हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
राविन साय् मि

मुहूर्त

 

 


भनेको/सुनेको

"विगतका अनुभवले गर्दा -माओवादीको युद्धविरामप्रति) अहिले नै आश्वस्त भइहाल्ने अवस्था छैन ।"

-श्री ५ को सरकार

"माओवादीको एकतर्फी युद्धविरामको घोषणाले नेपालमा एक हदसम्म शान्ति र सुरक्षा बहाली गर्नेछ ।"

-संयुक्त राष्ट्रसंघ

"शान्ति प्रक्रियाको सुरुआतका लागि वातावरण तयार गर्न सघाउ पुग्नेछ  ।"

-संयुक्त राष्ट्रसंघ

"शान्ति प्रक्रियाको सुरुआतका लागि वातावरण तयार गर्न सघाउ पुग्नेछ  ।"

-भारत सरकार

(१८ भदौमा माओवादीले एकतर्फी युद्धविराम घोषणा गरेपछिका प्रतिक्रिया ।)


चर्चित फिल्म नुमाफुङ् का निर्देशक नवीन सुब्बा आजभोलि लोकतन्त्रका लागि भइरहेको आन्दोलनको 'डकुमेन्टेशन' मा जुटेका छन् ।


किरण पाण्डे

सडक-आन्दोलनमा क्यामेरासहित देखिनुहुन्छ नि ?
लोकतन्त्रका निम्ति भइरहेको आन्दोलनको 'सेल्युलोइड' प्रविधि मार्फ् अभिलेख/दस्तावेज तयार गर्ने कार्यमा लागेका छौँ । हामीले लोकतन्त्रका लागि गर्न सक्ने रचनात्मक सहयोग यही नै हो ।

आन्दोलन सम्बन्धी 'फिल्म' बनाउँदै हो ?
१३ भदौ, २०६२ मा लोकतान्त्रिक चलचित्रकर्मीर् मञ्च गठन गर्‍यौँ र त्यसैबाट आन्दोलनका दृश्यहरुको 'सेल्युलोइड' प्रविधि अर्न्तर्गत छायाङ्कन कार्यमा जुटेका छौँ । यस्तो अभिलेख डेढ/दर्ुइ सय वर्षम्म सुरक्षित रहन्छ ।

यसका लागि लाग्ने खर्च नि ?
दैनिक रु.१५ हजार जति खर्च भइरहेको छ । त्यो साथीभाइबाट उठाएर चलाउँदैछौँ  ।

यो फिल्मको लागि 'हिरो-हिरोइन' पनि कोही छन् कि ?
अहिले यो भूमिका स्वतन्त्रताका निम्ति सडकमा उत्रेका जनसमुदायले नै निर्वाह गर्दैछन् ।

छायाङ्कनका बेला तपाईंलाई के कुराले बढी छोयो ?
८० वर्षपार गरेका, पाका उमेरका नागरिकहरू स्वतन्त्रताका लागि सडकमा आएको देख्दा म उत्साहित भएँ । र, त्यसले मलाई एकैचोटि आन्दोलनमा लाग्न र यस सम्बन्धी 'सेल्युलोइड' खिच्न उत्साह मिल्यो ।

'स्रष्टाहरूको सडक आन्दोलन' छुट्टै हो त ?
यो लोकतान्त्रिक आन्दोलनकै परिपूरक हो । १९ माघपछिको राजनीतिक परिवर्तनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्दै लगेको स्थिति छ । त्यसको असर चलचित्र क्षेत्रमा पनि परेको छ । आगो, बलिदान लगायतका केही चलचित्रहरू अनौपचारिक रूपमा प्रतिबन्धमा परेका छन् । यस्तो अवस्थामा लोकतान्त्रिक चलचित्रकर्मी मञ्चका तर्फाट स्वतन्त्रताका निम्ति सडकमा उत्रेका हौँ  ।