हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५६/१५७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

फेशन
रहर यौवन उजागर

किरण नेपाल


तस्बिरहरूः किरण पाण्डे

राजधानीको जीवनशैलीको एउटा आकर्षा भएको छ, 'फेशन-शो' । हरेक साता नयाँ नयाँ पहिरन-पर््रदर्शनी आयोजना भइरहेका छन् । २४-२८ भदौमा इण्डियन एजुकेशन सेण्टर अफ फेशन डिजाइनिङ एण्ड इण्टेरियर डेकोरेशन -आइइसी) ले त 'सनसिल्क फेशन सप्ताह-२००५' नै आयोजना गर्‍यो । सो अवसरमा विभिन्न फेशन इन्स्िटच्युटसम्बद्ध विद्यार्थी तथा पेशेवर गरी ७९ डिजाइनरहरूका ७०० भन्दा बढी पहिरनहरू पर््रदर्शन गरिए । सनसिल्क-सप्ताहको 'हृयाङओभर' ओर्लन नपाउँदै इण्डियन इन्स्िटच्युट अफ फेशन डिजाइनिङ -आईआईएफटी)को काठमाडौँ-प|mेञ्चाइजले पर्ूव मिस इण्डिया मेहर भासिन लगायतका भारत तथा नेपालका मोडल सम्मिलित पर््रदर्शनी सम्पन्न गर्‍यो ।

केही समय यता बाक्लै हुन थालेका यस्ता पर््रदर्शनीलाई अभिजात्य वर्गको मनोरञ्जनका रूपमा व्याख्या गर्नेहरू पनि प्रशस्त छन्  । तर पर््रदर्शनीमार्फ् र्सार्वजनिक गरिने पहिरनहरूको बजार 'आर्श्चर्यलाग्दो' बनिसकेको छ । शहरिया समाजको अनिवार्य अङ्ग बनिसकेको छ, फेशन । यसमा हजारौँको रोजीरोटी गाँसिएको छ, करोडौँको व्यापार भइरहेको छ । काठमाडौँमा खुलेका २०० भन्दा बढी बुटिकहरूमार्फ् मिलान, म्याडि्रड जस्ता युरोपेली शहरका फेशन पनि तत्काल स्थानीय बजारमा भित्रिन थालेका छन् । विश्वबजारमा चलेका डिजाइन लगाउन अब नेपालीहरूले कुनै साइत पर्खनुपर्दैन । भारतीय टेलिसिरियलका पात्रहरूका परिवर्तनशील पहिरन बुटिकहरूमार्फ् नेपाली समाजमा र्सलक्कै भित्रिसकेका छन् । कसौटी जिन्दगी की की पात्र कोमलिकाले लगाएझैँ ढाड देखिने ब्याकलेश ब्लाउज र सास भी कभि बहु थी की तुलसीझैँ उल्टो सप्को पारेर सारी लगाउने महिलाहरूको कमी छैन, नेपाली शहर-बजारमा  ।


सनसिल्क फेशन सप्ताहमा सहभागी एक मोडल।

कुनाकानी निस्किएको, कट्ससहितको पहिरन नेपाली महिलाहरूबीच लोकप्रिय पछिल्लो फेशन हो । झट्ट हर्ेदा अमिल्दो, अनौठो देखिने आकार, यो डिजाइनका पोशाकहरूको विशेषता हो । यसमा प्याण्टमाथि टप र्-र्सट, टिर्सट, व्लाउज) हुनसक्छ; र्स्कर्ट, कर्ुता वा पार्टर्ीीाउनको फेरो समेत चुच्चे, कुनाकानीयुक्त देखिन सक्छ । सैतीस वर्षेखि फेशन डिजाइनमा संलग्न, नमुना फेशन इन्स्िटच्युटकी प्रमुख ज्ञानीशोभा तुलाधर भन्छिन्, "प्राचीन इजिप्टमा नजानेर जसोतसो काट्कुट गरिएका पहिरनहरू नै आज प्रयोगमूलक फेशनका अङ्ग बनेका छन् ।"

औपचारिक/अनौपचारिक पोशाकमा टिनएजरदेखि कामकाजी युवतीसम्म प्याण्ट र टप लोकप्रिय छन् । अधबैँसे महिलाहरूबीच खुबै चलेको छ चुडिदार सलवार कर्ुथा । सादा वा इम्ब्रोइडेड सारीमा पछिल्तिर तुना मात्र रहेको ब्याकलेश ब्लाउज पनि उत्तिकै रुचाइन्छ आजभोलि । चम्किलो रंग नेपाली नारीहरूको पछिल्लो रोजाइ हो । जमघटहरूमा 'जस्तो पहिरन, त्यस्तै गहना' लगाउन उनीहरू सिपालु बनिसकेका छन् । हुँदाहुँदा कम्मर तथा त्रि्राको आकार देखिने गरी कसिलो सारी बाँध्न रुचाउने फेशन-पारखीहरू पनि प्रशस्त देखिन थालेका छन् । रुचि न हो, 'जस्तो सारी, उस्तै ब्लाउज' अर्थात 'म्याचिङ'को सट्टा पहेँलो सारीमा रातो, रातोमा कालो वा कालोमा रातो ब्लाउज अर्थात् 'कन्ट्रास्ट' समेत रुचाइन थालेको छ ।

प्रभावको परिणाम
डेढ सय वर्षघिसम्म नेपाली फेशन आफ्नै चौघेरामा सीमित थियो । राणा प्रधानमन्त्री जङ्गबहादुरको बेलायत यात्रापछि मात्र अङ्ग्रेजी तथा मुगल पहिरनले हामीकहाँ प्रवेश पाएका हुन् । र्सटप्यान्ट तथा इम्ब्रोएडेड सारीमा सजिएका राणाहरूका तस्बिरले समेत यसको पुष्टि गर्छन् । डिजाइनर राजेश धाख्वा भन्छन्, "ब्रिटिशहरूको सुटप्याण्ट तथा मुगलहरूको चम्किलो पहिरनबाट प्रभावित भएरै राणाहरूले यी दुवै खाले पोशाक अपनाएका हुनसक्छन् ।"

त्यतिखेर भित्रिएका विदेशी पहिरन लामो समयसम्म शासक र तिनका नजिकका घरानाहरूमा मात्र सीमित रहे । जनतासामु कमिज, सुरुवाल र चौबन्दी-फरियाको विकल्प थिएन । आयातित पहिरनले २००७ सालको राजनीतिक परिवर्तनपछि मात्रै आमजनताकहाँ व्यापकता पायो । विदेशीहरूको आगमन र शिक्षाको विस्तारसँगै शहरिया पुरुषहरू प्याण्ट-बर्ुर्सटमा आए भने महिलाहरू सारी-चोलो लगाउन थाले । अनि, किशोरीहरूका भागमा आए लामा प|mक ।

हिन्दी सिनेमाको आगमनले यहाँको फेशन-रोजाइमा क्रान्ति नै ल्यायो भन्दा अन्यथा हुँदैन । सारी र सुरुवाल-कर्ुथा आम शहरिया महिलाहरूका प्रिय पहिरन बने । शुरुमा पञ्जाबी अनि चुडिदार कर्ुथा सुरुवालसँगै बनारसी सारी तथा कश्मिरी शलको फेशन चल्यो । ज्ञानीशोभा तुलाधर भन्छिन्, "सन् ६० को दशकका भारतीय अभिनेत्रीहरू आशा पारेख, सायरा बानो, साधना, नन्दालाई सुरुवाल कर्ुथामा देखेपछि नेपाली युवतीहरूले यो पहिरन अपनाएका हुन् ।"


कोपुण्डोल, ललितपुरस्थित चाहत बुटिक 

सन् ७० को दशकका नितु सिंह, डिम्पल कपाडिया, परविन बाबी, जिनत अमानमार्फ् नेपाली महिलाहरूको रोजाइमा परे शर्ट-प्याण्ट, कर्ुर्कुच्चासम्मको मिडी र मुजैमुजा परेको र्स्कर्ट-ब्लाउज । र, यही फेशनमार्फ् नेपाली महिलाहरूले पहिलो पटक आफ्नो पेट र्सार्वजनिक गरे । सँगसँगै भित्रियो बेलीबटन, प्यारालल, फ्लेयर, टाइट प्याण्टहरूको फेशन । कर्ुर्कुच्चासम्मको र्स्कर्ट लङ, हाफ र मिनी हुँदै त्रि्रा देखिने माइक्रोर्स्कर्टसम्म आइपुग्यो । नमूनाकी तुलाधरका अनुसार प्याण्टमाथि पेट देखाएर शर्ट बाँध्नुपर्ने फेशन अपनाएपछि नेपाली महिलाहरू कहिल्यै पछाडि फर्केनन् ।

सारीको डिजाइन पनि फेरिँदै गयो । हिन्दी सिनेमा 'ब्रहृमचारी' की नायिका मुमताजले तलैबाट बर्ेर्दै लगाएको सारी मन पराउने महिलाहरू जति थिए, त्यति नै थिए नायिका नुतनले झैँ मुजा पारिसकेपछि कम्मरमा घुसारेर मात्र आँचल निकाल्ने महिला । रानी ऐर्श्वर्यले तत्कालीन युवराज दीपेन्द्रको ब्रतबन्धमा पछाडि मुजा पारेर लगाएको सारी केही समयका लागि राजधानीका अभिजात्य महिलाहरूबीच फेशन बन्यो । चौबन्दीबाट ब्लाउज भएको चोलोले समेत पटक पटक काँचुली फेर्‍यो । चोलो थ्री क्वार्टर, हाफ, क्याप स्लिभ हुँदै काखी र पाखुरा देखिने स्लिभलेससम्म पुग्यो । यसको गला पनि हाइनेक, हाफनेक हुँदै पिठ्यूँ र वक्षको चिरा -क्लिभेज) देखिने गरी ब्याकलेश र खुला डिजाइनमा आइपुग्यो ।

प्रजातन्त्रको पुनःस्थापनापछि नेपाली फेशन बजारमा ठूलै हलचल आएको, रेडिमेड डिजाइनका पहिरनहरूको माग हृवात्तै बढेको फेशन पारखीहरूको अनुभव छ ।

प्रिय बन्दैछ बुटिक
डिजाइनरहरूको भनाइमा शहरबजारको फेशन हरेक २-३ महिनामा परिवर्तन भइरहन्छ  । अन्तर्रर्ााट्रय बजार, मौसम, संस्कृति, सामाजिक रहनसहन, चाडबाड आदिले फेशनलाई प्रभावित पार्छन् । र, त्यसैअनुरुप आउँछन् अनौपचारिक पोशाक -क्याजुअल ड्रेस)का डिजाइन । युवायुवतीले अत्यधिक रुचाउने क्याजुअल ड्रेस जिन्स-टिशर्टमा धेरै परिवर्तन आएको छैन । तर भिन्न देखिनका लागि नयाँ डिजाइनका पोशाक बनाउन बुटिक जानेहरूको सङ्ख्या भने बढ्दो छ ।


राजधानीका युवतीहरूमाझ यौवन झल्काउने पहिरनहरू लोकप्रिय छन् ।

डेढ दशकअघिसम्म बुटिकहरू राजधानीका अभिजात्य वर्गहरूबीच सीमित थिए । नेपाल बस्ने विदेशी, कूटनीतिज्ञ र तिनको सिको गर्ने तथा विदेश बसेर आएका नेपालीहरू मात्र यिनका ग्राहक थिए । तर अहिले यसको स्वरुप तथा सेवामा व्यापक परिवर्तन आएको छ । आजका बुटिक धनीहरूका लुगा सिलाउने ठाउँका रूपमा मात्र सीमित रहेनन् । कामकाजी महिला, उच्च मध्यम र मध्यम वर्गका किशोरीहरू बुटिकका नयाँ ग्राहक भएका छन् । फेशन डिजाइनर राजेश धाख्वाका अनुसार रेडिमेड भन्दा केही महँगो भएपनि आफूले चाहेजस्तो लुगा तयार हुने भएकाले बुटिकको आकर्षा दिनहुँ बढिरहेको छ ।

फेशन-संसारमा मध्यमवर्गको प्रवेशले बुटिकको सङ्ख्या हृवात्तै बढाइदिएको छ । कुनैबेला राजधानीको दरबारमार्ग, ठमेलतिरमात्र सीमित बुटिकहरू यतिखेर पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, जनकपुर जस्ता ठूला शहरमा सजिलै भेटिन्छन् । पाटन- कोपुण्डोलको बाग्मती पुलदेखि जावलाखेलसम्मको करीब दर्ुइ किलोमिटरको सडकमा मात्र करीब चार दर्जन बुटिक खुलेका छन्  । राजधानीको 'फेशन स्टि्रट' नै भएको छ यो सडक । बुटिकको सेवा पनि सस्तो भएको छ आजभोलि । त्यहाँ डिजाइनरसँगको सरसल्लाहमा ३-४ सयदेखि ४०-५० हजार रुपैयाँसम्मका पोशाकहरू बनाइन्छन् । धाख्वा भन्छन्, "प्रतिस्पर्द्धर्ाा कारण ठूलो मार्जिन राख्न नसक्दा सस्तो भयो अनि बढ्यो ग्राहकको सङ्ख्या र बुटिकको कारोबार ।"

यो कारोबार बढाउने अर्को कारण हो, प्रजातन्त्र पुनःस्थापनापछि फस्टाएको यहाँको व्यापारिक गतिविधि । त्यसयता फस्टाएको एअरलाइन्स, क्यासिनो, होटल, ब्याङ्क, बहु-राष्ट्रिय कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको ड्रेस डिजाइन गर्ने कर्पोरेट व्यापार स्थानीय बुटिकहरूले पाए । यी व्यवसायहरूमार्फ् कामकाजी महिलाहरूको सङ्ख्यामा भएको वृद्धिले यिनलाई थप व्यक्तिगत ग्राहक समेत दिलायो । बाह्र वर्षघि शुरु भएको सौर्न्दर्य प्रतियोगिताहरूले पनि यहाँको फेशन बजारको विस्तारमा सघाए । मिस नेपालदेखि स्थानीयस्तरमा हुने सौर्न्दर्य प्रतियोगितासम्म 'डिजार्इनर्स ड्रेस'को माग बढेको छ । नेपाली सिनेमाका गीत तथा नृत्यलाई 'ग्लामरस' बनाउने पोशाक निर्माण गर्ने दायित्व नेपाली डिजाइनरहरूको काँधमा आएको छ । कम्मरभन्दा माथि लगाइने हाइवेष्ट प्याण्ट तथा थ्री क्वार्टर प्याण्ट -हट प्याण्ट)को फेशनलाई नेपाली डिजाइनरहरूको सफलताको प्रमाण मान्न सकिन्छ ।

वर्षै एक हजार डिजाइनर
विस्तारित फेशन उद्योगका निम्ति आवश्यक जनशक्ति तयार गर्न खुलिरहेका फेशन इन्स्िटच्युट/कलेजहरू यो क्षेत्रमा देखिएका थप सकारात्मक लक्षणहरू हुन् । भारतीय फेशन इन्स्िटच्युटहरूको 'प|mेञ्चाइज' वा नेपाली डिजाइनरहरूको सक्रियतामा खुलेका करीब आधा दर्जन इन्स्िटच्युटहरूले विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, बुटवलमा समेत आफ्नो सञ्जाल पुर्‍याइसकेका छन् । फेशन स्कूलहरूले ६ देखि १५ महिनाको कोर्षार्फ् 'डिप्लोमा इन फेशन डिजाइनिङ' गर्ने एक हजारभन्दा बढी डिजाइनरहरू बर्सर्ेे तयार गरिरहेका छन् । काठमाडौँ सेण्टरमा मात्रै चार सय विद्यार्थीलाई अध्यापन गराउँदै आएको आइइसीकी प्रबन्ध निर्देशक शैलजा अधिकारीको भनाइमा, "करिअर नै बनाउने गरी फेशन डिजाइनिङको कोर्स गर्नेहरूको सङ्ख्यासमेत बढ्दो छ ।"


फेशन डिजाइनरहरूः ज्ञानीशोभा तुलाधर,


राजेश धाख्वा,


तरुनिका महतो


शैलजा अधिकारी ।

फेशन डिजाइनिङको अध्ययन/अध्यापन अहिले इन्स्िटच्युटबाट उक्लेर कलेजसम्म पुगेको छ । नमुना फेशन इन्स्िटच्युटले पर्ूवाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर नमुना कलेज अफ फेशन डिजाइनिङमार्फ् विगत तीन वर्षेखि स्नातक तहको अध्यापन गराउँदै आएको छ । आइइसीले पनि आगामी वर्षेखि स्नातक तहको अध्यापन शुरु गर्ने तयारी गरिरहेको छ । प्लस टुमा समेत फेशन डिजाइनिङ तथा इण्टेरियर डेकोरेशनको अध्यापन शुरु गर्ने सोचाइ रहेको उच्च माध्यमिक शिक्षा परिषदका योजना तथा अनुगमन महाशाखा प्रमुख नारायण कोइराला बताउँछन् ।

विज्ञान, व्यवस्थापन वा अन्य कुनै चल्तीका कोर्षजत्तिकै विहङ्गम छ, फेशन डिजाइनिङको अध्ययन । यसमा फेशन, कम्प्युटर, टेक्सटायल, प्यार्टन, फेशन ट्रेण्ड, कलर अफ हार्मोनी, इम्ब्रोइडरी, क्लथिङ, कटिङ तथा स्टिचिङ लगायतका विषय पढाइन्छन् । स्नातक तहमा अङ्ग्रेजी, व्यवस्थापन, करिअर डेभलपमेण्ट, संस्कृति तथा व्यक्तित्व विकास, फेशन शो, कोरियोग्राफी, ध्वनि, प्रकाश, क्याट्वाक तथा समारोह-व्यवस्थापनलगायतका विषय राखिएका छन् । तर, फेशन डिजाइनिङतर्फउच्च अध्ययन गरेका शिक्षकहरूको अझै कमी छ हामीकहाँ । नमुना कलेजले गैरसरकारी संस्था 'स्वीस कन्ट्याक्ट' मार्फ् केही हदसम्म यो अभाव पूरा गरिरहेको छ । धेरै इन्स्िटच्युटमा देखिएको शिक्षकको अभावका कारण त्यहाँबाट उत्पादित विद्यार्थीहरू दक्ष छन्/छैनन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ । धाख्वा भन्छन्, "पाठ्यक्रम छोटो अवधिका भएकाले उत्पादित डिजाइनरहरूको दक्षताबारे ढुक्क हुन गाह्रो छ ।"

जति चुनौती, उति सम्भावना
सबैखाले डिजाइनरका लागि फेशन-शोले अत्यधिक महत्त्व राख्छ । त्यहाँ प्रदर्शित पहिरन 'ब्राण्डेड रेडिमेड गार्मेण्ट' उत्पादकहरूले राम्रो मूल्यमा किन्ने संभावना हुन्छ । पर््रदर्शनी हर्ेन आएकाहरू पनि डिजाइनरहरूका ग्राहक बन्न सक्छन् । तर हामीकहाँ पहिरन पर््रदर्शनको अभ्यास कलिलै छ । अनि, यस्ता अधिकांश पर््रदर्शनीमा लगाउन मिल्ने भन्दा नमिल्ने, असुहाउँदिला पोशाक र त्योभन्दा बढी मोडलहरूको शरीर पर््रदर्शन हुन्छ  । तीन वर्षता फेशन शोमा सहभागिता जनाउनै छोडेकी डिजाइनर तरुनिका महतो भन्छिन्, "फेशन शोभन्दा 'मोडल वाच' ज्यादा हुने त्यस्ता पर््रदर्शनी गर्दा वा नगर्दा व्यापारमा खासै अन्तर पर्दैन ।"

आफ्नै मुलुकमा कपडा उत्पादन नहुने भएकाले डिजाइन अनुसारको कपडाको छनोट नगरेर कपडा अनुसारको डिजाइन गर्न बाध्य छन्, डिजाइनरहरू  । प्रायः डिजाइनमा हेम्प, ढाका, खद्दर, हाकु पटासी तथा केही मात्रामा सूती बाहेक विदेशी कपडाकै प्रयोग हुन्छ । नेपाली कपडाबाट मात्रैै अन्तर्रर्ााट्रय बजार पाउन नसकिने डिजाइनरहरूको धारणा छ । तरुनिका भन्छिन्, "प्रति मिटर रु.८०० पर्ने ढाकाबाट बन्ने पोशाक विदेशीलाई पनि महँगै हुन्छ  ।"

यति हुँदाहुँदै पनि नेपालको फेशन उद्योगले पछाडि फर्केर हेरेको छैन । बरु यही क्षेत्रमा एक्सपोर्ट हाउस समेत खुल्न थालेका छन् । दक्षिण एशियाको बजारलाई लक्षित गरी र्सर्ूय नेपालले जोन प्लेयर ब्राण्डको रेडिमेड पोशाक उत्पादन शुरु गरेपछि यो क्षेत्रमा लागेका धेरै उत्साहित छन् । यस्ता कारखाना डिजाइनरहरूका लागि भरपर्दो रोजगारदाता हुनसक्छन् । यसबाहेक विदेशी खरीदकर्ताहरूसँग कारोबार मिलाउने 'मर्चेण्डाइजर' का रूपमा पनि यहाँका डिजाइनरहरू खपत हुनसक्छन् । उनीहरूले बुटिकमार्फ् व्यवसाय विस्तार गर्ने सम्भावना त छँदैछ ।