका बूढापाका र महिलाहरूको जिम्मा -हजुरआमा, हजुरबा,
काका, काकी आदि) हुन्थ्यो । घरमा घरमूली र आफूभन्दा मान्यजनहरूलाई
मान्नुपर्ने सामाजिक परम्परा कायम थियो ।
शिक्षाको कुरा गर्दा, हिजोको पुस्ताले आजको जस्तो निजी
तथा आवासीय विद्यालयहरू रोजीरोजी पढ्न पाउने कुनै गुञ्जायस थिएन ।
सरकारी स्कूलमा पढ्न पाउनु नै पनि ठूलो गर्वको कुरो थियो । गुरुहरूले
जे पढाउँथे त्यसलाई नै त्यो सर्वोपरि मान्ने चलन थियो । गुरु वा शिक्षक
भन्ने वित्तिकै विद्यार्थी डराउँथे । एसएलसीमा राम्रो अङ्क ल्याउनेहरूले
विज्ञान विषय पढ्ने र राम्रो पढ्ने छोरा वा छोरी सकेसम्म डाक्टर वा
इन्जिनियर नै हुनर्ुपर्छ भन्ने मूल्य र मान्यता समाजमा व्याप्त थियो
।
खानपिनको सवालमा, हिजोको पुस्ता कृषिमा पर्ूण्ातः आश्रति
भएकोले दर्ुइ छाक भात खान सक्ने परिवार सम्पन्न मानिन्थ्यो । खानामा
खासै छनौट थिएन । खान पाउनु नै ठूलो कुरा थियो । गाउँघरमा शौचालय तथा
स्नान घर नभएकाले घर बाहिर नै सबै नित्य कर्म गर्ने चलन सामान्य थियो
। यद्यपि कतिपय गाउँघरमा यो चलन अहिले पनि कायमै छ ।
तर आजको पुस्ता हिजोको पुस्ता भन्दा माथिका सबै कुरामा
निकै फरक छ । आजका धेरै बच्चाहरू संयुक्त भन्दा एकात्मक वा सानो परिवारमा
हर्ुर्ँकदै छन् । यो प्रक्रिया शहरी क्षेत्र र काठमाडौँ उपत्यकामा
क्रमशः बढ्दै गएको छ । त्यसैले अहिलेको पुस्ताका बच्चाहरूको रेखदेख
र हर्ुकाउने प्रक्रियामा बूढाबूढीको महत्त्व घट्दै गएको छ । बच्चाहरू
पनि क्रमशः कम जन्मिरहेछन् । यस पुस्ताका केटा तथा केटीहरूमा क्रमशः
'म', 'मेरो जीवन', 'म पना' वा 'मेरो जिन्दगी' -व्यक्तिवाद) भन्ने प्रवृत्ति
हिजोको तुलनामा कता हो कता बढ्दै गइरहेको छ । आजका छोराछोरीहरू धेरै
जसो आफ्नै काममा व्यस्त देखिन्छन् । उनीहरू आफ्नै घरका सदस्यहरूसँग
पनि राम्ररी बोल्न आवश्यक ठान्दैनन् । घरमा आउने पाहुना, अन्य नातागोतासँग
नबोले पनि, वास्ता नगरे पनि चल्छ भन्ने भावले तिनमा जरो गाड्दै गएको
छ । हिजोका पुस्तामा धर्म र संस्कार एउटा कर्तव्यको रूपमा थियो भने
आज त्यो क्रमशः 'शोख'को रूपमा बढ्दै गएको पाइन्छ ।
आजको पुस्ताको सबैभन्दा ठूलो चासोको विषय शिक्षा र रोजगारी
हो । खासगरी शहरी क्षेत्रका बच्चाहरूलाई के पढ्ने र कहाँ पढ्न जाने
भन्ने बारे बढी खुल्दुली छ । हिजो सरकारी विद्यालय पढाइको एउटा मात्र
निकाय थियो भने आज हजारौँका सङ्ख्यामा निजी तथा आवासीय विद्यालयहरू
खुलेका छन् । त्यसैले आफ्नो आर्थिक अवस्था हेरी नयाँ पुस्ताका विद्यार्थीहरू
छानीछानी विद्यालयहरूमा पढ्न जान्छन् । यहाँ बुझनुपर्ने कुरा के छ
भने, हिजोका बाबुआमा घरजग्गामा बढी लगानी गर्थे तर आजका बाबुआमाहरू
छोराछोरीको शिक्षामा बढी भन्दा बढी लगानी गरिरहेका छन् ।
आजका पुस्ताका विद्यार्थीहरूले पढ्ने विषयमा विविधता
छ- विद्यार्थी आफ्नो रुचि अनुसार विषयहरू पढ्छन् । सम्पन्न र सक्नेले
विज्ञान, डक्टरी, इञ्जिनियरिङ नै पढ्नर्ुपर्छ भन्ने मान्यता बिस्तारै
टुट्दै गएको छ । सूचनाप्रविधि, पत्रकारिता, वातावरण विज्ञान, समाजशास्त्र
पनि आज त्यत्तिकै चाख र आकर्षाका विषय बन्न थालेका छन् । आज विद्यार्थीहरूको
शिक्षाको गुणस्तर पनि बढ्दै गएको छ । विद्यार्थीहरू आज खुलेर कुन शिक्षकले
कस्तो पढायो टिप्पणी गर्न चुक्तैनन् । नयाँ पुस्ताका "बच्चाहरू"
आफ्नै बाबुआमालाई "तपाईँहरूलाई केही आउँदैन" भन्न समेत हिच्किचाउँदैनन्
। तिनमा विदेश जाने र अमेरिका प्रतिको "क्रेज" बुझनिसक्नु
छ ।
नयाँ पुस्ताका धेरै बच्चाहरूलाई, खासगरी शहरमा रहेकालाई
नेपालको राष्ट्रिय यथार्थ र गरीबी बारे राम्रो ज्ञान छैन । आजका पुस्तामा
खानापिना विविधता छ, राम्रो होटलमा गएर खाना खानु सामान्य कुरो भएको
छ । शहरका कतिपय घरमा दुवै छाक भात खानु गरीबीको लक्षण हुन थालेको
छ । हिजोको पुस्तामा 'यौन' एउटा सामाजिक विषय थिएन तर यौन आज सामाजिक
विषयको साथै यसप्रतिको धारणा पनि दिनहुँ खुकुलो हुँदै गएको छ ।
माथिका धेरै कुराहरू शहरी पृष्ठभूमिमा आधारित छन् ।
निश्चय नै गाउँ र शहरका युवायुवतीमा लक्ष्य र जीवनशैलीमा फरक छ । ग्रामीण
क्षेत्रमा जनसङ्ख्याका बढ्दो चापले गर्दा जग्गाको स्वामित्व कम भएर
गएको छ । त्यसमा पनि माओवादी प्रकोपले गाउँले युवायुवतीहरू गाउँमा
काम गर्ने र पढ्ने वातावरण नभएकाले विदेशमा पलायन भइरहेका छन् । देश
भित्र राम्रो रोजगारीको अवसर नपाएर विदेश जानु आजको पुस्ताको निम्ति
बाध्यता भइसकेको छ । झण्डै १० लाख नेपाली युवायुवतीहरू कामको खोजीमा
विदेश गइसकेको विभिन्न अध्ययनले देखाएका छन् । विदेश जाँदा हिजोको
गन्तव्य भारत थियो भने आज विभिन्न खाडी मुलुकहरू, मलेशिया साथै युरोप
र अमेरिका पनि थपिएका छन् । यी विदेशमा गएका युवा-युवतीहरूले वर्षोनी
७० अरबदेखि १०० अरबसम्म "रेमिटान्स" पठाउँछन् भन्ने विभिन्न
श्रोतहरूको दाबी छ । यहाँ चाखलाग्दो कुरा के छ भने अहिलेका युवाहरू
विदेशमा जे काम गर्न पनि तत्पर छन् । यस प्रकारको कामले भविष्यमा उनीहरूलाई
स्वावलम्बी मात्र बनाउँदैन, देशको अर्थतन्त्र बलियो र काम गरिखाने
परम्पराको वृद्धि हुने कुरा पनि निश्चित छ ।
संक्षेपमा भन्नुपर्दा हिजो हाम्रा पुस्तामा बिजुली,
टेलिफोन, टेलिभिजन, निजी शौचालय आदि शोखका साधनहरू थिए । नयाँ पुस्ताका
लागि यी सबै साधनहरू दैनिक आवश्यकताका रूपमा प्रस्तुत भएका छन् । इन्टरनेट
र इमेलले युवा पुस्ताको संसार साँघुरो बनाएको छ । आजको पुस्ताले जन्मँदै
वा कम उमेरमै आफ्नो देशको मात्रै होइन अन्य देशको प्रजातन्त्रको मज्जा
र अनुभव भोगेका र चाखेका छन् । त्यसैले आज र हिजोको पुस्ताका व्यक्तिहरूलाई
एउटै "लेन्स" लगाएर हर्ेन मिल्दैन । हिजो र आजका आवश्यकताहरू
पनि फरक छन् । यर्सथ आउँदो पुस्ताहरू बीच सोच र मूल्यमान्यताहरू सम्बन्धमा
झन् द्वन्द्व बढ्ने कुरामा कुनै विवाद छैन ।
(प्रा. दाहाल ने.ए.अ. केन्द्र, त्रि.वि., कीर्तिपुरमा
कार्यरत हुनुहुन्छ ।)
|