हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५६/१५७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

राजनीति | विश्लेषण
सत्ता पल्टाउने खेल
राजाका पाँच विकल्प

सीके लाल

मनोगत विश्लेषणमा रमाउनु अर्कै कुरा हो, तर राजा अझै पनि विकल्परहित कुनामा पुगिसकेका छैनन्  । उनले चाहेमा, अहिले पनि माओवादी-युद्धविरामको सकारात्मक प्रतिउत्तर दिने अर्को छमहिने सरकार बनाएर देशलाई केही समयका लागि अलमल्याउन सक्छन्  ।

'१८ असोज'को एकहप्ता पहिले अर्थात् असोजको दोस्रो सातादेखि राजधानीको अड्कलबाजी-बजार पुनः अचानक तात्यो । भारतीय नेताहरूको ऐक्यबद्धता भ्रमणले ०४६ सालको जनआन्दोलनको इतिहास दोहोरिने हो कि - राजा ज्ञानेन्द्रको पोखरा यात्रापछि ०१७ साल पो फर्किन्छ कि - गिरिजाप्रसाद कोइरालाले किन 'तीनमहिने' विश्राम लिन लागे - युरोपबाट आउन लागेको 'ट्रोयका' टीमले नेपाली राजनीतिलाई कता डोर्‍याउँछ - भ्रष्टाचार नियन्त्रण शाही आयोगको भविष्य के हुन्छ ?

'माघ १९' पछि विधि, विधान, परम्परा वा नीतिनियम भन्दा पनि 'राजइच्छा' र राजप्रासाद सेवाका जागिरे कर्मचारी तथा दरबारिया अनुचरहरूको लहडमा चलिरहेको वर्तमान सत्तासँग सम्बन्धित यी प्रश्नहरूको उत्तर तर्कका आधारमा फेला पार्न सम्भव छैन । यी सवालहरूको जवाफ अनुकरण-खेल -सिमुलेटेड गेम) मार्फ् खुट्याउन भने उपयोगी ठहरिन सक्छ ।

सत्ता खेलको सबभन्दा जीवन्त नमूना चेस हो जसमा प्यूठ -पिउसो), घोडा, हात्ती, धर्माधिकारी तथा मन्त्री जस्ता गोटीहरूले सैनिक वा राजनीतिक खेलाडीहरूको प्रतिनिधित्व गरिरहेका हुन्छन् । स्वाङ्ग -ग्वामविट), शह -चेक) शहमात -चेकमेट) वा वाजिअन्त -इन्डगेम) जस्ता चालहरूले यथार्थलाई प्रतिबिम्बित गरिरहेका हुन्छन् । अर्थ एउटै भए पनि संस्कृतको चतुरङ्ग, उर्दूको सतरंज वा नेपालीको बुद्धिचाल शब्दले चेसको अन्तरनिहित भावलाई समात्न सक्दैन । नेपाल अहिले बुद्धिचालको विसात -चेसवोर्ड) जस्तै बन्न पुगेको छ, जहाँ प्रत्येक पात्रहरू प्रतिद्वन्द्वी खेलाडीहरूद्वारा चालिने गोटीमा रुपान्तरित भएका छन् । पालो फेरि राजा ज्ञानेन्द्रको छ । अबको उनको नयाँ चालले खेलको भावी दिशालाई निर्देशित गर्नेछ ।

८ जेठ, २०५९ मा प्रजातन्त्रलाई 'चेक' दिएर अन्त्य भएको खेलको पहिलो चरण राजाले नै जितेका हुन् । १८ असोजको शाही कदम र्सवत्र आलोचित भएपछि दोस्रो चरण दरबारले नराम्रोसँग हार्‍यो । प्रधानमन्त्रीहरूको नियुक्ति, खारेजी र टेण्डरको खेलमा एमालेलाई फँसाउन सफल भएपछि खेलको तेस्रो चरण दरबारले गज्जवसँग जित्यो । तर कुन्नि कुन बाध्यताले गर्दा हो, राजाले १९ माघ, २०६१ को आत्मघाती कदम उठाए र चौथो चरणको खेल शुरु नहुँदै हारे । यस प्रकार अहिलेसम्मको स्कोरकार्ड दरबार-२ र जनता-२ को -बराबर) अवस्थामा छ । पाँचौँ चरण राजाको संयुक्त राष्ट्रसंघको भ्रमण अन्तिम समयमा खारेज गर्नुपरेपछि शुरु भएको छ । यो चरण हारजितको निर्ण्ाायक -र्टाई ब्रेकर) खेल वा राजा-जनताबीच सम्झौता -स्टेलमेट) मध्ये जेमा पनि टुङ्गनि सक्छ । तर सम्भाव्य परिणाम राजाका अबका चालहरूले नै निर्धारण गर्नेछन् ।

राजाका विकल्प
मनोगत विश्लेषणमा रमाउनु अर्कै कुरा हो, तर राजा अझै पनि विकल्परहित कुनामा पुगिसकेका छैनन् । माओवादी, अन्तर्रर्ााट्रय समुदाय, नागरिक समाज वा दलहरूको तारन्तार प्रहारका बाबजूद राजा आफ्नो दरबारमा सुरक्षित छन्- पाँच वृत्तको कडा पहराभित्र निष्पिmक्री हिँड्डुल गरिरहेका छन्  । र, आफ्ना सबै कमीकमजोरीहरूको दोष अनुचरहरूलाई बोकाउन सफल भइरहेका छन् । चेसको भाषामा भन्ने हो भने, प्रतिद्वन्द्वी खेलाडीले 'शह' दिइरहेका भए तापनि 'मात'बाट जोगिने बाटो उनीसँग अझै प्रसस्त छ ।

चेसमा सबभन्दा सजिलो विकल्प, नजिकको प्यूठलाई बलि चढाएर प्रतिद्वन्द्वीलाई खतरा क्षेत्रमा निम्त्याउनु हुन्छ । राजाले चाहेमा, अहिले पनि राप्रपा वा र्सर्ूयबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टर्ीीयेबाट जो पनि अर्को एउटा छमहिने सरकारको नेतृत्व गर्न तयार हुन्छ । त्यस्तो सरकारले माओवादीहरूको युद्धविरामको सकारात्मक प्रतिउत्तर दिएर राजाका सबै आलोचकहरूलाई केही समयका लागि सजिलै अलमलमा राख्न सक्छ । तर यो सजिलो चालले माओवादीलाई झन् बलियो बनाउने छ, १८ असोजपछिको लोकेन्द्रबहादुर चन्दको 'स्वच्छ तथा सक्षम' सरकारले व्रि्रोहीहरूलाई मुलुकभरि फैलिने अवसर प्रदान गरेजस्तै ।

दोस्रो विकल्प प्रयोग गरेर १९ माघअघिको अवस्थामा फर्केर अमेरिकीहरूको वाहवाही लुट्नका लागि शेरबहादुर देउवाको पुनः 'पुनर्स्थापना' गरिदिए पुग्छ । सात दलको एकता भाँड्ने यस कदमले अन्तर्रर्ााट्रय समुदायलाई अल्मल्याए पनि नागरिक समाजलाई भने नराम्रोसँग चिढ्याउने छ । त्यस्तै, अर्को संविधान बनाउने प्रक्रियाका साथ सात दलको सहमतिमा अन्तरिम सरकार बनाउने चाल चल्दा केही समयका लागि सबै राजनीतिक भागिदारहरू एकैपटक अल्मलिने छन् । तर त्यस कदमको परिणाम भने राजाले आश गरे अनुरुप नहुन सक्छ । राजाको चौथो विकल्प तारानाथ रानाभाट वा शैलजा आचार्यको अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेर मतदाता अल्मल्याउने छनौट -संवैधानिक राजतन्त्र वा गणतन्त्र) का साथ जनमत सङ्ग्रहमा जाने हुन सक्दछ । दरबारका रणनीतिकारहरूको ठम्याइमा संवैधानिक राजतन्त्रको नाउँमा जनमत सङ्ग्रह जितेपछि ०४६ सालको 'जर्नेली विधान' लागू गराउन गाह्रो हुने छैन । आखिर 'सुधारिएको पञ्चायत' ले ०३६ सालपछि १० वर्षम्म काम दियो । तर राजा स्वयंलाई भने 'संवैधानिक' विशेषणसँग नै चिढचिढाहट छ जस्तो छ । तर उनको 'रचनात्मक' राजतन्त्रले जनमत जित्ने सम्भावना साह्रै कम छ ।

राजाको सबभन्दा भरपर्दो चाल अहिलेको अवस्थामा कवच-ग्रहण -क्यासेलिङ) हुनसक्छ । चेसमा एकपटक मात्र प्रयोग गर्न सकिने यस चालमा सामान्यतः एक पाइला मात्र हिँड्न सक्ने राजा उप|mेर एकैचोटि सुरक्षित दरबार पस्न सक्छन् र आफ्नो ठाउँमा हात्ती ठड्याउँछन् । राजाका लागि संसद पुनर्स्थापना चेसमा गरिने 'क्यासेलिङ'को समानार्थी राजनीतिक कदम ठहरिन सक्छ । सात दल गठबन्धन तथा माओवादीबीचको वार्तालाई आधिकारिकता प्रदान गरेर व्रि्रोहीहरूका लागि सुरक्षित अवतरणको भूमि तयार गर्ने कमजोर र कामचलाउ संसद समेत सीमित अवधिका लागि राजाको अन्तिम रक्षाकवच बन्न सक्ने क्षमता राख्दछ ।

'मेरो गोरुको बाह्रै टक्का' पाराका विकल्पहरूमध्ये "म चेसमा हारे त के भो, ल आइज अब कुस्ती खेलौँ" किसिमले नव-पञ्चायतको अन्तरिम विधान वा नग्न तानाशाहीलाई समेत निषेध गर्न सकिने अवस्था छैन  । तर त्यस्तो लिँडेढिपी धेरै दिन चल्न सक्दैन भन्ने कुरा पनि उत्तिकै निश्चित छ ।

खेलको अन्त्य
बुद्धिचाल खेलमा लत बसिसकेपछि खेलाडी मात्र नभएर मुलुककै हाल के हुन्छ भन्ने कुरा दर्शाउने चलचित्र सत्यजित रेले सन् १९७६-७७ ताका बनाएका थिए । प्रेमचन्दको 'शतरंजके खिलाडी' कथामा आधारित र सोही नाममा बनेको सो चलचित्रमा सन् १८५७ को सिपाही व्रि्रोह भन्दा तत्काल अगाडिको अवध र लखनऊ शहरको अस्तव्यस्ततालाई निर्देशकले बडो संवेदनशील पाराले पर्दामा उतारेका छन् । हुन त निरापद नेपाली चलचित्र 'बलिदान' समेतलाई प्रतिबन्धित गर्ने दरबारिया संयन्त्रले सत्यजित रेका सूक्ष्म सन्देशहरू बुझन सक्ने सम्भावना साह्रै कम छ, तापनि बेलायती परामर्शदाता 'स्ट्रैटेजिक कम्युनिकेशन लेवरोटरीज' जस्ताहरूको व्यापारिक सल्लाहमा मुलुकको शासनव्यवस्था सञ्चालन गर्न तम्सिनेहरूले 'शतरंजका खिलाडी' एकपटक हेरे बेसै हुन्छ । मलुक जर्जर भएर ढलिसक्दा पनि बुद्धिचालको खेलमा रमाएर बसेका एउटा नवावले मर्माहत भएर आफ्नो प्रतिद्वन्द्वी खेलाडीलाई मन छुने पारामा भन्छन्, "हामीलाई अनुहार लुकाउन अँध्यारोको सहारा चाहिनेछ ।" विदेशी परामर्शदाताहरूका लागि नेपाल खेलभूमि मात्र हो, तर राजा मात्र खेलाडी होइनन् । त्यसैले हारजित नभएर समन्वय नै हो अझै पनि सबै राष्ट्रिय भागिदारहरूको प्रमुख जिम्मेदारी । कथंकदाचित समन्वय हुन ढिलो भयो भने इतिहासको कठघरामा राजा एक्लै हुनेछन्, उनका सबै गोटीहरू बाहिर पुगिसक्ने छन् ।

चेस र राजनीतिबीच जतिसुकै समानता भए पनि खेल र जीवन ठ्याक्कै उस्तै कहिल्यै हुँदैन । चेसका 'गोटीहरू' को इतिहास हुँदैन, ती बोल्दैनन् र ती सबै 'स्वच्छ र सक्षम' हुन्छन् जुन कुरा व्यावहारिक राजनीतिमा कहिल्यै सम्भव हुँदैन । चेसका दर्शक मूक हुन्छन्, राजनीतिका दर्शक खेलका सक्रिय भागिदार । वर्तमान राजाका चालहरूको आधारमा भन्नुपर्दा, उनी सत्ता-खेलका माहिर खेलाडी हुन् । तर चेसका उम्दा चालहरू जीवनको खेलमा अन्ततः कच्चा ठहरिन सक्छन् भन्ने कुरा १९ माघको अनुभव पछि स्पष्टसँग देखिसकिएको छः मिडिया सेन्सरशीप, नागरिकको स्वतन्त्र घुमफिरमा प्रतिबन्ध तथा प्रमुख राजनीतिक दलहरूलाई निषेध गर्ने कार्यनीतिले दरबारको छद्म खेललाई उदाङ्गो बनाउनुका साथै राजा, राजसंस्था वा मुलुकलाई त्यस्ता कामहरूले अपुरणीय क्षति पुर्‍याएको छ । टाइम पत्रिका वा स्काई टीभीलाई अन्तर्वार्ता दिएर राजाको छवि टल्किने अवस्था अब छैन । राजसंस्थालाई सान्दर्भिक बनाइराख्न व्यावसायिक परामर्शदाताहरू भन्दा संसदीय राजनीतिक शक्ति कैयौँ गुणा प्रभावकारी हुन्छ, किनभने शासनव्यवस्था चेस जस्तो सत्ता खेल मात्र होइन ।