चिठी
• हितकर
छैन राज-कदम
'राजाको शासनः राजावादी हैरान' -आवरण विश्लेषण, हिमाल,
१-१६ असोज) ले प्रजातन्त्र संरक्षण र सर्म्वर्द्धनका नाममा एकतर्फी
राज्य सञ्चालन गर्न अग्रसर राजाको सोच र त्यसले निम्त्याएको दुष्परिणामलाई
र्छलङ्ग पारेको छ । देश जनताको हो, जनता त्यसका मालिक हुन् । जनचाहना
र जनभावनाको कदर गर्न सकिएन भने जस्तोसुकै शासन स्थापना गर्न खोजे
पनि त्यसको अर्थ हुँदैन ।
राजाका पछिल्ला कदम र व्यवहार कसैका लागि पनि हितकर छैनन् । जसले राजालाई
यस्ता कदमका लागि उक्साइरहेका छन्, तिनकै कारण राजा र राजसंस्था अलोकप्रियताको
चरमचुलीमा पुगेका हुन् । आन्दोलन र्समर्थक जनतालाई समेत आतङ्ककारीको
दर्जा दिने सुरक्षाकर्मीको व्यवहारसमेत लज्जास्पद छ । हिमाल ले देखाएअनुसार
राजावादीहरू नै यति निराश छन् भने प्रजातन्त्रप्रेमीहरू कति पीडित
होलान् - राजनीतिक दलहरूले त्यसको यकिन गरुन् ।
सीता कार्की
स्याबरुम्बा-९, पाँचथर
• शासक बन्न रुचाउने राजा शासन गर्न असक्षम भएको
पुष्टि भइसकेको छ । आफू जस्तै केही असहिष्णु सहकर्मी र सेनाका भरमा
शासनमा टिकिरहन खोज्ने राजा र बन्दुकको दम्भमा सत्ता हत्याउन खोज्ने
माओवादी दुवैतिरबाट जनता प्रताडित छन् । राजनीतिक दलहरूको घर्ुर्कीयुक्त
आन्दोलनप्रति पनि उनीहरू विश्वस्त बन्न सकिरहेका छैनन् ।
माओवादीले एकतर्फी युद्धविराम गरिसकेको अवस्थामा लचिलो
भई शान्तिवार्ताका माध्यमबाट समस्या समाधानतिर लाग्नुपर्नेमा आतङ्कवाद
नियन्त्रण गर्छुनी माओवादी र राजनीतिक दलहरूसँग सँगसँगै निहुँ खोज्नु
भनेको सरकारले आफ्नै आयु घटाउनु हो । जनताको भलो चिताउने हो भने यो
युद्धविरामलाई तत्काल शान्तिवार्ताका निम्ति उपयोग गरियोस् र दशैँतिहार
खुसीसाथ मनाउने वातावरणको सिर्जना होस् ।
भुमराज तिवारी
बेल्कोट-७, अमारेडेउडी, नुवाकोट
• सङ्कटमोचनको
उपाय
हिमाल को पछिल्लो अङ्क -१-१५ असोज) पढेपछि मलाई लाग्योे-
माओवादीको एकतर्फी युद्धविरामप्रति असन्तुष्टहरूभन्दा शान्ति, सुलह
होला कि भनेर आशा गर्नेहरू धेरै छन् । माओवादीले जनताका पक्षमा निर्ण्र्ाागरेकाले
पनि त्यो अपेक्षा पैदा भएको हो । माओवादीले अपहरण, व्यक्तिहत्या पूरै
बन्द गरेका भए युद्धविरामप्रति आमजनता अरू विश्वस्त हुन सक्थे र यसको
अझ कदर हुने थियो । अहिले युद्धविरामको उपेक्षा गर्ने राजावादीहरू
मुलुकको राजनीति भाँड्ने गलत तत्वहरू हुन् । राजाले यस्ता तत्वबाट
टाढा रहेर दल, माओवादीसँग एउटै लिकमा हिँड्न सके मात्र मुलुक सङ्कटमुक्त
हुनेथियो ।
बलराम आवारा
चापागाउँ-६, ललितपुर
• 'माओवादी र युद्धविराम' -राष्ट्रिय राजनीति,
१-१५ असोज) मा उल्लेख भएझैँ व्रि्रोही पक्षले युद्धविराम गरेर एक कदम
पछि हटेको देखाएको छ भने सरकार पनि एक कदम पछि हट्दैमा के ब्रि्रन्थ्यो
- शान्ति नै आखिरी लक्ष्य हो भने दर्ुइतर्फी युद्धविरामको कुरा बढी
स्वागतयोग्य हुनेथियो ।
बर्दियामा माओवादीले घर जाँदै गरेका सैनिकलाई मोटरसाइकलमा
लिफ्ट दिएझैँ सेनाले पनि माओवादीलाई उनीहरूको घरसम्म जान सक्ने व्यवस्था
गर्नु पर्यो कि परेन - सरकारले पनि युद्धको मानसिकता त्यागेर शान्ति
ल्याउने रणनीति अपनाउँदा के ब्रि्रन्छ ?
सङ्गम अर्याल
सृजनावस्ती, ग्वार्को-१७, ललितपुर
• नछोडुन्
अग्रगामी धार
हरिहर विरहीको राजनीतिक विश्लेषण 'बल्ल सही बाटोमा'
-१-१५ असोज) ले प्रमुख राजनीतिक पार्टर्ीी पछिल्ला निर्ण्र्ाारूका
लागि तिनीहरूलाई श्रेय र स्याबासी दुवै दिएको छ, जुन स्वागतयोग्य छ
। त्यत्तिकै स्वागतयोग्य छ ठूला दलहरूले अँगालेको लोकतान्त्रिक धार
। यसअघि देशको युवाशक्तिले गणतन्त्रको तीव्र आकाङ्क्षा देखाउँदा देखाउँदै
पनि यी दलहरूले त्यसलाई सम्बोधन गर्न सकिरहेका थिएनन् । ढिलै भए पनि
दलहरू सही बाटोमा आए अनि देश र जनताको पक्षमा सही निर्ण्र्ाागरे ।
अब यी पार्टर्ीी विगतमा झैँ एक कदम अगाडि, दर्ुइ कदम पछाडि नहटून्
। अग्रगामी धार नछोडून् । हामी युवा उनीहरूका साथ छौँ ।
दुर्गा अर्याल
दोहली, गुल्मी
• ढिलाइ
गरिनुहुन्न
'समाचार छ, उपचार छैन' -रिपोर्ट/इन्सेफलाइटिस, १-१५
असोज) ले स्वास्थ्य क्षेत्रमा देखिएको अव्यवस्थाप्रति गम्भीर प्रश्न
उठाएको छ । जायज छ त्यो प्रश्न । हरेक वर्षइन्सेफलाइटिसबाट मर्ने बिरामीहरूको
बढ्दो सङ्ख्याले सरकारको स्वास्थ्यनीतिको अव्यावहारिकतालाई समेत देखाउँछ
। प्रारम्भमा तर्राई क्षेत्रमा मात्र देखिएको यो रोग हाल जनघनत्व बढी
भएका पहाडी भागमा पनि फैलिन थालेको छ । यसै वर्षो पाँच महिनाको अवधिमा
पोखराको मनिपाल शिक्षण अस्पतालमा पनि इन्सेफलाइटिसका आधा दर्जन बिरामी
भर्ना भएका थिए, तीमध्ये आधाको मृत्यु भएकाले पनि यो रोगले महामारीको
रुप लिन थालेको अनुभव गर्न सकिन्छ । यसको रोकथामका लागि सरकारले इपिडेमायोलोजी
तथा रोग नियन्त्रण विभागलाई अझ सक्रिय बनाउनुपर्ने, तर्राईका हरेक
जिल्लामा अनुसन्धान केन्द्र र रोग पहिचानका लागि जाँचसेवा उपलब्ध गराउनुपर्ने
तथा उपचारका लागि दक्ष र पर्याप्त जनशक्ति परिचालन गर्नुपर्ने लगायतका
काममा अब ढिलाइ गरिनुहुन्न । सबैभन्दा पहिले रोगको कारण, रोग र्सर्ने
तरिका र रोकथामका संभाव्य उपायहरूका लागि राष्ट्रियस्तरमै जनचेतना
अभियान चलाइनर्ुपर्छ ।
डा. रविन खड्का,
मनिपाल शिक्षण अस्पताल, पोखरा
• मेरो
छोरा खोई ?
 |
मेरो कान्छो छोरा कुुवीरप्रसाद आपगाई, १० असोज २०६०
देखि राज्यपक्षबाट बेपत्ता पारिएको छ । विराटनगर, वरगाछीस्थित पुुनरावेदन
अदालत नजिक डेरा गरी बसेको उसलाई आफूलाई सुरक्षाकर्मी बताउने हातहतियारसहित
सादा पोशाकमा आएका १५ जनाजतिको अपरिचित समूहले लिएर गएको थियो । समातेर
लैजाँदा ऊ आफैँ चिच्याएर 'कसैले समातेर लगेको' बताएको प्रत्यक्षदर्शी
स्यानीय व्यक्तिहरूबाट थाहा भएको थियो । त्यही बेलादेखि उसको अत्तोपत्तो
छैन । राष्ट्रिय तथा अन्तर्रर्ााट्रय मानव अधिकारवादी संघसंस्थामार्फ्
उसको खोजी गरियो तर कतै फेला पार्न सकिएन । गृहमन्त्रालयले बेला बेलामा
र्सार्वजनिक गर्ने प्रतिवेदनमा पनि उसको नाम छैन । लामो समयसम्म सरकार
बोलेको छैन । यसले हामीलाई मर्माहत बनाएको छ । हामी परिवार र आफन्तजन
आँसुु पिएर बाँच्न बाध्य छौँ । अपुुष्ट खबर अनुसार मेरो छोरालाई इटहरी
पृतना व्यारेकमा हतकडी र कालोपट्टीसहित चरम यातना दिएर राखिएको छ र
उसको शारीरिक अवस्था अत्यन्त नाजुक छ । कहिले चाहिँ इलामको व्यारेकमा
सारिएको छ भन्ने चर्चा सुनिन्छ । यस्ता समाचारले हामीलाई अत्यन्तै
दुःखित बनाउँछन् । तैपनि हामीले उसलाई भेट्न पाउने आशा छोडेका छैनौँ
।
हाम्रो कामना छ- उसलाई सकुुशल चाँडै भेट्न पाऊँ । उसले
राज्यविरुद्ध प्रचलित नियम कानुुनलाई उल्लङ्घन गरी केही कसुुर गरेको
भए कानुुन बमोजिम जस्तोसुुकै सजाय गरियोस्, बरु त्यो स्वीकार्य हुुनसक्छ
। तर, उसको पलपलको मृत्युु एउटी आमा र आफन्तहरूका लागि कति पीडादायी
होला - यो संवेदनशीलता राज्यले बुुझििदनुर्ुपर्छ ।
सुभद्रा आपगाई,
हालः उर्लाबारी, मोरड.
• खोजी
गरी पाऊँ
 |
अनेरास्ववियु क्रान्तिकारीका पर्ूव शैक्षिक विभाग प्रमुख
मेरा श्रीमान् ज्ञानेन्द्र त्रिपाठी ९ असोज २०६० मा पक्राउ पर्नुभएको
थियो । पक्राउ परेको २४ महिना पुगिसक्दा पनि अहिलेसम्म उहाँको कुनै
पत्तोअत्तो छैन । मेरा श्रीमान् पक्राउ परेको केही दिनअघि पक्राउ परी
अन्तर्रर्ााट्रय दबाबका कारण र्सार्वजनिक गरिनुभएका अनेरास्ववियु क्रान्तिकारीका
पर्ूव उपाध्यक्ष कृष्ण केसीले १० असोजमा प्रकाशित प्रकाश साप्ताहिकलाई
दिनुभएको अन्तर्वार्तामा उहाँलाई महाराजगञ्जस्थित युद्ध भैरव गणमा
राखिएको बताउनुभएको थियो । अन्तर्वार्तामा भनिएको छ, "मलाई राखिएको
युद्ध भैरव गणमा ज्ञानेन्द्र त्रिपाठी, हिमाल शर्मा लगायतका साथीहरूलाई
राखिएको थियो ।"
त्यस्तै २५ पुस २०६१ को राजधानी दैनिकमा पनि 'बेपत्ता ४८ माओवादी सैनिक
हिरासतमै' शर्ीष्ाकको समाचार प्रकाशित भएको थियो, जसमा सुन्दरीजल लगिएका
बन्दीले ज्ञानेन्द्र त्रिपाठी लगायतका ४८ बन्दी युद्ध भैरव गणमा राखिएको'
बताएको विवरण थियो । २ साउन २०६२ मा प्रकाशित विकल्प साप्ताहिकसँगको
अन्तर्वार्तामा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले त्रिपाठी
राखिएको ठाउँ पत्ता लागेको र उहाँ जीवितै रहेको बताउनुभएको थियो ।
यति आधार र प्रमाण हुँदाहुँदै पनि मेरो श्रीमान्लाई अझैसम्म पनि र्सार्वजनिक
नगर्ने सरकारको बेवास्ताका कारण हामी पीडित परिवार विलखबन्दमा परेका
छौं । खोजी गरी पाऊँ ।
श्रीमती शर्मिला त्रिपाठी,
काठमाडौं
• युद्धविराम
!
हरेक दशैँपर्ूव
पिटिन्छ ढोल र्सवत्र
बजाइन्छ घण्टी सारा
हल्लैहल्लाको देशमा
पुनः अर्को
एउटा नियमित वाषिर्क हल्ला ।
तिमीले भनेजस्तो
साँच्चै युद्धविराम भयो भने
आशङ्काको भारी बोकेर
एकहूल मान्छेहरू-
रातसाँझमा घर र्फकलान्
दशैँको टीका लगाउलान्
र, चुपचाप भित्रै बसेर
तिहारको माला पनि लगाउलान्,
अर्को हूल मान्छेहरू-
जो टीका लाउँदैनन्
माला पनि भिर्दैनन्
बिरालाको चालमा
लुसुक्क घर आएर
खुसुक्क आफन्त भेटी
पुनः युद्धभूमिमा जालान् !
तेस्रो हूल मान्छे पनि छन्
कागलाई बेल पाकेजस्तै
युद्धको सर्न्दर्भमा
अल्पविरामको के कुरा
पर्ूण्ाविराम नै लागे पनि
उनीहरू कहिल्यै खुसी हुँदैनन्
जसका आफन्तहरू कहिल्यै आउँदैनन्
सदा नफर्किने गरी तिनीहरू
अर्कै बाटोमा गइसकेका छन् ।
रामविक्रम थापा
बालकन्या मावि, फाक्टाङ, खोटा
• चरीको
चिरबिर
१-१५ असोजको हिमाल को मुहर्ूतमा
प्रकाशित कार्टर्ुुे मन त छोयो नै, त्यसको प्रभावमा यो कविता समेत
जन्म्यो ।
बेतोडले दौडिएको किन बन्दुके दाइ ?
आँखै छोपी त्यति बिघ्न दौड्यौ के लिनलाई ?
पछि पछि म आएको देखी डर लाग्यो कि ?
रगतैले प्यास मेट्ने मोह जाग्यो कि ?
बन्दुकको कामै मार्ने जसलाई पनि मार्छ
आफैँलाई बोक्नेलाई'नि त्यसले सखाप पार्छ
बन्दूक फाली म चरीलाई बिन्ती हात देऊ
गीत गाउँछु शान्तिको म, बरु साथ देऊ
मेरो गीत सुन्यौ भने त्रि्रै हित हुन्छ
हार हुन्न कसैको'नि बरु जित हुन्छ ।
प्रकाश आस्था
गोर्स्याङ- ७, नुवाकोट
|