| •
ऋतुराज |
 |
ऋतुविचार
आफ्नो ट्राफिक आफैँ मिलाऊ
नागढुङ्गामा सुरक्षाजाँच
सकेर थानकोटतर्फलागेपछि सतहमार्गबाट आउने यात्रुहरूलाई काठमाडौँ छिरियो
भन्ने लाग्दछ । काठमाडौँ खाल्डाको घेराभित्र छिरेपछि मोबाइल फोनका
'सिग्नल'हरू पनि सक्रिय हुन थाल्दछन् । अनि छिटै घर आइपुग्दैछु वा
छौँ भनेर धडाधड मोबाइलमा फोन गर्न लाग्दछन् जोस र उत्साहका साथ ।
तर सतुङ्गलको ओरालो लाग्दानलाग्दै गति सुस्त हुन लागेको
सवारी नैकाप भन्ज्याङ पुग्दासम्म अघि बढ्नै छाड्छ । कोही मनकामना माईको
दर्शन गरेर आएको तर्ीथालु छ भने उसलाई कुरिनटारदेखि थानकोटसम्म आइपुग्न
जति समय लाग्छ झण्डै त्यति नै समय थानकोटदेखि कलङ्कीको चोक छिचोल्न
लाग्छ । त्यति ठूलो ट्राफिक जाम हुन्छ, खासगरी अपरान्ह र साँझतिर ।
सडकको बायाँतर्फलाम लागेर पालो कुरिरहेका गाडीहरू देख्दादेख्दै
दायाँतर्फाट अघि बढ्नु त दर्ुइपाङ्गे्र सवारीहरूको विशेषता नै बनेको
छ । कतिपय चार पाङ्ग्रे सवारीचालकहरू पनि त्यसै गर्नुमा गौरव अनुभव
गर्छन् । त्यसले गर्दा जाम खुल्नुको सट्टा झनै जाम हुन पुग्दछ । त्यसरी
नियम मिच्नेलाई रोक्ने पनि कोही हुँदैन । थानकोटमा देखिएको ट्राफिक
प्रहरीको कलङ्की चोकमा नपुगी फेरि दर्शन पाइँदैन । बरा, त्यहाँ उभिएर
सिटी फिरफिर गर्ने ट्राफिक प्रहरीलाई नैकाप भन्ज्याङभन्दा अघिदेखि
नै ट्राफिक खल्बलिएको पत्तो हुँदैन ।
जो सत्ताको सुखभोग गरिरहेका छन् तिनलाई यस सडकमा हिँड्नै
पर्दैन । उनीहरू त हेलिकोप्टरमै सयर गर्छन् । सडकमा हिँड्न परिहाले
पनि उनीहरूका लागि सडक अघिबाटै बन्द गरिन्छ अथवा साइरन बजाउँदै बाटो
खुलाइन्छ । देशका अरू धेरै कुरा झैँ ट्राफिक सेवा पनि उनीहरूकै पाउमा
समर्पित छ । दर्ुइतीन घण्टा जाममा फस्नुपर्दा दुनियाँलाई पर्ने मर्काबारे
न उनीहरूलाई थाहा हुन्छ न त मतलब नै ।
अहिले काठमाडौँका केही दोबाटो चौबाटोमा स्थानीय सङ्घसंस्थाकै स्वयंसेवकहरू
अघि सरेर ट्राफिक सञ्चालन गर्न थालेका छन् । सरकार लाछी र नालायक भएपछि
आखिर नागरिकहरू नै अघि र्सर्नुपर्ने रहेछ । 'आफ्नो ट्राफिक व्यवस्था
आफैँ मिलाऊ !' सरकारले त्यसै भन्न खोजे जस्तो छ । कलङ्की-थानकोटबीच
सधैँ लाग्ने ट्राफिक जाम व्यवस्थित गर्न अब स्थानीय सङ्घसंस्थाहरू
नै अघि सनुपर्ने हो कि ?
नेपाल टेलिकमको हविगत
सबभन्दा पहिले त 'नेर्टवर्क बिजी' हुन्छ, फोन नै लाग्दैन
। कि त अहिले 'सर्म्पर्क हुन सकेन फेरि प्रयास गर्नोस्' भन्ने सन्देश
आउँछ । अनगिन्ती प्रयासपछि केही गरी फोन लागिहाले पनि अर्कातिरबाट
बोलेको आवाज सुनिँदैन । सुनिहाले पनि कहिले आवाज चर्को हुन्छ, कहिले
असाध्ये मधुरो । कथम् दोहोरो वार्ता भइहालेको खण्डमा कुरा सकिन नपाउँदै
लाइन एकाएक चट् हुन्छ । अचेलभरि नेपाल टेलिकमद्वारा सञ्चालित मोबाइल
फोनको हालत यस्तै छ ।
तीनपुस्ते खुलाएर राजपत्राङ्कति अधिकृतद्वारा सनाखत
गराएर अनेक फजितीपछि रहर वा करले मोबाइल फोन लिनेहरू हैरान छन् मोबाइलको
यस्तो तालबाट । अस्तिसम्म सुविधाको साधन मानिएको मोबाइल फोन हिजोआज
घाँडो भएको छ, टोक्नु न बोक्नुको ।
उसै पनि सरकारी संस्थान ! भटमास खाएकी बुहारी नै हो
नेपाल टेलिकम । त्यस्ती बुहारीमाथि झन् सौता थपिएको छ मोबाइल फोन चलाउने
निजी क्षेत्रमा स्थापित मसाला कम्पनीको रूपमा । भन्छन्, त्यो मसाला
कम्पनीले आफ्नो नेर्टवर्कको परीक्षण गर्दैछ 'रे । उता उसले परीक्षण
के शुरु गर्यो, यता नेपाल टेलिकमको तन्तु हल्लिन थाल्यो । परीक्षण
हुँदाको अवस्था नै यस्तो छ भने त्यो अर्को कम्पनी साँच्चि नै बिजनेसमा
उत्रेपछि के होला नेपाल टेलिकमको हालत ?
नेपालमा निजी क्षेत्रको व्यापार चलाउन सरकारी संस्थान
स्वाहा पार्नै पर्ने र त्यसैको खरानीबाट निजी व्यापार शुरु गर्ने परम्परा
रहँदै आएको छ । नेपालको ध्वजवाहक मानिएको शाही नेपाल वायुसेवा निगमको
पखेटा काटेरै निजी विमान कम्पनीहरू थालिएका हुन् ।
मसाला कम्पनीले व्यापार थालेपछि नेपाल टेलिकमको हविगत
पनि कतै उही शा.ने.वा.नि. कै जस्तो त हुँदैन ?
हजुर गइसियो
तर्राई छ नेपालको सबभन्दा तल्लो भाग । त्यसदेखि मास्तिर
चुरे अथवा शिवालिक पर्वत शृङ्खला आउँछ । त्योभन्दा माथि महाभारत लेक
छ पर्ूवदेखि पश्चिमसम्मै तन्किएको । अनि त्यसभन्दा पनि अग्लो हिमालयको
लङ पर्छ । यस्तो छ नेपालको भूभाग अग्लो-होचोको तहतह परेको ।
जस्तो भूगोल छ त्यस्तै यस देशको भाषा पनि छ ( उचनीचको
भेद भएको । यस कुराको उदाहरण खोज्न घोत्लिरहन पर्दैन । नेपाली भाषाको
र्सवनाम नै त्यसको ज्वलन्त उदाहरण हो । 'तँ' सबभन्दा तल्लो तहको तर्राई
हो भने 'तिमी' चुरे पर्वत । 'तपाईं' लाई महाभारत शृङ्खला मान्ने हो
भने त्यसभन्दा माथिको 'हजुर' चाहिँ हिमालय पर्वतमाला । अझ हिमालय पर्वतमालाको
पनि सर्वोच्च शिखरका लागि फेरि छुट्टै छ दरबारिया भाषाको र्सवनाम ।
र्सवनाममा नेपाली भाषा जति धनी संसारको अरू भाषा शायदै होला ।
नेपाली भाषाको यो स्वरुप भूगोलको त हुँदै हो, नेपाली
समाजको पनि प्रतिबिम्ब हो । नेपाली समाज जस्तो किसिमको भेदभावयुक्त
छ त्यस्तै छ यस समाजले जन्माएको हर्ुकाएको भाषा पनि । मानिसको हैसियत,
ओहोदा र शक्ति हेरिकन त्यही अनुकूल सम्बोधन गर्नुपर्ने !
नेपाली समाजमा 'हजुर' र्सवनाम खूबै लोकप्रिय छ । सम्भ्रान्त
र सुसंस्कृत वर्गलाई यही सम्बोधन अधिक प्रिय छ । अरबी मूलको यो शब्दले
प्राचीनकालदेखि हिन्दू 'अधिराज्य' रहँदै आएको यस मुलुकमा आएर कसरी
यतिविधि जरा गाड्यो कुन्नि ! हुन त आधुनिक चेतका केही व्यक्तिहरूले
साङ्केतिक रूपमै भए पनि 'हजुर' को व्यापक उपयोगको विरोधमा एउटा अभियान
थालेका छन् एउटा स्टिकर निकालेर । त्यसमा हजुरलाई कट्टी गरेर तपाईं
शब्दमा ठीकको धर्सर्ााानिएको छ । यो प्रयास आफैँमा प्रशंसनीय छ, यसमा
शङ्का छैन ।
तर त्यसरी 'हजुर' को साङ्केतिक प्रतिकार गर्ने नयाँ
विचारका जुझारुहरूले पनि संस्कारवश आफ्नो बोलीबाट 'आइसियो', 'गइसियो'
लाई भने चाहिँ धपाउन सकेका छैनन् । र्सवनामलाई चाहिँ सामन्ती संस्कृतिको
चिनो भनेर लखेट्न खोज्ने तर त्यसैको क्रियापदलाई चाहिँ अँगालिराख्ने
! यसरी होला र हाम्रो भाषाको लोकतन्त्रीकरण ?
|