हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरीका कुरा

किताब कुन पढ्ने ?

पढैयाहरूका लागि किताबमै संसार छ । नपढ्ने/अल्छीहरूसँग अनेकौँ बहाना हुन्छन् किताब पाइँदैन, फर्ुसद नै छैन ! तर कोर्सबाहेकका किताब पनि पर्याप्त पढ्ने युवाहरू नै बढी आत्मविश्वासी, लक्ष्यमुखी र सफल देखिएका छन् ।

शैली बस्नेत


मीन बज्राचार्य

नेपालमा र्सवाधिक बिक्री भएको लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय कृति 'मुनामदन' पढ्न खोज्दा प्रशान्त मानन्धरले बुझेनन् । अङ्ग्रेजीमा शेक्सपियरका नाटकदेखि खलिल ज्रि्रानको 'द प्रोफेट' सम्म पढ्न भ्याएका र बुझेका उनको दिमागले भाषिक सरलताका लागि समेत कहलिएको 'मुनामदन' समात्नै सकेन र उनले त्यो किताब नपढिकनै थन्क्याए । प्रशान्तले जस्तै पढाइमा अत्यधिक रूचि भएका युवाहरूले समेत नेपाली रचना/पुस्तकहरू कम पढ्ने गरेका छन् । अघिल्लो साता हिमाल द्वारा आयोजित अन्तरसम्वादका अधिकांश सहभागीहरू -हे. तस्बिर) को भनाइ थियो, "नेपाली किताब छुँदै नछुँदा पनि हाम्रो काम चल्छ । तर अङ्ग्रेजी किताब भने हाम्रो जीवनशैलीमै गाँसिइसकेका छन् ।" विशेषगरी काठमाडौँमै जन्मेका, हर्ुर्केका र बोर्डिङ स्कूल र 'प्लस टु' हुँदै निजी कलेजबाट उच्च शिक्षा हासिल गरेका बहुसङ्ख्यक विद्यार्थीहरू नेपाली किताब पढ्न र बुझनसमेत कठिनाई अनुभव गर्छन् ।

राजधानीको नयाँ पुस्तामा देखिएको नेपाली रचना/पुस्तकहरूप्रतिको न्यून अभिरूचिका पछाडि अनेक कारणहरू छन् । विद्यालयमा अङ्ग्रेजी भाषा र लेखन-क्षमता सुधार्न अङ्ग्रेजी शिक्षकहरूले विभिन्न पुस्तकको समीक्षा गर्न लगाउँछन् । एउटा किताबको गहिराइमा डुबेपछि विद्यार्थीहरूमा किताब पढ्ने लत नै लाग्छ । विद्यार्थीहरूका अनुसार प्रायः नेपाली शिक्षकहरू भने कोर्सबुककै सेरोफेरोमा सीमित हुन्छन् अनि भाषा-साहित्य बुझाउन सानैदेखि गराउनुपर्ने अतिरिक्त अभ्यास गराउँदैनन् । त्यसैले धेरै विद्यार्थीमा नेपाली साहित्यतर्फचासो नै पलाउँदैन । "विद्यालय जीवनपछि नेपाली भाषाको कतै आवश्यकता नै अनुभव भएन", 'ए लेभल' गरेर स्नातक तह उत्तर्ीण्ा शीतल शर्मा भन्छन्, "एसएलसीपछि नागरिकता, लाइसेन्स र दीक्षान्त समारोहको फारम भर्न मात्र नेपालीमा लेख्नुपर्‍यो ।" नेपाली भाषासँग यसरी अलग्गिएपछि नेपाली साहित्य पढ्न र बुझनका लागि अतिरिक्त परिश्रम गर्ने कमै हुन्छन् ।

अङ्ग्रेजी साहित्य चाहिँ श्रेणीवद्ध र व्यवस्थित पनि छ । शेक्सपियरका नाटकहरू कम उमेरका विद्यार्थीहरूले बुझने 'सिम्प्िलफाइड भर्सन' देखि मोटा ठेलीसम्ममा उपलब्ध छन् । त्यसैले कहिले कुन पुस्तक पढ्ने जस्ता कुरामा पाठकमा धेरै अन्योल हुँदैन । तर नेपाली साहित्य त्यसरी श्रेणीवद्ध छैन । कि बाल साहित्य छ कि प्रौढ साहित्य । विद्यालय र परिवारका अग्रजहरूले सल्लाह नदिउञ्जेल किशोरकिशोरी/युवाहरूले कुन किताब समात्ने भन्नेबारे थाहै पाउँदैनन् । अङ्ग्रेजी साहित्यमा पढेको कुरा नबुझदा शिक्षक, साथीभाइ, अभिभावकसँगै इन्टरनेटसम्मको सहयोग पाइने तर देवकोटा, लेखनाथ पौड्याल जस्ता स्रस्टाका रचना नबुझदा बुझाउनेे व्यक्ति हतपत् नपाइने कुरामा अन्तरसम्वादका सहभागीहरूको एकमत थियो  ।

नेपाली पुस्तकहरूको प्रचारप्रसार समेत पर्याप्त मात्रामा हुँदैन । छपाइ र प्राविधिक स्तरीयताका दृष्टिले पनि तिनीहरू अङ्ग्रेजीको तुलनामा पछाडि नै हुन्छन् । अङ्ग्रेजी वातावरणमा हर्ुर्किँदै गरेका युवाहरूको कानमा नेपाली किताबहरूको नाम कमै ठोक्किन्छ । अङ्ग्रेजी किताबहरूको अत्यधिक चर्चाका कारण पनि उनीहरू त्यतातिर आकषिर्त हुन्छन्  । किताबको गाता पछाडि त्यसको विषयवस्तुबारे छापिएका टिप्पणी र लेखकको परिचय पढेर किताब छान्ने विन्दिया झा भन्छिन्, "किताबको खोलमा यति हजार प्रति बिक्री भएकोे, फलानो पुरस्कार विजयी जस्ता कुरा देखेपछि किताब पढ्ने जाँगर बढ्दो रहेछ ।" अधिकांश युवाले नेपाली किताबमा यस्ता जानकारीहरू भेटेका छैनन् । बरु लेखकको चिनारी दिन समेत कञ्जुस्याइँ गरिएको अनुभव गरेका छन् । विन्दिया भन्छिन्, "भित्री पानाहरूमा मसिना अक्षर हुने, कोचेर लेखेको जस्तो देखियो भने राम्रै किताब पनि पढ्न जाँगर चल्दैन ।"

किरण पाण्डे

भुक्तभोगीहरूका अनुसार अङ्ग्रेजी किताब पाइने ब्रिटिश काउन्सिल, अमेरिकन लाइब्रेरी, एवन जस्ता राजधानी-केन्द्रित पुस्तकालय व्यवस्थित छन् तर नेपाली पुस्तकालयमा छिर्‍यो भने हराउने स्थिति छ  । राष्ट्रियस्तरका ठूला पुस्तकालयमा सदस्यताको प्रबन्ध छैन, त्यसकारण किताब घर लान पाइँदैन । त्यसैले राति र बिहान पढ्न रुचाउने वा मिल्नेहरूका लागि यी पुस्तकालय उपयोगी छैनन् । स्कूल-कलेजका पुस्तकालयमा पनि नेपाली कृतिहरू कमै राखिन्छन् । बाह्र कक्षा उत्तर्ीण्ा हुनासाथ 'आराधना' शर्ीष्ाकको कविता सङ्ग्रह निकालेकी अन्जना लुइँटेल भन्छिन्, "काठमाडौँ विश्वविद्यालयको पुस्तकालयमा नेपाली किताब नै पाइँदैनथ्यो ।" बूढानीलकण्ठ स्कूलको पुस्तकालयका राम्रा किताबहरू धेरै चोरी भएकाले आफ्नो पढ्ने उमेर पुग्दा त्यस्ता किताब बाँकी नरहेको अनुभव सुनाउँछन् शीतल । कलेजका पुस्तकालयमा भएका राम्रा किताबहरू घर लान नपाइने हुँदा पढ्न नपाइने अनुभव पनि विद्यार्थीहरूको छ । साथीभाइ र परिवारमा कसैको पढ्ने बानी नभएको र छरछिमेक तथा कलेजहरूमा भनेजस्तो पुस्तकालय नभएकाले राम्रा किताब पढ्न नपाएको पिपुल्स क्याम्पसकी छात्रा उषा लामा बताउँछिन्  ।

प्रेरणा र सङ्गतको फल
नेपाली किताब पढ्न उत्प्रेरणाको अभाव भएपनि अन्तरसम्वादमा सहभागी प्रायः सबैमा पढ्ने बानी र त्यसको महत्त्वबोध भएको भेटियो । युवा पुस्तामा पढ्ने बानी बसाउनका निम्ति प्रेरणाको ठूलो महत्त्व हुने गर्छ । किशोरकिशोरी वा युवाहरूको स्वाध्यायन-यात्रा प्रायः परिवार, शिक्षक अथवा साथीहरूले 'यो किताब राम्रो छ, पढ' भनेर दिएपछि शुरु हुने गर्छ । पुस्तक-समीक्षाको अभ्यासबाट पनि विद्यार्थीहरूमा पढ्ने बानीले जरो गाड्न सक्छ । विद्यालयपछि पढैया साथीहरूको सङ्गत मिल्यो भने यो बानी अरू फस्टाउँछ । यस्ता साथीहरूबीच कसले चाँडै र धेरै पढिसक्ने जस्तो प्रतिस्पर्धा हुने गरेको व्यवस्थापनका स्नातक निमिष आचार्य बताउँछन् । आफ्नो पढ्ने बानीको जग बसाल्न सङ्गतको ठूलो भूमिका रहेको उनको मूल्याङ्कन छ । तर किताब पढ्ने बानी नभएका युवाहरू टेलिभिजन र इन्टरनेटलाई दोष दिँदै 'फर्ुसद नै हुँदैन' भन्छन्  ।

पढैया युवाहरू शुरुका दिनहरूमा दन्त्यकथा, मुनस्टोन जस्ता रहस्यमय उपन्यास, जासुसी कथा, सिड्नी सेल्डनका उपन्यास, रविन्शन क्रुसो जस्ता काल्पनिक कृति -फिक्सन) बढी पढ्ने गर्छन् । त्यसपछि आत्मवृत्तान्त, जीवनी, यात्रा-संस्मरण, अनुभव-उपन्यास, ऐतिहासिक उपन्यासहरूले उनीहरूलाई बढी आकषिर्त गर्छ । शीतल भन्छन्, "काल्पनिक किताबले भाषालाई मद्दत गरे पनि ज्ञानलाई खासै बढाउँदैन । वास्तविकतामा आधारित किताबहरूले भने ज्ञानको क्षितिज नै उघारिदिन्छन् र एउटै कुरालाई विभिन्न दृष्टिकोणले हर्ेनसक्ने बनाउँछन् ।" अनुभव, इतिहास, जीवनीहरू कल्पनाभन्दा पनि रोचक, रोमाञ्चकारी हुने गर्छन् । यस्ता पुस्तक पढिसकेपछि काल्पनिक किताब पढ्दा केही खल्लो महसूस हुने गर्छ । कथा र भाषाले समात्न सक्यो भने पाठकहरूले काल्पनिक कृतिलाई समेत औधी रुचाउँछन् भन्ने कुराको प्रमाण बनेको छ हृयारी पोटरको विश्वव्यापी सफलता । बजारमा हृयारी पोटरको छैटौँ भाग आएको थाहा पाउनासाथ मन थाम्नै नसकी आफैँले पन्ध्र सय रुपैयाँ खर्च गरेर किनेको बताउँछिन् नोबेल एकेडेमीमा कक्षा एघारमा अध्ययनरत् सुनन्दा आचार्य । अङ्ग्रेजीभन्दा नेपाली साहित्यका भावनाहरूमा बढी रमाउने अञ्जना भने नारी लेखिकाहरूका किताब पढ्न रुचाउँछिन् । डाइमनशमशेरको 'वसन्ती' मा प्रस्तुत गगनसिंहको फरक तस्बिर रोचक लागेकाले उनलाई ऐतिहासिक उपन्यासमा पनि रुचि जागेको छ ।

पत्रपत्रिकाको हकमा पनि नेपालीभन्दा अङ्ग्रेजी नै लोकप्रिय पाइए अन्तरसम्वादमा सहभागी युवाहरूमा । युवाहरूलाई नै लक्ष्य गरी लेखिएका बाहेक राजनीति, अनुसन्धान, विश्लेषणसँग सम्बन्धित पत्रपत्रिका र लेखहरूले शहरिया नयाँ पुस्तालाई पटक्कै छुने गरेको छैन । उनीहरू भन्छन्, "ती विषयहरू बुझन र तिनमा चाख जाग्न हामीसँग 'ब्याकग्राउण्ड इन्फर्मेशन' नै हुँदैन ।"

युवाहरू किन पढ्छन् त - छलफलमा विभिन्न उत्तर पाइयो- समय बिताउन, भाषा सुधार्न, ज्ञान बढाउनदेखि लिएर साथीहरूको अगाडि फुइँ दिनका लागि समेत । अरूको अनुभवबाट आफ्नै जीवनका लागि राम्रो पाठ सिकिन्छ भने आफूले थाहा नपाएका इतिहासका घटना र आफूले विश्लेषण गर्न, केलाउन नसक्ने मुद्दाहरू पढ्नाले मानसिक, बौद्धिक क्षमता बढ्ने कुराको जानकार बनिसकेको छ नयाँ पुस्ता । तर यो कुरा किताब पढ्ने बानी परिसकेका युवाहरूमा मात्र लागू हुन्छ । पछिल्लो पुस्ताको ठूलो जमात 'कोर्स' बाहेक अरू किताब पनि पढ्नर्ुपर्छ भन्ने चेतना वा जाँगरबाटै टाढा छ ।

युवाहरूले के पढ्नुपछ - कसरी पढ्नर्ुपर्छ - पुस्तक सङ्कलन र अध्ययनमा विशेष रुचि राख्ने राजनीतिशास्त्री हरि शर्माका अनुसार कुन विषय पढ्ने, कुन लेखक छान्ने भन्ने कुरा चुनौतीपर्ूण्ा छ । समय महत्त्वपर्ूण्ा छ र सीमित पनि । त्यसैले जे पायो त्यही पढ्नुभन्दा कुन उचित, के अनुचित भनेर छुट्याउन सक्नर्ुपर्छ । त्यसका लागि विज्ञहरूका पुस्तक-समीक्षा र इन्टरनेटमा उपलब्ध जानकारीबाट समेत फाइदा लिनर्ुपर्छ  । 'कपीराइट' सकिएका बजारमा नपाइने महत्त्वपर्ूण्ा किताबहरू इन्टरनेटमा सित्तैँमा पाउन सकिन्छ । तिनको पनि सदुपयोग गर्नुपर्छ । उहाँ भन्नुहुन्छ, "किताब पढ्ने भनेको जानकारी, व्यक्तिगत विकास र आनन्दका लागि पनि हो । यो एउटा सामाजिक क्रियाकलाप पनि हो । पढेको कुरा बाँड्न, सिकाउन वा छलफल गर्न पाइएन भने किताबबाट पाएको ज्ञानको अर्थ हुँदैन  ।" यसैकारण युवाहरूलाई पढ्ने समूह वा क्लव बनाउने सुझाव उहाँ दिनुहुन्छ ।

विशेष गरी शहरिया युवाहरूको पढ्ने बानी र समय निरन्तर खुम्चिँदैछ । अघिल्लो पुस्ताका सामु मनोरञ्जनका धेरै विकल्प थिएनन्  । तर आज टेलिभिजन, रेडियो, इन्टरनेट, सिनेमा लगायतका विकल्पहरू उपलब्ध छन् । अर्कोतर्फपढैया युवाहरूमा नेपाली किताबहरूले महत्त्व नपाउनु विडम्बनाको कुरा हो । नेपाली कम पढ्ने हुँदा नेपाली लेख्ने अभ्यास समेत युवाहरूमा घट्दै गएको छ । नेपाली र अङ्ग्रेजी दुवै भाषाका कृति, साहित्य-अध्ययनतर्फयुवा पुस्तालाई प्रेरित गर्न व्यवस्थित पुस्तकालयका साथै परिवारजन र शैक्षिक संस्थाको ठोस पहल, सहयोग र प्रेरणा उत्तम अस्त्र हुनसक्छन् ।