| जनता
आन्दोलित कवि
घण्टाघरले घण्टी लाए हुन्थ्यो
धरहरा प्रमुख अतिथि बनेर आए हुन्थ्यो
शहीदगेटले माइक समाए हुन्थ्यो
लोकतन्त्रको भित्तोले
स्वागत-गीत गाए हुन्थ्यो
सत्र साल भाग दर्ुइ
स्वागत-गीत गाउनुभन्दा पहिले
त्रि्रो नाउँमा एक मिनेट
मौनधारण गर्न पाए हुन्थ्यो !
यस्ता अभिव्यक्तिमार्फ् निरङ्कुशताको धज्जी उडाउन खप्पिस
व्यङ्ग्यकवि अर्जुन पराजुली
अचेल कविताकै ऊर्जा लिएर नागरिक आन्दोलनमा देखिने गर्छन् । दर्शक/श्रोतालाई
पेट मिची-मिची हाँस्न बाध्य पार्ने उनको कविताको धार जनआन्दोलनको समयमा
झनै धारिलो लाग्छ । त्यसैले 'लोकतन्त्रका लागि नागरिक आन्दोलन' का
अभिन्न अङ्गजस्तै बनेका छन् अर्जुन । आन्दोलनको सक्रिय अभियन्ताका
रूपमा उनी हेटौँडा, दाङ, बुटबल र गुल्मीसमेत पुगे कविताबाटै लोकतान्त्रिक
आन्दोलनलाई ऊर्जा दिन ।
यस्तै कविताको धारमा अर्जुनले २५ भदौमा काठमाडौँको गुरुकुल स्कूल अफ
थिएटरमा टिकट किनेर आएका काव्यप्रेमीलाई आफ्नो वाचनशैली र व्यङ्ग्यचेतले
लठ्ठै बनाए । अनि, त्यहाँ उठेको रु. २० हजार नागरिक आन्दोलनलाई नै
र्समर्पण गरे । अर्जुन भन्छन्, "मैले कवितामा नागरिककै आवाज बोलेको
थिएँ र त्यसले उठाएको रकम नागरिक-आन्दोलनलाई सुम्पनु आफ्नो कर्तव्य
ठानेँ ।" समाजले आफूमाथि दर्शाएको विश्वासको सम्मान गर्ने धोको
बोकेका छन् नागरिक आन्दोलनका योद्धा अर्जुनले ।
विजयी बाला

किरण पाण्डे |
चर्चित सङ्गीतकार
न्हृयू बज्राचार्यले ४-५ वर्षघि नै अल्बम निकाल्न आग्रह गर्दा 'आफ्नो
लागि मात्र' गाउने बाला भट्टर्राईलाई
त्यो आग्रह ठट्टाझैँ लाग्थ्यो । स्वर मीठो थियो तर
आत्मविश्वास थिएन । कारण बनेको थियो उनको अस्वस्थता । तर, उनले अस्वस्थतालाई
जित्न हिम्मत जुटाउँदै गइन् । अन्ततः त्यो हिम्मतले यसै वर्षो कृष्णजन्माष्टमीमा
आकार पायो र जन्मियो भजन सङ्ग्रह 'कृष्ण' । युवा भएर भजनतिर - "पहिलो
अल्बम भगवानमा अर्पित गरेर गीति जीवन शुरु गर्न मन लाग्यो", उमेरको
तुलनामा अस्वाभाविक आध्यात्मिकता देखाउँदै बालाले भनिन्, "जीवनको
डोर नै प्रभुको हातमा छ । गीत-सुर सबै उसकै त हो नि !"
सुन्दै टीठलाग्दो निजी जीवनबाट गीतियात्रा प्रभावित
बनेको रहेछ बालाको । राति ननिदाएको डेढ दशक नाघिसक्यो रे ! पहिला त
कोठाको घडीको टिक्टिक् र मान्छेको श्वासले समेत 'डिर्स्र्टव' हुन्थ्यो
उनलाई । खुराक चराको जति छ । गीत गाउँदा शक्ति पुग्दैन । न टेलिभिजन
हर्ेर्छिन् न रेडियो सुन्ने, पत्रिका पढ्ने नै गर्छिन् । बोल्न उति
साह्रो मन पराउन्नथिन् । डाक्टरले नगाउनू भनेका थिए । ध्यान विधि सिकेपछि
मलमलको पातलो कपडाले आँखा छोपेर 'समाधि' मा लीन हुन खोज्दै रात काट्छिन्,
आजभोलि । बोलिचाली पनि फेरिँदो छ । आत्मबल जुटाउने एक्लो सङ्र्घष्ाकै
परिणाम स्वरुप 'कृष्ण' जन्माएकी बालाले भनिन्, "अब आधुनिक गीत
पनि गाउने कोशिश गर्छु ।" उदारणीय छ बालाको आत्मबल ।
|