| •
सरोज धिताल |
 |
आवरण/अनुभूति
आजकी छोरीलाई एउटा चिठी
मेरी छोरी,
"बुबाले मेरै नाममा यो के लेखेको होला !"
भनी तिमीलाई अनौठो लाग्ला, असजिलो लाग्ला । यथार्थमा त्रि्रो निहुँमा
म त्रि्रो सिङ्गो पुस्तासँग र्सार्थक संवाद गर्न खोजिरहेको छु । त्यसैले
त्रि्रो नाममा जे लेख्दैछु, त्यसलाई चिठ्ठी भनिदिए पनि हुन्छ, डायरीको
एउटा पानाको रूपमा पढिदिए पनि हुन्छ, जे भने पनि हुन्छ । मेरो निम्ति
यो एउटा स्वीकारोक्ति हो- आफ्ना कमजोरीहरूको र, प्रयत्न पनि हो बाँकी
जीवनलाई अझ र्सार्थक बनाउने ।
पचास वर्षो उमेर पार गरेपछि म झन्झन् अनुभव गर्दैछु
एउटा सत्यलाई( नैतिकता, अनुशासन, संस्कार, परम्परा, शिक्षा वा अरू
कुनै पनि निहुँमा जब म तिमीलाई, त्रि्रो पुस्तालाई आफ्नो विगतको उदाहरण
दिएर 'शिक्षित पार्न' खोज्छु- वास्तवमा म तिमीहरूलाई मेरो मृत विगतमा
घिच्याएर लान खोज्दोरहेछु । र, यसरी मेरो अनुभव सुनाएबापत तिमीहरूसँग
ज्यादै चर्को मूल्य असुल गर्दोरहेछु- जसबाट न मेरो पुस्तालाई कुनै
फाइदा छ, न तिमीहरूको पुस्तालाई । तर जब म आफैँ नै तिमीहरूको जीवित
वर्तमानमा पसेर तिमीहरूका रुचि, चाहना, सपना, पीडा र आक्रोशलाई...
अर्थात् तिमीहरू स्वयंलाई बुझने प्रयत्न गर्छर्ुुजब आफ्नो जिन्दगीभरको
अनुभवको सारलाई उपहारको रूपमा त्रि्रा हातमा थमाइदिने प्रयत्न गर्छर्ुुअनि
म आफँै नै फेरि जवान हुने मात्र हैन मेरो विगत पनि आफ्ना सुन्दर अंशहरूमा
जीवित हुँदोरहेछ, तिमीहरूको जीवनमा कतै र्सार्थक ठाउँ पाउँदोरहेछ,
सुन्दर भएर छाउँदोरहेछ । (यी पंक्तिहरू लेख्दा म त्रि्रो दिवंगत हजुरबुबाको
हाँसिरहेको तस्बिर हेरिरहेछु । त्यो मुस्कान- केवल त्यो समझदारीको
मुस्कान- जीवित भएर मेरो जीवनमा, मेरो छेउछाउ, यो कोठाभरि छाइरहेको
छ । जब कि उहाँले आफ्नो पुस्ताका मूल्यमान्यताले मलाई शिक्षित गर्न
लाख प्रयत्न गर्दा पनि ती कहिल्यै ममा अनुदित हुन सकेनन् ।) हो, त्यसैले
म त्रि्रो पुस्तासँग र्सार्थक संवाद गर्न चाहन्छु । तिमीहरूलाई यो
मेरो निम्तो भयो । के तिमीहरू पनि सक्छौ मलाई निम्त्याउन ?
तिमीसँग गर्नुपर्ने यति धेरै कुरा छन् कि कुरा कहाँबाट
थाल्ने भनेरै म अल्मलिइरहेको छु । तर हाम्रो यो संवादले निरन्तरता
पाउला भन्ने विश्वासमा म आज केही कुरा कोट्याउँछु मात्र- आफ्नो सम्झनाको
अलिकति बिर्को पनि उघार्नेछु । त्रि्रो मनको ढोकालाई पनि यस्सो ढक्ढक्याउनेछु
म ।
तिमी बोल्न थालेदेखि अहिलेसम्म मलाई कति हजार प्रश्न
गरी सक्यौँ होली- न मसँग यसको कुनै लेखा छ, न तिमीलाई नै सम्झना होला
। तर मलाई थाहा छ- त्रि्रा थोरै प्रश्नहरूलाई मात्र मैले गम्भीरतापर्ूवक
सुनेर सही जवाफ दिएको छु । थुप्रै प्रश्नलाई कि मैले त्रि्रो कलिलो
उमेरको निहुँमा आलटाल गरेँ, कि जानीजानी गलत उत्तर दिएँ । आफूले नबुझेको
कुरा तिमीले सोध्दा "मलाई थाह छैन छोरी" भनेर खुलस्तसँग
भन्ने आँट पनि मैले शायदै गरेँ होला । किन यसो गरेँ मैले - के तिमी
पनि त्यसै गछ्र्यौ होली मेरो उमेरमा पुगेपछि - यसबारे हामी पछि नै
कुरा गरौँला । तर मैले त्यसो गर्नु गलत थियो भन्ने कुरामा आज मलाई
शङ्का छैन ।
केटाकेटीका प्रश्नहरू अमूल्य हुन्छन् । तिनले मानिसलाई
सत्यको खोज गर्न सघाउँछन् । म झन्झन् यो कुरा बुझन थालेको छु । तर
त्रि्रा ती सबै अमूल्य प्रश्नहरू यतिबेला मसँग छैनन् । तर सम्झनासँग
जोडिएका केही प्रश्न अझै पनि आउँछन् मेरो मनमा । थोरै भए पनि तीबारे
आज म इमान्दारीपर्ूवक तिमीसँग छलफल गर्न चाहन्छु । म बुझछु- त्रि्रो
जीवित वर्तमानको अपरिपक्वता मेरोे विगतको परिपक्वताभन्दा कता हो कता
महत्त्वपर्ूण्ा छ । त्यसैले मेरा धारणाहरू तिमीमाथि थोपर्न चाहेको
हैन । तिमीसँग खुला छलफल मात्र गर्न चाहन्छु यी विषयहरूमा । र, अझ
खुलेरै भन्ने हो भने मैले सुल्झाउन नसकेका समस्याहरूको समाधान त्रि्रो
फक्रँदो सृजनशीलतामा खोज्न चाहन्छु । यो युग त मेरो भन्दा बढी त्रि्रै
न हो !
एउटा कुनै सिलसिलामा तिमीले एउटा ज्यादै महत्त्वपर्ूण्ा
तर अप्ठेरो कुरा सोधेकी थियौ "जीवन के हो ?"
त्यतिबेला मैले के भनेको थिएँ, अहिले मलाई याद छैन । तर विगत केही
वर्षरूमा मैले आफैसँग खूब सोधेँ यो प्रश्न । बेस्सरी खायो मलाई यो
प्रश्नले जन्माएका छटपटीले । र आखिर म एउटा निर्ण्र्ााा पुगेँ- जीवनलाई
हजार किसिमले परिभाषित गर्न खोजे पनि यसको पर्ूण्ा अर्थलाई स्पष्ट
पार्न सकिँदो रहेनछ । र पनि मेरो व्यक्तिगत प्रयोजनको निमित्त भने
मैले जीवनको दुइटा अर्थ समातेको छु-
एक, मानिसको जीवन यति सुन्दर छ, यति अर्थपर्ूण्ा छ कि
मानिस भएर बाँच्न पाउनु मात्रै पनि एउटा महान् सुखद् कुरा हो । आध्यात्मिक
भाषामा भन्ने हो भने यो ठूलोे पुरस्कार हो, एउटा 'डिभाइन रिवार्ड'
! त्यसैले जीवनलाई यथाशक्य बाँच्नर्ुपर्छ, बाँच्नुको त्यो आनन्दानुभूति
गर्न सक्नर्ुपर्छ । जीवनलाई साँच्चै माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ
।
दर्ुइ, यति सुन्दर जीवन पाएको छु मैले भने यसको अर्थ
पनि हुनर्ुपर्छ । त्यसैले बाँच्नुको स्पष्ट 'मिसन' पनि हुनुपर्दोरहेछ
। मानिसले मर्ने बेलामा आफैँसँग "के गरेँ त मैले जीवनमा"
भनी सोध्दा त्यसको स्पष्ट उत्तर त हुनु पर्यो नि, हैन -
जीवनबारे सोच्दा मलाई आज यस्तै लाग्छ- जीवन पुरस्कार हो, जीवन मिसन
पनि हो ।
तिमीहरू पनि जीवनको अर्थबारे पक्कै चिन्तन गर्र्छौ
होला । मलाई भन त एकचोटि- आफ्नो जीवनको त्यो मिसनलाई तिमीहरू कसरी
परिभाषित गर्र्छौ - मलाई त एकदम एकदम गाह्रो भयो मेरो आफ्नो मिसनलाई
परिभाषित गर्न । र नढाँटी भन्ने हो भने अझै पनि अल्मलिइरहेको छु ।
यो अल्मलकै बीच, मानिसको जीवनमा समयको भूमिकालाई देख्न थालेको छु ।
आजकल बल्ल बुझे जस्तो लाग्न थालेको छ- समयलाई किन महाकाल पनि भनिँदोरहेछ
। समयको, महाकालको त कामै रहेछ वर्तमानलाई विगतमा परिणत गर्ने । त्रि्रो
यो सुन्दर वर्तमान पनि निरन्तर विगतमा बदलिइरहेछ । यसो नभए त फेरि
जीवन नै रहँदैन । यसको अर्थ के पनि हो भने यथास्थितिलाई समाई राखेर
जीवन अघि बढ्दैन, चल्दै चल्दैन ।
अरू धेरै मानिसहरूले जस्तै मैले पनि मेरो जीवनको ठूलो
हिस्सा गुनासो गर्दै बिताएको छु । मलाई यो मन परेन, मलाई यो चाहिएन,
यो खराब छ, यो यस्तो सडेको छ, त्यो किन यति बदमास... आदि गुनासाहरूमै
मेरो धेरै समय बितेको छ । यस्तो गुनासो गर्न केही यत्न गर्नुपर्दोरहेनछ,
मेहनत गर्नुपर्दोरहेनछ । तर आफूले खोजेको के हो - सृजना गर्न चाहेको
के हो - यो कुरा बुझन र बुझाउन भने प्रशस्त मेहनत गर्नुपर्नेरहेछ ।
वर्तमानका नराम्रा कुरालाई त समय/महाकालले नै बढारेर विगतको खाल्डोमा
पुरिदिन्छ । तर भोलिको सृजना, भविष्यको 'डिजाइन' आफैँ गर्नुपर्छ ।
आफ्नो जीवनको उद्देश्य/मिसन निर्धारण गर्न जति ढिलो गर्यो उति गाह्रो
हुँदोरहेछ यो काम ।
छोरी ! त्रि्रो रुचि र मेरो रुचिबीच धेरै फरक हुनसक्छ
। त्रि्रा र मेरा प्राथमिकताहरू फरक हुन सक्छन् । त्यसैले अहिले योभन्दा
बढी लेख्दिनँ । यी पंक्तिहरूमा कतै त्रि्रो रुचिसँग मिल्ने कुरा छन्
र यस्तो संवादको र्सार्थकता छ भने म यसलाई जारी राखेर अहिलेको युवापुस्ताको
जीवनका आयामहरू बुझन चाहन्छु । मसँग भएका सबै कुरा त्रि्रो पुस्तालाई
हस्तान्तरण गर्न चाहन्छु । तिमीले मलाई केही नभनेसम्म अधर्ैय भएर पर्खिरहनेछु
।
म पर्खिरहेछु ।
- बुवा
|