पुस्तक समीक्षा
अविरल भावगङ्गामा नयाँ मैथिली कृति
केही दिन अगाडि
एक दर्जन पुस्तक सँगसँगै जस्तो हात लागे । तीमध्ये नेपाल सम्बन्धी
अङ्ग्रेजीमा लेखिएका तीन पुस्तकहरू समसामयिक विषयसँग सम्बन्धित छन्
। सशस्त्र द्वन्द्व, विकास तथा प्रजातन्त्रका बारेमा प्रतिवेदन शैलीमा
लेखिएका पुस्तकहरू प्रकाशित गर्ने एक प्रकारको लहर नै चलेको छ अहिले
। दाताहरूको अभिरुचिलाई ध्यानमा राखेर तयार पारिएका यस्ता पुस्तकाकार
प्रतिवेदनहरू प्रायः अङ्ग्रेजी भाषामै हुन्छन् ।
प्राप्त भएकामध्ये आधा दर्जन पुस्तक नेपालीमा छन् ।
एउटा उपन्यास तथा पाँच प्रबन्धग्रन्थहरूको अध्ययनले नेपाली भाषाको
विद्यमान अवस्थालाई दर्शाउँछ । स्पष्टतः सिर्जनाभन्दा सोचले प्राथमिकता
पाइरहेको छ नेपाली साहित्यमा । सङ्क्रमणकालबाट गुज्रिरहेको मुलुकका
स्रस्टाहरू भावनाभन्दा वास्तविकताहरूप्रति बढी सचेत हुनु स्वाभाविकै
हो । तर अचम्म ! यसैबीच प्राप्त भएका मैथिली भाषाका तीन वटै पुस्तक
भने सङ्कलित वा सम्पादित कविता सङ्ग्रह छन् । तर्कभन्दा अझै पनि भावप्रधान
छन्, मैथिलीका अभिव्यक्तिहरू । सम्पत्ति तथा प्रभावसँग जोडिएको अङ्ग्रेजी
भाषामा वैचारिक मन्थनले प्राथमिकता पाएको छ । सरकार तथा सत्ताका दावेदारहरू
बीचको बहस नेपाली भाषामा सञ्चालन हुनु स्वाभाविकै हो । त्यस्तै सिमान्त
तथा वञ्चित समूहहरूका स्वर तथा अनुभूतिहरू कवितामा पोखिनु कुनै अनौठो
कुरा होइन । कम्तीमा ५०० वर्षो गौरवशाली इतिहास बोकेको मैथिली साहित्यले
आफ्नो स्वत्वलाई अहिले पनि पद्यमै जोगाइरहेको छ ।
यस पत्रिकाका सम्पादकको कोठा कविताका पुस्तकहरूले भरिभराउ
हुन्छ । समीक्षाको अपेक्षाका साथ सम्पादकलाई पठाइएका अधिकांश
-झण्डै ७० प्रतिशत) पुस्तकहरू कविताका हुन्छन् । तर, अधिकांश रचनाकारहरू
गद्यमा भन्न सकिने कुरालाई कवितामार्फ् व्यक्त गर्न खोजेर काव्यको
प्राथमिक सिद्धान्तको अवहेलना गरिरहेका हुन्छन् । अभिव्यक्तिले माध्यम
रोज्छ, त्यसैले गद्यमा भन्न सकिने कुरालाई पद्यमा ढाल्ने पण्डित्याइँ
निर्रथक अभ्यास हो । कविता 'लेख्छु' भनेर लेख्न सक्ने कुरा होइन ।
कविता फुर्छ, कुनै अजस्र स्रोतबाट फुट्छ । कविको काम त्यस अलौकिक अभिव्यक्तिलाई
लिपिबद्ध गर्नु मात्र हो । त्यसैले कविताको स्तर खुट्याउनु गाह्रो
काम हो । लेख लेख्ने 'विद्वान्' लाई 'तपाईंको तथ्य, तर्क वा तुक मिलेन'
भन्न अपेक्षाकृत सजिलो छ, तर कुनै कविलाई तपाईंको कविता त कविता जस्तो
छैन भन्ने हिम्मत कविकै जीवनसाथी बाहेक अरू कसैले जुटाउन सक्दैन ।
कविताको वस्तुनिष्ठ वा मापक परिभाषा छैन ।
हुन त र्सवमान्य परिभाषा 'सत्य' को पनि छैन, तर त्यस
शाश्वत प्रश्नको समिपवर्ती व्याख्या लगभग स्थापित भइसकेको छः तथ्यलाई
तर्कको आगोमा पगाल्दा जे डढ्छ त्यो भ्रम हो; र जुन कुरा टल्किन थाल्छ
त्यो सत्य हुनसक्छ । तर्कको राप कहिल्यै सकिँदैन । परस्पर विरोधी तथ्यहरू-
गिलास आधा खाली हो वा आधा भरिएको -- पनि निरन्तर निर्माण भइरहेका हुन्छन्
। त्यसैले सत्यको खोज निश्चित निरन्तरता मात्र हो । जस्तो किर्ःर्
इश्वर छन् - वा छैनन् - कसले के भन्न सक्छ । तर कविता छ, होमर छन्,
दाँते छन्, मिल्टन छन्, कालीदास छन्, विद्यापति छन्, आदिकवि भानुभक्त
नै छन्ः एक दिन नारद सत्यलोक... । परिभाषाको अमर्ूत मापक भन्दा पर्ूववर्ती
महान कविहरूको पदचिन्ह झनै मायावी हुँदोरहेछ । प्रत्येक कविको अन्तस्करणमा
कतै न कतै एउटा भाव लुकेको हुन्छः 'अर्को देवकोटा मै हुँ' भन्ने ।
तर प्रत्येक समीक्षक वा सम्पादकलाई लाग्छः अर्को वैरागी काइँला अरू
जो सुकै भए पनि अहिले टेबुलमा खुलेको पुस्तकको रचनाकार भने त्यो पक्कै
होइन । यस्तो विपरीत अनुभूति कविताको आधारभूत प्रवृत्तिसँगै जोडिएको
छ । विश्लेषण वा संश्लेषणबाट नभएर कल्पनाको छलाङबाट जन्मिन्छ कविता
।
पद्यमा पीडा
सिमान्तको स्वरले कविताको माध्यम रोज्ने व्यावहारिक कारणहरू छन् ।
गद्यले अनुशासन खोज्छ, परिश्रम माग्छ र एकाग्रताको दाबी गर्छ तर कविताका
नाममा लेखिएका पङ्तिहरू प्रायशः फर्ुसदका व्यसनहरू हुन् । "हिजो
बेलुकी अलि बिजुलीपानी बढी भएछ क्यारे, मलाई क्या गजबको गजल फुर्यो
। सुन्ने हो -" मोफसलतिर शनिबारको पप्लु वा फलास तास खेलमा सरकारी
अधिकारीहरूका मुखारविन्दबाट यस्ता अभिव्यक्तिहरू मनग्गे सुनिन्छन्
। अर्को समस्या भाषिक जटिलतासँग सम्बन्धित छ । गद्यको विषय चयन, तथ्य
सङ्कलन, तर्क संश्लेषण तथा प्रस्तुति संयोजनको सीप विकास गर्न वर्षौँसम्म
निरन्तर प्रयत्न गरिरहनर्ुपर्दछ । तर हल्का वाहवाही लुट्ने तुकबन्दी
जोड्न न त शब्दभण्डार ठूलो चाहिन्छ, न त शैली नै साह्रै परिष्कृत हुनर्ुपर्छ
। भाव भए पुग्छ, संवेदना तथा उर्जाको सङ्गम पनि छ भने झन् सुनमा सुगन्ध
। हुन त भन्ने गरिन्छ छन्दमा महारथ हासिल नगरेसम्म स्वच्छन्द कविता
कोर्ने प्रयत्न नै दुस्साहस मात्र हो; तर विल्कुल 'नयाँ छन्द' को प्रयोगलाई
कसले निषेध गर्न सक्छ र ! तर मैथिलीमा अझै पनि लयात्मक कविता बढी छन्
।
धर्मेन्द्र विहृवलको मैथिली हाइकु सङ्ग्रह -एक समयक
वात, हाईकु अध्ययन, नेपाल) भने आफ्नो किसिमको पहिलो कृति हो । विडम्बना,
विरोधाभास तथा असङ्गतिका त्रासदीहरूलाई कमभन्दा कम शब्दमा समेट्न सक्ने
हाइकु विद्या-रूखको बीउ जोगाउने एउटा यस्तो माध्यम हो, जसबाट पूरै
जङ्गल पलाउन सक्छः समय आयो, दुःखसँगै आयो, गएन -पृष्ठ ३२) । वेदना
हो कविता, असहृय छटपटी । हिन्दीका कवि सुमित्रा नन्दन पन्तले गाएका
छन्ः वियोगी थियो होला पहिलो कवि, आह ! बाट जन्मियो होला गान । यहाँ
'वियोग' शब्दलाई सम्पर्ूण्ातामा बुझने हो भने वञ्चित र वहिष्कृत समूहहरू
जतिको 'आह !' अरू कोसँग छ - श्रवण मुकारुङको बिसे नगर्चीको बयान -हिमाल
१६-३२ साउन, २०६२) वेदनाको त्यस्तो पराकाष्ठा हो जहाँ दुःख र सुख बीचको
भेद हराउँछ । नियन्त्रित पागलपन हो कविता । पेशाले राष्ट्रिय दैनिकको
सम्पादक भएर काम गरिरहेका धर्मेन्द्र विहृवल पागल - यस प्रश्नको उत्तर
खोज्न लक्ष्मीप्रसाद देवकोटा पढ्नुपर्ने हुन्छ ।
नाताले धीरेन्द्र-धर्मेन्द्र काका-भतिज हुन् । दुवै
जना मैथिली साहित्यप्रति समर्पित । तर धीरेन्द्रको व्यसन नै पेशागत
पहिचान पनि हो । उनी मैथिली रेडियो कार्यक्रम चलाउँछन् । गीत गाउँछन्
। र, कविता कोर्छन् । तर कविता भने नेपालीमा पनि कोर्छन् । शायद कविता
भाषाभन्दा पनि भिन्न कुरा हो क्या रे; गीत, सङ्गीत, मर्ूर्ति, नृत्य,
चित्र वा वास्तुकला जस्तै । सङ्गीतबाट उत्प्रेरित धीरेन्द्र प्रेमषिर्को
गीत सङ्ग्रह -कोन सुर सजावी, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, काठमाडौँ)
पनि निराशा, विरह एवं संवेदनामै सबभन्दा सुन्दर रूपमा फक्रिएको छ ।
लामो कालखण्डका रचनाहरू एउटै सङ्ग्रहमा आएकाले गीतहरू 'वफे' टेबलमा
सजाइएका भाँतीभाँतीका परिकारहरू जस्ता देखिन्छन् । तर मूलतः विरह नै
हो गान ।
तेस्रो मैथिली कविता सङ्ग्रह केही युवा भाषाकर्मीहरूको
प्रकाशन प्रयास हो र त्यसले के देखाउँछ भने नयाँ पुस्तामा पनि कविता
मोह यथावत् छ ।
कविता वाचनका चौतारीहरूमा अन्य भाषा एवं अनुदित पद्यहरूको
श्रवण संस्कृति स्थापित नभएसम्म संस्कृत भाषाबाट लाभान्वित विद्यापति
वा अङ्ग्रेजीबाट प्रोत्साहित देवकोटाका कविताहरू फेरि फेरि सुन्न पाइने
छैनन् । खास गरेर आफ्नै घेराभित्र दङ्गदास भएर रमाइरहेका नेपाली भाषाका
कविहरूले कम्तीमा नेपालका अन्य भाषाका कविताहरूसँग साक्षात्कार गर्नु
जरुरी छ । त्यस अर्थमा मैथिलीका तीन वटै कविताका पुस्तकहरूको प्रकाशनलाई
उत्साहबर्द्धक मान्नर्ुपर्दछ ।
•
सीके लाल
प्राप्त
कृति
 |
मैना
(नाटक-सङ्ग्रह) नाटककारः पुष्प आचार्य
प्रकाशकः वीरेन्द्रनारायण श्रेष्ठ/ श्रीमती
रेखा आचार्य, २०६१ पृष्ठः १००, मूल्यः
रु.१०० |
|
 |
गायनशैली
(गीत-सङ्गीतसम्बद्ध आलेख सङ्ग्रह) लेखकः रामशरण
दर्नाल प्रकाशकः साझा प्रकाशन २०६१
पृष्ठः ९२, मूल्यः रु.६८ |
|
 |
कुन्ती
(गजलकाव्य) कविः शिव प्रणत प्रकाशकः
निर्माण व्यवसायी संघ, झापा, २०६१ पृष्ठः
६७±, मूल्यः रु.५१ |
|
 |
डाक्टरको रोडम्याप
(निबन्ध-सङ्ग्रह) लेखकः डा. अरुण सायमि
प्रकाशकः धुस्वां सायमि अभिनन्दन समारोह
समिति, काठमाडौँ, २०६१ पृष्ठः ४४,
मूल्यः रु.१०० |
|
 |
मान्छेभित्र मान्छेको
खोजी
(हाइकु-सङ्ग्रह) कविः खनाल रेवतीरमण
प्रकाशकः त्रिवेणी साहित्य
परिषद्, नवलपरासी, २०६१ पृष्ठः १२४,
मूल्यः रु.७५ |
|
 |
नवलपरासीका समसामयिक
गजल
(गजल-सङ्ग्रह) प्रकाशकः नवलपरासी
साहित्य परिषद, २०६१ पृष्ठः १३६, मूल्यः
रु.७५ |
|
 |
साम्यवादः हिजो
र आज
(राजनीतिक लेख-सङ्ग्रह) लेखकः प्रयागलाल
श्रेष्ठ प्रकाशकः कक्षपति अनुसन्धान
तथा अध्ययन कक्ष, काठमाडौँ, २०६१ पृष्ठः १५१,
मूल्यः रु.१२५ |
|
 |
आधुनिक दासहरू
(निबन्ध-सङ्ग्रह) लेखकः श्यामकृष्ण
खुलिमुली प्रकाशकः विवेक सिर्जनशील
प्रकाशन प्रा.लि. काठमाडौँ, २०६१ पृष्ठः ५९,
मूल्यः रु.३० |
|
 |
बज्दैनन् शोकधुनहरू
(कविता-सङ्ग्रह) कविः रमेश पोखरेल
प्रकाशकः परिवेश प्रकाशन प्रा.लि., काठमाडौँ,
२०६१ पृष्ठः ३८, मूल्यः रु.३० |
|
 |
कम्मर दुखाइ
(स्वास्थ्य-चेतनासम्बन्धी पुस्तक) लेखकः डा.
अशोक बज्राचार्य प्रकाशकः भुँडीपुराण
प्रकाशन काठमाडौँ, २०६१ पृष्ठः ४८,
मूल्यः रु.६० |
|
 |
यही उल्झनमा म पनि
(कविता-सङ्ग्रह) कविः अजय अलौकिक
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि.,
काठमाडौँ, २०६१ पृष्ठः ८३, मूल्यः
रु.४० |
|
 |
जिउन देऊ
(गीत-गजल-सङ्ग्रह) रचनाकारः विक्रम
क्रमशः प्रकाशकः शेखर प्रकाशन, ललितपुर,
२०६१ पृष्ठः ५२, मूल्यः रु.५० |
|
|