हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

उनलाई म्युजिक भिडियो, विज्ञापनहरूसँगै र्‍याम्पमा पनि देख्न सकिन्छ । गायक सञ्जीव सिंहको एउटा गीतमा देखिएको उनको प्रस्तुति धेरैले रुचाए र उनी 'गीति-भिजुअल' हरूमा तानिदै गइन् । बीबीएस प्रथम वर्षा अध्ययनरत सवनम खड्काको मोडलिङ-व्यस्तता बढेको छ अहिले । तर, उनी यसलाई 'पार्टटाइम हवी' भन्छिन् । बरु यात्रा, सङ्गीत, पुस्तक-अध्ययन र उद्घोषणलाई आफ्नो प्राथमिकतामा
राख्न रुचाउँछिन् । काठमाडौं-रविभवनकी यी युवतीको उद्घोषणमा अलि बढी नै शौख छ र केही अनुभव पनि । यी सबै रुचि र क्षमताको उपयोग गर्दै एयर होस्टेस बन्न चाहन्छिन् सवनम !

मोडल: शबनम
तस्बिरः अनुपप्रकाश
शृङ्गारः चाहना ब्युटी पार्लर, बागबजार
वस्त्रः गसिप, विशाल बजार, तेस्रो तल्ला


कला

सिर्जनशील सहकार्य


बाह्र वर्षघि ललितकला क्याम्पसका पर्ूव विद्यार्थीहरूको एउटा समूह 'कमर्सियल आर्ट' मै व्यस्त थियो । समूहमा प्रशान्त श्रेष्ठ मिसिएपछि धेरैकोे मन फेरियो । कला पढेकाहरूले पेन्टिङमा पनि काम गर्नुपर्छ भन्ने प्रशान्तको विचारबाट अधिकांश प्रभावित भए र उनकै अगुवाईमा 'ग्रुप ३७' नाम दिएर संयुक्त कला पर््रदर्शनीको आयोजना गरियो । सो पर््रदर्शनीलाई केहीले सामान्य रूपमा लिए । केहीले चाहिँ त्यसलाई जीवनको नयाँ अध्याय नै बनाए । 'ग्रुप ३७' लगत्तै प्रशान्त श्रेष्ठ, एरिना ताम्राकार, आशा डङ्गोल, सुनीला बज्राचार्य, भाइराजा महर्जन, विनोद प्रधान, प्रमिला शाक्य र प्रदीप बज्राचार्यले सामूहिक शक्तिको महत्त्वबोध गर्दै सन् १९९४ मा 'काष्ठमण्डप आर्ट स्टुडियो' स्थापना गरे ।

त्यो बेला २० देखि २५ उमेरसमूहका यी युवाहरूले 'काष्ठमण्डप' लामो सहयात्राको माध्यम बन्नेछ भन्ने सोचेकासम्म थिएनन् । आज यही स्टुडियोले उनीहरूलाई नाम, काम र दाम समेत दिएको छ । सफल सहकार्य र प्रतिबद्धताले उनीहरूलाई राष्ट्रियस्तरका गरिमामय पुरस्कारहरू दिलाएको छ । राष्ट्रिय कलाकौशल पर््रदर्शनीहरूमा समसामयिक चित्रकलातर्फभाइराजा, विनोद, प्रदीप, एरिना, प्रमिला पुरस्कृत भइसकेका छन् । सन् २००२ मा प्रमिला र २००३ मा आशाले अरनिको युवा पुरस्कार भित्र्याएर समूहको उचाइ बढाएका छन्  ।

यी कलाकार नेपाली ललितकलामा आ-आफ्नै शैलीमा स्थापित छन् । प्रायः सबैले दर्जनौं पर््रदर्शनी गरिसकेका छन् । सुनीलाको 'सिम्प्िलसिटी फिगरेटिभ', आशाको 'लोककला', भाइराजाको 'फिगरेटिभ वर्क', विनोदको 'फेसियल एक्सप्रेशन', प्रमिलाको 'ल्यान्डस्केप', एरिनाको 'लेडिज र्फम', प्रदीपको 'जात्रा' मा नेपालीपन र मौलिकताका पदचापहरू प्रशस्त देखिन्छन् । आजको उपलब्धिबारे एरिना भन्छिन्, "हाम्रो पहिचानमा कलाकार प्रशान्त श्रेष्ठको ठूलो हात छ । सन् १९९९ मा उहाँ दिवंगत हुनुभएपछि हामी केही समय विचलित भयौँ । तर समय, व्यवहार र प्रतिबद्धताले हामीलाई अगाडि बढ्ने प्रेरणा दिइरहृयो ।"

यी कलाकारहरुको प्रगतिसमेत लोभलाग्दो छ । पाटन, कोपुण्डोलमा सुविधासम्पन्न कार्यालय छ । 'काष्ठमण्डप'ले हरेकलाई राम्रो जागिर, सुविधा, स्टुडियो र कला क्षेत्रमा सग्लो पहिचान दिएको छ । कलाकारहरूकै पहलमा खुलेका नेपाल आर्ट काउन्सिल, जुनकिरी, स्किव समूहसँगै आउन थालेको छ 'काष्ठमण्डप'को नाम । दर्शनीय आर्ट स्टुडियोका रूपमा विकसित भएको छ यो स्टुडियो । धेरै कलाकारलाई एकै ठाउँमा भेट्न सकिने भएकाले बाहिरबाट आएका कलापारखीहरू समेत एकपटक 'काष्ठमण्डप' पस्ने गर्छन् ।

आरम्भमा काठमाडौं-न्युरोडको एउटा अँध्यारो कोठाबाट काष्ठमण्डप सहयात्रीहरूको कलायात्रा शुरु भएको थियो । साँघुरो कोठामा बसेर उनीहरू पेन्टिङ गर्थे । वषर्ामा पानी कोठैमा पस्थ्यो । सबै मिलेर वाटरकलरमा पोस्टकार्ड बनाउँथे र बेच्न हिँड्थे । उनीहरूसँग पेन्टिङमा लगानी गर्ने पर्याप्त पैसा थिएन । युवा जोश र प्रतिबद्धता मात्र थियो । विगत सम्झँदै सुनीला भन्छिन्, "पहिलो पटक पेन्टिङबाट २५ रुपैयाँ पारिश्रमिक पाउँदा हामी सबै अत्यन्त खुशी भएका थियौं । अहिले हाम्रा पेन्टिङ हजारौंमा बिक्री हुन्छन्, स्टुडियोमैै ग्राहक आउँछन् । तर अवस्था फेरिए पनि हाम्रो मन उस्तै छ । हामी एकअर्कालाई सम्मान, अवसर र प्रोत्साहन दिने गर्र्छौं ।"

कुरा अनुसारको काम पनि देखिएको छ । गत महिना मात्र सुनीलाको एकल पर््रदर्शनी सम्पन्न भएको थियो । लगत्तै सिर्द्धार्थ आर्ट ग्यालरीमा आशाको एकल पर््रदर्शनी भइरहँदा सुनीला आफ्नै पर््रदर्शनी जत्तिकै खटिरहेकी थिइन् । अहिले दरमारमार्गस्थित द आर्ट शपमा प्रमिलाका चित्रहरूको पर््रदर्शनी भइरहेको छ । यसमा पनि सबैजना उत्तिकै खटिरहेका छन् ।

काष्ठमण्डपका कलाकारहरूले नेपालबाहेक बेलायत, जापान, बङ्गलादेशमा समेत कला-पर््रदर्शनी गरिसकेका छन् । धेरै देशमा उनीहरूका पेन्टिङ पुगेका छन् । अहिले उनीहरू पेन्टिङका कक्षाहरू पनि चलाउँछन्  । समय मिलाएर ग्राफिक डिजाइन, इलस्ट्रेशन, मेटल इचिङका काम समेत भ्याउँछन्  । भाइराजा भन्छन्, "तर अहिले कमर्सियल कामभन्दा पनि आर्टलाई बढी स्थान दिन्छौं । हामीलाई हाम्रो कलाले राम्रै भरथेग गर्न थालेको छ  ।"

काष्ठमण्डपका सबैजना यो समूहमा आफू आवद्ध नभएको भए यो ठाउँसम्म आइपुग्न अझै ८/१० वर्षलाग्ने मूल्याङ्कन गर्छन् । भविष्यको लक्ष्य नि - सबै एकस्वरले भन्छन्, "अझ बृहत आर्ट स्टुडियो र पेन्टिङ सिक्न चाहनेहरूका लागि सहज र सुविधासम्पन्न ठाउँ ।"

कृष्णशाह यात्री


फेशन

महिला धेरै अघि


तस्बिरहरू किरण पाण्डे

अधिकांश क्षेत्र, विषय र मामिलामा पछि परेपनि फेशन डिजाइन र उपयोगमा पुरुषभन्दा निकै अघि छन्, नेपाली महिला ।

यस वर्षो 'सनसिल्क नेपाल फेसन सप्ताह-२००५' आयोजना गरियो, २४-२८ भदौमा । गत वर्षपहिलोपल्ट आयोजित यस्तै सप्ताह नेपालमा बृहत् र व्यावसायिक फेशन सप्ताहको आरम्भ थियो । यो वर्षसहभागी डिजाइनर र उनीहरूका उत्पादनको वृद्धिलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै आयोजकहरू भन्छन्, "यस क्षेत्रमा नेपालीहरूको आकर्षा दिनानुदिन बढ्दो छ ।" आयोजक आर्ईईसीका प्रबन्ध निर्देशक शैलजा अधिकारीका अनुसार, गत वर्षो फेसन सप्ताहमा ६३ जना डिजाइनरहरूले भाग लिएका थिए । यो वर्षत्यो सङ्ख्या ७९ पुग्यो  । काठमाडौँको याक एण्ड यति होटलमा आयोजित सप्ताहमा प्रदर्शित विभिन्न डिजाइनका उत्पादन हर्ेन ओइरिएको दर्शक-सहभागिताले यो क्षेत्रको बढ्दो आकर्षालाई देखाउँथ्यो । नयाँ नयाँ ढाँचाका पोशाक, गरगहना र शृङ्गार-सामग्री पर््रदर्शनीका थप विशेषता बनेका थिए ।

हरेक दिन साँझ ढल्किँदै जाँदा मोडल र सिने कलाकारहरूमार्फ् गरिएको फेशन पर््रदर्शनीको उद्देश्य थियो, नयाँ-नयाँ पोशाकप्रति उपभोक्तालाई लोभ्याउनु । लोभलाग्दा युवक-युवतीले पहिरिएर र्‍याम्पमा हिँड्दा पोशाकप्रतिको आकर्षा थपिनु स्वाभाविक थियो । यस्तो पर््रदर्शनीबाट 'कस्तो मान्छेले कस्तो पोशाक लगाउँदा उसको व्यक्तित्व आकर्ष बन्दोरहेछ' ठम्याउन दर्शकहरूलाई सजिलो हुन्छ ।

घरमा बस्दा, सुत्दा, बजार डुल्दा, पार्टर्ीीार्डपर्वमा र नवविवाहितले लगाउने विविध संस्कृति र समाजको प्रतिनिधित्व गर्ने पोशाकहरू थिए, सनसिल्क नेपाल फेसन सप्ताहमा । कम्तीमा रु.३७५ को पोशाक थियो भने सुषमा सिंहले सजाएको साडीको मूल्य सबैभन्दा बढी रु.८० हजार थियो । बिनी बज्राचार्य, सिजना र सुनिता महर्जनले बनाएका पोशाक रुकुम, डोल्पा र तेह्रथुमबासीको पहिरनसँग मिल्दाजुल्दा थिए । लक्ष्मी महत, सन्ध्या पाण्डे र अञ्जु खड्काका पोशाक अमेरिकी बजारतिर लक्षित थिए  । नेपालीकै लागि बनाइएका अन्य कतिपय पोशाक भने नेपाली समाजसँग नमिल्दा र नसुहाउँदा लाग्दथे । पश्चिमा फेशनबाट प्रभावित भएकाले नेपाली फेशन व्यवसायमा त्यसको प्रभाव देखिएको व्यवसायीहरूको भनाइ छ । शैलजा भन्छिन्, "तैपनि नेपाली समाज, संस्कार र आर्थिक अवस्थालाई हेरेर त्यही अनुसारका पोशाक सिर्जना गरिएका छन् ।"

फेशनले उद्योगको रुप लिँदै गएको छ । यसको औपचारिक शिक्षाप्रतिको चासो वृद्धिसँगै बुटिक र शिक्षालयको सङ्ख्या बढ्दो छ । बजार पनि विस्तार हुँदै गएको यस पेशामा संलग्नहरूको अनुभव छ । फेशन शोमा मोडलहरूको पहिरन हर्ेन महिलाकै हाराहारीमा पुरुषहरू पुगे पनि नेपाली फेशन डिजाइनरहरूमा चाहिँ अधिकांश महिलाहरू छन् । उत्पादन पनि महिलाहरूकै निम्ति बढी छन्  । शैलजाका अनुसार, यो पेशामा पुरुषहरूको संलग्नता करीब ३० प्रतिशत मात्र छ । उनको बुझाइमा महिलाको तुलनामा नेपाली पुरुषहरूमा 'फेशन चेतना' कम छ । "अर्थात् आफ्नो सौर्न्दर्य र व्यक्तित्वप्रति उनीहरू त्यति रुचि राख्दैनन्," भन्छिन् शैलजा ।

शरद


सङ्गीत

बैंसालु गीत


किरण पाण्डे

न्हृयू बज्राचार्य, दर्ुगालाल श्रेष्ठ र सितु खरेल ।

पहिले प्रायः पीडा, व्यथा र मानवीय संवेदनाका गीतहरूमा सुनिने सितु खरेलले यो पल्ट झण्डै काँचुली फेरेकी छन् गायन-यात्रालाई नयाँ धार दिँदै । यसअघि उनी आवाजविहीन छोरी स्मारिकाको वेदनामा आवाज भर्थिन् । विगतका 'स्मारिका', 'सिम्रिक' र 'परी' मा प्रायः त्यस्तै गीत थिए । तर अहिले उनले युवा ढुकढुकीलाई स्वर दिएकी छन् । ग्रीन प्रोडक्सनद्वारा भर्खरै र्सार्वजनिक अल्बम 'निर्मन' प्रणय-मादकतामा केन्द्रित छ । सुन्न सजिला छन् यसका गीत । कारण खोतल्दै सितु भन्छिन्, "रुने गीत धेरै गाइयो । अब म रुन चाहन्न ।" सितुको दाबीझैँ 'निर्मन' लाई सकारात्मक सोचाइहरूको साङ्गीतिक उपहार भन्न सकिन्छ - चिन्ता, पीरबाट मुक्त भई जीवनको आनन्द लिने उत्प्रेरणाजस्तै ।

गीतकार दर्ुगालाल श्रेष्ठ र सङ्गीतकार न्हृयू बज्राचार्यको सिर्जन-क्षमता 'निर्मन' को अर्को विशेषता हो । लण्डनबाट छोटो समयका लागि काठमाडौँ आएकी सितुका निम्ति हतार-हतार गीतसङ्गीतको तानावाना बुने उनीहरूले तर 'निर्मन' मा हतारको कुनै सङ्केत भेटिँदैन । बरू यसमा प्रयोग नै प्रयोगको चपलता अनुभव गर्न सकिन्छ । दर्ुगालालले सितुको उमेर सम्झँदै बैँसका गीत लेखेका छन् । उनी भन्छन्, "सितुका लागि मैले आफूलाई तन्नेरी पार्न खोजेको छु ।" न्हृयूले तिनै अनुभूतिमा एकसाथ लोक, पाश्चात्य र पप सङ्गीतको माधर्ुय उनेका छन् ।

भर्खरै लण्डनस्थित भारतीय विद्या भवनबाट शास्त्रीय सङ्गीतमा डिप्लोमा गरेकी सितुका लागि 'निर्मन' व्यावसायिक गायन-यात्राको एउटा खुड्किलो पनि हो । 'हामी दुवै हिड जाऊँ त्यहाँ मन हुन्छ जहाँ निर्मन', 'थाहा छैन के के हो जिन्दगी' जस्ता केही गीत श्रुतिमधुर छन्  । सङ्ग्रहका आठ वटै सिर्जनालाई फरक भाव र शैलीका अभिव्यक्ति भन्न सकिन्छ  । दर्ुगालाल र न्हृयूको रफ्तारमा दौडिन केही गाह्रो भएपनि सितुले आत्मविश्वास देखाएकी छन्, जुन स्वागतयोग्य छ ।

इन्द्र श्रेष्ठ


डकुमेन्ट्री

फिल्म साउथ एसिया
छुट्ला नि !

रेशु अर्याल


माथिबाट क्रमशः 'फाइनल सोलुसन', 'द लिजेण्ड अफ फ्याट मामा' र 'सनसेट बलिउड' का दृश्य ।

र्ुइ वर्षघि फिल्म साउथ एसियामा 'डकुमेन्ट्रीहरू पनि रमाइला हुन्छन्' भन्ने 'स्लोगन' राख्दा हामी आयोजकहरूलाई दर्शकले यसलाई कसरी लिने हुन् भन्ने निकै पीर लागेको थियो । तर दिन बित्दै जाँदा हरेक डकुमेन्ट्री पर््रदर्शनमा सोचेभन्दा बढी दर्शकको उपस्थिति हुन थाल्यो । नेपाली डकुमेन्ट्रीहरूले हलहरू खचाखच भर्न थालेपछि त झन् हाम्रो हर्षो सीमा नै रहेन । त्यसअघि सन् २००१ मा दक्षिण एसियाकै लागि हामीले आहृवान गरेको 'डकुमेन्ट्री-आन्दोलन'ले नेपालमा एउटा स्वरूप लिएको हामीले अनुभव गर्‍यौँ । महोत्सव-अवधि अर्थात् चार दिनभरिको हाम्रो व्यस्तता, टिकट बिक्री हुने प्रक्रिया र सीट नभए भर्ुइंमै बसेर भए पनि हेर्र्छौँ भन्दै ओइरिएका दर्शकहरूले पनि डकुमेन्ट्रीहरूमा काठमाडौँबासीहरूकोे साँच्चै चासो जागेको दर्शाए ।

अन्तर्रर्ााट्रय स्तरमै ख्यात्रि्राप्त यो महोत्सवले दक्षिण एसियामा विशेष महत्त्व राख्छ । झन् 'फिल्म साउथ एसिया' मा छानिएको भन्ने कुराले मात्र पनि डकुमेन्ट्रीको गुणस्तरको नमुना जनाउने भइसकेको छ । सन् १९९७ मा शुरु गरिएको, हरेक दर्ुइ वर्षा दोहोरिने यो महोत्सव फेरि तपाईंको ढोका ढक्ढक्याउन आइरहेको छ । सधैँ झैँ दशैँको ठीकअघि हिमाल एसोसिएसन ले 'हिमाल साउथ एसियन' पत्रिकासँग मिलेर यो कार्यक्रमको आयोजना गर्न लागेको छ । बढ्दो दर्शकलाई अटाउन सक्ने र अत्याधुनिक प्रविधि भएको काठमाडौँको कुमारी हलका दर्ुइ पर््रदर्शन-कक्षमा २९ सेप्टेम्बरदेखि ४ अक्टोबर -१३-१८ असोज) सम्म फिल्म साउथ एसिया-२००५ आयोजना हुँदैछ ।

महोत्सवमा नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश, श्रीलङ्का, अफगानिस्तान, बर्मा, क्यानाडा र दक्षिण अप्रिmकाका डकुमेन्ट्रीहरू समावेश छन् । सधैँ झैँ यसपटक पनि भारत, पाकिस्तान, बाङ्लादेश, श्रीलङ्काबाट धेरै फिल्म-निर्माताहरू आफ्ना फिल्म प्रस्तुत गर्न काठमाडौँ आउन लागेका छन् । अहिले दक्षिण एसियामा सस्तो भाडादरसहित प्रतिस्पर्द्धर्ाा उत्रिएका निजी वायु सेवाहरूका कारण, छनौटमा नपरेका फिल्मका निर्माताहरू समेत महोत्सवमा सहभागी हुन आउँदैछन् । यसपालि छिमेकी देशका फिल्म-पारखीहरू पनि डकुमेन्ट्रीको स्वाद फर्ेन ठूलै सङ्ख्यामा काठमाडौँ आउने हाम्रो अनुमान छ । डकुमेन्ट्री हर्ेर्ने लत बसिसकेका उपत्यकाबासीहरूका लागि महोत्सव आफ्नै शहरमा आयोजना हुँदा प्राप्त हुने सहुलियत र सुविधा त छँदैछ ।

२००३ को 'फिल्म साउथ एसिया' लगत्तै ट्राभलिङ फिल्म साउथ एसिया -टीएफएसए) को सुरुआत हुँदा हामीले नेपालका अन्य शहरबाट टीएफएसएका लागि चासो र आयोजन गर्ने रहर देखाइएको भेट्टाएका थियौँ । पोखरा, धरान, बुटबल, चितवन, विराटनगर, झापा आदिमा टीएफएसए ज्यादै सफल भएको थियो । यसपालि महोत्सवका पूरै ४७ प्रस्तुतिको स्वाद लिन इच्छुक काठमाडौँ बाहिरका साथीभाइलाई हाम्रो मुख्य महोत्सवमै सहभागिताका लागि काठमाडौँ आउन हामी आमन्त्रण गर्दछौँ ।

नेपालमा आयोजना हुने अन्तर्रर्ााट्रय स्तरका थोरै जमघटमध्ये पर्ने यो महोत्सव राम्रा फिल्मबाहेक रमाइलो वातावरण र रमाइला मान्छेहरूको भेलाका लागि पनि उत्तिकै चर्चित छ । हरेक वर्षफिल्म साउथ एसियालार्इर्र्क्षेत्रीय र अन्तर्रर्ााट्रय तवरमा 'जानैपर्ने' फेस्टिभलको रूपमा निर्देशक, निर्माताहरूले लिने गरेको हामीले पाएका छौँ । काठमाडौँ शहरको आकर्ष, 'कस्मोपोलिटन' वातावरणले महोत्सवलाई टेवा दिएको उनीहरूको राय छ ।

सन् २००३ को महोत्सवको उद्घाटनमा भारतीय सिनेकर्मी महेश भट्टले भनेजस्तै हाम्रा डकुमेन्ट्रीहरू विषयवस्तुका हिसाबले फिचर फिल्म-निर्माताहरूलाई समेत प्रोत्साहित गर्ने किसिमका छन् । यो कुरा आउँदो महोत्सवका प्रस्तुतिहरूले प्रस्ट पार्नेछन् । डेविड म्याक्डुगलको 'द न्यू बोइज' ले १२ वर्षो कलिलो उमेरमा राम्रो पढाइ र संसार आफैँले बुझनुपर्ने जिम्मेवारीको औचित्य देखाएर देहरादूनको दून स्कूलमा पढाइने केटाहरूको मनस्थिति र परिवारसँग छुट्टनिुपर्दाको अनुभवलाई प्रत्यक्ष देखाएको छ । वीरगञ्जको फूटबल टीमले सोनपुर, बिहारमा घुम्दै फुटबल खेल्न पाउँदा देखिएको तन्नेरी खेलाडीहरूको उत्साह र अनुभवको डकुमेन्ट्री बनाएका छन्, पत्रकार गिरीश गिरीले । त्यसैगरी, बलिउडमा सफल अभिनेताको चर्चा/परिचर्चा त हामी निकै सुन्छौँ तर सफलताको शिखर चुमिसकेका कलाकारले निरन्तर 'फ्लप' भएर साधारण जनतासरी बाँच्नु पर्दा कस्तो अनुभव गर्छन्, त्यो अनुभूति 'सनसेट बलिउड' ले देखाएको छ । पर्दाबाट हराइसकेका हिरो-हिरोइनहरूको कथा छ यसमा ।

बलिउडकै अर्को सर्न्दर्भ, अन्धाका लागि अमिताभ बच्चन भनेको को हो भन्ने कुरा 'लुकिङ फर अमिताभ' मा मिनाक्षी शेड्डेले बुझन खोजेकी छन् । बाढी र भिखारीको आँकडाको कुरो उठ्यो कि मनमा आउने बाङ्लादेशका मानिसलाई संसारकै प्रख्यात द इकोनोमिस्ट साप्ताहिकले "संसारका सबैभन्दा खुशी" भनी उल्लेख गर्दा हामीलाई आर्श्चर्य लाग्नु स्वाभाविकै हो । तर आफैँ बाङ्लादेशी भई गरीबी र अव्यवस्थासँग वाक्क भई विदेशिएका साहिन दिलरियाजलाई जन्मभूमि फर्की यो भनाइलाई जाँच्न मन लाग्छ । त्यही क्रममा बनेको 'द हृयापिएस्ट पिपल इन द वर्ल्ड' नेपालीहरूका लागि पनि निकै सान्दर्भिक छ ।

कलकत्ताको रवीन्द्र सङ्गीत र मुज्राको व्याख्या हामीले कुनै न कुनै बेला आफ्ना पिता-पर्ुखाबाट सुनेका हुन सक्छौँ । तर कलकत्तामा 'ज्याज' अनि त्यहाँका चाइनिजले बङ्गाली भाषा बोल्दै रिक्सा चढेको; त्यहाँका केटाकेटीले दर्ुइ फरक संस्कृतिको दोभानमा आफ्नो परिचय बनाउन खोजिरहेको र विदेशिएका बङ्गाली चाइनिजले इण्डिया सम्झिँदै न्यास्रो मेटाउन देवआनन्दका पुराना फिल्मी गीत गाएको फिल्म साउथ एसिया बाहेक अरू अवसरमा विरलै देख्न पाइन्छ ।

संसारमै बढ्दो डिजिटल प्रविधिको कलात्मक प्रयोगका उदाहरणहरू पनि हाम्रो महोत्सवमा प्रशस्त छन् । यही कुरालाई ख्याल गर्दै यसपालिको महोत्सवको नारा 'रेभोल्युसन इन डिजिटल- गो डकुमेन्ट्री !' राखिएको छ । एकताका डकुमेन्ट्री भनेको पट्यारलाग्दो विकासे फिल्म या सदैव क्रूद्ध 'राजनीतिक' फिल्म या सरकारी प्रोपोगण्डाको प्रस्तुति मानिन्थे । तर काठमाडौँका दर्शकले बुझसिकेको कुरा हो, डकुमेन्ट्रीको संसार अब साह्रै फराकिलो भइसक्यो- अब त हाँस्न, रुन, बुझन, सिक्न, रिसाउन, सान्त्वना लिन डकुमेन्ट्री हर्ेन हुने भइसक्यो । यसैले तपाईँलाई फिल्म साउथ एसिया-२००५ मा निम्तो छ ।

(अर्याल फिल्म साउथ एसिया-२००५ की संयोजक हुन् ।)

थप जानकारी
www.himalassociation.org/fsa वा ५५४२५४४ मा उपलब्ध छ । फिल्म साउथ एसिया २००५ सँग सम्बन्धित लेख, "Get real with digital documentary" www.himalmag.com मा रजिष्टर गरी निःशुल्क पढ्न सक्नुहुन्छ ।