हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५६/१५७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

पुलिसको रिसले जनतालाई सास्ती


डेढ घण्टा टाढाको धाराबाट पानी ल्याउनु पर्ने बाध्यता अहिले पनि छ चैनपुरमा ।

चन्दा नदिएको निहँुमा जनतालाई खानेपानीबाट वञ्चित गराएको समाचारहरू आउन थालेपछि भदौको तेस्रो साता माओवादीहरू 'सुरक्षाकर्मीलाई नदिने र बजार क्षेत्र बाहिरका बासिन्दालाई पनि पुर्‍याउनुपर्ने' शर्तमा चैनपुर बजारमा पानी दिन सहमत भए । ६ महिनाअघि उनीहरूले पाइप काटेर पानी बन्द गरेपछि हदैसम्मको दुःख खेपेका चैनपुरबासीमा अब आशा त पलाएको छ, तर क्षतविक्षत धारा पुनर्ःमर्मत गरेर पानी ल्याइपुर्‍याउन त्यति सजिलो देखिन्न ।

माओवादीले पटक-पटक खानेपानीको पाइप काटेर र मुहान भत्काएर पुर्‍याएको क्षतिको मर्मत नभएकोले असोजको पहिलो सातासम्म पनि बजारमा खानेपानी आपर्ूर्ति हुनसकेको छैन । खानेपानी उपभोक्ता समिति चैनपुरले कम्तीमा लुगा धुन र नुहाउन मात्रै भए पनि काम लाग्छ भनेर अहिलेलाई मुहानदेखि दक्षिणको खेकुवाखोलाको पानी सीधै धारामा पठाएको छ । माओवादी क्षति मर्मतका लागि लगभग रु.१ लाख ५० हजार लाग्ने अनुमान छ, जुन रकम जुटाउन चैनपुर खानेपानी उपभोक्ता समितिले उपभोक्ताहरूबाट नगद र श्रमदान मागेको छ । अहिले बन्द रहेको मुहान मर्मत गरेर पानी ल्याउन कम्तीमा दर्ुइ साता लाग्ने उवा संघका अध्यक्ष शाक्य बताउँछन् ।

माओवादीले जनतालाई मार पर्ने गरी मुहान बन्द गर्नु गलत भएको ठहर गरी पानी बन्द गराउने संखुवासभा ५ नं एरिया सेक्रेटरी विर्ख न्यौपाने 'श्रवण' लाई आन्तरिक कारबाही गरी अन्यत्र खटाएर सरला नाम गरेकी एक युवतीलाई ल्याएपछि उनैले पानी खोल्न अग्रसरता देखाएकी माओवादी स्रोतले जनाएको छ । तर, स्थानीयबासीहरू भन्छन्, "कसैलाई 'कारबाही' गरेको भनेर मात्रै जनतालाई महिनौँ तड्पाउने यो अपराधबाट माओवादीले मुक्ति पाउँदैनन् ।"

एक गाग्री पानीको दश रुपैयाँ
माओवादीले १० फागुन २०६१ मा चैनपुरबाट एक घण्टाको बाटो पोखरिया नजिकैको दलपेमा मूलबाटोमै राजतन्त्र विरोधी नारा लेखेर ३० फिट पाइप काटी बजारको खानेपानी आपर्ूर्ति बन्द गरेका थिए । भोलिपल्ट माओवादीसँग कुरा गरेर पानी खुलाउन गएका स्थानीय बासिन्दाले उनीहरू नभेटिएकाले आफैँ पाइप जोडे, तर त्यसको तीन दिनमै १४ फागुनमा बजारबाट पाँच घण्टा टाढा झुत्रेखोला मुहानको २०० मीटर पाइप काटेर पानीको इन्टेक -मुहान) मा समेत क्षति पुर्‍याइयो । माओवादीका एरिया सेक्रेटरी विर्ख न्यौपाने 'श्रवण' ले सुरक्षाफौजले उपयोग गरेको र बजारबासीले आफूलाई चन्दा नदिएको एवं सहयोग नगरेको भनेर चैनपुरको पानी बन्द गर्न लगाएका थिए ।

चार प्रहरी र ६० जनाभन्दा बढी माओवादी मारिएको २४ वैशाख २०५९ को आक्रमणमा माओवादीलाई परास्त गरेर चैनपुरमा दरिलो जग बनाएको सशस्त्र प्रहरी बल बेसक्याम्प, चैनपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद शिवाकोटी भन्छन्, "माओवादीले पराजयको बदला लिन बारम्बार हाम्रो बेसक्याम्पमा आक्रमणको हल्ला चलाउँदै आएका थिए । हाम्रै निहुँ बनाई खानेपानी समेत बन्द गराएर जनतालाई नै बढी दुःख दिएका छन् ।" एक सुरक्षाकर्मीका अनुसार, माओवादीले बजारबासीसँग चन्दाको वार्गेनिङ नमिलेर पानी बन्द गराएका र त्यसो भन्न अप्ठ्यारो भएकोले सुरक्षाफौजको निहुँ बनाएका हुन् ।

खानेपानी बन्द भएपछि सशस्त्र प्रहरी बल बेसक्याम्पका सुरक्षाकर्मीले त बजारबाट आधा घण्टा टाढाको पौडेल धाराबाट पानीको बन्दोबस्त गरे, तर चैनपुर बजारका चार हजार तथा सिद्धकाली र सिद्धपोखरी गाविसका दर्ुइ हजार उपभोक्तालाई एक-डेढ घण्टा टाढाका धारा र कुवाबाट खानेपानी जुटाउनु पर्‍यो । त्यसबेला एसएलसी परीक्षा चलिरहेकोले गाउँ-गाउँबाट जाँच दिन आएका झण्डै १५ सय विद्यार्थी पनि पढ्न छोडेर टाढा-टाढाका कुवामा पुगी दर्ुइ-दर्ुइ घण्टा लाइन बसेर पानी ओसार्थे । बेलुकी ८ बजेदेखि बिहान ४ बजेसम्मको कर्फ्र्यूको समेत पर्वाह नगरी मानिसहरू खानेपानी लिन धारा-कुवामा पुग्दथे । पानी भर्दा कुवा रित्तिन्थ्यो र मानिसहरूबीच कुटाकुट र झगडा समेत हुन्थ्यो । सयौँ मानिसले तँछाड-मछाड गर्दा कुवा धमिलो हुन्थ्यो । कतिले दूषित कुवाको पानी समेत खाए । फोहोर पानीकै कारण हुनसक्छ, धेरैलाई अहिले छालाको रोग लागेको छ ।

चैनपुर बजारकी कमला श्रेष्ठले ६५ वर्षो उमेरमा एक घण्टाको बाटो हिँडेर पानी ल्याउन नसकेपछि एक गाग्री पानी रु.१० मा किन्नु पर्‍यो  । बजारकै मेनका श्रेष्ठ माओवादीले पानी बन्द गर्दा महिलाले बढी कष्ट व्यहोर्नु परेको बताउँदै भन्छिन्, "राति डेढबजे उठेर छोरा-छोरीलाई समेत लिई पानी लिन जान्थेँ । बजारमा मानव अधिकारवादी, पत्रकारहरू आए भने पानी खुलाउन आएका होलान् भन्ने आश लाग्थ्यो । अब पनि पानी नखोलिएको भए बसाइँ र्सर्नुपथ्र्यो ।"

इलाका प्रशासन कार्यालय, चैनपुरका शाखा अधिकृत प्रकाशप्रसाद पोखरेलको धारणामा "खानेपानी रोकेर बदनाम हुने भएपछि माओवादीले स्थानीय बासिन्दासँग सम्झौता गरेका हुन् ।" उद्योग बाणिज्य संघ, चैनपुरका अध्यक्ष आशिष शाक्य भन्छन्, "माओवादीका सामु चार हातपाउ टेकी बिन्ती बिसाएर पानी फिर्ता ल्याइएको छ, अब फेरि यस्तो स्थिति भोग्नु नपरोस् ।"

डम्बरकृष्ण/सिद्धराज राई


संकटमा मातृभाषी स्कूल

दुई वर्षेखि मातृभाषा पढाउँदै आइरहेको नवलपरासी दुम्कीबासस्थित लखन थापा मेमोरियल एकेडेमीले 'भाषा कक्षा' सञ्चालन गर्न छाडेको छ । अङ्ग्रेजी पाठ्यक्रमसँगै मगर र गुरुङ्ग भाषा पढाउँदै आइरहेको यस विद्यालयले आर्थिक अभावका कारण भाषाकक्षा सञ्चालन गर्न नसकेको जनाएको छ ।

१० वर्षघि बुटवलका जनजाति नेता केशव र्सर्ूयवंशी मगरको लगानीबाट शुरु गरिएको सो एकेडेमीमा २५० विद्यार्थीले मगर र गुरुङ्ग भाषा अध्ययन गर्दै आएका थिए । भाषा कक्षाका लागि शिक्षक राख्नै सकिएन  । विद्यालय व्यवस्थापन समितिका सचिव कर्ण्र्ााुनारी भन्छन्, "सरकारले समेत सहयोग गर्नुको साटो हतोत्साहित पारेपछि बन्द गर्नुको विकल्प भएन  ।" विद्यालय बन्द भएपछि विद्यार्थीहरू अन्योलमा परेका छन् ।

मातृभाषा अध्ययनकै निम्ति भनी खोलिएको रुपन्देही ड्राइभरटोलस्थित मगर भाषा पढाइने नेपालकै पहिलो विद्यालयको अवस्था पनि नाजुक छ । २०५० सालमा ३९ जना उत्साही भूपू सैनिकहरूको संयुक्त लगानीमा खोलिएको यो अङ्ग्र्रेजी माध्यमिक विद्यालयमा अहिले गुरुङ्ग भाषा पनि पढाइन्छ । भूपूहरूको पेन्सनबाट जसोतसो चलिरहेको यो विद्यालय मासिक रु.२५ हजार घाटामा छ । घाटामा चल्नुको कारण खोतल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्धवीर बराल मगर भन्छन्, "हामी सेवामुखी भएकोले सस्तोमा पढाउँछौँ । कम्प्युटर कक्षालगायत अन्य सुविधा दिँदा घाटा व्यहोर्नु परेको हो ।" रुपन्देही खैरेनीस्थित देवदह मदरटङ्ग इङ्गलिस स्कूलको अवस्था पनि राम्रो छैन । आठ वर्षघि सामुदायिक रूपले चलाउने भनी स्थानीय मगर र गुरुङ्ग समुदायको संयुक्त लगानीमा शुरु गरिएको यो विद्यालय आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगिसकेको थियो । संस्थापक प्रिन्सिपल भीम गुरुङ्ग भन्छन्, "समुदायकै बेइज्जत हुन्छ भनेर मैले आफ्नो जायजेथा बेचेर भए पनि चलाइरहेको छु ।"

यस्ता विद्यालयलाई सरकारले कुनै अनुदान दिएको छैन । प्राथमिक तहसम्म दिइने भनिएको पाठ्क्रम पनि शैक्षिक सत्र सिद्धिन लाग्दा तयार गरेर दिने गरेको छ । त्यसैले आफैँले तयार पारेको पाठ्यक्रमका आधारमा भाषा कक्षा सञ्चालन भइरहेका छन् । केही समय अघिसम्म पाठ्यपुस्तकको अभावका कारण सिक्किमबाट समेत मातृभाषाका पुस्तक ल्याएर पढाउनुपर्ने बाध्यता थियो ।

तैपनि मातृभाषा विद्यालयका सञ्चालकहरूले हार मानेका छैनन् । भीमले मात्र हैन, केशव र्सर्ूयवंशीले पनि जायजेथा हालेका छन् स्कूलमा । जुद्धवीर बरालका अनुसार भूपू सैनिकहरूले आफू नमर्दासम्म पेन्सनकै भरमा भएपनि विद्यालय मर्न नदिने प्रण गरेका छन् । र्सर्ूयवंशी भन्छन्, "सरकार र समुदायले अलिकति मात्र ध्यान दिने हो भने यस्ता विद्यालय मर्ने थिएनन् र शिक्षामा पहुँच नहुनेहरूको समावेशीकरण बढ्दै जाने थियो ।

जेबी पुन


फलो-अप
व्यवसायीको प्रतिक्रियामा दरबारको चासो

उद्यमी/व्यवसायीबाट राजाको शासनप्रति असन्तुष्टि प्रकट हुन थालेपछि -हे.हिमाल १६-३१ भदौ) दरबारले त्यतातिर चासो राख्न थालेको छ । उद्यमीहरूको असन्तुष्टि तथा निजी क्षेत्रले भोग्दै आएका समस्या बुझन ४ असोजमा राजाले नेपाल उद्योग-वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरू दिवाकर गोल्छा, आजादकुमार श्रेष्ठ, कुशकुमार जोशीलाई डाकेर छलफल गरेका थिए । भेटमा राजाले वीरगञ्ज शान्ति र्‍यालीको प्रयोजन, उद्यमीहरूको असन्तुष्टिका बारेमा जिज्ञासा राख्दै आफ्नो 'शान्ति-प्रयास' मा सहयोग हुनुपर्ने बताएको महासंघ स्रोतले जनाएको छ । स्रोतका अनुसार पौने दर्ुइ घण्टाको सो भेटघाटमा राजाद्वारो व्यापारीहरूलाई 'मुलुकको आन्तरिक उत्पादनले कति दिनसम्मको आपर्ूर्ति धान्न सक्छ' भन्नेलगायतका प्रश्नहरू पनि राखिएका थिए ।

यसअघि हिमाल निस्केकै दिन १६ भदौको साँझ आफ्ना व्यापारिक साझेदार, पर्ूव राजनीतिक सल्लाहकार तथा उद्यमी प्रभाकरशम्शेर राणासँग व्यावसायिक क्षेत्रबाट व्यक्त असन्तुष्टिहरूका बारेमा राजाबाट जिज्ञासा राखिएको दरबार निकटस्थ स्रोतको दाबी छ । भोलिपल्ट १७ भदौमा सुरक्षा अधिकारीहरूको एक टोलीले नेउवा महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग भेटेको थियो । भेटमा उपत्यका पृतनाका ब्रिगेडियर जनरल यादव रायमाझी, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक गोपालमान श्रेष्ठ र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक नरेश गुरुङसहितको टोलीले व्यापारीहरूलाई 'नआत्तिन, परेको अप्ठेरो आफूहरूलाई बताउन' आग्रह गरेको थियो ।

उता १४ भदौमा वीरगञ्जमा सम्पन्न शान्ति र्‍याली आयोजनाको प्रयोजन स्पष्ट पार्दै आयोजक वीरगञ्ज उवासंघले दरबारसमक्ष स्पष्टीकरण बुझाएको छ । स्रोतका अनुसार दरबारले पटकपटक सो शान्ति र्‍यालीको प्रयोजनका बारेमा जानकारी मागेपछि सो स्पष्टीकरण दिइएको हो । विन्तीपत्रको नाममा वीरगञ्ज उवासंघका अध्यक्ष विजयकुमार सरावगीले दरबारलाई पठाएको पत्रमा 'चिया बगानमा भएको हडताल, रिलायन्स र ज्योति स्पिनिङमा भएको विध्वंश जस्ता क्रियाकलापलाई दृष्टिगत गर्दै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेत सहभागी गराएर सो र्‍याली निकालिएको' भनेका छन् ।

यसैबीच नेशनल विजनेश इनिसियटिभ (एनबीआई) नाममा एउटा नयाँ व्यवासायिक संस्थाले ७ असोजमा स्वयम्भू परिक्रमा गरेर आफ्नो काम थालेको छ । यो संस्था विद्यमान द्वन्द्वको समाप्ति तथा शान्ति बहालीका लागि आफ्नो पनि योगदान रहोस् भनेर मुलुकका उद्योगी व्यवसायीहरूले राष्ट्रिय स्तरमा गठन गरेका हुन् । उद्योगपति पद्म ज्योतिको अगुवाईमा गठन भएको एनबीआईमा नेपाल उद्योग बाणिज्य महासंघलगायत एक दर्जनभन्दा बढी संस्थाहरूको सहभागिता छ । विगत केही समययता प्रजातन्त्रको पक्षमा नभएको, जनहित भन्दा आफ्नो हित हर्ेर्नेलगायतका आरोप खेप्दै आएको निजी क्षेत्रको पहलमा खुलेको यो संस्थामार्फ् उद्यमी व्यवसायीहरू प्रजातान्त्रिक शासनव्यवस्थाको विपक्षमा नरहेको सन्देश दिन खोजिएको छ ।


काठ व्यवसाय तहस-नहस

काठ व्यापारीले माओवादीलाई 'कर' तिरेको आरोपमा सुदूरपश्चिमका क्षेत्रीय प्रशासक गणेश शेरचनले गएको जेठ अन्तिम सातादेखि 'काठ निकासी बन्द गर्न' ठाडो आदेश दिएका छन् ।

प्रशासक शेरचनले ३० जेठमा जिल्ला प्रशासन कार्यालयहरूमार्फ् सुदूरपश्चिम क्षेत्रका नौ वटा जिल्ला वन कार्यालयलाई 'अर्को व्यवस्था नभएसम्मका लागि काठ निकासी बन्द गर्न' आदेश दिएपछि यस क्षेत्रमा काठको कारोबार ठप्प भएको र तीन दर्जन भन्दा बढी काठ चिर्ने सःमिलहरू बन्द भएका छन् । व्यापारीको करोडौँको लगानी डुब्ने अवस्थामा पुगेको छ । केही हजार कामदारले रोजगारी गुमाएका छन् । सरकारले राजस्व गुमाएका े छ । क्षेत्रीय प्रशासकको पत्रमा 'काठ निकासी कार्यमा केही प्रभावशाली व्यक्तिहरू, ठेकेदारहरूले कर्मचारीहरूसँग मिलेमतो गरी माओवादी आतङ्कककारीका लागि कमिशन सङ्कलन गर्ने र माओवादी आतङ्ककारीले पनि प्रत्यक्ष संलग्न भई लाखौ रुपैयाँ सङ्कलन गर्ने गरेको' उल्लेख छ ।

काठ व्यवसायी संघ कैलालीका सल्लाहकार प्रकाश भट्टका अनुसार, यस आदेशको कारण असारको पहिलो सातादेखि सुदूरपश्चिमका ३९ वटा ठूला सःमिल पर्ूण्ा रूपमा बन्द छन् र प्रत्यक्ष-अप्रत्यक्ष रूपबाट करीब १० हजारलाई असर परेको छ र्।र् इंटा भट्टा, ट्रक व्यवसाय समेत प्रभावित भएका छन् । बजारमा काठै पाइन छाडेको छ । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमबहादुर कठायत भन्छन्, "अझै दर्ुइ महिना कारोबार नहुने हो भने लाश जलाउने काठ पनि नपाइन सक्छ ।"

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमबहादुर कठायत सरकारमा सुरक्षा दिने होइन कारोबार बन्द गर्ने लहड मात्रै भएको बताउँछन्  । क्षेत्रीय प्रशासकको आदेशका कारण सरकारको राजस्व पनि गुम्ने भएको छ । क्षेत्रीय वन निर्देशनालयका अनुसार, काठको व्यापारबाट आर्थिक वर्ष२०६१/६२ को जेठ मसान्तसम्ममा रु.१४ करोड राजस्व सङ्कलन भएको थियो भने यसअघि २०६०/६१ मा रु.९ करोड उठेको थियो ।

माओवादीका स्थानीय नेताहरू भने सरकारले जे गरेपनि आफूलाई खासै फरक नपर्ने बताउँछन् । माओवादीका कैलाली जिल्ला इन्चार्ज 'एटम' भन्छन् "हाम्रा अरू पनि स्रोत छन् । त्यसैले खासै फरक परेको छैन  ।" माओवादीले काठको निकासीमा सरकारले लगाउने गरेको करको आधा रकम उठाउने गरेको थियो ।

कर्ण शाह, धनगढी


मध्यपश्चिमः अनुभूति छैन युद्धविरामको


माओवादी युद्धविरामले सेनाको र्'र्सच'मा कमी आएको छैन ।

दशैँ नजिकिँदै छ । आतङ्क, त्रास र असुरक्षाले भारत पलायन भएकाहरू माओवादीलेे युद्धविराम गरेको मौका छोपेर दशैँ मान्न घर फर्किंदै छन् । भारत कमाउन गएका पहाडी जिल्लाका मानिसहरू नेपालगञ्ज नाकाबाट घर फर्किने क्रम बढ्दैछ । जमुनाहा प्रहरी चौकीको तथ्याङ्क हर्ेदा त्यो सङ्ख्या दैनिक तीन सयसम्म पुग्न थालेको छ । ३ असोजमा २५९ जना फर्किए भने १९ भदौमा ६७ मात्र फर्किएका थिए । उता जानेको सङ्ख्या हृवात्तै घटेको छ- ३ असोजमा ३८ जना मात्र गए भने २७ भदौमा २१५ जना गएका थिए ।

तर, माओवादीले युद्धविराम गरेयता राज्य झनै युद्ध चर्काउने रणनीतिमा केन्द्रित देखिन्छ । ५ असोजको बिहान करीब तीन बजे दुइटा र्सार्वजनिक बसमा आएका सुरक्षाकर्मीले बर्दियाको मैनापोखर-२ मा साविर खाँ र उनकी चार महिनाकी सुत्केरी बहिनी ममिना खाँ (तस्बिर इन्सेट) लाई कुटपिट गरे । साविरका भाइ जैनुर र अर्का माओवादी कार्यकर्ता मैजु चौधरीलाई खोज्न आएको बताउने सुरक्षाकर्मीले साइकलमा आइरहेका मैनापोखरकै बाधुराम चौधरीलाई पनि पक्राउ गरेर दिउँसो दर्ुइ बजे मात्र छाडे । त्यहाँबाट बस लिएर वगनाहा पुगेका सुरक्षाकर्मीले पतिराम चौधरीको घर घेरा हाली पतिराम र उनका छिमेकी अमर थापालाई पक्राउ गरे । अमरलाई त्यही दिन छाडिए पनि पतिरामलाई अहिलेसम्म छाडिएको छैन । सेनाले पतिरामको घरमा माओवादी बस्ने गरेको आरोप लगाएको छ ।

अहिले पनि बाँके र बर्दियाका गाउँ-शहर सबैतिर सुरक्षाकर्मीको र्'र्सच' चलेकै छ । युद्धविराम अघिसम्म एकपल्ट पनि गाउँ नपस्ने सुरक्षाकर्मीहरू अहिले गाउँगाउँमा छ्याप्छ्याप्ती भेटिन्छन् । माओवादीले निहित स्वार्थका लागि युद्धविराम गरेको र त्यसमा आफू अल्मलिएर नबस्ने सेनाले बताएको छ । मध्यपश्चिम पृतनापति उपरथी छत्रमानसिंह गुरुङ भन्छन्, "माओवादीले युद्धविरामका नाममा परिस्थितिलाई आफ्नो अनुकूल बनाई स्वार्थ पूरा गर्न कुटिल रणनीति अपनाएको छ, उनीहरूप्रति र्सतर्क र सजक भई यस्ता गतिविधिलाई परास्त गरेरै छाड्नर्ुपर्छ ।"

विश्व ब्याङ्कको सहयोगमा गरीबी निवारण कोषले मुगुमा सञ्चालन गरेको कार्यक्रममा जान लागेका ब्याङ्कका प्रतिनिधिहरूलाई शङ्कास्पद कारण देखाएर प्रशासनले नेपालगन्जबाट मुगु जान दिएन । ९-११ असोजमा रारामा हुने कार्यक्रममा जान लागेका उनीहरू मौसमका कारण जहाज नगएपछि हेलिहन्स एअरको हेलिकप्टर लिएर जाने तयारीमा थिए, तर बाँकेका प्रमुख जिल्ला अधिकारी विनोदकुमार अधिकारीले 'विदेशीले जासुसी गर्न सक्छन्' भनेर फिर्ता गरिदिएको मुगुका निवर्तमान सांसद चन्द्रबहादुर शाही बताउँछन््  । शाही भन्छन् "यो संघसंस्थालाई पनि काम गर्न नदिने राजाको षड्यन्त्र हो, अरू केही होइन ।"

व्यापक सैन्य तयारी
युद्धविरामको फाइदा उर्ठाई राज्यले आफ्ना कार्यकर्ताको हत्या, गिरफ्तारी जारी राखेको आरोप लगाउने माओवादीहरू आफैँले युद्धविरामको उल्लङ्घन गर्न थालेका छन् । ३१ भदौमा बर्दियाको भुरीगाउँबाट माओवादीले शाही सेनामा कार्यरत सैनिक जवान कविराज उपाध्यायलाई घर जान लागेको अवस्थामा अपहरण गरे । प्युठानको लामाचौर सैनिक बेसक्याम्पमा कार्यरत उपाध्याय माओवादीले युद्धविराम गरेकाले नै निश्चिन्त भएर आफ्नो घर बर्दिया-ठाकुरद्वारा जाँदैथिए । माओवादीका स्थानीय नेताले केही दिनपछि उनलाई छाडिदिने बताएका पनि थिए, तर अहिले आफूले नलिएको बताउन थालेका छन् । यसले उनको जीवन सङ्कटमा परेको आशङ्का गरिँदैछ । उनकी श्रीमती सरिताले लोग्नेको रिहाइको लागि पत्रकार र मानवअधिकारवादीसँग गुहार मागेकी छन् ।

युद्धविरामको अवधिमा पनि माओवादी व्यापक सैन्य तयारीमा लागेका देखिन्छन् । कालीकोटको पिलीमा पाएको 'सफलता' ले हौसिएका माओवादीले पश्चिम कमाण्डमा आफ्नो सैन्य गतिविधि अझ बढाउन थालेका छन् । जाजरकोटमा माओवादीले आफ्नो विशेष सैन्य तालिम सम्पन्न गरेका छन् । १७ भदौदेखि १२ दिन चलेको सो तालिममा पश्चिम डिभिजन अर्न्तर्गतका तीन वटै ब्रिगेडका सैन्य कमाण्डर र छापामारहरू सहभागी थिए । स्रोतका अनुसार डिभिजन कमाण्डर प्रभाकर आफैँले त्यो तालिम दिएका थिए ।

रामेश्वर


कोही मारिए कोही समातिए

माओवादीको एकतर्फी युद्धविरामको अवस्थामा सेनाले ९ असोजमा पाल्पाको विकट गाउँ बहादुरपुर पुगेर उनीहरूका जिल्ला सेक्रेटरी 'विलय' सहित पाँच जनाको हत्या गरेको छ । मारिनेमा स्थानीय बाल विकास निमाविमा कक्षा ९ मा पढ्ने मिलन रखाल पनि छन् । र्

र्सच अभियानमा गएका सुरक्षाकर्मीले बाटो छेउमा बसेका माओवादीलाई गोली हानेको स्थानीयबासीहरूले बताएका छन् । मारिने माओवादीको सनाखत हुनसकेको छैन । स्थानीयबासीहरूका भनाइमा, तीनतिरबाट एकैपटक आएका सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाए । गोली लागेर बाटोमा हिँडिरहेका एक युवक र दर्ुइ बालबालिका समेत घाइते भए । सात वषर्ीया बालिका पुनम ढेगालाई सुरक्षाकर्मी आफैँले उपचार्रार्थ काठमाडाँै लगेका छन् भने टोपबहादुर ढेगाका तीन वषर्ीय छोरालाई उपचार गर्न भारु २ हजार दिएका छन् । सो घटनामा स्थानीय धनबहादुर ढेगा, जयबीर राना, मीनबहादुर रास्कोटी, दिलबहादुर झेडी लगायतले सेनाको पिटाइ पनि खाए । स्थानीय शिक्षक मनोहर ज्ञवालीले सुरक्षाकर्मीले आफूहरूलाई माओवादी भनेर तीन घण्टासम्म यातना दिएको र कोठामा खानतलासी गरेर छाता, डिजिटल रेडियो, दर्ुइ प्याकेट ब्लेड र ब्याट्री लगेको बताए । सुरक्षाकर्मीले सुवेदारको घरको बलेनी नजिकै गाउँलेलाई खाल्डो खन्न लगाएर गाडेका माओवादीहरूको लाशलाई गाउँलेले भोलिपल्ट झकिेर जङ्गलमा लगी गाडेका थिए ।

सो घटनामा सरक्षाफौजले माओवादीका रामपुर नगरप्रमुख 'सागर' भनिने नगेन्द्र भट्टर्राई, जिल्ला सदस्य 'प्रज्ज्वल' भनिने सर्ुदर्शन पौडेल, उनकी श्रीमती शारदा पौडेल, छापामार पदमबहादुर रावल र १२ वषर्ीय बालक अनुप विष्ट (तस्बिर) लाई पक्राउ गरेको छ । उनीहरूलाई सेनाको २२ नं. बाहिनीमा आयोजित पत्रकार सम्मेलनमा र्सार्वजनिक गरिएको थियो ।

सेनाले दशैँ मनाउन माओवादीले जम्मा गरेका २० क्विन्टलभन्दा बढी खाद्यान्नका साथै भारु १० हजार, दर्ुइ नाल पेस्तोल, तीन नाल भरूवा बन्दुक, सकेट बमलगायतका सामग्री बरामद गरेको बताएको छ । बाहिनी प्रमुख नरेन्द्र रावल माओवादीले युद्वविरामको पालना नगरेको बताउँछन् ।

रामकृष्ण भण्डारी