| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
"दुर्भाग्यवश हामीले सुन्छौँ, केही विदेशी
पैसाको खोलो बगाएर यो स्थलमा र यो थलोमा केही न केही नचाहिँदा कुरा
भैराख्या' छ ।"
-श्री ५ ज्ञानेन्द्र
(गोर्खापत्र, ७ असोज, २०६२)
"राजाले विदेशी पैसाको खोलो बगेको भनेर के
भन्न खोजेका हुन् मैले बुझेको छैन । दातृ संस्थाले दिएको पैसा पारदर्शी
हुन्छ । राजाको यो भनाइ कोतर्फलक्षित छ, म स्पष्ट छैन ।"
-इयान मार्टिन,
राष्ट्रसंघीय मानवअधिकार उच्चायोग प्रमुख ।
(कान्तिपुर दैनिक, १३ असोज, २०६२)
अङ्क
र अर्थ
१०%
नेपाललाई पर्यटकीय गन्तव्य बनाउन चाहने भारतीय पर्यटक । अष्ट्रेलिया
र बेलायत घुम्न रहर गर्ने भारतीय पर्यटकहरूको सङ्ख्या पनि १०-१० प्रतिशत
नै छ । १७ प्रतिशत भारतीय पर्यटकले सिङ्गापुरलाई गन्तव्यका रूपमा छनोट
गरे भने १४ प्रतिशतले दर्ुबई तथा स्वीट्जरल्याण्ड ।
स्रोतः द इकोनोमिक टाइम्स्
४५.९ %
नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्ने जोडी । तर परिवार नियोजनका
साधनबारे थाहा पाउने महिलाहरूको सङ्ख्या भने ७३.७ प्रतिशत रहेको छ
।
स्रोतः आजको अभियान साप्ताहिक
हिँड्दा-हिँड्दै

मीन बज्राचार्य |
मोबाइल फोनको गुणस्तरलाई लिएर चर्को आलोचना
खेपिरहेका नेपाल टेलिकमका महाप्रबन्धक सुगतरत्न
कंसाकार भन्छन्- दुई साता भित्र सबै समस्या समाधान हुन्छ ।
मोबाइल फोनको हालत किन यस्तो
?
हामी सेवा विस्तार गरिरहेका छौँ । यसका लागि 'टावर' थप्ने, 'फ्रिक्वेन्सी'
मिलाउने काम भइरहेको छ । प्राविधिक कारणले केही समस्या परेको हो भन्ने
बाध्यता बुझििदन म आग्रह गर्छु । घरमा तला थप्दा, सिँढी फोहोर भए जस्तै
हो, यो समस्या धेरै दिन रहन्न ।
प्रतिस्पर्धी कम्पनी आएकै बेला
मोबाइलको गुणस्तर ध्वस्त हुनुमा अरू कुनै कारण त छैन ?
छैन, छैन । संयोग मात्रै हो । हाम्रो सेवा विस्तारको कार्यक्रम र स्पाईस
सेलको सेवा आरम्भसँगै भएकोले यस्तो प्रश्न उठ्नु स्वाभाविकै हो । तर,
१५ दिनअघि भन्दा अहिले धेरै सुधार भइसक्यो । आउने दर्ुइ हप्तापछि यो
समस्यै रहन्न ।
मेरो मोबाइललाई 'इन्टर कनेक्सन'
किन नदिएको ?
हामीले नदिएको होइन । परीक्षणका लागि हामी र उहाँहरूबीच एकआपसमा आवद्ध
गर्ने प्रणाली -इ-वान कनेक्सन) कायम छ । तर, 'कमर्शियल लञ्च' गर्न
उहाँहरू र हामीबीच सम्झौता नभएकोले यो सम्भव नभएको हो । के कति पैसामा
सहमति गर्ने भन्ने कुरा मिलेको छैन । तर अब आएर लगभग सैद्धान्तिक सहमति
भएको छ । दुवैतर्फा सञ्चालक समितिले पास गरेपछि यो समस्या हट्छ ।
सिडिएमए प्रविधिबाट फोन वितरण
गर्न नपाएर तपाइँहरूले यो अवरोध गरेको त होइन ?
हैन । हामीले यो प्रविधिका लागि ७५ करोड लगानी गरिसकेका छौँ । फेरि
टेलिफोन वितरणसँग जोडिएका धेरै विकृतिहरूको समाधान हो यो । नयाँ टेलिफोन
लिन वर्षौँ कर्ुर्नुपर्ने, ठाउँ र्सार्न महिनौँ पर्खनुपर्ने लगायतका
समस्याको समाधान हो 'सिडिएमए प्रविधि' । त्यसकारण हामीले त्यो वितरण
गर्न पाउनर्ुपर्छ भनेका हौँ ।
|