| पुस्तक
परिचय
गाथा र व्यथा
किताबः गोर्खाभर्तीः कथा-व्यथा र आन्दोलन
लेखकः डा. सुरेन्द्र के.सी.
प्रकाशकः सविता प्रकाशन, ताप्लेजुङ्ग, २०६२
पृष्ठः ७४३±, मूल्यः रु. १०००
इतिहासका प्राध्यापक
डा. सुरेन्द्र के.सी.ले आफ्नो नवीनतम पुस्तक गोर्खाभर्तीः कथा-व्यथा
र आन्दोलन मा गोर्खाली-गाथा र व्यथाका दुबै पाटालाई सँगसँगै कोट्याउने
प्रयास गरेका छन् । र, त्यसैमा गाँसेका छन् - बेलायती सेनाको ब्रिगेड
अफ गोर्खाजसम्बद्ध गोर्खा सैनिकले बेलायती समकक्षी सरह मर्यादा र सुविधा
पाउनुपर्ने मागसहित भूपू सैनिकहरूबाट चलाइएको आन्दोलनको प्रसङ्गलाई
। सात खण्डको यो बृहत् पुस्तकले नेपालको सैन्यभर्ती परम्पराको प्रारम्भदेखि
उत्कर्षम्मका थुप्रै अध्यायलाई एकसाथ जोड्ने कोशिश गरेको छ ।
प्रारम्भिक खण्डहरू इतिहास-केन्द्रित, रोचक र जानकारीमूलक
पनि छन् । यी खण्डहरूले इतिहासमा ओझेलमै रहेका गोर्खा सैनिकसम्बद्ध
धेरै पक्षहरूको उद्घाटन गरेका छन् । अङ्ग्रेज अधिकारीहरूले भगौडा नेपाली
सैनिकहरूलाई फकाउँदै गोर्खा बटालियनको बीजारोपण गरेको, प्रारम्भमा
उनीहरूलाई डाकाविरुद्ध प्रयोग गरिएको, गुरुङ र मगरहरूको शौर्यबाट प्रभावित
अङ्ग्रेजहरूले शुरुमा पर्ूर्वेली र्राईलिम्बूहरूलाई सेनामा लिन अनिच्छा
देखाएको, ब्रिटिस-भारतीय सेनामा भर्ती हुने गोर्खालीहरूको संख्या अर्ढाई
लाखसम्म पुगेको जस्ता तथ्यहरूसँगै सन् १९४७ को नेपाल-बेलायत-भारत त्रिपक्षीय
सम्झौताको पृष्ठभूमि र विशेषतासम्मका प्रसङ्गहरूको रोचक विश्लेषण छ
पुस्तकमा । गोर्खाली सेनाले इतिहासमा कहाँ, कस्तो दायित्व पाए; कहाँ,
कति सम्मान र अपमान पाए लगायतका कुराहरूको पनि लेखकले चाखलाग्दो संयोजन
गरेका छन् ।
खण्ड पाँचपछाडि भने पुस्तक बहकिएको छ । पाठकले पटक-पटक
लेखकीय आग्रहको अनुुभूति गर्न सक्छन् । भूपू गोर्खाका समस्या र गोर्खा
भूतपर्ूव सैनिक संघ -गेसो) को आन्दोलनको चर्चा गरिएका पृष्ठहरूमा निष्पक्ष
समीक्षाको सट्टा 'गेसो' र त्यो संस्थासम्बद्ध व्यक्तिहरूको प्रशस्ति
अनि गेसोबाहिर बसेर समानताका निम्ति कूटनीतिक आदि आफ्नै खाले प्रयास
गरिरहेका व्यक्ति/संस्थाहरूको तेजोवध गर्ने माध्यम बनेका/बनाइएका छन्
लेखक । गेसो नेतृत्वले जे चाहृयो, लेखकले त्यही लेखेको र गेसोले देखाएका
पर्ूवाग्रहहरूलाई सही, समयानुकूल भनेर पुष्टि गर्न खोजेको स्पष्ट अनुभव
गर्न सकिन्छ । भूपू सैनिकहरूको आन्दोलनभित्रका विवाद, विसंगति, तिनका
प्रकृति र प्रवृत्ति अनि कमीकमजोरीको समीक्षा गर्ने प्रयासमा भने लेखक
केही निर्भिक लाग्छन् । तर, व्यक्तिविशेषमाथिका आक्षेप र दर्ुभावनायुक्त
अभिव्यक्तिहरूले लेखकीय इमान्दारीमाथि पटक-पटक प्रश्न जन्माउछन् ।
र, पढ्नासाथ कतै यो पुस्तकले भूपू सैनिकहरूबीचको विभाजनलाई अझ चौडा
बनाउने त हैन, त्यसनिम्ति इतिहासका एकजना अध्येता 'प्रा.डा.' लाई प्रयोग
त गरिएन जस्ता प्रश्नले पिरोल्न थाल्छन् ।
यद्यपि, अनुसन्धानमूलक सामग्री र विभिन्न दस्तावेजहरूले
पुस्तकको तौल बढाएका छन् । परिशिष्टमा भएका अभिलेखहरू पनि वजनदार र
सङ्ग्रहणीय छन् । गेसो आन्दोलनको समीक्षाका क्रममा लेखक निष्पक्ष र
वस्तुगत हुनसकेको भए यो मोटो पुस्तकको महत्त्व नै अर्कै हुनेथियो ।
•
पेशल
पत्रकारिताको अर्को किताब
किताबः पत्रकारिता डट खोज
लेखकः कपिल काफ्ले
प्रकाशकः अनिल पाण्डे, क्यालिफोर्निया -अमेरिका),
२०६२
पृष्ठः ३८८, मूल्यः रु.२५०
पत्रकारिता र
आमसञ्चार विषयमा एउटा न एउटा किताब ननिस्केको कुनै महिना नहोला । यो
शृङ्खलामा पत्रकार कपिल काफ्लेको किताब पनि थपिएको छ पत्रकारिता डट
खोज । 'पत्रकारिताका विद्यार्थीदेखि कार्यशील पत्रकारसम्मलाई काम लाग्ने'
भनिएको यो किताब लेखकको आफ्नो अनुभव र विभिन्न सर्न्दर्भ सामग्री समावेश
गरेर तयार पारिएको देखिन्छ ।
किताब लेखिसकेपछि पाठकहरूलाई उपयोगी कुरा दिने प्रयास
हरेक लेखकको हुन्छ, जसमा काफ्ले सफल नै छन् । तर पनि पाठ्यपुस्तक जस्तो
लाग्ने उनको किताबको संरचना त्यति स्पष्ट नभएकाले पढ्दै जाँदा अनेकन
अन्योल र अस्पष्टता भेटिन्छन् । समस्या किताबको विषयवस्तु र सामग्री
झल्काउने भन्दा पनि अलि अस्वाभाविक लाग्ने नाउँबाटै शुरु हुन्छ, जसले
किताब सामान्य पत्रकारिताबारे हो वा खोज पत्रकारिता, स्पष्ट गर्दैन
। पत्रकारिताबारे हो भने धेरै कुरा पुगेको छैन, खोज पत्रकारितामा पनि
पर्याप्त मात्रामा केन्द्रित पाइँदैन ।
किताबको एउटा राम्रो पक्ष कतिपय अङ्ग्रेजी शब्दावलीलाई
नेपाली बनाउन खोज्नु देखिन्छ । जस्तै, 'प्रोएक्टिभ जर्नालिज्म' लाई
'पहल पत्रकारिता' । तर कतै फेरि 'फिडब्याक' लाई 'पृष्ठपोषण', 'फिचर'लाई
'रुपक', 'प्रुफरिडर'लाई 'रुजुकार' र 'बाइलाइन' लाई 'लेखक श्रेय' भनेर
झन् नबुझनिे र असहज पारिएको छ । अर्कोतिर नेपालीमै सजिलोसँग भन्न सकिने
'समाचार सङ्कलन र लेखन' लाई कतैकतै 'रिपोर्टिङ' भनिएको पाइन्छ । प्रसारण
पत्रकारितालाई अङ्ग्रेजीमा 'साउण्ड जर्नालिज्म' लेखेर किन हो र्सवत्र
प्रचलित 'ब्रोडकाष्ट जर्नालिज्म' लाई अस्वीकार गरिएको छ ।
किताबमा लेखिएझैँ; व्यक्तिगत, सामूहिक र पारिवारिक कुराकानी,
फोनवार्ता, भेला, बैठक, चिठ्ठीपत्र, प्रतिवेदन, फ्याक्स, टेल्रि्राम,
इमेल, पर्चा-सूचना, सबै किसिमका छापासामग्री आदि सम्पर्ूण्ा सञ्चार
क्रियाकलापलाई 'आमसञ्चार' को रूपमा लिन सकिँदैन । छापामाध्यमलाई 'मुखपत्र'
भने झैँ प्रसारणमाध्यमलाई 'मुखध्वनि' भन्न सुहाउँदैन । प्रसारणमाध्यमलाई
'छापाभन्दा जेठो' भनेर कटुवाल कराउने प्रचलन, श्रुति-स्मृतिका आधारमा
लेखिएका प्राचीन ग्रन्थहरूको उदाहरण पनि सुहाउँदो देखिँदैन ।
किताबमा कुनै विषयको लामो विवरण पाइन्छ भने कुनै-कुनैको
अत्यन्त थोरै । 'औपचारिक समाचारलेखन' मा समाचारको प्रारम्भ र पेटबोलीका
बारेमा उदाहरणसहित राम्रो व्याख्या विवरण छ, तर कम्तीमा तीन-चार पृष्ठ
लेखिनुपर्ने समाचार चिन्ने आधार- समाचारका तत्वहरूबारे पाँच-सात हरफ
मात्र लेखेर छाडिएको छ । किताबको विषयवस्तु, प्रसङ्ग र सर्न्दर्भसँग
मेल नखाए पनि तथा मूलपाठमा उल्लेख नभए पनि देश-विदेशका सञ्चार तथा
पत्रकारितासम्बन्धी नीति, कानून, आचारसंहिता र अरू दस्तावेज, अन्यत्र
छापिएका वा स्रोतबाट आएका विवरणहरू पूरै छापेर मोटा किताब निकाल्नु
पत्रकारिताका प्रायः नेपाली लेखक-प्रकाशकहरूको साझा रोग नै भएको छ
र त्यसबाट पत्रकारिता डट खोज पनि मुक्त छैन ।
•
बद्री पौड्याल
बाजा-वृत्तान्त
किताबः नेपाली लोकबाजा
लेखकः रामप्रसाद कँडेल
प्रकाशकः नेपाली लोकबाजा सङ्ग्रहालय, काठमाडौं, २०६१
पृष्ठः १९१±, मूल्यः रु. ३००
बाजालाई सभ्यताको साङ्गीतिक
अभिव्यक्ति मानिन्छ । भनिन्छ, लोकबाजा पनि समाजको प्रतिविम्ब हो र
यसले सांस्कृतिक चेतनाको शंखनाद गर्छ । यस्तै पाइन्छ नेपाली समाजमा
लोकबाजाको स्थान । यद्यपि कतिपय मौलिक, परम्परागत बाजाहरू आधुनिक बाजाहरूबाट
विस्थापित हुन थालेका छन् । केही लोपोन्मुख पनि छन् । नेपाली साङ्गीतिक
जागरणका अकाट्य प्रमाण मान्न सकिने यस्तै बाजाहरूको सङ्ग्रहमा जुटेका
छन् रामप्रसाद कँडेल । र, उनले दर्ुलभ बाजाहरू सङ्कलन गर्दै तिनको
चिनारी लिपिवद्ध गर्न थालेका छन् । प्रमाण हो - उनको पुस्तकाकार कृति
नेपाली लोकबाजा, जहाँ ३७५ मौलिक लोकबाजाहरूको सचित्र वृत्तान्त पढ्न
पाइन्छ ।
पुस्तकमा बाजाको वर्गीकरण, जातिगत लोकबाजा र तिनमा
प्रयोग हुने रूख, वनस्पति, धातु, छाला, सिङ, हाड आदिका बारेमा संक्षिप्त
जानकारीसमेत भेट्न सकिन्छ । लेखकले नेपाली वाद्य इतिहासको यथासंभव
उत्खनन गर्ने प्रयास गरेका छन् । उनको निष्कर्षछ, "बाजा एक्लो
हुँदैन । ऊसँग ताल, बोल, स्वर, रागरागिनी, गीत र नाचहरू पनि हुन्छन्
।" लेखकको रुचि र किताब दुबैलाई सांस्कृतिक सम्पदाको अस्तित्व
बचाउने एउटा प्रयास भन्न सकिन्छ ।
प्राप्त कृति
 |
बेलायतमा भेटिएको
नेपाल
(यात्रा-संस्मरण)
लेखकः डा. त्रिलोचन उप्रेती
प्रकाशकः पैरवी प्रकाशन, काठमाडौँ, २०६२
पृष्ठः १४१, मूल्यः रु.१५० |
|
 |
अ जर्नी टु द सेल्फ
(आत्मकथा, अङ्ग्रेजीमा)
लेखिकाः लुना श्रेष्ठ ठाकुर
प्रकाशकः अल्टिमेट मार्केटिङ प्रालि, काठमाडौं,
सन् २००५
पृष्ठः १७९, मूल्यः रु.
२५० |
|
 |
विविधा
(कविता-सङ्ग्रह)
कविः आत्माराम ओझा
प्रकाशकः श्रीमती करुणादेवी ओझा र डा.
हेमन्त ओझा महेन्द्रनगर, २०६१
पृष्ठः ५६, मूल्यः रु.५१ |
|
 |
अतृप्त आकाश
(एक्काइस कथाको सङ्ग्रह)
कथाकारः साधना प्रतीक्षा
प्रकाशकः साझा प्रकाशन २०६१
पृष्ठः १२०, मूल्यः रु.९१ |
|
 |
गजलपथका यात्रीहरू
(तीस गजलकारको साझा सङ्ग्रह)
सम्पादकः बालकृष्ण थपलिया
प्रकाशकः अभिव्यञ्जना साहित्य प्रतिष्ठान,
चितवन, २०६१
पृष्ठः १८०, मूल्यः रु.
१०० |
|
 |
ग्रहणको मैनबत्ती
(गीत-सङ्ग्रह)
गीतकारः पुरुषोत्तम लामिछाने
प्रकाशकः क्रिष्टोफर नोयल क्यारोल, आयरल्याण्ड,
२०६१
पृष्ठः ९८, मूल्यः रु.७५ |
|
 |
तुषारापात
(१८ कथाहरूको-सङ्ग्रह)
कथाकारः रीता ताम्राकार
प्रकाशकः वाणी प्रकाशन,
विराटनगर, २०६१
पृष्ठः १२०, मूल्यः रु.७५ |
|
 |
छाङ्छाका प्रेम
कविताहरू
(कविता-सङ्ग्रह, अङ्ग्रेजी अनुवादसहित)
कविः जय छाङ्छा
प्रकाशकाः श्रीमती रत्ना र्राई काठमाडौँ,
२०६२
पृष्ठः ७३, मूल्यः रु.३५ |
|
 |
अक्सफोर्डतिरको
घुमफिर
(यात्रा संस्मरण)
लेखकः डा. भीमप्रसाद सुवेदी
प्रकाशकः देवराज अर्याल, काठमाडौँ, २०६२
पृष्ठः ८८, मूल्यः रु.१५० |
|
 |
पिंगला
(उपन्यास)
उपन्यासकारः पुण्यप्रसाद प्रर्साईं
प्रकाशकः डीकुरा प्रकाशन काठमाडौँ, २०६२
पृष्ठः १२८, मूल्यः रु.५० |
|
 |
निभाः
(कविता सङ्ग्रह, नेवाः भाषामा)
कविः विद्याबहादुर बज्राचार्य
प्रकाशकः बज्र शिक्षण सेवा काठमाडौँ, २०६१
पृष्ठः ७७, मूल्यः रु.८० |
|
 |
अवरुद्ध गलाहरू
(संयुक्त गजल-सङ्ग्रह)
गजलकारः प्रभाती किरण, रुपक वनवासी, बालकृष्ण
रेग्मी, 'निर्जन' मनोज र लक्ष्मण गगन
प्रकाशकः बसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान,
काठमाडौँ, २०६१
पृष्ठः ९५, मूल्यः रु.५० |
|
 |
प्रिन्सिपल्स् अफ
हस्पिटल म्यानेजमेन्ट
(अस्पताल व्यवस्थापनका सिद्धान्त)
लेखकः बच्चुकैलाश कैनी
प्रकाशकः मकालु बुक्स् एण्ड स्टेशनर्स,
काठमाडौँ, २००५
पृष्ठः ५००, मूल्यः रु.४५० |
|
 |
वेदान्तर्-दर्शनसार
(हिन्दु दर्शन र वेदान्तको व्याख्या)
व्याख्याकारः अर्जुनदेव पन्त
प्रकाशकः रत्न पुस्तक भण्डारकाठमाडौँ,
२०६२
पृष्ठः १७७±, मूल्यः
रु.१२५ |
|
 |
जीवित देवी कुमारीः
कथा र वास्तविकता
(कुमारीप्रथाको चिरफार)
अनुसन्धाता/प्रकाशकः सृजना श्रेष्ठ, काठमाडौं,
२०६१
पृष्ठः ८५±, मूल्यः रु.१२५ |
|
 |
रूक्मी दिदी
(कथा-सँगालो)
कथाकारः रामप्रसाद पन्त
प्रकाशकः दायित्व वाङ्मय प्रतिष्ठान, काठमाडौँ,
२०६१
पृष्ठः १२०, मूल्यः रु.१०० |
|
 |
रत्नदेव शर्माका
कृतिहरू
(प्रयोगात्मक कविता, खण्डकाव्य सङ्ग्रह)
सम्पादकः माधव लम्साल
प्रकाशकः प्रकाश पौडेल, २०६२
पृष्ठः २४७±, मूल्यः
रु.२५० |
|
 |
लिम्बू हिज्जे शब्दकोश
(नेपाली-अङ्ग्रेजी अर्थसहित लिम्बू भाषाको संक्षिप्त शब्दकोश)
कोशकारः दिलेन्द्र सुब्बा
प्रकाशकः लिम्बू साहित्य विकास संस्था,
काठमाडौँ, सन् २००५
पृष्ठः १२७±, मूल्यः
रु.१०० |
|
|