| •
स्नेह साय्मि |
 |
अर्थ
| उद्यम-व्यवसाय
प्रजातन्त्र, शान्ति अनि व्यवसाय
'सभक्ति कृतज्ञता' जाहेर वा गोदबा भिरेका भरमा
उद्योग फस्टाउन सक्दैनन् । त्यस निम्ति सुव्यवस्था र शान्ति नै चाहिन्छ
। तर दिगो शान्ति प्रजातन्त्रमा मात्र सम्भव हुन्छ ।

मीन बज्राचार्य |
नेपालको औद्योगिक
विकासको इतिहास लामो छैन । राणाकालदेखि नै आयातित वस्तुलाई महत्त्व
दिने सरकारी नीतिका कारण देशभित्र उद्योग व्यवसाय फस्टाउन सकेन । पञ्चायतकालमा
नियन्त्रणमुखी अर्थतन्त्रका कारण पहुँचवालाहरू मात्र 'उद्योगपति' हुन
पाए । २०४६ सालपछि नेपाली निजी क्षेत्रलाई नयाँ अवसर प्राप्त भयो र
सँगै नयाँ चुनौती पनि आइलागे । अवसर यस अर्थमा कि, निजी क्षेत्रलाई
महत्त्व र सम्मान दिने काम भयो । समाजमा प्रतिष्ठा बढ्यो । राज्य संरचनाका
विभिन्न अङ्गमा यसको प्रतिनिधित्व अनिवार्य ठानियो । सरकारले निजी
क्षेत्रको सुझाव मात्र होइन आलोचना समेत सकारात्मक रूपमा लिन थाल्यो
। यस प्रसङ्गमा, अन्तरिम शासनकालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईले
२०४७ सालमा उद्योग बाणिज्य संघको साधारण सभामा बोल्नुभएको कुरा उल्लेखनीय
छ । उहाँले भन्नुभएको थियो, "तपाईंहरू -नेपाल उद्योग बाणिज्य
संघ) ले पञ्चायतकालमा सरकारले प्रस्तुत गरेका हरेक बजेटको स्वागत मात्र
गर्नुहुन्थ्यो, अहिले बजेटको आलोचना गर्न पाउनुभएको छ ।"
चुनौती चाहिँ यस मानेमा कि, प्रजातन्त्र पछि नियन्त्रित
अर्थतन्त्र हट्यो । चाकडी र पैसा खुवाएर कुनै पनि उद्योग लामो समयसम्म
दर्ता गर्न वा सञ्चालन गर्न दिने वा नदिने भन्ने नीति फेरियो । अर्थात्
ग्याँस उद्योग भन्नासाथ पशुपति शमशेरको मात्र हुनुपर्ने भन्ने नीति
रहेन । प्रक्रिया पुर्याएर अरूले पनि ग्याँस उद्योग खोल्न पाउने भए
। हुलास जस्ता उत्पादन गर्ने कारखानासँग प्रतिस्पर्धा गर्न पञ्चायतकालमा
चौधरी समूहले जसरी राजपरिवारका सदस्यको नाममा एपोलो जस्ता कम्पनी दर्ता
गर्नु परेको थियो, प्रजातन्त्रपछि त्यस्ता दबाबमूलक नामहरू प्रयोग
गर्न परेन । २०४६ सालपछि धेरै साना मझौला उद्योग व्यवसाय खुले र पञ्चायतकालमा
स्थापित उद्योगहरूका लागि बजार र व्यवस्थापनका हिसाबले नयाँ चुनौती
सामना गर्नुपर्ने भयो । अर्थात् दरबारको छत्रछायाँमा हर्ुर्केका उद्योगपतिहरूले
पनि प्रतिस्पर्धा गर्नुपर्ने भयो ।
हिजो व्यवसाय चाकडीमा वा नजरानामा आधारित थियो भने प्रजातन्त्रपछि
केही हदसम्म भए पनि प्रतिस्पर्धामा आधारित हुनेभयो । पुराना पुस्ताले
'सभक्ति कृतज्ञता जाहेर' गरेर कमाएपनि नयाँ पुस्ताले प्रतिस्पर्धामै
विश्वास गर्नुपर्ने भयो । व्यावसायिक घरानाकै कुरा गर्ने हो भने पनि
नयाँ पुस्ता शिक्षित छन्, नयाँ शिक्षा, नयाँ व्यवस्थापन शैली, नयाँ
जोश लिएर आएका छन् र उनीहरू चाकडी र व्यवसायलाई एकैठाउँमा मिसाउन चाहँदैनन्
। यदि २०४६ सालपछि कानूनको शासनलाई राम्ररी स्थापित गर्न सकेको भए
ब्याङ्कको ऋण खाएर वा राजस्व छलेर उद्योगपति हुने परम्पराको सट्टा
उद्यमशीलताको पर््रदर्शन गरेरै उद्यमी हुनेहरूको भीड ठूलो हुनेथियो
।
जे-जस्तोसुकै भए पनि, ०४६ पछि प्रजातन्त्रको सबैभन्दा बढी उपभोग गर्न
पाउनेहरूमा उद्यमी व्यवसायीहरू नै पर्छन् । फेरि पनि उद्यमशीलताको
प्रयोग नगरी कुनै पनि व्यक्ति उद्यमी हुनै सक्दैन । जो उद्यमशील छ
त्यो प्रजातन्त्रविरोधी हुनै सक्दैन । त्यसैले उद्यमीहरू लोकतन्त्रको
आन्दोलनमा देखा नपर्नुका जतिसुकै भित्री कुरा भए तापनि उनीहरू स्वतन्त्रता
विरोधी हुन सक्दैनन्, उनीहरू लोकतन्त्र विरोधी पनि हुन सक्दैनन् ।
जो असक्षम छ उसले धेरै चाकडी गर्छ र चाकडीतन्त्र चलिरहोस् भन्ने चाहन्छ
। जो सक्षम छ उसले अरुलाई पनि सम्मान गर्छ र आफू पनि सम्मानित हुन
खोज्छ । न्यूनतम मानवाधिकार पनि नभएको अवस्थामा एकजना उद्यमशील व्यक्तिको
पहिचान र सम्मान दुवै हुँदैन । कुनै पनि जहाँनियाँ र एकतन्त्रात्मक
शासनमा चाकडीको महत्त्व हुन्छ । जहाँ चाकडीको महत्त्व हुन्छ त्यहाँ
नयाँ विचार, नयाँ सोच, नयाँ परम्परा र त्यसका लागि लिइएको जोखिमको
अर्थहीन हुनजान्छ ।
चाकडी र व्यवसाय भिन्न विषय हुन् भन्ने उद्यमीहरूले
नबुझेको कुरा हुनसक्दैन । चाकडी बाध्यात्मक हुन्छ भने व्यवसाय प्रतिस्पर्धात्मक
हुन्छ । अपारदर्शी, टापटिपे संस्कार र शैलीले स्थापित र सम्मानित उद्यमी
बन्न सकिँदैन । पैसा कमाउनु र उद्यमी हुनु भनेको एउटै कुरा होइन ।
उद्यमीहरूले पैसा कमाउन सक्छन्, सबै पैसा कमाउनेहरू उद्यमी हुन सक्दैनन्
। 'सभक्ति कृतज्ञता' जाहेर वा गोदबा भिरेका भरमा उद्योग फस्टाउन सक्दैनन्
। उद्योग फस्टाउनका लागि सुव्यवस्था र शान्ति नै चाहिन्छ । तर शान्ति
एकतन्त्रात्मक शासनमा सम्भव हुँदैन ।
लोकतन्त्र कुनै डरलाग्दो भविष्य होइन । लोकतन्त्र भनेको
पर्ूण्ा पूँजीवाद हो । लोकतन्त्रमा पूँजीको वृद्धि, अवसरको सिर्जना
र उद्यमशीलताको विकास एकतन्त्रात्मक शासन भन्दा अतुलनीय ढङ्गले अभिवृद्धि
हुन्छ । त्यस्तै क्यापिटल क्रियशन र नाफाका कुरा, इन्नोभेशन र मेहनतका
कुरा, प्रतिस्पर्धा र ज्ञानका कुरा, नयाँ व्यवस्थापन र व्यवसायीकरणका
कुरा एक व्यवस्थित लोकतन्त्रले मात्र दिन सक्छ । यस घडीमा पनि स्थापित
उद्यमी व्यवसायीहरूले एउटै डुङ्गामा बसिसकेपछि प्वाल परेको डुङ्गाबाट
पसेको पानी सँगैको साथीले मात्र फालोस् भनेर चुपचाप बस्नु राम्रो हुँदैन
।
त्यस्तै अहिलेसम्म पनि पूँजीपतिहरू आफ्नो पूँजी र सञ्चयको
आधिकारिक घोषणा गर्न सक्ने स्थितिमा छैनन् । चाहेर पनि पारदर्शी हुनसकेका
छैनन् । डर र त्रास पालेर बसेका छन् । यो परिस्थितिलाई परिवर्तन गरी
सफल समाजको सिर्जना गर्ने हो भने र सफल समाजको समृद्धशाली व्यवसायी
भएर निर्धक्कसँग आफ्नो सम्पत्ति र मुनाफा घोषणा गरेर प्रतिस्पर्धामा
खरो उत्रने हो भने शान्तिका लागि व्यवसायीहरूले पहल त गर्नैपर्छ र
लोकतन्त्रका लागि पनि व्यवसायीहरूको पहल हुनर्ैपर्छ ।
तर्सथ, वर्तमान पर्रि्रेक्षमा १४ वटा व्यावसायिक सङ्गठनको
आयोजनामा शुरु गरिएको राष्ट्रिय व्यावसायिक पहल सराहनीय छ । यस पहललाई
साङ्गठनिक हिसाबले अझै धेरै ठूलो घेरामा लैजान त जरुरी छ नै साथसाथै
लोकतन्त्रका लागि पनि व्यावसायिक पहल गर्नु पनि जरुरी छ ।
|