| आवरण
पुस्तान्तर त हुन्छ नै !
पुस्ता-पुस्ताबीच विचार
र व्यवहारमा अन्तर हुनु स्वाभाविक हुन्छ । तर, आधुनिक सञ्चार प्रविधि,
विश्वव्यापीकरण र बजारमुखी अर्थतन्त्रको चामत्कारिक प्रभावका कारण
पुस्ता-पुस्ताबीच थप के-कस्ता अन्तर देखिँदैछन्, पुस्तान्तर अर्थात्
'जेनेरेशन ग्याप' कस्तो छ ।
•
बद्री पौड्याल
 |
'एक्काइसौँ शताब्दी'-
सबैको थेगो बन्न थालेको छ । हुँदाहुँदा उन्नाइसौँ शताब्दीको चिन्तन
र मान्यता बोक्ने तथा तदनुरुप व्यवहार गर्नेहरू पनि 'एक्काइसौँ शताब्दी'
कै कुरा गर्छन् । नेपालको औपचारिक पात्रोअनुसार कुरा गर्ने हो भने
एक्काइसौँ हैन, बाइसौँ सदीको कुरा गर्नु बढी आधुनिक र भविष्यदर्शी
विचार हुनसक्छ । किनभने विक्रम संवत्को एक्काइसौँ शताब्दीका ६१ वर्षबितिसकेका
छन्; ३९ वर्षछि बाइसौँ सदीमा टेकिन्छ । अहिलेको जेठो पुस्ताले हर्ेन/भोग्न
नभ्याए पनि १९ वर्षुनिको किशोर/युवा पुस्ताको गन्तव्य हो त्यो समय
। देशले त्यो पुस्ताको उन्नत भविष्यका निम्ति चिन्तन र योजनाको खाका
खोजिरहेको बेला नीति-निर्माण तहमा भने उन्नाइसौँ शताब्दीको विचार र
मान्यता अनौठो दम्भका साथ उपस्थित भएको छ । युवा पिँढीले पहिलोपल्ट
राजाको प्रत्यक्ष शासनको अनुभव गरिरहेको छ, जुन उसले इतिहासमा पढेको
थियो । र, मन्त्रिपरिषदमा पनि ७८, ७९ वषर्ीय उपाध्यक्षद्वय छन् जसको
नयाँ पुस्तासँग कुनै सर्म्पर्क, सान्निध्य छैन । उनीहरूबाट 'साइबर
पुस्ता' को नाम पाएको नयाँ पिँढीको सोचाइ र अपेक्षाको विश्लेषण, अनुगमन
वा कार्यान्वयन हुन सक्छ भन्ने धेरैलाई विश्वास छैन ।
आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक सबै क्षेत्रमा देखिएको
छ पुस्तान्तर अर्थात् 'जेनेरेशन ग्याप' को प्रभाव । अघिल्ला पुस्ताले
बोकेका रुढ मान्यताहरूमा नयाँ पुस्ताले परिमार्जन, संशोधन खोजिरहेको
छ । पुरानो वर्ण्ााश्रम व्यवस्थाले सामान्यतया २५-२५ वर्षो पुस्ता
निर्धारण गरेपनि सन् ९० यता ५-१० वर्षो अन्तरमै नयाँ-नयाँ पुस्ताको
उदय हुन थालेको छ । पहिला ज्ञानविज्ञानका स्रोतहरू सीमित थिए । ज्ञान,
अनुभवका कुरा पुरानो पुस्ताबाट नयाँ पुस्तामा र्सर्दै जान्थे । त्यसैले
बाबुबाजेप्रति कृतार्थ हुन्थे छोरानाति । अहिले प्रविधिले ज्ञानका
स्रोतहरूको बाढी नै ल्याइदिएको छ । शिक्षकभन्दा विद्यार्थीहरू बढी
साधनसम्पन्न छन् । शिक्षकले प्रकाश-संश्लेषणबारे चित्र कोरेर व्याख्या
गरिराखेको हुन्छ तर त्यसअघि नै विद्यार्थीले सीडी वा इन्टरनेटमा त्यसको
'एनिमेशन' हेरिसकेका हुन्छन् । आजका धेरै अधबैंसे शिक्षक र अभिभावकले
कल्पनै गर्न नसक्ने बौद्धिक औजार छ नयाँ पुस्ताको हातमा । 'गुगल र्सच'
मात्र गर्दा पनि कम्प्युटर स्क्रिनमा एक सेकेण्डभित्रै बौद्धिक ब्रहृमाण्डको
समग्र सूचना प्रस्तुत भइसकेको हुन्छ ।
आचार्य रजनिशले भने झैँ अहिलेका शिक्षक र विद्यार्थीबीच
एकघण्टाको मात्र दूरी छ । शिक्षक एकघण्टा अगाडि तयारी गरेर आउँछ, विद्यार्थीहरू
एकघण्टापछि त्यति कुराको जानकार बनिसक्छन् । शिक्षालाई आफ्नो रुचि,
स्वरोजगारको साधनभन्दा कोरा बौद्धिकता हासिल गरी तलवी जागिर र सामाजिक
प्रतिष्ठा हासिल गर्ने माध्यम मान्ने पुरानो पुस्ता र गुगलद्वारा खुला
बौद्धिक समाज चाखेका नयाँ पुस्ताबीच ठूलै वैचारिक खाडल बनिसकेको छ
।
कम्प्युटरको 'क' सम्म नबुझेको हजुरबुबा पुस्ता र इन्टरनेटमार्फ्
कोठाभित्रै संसार भोगिरहेको नाति पुस्ताबीच सामाजिक मान्यता, प्रवृत्ति,
आचार-व्यवहारका मामलामा ठूलो अन्तर देखिनु अस्वाभाविक हैन । तर, अहिले
हजुरबुबा-नाति र बाबु-छोराबीच मात्र हैन, दाजुभाइमै पुस्तान्तरको प्रत्यक्ष
अनुभव गर्न सकिन्छ । त्यसको एउटा कारक बनिरहेको छ 'डिजिटल डिभाइड'
अर्थात् विद्युतीय सञ्चारमा पहुँच भएका र नभएकाबीचको खाडल ।
यो पृष्ठभूमिमा पश्चिमी विकसित समाजमा मूलतः चारखाले
पिँढी वा पुस्ता सँगसँगै हिँडिरहेका अध्ययनहरूले देखाएका छन् । त्यहाँ
दोस्रो विश्वयुद्ध र त्यसपछिको आर्थिक मन्दीको प्रत्यक्ष साक्षी भएको
एउटा पिँढी छ । टेलिभिजनको विकाससँगै हर्ुर्किएको दोस्रो वर्ग छ, जसलाई
'बेबी बुमर जेनेरेशन' भनिन्छ । तेस्रो समूहमा आउँछ व्यक्तिवादी पिँढी,
जो मिडिया र प्रविधिबाट खुबै प्रभावित भयो, विल क्लिन्टन र म्याडोनाको
लोकप्रियतासँगै आफूलाई हिँडायो र 'जेनेरेसन एक्स' का रूपमा चिनियो
। अहिले आफूलाई बेलायती प्रिन्स विलियम र पपस्टार ब्रिटनी स्पर्ेयर्सको
समकालीन ठान्ने यथार्थवादी, व्यावहारिक वर्गका रूपमा अर्को नयाँ पुस्ताको
उदय भइसकेको छ, जसलाई 'मिलेनियल्स' समूह (नयाँ शताब्दीको पर्ूवसन्ध्यामा
जन्मिएको वर्ग) भन्ने गरिन्छ ।
मिलेनियल्स वर्गकै सहयात्री बन्न खोजिरहेको छ नेपालको
शहरबजारमा हुर्किएको वा बसाइँ सरेर आइपुगेको पछिल्लो पुस्ता, जसले
हरेक कुरामा पश्चिमी दुनियाँ, त्यसमा पनि अमेरिकी समाज र त्यहाँ झाङ्गदिै
गरेका नवीनतम संस्कृतिहरूलाई आफ्नो आदर्श, लक्ष्य र पथपर््रदर्शक ठान्दछ
। प्रविधिको उपयोग र साधनसम्पन्नताका हिसाबले पश्चिमी युवावर्ग अलि
अगाडि भए पनि आजको अमेरिकी पुस्ताले जे सोच्छ, हाम्रो उच्चवर्गको नयाँ
पुस्ताले पनि त्यही सोचिरहेको हुन्छ । राजधानीस्थित एउटा स्कूलमा संयुक्त
राष्ट्रसंघीय महासभाको अभ्यास गर्दा महासचिव कोफी अन्नानलाई कारबाहीको
सिफारिस गर्ने विद्यार्थीहरू मानसिक विकासका दृष्टिले अमेरिकी वा बेलायती
विद्यार्थीभन्दा पछि नहुन सक्छन् ।
यद्यपि, दर्ुगम नेपालको दृश्य निकै फरक छ । त्यहाँका
पुरानो पुस्ताको कुरै छोडौँ, नयाँ पिँढीका लागि पनि शहरी सभ्यता र
सूचना-प्रविधिका कुरा प्रायः दर्ुलभ छन् । शहरी युवाले आफूलाई अमेरिकी
समाज समतुल्य बनाउने कोशिश गरिरहेको बेला गाउँका युवा खाडीराष्ट्र
वा मलेसियामा सस्तो श्रम बेच्न बाध्य छन्, अदक्ष कामदारका रूपमा ।
'हतियार र क्रान्ति' को भ्रान्ति बोकेर जङ्गल पसेको युवासमूह मानवीय
सभ्यता र संस्कृतिका धेरै पक्षबाट दिनप्रतिदिन टाढिँदैछ । शिक्षा र
रोजगारीको सुविधा पाएको शहरिया मध्यम तथा उच्चवर्गीय समाजको विश्लेषण
गर्ने हो भने पुरानो पुस्ताभन्दा निडर र 'फास्ट' पनि छ, नयाँ पुस्ता
। परम्पराका कुरालाई व्यवहारको तराजुमा तौलिएर मात्र स्वीकार्छ । धर्मको
बन्धन रुचाउँदैन । रीतिरिवाजप्रति सङ्कर्ीण्ा छैन । हरेक कुरामा पर्ूण्ा
स्वतन्त्रताको अपेक्षा राख्छ । समयलाई भन्दा जिम्मेवारीलाई बढी महत्त्व
दिन्छ । अलि मनमौजी र स्वच्छन्द छ । बाबुआमा पुस्तासँग वैचारिक सामीप्य
राख्ने वा बाबुआमालाई नै जीवनको आदर्श ठान्ने गरे पनि कार्यशैली फरक
छ । र, कार्यशैलीकै कुरामा अघिल्लो पुस्तासँग यो पुस्ताको सबैभन्दा
बढी मतमतान्तर हुने गरेको छ ।
बिस्तारै उदार बन्दैछ अघिल्लो पुस्ता पनि । निश्चित
उमेर पुगेपछि करिअर-छनौट लगायतका व्यक्तिगत निर्ण्र्ाारूमा पर्ूण्ा
स्वतन्त्रता दिने सचेत अभिभावकहरू प्रशस्त देखिन थालेका छन् । पर्यटन
व्यवसायी कर्ण्र्ाााक्य भन्छन्, "ठूलो रूखको सेपमा सानो रूख फस्टाउन
सक्तैन । उसलाई हर्ुर्किने अलग्गै जमिन दिनर्ुपर्छ ।" तर, यही
समाजमा 'छोरो अधिनमा बसेन भने त्यो छोरो नै हैन' भन्दै अलि बढी नै
कस्न खोज्ने बलबहादुर र्राई -बरिष्ठ राजनीतिज्ञ) जस्ता कडा अभिभावकहरू
पनि छन् । तर, त्यस्ता परिवारमा पनि नातिपुस्तामा गएर पृथक सोचाइहरू
स्वतःस्फर्ूत रूपमा प्रकट हुन थालेका छन् । 'राजनीतिक' मानिने त्यो
परिवारका नातिपुस्ताका सुशील र्राई 'आइन्स्टाइन' लाई आफ्नो आदर्श मान्छन्
।
यसरी व्यक्तिगत रोजाइ, कार्यशैली, दृष्टिकोण लगायतका
धेरै कुरामा पुस्तापुस्ताबीच आ-आफ्नै प्रकृतिका द्वन्द्वहरू छन् ।
नेपाल टेलिभिजनमा ट्युसन पढ्न जाने निहुँमा 'ब्वाईफ्रेन्ड' सँग घुम्न
जाने छोरीको अपवाद मान्न सकिने सन्देशलाई बढाइँचढाइ गर्ने सन्तोष पन्तको
'हिजोआजका कुरा' र सँगै हिँड्दैमा सहवासकै अर्थ लाग्दैन भनेर केटाकेटीलाई
जीवनसीप सिकाउने 'क्याटम्याण्डू' जस्ता धारावाहिकले पुस्तौनी दूरी
सहजै देखाउँछन् । समयलाई प्रविधिले डोर्याइरहेको छ र प्रविधिले मान्छेको
दक्षता, क्षमताको मापन गर्न थालेको छ । हिजोको स्नातकले आफ्नो योग्यतालाई
'अपडेट' गरेन भने आज ऊ अशिक्षित जत्तिकै हुन्छ । केही वर्षो अन्तरालमै
ज्ञानको राशि दर्ुइ गुनाका दरले बढिरहेको छ ।
कुनै कुरालाई बुझन, पर्गेल्न हिजोको गति वा क्षमतामा
सोचेर पुग्दैन । र, यो गतिसँगै एउटा नयाँ डर पैदा भएको छ- कतै नयाँ
पुस्ताले हिजोका राम्रा कला, संस्कृति, सोचाइलाई बिर्सँदै जाने त हैन
- न्हृयातपोल, पचपन्न झयाले दरबारका कलात्मक टुँडाल बनाउने हाम्रा
मौलिक सीपहरू हराएर जाने त हैनन् - आर्थिक विकासलाई मात्रै भगवान्
मान्दै सामाजिक सुधार र सांस्कृतिक सर्म्बर्द्धनको खाँचोलाई बिर्सने
त हैनन् ?
र, पुस्ता संयोजन
पश्चिमाहरूले पुस्ता र दृष्टिकोणमा देखिने यस्ता दूरी र असमानताहरू
घटाउन सामाजिक पर्ुनर्संरचनाको आवश्यकता अनुभव गर्न थालिसकेका छन्
। समृद्ध देशहरूमा 'जेनेरेशन ग्याप' को साटो 'जेनेरेशन युनाइटेड' को
अवधारणामाथि बहस हुन थालेको छ । अघिल्लो पुस्ताले सँगालेका ज्ञान,
विवेकका कुरा नयाँ पुस्तामा सहज रूपमा सार्ने प्रयासहरू हुन थालेका
छन् । नयाँ पिँढीलाई व्यक्तिवादी प्रवृत्तिबाट बढी सामाजिक, यथार्थवादी
बनाउन खोज्ने त्यस्ता अभ्यास हामीकहाँ पनि पुस्तान्तर-दूरी कम गर्न
सहयोगी हुन सक्छन् । जस्तो नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक
केशव आचार्य लक्ष्मीपूजाको दिन लक्ष्मीको तस्बिरसँगै महाकवि देवकोटाको
तस्बिर राखेर पूजा गर्छन् र उनका इन्जिनियर छोरा शिखर 'गज्जवको आइडिया'
भनेर त्यसलाई साथ दिन्छन् । अनि, व्यापारिक घराना ज्योति समूहका पद्मज्योतिले
बेचिसकेको सन् ७० को दशकको पुरानो मोटरसाइकल छोरा सौरभले पुनः किनेर
घरायसी 'आर्काइभ'मा राख्छन् बाबुको पृष्ठभूम्रि्रति सम्मान जनाउन ।
समाजमा नयाँ पुस्ताका सबैले एक्काइसौँ शताब्दी वा विक्रम संवत्को
बाइसौँ शताब्दीको भिजन बोक्ने योग्यता देखाइरहेका छैनन् । तैपनि, तुलनात्मक
रूपमा बढी 'ग्लोवल', व्यावहारिक र प्रयोगवादी छ नयाँ पुस्ता । उनीहरूसँग
त्यही अनुरुपका योजनाहरू पनि छन् । दलहरूको प्रजातन्त्रीकरणका प्रश्नहरूमा
पनि नयाँ पुस्ताको भिजनले प्रभाव देखाउनर्ुपर्छ भन्ने आमअपेक्षा छ
। नेपाल शिक्षक युनियनका अध्यक्ष केशव भट्टर्राई भन्छन्, "युवापुस्ताको
आवाज सबैतिर पुग्नु र सुनिनर्ुपर्छ ।"
तर, हामीकहाँ एक्काइसौँ शताब्दीको कुरा गर्दै मुलुकलाई पुरानो शताब्दीतिर
डोर्याउने अनपेक्षित प्रयासहरू पनि भइरहेका छन् । अनि, विविध प्रकृति
र स्वरुपमा पुस्तान्तर बढिरहेकोे छ । उदाहरणका रूपमा सञ्चारकर्मी वन्दना
राणा र उनका छोरीहरूबीच उमेरमा धेरै अन्तर छैन तर समय र उनीहरू हर्ुर्किएको
परिवेश-अन्तरका कारण उनीहरूबीच पुस्तान्तरको स्पष्ट प्रभाव देखिन्छ,
जुन स्वाभाविक पनि हो । सामाजिक विकासलाई सहज गतिमा अगाडि बढाउनका
लागि स्वाभाविक-अस्वाभाविक सबैखाले पुस्तान्तर घटाउने उपायको खोजी
गर्नु जरुरी छ । अनपेक्षित कृत्यलाई सही बाटोतिर डोर्याउने/फर्काउने
काममा नयाँपुस्ताको बढी भूमिका हुनसक्छ किनकि नयाँ नेपालको प्रगति
र उल्लास भोग्न पाउने उनीहरू नै हुन् । पुस्तान्तर घटाउने अर्को राम्रो
उपाय हो अघिल्लो पुस्ता पछिल्लो पुस्तातिर र नयाँ पुस्ता पुरानो पुस्तातिर
हार्दिकतापर्ूवक फर्किने काम । बाबुआमाले छोराछोरीसँग नयाँ प्रविधि,
व्यवहार लगायत नजानेका सबै कुरा निसङ्कोच सिक्न खोज्ने र सन्तानले
अभिभावकलाई सिकाउन खोज्ने प्रयास दर्ुइ पुस्ताको र्सार्थक मिलनबिन्दु
हुनसक्छ ।
•
पेशल पोखरेल
|