हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५६/१५७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन सोलुखुम्बु

नेता फर्किए जिल्लामा आश फर्किन्थ्यो

विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको अलग पहिचान स्थापित छ । तर, माओवादीहरूले कोरेको नेपालको नयाँ नक्सामा यो जिल्लाको अस्तित्व छैन  । माओवादीहरूले दोलखाको जिरीदेखि ओखलढुङ्गाको रुम्जाटारसम्म फैलिएको भूभागलाई पिके आधार जिल्ला अर्न्तर्गत राखेका छन् । अर्थशास्त्री र नीति-निर्माताहरूले संसारभरिका पर्यटकहरूको आकर्षाको केन्द्रमा रहेको सगरमाथालाई सोलुको बलियो आर्थिक आधार माने पनि यथार्थ त्यस्तो छैन  । माओवादी प्रभावका कारण सरकार सोलु क्षेत्रमा रहेका सल्लेरी बजारको सिरानदेखि पुछारसम्म ३०० मिटरभित्र साँघुरिए जस्तै सगरमाथाको आर्थिक आधार पनि खुम्बु क्षेत्रका दर्ुइ गाविस नाम्चे र खुम्जुङ बाहिर फैलिन सकेको छैन । नागरिक समाजका संयोजक कुलनारायण श्रेष्ठ भन्नुहुन्छ, "सगरमाथाका कारण नाम्चे र खुम्जुङले युरोपेली मापदण्ड भेटेका छन् भने बाँकी ३२ गाविसको आर्थिक स्तर दिनहुँ खुम्चिँदै गएको छ । समस्याहरूको पहिचान सबैले गरेका छन्, समाधानका प्रयासहरू कतैबाट भएका छैनन् ।"

तैपनि, नेपालका पहाडी जिल्लाहरूमा सोलु तुलनात्मक रूपले सम्पन्न देखिन्छ । पेल्टि्रक सेट र सोलार बत्तीको प्रयोग बढ्दै गएको छ । १६० रुपैयाँ लिटरको मट्टतिेल बालेर साध्य लाग्दैन । सोलार सस्तो छ । ढुसी लाग्ने रोगका कारण बोट सुक्दै गएपछि स्याउको उत्पादन खिइँदै गएपनि आलुको उत्पादन बढेको छ । नेचा, सल्यान र जुगुमा बाहेक अन्यत्र धान फल्दैन । मकै र कोदोले धानको जत्तिकै फाइदा दिएका छन् । ठूला र फराकिला घरहरूले भरिएका सफा र सुग्घर गाउँहरू भित्रका पीडादायक अन्तर-कथा थाहा नपाउनेहरू सोलुमा विकासको बत्ती धपक्कै बलेको विश्वास लिएर फर्किन्छन्  ।

"सबैभन्दा ठूलो कुरा हो सन्तोष ! जे परे पनि जसो परे पनि हामी सन्तोष मानेर बसेका छौँ । कसैलाई भनेर पनि केही हुने रहेनछ ।" सल्लेरीका एकजना व्यापारी मनको वह पोख्छन्, "माघ १९ पछि माओवादी नाकाबन्दीका बेला गस्तीमा गएको सेनाले बाटोमा व्यापारीहरूको सामान कब्जा गर्‍यो । ती सामान फिर्ता भएनन् । अब फेरि नाकाबन्दी भएमा जनता भोकभोकै मर्नेछन् । चारजना व्यापारी विस्थापित भइसकेका छन् । अरू पनि जिल्ला छाड्ने तयारीमा छन् । हुनेखाने त राजधानीतिर बसाइँ र्सलान् । तर हामी जस्ताका लागि सहने र सन्तोष गर्ने बाहेक अर्को विकल्प के छ र ?"

सोलुमा विस्थापित हुने, हराउने, थुनिने र अनाहक पिटाइ खानेहरू अनगिन्ती छन् । ती सबैको अभिलेख कसैले राखेको छैन । छोरो सेनामा भएका कारण सल्लेरीमुनि साल्मेको पुलमा एकजना ७२ वषर्ीय वृद्ध मारिए  । सोताङका शिक्षक भोजराज सुराकीको आरोपमा काटिए । गत साल २४ पुसमा जनजागृति माविमा खेल हेरिरहेका केदारकुमार बस्नेतलाई सुरक्षाकर्मीहरूले आँखामा पट्टी बाँधेर पिटे । १६ फागुन २०६१ मा सल्लेरीको नयाँ र पुरानो बजारको साँधमा भएको दोहोरो भिडन्तमा ११ सुरक्षाकर्मीको ज्यान गएको देख्नेहरू धेरै थिए । तर, राज्यले केही बोलेन । जिरीमा समातिएका जिल्लाका दर्ुइ माओवादी देवेन्द्र बस्नेत र जयराम पौडेलको अत्तोपत्तो छैन । बाबुको उपचारका लागि काठमाडौँ जाँदा तीनकुनेबाट समातिएका अर्का माओवादी गोपीराम परियार जिल्ला फर्किएका छैनन् । नेताहरूको त नाम पनि थाह हुन्छ  । तर, जिल्लाका अनकन्टार ठाउँहरूबाट हराउने र मारिने र्सवसाधारणको त नामनामेसी नै मेटिन्छ ।

२०५८ को मङ्सिरसम्म सोलुखुम्बुमा व्रि्रोहीहरूको प्रभावको सङ्केतसम्म देखिएको थिएन । तर, १० मङ्सिरको आक्रमणपछि सुरक्षाका सबै भ्रमहरू त्ाोडिए । राति पौने एघार बजे व्रि्रोहीहरूले सबै सरकारी कार्यालयहरू कब्जा गरे । प्रहरी निरीक्षकको नेतृत्वमा प्रतिरोधमा जुटेका निरीक्षकसहित ३० जना प्रहरीको ज्यान गयो । जेलको ताला फोडेर २६ कैदी भगाइयो । प्रमुख जिल्ला अधिकारी बुद्धिसागर त्रिपाठी र एकजना अन्य सरकारी अधिकृत मारिए  । प्रशासनिक भवनहरू सखाप भए । १६५ लाइनको टेलिफोन एक्सचेन्ज नष्ट भएपछि अहिले जिल्लामा उपलब्ध दशमध्ये तीन लाइन टेलिफोन जनताका लागि छुट्याइएको छ । विमानस्थलका टावरहरू नष्ट भएपछि फाप्लु असुरक्षित बनेको छ । प्रहरीहरू विमान आउने सूचना पाएपछि विमानस्थल पुग्दछन् र विमान फर्किएपछि वरिपरि माइन्स विछ्याएर सुरक्षित तुल्याइएको व्यारेकमा बस्दछन् ।

सोलुका माओवादीहरूले गएको १ भदौदेखि तीन महिनाका लागि चन्दा नउठाउने, संघ-संस्थाहरूलाई अनिवार्य रूपले जनसरकारमा दर्ता गर्न लगाउने र विद्यालय र स्वास्थ्यचौकीहरू समुदायमा हस्तान्तरण गर्न नदिने निर्ण्र्ाागरेका छन् । उनीहरू नूनथलामा यात्रुहरूका लागि प्रतीक्षालय बनाउने तर्खरमा पनि छन् । भक्काने गाविसमा रु.४ लाख २० हजारको लागतमा बन्न लागेको स्वास्थ्य चौकीका लागि श्रमदान जुटाउन पनि माओवादीहरू सक्रिय छन् । श्रमदानमा नआउनेहरूले बङ्कर खन्ने सजाय पाउने गरेका छन्  । भक्कानेका गाजस प्रमुख भन्छन्, "हामी त कुनै पनि बेला मारिन सक्दछौँ । गाउँमा एउटा हेल्थपोष्ट भए सबैले सुविधा पाउलान् ।" उपभोक्ताले दबाब दिएका ठाउँमा माओवादीहरूले विकासका काम गर्न दिएका छन् । तर, जिविसका कार्यक्रमहरू हुन दिएका छैनन् । यता, सुरक्षा निकायले पनि विकासका काममा बीच बीचमा अवरोध खडा गर्ने गरेको छ । केही समयअघि एउटा गैरसरकारी संस्थाले १२ वटा खानेपानी आयोजनाका लागि ल्याएको जीआई पाइप एक महिनासम्म पत्तालेमा रोकियो । प्रमुख जिल्ला अधिकारीले पाइप छाड्न पत्र काट्दा सुरक्षाले जवाफ दियो, "सिडिओले लेखेर हुन्छ  - कर्सर्ााो अनुमति चाहिन्छ ।"

सोलुको राजनीतिमा म्ााओवादीहरूको एकतर्फी युद्धविरामले ठूलो असर पारेको छ । स्थायी शान्तिको आशामा जनता हौसिएका छन् । एमालेका सचिव बुद्धिकुमार राजभण्डारीका अनुसार, यसभन्दा अघि माओवादीहरूसँग डराउने राजनीतिक कार्यकर्ताहरू अब उनीहरूसँग सहकार्यमा जुट्ने मनस्थितिमा पुगेका छन् । आफ्नी नवविवाहिता धर्मपत्नीलाई पुख्र्यौली दर्शन गराउने वहानामा वर्षौँपछि जिल्ला आएका प्रभावशाली काङ्ग्रेसी नेता बलबहादुर केसी आफ्ना राजनीतिक आधारहरूको पुनःसंयोजनको पर्ूवाधार तयार गरेर फर्किएका छन् । दशैँपछि जिल्लामा बस्ने उनको योजनाले उनका शुभचिन्तकहरू खुशी देखिन्छन् । राजभण्डारी भन्नुहुन्छ, "जिल्लाका राजनीतिक नेता र साथीहरू यसैगरि जिल्ला फर्किने हो भने जनजीवनमा ठूलो परिवर्तन आउनेछ  ।"