| •
किशोर नेपाल |
 |
डेटलाइन तनहुँ
बेपत्ता चेली र बन्दीपुरे आश
राजनीतिक रूपले पर्ूण्ा
सचेत र सक्रिय जिल्लाका रूपमा चर्चित रहने गरेको तनहुँका दर्ुइ युवती
काठमाडौँ जानलाग्दा म्ााओवादीको आशङ्कामा सुरक्षा फौजद्वारा गिरफ्तार
हुनु र त्यसपछि सात वर्षम्म हराउनु, आफैँमा एउटा आर्श्चर्य हो । घाँसीकुवा
गाविसका कल्पना पन्त र सरस्वती अधिकारीका परिवारले भगीरथ प्रयत्न गर्दा
पनि ती दुवै युवती भेटिएका छैनन् । ती युवतीहरू सकुशल रहेको विश्वास
धेरैलाई छैन । तैपनि, परिवारका सदस्यहरूको आशा जीवित छ । सबैतिरबाट
हारेर निरुपाय भएपछि अकलादेवीको शरणमा जाने परम्परा छ तनहुँमा । अकलादेवीमाथि
तनहुँबासीको अटुट विश्वास छ । यही विश्वासले गर्दा अकलादेवीलाई धुवाँकोट,
गोर्खाबाट बसाइँ सारेर तनहुँको आँबु, वरादीमा स्थापना गरिएको थियो
। कल्पनाका भाइ रोहित भन्छन्, "दिदीको पत्तो लगाउन एउटा खेत नै
खर्च भइसक्यो । अब त्यतै लाग्नुपर्ने हो कि... !"
सामान्यतया नेपाली काङ्ग्रेसको वर्चस्व रहेको भनिए
पनि २०४६ पछि काङ्ग्रेसभित्रकै गुटबन्दीका कारण तनहुँको राजनीतिक समीकरण
असन्तुलित भइसकेको छ । रामचन्द्र पौडेल राष्ट्रियस्तरमा प्रतिष्ठित
हुनुहुन्छ । तर, राजनीतिक सन्तुलन मिलाउन नसकेका कारण उहाँको र्सवमान्यता
आफ्नै भूमिमा खुम्चिएको छ । जिल्लामा एमालेलगायत कुनै पनि वामपन्थी
दलका माथिल्लोस्तरका कम्युनिष्ट नेताहरू छैनन् । एमालेका किरण गुरुङ
र टुकराज सिग्देल सांसदसम्म भएपनि नेतृत्वमा स्थापित हुन सकेनन् ।
२०५२ मा माओवादीका रूपमा देखिएका मोहन सिग्देल र श्रीराम पण्डित त्यतिबेलादेखि
नै बेपत्ता छन् । माओवादीहरूले तनहुँको दक्षिणी भेगको कालिकाटारमा
प्रहरीसँग भिडन्त गरेर पश्चिमाञ्चलमा हिंसात्मक द्वन्द्वको प्रारम्भ
गरेका थिए । नेपाली काङ्ग्रेसका होमराज लोहनी सहितका चारजना कार्यकर्ता
२०५८ अघि नै मारिएका हुन् । त्यसपछि पनि, राज्य र माओवादीका तर्फाट
हिंसाका घटनाहरू नभएका होइनन् तर तनहुँको स्थिति अन्यत्रको भन्दा केही
फरक छ । दमौली र खैरेनी बजारमा प्रशासनको वर्चस्व रहेपनि बाँकी तनहुँमाथि
माओवादीले कब्जा जमाएका छन् । दमौलीदेखि मर्स्याङ्दीसम्मको भागमा सुरक्षाको
उपस्थिति कतै देखिँदैन । माओवादीहरू "अमेरिका र भारतसँग लड्न
आवश्यक गोली खरीद" का लागि व्यापारीहरूको औकात हेरेर दश हजारदेखि
डेढ लाखसम्म चन्दा किटान गर्दछन् । त्यो चन्दा असुल गर्न काङ्ग्रेस
र एमाले जस्ता संसदीय दलका कार्यकर्ताहरूलाई चेपुवामा पारेर प्रयोग
गर्दछन् र गाउँमा जनतासँग मिलेर बस्दछन् । गएको जेठमा माओवादीहरूले
बन्दीपुरमा बृहत् सभा गरे । त्यसपछि, शहर बजारमा वर्दीधारी लालसेनाहरू
पनि देखा पर्न थालेका छन् ।
सदरमुकाम दमौली सबैका लागि केन्द्र पर्ने भएपनि व्यापारिक
हिसाबले यो पश्चिमी लमजुङका लागि सुविधाजनक बजार हो । त्यसो त तनहुँका
थुप्रै गाउँ सदरमुकाम भन्दा कम छैनन् । खासगरी जिल्लाको उत्तरी भेगमा
रहेको मर्स्याङ्दी उपत्यकाका डुम्रे, विमल नगर, आँबुजस्ता राजमार्गछेउका
बस्ती र फाँटहरू विकसित छन् भने दक्षिणी भेगका कछाड, देउराली र छिम्केश्वरी
जस्ता गाउँका जनता अहिले पनि भीर-पाखामा मुखले मकै रोपेर जीविका चलाउँछन्
। २०२५ सालमा सदरमुकाम दमौली नसरेसम्म बन्दीपुर सम्भवतः तनहुँको सबैभन्दा
ठूलो बजार र विकसित बस्ती थियोे । सदरमुकाम सरेपछि बन्दीपुरका समृद्ध
व्यापारीहरू चितवन र काठमाडौँतिर ओइरिए भने आर्थिक हैसियत कम भएकाहरू
डुम्रेतिर ओर्लिए । तर, बन्दीपुर र दमौलीबीच प्रतिष्ठाको लडाइँ भने
अहिले पनि जारी छ । पृथ्वी राजमार्गको निर्माण नहुँदासम्म भौगोलिक
रूपले पहाड र तर्राई बीचको नाकाको रूपमा रहँदै आएको बन्दीपुर, पिया
र प्रधानहरूका कारणले पनि भावनात्मक र व्यावसायिक रूपले चितवनसँग नजिक
छ ।
बन्दीपुर अहिले मृतप्रायः छ । बजारको हैसियत पनि खुम्चिइसकेको
छ । तर, बन्दीपुरले आफ्नो पुरानो चरित्र गुमाएको छैन । अहिले पनि यहाँका
बासिन्दाहरू आफूलाई जिल्लाका ४६ मध्ये एउटा गाविसका रूपमा मात्र स्वीकार
गर्न तयार देखिँदैनन् । यद्यपि, त्यही गाविस भवनमा पनि माओवादीले लगाइदिएको
ताला खुल्न सकेको छैन । नेवारहरूको बाहुल्य भएको यो सानो बस्ती बेलाबेलामा
आफ्नो पुरानो चमक सम्झिएर जर्ुर्मुराउने गर्दछ । पुख्र्यौली थलोका
रूपमा बन्दीपुरलाई एकपटक फेरि चम्काउन यहाँबाट बसाइँ सरेका व्यवसायीहरू
जुटेका छन् । तर, अहिलेको अवस्थामा उनीहरूको प्रयासले मात्र केही हुनसक्ने
देखिँदैन । दर्ुइ वर्षघि माओवादीहरूले जापानी सहयोगमा सञ्चालित नोट्रेडम
स्कूल बन्द गरिदिएपछि ओइलाएको बन्दीपुर अहिले स्कूल खुलेपछि केही बौराएको
छ । अन्यत्र जस्तै तनहुँको शिक्षा क्षेत्र पनि माओवादी-हस्तक्षेपबाट
मुक्त छैन । एकजना शिक्षकका अनुसार, पृथ्वी राजमार्गबाट दक्षिण भेगमा
रहेका विद्यालय र तिनका शिक्षकहरू द्वन्द्वबाट बढी पीडित छन् भने "समझदारीपर्ूण्ा"
चन्दा नीतिका कारण उत्तरी भेगको अवस्था "त्यति नराम्रो"
छैन ।
डुम्रेबाट माथि बजार उक्लिने सडक कालोपत्रे भएपछि बन्दीपुरेहरू
वातावरणीय पर्यटनका सम्भावनाहरूको खोजीमा लागेका छन् । बन्दीपुरको
पुनरुत्थान अभियानमा लागेका प्रतिष्ठित नागरिकर् इश्वरगोपाल श्रेष्ठ
भन्छन्, "बन्दीपुरमा ग्लाइडिङको पनि सम्भावना छ ।" श्रेष्ठका
अनुसार, बन्दीपुरलाई छिम्केश्वरी र घुमाउनेघाट हुँदै नारायणघाटसम्म
४५ किलोमिटर मोटर बाटोले जोड्न सकियो भने यो भेगको आर्थिक नक्सामा
अभूतपर्ूव परिवर्तन आउनेछ र पर्यटन क्षेत्रका रूपमा बन्दीपुरको विकास
सहज हुनेछ । अहिले त बजारमा आउने पर्यटकहरूभन्दा पर्ूवाधार धेरै छन्
। बन्दीपुरे टुँडिखेलको छेउमा आधुनिक सुविधाले सजिएको एउटा उच्चस्तरीय
रिसोर्ट छ भने पर्यटकहरूलाई पुरानो बन्दीपुर बजारको अनुभूति गराउने
हिसाबले दि ओल्ड इन खोलिएको छ । विमलनगर बजारछेउको पहरामा रहेको सिद्धगुफाको
धार्मिक महत्त्वका बारे प्रचार शुरु भएको छ । यसबाहेक, स्वदेशी/विदेशी
पर्यटकहरूको आगमनको अपेक्षामा बन्दीपुरका थुप्रै नयाँ-पुराना घरहरूले
होटलको रुप लिएका छन् । तर पनि, हिउँद महिनामा बजारबाट छ्याङ्ग देखिने
हिमशृङ्खलाहरूको लस्कर, सुन्तलाले पहेँलिएका डाँडा र मर्स्याङ्दी उपत्यकाको
सौर्न्दर्य हर्ेन पर्यटकहरूको लर्को लाग्ने बन्दीपुरेहरूको आशा अहिलेसम्म
यथार्थमा परिणत हुन भने सकेको छैन ।
|