हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५६/१५७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

सुगरिका के.सी

डाबर बाटिका मिस नेपाल २००५ की विजेता सुगरिका के.सी. लेखनमार्फ्त् बौद्धिक छवि बनाउन चाहन्छिन् ।

तस्बिर: अनुपप्रकाश
शृङ्गारः
चाहना ब्यूटि पार्लर, वागबजार


सङ्गीत

शास्त्रीय सङ्गीतमा शुभ सङ्केत


सुकर्म सङ्गीत समूह ।

पन्ध्र वर्षघि रेडियो नेपालले शास्त्रीय सङ्गीत प्रतियोगिता आयोजना गर्दा चार जना प्रतियोगी मात्रै सामेल भएपछि अर्को वर्षेखि प्रतियोगिता नै स्थगित गरेको थियो  । तर अहिले कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयबाट मात्रै छ सयभन्दा बढीले शास्त्रीय सङ्गीतको वाषिर्क परीक्षा दिने गरेका छन् । किरातेश्वर सङ्गीत आश्रम, मञ्जुश्री सङ्गीत महाविद्यालय, पद्मकन्या, ललितकला, रत्नराज्यलगायतका क्याम्पसहरूबाट वर्षा १२ सयभन्दा बढी विद्यार्थीले शास्त्रीय सङ्गीत अर्न्तर्गत गायनको परीक्षा दिइरहेका छन् । शास्त्रीय वादन सिक्नेहरूको जमात पनि त्यति नै ठूलो छ । देशले नै सङ्क्रमण भोगिरहेको समयमा शास्त्रीय सङ्गीतप्रति मोह राख्ने यति ठूलो जमात तयार हुनु शुभ सङ्केत हो ।

शास्त्रीय सङ्गीतलाई उमेर ढल्केपछि गाइने भक्ति साधनाको रूपमा व्याख्या गर्नेहरू पनि नभएका होइनन् । तर राजधानीका सङ्गीत विद्यालय र शास्त्रीय सङ्गीतज्ञहरूले आयोजना गर्ने कार्यक्रमहरूलाई हर्ेर्ने हो भने शास्त्रीय सङ्गीतप्रतिको युवा आकर्षा लोभलाग्दो ढङ्गले बढेको देखिन्छ । हरेक पूणिर्माका दिन पशुपतिस्थित किरातेश्वर सङ्गीत आश्रममा आयोजना हुने कार्यक्रम सधैँ खचाखच हुने गरेको छ । गएको ४ भदौमा 'सर्ुकर्म' ले गुरुकुलमा आयोजना गरेको कार्यक्रममा श्रोताहरू टिकट नपाएर र्फकनु यसैको प्रमाण हो । "हामीले आयोजना गरेको कार्यक्रममा ७५ प्रतिशत भन्दा बढी श्रोता युवा पुस्ताका हुन्छन्" सर्ुकर्म समूहका सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मी भन्छन्, "शास्त्रीय सङ्गीतप्रतिको अहिले देखिएको युवा आकर्षा साँच्चै लोभलाग्दो छ ।"

शास्त्रीय सङ्गीत समग्र गीत सङ्गीतको जननी हो । विगतमा यसलाई परम्परा अनुसरणका नाममा जटिल रूपमा प्रस्तुत गर्ने गरिएकाले शास्त्रीय सङ्गीत भन्ने बित्तिकै नाक खुम्च्याउने प्रवृत्ति बढेको हो । तर अहिले यसलाई समयानुकूल परिस्कार गरेर श्रोताहरूलाई आकषिर्त गर्न थालिएको छ । शास्त्रीय सङ्गीत सिक्ने हो भने गायनका जुनसुकै विधा -लोक, सुगम, पप)मा लागे पनि दिगो हुन सकिन्छ भन्ने चेतना आएको छ ।

खासगरी गीत सङ्गीतको क्षेत्रमा छुट्टै चिनारी बनाउन चाहने पछिल्लो पुस्ता शास्त्रीय सङ्गीतको ज्ञान बिनाको साङ्गीतिक चिनारी दिगो हुनसक्दैन भन्ने चेतनाका साथ यसको पछि लागिरहेको छ । नयाँ पुस्ताका स्थापित गायकगायिकाले पनि यसको महत्त्व बुझेका छन् । पप गायक नवीन के भट्टर्राई दिगो पहिचान बनाउन सफल हुनुको कारण पनि शास्त्रीय सङ्गीतको साधना नै हो । गायक मोहन भुसाल कलानिधिबाट शास्त्रीय सङ्गीतमा तेस्रो वर्षो परीक्षा दिइरहेका छन् भने जगदीश समालले सातौँ वर्षपार गरेका छन् । अघिल्लो पुस्ताका लोचन भट्टर्राई, कुन्ती-शिलाबहादुर मोक्तान, उदय-मनिला सोताङ, मनोज-अञ्जु सेवा अझै पनि शास्त्रीय सङ्गीत सिकिरहेका छन् ।

शास्त्रीय सङ्गीत भनेको शास्त्रसम्मत् तरिकाले लिइने साङ्गीतिक ज्ञान हो । शास्त्रीय गायनकी साधक शारदा क्षेत्रीको भनाइमा शास्त्रीय सङ्गीत सिक्नका लागि सानोतिनो त्यागले हुँदैन, धर्ैय र तपस्याकै जरुरत पर्छ । शास्त्रीय गायन सिक्छु भनेर आउनेहरूसँग धर्ैय छ, छैन हेरेर मात्रै सिकाउने गरेको बताउने क्षेत्री विद्यार्थीको आकर्षाबाट उत्साहित छिन् । तर शास्त्रीय गाउन सिकाउने नाममा समूहमा राखेर गीत-राग घोकाउने प्रवृत्तिसँग उनी असहमत छिन् । उनी भन्छिन्, "हरेकको स्वरको प्रकृति फरक हुने भएकाले समूहमा राखेर सिकाउनु शास्त्रसम्मत् होइन ।" शास्त्रीय गायन प्रशिक्षणमा धनबहादुर गोपाली, श्रीराम आचार्य, सङ्गीत राना, चन्दन श्रेष्ठ, गुरुदेव कामत, शारदा क्षेत्री र प्रभु ढकाल चर्चित मानिन्छन् । पछिल्लो पुस्ताका राम सिटौला, चण्डी काफ्ले, शिव पौडेलले पनि शास्त्रीय गायन सिकाउँदै आएका छन् ।

शास्त्रीय वादनमा भने गोपालनाथ योगी, तारावीरसिंह तुलाधर, मोहनप्रसाद जोशी चर्चित मानिन्छन् । योगी भायोलिन, तुलाधर सितारका लागि उस्ताद मानिन्छन् भने जोशीले प्रायः सबै शास्त्रीय वादन सिकाउँछन्  । पछिल्लो पुस्ताका डा. धु्रवेशचन्द्र रेग्मी, ज्ञानुराधा गोर्खाली, उमा थापा आदिले सितार सिकाइरहेका छन् भने रविनलाल श्रेष्ठ तबला, सुरेशराज बज्राचार्य सरोद र विकासनाथ योगीले भ्वाइलिन सिकाइरहेका छन् । त्रिभुवन विश्वविद्यालयले पद्मकन्या क्याम्पसलाई सङ्गीतमा स्नातकोत्तरसम्म पढाउने स्वीकृति दिएपछि यसका साधकहरू झनै उत्साहित छन् । सङ्गीतप्रवीण धनबहादुर गोपाली भन्छन्, "शास्त्रीय सङ्गीतमा लागेर भविष्य खोज्न सकिने वातावरण बनेको छ ।"

कृष्ण अविरल


जीवन-शैली

'हामी के कम ?'

डान्स पार्टीमा देखिने किशोरी-युवतीहरूको उन्मुक्त भीड हेरेरै भन्न सकिन्छ- कम छैन उनीहरूको रहर र जोश ।


अनुप प्रकाश

बीस वर्षघि राजधानीको 'कपर फ्लोर' डिस्कोमा जमेको एउटा पार्टर्ीीे तस्बिर आज हर्ेर्ने हो भने कुनै 'ब्याचलर पार्टर्ीीजस्तो लाग्न सक्छ । कारण त्यसबेला डान्स पार्टर्ीीा डिस्कोमा युवतीहरूको उपस्थिति प्रायः हुँदैनथ्यो । तर अहिले राति एघार बजे, काठमाडौँको तारे होटल, झििलमिझी बत्ती, एउटा कुनाको डिजे-बुथबाट घन्किरहेको सङ्गीत, नृत्यमा मदमस्त जमात र आँखै टक्क अडिने पहिरनमा किशोरी, युवतीहरूको सहभागिता देख्दा 'यो त काठमाडौँ नै होइन' कि जस्तो महसूस हुन्छ । आजभोलि काठमाडौँका डान्स पार्टर्ीी चौध, पन्ध्र वर्षउमेरका स्कूले विद्यार्थीदेखि आत्मनिर्भर किशोरी, युवतीहरू समेत रमाउन थालेका छन् । कुनै समयमा महिला सहभागिता शून्य हुने पार्टर्ीीमा आजभोलि करीब तीस प्रतिशत नारी सहभागिता हुने गर्छ ।

शिक्षाले आत्मविश्वास बढेका युवतीहरू डान्स पार्टर्ीीई विशुद्ध मनोरञ्जनका रूपमा लिन थालेका छन् । यसनिम्ति स्कूल, प्लस टु, कलेजमा साथी बनेका केटीहरू आ-आफ्नो समूह बनाउँछन् र पार्टर्ीीान्छन्  । यो आनीबानीलाई सङ्गतले पनि मलजल गर्छ । मिस नेपाल, सेकेण्ड रनरअप आयुष्मा पोखरेल स्नातक तहको पढाइ शुरु गर्दा साथीहरूसँग डान्स पार्टर्ीीान थालेको बताउँछिन् ।

राजधानीमा डान्स पार्टर्ीीको बढ्दो सङ्ख्या पनि हो यस्ता पार्टर्ीी नारी सहभागिता बढ्दै जानुको एउटा कारण । केही वर्षघि राजधानीमा बेबीलोन, एक्स जोन, मुनसन, स्टुडियो फिफ्टी फोर, क्लव २०००, क्लव डाइनेष्टी नामका आधा दर्जन डिस्कोहरू थिए । यीमध्ये कतिपय डिस्को अहिले बन्द छन् । तर, डान्स पार्टर्ीीे 'कल्चर' ले राजधानीमा जरो गाडिसकेको छ  । यस्ता पार्टर्ीी नयाँ 'भेन्यु' बनेका छन् तारे होटलका डान्स फ्लोर  । स्तरीय ठाउँहरूमा व्यवस्थित पार्टर्ीीुनथालेपछि यस्ता जमघटमा हुने झै-झगडामा पनि कमी आएको छ । र, विस्तारै यस्ता पार्टर्ीी नारीहरूका लागि सुरक्षित, आकर्ष बन्न थालेका छन् । आजका युवतीहरू डान्स पार्टर्ीीई मनोरञ्जनको सामान्य विकल्प मात्र ठान्छन् । यसलाई लक्ष्मणरेखा बाहिरको अज्ञात, असुरक्षित जमघट मान्ने अवधारणा 'आउटडेटेड' भइसकेको छ । पार्टर्ीीेपालका निर्देशक भूषण थापाका अनुसार सामाजिक दृष्टिकोण फराकिलो हुँदै गइरहेको छ । र, डान्स पार्टर्ीी केटाका लागि मात्र हुन् भन्ने कुरा असान्दर्भिक  । उनी भन्छन्, "केटा हुन् वा केटी, व्यस्त जीवनबाट ब्रेक त सबैलाई चाहिन्छ नै ।"

हुन पनि शुक्रबार र शनिबार रातका पार्टर्ीीमा कामकाजी महिलाहरूको सहभागिता अरू दिन भन्दा बढी नै देखिन्छ । हाल एक ब्याङ्कमा कार्यरत अञ्जना भन्छिन्, "पार्टर्ीीाने उचित समय हो शुक्रबारको रात ।" सङ्गीत र नृत्य, हप्ताभरको थकाइ मेटाउने रमाइला माध्यम हुन् उनका लागि ।


किरण पाण्डे

समाजको फराकिलोपनसँगै घरपरिवारले समेत डान्स पार्टर्ीीई सहज मान्न थालेकाले केटीहरूलाई पार्टर्ीीर्छन सजिलो भएको छ । त्यसो त घरमा ढाँटेर पार्टर्ीीानेको सङ्ख्या पनि ठूलै हुने गर्छ । 'साथीको घरमा जान्छु', र्'बर्थ डे पार्टर्ीी' जस्ता बहाना बनाएर घरबाट साधारण पोशाकमा निस्कने अनि अरू ठाउँमा लुगा फेरेर, सजधजका साथ पार्टर्ीील पुग्नेहरूको सङ्ख्या पनि राजधानीमा उल्लेख्य छ ।

डान्स पार्टीमा युवतीहरूलाई आकषिर्त गर्न पार्टर्ीींयोजकहरूले बेलाबखत केटीहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था समेत मिलाएका हुन्छन्  । धेरै पार्टर्ीीमा केटीहरूका लागि प्रवेश शुल्क केटाहरूका तुलनामा थोरै हुन्छ । केटीहरूलाई निःशुल्क 'वेलकम डि्रङ्क' दिने पार्टर्ीी पनि हुन्छन् ।

समय र 'थिम' का पार्टर्ीीेटीहरूको सहुलियतका लागि दिउँसो समेत डान्स पार्टर्ीी आयोजना हुने गरेका छन् । 'डे पार्टर्ीीहरू एघार बाह्र बजे शुरु भएर साँझ छ-सात बजे टुङ्गन्िछन् । यस्ता पार्टर्ीी प्लस टू र कलेजका छात्राहरू बढी आउँछन् । परिवारबाट स्वीकृति नपाएका र भोलिपल्ट पढ्न जानुपर्ने जमातलाई यस्तो पार्टर्ीीनुकूल हुन्छ । अर्काथरि पार्टर्ीी रातको पहिलो प्रहरमा शुरु भएर अबेरसम्म चलिरहन्छन् । भिजे, आरजे, सुन्दरी विजेतालगायतका थुप्रै सेलिब्रिटीहरू यस्ता पार्टर्ीी देखिन्छन् । एकाबिहानै पनि एकाध ठाउँमा डान्स पार्टर्ीीुने गर्छ । सुन्दा अचम्म लाग्ने यस्ता जमघट कलेजका विद्यार्थीहरूका लागि संयोजन गरिएका हुन्छन् । 'बर्ंकर्स पार्टर्ीीका नामले चिनिने यी जमघट बिहान सातदेखि दिउँसो बाह्र बजेसम्म चल्छन् । कलेज 'बंक' गरेर आउनेहरूको सहभागिता हुने यस्ता पार्टर्ीी डेढ सयदेखि दर्ुइ सयसम्मको भीड हुन्छ, जसमा केटा र केटीको सङ्ख्या हाराहारी नै हुने गर्छ । प्रायः शुक्रबार र आइतबार हुने बर्ंकर्स पार्टर्ीी संयोजक पनि कलेजका विद्यार्थीहरू नै हुन्छन् । प्रवेश शुल्क पनि सस्तै हुन्छ यस्ता पार्टर्ीी, लगभग सय रुपैयाँ ।

'थिम' अनुसार पनि पार्टर्ीीायोजना हुने गरेका छन् । सङ्गीत अनुसार साल्सा, हिपहप, डान्स, बलिउड म्यूजिकका थिम-पार्टर्ीीई उछिन्दै आजभोलि पहिरनको थिमअनुसार समेत पार्टर्ीी हुन थालेका छन् । कुनै पार्टर्ीीे थिम हुन्छ सत्तरीको दशकको पोशाक अनि कुनैमा जेम्स बोन्डका चलचित्रमा देखिने पहिरनका आधारमा थिम निर्धारण गरिन्छ । महिलाका निम्ति भने थिमभन्दा समयको भूमिका बढी हुन्छ । यस बाहेक कुनै उत्सव, अवसर पारेर आयोजना गरिएका, बहुप्रचारित पार्टर्ीीमा महिला सहभागिता अत्यधिक हुने गर्छ ।

डान्स पार्टर्ीी फाइदा-बेफाइदा आफ्नै ठाउँमा छन् । त्यत्तिकै विविधतापर्ूण्ा छ यसलाई हर्ेर्ने नारी-दृष्टिकोण । नेपालबाट मनोविज्ञान र समाजशास्त्रमा स्नातक गरेकी रुसी युवती मासा नाजारोवालाई काठमाडौँका प्रायः सबै पार्टर्ीी भेटिने परिचित मान्छेहरूको हूल मन पर्छ । उनी भन्छिन्, "मस्कोका क्लवमा धेरै पटक गएपछि मात्र मान्छे चिन्न थालिन्छ । यहाँ त जहाँ पनि चिनेकै मान्छे भेटिन्छन् ।" चाँडै पार्टर्ीीुङ्ग्याउनुपर्ने काठमाडौँको बाध्यता भने उनलाई मन पर्दैन  । उता, नाचेरै मिस टिन ट्यालेन्टको उपाधि जितेकी मिस टिन नेपाल प्रियंका कार्कीलाई डान्स पार्टर्ीीे मन पर्ने पक्ष भनेकै नृत्य हो । उनी पार्टर्ीीमा उद्घोषण गर्दा समेत नाच्न छोड्दिनन् । तर, पार्टर्ीी निहुँमा रक्सी खाएर 'टिल्ल' पर्ने र अर्काको समूहमा जबर्जस्ती घुसेर नाच्न खोज्ने प्रवृत्ति उनलाई मन पर्दैन । उनी भन्छिन्, "सोच नै भएन, नाचेर रमाइलो गर्नेप्रति सकारात्मक सोच लिनर्ुपर्छ ।" आयुष्मा पोखरेलको विचारमा युवाहरू जाने पार्टर्ीी कम उमेरका स्कूले विद्यार्थीहरूलाई प्रवेश दिनु उचित होइन ।

पार्टर्ीीचाउने केटीहरूलाई पार्टर्ीी आफ्नो वर्गको अल्प-सङ्ख्याले समेत बिझाउँछ । यदाकदा केटाहरूको उछृङ्खल व्यवहारले पार्टर्ीीप्रति नै वितृष्णा जाग्न सक्ने उनीहरूको धारणा छ । यसैकारणले केटीहरू प्रायः समूहमै पार्टर्ीीाने र आफ्नै समूहमा नाच्ने गर्छन् । कतिपय केटीहरूलाई पार्टर्ीील 'शो-अफ' गर्ने थलो पनि भएको छ । सामान्य परिवेशमा काठमाडौँमा कतै लगाउन नमिल्ने पहिरन, गरगहना आदि पार्टर्ीी प्रतिस्पर्धात्मक रूपमै लगाइन्छ । सङ्गीत र नृत्यको सङ्गममा ङ्रिङ्कस्को निर्वाध उपभोग पनि नारी, पुरुष दुवैका लागि डान्स पार्टर्ीीे अर्को आकर्षा हो । कतिपय किशोरी, युवतीहरूलाई राम्रो केटाको आँखामा पर्ने उपयुक्त स्थल पनि बन्न सक्छ डान्स पार्टर्ीी फाइदा-बेफाइदा जेजस्ता भए पनि काठमाडौँका पार्टर्ीी महिला सहभागिताका लागि योग्य हुँदै गइरहेका छन् । फलतः पार्टर्ीींयोजनमा समेत नारी सहभागिता बढ्न थालेको छ । उनीहरूले समूहमा वा एक्लैै पनि बेलाबखत पार्टर्ीीआयोजना गरिरहेका हुन्छन् । 'जम्यो' भने एउटै पार्टर्ीीट मनग्ये नाफा हुने भएकाले पनि युवतीहरूले पार्टर्ीीायोजनाप्रति रुचि देखाउन थालेका हुन् ।

डान्स पार्टर्ीीे संसारमा देखिएको अर्को रोचक प्रगति हो- लेडी डिजे -डिस्क जकी) को आगमन । काठमाडौँमा आरिया, पायल, पासाङ, छिरिङ, डिना, करिस्मा लगायतका लेडी डिजेले आफ्नो चिनारी बनाइसकेका छन् । आरिया डिजे बन्नु नै पेशागत लक्ष्य नभए पनि यसलाई एउटा मीठो सपना मान्छिन् । उनी भन्छिन्, "डिजे बन्न खोज्दा परिवारमा धेरै प्रश्न उठे तर काम थालेपछि घरबाट असहयोग भएको छैन ।" अमेरिकामा अध्ययन गरेकी डिजे आरियालाई जथाभावी गाना अनुरोध गरेर 'डिर्स्र्टब' गर्ने यहाँको चलन मन पर्दैन । बाहिर कतै पनि डिजेले अनुरोधलाई स्वीकार गर्दैनन् । उनी थप्छिन्, "थिम-पार्टर्ीी सबैको अनुरोध सुन्यो भने थिम नै हराउँछ ।" पार्टर्ीीमा केटीहरूलाई अझ बढी आकषिर्त गर्न 'लेडी प्रमोटर' को व्यवस्था गर्नुपर्ने सुझाव दिन्छिन् उनी । अर्ढाई वर्षघिदेखि यो क्षेत्रमा लागेकी डिजे पायल ग्यालेक्सी क्लबमा डिजेइङ्ग गर्छिन् । डिजे छिरिङलाई प्रायः ठमेलको फायर क्लवमा देख्न सकिन्छ भने पासाङ र रीनाले हालै मात्र डिजेइङ गर्न शुरु गरेका हुन्  । तीन वर्षेखि डिजेइङ गर्दै आएकी करिस्मा भने 'प्रिmल्यान्सर' हुन्, उनलाई विभिन्न क्लवहरूमा देख्न सकिन्छ ।

शैली बस्नेत