हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५६/१५७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | संक्षेप
अर्बौँका सिसौ सुक्दा छन्

जनकपुर परिक्रमा रोडका चन्द्रेश्वर यादवले झण्डै रु.२० लाख पर्ने १० कट्ठा जग्गाको सिसौ दाउराका रूपमा रु.३ लाखमा बेचे । लहलहाउँदा सिसौका रूखहरू रोग लागेर सुकेपछि उनले यो विघ्न घाटा सहनु परेको हो ।

धनुषा यज्ञभूमि ९ मा साढे आठ हेक्टरमा फैलिएको क्वार्टर सामुदायिक वनका सिसौ पनि भित्रभित्रै सुकेर खोक्रो भएको छ  ।

छिटो बिक्री हुने तथा दह्रो आम्दानी दिने कारण धेरैको रुचि बनेको तर्राईको सिसौ खेती पछिल्ला दिनमा कीरा तथा ढुसीबाट हदैसम्म प्रभावित छ । रोग लागेपछि पात पहेलिन्छ, लाभ्रेले खान्छ तथा दर्ुइ अँगालो मोटो हुनुपर्ने रूख बाँस जस्तो पातलो र खोक्रो हुन्छ  ।

सुकेका रूखहरूबाट दाउराको मूल्य भन्दा बढी केही नआउने भएपछि यसतर्फो आकर्षा घटेको हो । अहिले रूख लगाउने भन्दा पनि काट्ने कामले तीब्रता पाएको छ । तर्राई निजी वन विकास संस्था बेंगाडावरका व्यवस्थापक अखिलेश झाका अनुसार १० वर्षघिसम्म वाषिर्क ३० हजार बिरुवा बिक्री हुने गरेकोमा डेढ सयमा झरेको छ ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लाभरमा सरकारीतर्फकरीब १ हजार र निजीतर्फ१० हजार हेक्टर भूमिमा सिसौ लगाइएको छ । एक हेक्टर भूमिमा सरदर १ हजार ६ सय बिरुवा लगाइन्छ । र, २० वर्षपुगेको एउटा सिसौको रूखबाट २५ क्युविक फिट राम्रो काठ निस्कन्छ । हाल प्रति क्यू.फिट सिसौको काठको सरकारी मूल्य रु.१५० रहेको छ भने स्थानीय बजारमा रु.४ सय ।

धनुषा जिल्लाभरमा झण्डै १ करोड ७६ लाख सिसौका रूखहरू छन् । रोग नलागेको भए ती रूखबाट ४४ करोड क्यू.फिट अर्थात् सरकारी दररेट अनुसार रु.६ अर्बभन्दा बढीको काठ उत्पादन हुनसक्थ्यो ।

वन अनुसन्धान तथा र्सवेक्षण केन्द्रले र्सलाही, पर्सर्ााबारा, मकवानपुर तथा रुपन्देहीका सिसौ वृक्षरोपण क्षेत्रमा पात खाने कीरा -डिफोलिएटिङ क्याटारपिलार) देखिएको र यो अन्यत्र पनि देखिनसक्ने बताउँदै साना बिरुवामै आक्रमण हुने भएकाले भविष्यमा यसले ठूलो क्षति गराउन सक्ने जनाएको थियो । तर रोगको कारण पत्ता लागेकोे एक दशक बितिसक्दा पनि वनसम्बन्धी निकायहरूले समस्या समाधानतर्फकुनै चासो देखाएका छैनन् । रोग नियन्त्रणको औषधि खोज्ने प्रयास पनि भएको छैन । जिल्ला वन अधिकृत दिवाकर पाठकका अनुसार एकल सिसौ खेतीमा एउटा बिरुवाबाट अर्कोमा रोग र्सर्ने बढी सम्भावना हुँदा मिश्रति खेती गर्ने, बोक्रा भित्र कीरा तथा लाभ्रे देखिनेवित्तिकै एक लिटर पानीमा तीन मिलिलिटर सुमिसिडिन भन्ने विषादि कीरामाथि र्छकने र ढुसी लागेको रूख उखलेर जरामा आगो लगाउने हो भने केही बचाउ चाहिँ हुनसक्छ ।

विजेता चौधरी


नेपालको द्वन्द्व, रक्सौलमा असर


मधुप शर्मा
रक्सौलको सुनसान सारी पसलः ग्राहक कर्ुदाकर्ुर्दै उँग लाग्छ ।

अरु बेला समेत पाइला राख्न मुश्किल पर्ने सीमावर्ती भारतीय बजार रक्सौल दशैँ आइसक्दा पनि सुनसान छ । रक्सौल चेम्बर अफ कमर्शका अध्यक्ष रामेश्वरप्रसाद गुप्ताको भनाईमा कारोबार आधा जसो घटेको छ र यो दशैँले पनि राहत दिने सङ्केत देखिएको छैन ।
वीरगञ्ज र आसपासका बासिन्दाहरू सामान्य किनमेलका लागि पुग्ने वाहेक नेपालका अन्य शहरबाट मानिसहरू आउन छाडेपछि रक्सौलको कारोबारमा ठूलो ह्रास आएको हो । दुल्हन साडीका रमेश कुमार अग्रवाल भन्छन्, "दशैँको बेला वीरगञ्जबाहेक नेपालका अन्य ठाउँबाट पनि ग्राहकहरू आउने घुइँचो हुन्थ्यो तर अहिले मेरो पसलमा आउने नेपालीहरूको संख्या दैनिक एक दर्जन पनि पुग्दैन ।"

किनमेलकालागी भित्री नेपाली शहरहरू तथा पहाडी क्षेत्रबाट समेत ग्राहकहरू आउने भएका कारण बजारका अधिकांश पसलेहरू नेपालीमा कुराकानी गर्छन् र दर्जनौ पसलको नाम नेपालसँग जोडिएर राखिएको छ । तर नेपाली ग्राहककै संख्या घटेपछि तिनको दिक्दारी हदैसम्म बढेको छ । जय नेपाल साडी शो रुमका सञ्चालक सज्जन अग्रवाल भन्छन्, "लगनको सिजन त्यसै गयो, दशैँ आइसक्यो तर पनि ग्राहकको पत्तो छैन । काठमाडौँ, नारायणघाट, पोखरातिरका ग्राहक त ठप्पै छन् ।"

यहाँबाट नेपालतर्फहुने फलफूल, माछा, तरकारी, कस्मेटिक, भाँडाकुँडा, सुनचाँदी, जुत्ता, रेडिमेड लुगा लगायतका वस्तुहरूको संस्थागत व्यावसायिक कारोबारमा पनि कमी आएको छ । फलफूल मण्डी संघ रक्सौलका रमेशचन्द्र प्रसाद भन्छन्, "अहिले हाम्रो कारोबार दर्ुइतर्फी रूपमै घटेको छ । यहाँबाट जाने फलफूल गएको छैन नै उताबाट आउने नास्पाती, स्याउ पनि यसपटक आएन ।" नेपालतर्फदैनिक एक-दर्ुइ ट्रक जाने गरेको माछा हिजोआज दर्ुइ चार वटा टाँगामा सीमित छ । रक्सौल मछली मण्डीका प्रमुख विजयकुमार साह भन्छन्, "नेपालको द्वन्द्वले हाम्रो कारोबार ५० प्रतिशत भन्दा बढी घटेको छ ।"

वीरगञ्ज भन्सार प्रमुख ध्रुवप्रसाद पन्त भने रक्सौलमा नेपालीहरूको चहलपहल घट्नुलाई स्वाभाविक ठान्छन् । उनी भन्छन्, "नेपाल आयात हुने वस्तुहरूमा लाग्दै आएको कर भारत सरकारले फिर्ता दिन थालेपछि रक्सौल र काठमाडौँको बजारको मूल्यमा खासै फरक पर्न छोड्यो र सस्तोकै कारण यहाँसम्म आउने काम पनि बन्द भयो ।"

चन्द्रकिशोर, रामजी बराल