हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५६/१५७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक समीक्षा

अविरल भावगङ्गामा नयाँ मैथिली कृति

केही दिन अगाडि एक दर्जन पुस्तक सँगसँगै जस्तो हात लागे । तीमध्ये नेपाल सम्बन्धी अङ्ग्रेजीमा लेखिएका तीन पुस्तकहरू समसामयिक विषयसँग सम्बन्धित छन्  । सशस्त्र द्वन्द्व, विकास तथा प्रजातन्त्रका बारेमा प्रतिवेदन शैलीमा लेखिएका पुस्तकहरू प्रकाशित गर्ने एक प्रकारको लहर नै चलेको छ अहिले  । दाताहरूको अभिरुचिलाई ध्यानमा राखेर तयार पारिएका यस्ता पुस्तकाकार प्रतिवेदनहरू प्रायः अङ्ग्रेजी भाषामै हुन्छन् ।

प्राप्त भएकामध्ये आधा दर्जन पुस्तक नेपालीमा छन् । एउटा उपन्यास तथा पाँच प्रबन्धग्रन्थहरूको अध्ययनले नेपाली भाषाको विद्यमान अवस्थालाई दर्शाउँछ । स्पष्टतः सिर्जनाभन्दा सोचले प्राथमिकता पाइरहेको छ नेपाली साहित्यमा । सङ्क्रमणकालबाट गुज्रिरहेको मुलुकका स्रस्टाहरू भावनाभन्दा वास्तविकताहरूप्रति बढी सचेत हुनु स्वाभाविकै हो । तर अचम्म ! यसैबीच प्राप्त भएका मैथिली भाषाका तीन वटै पुस्तक भने सङ्कलित वा सम्पादित कविता सङ्ग्रह छन् । तर्कभन्दा अझै पनि भावप्रधान छन्, मैथिलीका अभिव्यक्तिहरू । सम्पत्ति तथा प्रभावसँग जोडिएको अङ्ग्रेजी भाषामा वैचारिक मन्थनले प्राथमिकता पाएको छ । सरकार तथा सत्ताका दावेदारहरू बीचको बहस नेपाली भाषामा सञ्चालन हुनु स्वाभाविकै हो । त्यस्तै सिमान्त तथा वञ्चित समूहहरूका स्वर तथा अनुभूतिहरू कवितामा पोखिनु कुनै अनौठो कुरा होइन । कम्तीमा ५०० वर्षो गौरवशाली इतिहास बोकेको मैथिली साहित्यले आफ्नो स्वत्वलाई अहिले पनि पद्यमै जोगाइरहेको छ ।

यस पत्रिकाका सम्पादकको कोठा कविताका पुस्तकहरूले भरिभराउ हुन्छ । समीक्षाको अपेक्षाका साथ सम्पादकलाई पठाइएका अधिकांश
-झण्डै ७० प्रतिशत) पुस्तकहरू कविताका हुन्छन् । तर, अधिकांश रचनाकारहरू गद्यमा भन्न सकिने कुरालाई कवितामार्फ् व्यक्त गर्न खोजेर काव्यको प्राथमिक सिद्धान्तको अवहेलना गरिरहेका हुन्छन् । अभिव्यक्तिले माध्यम रोज्छ, त्यसैले गद्यमा भन्न सकिने कुरालाई पद्यमा ढाल्ने पण्डित्याइँ निर्रथक अभ्यास हो । कविता 'लेख्छु' भनेर लेख्न सक्ने कुरा होइन । कविता फुर्छ, कुनै अजस्र स्रोतबाट फुट्छ । कविको काम त्यस अलौकिक अभिव्यक्तिलाई लिपिबद्ध गर्नु मात्र हो । त्यसैले कविताको स्तर खुट्याउनु गाह्रो काम हो । लेख लेख्ने 'विद्वान्' लाई 'तपाईंको तथ्य, तर्क वा तुक मिलेन' भन्न अपेक्षाकृत सजिलो छ, तर कुनै कविलाई तपाईंको कविता त कविता जस्तो छैन भन्ने हिम्मत कविकै जीवनसाथी बाहेक अरू कसैले जुटाउन सक्दैन । कविताको वस्तुनिष्ठ वा मापक परिभाषा छैन ।

हुन त र्सवमान्य परिभाषा 'सत्य' को पनि छैन, तर त्यस शाश्वत प्रश्नको समिपवर्ती व्याख्या लगभग स्थापित भइसकेको छः तथ्यलाई तर्कको आगोमा पगाल्दा जे डढ्छ त्यो भ्रम हो; र जुन कुरा टल्किन थाल्छ त्यो सत्य हुनसक्छ । तर्कको राप कहिल्यै सकिँदैन । परस्पर विरोधी तथ्यहरू- गिलास आधा खाली हो वा आधा भरिएको -- पनि निरन्तर निर्माण भइरहेका हुन्छन्  । त्यसैले सत्यको खोज निश्चित निरन्तरता मात्र हो । जस्तो किर्ःर् इश्वर छन् - वा छैनन् - कसले के भन्न सक्छ । तर कविता छ, होमर छन्, दाँते छन्, मिल्टन छन्, कालीदास छन्, विद्यापति छन्, आदिकवि भानुभक्त नै छन्ः एक दिन नारद सत्यलोक... । परिभाषाको अमर्ूत मापक भन्दा पर्ूववर्ती महान कविहरूको पदचिन्ह झनै मायावी हुँदोरहेछ । प्रत्येक कविको अन्तस्करणमा कतै न कतै एउटा भाव लुकेको हुन्छः 'अर्को देवकोटा मै हुँ' भन्ने । तर प्रत्येक समीक्षक वा सम्पादकलाई लाग्छः अर्को वैरागी काइँला अरू जो सुकै भए पनि अहिले टेबुलमा खुलेको पुस्तकको रचनाकार भने त्यो पक्कै होइन । यस्तो विपरीत अनुभूति कविताको आधारभूत प्रवृत्तिसँगै जोडिएको छ । विश्लेषण वा संश्लेषणबाट नभएर कल्पनाको छलाङबाट जन्मिन्छ कविता  ।

पद्यमा पीडा
सिमान्तको स्वरले कविताको माध्यम रोज्ने व्यावहारिक कारणहरू छन् । गद्यले अनुशासन खोज्छ, परिश्रम माग्छ र एकाग्रताको दाबी गर्छ तर कविताका नाममा लेखिएका पङ्तिहरू प्रायशः फर्ुसदका व्यसनहरू हुन् । "हिजो बेलुकी अलि बिजुलीपानी बढी भएछ क्यारे, मलाई क्या गजबको गजल फुर्‍यो  । सुन्ने हो -" मोफसलतिर शनिबारको पप्लु वा फलास तास खेलमा सरकारी अधिकारीहरूका मुखारविन्दबाट यस्ता अभिव्यक्तिहरू मनग्गे सुनिन्छन्  । अर्को समस्या भाषिक जटिलतासँग सम्बन्धित छ । गद्यको विषय चयन, तथ्य सङ्कलन, तर्क संश्लेषण तथा प्रस्तुति संयोजनको सीप विकास गर्न वर्षौँसम्म निरन्तर प्रयत्न गरिरहनर्ुपर्दछ । तर हल्का वाहवाही लुट्ने तुकबन्दी जोड्न न त शब्दभण्डार ठूलो चाहिन्छ, न त शैली नै साह्रै परिष्कृत हुनर्ुपर्छ  । भाव भए पुग्छ, संवेदना तथा उर्जाको सङ्गम पनि छ भने झन् सुनमा सुगन्ध  । हुन त भन्ने गरिन्छ छन्दमा महारथ हासिल नगरेसम्म स्वच्छन्द कविता कोर्ने प्रयत्न नै दुस्साहस मात्र हो; तर विल्कुल 'नयाँ छन्द' को प्रयोगलाई कसले निषेध गर्न सक्छ र ! तर मैथिलीमा अझै पनि लयात्मक कविता बढी छन्  ।

धर्मेन्द्र विहृवलको मैथिली हाइकु सङ्ग्रह -एक समयक वात, हाईकु अध्ययन, नेपाल) भने आफ्नो किसिमको पहिलो कृति हो । विडम्बना, विरोधाभास तथा असङ्गतिका त्रासदीहरूलाई कमभन्दा कम शब्दमा समेट्न सक्ने हाइकु विद्या-रूखको बीउ जोगाउने एउटा यस्तो माध्यम हो, जसबाट पूरै जङ्गल पलाउन सक्छः समय आयो, दुःखसँगै आयो, गएन -पृष्ठ ३२) । वेदना हो कविता, असहृय छटपटी । हिन्दीका कवि सुमित्रा नन्दन पन्तले गाएका छन्ः वियोगी थियो होला पहिलो कवि, आह ! बाट जन्मियो होला गान । यहाँ 'वियोग' शब्दलाई सम्पर्ूण्ातामा बुझने हो भने वञ्चित र वहिष्कृत समूहहरू जतिको 'आह !' अरू कोसँग छ - श्रवण मुकारुङको बिसे नगर्चीको बयान -हिमाल १६-३२ साउन, २०६२) वेदनाको त्यस्तो पराकाष्ठा हो जहाँ दुःख र सुख बीचको भेद हराउँछ । नियन्त्रित पागलपन हो कविता । पेशाले राष्ट्रिय दैनिकको सम्पादक भएर काम गरिरहेका धर्मेन्द्र विहृवल पागल - यस प्रश्नको उत्तर खोज्न लक्ष्मीप्रसाद देवकोटा पढ्नुपर्ने हुन्छ ।

नाताले धीरेन्द्र-धर्मेन्द्र काका-भतिज हुन् । दुवै जना मैथिली साहित्यप्रति समर्पित । तर धीरेन्द्रको व्यसन नै पेशागत पहिचान पनि हो । उनी मैथिली रेडियो कार्यक्रम चलाउँछन् । गीत गाउँछन्  । र, कविता कोर्छन् । तर कविता भने नेपालीमा पनि कोर्छन् । शायद कविता भाषाभन्दा पनि भिन्न कुरा हो क्या रे; गीत, सङ्गीत, मर्ूर्ति, नृत्य, चित्र वा वास्तुकला जस्तै । सङ्गीतबाट उत्प्रेरित धीरेन्द्र प्रेमषिर्को गीत सङ्ग्रह -कोन सुर सजावी, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, काठमाडौँ) पनि निराशा, विरह एवं संवेदनामै सबभन्दा सुन्दर रूपमा फक्रिएको छ । लामो कालखण्डका रचनाहरू एउटै सङ्ग्रहमा आएकाले गीतहरू 'वफे' टेबलमा सजाइएका भाँतीभाँतीका परिकारहरू जस्ता देखिन्छन् । तर मूलतः विरह नै हो गान ।

तेस्रो मैथिली कविता सङ्ग्रह केही युवा भाषाकर्मीहरूको प्रकाशन प्रयास हो र त्यसले के देखाउँछ भने नयाँ पुस्तामा पनि कविता मोह यथावत् छ ।

कविता वाचनका चौतारीहरूमा अन्य भाषा एवं अनुदित पद्यहरूको श्रवण संस्कृति स्थापित नभएसम्म संस्कृत भाषाबाट लाभान्वित विद्यापति वा अङ्ग्रेजीबाट प्रोत्साहित देवकोटाका कविताहरू फेरि फेरि सुन्न पाइने छैनन् । खास गरेर आफ्नै घेराभित्र दङ्गदास भएर रमाइरहेका नेपाली भाषाका कविहरूले कम्तीमा नेपालका अन्य भाषाका कविताहरूसँग साक्षात्कार गर्नु जरुरी छ । त्यस अर्थमा मैथिलीका तीन वटै कविताका पुस्तकहरूको प्रकाशनलाई उत्साहबर्द्धक मान्नर्ुपर्दछ ।

सीके लाल

प्राप्त कृति

मैना
(नाटक-सङ्ग्रह)
नाटककारः पुष्प आचार्य
प्रकाशकः वीरेन्द्रनारायण श्रेष्ठ/ श्रीमती रेखा आचार्य, २०६१
पृष्ठः १००, मूल्यः रु.१००
गायनशैली
(गीत-सङ्गीतसम्बद्ध आलेख सङ्ग्रह)
लेखकः रामशरण दर्नाल
प्रकाशकः साझा प्रकाशन २०६१
पृष्ठः ९२, मूल्यः रु.६८
कुन्ती
(गजलकाव्य)
कविः शिव प्रणत
प्रकाशकः निर्माण व्यवसायी संघ, झापा, २०६१
पृष्ठः ६७±, मूल्यः रु.५१
डाक्टरको रोडम्याप
(निबन्ध-सङ्ग्रह)
लेखकः डा. अरुण सायमि
प्रकाशकः धुस्वां सायमि अभिनन्दन समारोह समिति, काठमाडौँ, २०६१
पृष्ठः ४४, मूल्यः रु.१००
मान्छेभित्र मान्छेको खोजी
(हाइकु-सङ्ग्रह)
कविः खनाल रेवतीरमण
प्रकाशकः त्रिवेणी साहित्य
परिषद्, नवलपरासी, २०६१
पृष्ठः १२४, मूल्यः रु.७५
नवलपरासीका समसामयिक गजल
(गजल-सङ्ग्रह)
प्रकाशकः नवलपरासी साहित्य परिषद, २०६१
पृष्ठः १३६, मूल्यः रु.७५
साम्यवादः हिजो र आज
(राजनीतिक लेख-सङ्ग्रह)
लेखकः प्रयागलाल श्रेष्ठ
प्रकाशकः कक्षपति अनुसन्धान तथा अध्ययन कक्ष, काठमाडौँ, २०६१
पृष्ठः १५१, मूल्यः रु.१२५
आधुनिक दासहरू
(निबन्ध-सङ्ग्रह)
लेखकः श्यामकृष्ण खुलिमुली
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. काठमाडौँ, २०६१
पृष्ठः ५९, मूल्यः रु.३०
बज्दैनन् शोकधुनहरू
(कविता-सङ्ग्रह)
कविः रमेश पोखरेल
प्रकाशकः परिवेश प्रकाशन प्रा.लि., काठमाडौँ, २०६१
पृष्ठः ३८, मूल्यः रु.३०
कम्मर दुखाइ
(स्वास्थ्य-चेतनासम्बन्धी पुस्तक)
लेखकः डा. अशोक बज्राचार्य
प्रकाशकः भुँडीपुराण प्रकाशन काठमाडौँ, २०६१
पृष्ठः ४८, मूल्यः रु.६०
यही उल्झनमा म पनि
(कविता-सङ्ग्रह)
कविः अजय अलौकिक
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँ, २०६१
पृष्ठः ८३, मूल्यः रु.४०
जिउन देऊ
(गीत-गजल-सङ्ग्रह)
रचनाकारः विक्रम क्रमशः
प्रकाशकः शेखर प्रकाशन, ललितपुर, २०६१
पृष्ठः ५२, मूल्यः रु.५०