| रिपोर्ट |
इन्सेफ्लाइटिस
समाचार छ उपचार छैन
प्रायः
नेपालीहरूमा कण्डोम, पिल्स आदि प्रयोग गरेर अवाञ्छित गर्भधारण रोक्न
सकिन्छ भन्ने जानकारी पुगिसकेको छ, तर सरसफाई, झूल, धूप-धूवाँ, आदिको
माध्यमबाट मच्छडको टोकाइका कारण हुने खतरनाक रोग र सम्भाव्य मृत्युबाट
बच्न सकिन्छ भन्ने चेतना पुग्न सकेको छैन । तर्राईका गाउँमा फैलिएको
इन्सेफ्लाइटिसको प्रकोप र मृत्युका खबरले यही कुरालाई सङ्केत गर्दछन्
। इन्सेफ्लाइटिसको रोकथामप्रति सरकार र स्वास्थ्यक्षेत्रमा काम गर्ने
राष्ट्रिय-अन्तर्रर्ााट्रय संस्थाहरूको वेवास्ता र लापरवाही त निन्दनीय
नै छ ।
•
रामेश्वर बोहरा,
नेपालगञ्ज

रामेश्वर बोहरा |
| भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका लागि
आएकामध्ये ६१ जनाले ज्यान गुमाइसकेका छन् । |
अस्पतालमा बिरामीको चापले
खुट्टा राख्ने ठाउँ छैन । शैय्याले नपुगेर बरण्डा र करिडोरमा खचाखच
छन् बिरामी । तर दर्ुभाग्य, इन्सेफ्लाइटिसका बिरामीका लागि अस्पताल,
डाक्टर र औषधि सबैको अभाव छ । वैशाखदेखि भदौसम्म तर्राईका अस्पतालहरूमा
इन्सेफ्लाइटिस रोगको उपचारका लागि औधी माग हुने औषधि छैन । जनस्वास्थ्यमा
सरोकार राख्ने सरकारी निकाय स्वास्थ्य मन्त्रालय 'सबै ठाउँमा पुर्याउन
नसकिने' जवाफ दिएर उम्कन चाहन्छ ।
तर्राईमा हरेक वर्ष३०० देखि ५०० मानिस इन्सेफ्लाइटिसबाट
मरिरहेका हुन्छन् । सामान्यतया वैशाखदेखि जापनिज इन्सेफ्लाइटिसको प्रकोप
शुरु हुन्छ र यो असोज महिनासम्म रहन्छ । यो वर्षनेपालगञ्जका अस्पतालमा
मात्र मर्ने बिरामीको सङ्ख्या सात दर्जन जति पुगेको छ । भेरी अञ्चल
अस्पतालमा अहिले -२६ भदौ साँझ) सम्म ६१ जना बिरामीको मृत्यु भइसकेको
छ भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र नेपालगञ्ज शिक्षण अस्पतालमा
अर्ढाई दर्जन बिरामीको ज्यान गएको छ । यसरी नेपालगञ्जमा मात्र झण्डै
एक सय मानिसको ज्यान गएको छ । अस्पताल भर्ना हुनेको सङ्ख्या झन् झन्
बढ्दो छ । अञ्चल अस्पतालका मेडिकल रर्ेकर्ड सुपरीवेक्षण अधिकृत नन्दलाल
श्रेष्ठ भन्छन् "बिरामी भर्ना हुने क्रम बढ्दो छ, मृतकको सङ्ख्या
बढ्न सक्छ ।"
अस्पतालमा स्वास्थ्यकर्मी, बिरामी राख्ने ठाउँ र औषधि
तीन थोकको अभाव छ । यसका बिरामीलाई आवश्यक पर्ने मैनिटल, जेन्टामाइसिन,
डेक्सोना, वायोफेनिकल, सिफाकजोन, एनएस, स्रि्रोविड, एमोक्सिसिलिङ,
कम्बिक्लक्स लगायतका औषधि अस्पतालमा या छँदै छैनन्, भएपनि एकदम न्यून
मात्रामा । अधिकृत श्रेष्ठका भनाइमा, "हामीले औषधि अपुग भयो भनेर
रोग नियन्त्रण तथा इपिडिमियोलोजी महाशाखामा आग्रह गरेको गर्यै छौँ
तर सबै अस्पतालमा पठाउनर्ुपर्छ, औषधि छैन भन्दै उसले पर्याप्त औषधि
पठाउँदैन ।" अस्पतालका स्टोर इन्चार्ज शालिकराम प्रजापति "औषधिको
अभावमा कसैको ज्यान नजाओस् भनेर अस्पताल व्यवस्थापन समितिले यसैसाता
मात्र तीन लाख रुपैयाँ बराबरको औषधि किनेर बिरामीलाई वितरण गरेकोे"
बताउँछन् ।
औषधिको मात्रै होइन, अस्पतालमा विशेषज्ञको पनि अभाव
छ । अस्पतालमा एकै दिनमा ७० भन्दा बढी इन्सेफ्लाइटिसका बिरामीको उपचार
भइरहेको हुन्छ तर उपचार गर्ने फिजिसियन एकजना डा.निर्मल शाक्य मात्र
छन् । अर्का एक पेडियाटि्रसियन चाहिँ इन्सेफ्लाइटिस ग्रसित बच्चा-बच्चीलाई
हर्ेछन् । भेरी अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. उषा शाह
प्रश्न गर्छिन्, "२८ जना चिकित्सकको दरबन्दी भएपनि १४ जना मात्र
कार्यरत छन्, १०० शैय्याको अस्पताल भएपनि २०० शैय्या चलाएका छौँ, अनि
कसरी हुन्छ राम्रो सेवा ?"
इन्सेफ्लाइटिसबाट मर्नेहरूको सङ्ख्या कति होला - यकिन
तथ्याङ्क पाइँदैन । नेपालगञ्ज अस्पतालमा जतिकै मृत्यु कैलाली अस्पतालमा
पनि हुन्छ । त्यही हाराहारीमा बिरामीहरू आउँछन् दाङका अस्पतालमा पनि
। बर्दिया र कञ्चनपुर अस्पतालको हालत पनि त्यस्तै छ । यी विवरणहरू
त अस्पताल आएर मर्नेहरूको हो । गाउँकै स्वास्थ्य संस्थासम्म पनि पुग्न
नसकेर घरमै मर्नेहरूको सङ्ख्या पनि उत्तिकै छ । त्यसको विवरण बाहिर
आएको छैन ।
भेरी अंचल अस्पतालमा
इन्सेफ्लाइटिसको १२ वर्षो तथ्याङ्क
| साल |
मृत्य |
बिरामी |
| २०४९ |
२७ |
१४३ |
| २०५० |
१७ |
७१ |
| २०५१ |
१०७ |
४५८ |
| २०५२ |
७२ |
३०४ |
| २०५३ |
७६ |
३७० |
| २०५४ |
१२३ |
८२३ |
| २०५५ |
६३ |
३७४ |
| २०५६ |
१४९ |
७६८ |
| २०५७ |
७२ |
४६९ |
| २०५८ |
९१ |
६०० |
| २०५९ |
६६ |
२८९ |
| २०६० |
४९ |
२३९ |
| २०६१ |
५५ |
३१८ |
| २०६२ |
६१ |
(हालसम्म) ३००
|
|
भेरी अञ्चल अस्पतालमा गत वर्षभर्ना भएका ३१८ मध्ये ५५
जनाको मृत्यु भयो भने त्योभन्दा अघिल्लो वर्ष२३९ मध्ये ४९ मरे । यो
वर्षभने मर्नेको सङ्ख्या अहिल्यै ६० नाघिसकेको र बढ्ने क्रममा छ ।
भेरी अञ्चल अस्पतालमा विगत १२ वर्षा भर्ना भएका ५,५२६ इन्सेफ्लाइटिसका
बिरामीमध्ये १,०२७ को मृत्यु भइसकेको छ । त्यसैगरी नेपालगञ्ज मेडिकल
कलेज अस्पतालमा सात वर्षता भर्ना भएका १,७४८ बिरामीमध्ये २२३ को मृत्यु
भएको छ । इन्सेफ्लाइटिसका बिरामीहरू अस्पताल आउन प्रायः ढिला गर्छन्
त्यसैले उपचार सम्भव हुँदैन । डा. उषा शाह भन्छिन्, "बिरामीहरू
रोगले च्यापेपछि मात्र अस्पताल आउँछन्, त्यतिञ्जेल धेरै ढिला भइसकेको
हुन्छ ।"
सिङ्गो तर्राई र भित्री मधेश क्षेत्रमा बर्सर्ेे ३००-५००
मानिसको ज्यान लिने यो महामारी सानो चिन्ताको विषय होइन । रोग लागेर
बाँचेपनि शारीरिक-मानसिक रूपले कमजोर भएर बाँच्नुपर्ने बाध्यता हुन्छ
। चिकित्सकका अनुसार, यस्ता रोगीहरू शारीरिक वा मानसिक रूपमा केही
न केही अपाङ्ग हुन्छन् । यसरी बाँच्नेले पनि जीवनभर हीनताबोध र परिवार-समाजको
बोझ भएर बाँच्नर्ुपर्छ ।
एकदशकदेखि फैलिरहेको यो खतराप्रति सरकारको ध्यानै छैन । अहिलेसम्मको
स्थिति हर्ेदा यो रोगको रोकथाम र नियन्त्रण गर्न ढिलो भइरहेको छ ।
यति विकराल प्रकोपबारे सरकारी निकायले अनभिज्ञता देखाउनु विडम्बना
नै मान्नर्ुपर्छ । कतिसम्म बेवास्ता भएको छ भन्ने कुरा जिल्ला प्रशासन
बाँकेले नेपालगञ्जमा यो प्रकोपको भयावह रुप देखेर बोलाएको एउटा बैठक
बस्न नसक्नुबाटै स्पष्ट हुन्छ । प्रजिअ विनोद अधिकारीले गरीब बिरामीहरू
विचल्लीमा परेको भन्दै राहतका लागि छलफल गर्न २१ भदौमा र्सवपक्षीय
बैठक बोलाए तर अधिकारी स्वयम् अनुपस्थित भएपछि बैठक बसेन । २३ भदौमा
बसेको बैठक पनि नाम मात्रको भयो । केही गैरसरकारी संस्थ्ााका प्रतिनिधि
उपस्थित त भए तर राहत-सहयोगका सम्बन्धमा एउटा कोष गठन गरिदिनेबाहेक
केही निर्ण्र्ााभएन ।
पोथी जातको क्युलेक्स लामखुट्टेले हाँस, सुँगुर, बङ्गुरलगायतका
पशुपक्षीलाई टोकेर मान्छेलाई टोकेमा जापनिज इन्सेफ्लाइटिस र्सछ । प्रायः
वषर्ायाममा तर्राई र भित्री मधेशमा लामखुट्टेको प्रकोप बढी नै हुने
गर्छ । ग्रामीण क्षेत्रमा हाँस, सुँगुर, बङ्गुर पाल्ने काम पनि सामान्यतया
फोहोर ठाउँमै हुने हुनाले त्यस्तो ठाउँमा यसको प्रकोप फैलिएको देखिन्छ
। त्यसबाट जोगिने एउटै उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।
यसका लागि झुल लगाउने, फोहोर नगर्ने र जनावरहरूलाई व्यवस्थित तरिकाबाट
पाल्नु आवश्यक छ जुन चेतनाको अभावमा सम्भव छैन । नेपालगञ्ज मेडिकल
कलेज कोहलपुर शिक्षण अस्पतालका निर्देशक डा. जितेन्द्र महासेठ भन्छन्
"कानमा तेल हालेर बसेको सरकारले यस्तो सन्देश दिनेपट्ट िसोचेको
पनि देखिँदैन ।" धेरैको ज्यान जोगाउन निजी अस्पतालहरूमा पनि सरकारले
इन्सेफ्लाइटिसको औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने र अग्रिम खोप कार्यक्रम
चलाउनुपर्ने विचार महासेठको छ । सरकारले निजी क्षेत्रका अस्पतालमा
यो औषधि उपलब्ध गराउने गरेको छैन ।
दर्ुइ वर्षघि कोरियन सहयोगमा इपिडिमियोलोजी शाखाले बाँके
र बर्दियामा इन्सेफ्लाइटिस विरुद्ध प्रभावित गाउँहरूमा जिल्ला जनस्वास्थ्य
कार्यालय मार्फ् खोप -भ्याक्सिन) कार्यक्रम सञ्चालन गरेको थियो, जसको
कारण त्यो वर्षमर्नेको सङ्ख्या धेरै कम थियो । तर, देखाउन मात्र ल्याएको
जस्तो यो कार्यक्रम फेरि शुरु गरिएन । जनस्वास्थ्य कार्यालय बाँकेका
खोप सुपरभाइजर अनिलकुमार सिंह भन्छन्, "एकै वर्षो खोपले धेरै
राम्रो परिणाम देखाएको थियो तर त्यसपछि पनि माथिबाट भ्याक्सिन पठाउँछु
त भन्छन्, कर्ुदाकर्ुदा दर्ुइ वर्षबितिसक्यो आएको छैन ।"
सुँगुर, हाँस मार्नेलाई पुरस्कार
जापानिज इन्सेफ्लाइटिसको प्रकोप लुम्बिनी अञ्चलका तर्राईका जिल्लामा
पनि फैलिएको छ । गत वर्षकपिलवस्तु, नवलपरासी र रुपन्देहीमा इन्सेफ्लाइटिसबाट
मृत्यु हुनेको सङ्ख्या एक दर्जनको हाराहारी थियो । तर, यो वर्षअहिलेसम्म
नै ५५ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा
२० जना, शिक्षण अस्पताल पक्लिहवामा १४ जना, भीम अस्पताल भैरहवामा नौ
जना, आम्दा अस्पताल बुटबलमा ६ जनाको मृत्यु भइसकेको छ । यस्तै पृथ्वी
वीर अस्पताल तौलिहवामा चार जना तथा पृथ्वीचन्द्र अस्पताल परासीमा दर्ुइ
जनाले इन्सेफ्लाइटिसबाट ज्यान गुमाएका छन् ।
प्रकोप यसरी बढ्नुमा सरकारी निकायकै उदासीनता प्रमुख
मानिएको छ । तर, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख अर्जुन
खनाल मान्न तयार छैनन् । खनाल भन्छन्, "केही वर्षो अन्तरमा यो
फैलिने गर्छ, अहिले पनि त्यस्तै भएको हो । अस्पतालमा खोपको मात्रा
पर्याप्त छ ।" खनालका भनाइमा, "बिरामीलाई बढी च्यापिसकेपछि
मात्र अस्पताल ल्याउने गरेकोले मृत्यु दर बढेको हो ।"
मृत्यु हुनेमा धेरैजसो कपिलवस्तु र नवलपरासीका बासिन्दा
छन् । त्यस बाहेक रुपन्देही, गुल्मी, पाल्पा, अर्घर्ााँची, प्यूठानका
बासिन्दा र कतिपय भारतीय नागरिक पनि छन् । अहिले लुम्बिनी अञ्चल अस्पतालमा
१४ जना र शिक्षण अस्पताल भैरहवामा ११ जनाको उपचार भइरहेको छ ।
प्रकोप बढ्दै गएपछि अहिले रूपन्देहीका ग्रामीण क्षेत्रमा
स्थानीय आमा समूह, क्लव तथा संघसंस्थाले जनचेतना जगाउने, पैसा उठाएर
विषादी र्छकने लगायतका कारबाही अगाडि बढाएका छन् । नवलपरासीको अरुणखोलाका
बासिन्दाले त सुँगुर बङ्गुर र हाँस मार्ने अभियान नै शुरु गरेका छन्
। रोगको कारक सुँगुर-बङ्गुर र हाँस मार्नेलाई अरुणखोला बजार व्यवस्थापन
समितिले पुरस्कारको व्यवस्था गरेको छ । जस अनुसार एउटा सुँगुर मार्नेलाई
रु.३०० र हाँस मार्नेलाई रु.५० पुरस्कार दिने भनिएको छ ।
साथमा मधुसूदन पन्थी,
बुटबल
|