| देश - समाचार
था'छैन युद्धविराम !

डम्बरकृष्ण |
माओवादीले १८
भदौदेखि युद्धविरामको घोषणा गरे पनि पर्ूर्वी क्षेत्रमा अपहरण, विद्यालयमा
तालाबन्दी जस्ता माओवादी गतिविधि कायमै छन् । स्थानीय उद्योगी, व्यवसायी,
शैक्षिक, सामाजिक संघसंस्थाहरू सबैले युद्धविरामको स्वागत गरेका छन्,
तर माओवादीभित्रैबाट भने यसको पर्ूण्ा पालना नभएको पाइएको छ ।
पाँचथरका माओवादीले आहृवान गरेका इलाम-फिदिम सदरमुकाम
'नाकाबन्दी' २३ भदौसम्म कायम रहृयो । युद्धविरामपछि नाकाबन्दी पनि
खुल्यो होला भन्ने अनुमान लगाएर बिर्तामोडबाट फिदिमतिर गएका सवारीसाधनलाई
रोकेर माओवादीले इलाम-फिदिम सिमानामा पर्ने राँके बजारबाटै फर्काइदिएका
थिए । २६ भदौमा माओवादीको विस्फोटनमा भोजपुर विमानस्थल सुरक्षार्थ
खटिएका दर्ुइ सैनिक घाइते भए । २२ भदौमा माओवादीले धनकुटा ताङ्खुवामा
१४ जना विद्यार्थी अपहरण गरे । २० भदौमा ताप्लेजुङका ५० जना शिक्षकलाई
अपहरण गरी एक साता 'प्रशिक्षण शिविर' मा राखेर छाडे । यस्तै काममा
हिँडेको अवस्थामा २७ भदौमा मोरङमा माओवादीका जिल्लास्तरीय नेता मधेशी
मुक्ति मोर्चा तथा मजदुर सङ्गठनका श्रवण राजवंशी, भानु मैनाली र अशोक
साह पक्राउ परेका छन् । यसअघि १९ भदौमा पाँचथरको सदरमुकाम फिदिममा
सकेट बमसहित प्रकाश देवान र दीपेन नेम्बाङ नामका दर्ुइ माओवादी पक्राउ
परेका थिए ।
माओवादीले आफ्नो 'आधार क्षेत्र' मा राजा र राजतन्त्र
र्समर्थकहरूलाई बस्न नदिने निर्ण्र्ाागरेका छन् । २० भदौमा माओवादीको
सुनसरी- मोरङ ९ नर्ंर् इलाका कमिटिद्वारा आयोजित एक कार्यक्रममा सो
पार्टर्ीी मेची-कोशी सातौँ ब्रिगेड सदस्य 'बलिदान' ले राजावादीहरूलाई
आफ्नो पकड रहेको क्षेत्रमा बस्न नदिने बताएका छन् । र्'वर्तमान अवस्थामा
लोकतान्त्रिक गणतन्त्रको महत्त्व' विषयको उक्त अन्तरक्रिया कार्यक्रममा
उनले भनेका थिए, "दरबारको र्समर्थन जसले पनि गर्न पाउँछ, तर त्यस्तालाई
आधार इलाकामा बस्न निषेध छ ।" यसले आफूसँग असहमत पक्षलाई निर्मूल
नै पार्ने माओवादीहरूको दृष्टिकोण प्रस्ट हुन्छ ।
पार्टर्ीीे भातृ सङ्गठन अखिल क्रान्तिकारीले सामुदायिक
विद्यालयहरू समुदायलाई हस्तान्तरण गर्ने निर्ण्र्ााो विरोधमा उदयपुरका
४५ वटा विद्यालयमा १७ भदौदेखि गरेको तालाबन्दी अझै खोलिएको छैन । माओवादीले
तालाबन्दी गर्ने सूचना टाँसेपछि त्रियुगा नगरपालिका क्षेत्रका विद्यालयहरू
पनि बन्द भएका छन् । माओवादीकै धम्कीका कारण दमकको सूर्योदय अङ्ग्रेजी
पाठशाला २० भदौदेखि बन्द छ ।
युद्धविरामपछि पर्ूर्वी क्षेत्रमा चोरीडकैतीका घटना
पनि बढेका छन् । विभिन्न हतियारधारी समूहले माओवादीकै नाममा समेत डकैती
गर्न थालेका छन् । २४ भदौमा भद्रपुर-१२ का सावरमल मित्तलको घरमा पेस्तोल,
खुकुरी आदि हतियार लिएर आएको डेढ दर्जनको समूहले पहिले सेना र पछि
माओवादी हौँ भन्दै रु.४ लाख ६० हजार नगद, ६० तोला सुन र १४ किलो चाँदी
लुटेको छ । त्यही दिन सुनसरीको भाँसीमा प्रहरीको गोली प्रहारबाट दर्ुइ
जना डाँका मारिएका छन् । २६ भदौमा विराटनगर उपमहानगरपालिका-२२, मटखामा
डाँकाहरूको समुहले एकै घरका तीन जनाको गोली हानी हत्या गरेका छन् ।
युद्धविरामपछि शाही नेपाली सेनाको पर्ूर्वी पृतना हेडक्वार्टर
इटहरीमा २४ भदौमा बसेको क्षेत्रीय सुरक्षापरिषदको बैठकले पर्ूर्वी
पहाडका दर्ुगम क्षेत्रको खाद्यान्न सङ्कट हटाउने र चोरी-डकैती जस्ता
घटना नियन्त्रण गर्न सुरक्षाकर्मीलाई सक्रिय परिचालन गर्ने निर्ण्र्ाागरेको
छ । तर माओवादी युद्धविरामको बारेमा भने बैठकमा कुनै निर्ण्र्ाानभएको
सुरक्षा स्रोतले बतायो । यद्यपि पृतना प्रमुख सहायक रथी अनन्तबहादुर
थेवेले युद्धविराम माओवादीको रणनीतिक चाल पनि हुनसक्ने बताउँदै भनेका
छन्, "माओवादीको तर्फाट नाकाबन्दी, अपहरण, चन्दा आतङ्क र सानातिना
फायरिङ विस्फोटनका घटना भइरहेका छन् । यसले युद्धविरामप्रतिको इमान्दारी
र प्रतिबद्धता देखिँदैन ।"
युद्धविरामपछिको केही खुकुलो वातावरणको परिणाम हुनसक्छ,
माओवादी जनवर्गीय सङ्गठन नेपाल दलित मुक्ति मोर्चा, सप्तरीका संयोजक
कन्तलाल सदा, केन्द्रीय सदस्य जगजीवन राम 'आनन्द' सहित १२ जनाले भदौको
तेस्रो साता मोर्चा विघटन र पार्टर्ीीरित्यागको घोषणा गरेका छन् ।
उनीहरूले जगतपुर बलात्कार काण्ड र श्रीपुर दलित उत्पीडनमा माओवादीको
संलग्नता रहेको र दोषीलाई कारबाही नभएको आरोप लगाएका छन् ।
उत्साह छैन
भोजपुरको होम्ताङ-३ बाट दर्ुइदिन लगाएर बाँसको नाङ्लो बेच्न सुनसरीको
चतरा झरेका २७ वषर्ीय बलबहादुृर र्राई र उनका साथीहरूलाई माओवादीको
युद्धविरामबारे केही थाहा छैन । बराहक्षेत्रमा भारी बिसाउँदै उनले
हिमाल सँग भने, "बाटोमा आउँदा माओवादीहरू पनि भेटिएका थिए, तर
खै केही सुनिएन ।" बलबहादुरसँगै खसी-बोका लिएर आएको एउटा समूहलाई
रोकेर माओवादीले प्रति बोका रु.५० का दरले शुल्क लिए, तर युद्धविरामका
बारेमा केही भनेनन् । बाँसीखोरा, भोजपुरका ६५ वषर्ीय मानबहादुर र्राई
भन्छन्, "युद्धविराम भए पनि नभए पनि गाउँमा हामीलाई उस्तै हो
।"
चतराका व्यापारी तथा बराहक्षेत्र बृहत्तर विकास समितिका
अध्यक्ष गणेश सुब्बा चाहिँ माओवादी युद्धविरामको खबरबाट आशावादी छन्
। उनी भन्छन्, "यो युद्धविरामले निरन्तरता पाउनर्ुपर्छ र सरकारी
पक्षबाट पनि तुरुन्तै युद्धविरामको घोषणा गरिनर्ुपर्छ । अनि मात्र
देशमा शान्ति छाउँछ ।"
धरानबाट १६ किलोमिटर पश्चिममा पर्ने भोजपुर र धनकुटाको
दक्षिणी तथा उदयपुरको पर्ूर्वी क्षेत्रको व्यापारिक केन्द्र चतरा बजारको
ब्यापार माओवादी द्वन्द्वको कारण लामो समयदेखि तहसनहस छ । पटकपटकको
सुरक्षा कारबाहीमा माओवादीका स्थानीय आधा दर्जन कार्यकर्ता मारिएका
र त्यत्तिकै पक्राउ परेका छन् । तैपनि माओवादीले यहाँ सरकारी आयोजनाका
गाडी जलाउने, गाविस भवनमा विस्फोट गराउनेदेखि धरान-चतरा चल्ने यातायातका
साधनलाई एम्बुसमा पार्ने, अपहरण गर्ने, चन्दा उठाउने काम गर्दै आएकाले
यहाँको व्यापार-व्यवसाय टाट पल्टने स्थितिमा पुगेको हो ।
•
डम्बरकृष्ण श्रेष्ठ,
धरान
'एउटा तीर धेरै शिकार'

युद्धविरामले चियापसल-गफलाई केही खुकुलो पारिदिएको छ ।
|
कुनैदिन बम
विस्फोटन, आगजनी, भिडन्त, आक्रमण, अपहरण वा हत्याको खबर नसुने के नपुगे-नपुगेजस्तो
ठान्ने कैलालीबासीले दर्ुइहप्ता यता शान्तिको सास फेरेका छन् । माओवादीको
युद्धविरामपछि यसपालिको दशैँतिहार रमाइलोसँग मान्न पाइने आशामा छन्
उनीहरू । यसबीचमा कुनै अप्रिय घटना नभइदिए हुन्थ्यो भन्ने सबैको अपेक्षा
छ ।
दर्ुइसाता यता कैलालीलगायत सुदूरपश्चिममा हिंसात्मक
गतिविधि घट्दै गएका र वातावरण एकाएक खुकुलो भएको महसूस गरिएको छ ।
कतिले यसलाई आँधी आउनु पर्ूवको निस्तव्धता हो, तीन महिनापछि फेरि उस्तै
हुन्छ भनेका र कतिले रणनीतिक चालका रूपमा लिएका पनि छन् । उद्योगी
व्यापारीहरू युद्धविरामपछि पनि चन्दा असुलीमा कमी नआएको बताउँछन् ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमबहादुर कठायत भन्छन्, "निजी
क्षेत्र धेरै उत्साहित छैन । म्यादी युद्धविराम भएकोले बजारमा नयाँ
पूँजी भित्रिने, उद्योग-व्यापार स्थापना हुने अथवा भएका व्यापार-उद्योग
विस्तार हुने कत्ति पनि संभावना देखिँदैन ।"
नगर क्षेत्र र राजमार्गस्थित सुरक्षा चेकपोष्टहरूमा
सुरक्षाकर्मीको परिचालन यथावत् छ, तर 'चेक जाँच' अलि खुकुलो भएको छ
। कर्फ्र्यू छँदैछ, तर सुरक्षाकर्मीबाट यसअघि जस्तो खरो र रुखो व्यवहार
हुन छाडेको छ । संयोग नै होला, असुरक्षाकै कारण चार महिनादेखि ल्याउन
नसकेर नेपालगञ्जमै थन्किएका सिक्का २५ भदौमा धनगढी भित्र्याइयो । यसले
आठ महिनादेखिको सिक्काको अभाव पूरा गर्यो ।
राजनीतिक दलहरू उत्साहित छन् । दलका कार्यकर्ताहरूको
गाउँ जाने-आउने क्रम बढेको छ । माओवादीप्रति आशावादी देखिएका नेपाली
काङ्ग्रेसका जिल्ला सभापति गोविन्दराज जोशी भन्छन्, "एमाले जनताको
बहुदलीय जनवादका नारासहित संसदीय प्रणालीमा रुपान्तरण भएजस्तै शान्तिपर्ूण्ा
आन्दोलनका कार्यक्रमबाट माओवादी पनि रुपान्तरणको बाटोमा आउन थालेको
सङ्केत हो यो ।" जोशीसँग मिल्दोजुल्दो कथन छ बुद्धिजीवी लवदेव
मिश्रको पनि । उनी भन्छन्, "ढल्कँदो उमेर, लामो सशस्त्र व्रि्रोह,
राष्ट्रिय/अन्तर्रर्ााट्रय परिस्थिति र मुलुकभित्रको विशिष्ट भूराजनीतिक
परिस्थितिको विश्लेषणले पनि उनीहरूले अर्को बाटोमा रुपान्तरित हुन
खोजेको हुनर्ुपर्छ ।" एमालेका अञ्चल सचिव दिनेशचन्द्र सुवेदीको
कथन छ, "शहरिया मात्रै होइन ग्रामीण मध्यम वर्ग पनि माअेावादी
आन्दोलनप्रति आकषिर्त छैनन् । यो बुझेर माओवादी शन्तिपर्ूण्ा आन्दोलनमा
आउन खोजेको हुनर्ुपर्छ ।"
कैलालीका माओवादीहरू भने यसलाई प्रतिगमनलाई परास्त
गर्न गाउँ र शहरको आन्दोलनलाई जोड्ने प्रयास भन्छन् । जिल्लाका एक
माओवादीका भनाइमा, "हामीले आफ्नो तर्फाट एक कदम अगाडि बढाइसक्यौँ
। अब पालो संसदवादी राजनीतिक दलको हो ।"
तर, सुरक्षा अधिकारीहरू भने यसलाई 'माओवादीको अर्को
रणनीतिक चाल मात्रै' ठान्छन् । नाम नछाप्ने शर्तमा एक उच्च सुरक्षा
अधिकारीले धनगढीमा हिमाल सँग भने, "युद्धविराम लामो समयसम्म रहला
जस्तो लाग्दैन । किनकि माओवादीले एउटै तीरले धेरै शिकार गर्न खोजेको
छ ।
•
मनमोहन स्वाँर,
धनगढी
विद्यार्थी अपहरण उस्तै
माओवादी अध्यक्ष प्रचण्डले
युद्धविरामको घोषणा गरेपनि उनका कार्यकर्ताले विद्यार्थी अपहरण गर्न
छाडेेका छैनन् । २४ भदौमा उत्तरपश्चिमी बाग्लुङको अर्गल गाविसमा भेटिएका
माओवादीका जिल्ला नेता 'बिन्दु' ले हाकाहाकी भने, "युद्धविराम
भनेको फौजी आक्रमण रोकिएको मात्रै हो । नियमित साङ्गठनिक कामकारबाहीलाई
यसले असर गर्दैन ।"
माओवादीका यस्ता 'नियमित साङ्गठनिक कामकारबाही' को
पीडा निर्दोष विद्यार्थीहरूले भोग्नु परेको छ । अखिल क्रान्तिकारी
बाग्लुङले गएको जेठदेखि सञ्चालन गरेको 'वैकुण्ठ स्मृति सङ्गठन सुदृढीकरण
तथा विस्तार अभियान' मा अनिवार्य सहभागी हुनुपर्ने उर्दी नमानेकोले
२१ साउनमा अपहरित नेपाल माविका कक्षा ८ र ९ का ५४ जना विद्यार्थी २७
भदौसम्म घर फर्किर्एका छैनन् । ९ कक्षामा दोस्रो र तेस्रो भएका क्रमशः
तमबहादुर र्घर्ती र दिलीपले "पढाइ बिग्रिन्छ हामी जाँदैनौँ"
भनेर धेरै अनुनयविनय गरेपनि शिक्षकहरूलाई "कोर्षअघि नबढाउनू"
भन्ने आदेश दिँदै माओवादीले उनीहरूलाई लिएर गए । त्यसपछि एकमहिनाभन्दा
बढी भयो पढाइ अवरुद्ध भएको । शिक्षक पूर्र्णोन्दकुमार लाल भन्छन्,
"कक्षामा चार-पाँच जना विद्यार्थी पनि हुँदैनन्, कसलाई पढाउने
-" जिल्लाका माओवादी प्रभावित भनिने अर्गल, हिल, तारा, तमान,
बुङगादोभान, बोबाङ, अधिकारीचौरलगायत एक दर्जनभन्दा बढी गाविसका माध्यमिक
र निम्नमाध्यमिक विद्यालयबाट करीब दर्ुइ सय विद्यार्थी अपहरण गरिएका
अभिभावकहरू बताउँछन् । अभिभावकहरूमा युद्धविरामले कुनै उत्साह जगाएको
छैन ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शरद ओली उनीहरूलाई
'सबै वर्गलाई फौजीकृत गर्दै लैजाने' नीति अनुसार प्रशिक्षित गर्न लगिएको
बताउँछन् । उल्टै उनी भन्छन्, "बौद्धिक विकास हुने, सिर्जनात्मक
क्षमता बढ्ने यस्ता कार्यक्रमले पढाइमा बाधा हुने प्रश्नै उठ्दैन ।"
तर, माओवादीको यस्तै अभियानबाट फर्केकी एक छात्रार् इश्वरी कँडेलले
त्यहाँ सिर्जनात्मक र बौद्धिक कुरा भेटिनन् । "सङ्गठन बनाउन,
जनयुद्धको बारेमा भाषण गर्न, मार्चपास गर्न सिकाउने र सैनिक तालिम
दिने गर्दा रहेछन्", उनी भन्छिन् । समाजशास्त्री टीकाराम गौतमको
विचारमा, कलिलो मस्तिष्कलाई परिवर्तन गर्न सजिलो हुने ठानेर माओवादीले
विद्यालयलाई यसरी निशाना बनाएका हुन् ।
•
हरिनारायण गौतम,
बाग्लुङ
चन्दा आतङ्क जस्ताको तस्तै
गाउँका साहुमहाजन, शिक्षक,
कर्मचारी, र्सवसाधारण र बाहिरबाट आएका पर्यटकहरूसँग जबर्जस्ती चन्दा
असुल्दै आएका पर्ूर्वी पहाडका माओवादीहरू 'युद्धविराम' को मौका छोपेर
सदरमुकाम म्याङलुङ्गका साथै तेह्रथुमका जिरीखिम्ती, लसुने, शुक्रबारे,
बसन्तपुर र सङ्खुवासभाका गुफाबजार, मुढेशनिश्चरे आदि बजारक्षेत्रका
उद्योगी-व्यापारीहरूमाथि खनिएका छन् । बन्दव्यापार घटेको र साढे दर्ुइ
वर्षघिको आगलागीले समेत कङ्गाल बनाएको बेला अर्को बज्रपात भएको छ म्याङलुङ्गका
व्यापारीहरूलाई, माओवादीको चन्दा आतङ्क ।
पार्टर्ीीजल्ला सङ्गठन समिति, तेह्रथुमको प्याडमा ४
नंं. एरिया सेक्रेटरी 'मनाङ' को हस्ताक्षरसहित पठाइएको पत्रमा -हे.
तस्बिर) 'रणनीतिक प्रत्याक्रमणको दोस्रो चरणलाई शानदार रूपमा सफल बनाउन'
व्यक्ति अनुसार रु.२५ हजारदेखि १ लाख ५० हजारसम्मको 'आर्थिक सहयोग'
मागिएको स्थानीय व्यापारीहरू बताउँछन् । जिविसका पर्ूव सदस्य रहिसकेका
म्याङ्लुङ्गका व्यापारी चिरञ्जीवीमान श्रेष्ठ प्रश्न गर्छन्, "आगलागीले
बस्ने ठाउँ समेत नभएका व्यापारीले कसरी यति ठूलो रकम बुझाउने -"
माओवादीले उनीहरूलाई 'पत्र प्राप्त हुनासाथ एरिया कार्यालयमा आर्थिक
सहयोगसहित सर्म्पर्क नगरे कारबाही गरिने' धम्की दिएका छन् । धम्कीका
कारण दशैँको मुखमा आएर व्यापारीले आवश्यक सामानहरू ल्याउन नसक्ने अवस्था
उत्पन्न भएको उद्योग बाणिज्य संघ, तेह्रथुमले जनाएको छ ।
माओवादीले ग्राहकहरू नपाएर बन्द हुने अवस्थामा पुगेका
तेह्रथुमका होटल-लजहरूलाई पनि यस्तै पत्र पठाएका छन् । माओवादी व्यवहारले
होटल-लजहरू टाट पल्टने अवस्थामा पुगेका छन । होटल व्यवसायी संघ तेह्रथुमका
अध्यक्ष रोमभगत प्रधानाङ्ग तीन वर्षघिको तुलनामा होटलको कारोबार ९०
प्रतिशतले घटेको बताउँछन् । हालै मात्र कृषि विकास ब्याङ्कको ऋण तिर्न
नसकेर बसन्तपुरको 'विराट होटल' को धितो राखेको घरजग्गा लिलाम भएको
थियो ।
माओवादीको लागि अर्को ठूलो चन्दाको स्रोत हो- तेह्रथुम,
ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभा लगायतका जिल्लाका जङ्गलको जडीबुटी
र किसानहरूको अलैँची, जसको सिजन भरखरै शुरु भएको छ । ओयाक्जुङ गाविसका
एक किसान माओवादीले घरघरमा आएर प्रतिमन २ देखि ५ केजीसम्म अलैँची उठाउने
गरेका बताउँछन् । आम्दानी जति माओवादीले लगिदिने गरेकाले कैयौँ किसानहरू
ब्याङ्कको कर्जा समयमा बुझाउन नसक्ने भएका छन् । कृषि विकास ब्याङ्क
आफूले लगानी गरेको कर्जाको उपयोगबारे अनुगमन-निरीक्षण गर्न जान समेत
सकेको छैन । ब्याङ्कका तेह्रथुम उपशाखा प्रबन्धक सुवासचन्द्र वानुछा
र्राईले ब्याङ्क-किसान सम्बन्ध टाढिँदै गएको अनुभव गरेका छन् ।
माओवादीले जनताका घरजग्गा कब्जा गरेर उनीहरूलाई खेद्ने
काम पनि गरेका छन् । माओवादीकै धम्कीबाट सोल्मा-३ का दर्ुगा पोखरेल
आफ्नो तीन रोपनी अलैँची बारी वडा नं. ५ का गङ्गाबहादुर लिम्बूलाई बेच्न
बाध्य भए । त्यसैगरी माओवादीले सोल्मा-५ कै समशेर लिम्बूको घरजग्गामा
पनि झण्डा गाडेका छन् । दिउँसोको समयमा आएका माओवादीलाई 'खाना पकाउन
भ्याउँदिनँ' भनेको आधारमा वडा नं. ३ का महेश्वर तिम्सिनालाई रु.३०
हजार चन्दा तोकिएको पीडितहरू बताउँछन् ।
आफूहरूले 'चन्दा' होइन, 'सहायता' मात्र उठाउने गरेको
बताउने माओवादीका एक बटालियन कमिसार 'हिमाल' भन्छन्, "आधार इलाकामा
प्रवेश गर्ने केही व्यक्तिसँग थोरबहुत सहायता रकम लिइएको हो, अरूसँग
चन्दा नै भनेर उठाइएको छैन । बरु पार्टर्ीीे अनुमतिविना पैसा उठाउने
कार्यकर्ताहरूलाई कारबाही गर्ने गरेका छौँ ।" तर माओवादीको यो
कारबाहीप्रति कोही पनि विश्वस्त देखिँदैन ।
•
चन्द्र कार्की, तेह्रथुम
कारबाही
जारी

पुलिसले छाडेको यो घरलाई अहिले माओवादीले आफ्नो जेलको रूपमा प्रयोग
गरिरहेका छन् । |
माओवादी प्यूठानका जिल्ला
सदस्य प्रभात केसीले सो पार्टर्ीीे युद्धविरामलाई र्सवसाधारणले वास्तविक
अर्थमा बुझन नसकेको बताएका छन् । प्यूठानमा भइरहेको र्सवसाधारणको अपहरणको
विषयमा हिमाल सँग कुरा गर्दै केसीले युद्धविरामलाई हतियार विरामको
रूपमा मात्र बुझन आग्रह गर्दै भने, "युद्धविराम भनेको पार्टर्ीीे
गतिविधि नै पर्ूण्ा रूपमा बन्द गर्ने होइन । सुरक्षाफौजका विरुद्ध
उठाइएको हतियार मात्र बिसाइएको हो ।"
प्रचण्डको युद्धविरामसम्बन्धी वक्तव्यलाई साङ्गठनिक
गतिविधि नै नबढाउने भनेको होइन, बरु अझ बढी जनतासँग जाने भनेको हो
भन्ने अर्थ लगाउँदै केसी भन्छन्, "हाम्रा बिरुद्ध सुनियोजित रूपले
षड्यन्त्र गर्नेहरूलाई अपहरण र कारबाही पनि जारी नै रहन्छ ।"
प्रचण्डले युद्धविरामको प्रचार जोडतोडले गरेपनि गाउँमा
माओवादी कार्यकर्ताहरू उनको निर्देशन मानिरहेका छैनन् । रोल्पाको दर्ुगम
गाउँमा माओवादी कार्यकर्ताको ज्यादती हर्ेदा यस्तै देखिन्छ । अहिले
पनि रोल्पाका विकट गाउँमा 'एक घर- एक मिलिसिया' नीति कायमै छ । सिर्प
गाविसमा १०-१२ वर्षेखि ५०-५५ वर्षबीचका मान्छे भेट्टाउन मुश्किल पर्छ
। कति माओवादीको भर्ती आतङ्कको डरले गाउँबाट भागेका छन् । गाविसका
निवर्तमान अध्यक्ष दर्ुगा खड्काको भनाइमा सो क्षेत्रबाट मात्रै चार
सय युवा विस्थापित भएका छन् । सिर्पका सात र पाङका २० परिवार ज्यान
जोगाउन घरमा ताल्चै मारेर भारततिर लागेका छन् । युद्धविरामले उनीहरूलाई
फर्काउन सकेको छैन । उल्टै गाउँ छाडेर भाग्न खोजेको, भनेको नमानेको
आरोपमा माओवादीले २१ बालबालिका, हाईस्कूल पढ्ने दर्ुइ विद्यार्थी समेत
५० जना गाउँलेलाई प्रहरीले छाडेको खाली घरमा थुनेर राखेका छन् । यसलाई
ज्यादती मान्ने पक्षमा छैनन् माओवादीका सिर्प जनसरकार प्रमुख 'साजन'
। उनी भन्छन्, "उनीहरू गाउँ छाडेर हिँड्नुमा हाम्रो दोष छैन ।
उनीहरूले हाम्रो क्रान्तिको बारेमा बुझेनन् हिँडे ।"
दर्ुगा खड्का सिर्प गाविसका जननिर्वाचित अध्यक्ष हुन्
। तर माओवादीको युद्धविरामपछि पनि उनले सिर्प छाड्न अनुमति लिनर्ुपर्दछ
। उनी पास लिएर हिँड्ने गर्दछन् । माओवादीका गाउँ जनसरकार प्रमुख साजन
स्थानीय सत्तालाई व्यवस्थित गर्न र कुनै माध्यमबाट घुसपैठ नहोस् भन्नका
लागि पास प्रणाली कायमै राखिएको बताउँछन् ।
•
एनराज खनाल, रोल्पामा
मिथिला: त्यति उत्साहित छैन

जनकपुरमा अहिले पनि सुरक्षाकर्मीको गस्ती
यथावत् छ ।
|
माओवादीले घोषणा गरेको
युद्धविरामले मध्य तर्राईको जनजीवनमा खासै परिवर्तन ल्याएको छैन ।
मानिसहरूमा व्याप्त सन्त्रास केही घटेको भए पनि त्यति उत्साह छैन ।
माओवादीबाट अलग भएको मधेशी जनतान्त्रिक मोर्चाका हिंसात्मक गतिविधि
नरोकिएसम्म युद्धविरामबाट उत्साहित हुने अवस्था छैन । व्यापारिक क्षेत्रले
चाहिँ बढी नै आशावादी भएर हेरेको छ ।
दर्ुइ वर्षघि माओवादीको मधेशी मुक्ति मोर्चाबाट अलग्गिएर
गठन भएको मधेशी जनतान्त्रिक मोर्चा र व्रि्रोही माओवादी बीचको हिंसात्मक
सङ्र्घष्ा जारी छ । सिरहामा २५ भदौमा भएको माओवादी र मोर्चा बीचको
घम्साघम्सीमा मधेशी मुक्ति मोर्चाका दर्ुइ केन्द्रीय पदाधिकारी घाइते
भएका छन् । माओवादीका धनुषा इन्चार्ज 'सुरज' युद्धविराम भएपनि हतियार
राखेर निर्धक्कसँग घुमफिर नगर्न पार्टर्ीीक्तिलाई निर्देशन दिइएको
बताउँदै भन्छन्, "एकतर्फी युद्धविराम भएकोले शाही सेना र जनतान्त्रिक
मोर्चा कुनै पनि बेला आइलाग्न सक्छन् । त्यसैले आइलागे भने जाइलाग्ने
पोजिसनमा हामी छौँ ।"
सुरक्षाकर्मीको गस्ती र अन्य गतिविधि कायमै रहेकोले
र्सवसाधारणले युद्धविरामबाट पर्ूण्ा राहत महसूस गर्न सकिरहेका छैनन्
। बजारमा पहिला पनि सम्साँझै पसल बन्द गर्न लगाइन्थ्यो, अहिले पनि
सुरक्षाकर्मीहरू आएर पसल बन्द गर भनेर थर्काउँछन् । तर जनकपुर उद्योग
बाणिज्य संघका अध्यक्ष निर्मल चौधरी भने युद्धविरामबाट उत्साहित छन्
। उनी भन्छन्, "छोटो अवधिका लागि भएपनि यसले व्यापारिक क्षेत्रको
हौसला बढाएको छ ।
•
अजित तिवारी, जनकपुर
'सत्ता विराम होइन'

सुदूरपश्चिमको पहाडमा हतियारधारी माओवादीको
चलखेल घटेको छैन ।
|
माओवादीको एकपक्षीय
युद्धविरामले सुदूरपश्चिमका जनतामा देखिएको प्रारम्भिक आशा र उत्साह
दर्ुइ साता नबित्दै निराशामा बदलिन थालेको छ । राज्यका गतिविधिले र्सवसाधारणलाई
सरकार मुलुकमा दिगो शान्ति स्थापना गर्न होइन द्वन्द्वमै रमाउन चाहन्छ
भन्ने आभास गराएका छन् ।
हालै सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणमा राजाले
भनेका थिए, "अहिलेको महत्त्वपर्ूण्ा आवश्यकता नै शान्ति स्थापना
हो । र, जनचाहना पनि त्यही हो । यसकारण शान्ति स्थापनाका लागि सबैले
आ-आफ्नो ठाउँबाट यसलाई सफल बनाउन सक्दो पहल गर्नुपर्छ ।" आफ्ना
घरआँगनमा आएका राजाको यस्तो भनाइ सुनेका यस क्षेत्रका बासिन्दा माओवादीले
एकतर्फी रूपमा युद्धविराम गरिसक्दा पनि सरकारले गाउँगाउँ सेना पठाएर
कारबाही चलाइरहँदा राजाका भनाइ र गराइ ठीक उल्टो रहेको निष्कर्षनिकाल्न
थालेका छन् ।
युद्धविरामको घोषणापछि सात राजनीतिक दलका गतिविधि बढेका
छन् । २४ भदौमा नेकपा एकताकेन्द्र-मसालले महेन्द्रनगरमा १९ माघपछिको
सबैभन्दा ठूलो विरोध पर््रदर्शन गर्यो । प्रशासनले पनि त्यत्तिकै
कडा नीति अपनाउँदै पर््रदर्शनकारीमाथि बर्बर दमन गर्यो । यसक्रममा
पक्राउ गरिएका जन-मोर्चा नेपालका सचिवालय सदस्य डिलाराम आचार्य, उपाध्यक्ष
मनोज भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, जिल्ला सह-सचिव खगेन्द्र
जोशी र विद्यार्थी नेता जनक धामीलाई शान्ति भङ्ग गरेको आरोपमा २६ भदौमा
६ महिनाका लागि जेलचलान गरिएको छ ।
नागरिक समाजले एक साताअघि स्थानीय प्रशासनबाट स्वीकृति
लिएर कैलालीको टीकापुरमा आयोजना गरेको 'शान्ति र्याली तथा नागरिक
सभा' लाई बिथोल्न प्रशासनयन्त्रले २५ भदौको राति एकाएक कार्यक्रम स्थल
र त्यस वरपरको ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्यो । तर निर्धारित
स्थलभन्दा केही टाढा भएपनि ठूलै जनसहभागिताका साथ सोही दिन कार्यक्रम
सम्पन्न भयो । एमाले कञ्चनपुरका सचिव राजेन्द्रसिंह रावल भन्छन्, "शान्तिपर्ूण्ा
आन्दोलनमा लागेका राजनीतिक कार्यकर्ता र र्सवसाधारणमाथि दमन गर्ने
तथा माओवादीलाई जिस्क्याउने कार्यले शान्ति स्थापना हुँदैन । राज्यलाई
हेक्का हुनुपर्ने हो ।" उद्योग बाणिज्य संघ डोटीका निमित्त अध्यक्ष
शिवराज शाह "एकतर्फी युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न
सरकार गम्भीर हुनुपर्ने" बताउँछन् ।
माओवादीको घोषणापछि भारत निर्वासन भएकाहरूमाझ पनि घर
र्फकन पाउने आशा पलाएको छ । चार वर्षघि भारत छिरेका अछाम भाटाकाटियाका
रोशन विश्वकर्मा २४ भदौमा पश्चिमी नाका गड्डाचौकी हुँदै घर फर्किए
। यद्यपि घरमा परिवारसँग बसेर रमाउँदै दशैँ-तिहार मनाउन पाउनेमा उनी
त्यति विश्वस्त भइसकेका छैनन् । सदरमुकाम बसेका द्वन्द्व पीडितहरू
पनि गाउँ र्फकन थालेका छन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष डी.आर.
पन्तका अनुसार युद्धविरामको दर्ुइ सातामा वैतडी र डडेलधुराका धेरै
विस्थापितहरू घर फर्किने क्रम शुरु भएको छ । पछिल्लो दर्ुइ सातामा
अपहरण, हत्या र लुटपाटका घटनामा हृवात्तै कमी आएको छ । माओवादीकै कारण
विगत पाँच वर्षेखि घर जान नपाएका प्रजातान्त्रिक काङ्ग्रेस डडेल्धुराका
सभापति रघुवीर भट्ट घर फर्किएका छन् । नौ वषर्ीय छोरीको कानको रिङ्गदेखि
घरका सम्पर्ूण्ा सामान लुटेका माओवादीहरूले उनीसँग क्षमा माग्नुका
साथै सम्पर्ूण्ा सामान फिर्ता गर्ने वाचा गरेका छन् ।
"हामीले फौजी कारबाही मात्रै विराम गरेका हौँ,
आफ्नो सत्ता सञ्चालन र अदालती प्रक्रिया त यो अवधिमा पनि चली नै रहन्छ
।" माओवादीका कञ्चनपुर जिल्ला सेक्रेटरी 'निशान' को यस अभिव्यक्तिले
माओवादीले जुनसुकै बेला युद्धमा र्फकने बहाना खुलै राखेको देखाउँछ
।
•
खगेन्द्र पन्त,
महेन्द्रनगर
युद्धविरामसँगै भङ्ग गर्ने
धम्की

युद्धविरामपछि बर्दियामा देखापरेका अखिल क्रान्तिकारीका अध्यक्ष
लेखनाथ न्यौपाने । |
माओवादीको युद्धविरामले
नेपालगञ्ज आसपासमा एकप्रकारको उत्साह ल्यायो । यस क्षेत्रका सुरक्षाकर्मीर्देखि
व्यापारी-व्यवसायीहरूसम्म सबैले सरकारबाट पनि युद्धविरामको अपेक्षा
राखेका छन् । युद्धविरामको घोषणासँगै नेपालगञ्जको वातावरण केही बदलिएको
छ । बेलुकी ८ बजे नै सुनसान भइसक्ने सडकमा रातिसम्म चहलपहल देखिन थालेको
छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको अगाडि पुगेपछि सवारीबाट ओर्लेर
हिँड्नुपर्ने झन्झट हटेको छ । नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष
सतीशचन्द्र अग्रवाल भन्छन्, "एकपक्षीय युद्धविरामले पनि उद्योगी-व्यापारीमा
धेरै आशा र उत्साह थपेको छ ।"
त्यसैगरी धरासायी भइसकेको यातायात व्यवसायमा पनि युद्धविरामले
केही सुधार ल्याउँछ कि भन्ने आशा जगाएको छ । आतङ्क र असुरक्षाले गर्दा
व्यवसाय बन्दै गर्नुपर्ने अवस्थामा पुगेका बस व्यवसायी फेरि दिन फिर्ने
आशामा बसेका छन् । भेरी अञ्चल एकीकृत बस व्यवसायी संघका उपाध्यक्ष
नरेन्द्र कार्की भन्छन्, "माओवादी मात्रै होइन राज्यले पनि हामीलाई
सताएको छ, त्यसैले सरकारले पनि युद्धविराम गरी शान्तिप्रक्रिया नथालेसम्म
आश गर्नुको अर्थ छैन ।"
युद्धविरामको समाचार जति छिटो फैलियो, माओवादीको व्यवहार
भने त्यसैअनुरुप बदलिएको छैन । तिनका तर्फाट अपहरण र निषेधका घटना
दोहोरिने क्रम जारी छ । तथापि, यहाँका एक माओवादी कार्यकर्ता भन्छन्,
'युद्धविरामप्रति हामी प्रतिवद्ध छौं, दाङमा माथिल्लो तहको निर्देशन
नआइपुगेकोले युद्धविरामपछि पनि दाङमा एक सुरक्षाकर्मीलाई अपहरणमा परेका
हुन् तर थाहा पाउनासाथ छाडिदियौं ।' २३ भदौमा घर जाँदै गरेका एक सैनिक
जवानलाई माओवादीले नै मोटरसाइकलमा राखी बर्दियाको मैनापोखरी -घर) सम्म
पुर्याइदिएका थिए ।
लामो रहेन उत्साह
तर, नेपालगञ्ज आसपासका बासिन्दाको यो उत्साह लामो समयसम्म रहन पाएन
। माओवादी युद्धविरामपछि राज्यले पनि युद्धविराम गर्ने अपेक्षा राखेका
स्थानीय बासिन्दाले सेना हिजोभन्दा सक्रिय भएको देख्नथालेका छन् ।
२० भदौदेखि बर्दियाका मोतिपुर, डेउडाकला, महम्मदपुर, कालिका लगायतका
गाविसमा सुरक्षा र्सच तीब्र भयो । २२ भदौको बिहान बर्दियाको महम्मदपुर
गाविसको डल्लागाउँबाट मधेशी राष्ट्रिय मुक्तिमोर्चाका तीनसहित पाँच
जना माओवादी कार्यकर्तालाई सेनाले गिरफ्तार गर्यो । त्यसको अघिल्लो
दिन बाँकेको कोहलपुर गाविसस्थित खड्गवारबाट दर्ुइ माओवादी कार्यकर्ता
पक्राउ गरिएका थिए ।
२० भदौमा जाजरकोटको दसेरामा पुगेको सेनाको टोलीले माओवादीलाई
आक्रमण गरेपछि झण्डै दर्ुइ घण्टा भिडन्त भयो । २४ भदौमा बसमा यात्रा
गरिरहेका २१ किशोरकिशोरीलाई सेनाले बर्दियाको रम्भापुर पोष्टबाट गिरफ्तार
गर्यो । २५ भदौमा नेपालगञ्जमा आयोजित नागरिक सभामा भाग लिई फर्किएका
बर्दियाका तीन नागरिक नेपालगञ्जको बीपी चोकमा समातिए । त्यसै दिन दाङको
उरहरी गाविसबाट सेनाले एमालेका चार, माओवादीका सात, काङ्ग्रेसका दर्ुइ
र राप्रपाका एकजना कार्यकर्ता समात्यो । सहकार्यका लागि स्थानीयस्तरमा
छलफल गरिरहेका वेला उनीहरूलाई १९ नम्वर वाहिनीबाट गएको सेनाले गिरफ्तार
गरेको थियो । दर्ुइ वर्षेखि गाउँ नगएका सुरक्षाकर्मीहरू माओवादीले
युद्धविराम गरेको भोलिपल्ट १९ भदौदेखि नै बाँके र बर्दियाका गाउँगाउँमा
छ्याप्छ्याप्ती पस्न थालेका छन् ।
सुरक्षा निकायका यस्ता क्रियाकलापले माओवादीलाई कुनै
पनि बेला युद्धविराम भङ्ग भएको घोषणा गरेर युद्धमा र्फकने बहाना दिन
सक्छ । केन्द्रको घोषणा विपरीत माओवादीको बाँके-बर्दिया नेतृत्वले
त युद्धविराम भङ्ग गर्ने घोषणा गरिसकेको पनि छ । २५ भदौमा बाँकेको
एक ग्रामीण बस्तीमा माओवादीका बाँके-बर्दिया इन्चार्ज 'अनल' ले हिमाल
सँग भने, "हामी आइलागे मात्र जाइलाग्ने मुडमा थियौँ, उनीहरू आइलागिसके
अब जाइलाग्नर्ैपर्छ । त्यसका लागि जनसेनालाई अलर्ट पारिसक्यौँ, सेना
गाउँ छिर्नेवित्तिकै आक्रमण शुरु हुनेछ ।
•
रामेश्वर बोहरा, नेपालगञ्ज
अछामको आश

सुबेल भण्डारी |
| अछामको जनजीवनमा युद्धविरामले खुशी त ल्याएको
छ तर विश्वास छैन । |
अछामको व्यापारिक
केन्द्र साँफेबगर र जयगढका बासिन्दालाई माओवादीको युद्धविरामले शान्ति-सुरक्षाको
अनुभूति दिन सकेको छैन ।
"अब माओवादी पाखातिर लाग्छन्, प्रहरी र
सैनिकको चेकिङ बढ्छ", मीनराज तिमिल्सिना भन्छन् । नभन्दै भोलिपल्टैबाट
माओवादी कार्यकर्ताहरू भित्री गाउँतिर लागेको देखिएका छन् । साँफेबगरका
इन्स्पेक्टर देवबहादुर चन्द भन्दैथिए, "हामी चेकिङ्ग त गर्र्छौँ
नै । माओवादीलाई हातहतियार सहित भेटे पक्रनेछौँ र आवश्यक सोधपुछ गर्नेछौँ
।"
जयगढका माओवादी एरिया इन्चार्ज 'सङ्र्घष्ा' भन्छन्,
"राज्यले युद्धविराम घोषणा नगरे पनि केही मतलब छैन । हामीले आमजनताको
धारणा र इच्छालाई कदर गरेर गरेका हौँ । सैनिक कारबाही भएमा हाम्रो
सैनिक पर्ूण्ा र्सतर्क छ । फेरि समस्या समाधान भएको पनि त छैन नि ।
जुन परिस्थितिबाट हामी पहिले गुज्रियौँ, फेरि गुज्रनु नपर्ला भन्न
कसरी सकिन्छ र - " अछामका आम बासिन्दाहरूका भोलिका दिन कस्ता
होलान् भन्ने कुरा माओवादीको यही 'र्सतर्कता' र सुरक्षा निकायका आगामी
क्रियाकलापमा भर पर्दछ । गाउँलेहरू यसै कुरालाई लिएर त्रसित छन् ।
"विकासको कुरा त पछि हो । पहिले बाँच्न त सक्नुपर्यो । ज्यान
छ न विकास गरिन्छ", मीनराज भन्छन् । उनका छिमेकी पृथ्वीराज रावल
थप्छन्, "पहिले घटेका घटना फेरि दोहोरिन सक्ने भएकोले त्रसित
छौँ ।"
रावलको सङ्केत माओवादीले मङ्गलसेन र साँफेबगरमा
गरेका भीषण आक्रमणतर्फथियो । यो आक्रमणबाट ध्वस्त अछामका धेरै पर्ूवाधार
र सेवा सुचारु भएका छैनन् । साँफेबगर विमानस्थलमा हरेक मङ्गलबार आउने
शानेवानिको एउटा उडान कति मङ्गलबार आउँदैआउँदैन, आइहाले पनि प्रायः
सामान र सैनिक-प्रहरीहरू ओसार्ने गर्दछ । साधारण क्लिनिकबाहेक कुनै
औषधोपचार सुविधा नभएको यस ठाउँमा कति बिरामीले एयरपोर्टमै ज्यान गुमाएका
छन् ।
२०५८ सालदेखि शान्तिको सास फर्ेन नपाएका अछामे
जनताको एउटै इच्छा छ- खाली हामी शान्तिसँग बाँच्न पाए हुन्थ्यो ।
•
सुबेल
भण्डारी, अछाममा
ताला
खुलेका छैनन्
युद्धविरामको अर्थ
नबुझेकी रुपन्देही, गंगोलिया-३ की नुहरी थारू -हे. तस्बिर) लाई कक्षा
१२ मा पढ्ने छोरा सुरेशले यो तीन महिनासम्म माओवादीले कसैलाई केही
गर्दैनन् भनी अर्थ्यार्एका थिए । स्थानीय एफएमले पटक-पटक युद्धविरामको
खवर फुकेको थियो । तर, उनको चासो एउटै थियो- जेठो छोरा शाही सेनामा
जागिरे भएको कारण ७ चैतमा आएर तीन जना माओवादी थारू युवकले घरमा लगाइदिएका
ताल्चा खुल्ला कि नखुल्ला ?
युद्धविरामको दर्ुइसाता बितिसक्दा पनि नुहरीको घरमा लागेको ताल्चा
खुलेको छैन । युद्धविराम भएयता निस्पिmक्री घुमिरहेका माओवादी कार्यकर्तालाई
आएर खोल्दिन्छन् कि भनेर आशलाग्दो गरी हर्ेर्छिन् । उनीहरू आउँछन्,
ताला हर्ेछन्, जान्छन्, कोही केही बोल्दैनन् । तालाबन्दी गर्दा "खोले
हातखुट्टा भाँचिदिन्छाँै" भनेकाले आफैँ खोल्ने हिम्मत छैन । विधवा
नुहरीले गला अवरुद्ध पार्दै भनिन्- "हामी कहाँ सुत्ने भन्दा 'आँगनमा
सुत' भनेका थिए । पानी खाने लोटा समेत घर भित्र थुनिदिएकाले छिमेकी
कहाँबाट मागेर काम चलाइरहेकी छु । कहिलेकाहीँ फोनमा कुरा हुने छोरा
श्रीधरको अनुहार नदेखेको पनि तीन वर्षभयो । गाउँमा सापट-उधारो दिन
समेत अप्ठ्यारो मान्न थालिसकेका छन् ।"
नुहरीकै गाउँका प्रहरी जवान त्रिवेणी थारूलाई युद्धविरामको
मौका छोपेर दशैँ मनाउन घर जाने इच्छा थियो । तर, घरमा माओवादीले लगाइदिएको
ताल्चा अझै नखोलिदिएकाले जाने-नजाने दोधारमा छन् । २०६० चैतमा उनका
छिमेकी अर्सइ महेन्द्र खाती घर आएका बेला माओवादीले नियन्त्रणमा लिई
बीभत्स हत्या गरेको उनले अझै भुलेका छैनन् । थारू भन्छन्, "नोकरी
नछाड्दासम्म ताला नखोल्ने भनेका छन्, नोकरी छाडे छोराछोरी भोकै मर्छन्
।" चार कट्ठा जमिन सिवाय केही नभएका उनको आधा दर्जनको परिवार
अधियामा खेत कमाएर गुजारा गरिरहेको छ । घरमा ताल्चा लगाइदिएपछि परिवारका
मानिसहरू गोठमा सुतिरहेका छन् । "लामखुट्टे भगाउन धुवाँ लगाउँदा
छोराछोरी सुत्न सकेनछन् । त्यत्तिकै सुत्दा छोरीलाई मलेरिया भएछ,"
थारूले श्रीमतीले रुँदै फोनमा बताएको कुरा सुनाए । यति हुँदाहँुदै
पनि उनी बुबा र श्रीमतीलाई फोनबाट 'माओवादीले जे भने पनि मान्नु' भन्ने
गर्दछन् । उनका सहकर्मी छिमेकी प्रहरी हवल्दार नाथु हरिजनकी आमाले
माओवादी कार्यकर्ताले भनेको नमान्दा विस्थापित हुनु परेको कथा ताजै
छ ।
 |
सरकार गम्भीर छैन
बुटबल बजार आसपासमा माओवादी युद्धविरामको खुलेर स्वागत भएको छ । युद्वविरामकै
दिन राजनीतिक दल, मानवअधिकारवादी, व्यापारी, नागरिक समाज र स-साना
क्लव समेत ५३ वटा संस्थाले स्वागत विज्ञप्ति निकाले । वक्तव्य दिने
मध्येका एक उद्योग बाणिज्य संघ बुटबलका अध्यक्ष निर्मल लाकौल भन्छन्,
"पलायन हुन लागेका उद्योगी-व्यवसायीहरूमा यो युद्वविराम- बाट
आशा पलाएको छ ।"
युद्वविरामप्रति जनतालाई विश्वास जगाउन माओवादीले अपहरितलाई मुक्त
गर्न पनि थालेका छन् । एक हप्ताअघि कपिलवस्तुको बाणगङ्गाबाट अपहरण
गरेका दीपा भट्टर्राई, पवित्रा बराल लगायतका चार जनालाई २० भदौमा कपिलवस्तु
महुरियाबाट मुक्त गरिएको छ । त्यसैगरी उनीहरूले ८ भदौमा अपहरण गरिएका
अर्घर्ााँची, सिमलपानी-५ का ज्योत्रि्रसाद न्यौपानेलाई पनि पत्रकार
र मानवअधिकारवादीहरूको रोहवरमा छाडेका छन् ।
युद्धविरामप्रति सरकार गम्भीर देखिएको छैन । माओवादीको
आरोपमा एक वर्षघि घरबाट समातिएका मानवाधिकारकर्मी गङ्गाराम यादवलाई
अदालतले रिहा गरेको लगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार
गरेको छ । त्यसैगरी युद्धविराम भएको भोलिपल्ट अदालतले रिहा गर्न आदेश
दिएपछि पनि प्रहरीले जिल्ला अदालत परिसरबाट दर्ुइ जनालाई पक्राउ गर्यो
। यस्ता घटनाले सरकार यो युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्ने
उपायको रूपमा उपयोग गर्न इच्छुक छैन भन्ने देखाउँछन् ।
•
जे.बी. पुन, बुटवल
राजाज्ञा
विरुद्ध हस्ताक्षर
राजा ज्ञानेन्द्रले ११
भदौमा बाँकेको कोहलपुरमा मनोनीत प्रशासक तथा जिविस सभापति-उपसभापतिको
जमघटमा बोलेका नेपालगञ्जमा रहेका सबै क्षेत्रीय कार्यालय तीन महिनाभित्र
सर्ुर्खेत नसारे विभागीय कारबाही गर्ने कुराबाट अन्योलमा परेका कतिपय
क्षेत्रीय कार्यालयका प्रमुखहरूले यो आदेश व्यावहारिक रूपमा अनुपयुक्त
रहेको प्रतिक्रिया दिएका थिए (हे. हिमाल १६-३१ भदौ) ।
यस्तो प्रतिक्रिया दिएर राजाको विरोध गरेको भन्दै मध्यपश्चिमका
क्षेत्रीय प्रशासक मृगेन्द्रकुमार सिंह यादवको तर्फाट अहिले यहाँका
कार्यालय प्रमुखहरूमाथि कारबाहीको त्रास देखाउन थालिएको छ । नाम नबताउने
एक कार्यालय प्रमुख भन्छन्, "अब माथिबाट जे निर्देशन आउँछ त्यही
गर्ने, जनताको सजिलो-असजिलोसँग केही मतलब नराख्ने ।"
सस्तो लोकप्रियता बटुल्न दिइएको राजाको यो निर्देशनविरुद्ध
नेपालगञ्जका जनता पनि आन्दोलित भएका छन् । उनीहरूले सो निर्देशन तत्काल
परिवर्तन नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएर २२ भदौमा दरबारमा विन्तीपत्र
हालेका छन् । २४ भदौदेखि राजाको निर्देशनविरुद्ध हस्ताक्षर अभियान
चलाइएको छ । ४ असोजमा नेपालगञ्जमा जनपर््रदर्शन हुनेछ । अभियानका सह-संयोजक
एवं नेपालगञ्ज उद्योग व्यापार संघका अध्यक्ष सतीशचन्द्र अग्रवाल भन्छन्,
"त्यसपछि अझै कडा आन्दोलन थालिनेछ ।"
आन्दोलन परिचालनका लागि नेपालगञ्ज नगरपालिकाका पर्ूवमेयर
डा. धवलसमशेर राणाको संयोजकत्वमा नेपालगञ्ज संरक्षण अभियान गठन भएको
छ । राणा भन्छन् "असंभव कुरालाई मुढेबलले सम्भव बनाउन सकिन्न
। जनताको चाहना विपरीत कसैको हुकुमी बोलीले केही हुनेवाला छैन ।
•
रामेश्वर

किरण पाण्डे |
| चर्केको आन्दोलन बढेको दमनः सात दलले जारी
राखेको आन्दोलनका क्रममा बसन्तपुरमा सहभागीहरूलाई लक्षित गरी प्रहार
गरिएको अश्रुग्याँस । |

मीन बज्राचार्य |
३० भदौमा त्रि-चन्द्र कलेजका विद्यार्थीहरूको
पर््रदर्शनको क्रममा
दरबार मार्गमा तैनाथ सशस्त्र प्रहरीको एक दस्ता । |
आन्दोलन चर्किँदैछ दमन पनि बढ्दैछ
राजधानीमा एकै
दिन पाँच-पाँच सय जनासम्मको गिरफ्तारी हुन थाल्नु आन्दोलन चर्कदै गएको
सङ्केत हो । सात राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था र व्यवसायीहरू
सम्मिलित आन्दोलनमा जनसहभागिता बढ्दै गएको छ । नयाँसडक, बागबजार, पुतलीसडक
क्षेत्रमा दिनहुँ दोहोरो भिडन्त हुन थालेका छन् ।
आन्दोनलन जति चर्किँदैछ त्यसलाई दबाउन सरकार पनि त्यति
नै कठोर बन्दै गएको छ । टाउको र ढाडमै ताकेर लाठी हान्ने, फोहोर पानीको
फोहोरा छ्याप्ने, विद्यालय, घर र अस्पतालहरूमा समेत विषालु अश्रुग्याँस
प्रहार गर्ने काम गरेर अमानवीय दमनमा उत्रिसकेको सरकारले प्लास्टिकका
गोलीको समेत प्रयोग गर्न थालेको छ । गिरफ्तारी दिनेहरुको संख्या बढ्दै
गएपछि सरकारले आन्दोलनकारीहरूलाई थुन्न भृकुटीमण्डपको पर््रदर्शनी
हल प्रयोग गर्न थालेको छ । यसनिम्ति गृहमन्त्रालयले २८ भदौमा पत्र
लेखेर महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयसँग 'शान्तिसुरक्षाको
प्रयोजनका लागि उक्त हल प्रयोग गर्न' अनुमति मागेको र समाजकल्याण मन्त्रालयले
पनि तत्कालै अनुमति दिएको थियो ।
राजधानीमा जहाँ मन लाग्यो त्यहीँ निषेधित क्षेत्र घोषणा
गरेर आन्दोलन निस्तेज पार्न खोजेको सरकारले कैलालीको टीकापुर र झापाको
दमकमा पनि यस्तै निषेधाज्ञाहरू जारी गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्था
हर्ेर्ने एक प्रहरी अधिकृत भन्छन्, "आन्दोलनमा हुने सहभागिता
हेरेर नियन्त्रणका लागि थप जनशक्तिको व्यवस्था गरिनेछ । सशस्त्र प्रहरीको
परिचालन शुरु भइसकेको छ भने आवश्यक परे सेनाको सहयोग पनि मागिनेछ ।"
दल र नागरिक समाजको देशव्यापी आन्दोलन नियन्त्रण गर्न
राजाको सरकार झन् कठोर एवं अनुदार रूपमा प्रस्तुत हुनलागेको सङ्केत
हुन् यी ।
जग्गा
बाँझै राख्ने जनवाद !
राजधानीमा एकै
दिन पाँच-पाँच सय जनासम्मको गिरफ्तारी हुन थाल्नु आन्दोलन चर्कदै गएको
सङ्केत हो । सात राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था र व्यवसायीहरू
सम्मिलित आन्दोलनमा जनसहभागिता बढ्दै गएको छ । नयाँसडक, बागबजार, पुतलीसडक
क्षेत्रमा दिनहुँ दोहोरो भिडन्त हुन थालेका छन् ।
आन्दोनलन जति चर्किँदैछ त्यसलाई दबाउन सरकार पनि त्यति
नै कठोर बन्दै गएको छ । टाउको र ढाडमै ताकेर लाठी हान्ने, फोहोर पानीको
फोहोरा छ्याप्ने, विद्यालय, घर र अस्पतालहरूमा समेत विषालु अश्रुग्याँस
प्रहार गर्ने काम गरेर अमानवीय दमनमा उत्रिसकेको सरकारले प्लास्टिकका
गोलीको समेत प्रयोग गर्न थालेको छ । गिरफ्तारी दिनेहरुको संख्या बढ्दै
गएपछि सरकारले आन्दोलनकारीहरूलाई थुन्न भृकुटीमण्डपको पर््रदर्शनी
हल प्रयोग गर्न थालेको छ । यसनिम्ति गृहमन्त्रालयले २८ भदौमा पत्र
लेखेर महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयसँग 'शान्तिसुरक्षाको
प्रयोजनका लागि उक्त हल प्रयोग गर्न' अनुमति मागेको र समाजकल्याण मन्त्रालयले
पनि तत्कालै अनुमति दिएको थियो ।
राजधानीमा जहाँ मन लाग्यो त्यहीँ निषेधित क्षेत्र घोषणा
गरेर आन्दोलन निस्तेज पार्न खोजेको सरकारले कैलालीको टीकापुर र झापाको
दमकमा पनि यस्तै निषेधाज्ञाहरू जारी गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्था
हर्ेर्ने एक प्रहरी अधिकृत भन्छन्, "आन्दोलनमा हुने सहभागिता
हेरेर नियन्त्रणका लागि थप जनशक्तिको व्यवस्था गरिनेछ । सशस्त्र प्रहरीको
परिचालन शुरु भइसकेको छ भने आवश्यक परे सेनाको सहयोग पनि मागिनेछ ।"
दल र नागरिक समाजको देशव्यापी आन्दोलन नियन्त्रण गर्न
राजाको सरकार झन् कठोर एवं अनुदार रूपमा प्रस्तुत हुनलागेको सङ्केत
हुन् यी ।
|