हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन तनहुँ

बेपत्ता चेली र बन्दीपुरे आश

 

राजनीतिक रूपले पर्ूण्ा सचेत र सक्रिय जिल्लाका रूपमा चर्चित रहने गरेको तनहुँका दर्ुइ युवती काठमाडौँ जानलाग्दा म्ााओवादीको आशङ्कामा सुरक्षा फौजद्वारा गिरफ्तार हुनु र त्यसपछि सात वर्षम्म हराउनु, आफैँमा एउटा आर्श्चर्य हो । घाँसीकुवा गाविसका कल्पना पन्त र सरस्वती अधिकारीका परिवारले भगीरथ प्रयत्न गर्दा पनि ती दुवै युवती भेटिएका छैनन् । ती युवतीहरू सकुशल रहेको विश्वास धेरैलाई छैन । तैपनि, परिवारका सदस्यहरूको आशा जीवित छ । सबैतिरबाट हारेर निरुपाय भएपछि अकलादेवीको शरणमा जाने परम्परा छ तनहुँमा । अकलादेवीमाथि तनहुँबासीको अटुट विश्वास छ । यही विश्वासले गर्दा अकलादेवीलाई धुवाँकोट, गोर्खाबाट बसाइँ सारेर तनहुँको आँबु, वरादीमा स्थापना गरिएको थियो  । कल्पनाका भाइ रोहित भन्छन्, "दिदीको पत्तो लगाउन एउटा खेत नै खर्च भइसक्यो । अब त्यतै लाग्नुपर्ने हो कि... !"

सामान्यतया नेपाली काङ्ग्रेसको वर्चस्व रहेको भनिए पनि २०४६ पछि काङ्ग्रेसभित्रकै गुटबन्दीका कारण तनहुँको राजनीतिक समीकरण असन्तुलित भइसकेको छ । रामचन्द्र पौडेल राष्ट्रियस्तरमा प्रतिष्ठित हुनुहुन्छ । तर, राजनीतिक सन्तुलन मिलाउन नसकेका कारण उहाँको र्सवमान्यता आफ्नै भूमिमा खुम्चिएको छ । जिल्लामा एमालेलगायत कुनै पनि वामपन्थी दलका माथिल्लोस्तरका कम्युनिष्ट नेताहरू छैनन् । एमालेका किरण गुरुङ र टुकराज सिग्देल सांसदसम्म भएपनि नेतृत्वमा स्थापित हुन सकेनन् । २०५२ मा माओवादीका रूपमा देखिएका मोहन सिग्देल र श्रीराम पण्डित त्यतिबेलादेखि नै बेपत्ता छन् । माओवादीहरूले तनहुँको दक्षिणी भेगको कालिकाटारमा प्रहरीसँग भिडन्त गरेर पश्चिमाञ्चलमा हिंसात्मक द्वन्द्वको प्रारम्भ गरेका थिए । नेपाली काङ्ग्रेसका होमराज लोहनी सहितका चारजना कार्यकर्ता २०५८ अघि नै मारिएका हुन् । त्यसपछि पनि, राज्य र माओवादीका तर्फाट हिंसाका घटनाहरू नभएका होइनन् तर तनहुँको स्थिति अन्यत्रको भन्दा केही फरक छ । दमौली र खैरेनी बजारमा प्रशासनको वर्चस्व रहेपनि बाँकी तनहुँमाथि माओवादीले कब्जा जमाएका छन् । दमौलीदेखि मर्स्याङ्दीसम्मको भागमा सुरक्षाको उपस्थिति कतै देखिँदैन । माओवादीहरू "अमेरिका र भारतसँग लड्न आवश्यक गोली खरीद" का लागि व्यापारीहरूको औकात हेरेर दश हजारदेखि डेढ लाखसम्म चन्दा किटान गर्दछन् । त्यो चन्दा असुल गर्न काङ्ग्रेस र एमाले जस्ता संसदीय दलका कार्यकर्ताहरूलाई चेपुवामा पारेर प्रयोग गर्दछन् र गाउँमा जनतासँग मिलेर बस्दछन् । गएको जेठमा माओवादीहरूले बन्दीपुरमा बृहत् सभा गरे । त्यसपछि, शहर बजारमा वर्दीधारी लालसेनाहरू पनि देखा पर्न थालेका छन् ।

सदरमुकाम दमौली सबैका लागि केन्द्र पर्ने भएपनि व्यापारिक हिसाबले यो पश्चिमी लमजुङका लागि सुविधाजनक बजार हो । त्यसो त तनहुँका थुप्रै गाउँ सदरमुकाम भन्दा कम छैनन् । खासगरी जिल्लाको उत्तरी भेगमा रहेको मर्स्याङ्दी उपत्यकाका डुम्रे, विमल नगर, आँबुजस्ता राजमार्गछेउका बस्ती र फाँटहरू विकसित छन् भने दक्षिणी भेगका कछाड, देउराली र छिम्केश्वरी जस्ता गाउँका जनता अहिले पनि भीर-पाखामा मुखले मकै रोपेर जीविका चलाउँछन्  । २०२५ सालमा सदरमुकाम दमौली नसरेसम्म बन्दीपुर सम्भवतः तनहुँको सबैभन्दा ठूलो बजार र विकसित बस्ती थियोे । सदरमुकाम सरेपछि बन्दीपुरका समृद्ध व्यापारीहरू चितवन र काठमाडौँतिर ओइरिए भने आर्थिक हैसियत कम भएकाहरू डुम्रेतिर ओर्लिए । तर, बन्दीपुर र दमौलीबीच प्रतिष्ठाको लडाइँ भने अहिले पनि जारी छ । पृथ्वी राजमार्गको निर्माण नहुँदासम्म भौगोलिक रूपले पहाड र तर्राई बीचको नाकाको रूपमा रहँदै आएको बन्दीपुर, पिया र प्रधानहरूका कारणले पनि भावनात्मक र व्यावसायिक रूपले चितवनसँग नजिक छ ।

बन्दीपुर अहिले मृतप्रायः छ । बजारको हैसियत पनि खुम्चिइसकेको छ । तर, बन्दीपुरले आफ्नो पुरानो चरित्र गुमाएको छैन । अहिले पनि यहाँका बासिन्दाहरू आफूलाई जिल्लाका ४६ मध्ये एउटा गाविसका रूपमा मात्र स्वीकार गर्न तयार देखिँदैनन् । यद्यपि, त्यही गाविस भवनमा पनि माओवादीले लगाइदिएको ताला खुल्न सकेको छैन । नेवारहरूको बाहुल्य भएको यो सानो बस्ती बेलाबेलामा आफ्नो पुरानो चमक सम्झिएर जर्ुर्मुराउने गर्दछ । पुख्र्यौली थलोका रूपमा बन्दीपुरलाई एकपटक फेरि चम्काउन यहाँबाट बसाइँ सरेका व्यवसायीहरू जुटेका छन् । तर, अहिलेको अवस्थामा उनीहरूको प्रयासले मात्र केही हुनसक्ने देखिँदैन । दर्ुइ वर्षघि माओवादीहरूले जापानी सहयोगमा सञ्चालित नोट्रेडम स्कूल बन्द गरिदिएपछि ओइलाएको बन्दीपुर अहिले स्कूल खुलेपछि केही बौराएको छ । अन्यत्र जस्तै तनहुँको शिक्षा क्षेत्र पनि माओवादी-हस्तक्षेपबाट मुक्त छैन । एकजना शिक्षकका अनुसार, पृथ्वी राजमार्गबाट दक्षिण भेगमा रहेका विद्यालय र तिनका शिक्षकहरू द्वन्द्वबाट बढी पीडित छन् भने "समझदारीपर्ूण्ा" चन्दा नीतिका कारण उत्तरी भेगको अवस्था "त्यति नराम्रो" छैन ।

डुम्रेबाट माथि बजार उक्लिने सडक कालोपत्रे भएपछि बन्दीपुरेहरू वातावरणीय पर्यटनका सम्भावनाहरूको खोजीमा लागेका छन् । बन्दीपुरको पुनरुत्थान अभियानमा लागेका प्रतिष्ठित नागरिकर् इश्वरगोपाल श्रेष्ठ भन्छन्, "बन्दीपुरमा ग्लाइडिङको पनि सम्भावना छ ।" श्रेष्ठका अनुसार, बन्दीपुरलाई छिम्केश्वरी र घुमाउनेघाट हुँदै नारायणघाटसम्म ४५ किलोमिटर मोटर बाटोले जोड्न सकियो भने यो भेगको आर्थिक नक्सामा अभूतपर्ूव परिवर्तन आउनेछ र पर्यटन क्षेत्रका रूपमा बन्दीपुरको विकास सहज हुनेछ । अहिले त बजारमा आउने पर्यटकहरूभन्दा पर्ूवाधार धेरै छन्  । बन्दीपुरे टुँडिखेलको छेउमा आधुनिक सुविधाले सजिएको एउटा उच्चस्तरीय रिसोर्ट छ भने पर्यटकहरूलाई पुरानो बन्दीपुर बजारको अनुभूति गराउने हिसाबले दि ओल्ड इन खोलिएको छ । विमलनगर बजारछेउको पहरामा रहेको सिद्धगुफाको धार्मिक महत्त्वका बारे प्रचार शुरु भएको छ । यसबाहेक, स्वदेशी/विदेशी पर्यटकहरूको आगमनको अपेक्षामा बन्दीपुरका थुप्रै नयाँ-पुराना घरहरूले होटलको रुप लिएका छन् । तर पनि, हिउँद महिनामा बजारबाट छ्याङ्ग देखिने हिमशृङ्खलाहरूको लस्कर, सुन्तलाले पहेँलिएका डाँडा र मर्स्याङ्दी उपत्यकाको सौर्न्दर्य हर्ेन पर्यटकहरूको लर्को लाग्ने बन्दीपुरेहरूको आशा अहिलेसम्म यथार्थमा परिणत हुन भने सकेको छैन ।