अर्थ | बजार
मेरो मोबाइल ले दिने
भयो धेरै सुविधा
सरकारी स्वामित्वको नेपाल टेलिकमको मोबाइल फोन सेवा
समस्याग्रस्त भइरहेको बेला उसको एकलौटी वर्चस्व तोड्दै स्पाइस नेपाल
प्रा.लि.ले 'मेरो मोबाइल' ब्राण्डमा काठमाडौँमा सेवा शुरु गरेको छ
। साधारण वार्तालाप, एसएमएस र भ्वाइसमेलका अतिरिक्त मेरो मोबाइल मा
कल फरवाडिङ, कल वेटिङ, कन्फरेन्स कल सेवा, ब्याङ्क खाता व्यवस्थापन
गर्न मिल्ने थप सुविधाहरू समेत उपलब्ध हुने जानकारी स्पाइस नेपालले
दिएको छ । मेरो मोबाइल का एउटा ग्राहकले अर्को ग्राहकलाई फोन गर्दा,
आगामी पुससम्म प्रतिकल एकपैसा मात्र शुल्क लाग्ने व्यवस्था गरिएको
छ । हाल राजधानीमा उपलब्ध यो फोन आगामी ६ महिनामा देशका अन्य प्रमुख
शहर-बजारहरूमा विस्तार भइसक्ने बताइएको छ । मेरो मोबाइल नेपाल टेलिकमको
नेर्टवर्कसँग जोडिन भने बाँकी छ ।
बजारमा बलिया टायल
बज्र एण्ड बज्र इन्टरप्राइजेजले भारतीय कम्पनी सोमानीका
नयाँ टायल इनोभा र डुरास्टोन नेपाली बजारमा भित्र्याएको छ । यी टायल
लामो समय टिक्ने भएकोले अस्पताल, शैक्षिक संस्था, बसपार्क, डिपार्टमेन्टल
स्टोर जस्ता व्यस्त स्थानहरूका निम्ति विशेष उपयोगी हुने दाबी कम्पनीको
छ । स्पेन र इटालीको प्रविधिमा सोमानीद्वारा उत्पादित एज कट, टेक्नोस्टोन,
प्रिज्म लाइन ब्राण्डका टायल पनि बज्र एण्ड बज्रले बिक्री गर्दै आएको
छ ।
फिटर्राईट मा कुपन
२० वर्षेखि विभिन्न किसिमका जुत्ता-चप्पल उत्पादन गर्दै
आएको विराट शु कम्पनी लि.ले आफ्नो लोकप्रिय ब्राण्ड फिटर्राईट जुत्ताको
बिक्री पर््रबर्द्धनका निम्ति 'फिटर्राईट क्यास इन फ्लास' योजना शुरु
गरेको छ । यस योजना अर्न्तर्गत ग्राहकले हरेक फिटर्राईट जुत्ता खरीद
गर्दा प्राप्त हुने कुपन कोट्याएर -स्क्र्याच गरी) रु.१०० देखि रु.१
लाखसम्म नगद प्राप्त गर्न सक्नेछन् ।
फिएरो एफएक्स
अरुण इन्टरनेशनलले आफ्नो २५ औँ स्थापना दिवसको अवसर
पारेर फिएरो एफएक्स मोटरसाइकल बजारमा ल्याएको छ । रु.१,३१,९८४ मूल्य
पर्ने १५० सिसि र १२ बीएचपी इन्जिन क्षमता भएको फिएरो एफएक्स प्रति
लिटर ५० देखि ५५ किलोमिटर गुड्छ । यो मोटरसाइकल खरीद गर्ने हरेक ग्राहकले
१४ इन्चको एलजी रङ्गीन टिभी उपहारका रूपमा पाउने जानकारी अरुण इन्टरनेशनलले
दिएको छ ।
भ्याली होम्सको टेरेस
भ्याली होम्स प्रा.लि.ले शान्त गाउँ सुनाकोठीमा आफ्नो
पहिलो आवास परियोजना टेरेस शुरु गरेको छ । वास्तुकार सिर्द्धार्थगोपालनको
'डिजाइन' र ४९ रोपनी जग्गामा फैलिएको टेरेस का घरहरू ६ देखि १० आना
जग्गामा निर्माण गरिएका छन् । ५० प्रतिशतभन्दा बढी जमिन तीन वटा पार्कका
लागि छुट्याइने बताइएको टेरेसमा व्यायामशाला समेत रहनेछ । पहिलो चरणमा
बन्ने २८ वटामध्ये प्रारम्भमै २५ प्रतिशत घरहरू बेच्ने लक्ष्य भ्याली
होम्सले राखेको छ ।
एभरेष्टको १८ औँ शाखा
एभरेष्ट ब्याङ्कले इटहरी र चाबहिलमा दर्ुइ नयाँ शाखा
थप गरेर कुल शाखा सङ्ख्या १८ पुर्याएको छ । पछिल्लो प्रारम्भिक तथ्याङ्क
अनुसार आ.व. २००४/००५ मा रु.३७.६ करोड नाफा गर्न सफल यस ब्याङ्कले
निक्षेपतर्फरु.१० अर्ब र कर्जा प्रवाहतर्फरु.७.९ अर्ब बराबरको कारोबार
गरिरहेको छ ।
क्वालालम्पुरमा दशैँ विदा
यस वर्षो दशैँ विदेशमा मनाउन चाहने नेपालीहरूलाई लक्ष्य
गरी एअर नेपाल र टुरिज्म मलेशियाले 'काठमाडौँ-क्वालालम्पुर छुट्टी
योजना' अघि सारेका छन् । प्रति व्यक्ति न्यूनतम रु.३० हजार पर्ने यस
योजनाअर्न्तर्गत हवाईजहाज टिकट, एअरपोर्टबाट ल्याउने लैजाने, चारतारे
होटलमा ब्रेकफास्ट सहित तीन रात बस्ने सुविधा प्राप्त हुनेछ । यो 'प्याकेज'
बिक्री गर्न काठमाडौँका मार्कोपोलो, शिव, जेट्स र जेनिथ ट्राभल्स लागिपरेका
छन् ।
रु.३० करोडको हाते कागज निर्यात
लोक्ता र अर्गेलीजस्ता वनस्पतिबाट उत्पादन गरिने हाते
कागज र सोबाट निर्मित वस्तुहरूको वाषिर्क निर्यात रु.३० करोड पुगेको
जानकारी सम्बद्ध उद्यमीहरूले दिएका छन् । नेपाली कागजबाट निर्मित ब्याग,
कपी, र्यापिङ पेपर, फोल्डर, भिजिटिङ कार्ड, लाइट कभर, मुकुटजस्ता
उत्पादनहरूको मुख्य बजार पश्चिमेली मुलुकहरू हुन् । हाते कागजको बजार
पर््रबर्द्धनमा नेपाल हस्तकला उद्योग संघ, नेपाल हाते कागज संघ र जीटीजेड
आदि संस्थाहरू क्रियाशील छन् ।
०% ब्याजदरमा आईएफबी
आइएफबी कम्पनीद्वारा निर्मित वासिङ मेशिन, कपडा सुकाउने
मेशिन, माइक्रोवेभ वेभेन र डिस वासर जस्ता घरायसी प्रयोगका उपकरणहरूको
अधिकृत बिक्रेता सागतानी एक्जिम प्रा.लि.ले ती उपकरणहरूको बिक्री पर््रबर्द्धनका
निम्ति शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजना शुरु गरेको छ ।
यो योजना आगामी नोभेम्बर महिनासम्म लागु रहने बताइएको छ ।
महाशक्तिको बाल सहयोग
नेपाल बाल सङ्गठन तथा अन्य अन्य बालगृहमा बस्ने अनाथ
बालबालिकाहरूको सहयोगका निम्ति महाशक्ति शोप एण्ड केमिकल प्रा.लि.ले
विशेष अभियान शुरु गरेको छ । आउँदो डेढ महिनासम्म बिक्री हुने हरेक
गोटा पूजा साबुनबाट प्रतिगोटा १० पैसाका दरले छुट्टै कोषमा रकम जम्मा
गरी ती अनाथहरूलाई सहयोग गरिनेछ । यस कार्यक्रमबाट करीब रु.४.५ लाख
सङ्कलन हुने अनुमान उद्योगले गरेको छ ।
|