| •
ऋतुराज |
 |
ऋतुविचार
भीसा नदिने कारण
पहिले त खूबै रिस उठेको थियो मित्र खगेन्द्र सङ्ग्रौलालाई
ब्रिटिस राजदूतावासले लण्डन जाने भीसा नदिएकोमा । एक त उनी मान्छे
नै भलाद्मी । दोस्रो, उनी नेपालका नामुद र अब्बल दर्जाका लेखक । तेस्रो,
मन मिल्ने साथी । उनी जान पाएका भए शायद यो उनको सात समुद्रपारिको
पहिलो भ्रमण हुनेथियो । उनका लेखकीय आँखाले शायद अरूले नदेखेका कुरा
देख्ने थिए । अनि आफ्ना अनुभवलाई उनी सुन्दर कथा बनाएर लेख्ने थिए
। पाठकहरूलाई कति आनन्द आउने थियो होला उनको बेलायत भ्रमणको अनुभव
पढ्न पाएर ! ताना र्समाले उहिले बेलायततिर बरालिएर लेखेको यात्रा संस्मरणले
मदन पुरस्कार नै पड्काएको थियो । के थाहा, खगेन्द्र सङ्ग्रौलाले पनि
त्यस्तै कुनै चिरस्मरणीय कृति पो निकाल्थे कि - तर बेलायती राजदूतावासले
उनलाई त्यो मौकै दिएन ।
उनलाई लण्डन जाने भीसा नदिएको कारण उनी त्यहाँबाट र्फकन्छन्
भन्नेमा राजदूतावासलाई विश्वास नलागेकाले 'रे । के उनी त्यहाँ कसैको
ढोकामा उभिएर आउने जानेलाई सलाम गर्न जान लागेका थिए र - के उनी परेडको
मैदानमा बुट बजार्नलाई जान लागेका थिए - के उनी कुनै पबको बाउन्सर
हुनलाई जान लागेका थिए - के उनी कुनै रेस्टुराँमा भाँडा माझनलाई जान
लागेका थिए र - त्यो पनि यस उमेरमा - यही सबै सोचेर रिस उठेको थियो
।
तर पछि रिस ठण्डा भएपछि शान्त दिमागले सोच्दा उनले भीसा
नपाउनु कुनै आर्श्चर्यको कुरा जस्तो लागेन । बरु उनी वेटर हुन सक्ने
भए, दरबान हुन सक्ने भए, भाँडा माझन सक्ने भए, बगैँचाको घाँस काट्न
सक्ने भए, शायद उनले भीसा पाउने थिए । लाखौँ लाख रुपैयाँ घूसपेस गरेर
भीसा पाउनेहरू त्यस्तै कोटिका त हुन्छन् । तिनलाई भीसा पनि दिइन्छ
। किनभने घरधन्दा गरिदिने, घरको चौकीदारी गरिदिने, बलको काम गरिदिने
मानिस त बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया सबैलाई चाहिएको छ । कम
ज्यालामा बाह्र घण्टा खटिदिने ज्यामी पनि सबैलाई चाहिएको छ । त्यसैले
आफ्नो मुलुकमा आप्रवासी बढे भनेर खूब होहल्ला मच्चाउँछन् । तर थाहा
नपाए जस्तो गरी तिनलाई आफैँ भित्र्याउँछन् पनि ।
खगेन्द्र सङ्ग्रौला बरु क्रिकेट या फूटबलका मध्यम स्तरकै
खेलाडी भए पनि भीसा पाउँथे होलान् । इङ्गल्याण्डको कुनै काउन्टी क्लबमा
खेल्न मौका पाउन सक्थे । कराँतेका ब्ल्याकबेल्ट भए पनि कुनै डिस्को
या पबमा बाउन्सर को काममा जान सक्थे । कठै, उनी त्यस्ता खेलाडी परेनन्
। उनी खेलाडी त हुन्, तर कलमका !
आजको जमानामा कसलाई चाहिएको छ र कलमबाज, त्यो पनि खगेन्द्र
सङ्ग्रौला जस्ता - उनी त कलमबाट आगो ओकल्छन् । कलमकै भरले सत्तासीनहरूको
सातो टिप्छन् । अहिले उनी नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका
लागि लागिपरेका छन् । प्रजातन्त्रको जननी देश भनेर जतिसुकै र्सकाए
पनि आखिर बेलायत भनेको राजतन्त्र भएको मुलुक हो, नेपालभन्दा पहिलेदेखिको
। गणतन्त्रका नारा उराल्नेहरू त्यहाँ पनि छन्, तर अल्पमतमा । बढी मत
त राजतन्त्रकै पक्षपातीहरूको छ । नेपालमा राजतन्त्रको मूलोच्छेद गर्न
कटिबद्ध सङ्ग्रौलालाई त्यहाँका राजतन्त्रवादीले के खाएर सहन्थे - सङ्ग्रौला
बेलायत पसे भने त उनले त्यहाँको राजतन्त्र उखेल्नलाई पनि जनमत बनाउन
थाल्नेछन् भन्ने डर पर्यो होला सके उनीहरूलाई ! अनि कसरी पाउँथे त
खगेन्द्र सङ्ग्रौलाले बेलायतको भीसा ?
गुन लाउने मौका
ठूलो दशा लागेको छ अमेरिकालाई । क्याटि्रना र रिटा नामको
समुद्री आँधीले अमेरिकालाई हुनसम्मको नोक्सानी पुर्याएको छ । सारा
संसारलाई कज्याएर खाने भै'खाको त्यत्रो शक्तिशाली देश ! अमेरिकाले
चाहे जे पनि हुन सक्छ । रङ्क राजा हुन सक्छ, जस्तो अफगानिस्तानका हमीद
करजाई । राजा रङ्क हुन सक्छ, जस्तो इराकका सद्दाम हुसेन । एकछत्र राज
चलेको छ अचेलभरि अमेरिकाको । संसारका अरू देशलाई बनाउन र बिगार्न सक्ने
असीमित शक्ति राख्ने अमेरिकाको पनि केही लागेन प्रकृतिको विनाश लीलाको
सामु । विचरा लाचार भएर टुलुटुलु हेरिरहन पर्यो पहिले क्याटि्रना
र पछि रिटाले मच्चाएको ताण्डवलाई । हजारौँहजार मानिसको ज्यान गएको
छ ती दर्ुइ समुद्री आँधीबाट र अरबौँ डलरको क्षति भएको छ । भन्नु पो
भएन, त्यसैले छोपछाप पारेको छ आफ्नो दुःखलाई अमेरिकाले । ठूलाबडाले
आफूमाथि आइपरेको विपत्ति अरूलाई कहाँ भन्छ र ! तर दुःख भनेको दुःख
नै हो, सबैलाई पर्छ र त्यो सबैले बुझििदनु पर्छ ।
नेपाल सानो होला अमेरिका सामु । तर सानोले पनि कहिलेकाहीँ
ठूलालाई मद्दत गर्न सक्छ, जस्तो जालमा परेको सिंहलाई छुद्र मुुसाले
उद्धार गरेको थियो जाल काटिदिएर ।
सानो र गरीब छु भनेर नेपालले लघुताभास गर्नु पर्दैन
। चाहेमा नेपालले पनि महाशक्ति अमेरिकालाई मज्जाले सहयोग गर्न सक्छ
। साँच्चि नै आहृवान गरेको खण्डमा जनही दस लाख रुपैयाँको रकम सहयोग
गर्न घटीमा केही नभए पनि एक लाख नेपाली नागरिक तयार हुन सक्लान् ।
हिसाब गरिहेरौँ त, दस खरब रुपैयाँको रकम उठाउन सकिन्छ, जुन रकम अमेरिकाको
लागि पनि ठूलै ठहरिन्छ । न्यु ओर्लियन्स र टेक्सासका पीडितहरूलाई सहयोग
गरेर अमेरिकालाई गुन लगाउने यो ठूलो मौका छ नेपाललाई ।
नेपालले खाली भन्न सक्नु पर्यो, 'दस लाख रुपैयाँको
चन्दा दिनेलाई अमेरिकाको भीसा दिनुहोस् !'
शाही उपहार
प्रत्येक दशैँमा राजभक्त नेपाली जनताले आफ्ना राजाबाट
टीका र आशर्ीवचन पाउँदै आएका छन् । कुनै-कुनै वर्षटीका र आशर्ीवचनबाहेक
नेपालीहरूले राजाबाट बडादशैँको विशेष शाही उपहार पाउने गरेका छन् ।
चार वर्षघिको बडादशैँमा नेपालीहरूले उपहारमा नयाँ युवराज पाएका थिए
। यस वर्षो दशैँमा पनि नेपाली जनताले ठूलै उपहार राजाबाट पाउने चर्चाले
सबैमा उत्कण्ठा जगाएको छ । त्यो उपहार धान्न सक्ने अतिरिक्त शक्ति
सबै नेपालीहरूलाई माता दर्ुगा भवानीले प्रदान गरून्, पशुपतिनाथले त
सधैँ रक्षा गरेकै छन् ।
|