हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५६/१५७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

नागरिकका नेता


मीन बज्राचार्य

केही महिना अगाडिसम्म पनि डा. देवेन्द्रराज पाण्डे एक 'सिनिकल' व्यक्तित्वमा दरिन्थे, जुनसुकै अग्रगामी कुरालाई पनि 'काम लाग्दैन', 'हुँदैन', 'म त सक्तिनँ' भन्थे  । २०४६ सालको आन्दोलनमा अग्रगामी भूमिका खेलेपश्चात् कृष्णप्रसाद भट्टर्राईको अन्तरिम सरकारमा अर्थमन्त्री समेत भएका डा. पाण्डे आफ्नै पार्टर्ीीोलेर असफल भएपछि विकास सम्बन्धी किताब र क्रियाकलाप लेख्नेबाहेक व्यवसायी जीवनबाट आफूले अवकाश लिएको बताउँथे ।

'१९ माघ' मा आफ्नी छोरीसँग अमेरिकामा थिए डा. पाण्डे  । त्यो प्रतिकूलतामा धेरै जुझारु भनिनेहरू विदेशतिर ओइरो लागेकै बेला उनी भने सीधै मातृभूमितिर हान्निए । कृष्ण पहाडी, डा. महेश मास्केजस्ता रैथाने जुझारुहरूसँग मिलेर 'सिटिजेन्स् मुभमेन्ट फर पीस एण्ड डेमोक्रेसी' भन्दै आकार नभएको, सदस्यता पनि निरन्तर बाक्लिने र खुम्चने 'नागरिक आन्दोलन' को डा. पाण्डे नेतृत्व गर्न पुगे । यसलाई नितान्त जनतामुखी आन्दोलन बनाउन उनी तल्लीन छन् । औपचारिक संस्था र पदाधिकारी नभएको आन्दोलनको नेतृत्व गर्न उनको रणनीतिक 'इन्टर्रपर्सनल' कौशलले ठूलो भूमिका निर्वाह गरेको छ । "राजनीति गर्ने काम हाम्रो होइन, जनताको लोकतन्त्रको पक्षको बोली सुनियोस् भन्ने मात्र हाम्रो चाहना हो" भन्छन् डा. पाण्डे, जसको देशव्यापी दौडाहाले उनी र उनका सहयोगीलाई नयाँबानेश्वर, वसन्तपुर, पाटन दरबार स्क्वायर, विराटनगर, महेन्द्रनगर, बुटबल, कर्ीर्तिपुर र नुवाकोट पुर्‍याइसकेको छ ।


अविच्छिन्न दौड


अजय जोशी

"चिन्नुहुन्छ निर्मलालाई - मेरी छोरी हो नि !" दर्ुगम बाजुराको कोल्टीमा हिमाल प्रतिनिधिसँग छाती गमक्क फुलाएर घमण्डबहादुर भारतीले तेइस वषर्ीया चर्चित धाविकाको बखान गरे, "७९ पदकमध्ये ४० त स्वर्ण्र्ााजतेकी छ ।" बरु निर्मला भारतीलाई याद रहेनछ पदकको सङ्ख्या । भनिन्, "खै कति पाएँ कति !" लामो दूरीको महिला दौडमा राम्रो सम्भावना देखाएकी छन् निर्मलाले, साउन यतामात्रै ५, १० र २१ किलोमिटर दौडमा नयाँ कर्ीर्तिमान खडा गरेर । कक्षा पाँचमा हुँदै उनले दौडिन शुरु गरिन्, ७ कक्षामा पुग्दा सातौँ साफ गेममा छानिइन् । सन् १९९५ मा स्वीडेनमा भएको वर्ल्ड च्याम्पियनशिपमा सबैभन्दा सानी धाविका उनै थिइन् । महेन्द्र पुलिस क्लबमार्फ् नेपाल प्रहरीमा सम्बद्ध हुँदा उनको उमेर नपुगेर चार वर्षबढाइएको थियो ।

नौ वर्षबित्दा पनि छोरीको पदोन्नति नभएकोमा पिता घमण्ड खिन्न भए पनि निर्मला सन्तुष्ट छिन् । भन्छिन् "खेलाडीका निम्ति पदभन्दा महत्त्वपर्ूण्ा गेम हो नि !" खेल्नकै निम्ति घमण्डले छोरीलाई काठमाडौँ ल्याएर डेरामा राखिदिएका थिए । "बुबाले आफ्नो खेल्ने रहर मलाई खेलाडी बनाएर पूरा गर्न चाहनुहुन्थ्यो," सम्पर्ूण्ा श्रेय पितामै अर्पित गर्दै निर्मला भन्छिन्, "मैले त्यही सपना पूरा गरिदिएकी हुँ ।" आउँदो कात्तिकमा थाइल्याण्डमा हुने प्रतियोगिताको तयारीका निम्ति दशैँमा घर नजाने भएकी छन् निर्मला । प्रेरणा पिताको भए पनि सफलताको स्रोत भने उनको यही अविच्छिन्न र अटुट लगन नै हो ।