राजनीति | विचार
पुस्तान्तर, लोकतन्त्र र नेतृत्व
पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक संस्कार
विकास गर्न अहिलेदेखि नै मेहनत नगर्ने हो भने सत्ता जतिचोटि फेरिए
पनि जनताको सपनामाथि अश्लील ठट्टा मात्रै भइरहेछ ।
•
सरोज धिताल

किरण पाण्डे |
नेपालको लोकतान्त्रिक
आन्दोलनले विस्तारै गति लिँदैछ । १९ माघपछि 'अब राजाको
सुशासनले रामराज्य दिनेछ' भनी आशा गर्ने एकथरी मानिसहरूको भ्रम मेटिँदैछ
भने जानेर नजानेर राजावादी हुन पुगेका नयाँ-पुराना, स्थायी-अस्थायी
राजावादीहरूको पनि मोह भङ्ग हुन थालेको छ । केही असल मानिसहरू- जो
राजाकै कित्तामा पो गइसकेका हुन् कि भन्ने भान पर्ने गरी 'राजाले मसँग
यसरी त्यत्रो बेर बोले' भनेर दङ्ग पर्न थालेका थिए वा परिस्थिति र
वातावरणको प्रभावमा परेर दलका नेताहरूलाई गाली गर्ने निहुँमा निरङ्कुशताको
जयजयकार गर्न थालिसकेका थिए- ती पनि अहिले अलि अलि लजाउँदै वा पश्चाताप
नै गरेजस्तो गरी कित्ता फेरेर लोकतन्त्रको पक्षमा उभिन चाहे जस्ता
देखिन थालेका छन् । आफ्नो स्वार्थका लागि काम लाग्ने रहेछ भने जतिसुकै
क्रूर, जस्तोसुकै तानाशाहीलाई पनि बोकेर हिँड्ने अन्तर्रर्ााट्रय शक्तिहरू
पनि नेपालको निरङ्कुश राजतन्त्रको र्समर्थन गर्न लजाइरहेका छन् । दम्भको
अनौठो अभिव्यक्ति र तीव्र लिप्साको नाङ्गो पर््रदर्शन, अनि जानी नजानी
जनताका अगाडि गरेका वाचाहरू एउटै पनि पूरा गर्न नसकेका अधिनायक आफ्नै
वरिपरि अविश्वासको कुहिरो सिर्जना गर्दै लोकतान्त्रिक आन्दोलनलाई मलजल
गरिरहेका छन् । यो सबको एउटै मात्र तार्किक अर्थ निस्किन्छ- मानव इतिहासको
दिशा र गतिसँग बिल्कुलै मेल नखाने नेपाली राजतन्त्र कुनै न कुनै किसिमले
कुनै न कुनै दिन जान्छ नै ।
तर लोकतन्त्र भनेको राजतन्त्रको अन्त्य मात्रै हैन ।
एउटा असल संविधानले, एउटा असल राज्य प्रणालीले गर्ने भनेको त लोकतन्त्र
पथको ठूलो फलामे ढोका खोलिदिने मात्रै हो । त्यो ढोकामा प्रवेश गर्नुभन्दा
अगाडिदेखि नै बोकेर ल्याइएका खराबीहरूमाथि जनताको चेतना र शक्तिले
निरन्तर विजय प्राप्त गर्दै जानु अपरिहार्य हुन्छ । र, यस्ता विषवृक्षका
ठूटाहरू फेरि टुसाउने र मौलाउने ठाउँ भनेकै सत्ता संयन्त्र र त्यसको
वरिपरिका खेलाडी र त्यसका चालकहरूको दुनियाँ नै हो, सत्ता चलाउने पार्टर्ीी
नै हुन् ।
त्यसैले पार्टर्ीीत्रको आन्तरिक लोकतान्त्रिक संस्कार
विकास गर्न अहिलेदेखि नै मेहनत नगर्ने हो भने सत्ता जतिचोटि फेरिए
पनि जनताको सपनामाथि अश्लील ठट्टा मात्रै भइरहेछ । र, यथार्थ के हो
भने नेपालका सबै राजनीतिक पार्टर्ीीभित्र निरङ्कुशतावादी, सामन्तवादी,
'विधानवादी', 'रामराज्यवादी', 'सेलेब्रिटीवादी' जस्ता अलोकतान्त्रिक
संस्कारका बीउ छ्यास्छ्यास्ती भेटिन्छन् । कतिले त बलियो जरो नै गाडिसकेका
छन् । यिनका थुप्रै अभिव्यक्तिमध्ये एउटा अभिव्यक्ति हो- नयाँ पुस्तामा
नेतृत्व हस्तान्तरण गर्ने तीव्र अनिच्छा, अर्थात् 'हजुरबावाद' जो ठूला
पार्टर्ीी सर्वोच्च नेताहरूमा देखिन्छ । बाबुहरू नै घरको मूली हुने
हाम्रो जस्तो देशमा एउटा नेता र बाबुको भूमिका उस्तै उस्तै हुन्छ ।
बाबुहरू असल हुन सक्छन्, खराब हुन सक्छन् र बेढङ्गी हुन सक्छन् । नेताहरू
पनि असल हुन सक्छन्, खराब हुन सक्छन् र बेढङ्गी वा मर्ूख हुन सक्छन्
। दर्ुभाग्य के छ भने यो देशमा असल नेताहरू खोज्नु पर्यो भने यमलोक
नै पुग्नर्ुपर्छ भन्ने मान्यता छ । बाँचिरहेका नेताहरूबीच कोही असल
नेता छन् भने पनि ती सबैले देख्ने ठूला पार्टर्ीी सर्वोच्च नेताहरूबीच
देखिँदैनन्, वा देखिँदै नदेखिने स-साना दलहरूभित्र होलान् । तर सबै
दलका नेताहरू शैतानी प्रवृत्तिका, घिनलाग्दा र खराब छैनन् । अधिकांश
नेताहरू तेस्रो खाले अर्थात् बेढङ्गे र अलि अलि मर्ूख भने निश्चय नै
छन् । आ-आफ्ना आग्रह, अल्पज्ञान र 'मानवीय' कमजोरीका कारण ती राम्रो
गर्दैछु भन्ने भ्रममा नराम्रो गरिरहेका हुन्छन् ।
असल बाबु मायालु हुनर्ुपर्छ । असल बाबु गुणदर्शी र गुणग्राही
पनि हुनर्ुपर्छ, नयाँ पुस्ताको सशक्तीकरणमा सघाउन इच्छुक र सक्षम हुनर्ुपर्छ,
नयाँ पुस्तासँग मन खोल्न सक्ने र खुला हुनर्ुपर्छ । असल बाबुले यति
बुझन सक्नर्ुपर्छ कि, मानिसको पर्ूण्ातातर्फो यात्रा अविरल हुन्छ र
हरेक पुस्ताका पाइलाहरूलाई त्यो अविरल यात्रामा बढ्न सघाउने इच्छा
र प्रतिबद्धता हुनर्ुपर्छ उसमा । असल नेता पनि यस्तै हुनर्ुपर्छ ।
हाम्रा नेताहरू भन्छन्, ती आफ्ना कार्यकर्तालाई माया
गर्छन् । तर ती के बुझदैनन् भने, कार्यकर्तालाई माया गर्नु भनेको गमलाको
बिरुवालाई 'माया' गरेजस्तो हैन । आफूलाई मनपर्ने आकारको गमलामा बिरुवा
राखेर, यता काटेर, उता ठुट्याएर तारले बाँधेर 'बोन्र्साई' बनाउन माया
गर्नु जस्तो हैन कार्यकर्तालाई गरिने माया । साँच्चै माया गर्ने नेताले
घरमा पालेको बिरालोलाई माया गरेजस्तो पनि गर्दैन कार्यकर्तालाई- आफ्नो
रमाइलोको निम्ति 'सुरी, आ !' भन्दै कहिले खेलाउने, कहिले सुम्सुम्याउने,
कहिले माछाको टुक्रा फ्याँकिदिने गरेर । प्रेममा त माया गर्ने र माया
गरिने दुवैको सँगसँगै विकास हुन्छ । दुवैमा लुकेका सम्भाव्यताहरूले
फक्रने मौका पाउँछन् । साँच्चै माया गर्ने शिक्षकले विद्यार्थीहरूसँगै
आफू पनि नयाँ ज्ञान ग्रहण गर्छ, साँच्चै माया गर्ने बाबु छोराछोरीसँगै
आफू पनि हर्ुर्किन्छ, साँच्चै माया गर्ने नेता कार्यकर्ताहरूसँगै आफू
पनि परिस्कृत हुन्छ । अर्थात्, जो माया गर्छ, उसलाई थाहा हुन्छ आफ्ना
सीमाहरू, कमीहरू, त्यसैले अरूलाई माया गर्दागर्दै अरूलाई हर्ुर्किन
सघाउँदा सघाउँदै, आफ्नै अज्ञान, आफ्नै कमजोरी, आफ्नै आग्रहलाई पनि
नाघ्दै अघि बढ्छ । तर हाम्रा नेताहरूले आफ्ना कार्यकर्तालाई गर्ने
माया तिनले गमलाको फूललाई वा घरको बिरालोलाई माया गरेजस्तो हुन्छ ।
साँच्चै खराब नेता त नयाँ पुस्ता र कार्यकर्ताको कुभलो नै चिताउँदा
हुन् । हाम्रा नेता त्यस्ता खराब नहोलान्, तर बेढङ्गे त देखिन्छ नै
।
बूढा नेताहरू गुणदर्शी छैनन् । आफ्ना कार्यकर्ता वा
नयाँ पुस्ताका नेताहरूमा भएका गुणहरू देख्दैनन् । उनीहरूमा भएको गुण
ग्रहण नै गर्ने सामर्थ्य त झन् टाढाको कुरा भयो । नयाँ पुस्ताका मानिसलाई
हर्ेर्ने उनीहरूको धारणा एकदम 'औसत' छ । र, हरेक युगमा औसत धारणा भएका
बूढाहरू भन्ने गर्छन्, "अहिलेका ठिटाठिटीहरू यस्ता छन्- यिनले
के पो गर्लान् ।" जब कि इतिहास अघि बढ्ने जिउँदा मानिसहरूकै कारण
हो, र इतिहास अघि बढेर नै आजसम्म आइपुगेको छ । नयाँ पुस्ताप्रति अविश्वासले
ओठ लेप्य्राउँदै 'यिनको नेतृत्वमा कसरी सङ्गठन छोड्ने' भन्ने बूढा
नेताहरू आफ्नै विगत बिर्सन्छन् । ज्ञानको आफ्नो सीमाका कारण नयाँ पुस्ताको
सोचलाई बुझन सक्तैनन् र बुझने प्रयत्न पनि गर्दैनन् । हाम्रा नेताहरू
भन्छन्, उनीहरू सङ्गठनप्रति जिम्मेवार छन्, त्यसैले 'अनुत्तरदायी'
भएर नयाँ पुस्तालाई अलिकति पनि नेतृत्व सुम्पन चाहँदैनन् । तर यो सबका
पछाडि उनीहरूको त्रास लुकेको हुन्छ- स्वामित्व खुकुलो हुने, मुठ्ठी
खुकुलो हुने ।
नयाँ पुस्ताको सशक्तीकरण गर्नुको अर्थ उनीहरूमा भएको
खुबी, सम्भाव्यता र गुणहरूको पहिचान गरेर त्यसलाई फक्रन सघाउनु हो
। तर प्रायः यस्तो देखिँदैन । कि त कुनै पद दिएर त्यसैलाई 'नयाँ पुस्तालाई
शक्तिकृत गरेको' भनी उसलाई आफ्नै मुठ्ठीमा राख्ने गरेको देखिन्छ ।
कि भने अरूलाई शक्तिकृत गर्नु भनेको आफ्नो गिलासबाट अर्काको गिलासमा
पानी खन्याएजस्तो हो भन्ने धारणा देखिन्छ । शक्तिकृत गर्नु भनेको त
एउटा बत्तीले हजारौँ बत्ती बालेजस्तो हो, प्रकाशले आफैँलाई स्थापित
गरेजस्तो हो भन्ने बुझन अधिकांश नेताहरू असक्षम छन् । आफूजस्तो र अझ
आफैँभन्दा सक्षम नयाँ नेता जन्माउँदा नै आफू अमर भइन्छ भन्ने कुरा
पत्याउन उनीहरू विल्कुल चाहँदैनन् । उनीहरू जहिले पनि पिरामिडको टुप्पामा
स्थिर आसन ग्रहण गरिरहन चाहन्छन्, गतिमान र जीवनले भरिएको त्यो सुन्दर
पिण्ड बन्न चाहँदैनन्- जो मानिसहरूको बीच बाँच्छ, घुम्छ, आफ्नो र्स्पर्शले,
सान्निध्यले हरेकलाई शक्ति प्रदान गर्छ, गति प्रदान गर्छ र जीवनलाई
निरन्तरता दिन्छ ।
आफ्ना छोराछोरीलाई मित्र बनाउन सक्ने बाबु नै सफल बाबु
हुन्छ । तर ती बाबुहरू- जो आफ्ना छोराछोरीसँग खुल्न डराउँछन्, सधैँ
केही न केही कुरा आफ्ना सन्तानसँग लुकाइरहन्छन्- थाहै नपाई आफ्नो परिवारलाई
बर्बाद पारिरहेका हुन्छन् । हाम्रा अधिकांश नेता पनि युवापुस्ता र
कार्यकर्ताहरूसितको सम्बन्धमा यस्तै देखिन्छन् । राजनीतिक दलहरूभित्र
पारदर्शिताको अभाव जहिले पनि एउटा कुरुप व्यक्तिको रूपमा विद्यमान
छ ।
मानिस त्यसबेलासम्म साँच्चैको मानिस हुन्छ, साँच्चैको
जिउँदो हुन्छ- जबसम्म उसले आफ्नो जीवनलाई पर्ूण्ाता र सत्यतर्फो अविरल
यात्राको रूपमा लिन्छ । मान्छेले आफ्नो जीवनमा ल्याउन सक्ने सुन्दरता
नै यही अथक यात्रामा हुन्छ । तर हामीमध्ये अधिकांश बीचमै थाक्छौँ ।
हाम्रो जैविक शरीर त जिउँदै हुन्छ, तर थाकेर, अल्छी मानेर "मैले
जति सत्य प्राप्त गरेँ त्यति नै भए पुग्छ" भन्न थाल्छौँ अर्थात्
भन्छौँ । नेताहरू त यो अल्छीपनको, यो थकित मानिसकताका अझ उम्दा उदाहरण
हुन् । उनीहरू त आफ्नो अल्छीपनमा अझ बढेर सबैलाई भन्छन्, "सत्य
मसँगै छ, पर्ूण्ाता मसँगै छ, चाहिने ज्ञान मसँगै छ- मेरो पछि लाग-
म तिमीहरूलाई पुग्ने ठाउँसम्म पुर्याइदिन्छु ।" कति राम्रो हुन्थ्यो-
यदि हाम्रा नेताहरू आफ्नो दिमाग र हृदयलाई खुला राखेर निरन्तर उद्घाटित
हुँदै गएको सत्यलाई आत्मसात् गर्न र्समर्थ भए, आफ्ना आग्रहलाई पन्छाएर
युगको आवश्यकतालाई पूरा गर्ने अभ्यासमा इच्छुक हुनसके, नयाँ पुस्तामा
लुकेको सिर्जना र उज्यालोको चाहनाको बीउलाई सिञ्चित गर्न सक्ने भए
।
हाम्रा नेताहरू खराब छैनन् । तर राम्रो गरिरहेको छु
भन्ने भ्रममा नराम्रो गरिरहेका छन् शायद । त्यसैले उनीहरूलाई बुद्धिमान
भन्न सकिन्न । ढङ्ग नभएका यी नेताहरूको कारण नयाँ पुस्ता छटपटीमा आफ्नो
सिर्जनशीलताको होम गर्न बाध्य देखिन्छ ।
यति भनिसकेपछि, एकदिन सुस्ताएको बेला मेरो कानमा एउटा
आवाज गुञ्जिन्छ, "अरूलाई उपदेश दिन त जति पनि सजिलो छ, उपदेशले
के गरेको छ, आजसम्मको इतिहासमा -" अर्को आवाज भन्छ, "यो
विकासे शैलीको भाषणले के लर्छार्छ -" यस्ता आवाजहरूको जुलुसले
लगाउने नारा जहिले पनि "यथास्थितिवाद जिन्दावाद !" नै हुन्छ
। उज्यालोतर्फहर्ेन लजाउने अनुहारहरू अँध्यारोमै रमाउँछन्, सुन्दरतातर्फहर्ेन
आँट नगर्ने आँखा यथास्थितिवादकै फोहोरमा रमाउँछन् । सुन्दरता हर्ेन,
सुन्दर सपना देख्न, जीउन पनि आँट चाहिँदो रहेछ ।
हो ! हरेक युगमा प्रकारान्तरले अर्बौँ मानिसका ढुकढुकीले
भन्ने गरेका यी कुराहरूले सप्रिन सक्ने तर नचाहने आजका नेताहरूलाई
खासै प्रभाव नपर्ला । 'फू मन्तर !' गरे झैँ रातारात नेताहरूले काँचुली
नफर्ेलान् । तर उज्यालोतर्फदृढपाइला चालिरहेका सिर्जनशील नयाँ पुस्ताका
मान्छेले भने केही गर्न सक्छन् । त्यसमध्ये एउटा मलुवा चरित्रको तर
उपलब्धिमूलक काम भने अहिलेका सर्वोच्च नेताहरूलाई आश्वस्त पार्नु हो
जस्तो लाग्छ । "तपाईं ढुक्क हुनुुहोस्, तपाईंको नाम इतिहासमा
हामी सुनौलो अक्षरले लेखिदिन्छौँ ।" तपाईं ढुक्क हुनुहोस्, तपाईंको
जीवनकालभरि तपाईंका आवश्यकताहरू र सम्मानको हामी ख्याल राख्छौँ । चिन्ता
नलिनुस्, हामीले जानेका छौँ । चिन्ता नलिनुस् सत्यतर्फो तपाईंको यात्रालाई
हामी निरन्तरता दिन्छौँ ... ।" पुरानो पुस्तालाई आश्वस्त पार्ने,
उनीहरूलाई त्रस्त हुन नदिने, उनीहरूका स्वाभिमानलाई चोट नपारी बूढा
खुट्टाहरूमा फेरि शक्ति प्रवाह गरी अघि बढाउने अर्थात् माया गर्ने
सीप नयाँ पुस्ताले विकास नगरी भएन । र, यो एकदम सम्भव छ ।
|