हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
सरोज धिताल

पुस्ता संवाद/आजकी छोरीलाई चिठी-११

 

सम्बन्धका आधार

छोरी,
आजकल अचम्म भइरहेको छ । म एकपछि अर्को पुरानो साथी भेटिरहेको छु । तीमध्ये कोही त मेरो किशोरावस्थाका अत्यन्त घनिष्ट मित्र थिए । यति घनिष्ट कि उनीहरूसँगको विछोड सम्भवै छैन जस्तो लाग्थ्यो । तर अचम्म ! तिनीहरूसँग नै दशकौँपछि मात्र बल्ल भेट भइराखेको छ । पुरानो सम्झनाहरूले रमाइलो त लाग्छ, तर त्यसबखत त्यति गहिरो सम्बन्ध भएका मित्रहरूसँग अहिले, साँच्चै भन्ने हो भने, जीवित सम्बन्धको कुनै वस्तुगत आधार नै छैन । अर्कोतिर, मेरा ती थोरै साथीहरू जोसँग अझै पनि मेरो जीवित, सौहार्द र र्सार्थक सम्बन्ध छ, ती भने कोही पनि मेरो किशोरावस्थामा 'बेस्ट प|mेण्ड' थिएनन् ।

पुराना साथीहरूसित भेट हुँदा मेरो मनमा अनेक प्रश्न, अनेक भाव र अनुभूति सल्बलाउँछन् । किन त्यो जमानाका त्यति घनिष्ट साथीहरू अहिले यति टाढा भए - अनि त्यतिबेला यदाकदा सामान्य बोलचाल मात्रै भएका सथाीहरू भने कसरी अहिले यति घनिष्ट छन् - किन कसैसँग छोटो अवधिमै ज्यादै नजिकको सम्बन्ध बन्न पुग्छ र एकअर्कासँग कुनै पनि कुरा नलुकाउने स्थितिमा पुगिन्छ, कसैसँग भने जति लामो चिनजान र उठबस भए पनि कहिल्यै खुल्न सकिन्न - सँगसँगै हर्ुर्के बढेका दाजुभाइ, दिदीबहिनीको सम्बन्धले पनि किन यदाकदा मात्रै जीवनपर्यन्त रहिरहने र्सार्थक र गतिशील गहिरो मित्रताको रुप लिने गर्छ - यी प्रश्नहरू जब मेरो मनमा खेल्छन्, म त्रि्रो र त्रि्रा साथीहरूबीचको मित्रताबारे पनि सोच्छु । त्रि्रा साना भाइबहिनी आफ्ना साथीहरूसँग ठाकठुक पर्दा कैयाँै दिनसम्म दिक्क भएर बसेको सम्झन्छु  । अनि आफैँसँग सोध्छु- मेरो किशोरावस्थाको मित्रताको आधार, गहिर्राई, स्वरुप र अभिव्यक्ति त्रि्रा भाइबहिनीको अहिलेको मित्रताको भन्दा कति फरक होला, कति समान होला - मेरो युवावस्थाको मित्रता र त्रि्रो अहिलेको मित्रताको प्रकृतिमा कति फरक होला - त्यो मित्रताको ढोका खोल्ने सुरुआतका आकर्षाहरू त्यतिबेला र अहिले उस्तै होलान् कि नहोलान् -

यी कुराहरूबारे गम्दै गर्दा मलाई आफूले युवावस्थामा भोग्नुपरेका मित्रताका सङ्कटको सम्झना हुन्छ । फर्केर हर्ेदा त्यस्ता सङ्कटजन्य पीडामाथि आफैँलाई हाँसो पनि नउठ्ने होइन । कति अनावश्यक पीडा भोगिएछ जस्तो पनि लाग्छ । तर त्यतिबेला भने आफ्नो एउटा साथीसँगको असमझदारी, सम्बन्धमा देखापरेका सामान्य चिराहरू- वास्तवमै अति विकराल र सुल्झाइ नसक्नुको समस्या जस्तो लाग्थ्यो । अहिले हर्ेदा साना लाग्ने ती कुराहरू त्यतिबेला साँच्चै नै ठूला र वास्तविक लाग्थे । त्यसैले म अनुमान गर्छर्ुुकिशोरावस्थाका त्रि्रा भाइबहिनीहरू र कलिलो युवावस्थाका तिमीहरू पनि मित्रताका सङ्कटहरू भोगिरहेका होलाउ । म चाहन्छु, म कामना गर्छर्ुुयस्ता सङ्कटहरूलाई तिमीहरू फलदायी ढङ्गले समाधान गर्न सक ।

कुनै शास्त्रीय सूत्रले यसो गर्न सघाउँछ कि सघाउँदैन- मलाई थाहा छैन । तर आफ्ना अनुभव, सफलता र असफलतालाई फर्केर हर्ेदा भने म केही कुराहरू देख्छु, जो मानवीय सम्बन्धका महत्त्वपर्ूण्ा आधारहरू हुन् । तीमध्ये केही कुराहरू भनुँ है त तिमीलाई -

जुनसुकै सम्बन्धको ढोका पनि शायद सबैका लागि एकअर्काप्रतिको प्रारम्भिक आकर्षा र चिनजानले नै खेल्छ होला । र, मलाई लाग्छ, जुनसुकै आकर्षाका पछाडि केही प्राप्तिको आश लुकेको हुन्छ- एक्लोपनबाट छुटकारा, आफूलाई बुझििदने कसैको साथ, शक्ति वा प्रतिष्ठामा वृद्धि, जीवनमा केही नयाँपन, नयाँ ज्ञान वा सीपको वृद्धि, वैचारिक वा आध्यात्मिक विकास, कुनै समस्याको समाधान, अभिव्यक्तिको माध्यम, केवल रमाइलो ... वा अरू केही । केही न केही प्राप्तिको लालसा त लुकेको हुन्छ नै कुनै पनि व्यक्तिप्रतिको आकर्षाका पछाडि । यस्ता आशा र अपेक्षाहरू कि त वास्तविकतामा अनुदित हुनुपर्‍यो, कि भने पानीका फोका झैँ हराएर जानुपर्‍यो । आकषिर्त भएका सबैसँग त सम्बन्ध हुँदैन नि, हैन - तर सम्बन्धको सुरुआत भयो भने, आशा र अपेक्षाहरू वास्तविकतामा अनुदित हुन त एकअर्काबीच समानताको सक्रिय खोजी हुनै पर्‍यो । नत्र कुन मैदानमा निर्माण गर्ने त्यो सम्बन्ध - कति मानिसहरू मैले देखेको छु, जो सम्बन्ध स्थापनाको यही प्रारम्भिक चरणमा नै गम्भीर गल्ती गर्न पुग्छन् । यो प्रारम्भिक आकर्षा यति बलियो हुनपुग्छ कसैको लागि, र त्यस आकर्षासँग जोडिएका लालसा र आकांक्षा यति तीव्र हुन्छन् कि एकअर्काको स्वतन्त्र अस्तित्वलाई मान्यता नै नदिइकन, एकअर्काबीच समान आकांक्षा, समान चाहहरूको खोजी नै नगरिकन, सम्बन्धको दह्रो जग नै नखनिकन, अर्थात् बन्दै नबनेको सम्बन्धलाई सत्य मानेर ती अगाडि बढ्छन् । 'एकतर्फी प्रेम' वा 'एकतर्फी मित्रता' भन्छन् नि हैन यस्तो स्थितिलाई - तर यस्तो सम्बन्ध पीडादायी त हुन्छ नै, एकअर्काको विकासको निम्ति पनि बाधक र ज्यादै हानिकारक पनि हुनसक्छ । जुन मानिसहरू प्रारम्भिक आकर्षाको त्यो चरणलाई स्वस्थ ढङ्गले पार गर्छन्, एकअर्काको स्वतन्त्र अस्तित्वलाई स-सम्मान स्वीकार गरेर आफूबीच समानताको मैदान पहिल्याउन सक्षम हुन्छन्, तिनीहरूबीच मित्रताको सुन्दर र बलियो सम्बन्ध बनेको मैले देखेको छु । यस्तो सम्बन्धमा जो हर्ुर्किन्छन्, उनीहरूमा एउटाको प्रगति र अर्काको प्रगतिबीच घनिष्ट, सकारात्मक र अन्योन्याश्रति नाता हुन्छ- ज्यादै सुन्दर । मलाई लाग्छ, साथीहरूबीच होस् या प्रेमी-प्रेमिकाबीच, भाइबहिनीबीच होस् या बाबुआमा र छोराछोरीबीच- यस्तो सम्बन्ध वास्तवमै लोभलाग्दो हुन्छ । तर यो पनि स्थिर हुँदैन । नयाँ धरातलमा, नयाँ उचाइँमा यस्तो सम्बन्धको नवीकरण गरिरहनुपर्ने हुन्छ । आफूहरूबीच समानताको नयाँ र फराकिलो मैदान खोजिरहनर्ुपर्छ ।

किशोरवयका साथीहरूबीचको सम्बन्ध दर्ीघजीवी हुन नसक्नुको एउटा कारण सम्भवतः उनीहरूको त्यो उमेरमा भइरहेको निरन्तर र गतिमान परिवर्तन हो । यसले गर्दा अझै पनि आफ्नै संसार खोज्न सिक्दै गरेका किशोरकिशोरीहरू एक आपसबीचको साझा मैदान फेला पार्न सक्दैनन्, जे भेट्छन् त्यो पनि तत्कालै परिवर्तन हुन सक्छ । दाजुभाइ, दिदीबहिनीबीचमा पनि आ-आफ्ना संसार बीचको साझा मैदानलाई निरन्तर नवीकरण गर्न नसक्दा जीवनपर्यन्त सुमधुर सम्बन्ध कायम हुनुको सट्टा बरु अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ  । पतिपत्नीबीचको सफल दाम्पत्य जीवन भनेको त झन् एकअर्काको स्वतन्त्र संसारको सम्मानमा आधारित भएर, एकअर्काको प्रगतिमा रमेर, हरेक दिन हरेक क्षण सम्बन्धको नवीकरण गरिरहनु हो । छोराछोरी त, खलिल ज्रि्रानले भने झैर्ँर् इश्वरले छोड्ने ती दिव्य तीरहरू हुन् जसको यात्राका निम्ति बाबुआमा एउटा स्थिर र बलियो धनु बनिदिनर्ुपर्छ । छोरी, त्रि्रा निम्ति म त्यस्तो धनु बन्न सके कति राम्रो हुन्थ्यो !

माया गर्ने बुबा

drsdhital@wlink.com.np