चिठी
• सही
चित्रण
'राजाको शासनः आश मर्यो व्यापारीको' -आवरण, हिमाल,
१६-३१ भदौ) ले व्यवसायीहरूको छट्पटाहटको जीवन्त चित्रण गरेको छ ।
व्रि्रोहीहरूले निजी क्षेत्रमा मच्चाएको विध्वंसविरुद्ध राज्यको संवेदनहीनताले
व्यवसायीहरूको आश मार्ने काम गरेको छ । माओवादी समर्थित ट्रेड युनियनले
रिलायन्स र ज्योति स्पिनिङमा करोडौँको क्षति पुर्याएका छन् । तर राज्यले
दोषीहरूविरुद्ध न कुनै मुद्दा दायर गरेको छ न सान्त्वनाका दर्ुइ शब्द
बोलेको छ । रोम जलिरहेको बेला निरोले बाँसुरी बजाएर बसिरहेको घटनाको
ठ्याक्कै पुनरावृत्ति भएको अनुभव हुन्छ ।
राजेश व्रि्रोही
वीरगञ्ज
• प्रजातन्त्रको
अभावमा देशको अर्थतन्त्रसमेत अधोगतिमा जान्छ, आर्थिक वृद्धि हुन सक्तैन
भन्ने यथार्थ उद्योगी व्यवसायीहरू समेतले खुलेआम स्वीकार्न थालेछन्
। खुशी लाग्यो ।
प्रकाश बराल
लमजुङ
• 'भ्रम
उत्पन्न भयो'
गताङ्कमा हिमाल लाई अन्तर्वार्ता दिनुअघि मैले स्पष्ट
भनेको थिएँ, "मैले चार वर्षघिदेखि उद्योग व्यापारबाट अवकाश लिइसकेको
छु । मेरो अन्तर्वार्ता अवकाश लिइसकेको एक उद्यमी एवं नागरिकको बृहत्
परिदृश्यमा मात्र केन्द्रित हुन सक्छ ।" तदनुरुप मसँग भएको कुराकानी
वर्तमान अर्थ-राजनीतिको एउटा बृहत् सर्न्दर्भमा भएको थियो, व्यक्तिगत
र विषय-केन्द्रित प्रसङ्गमा होइन । यसै प्रसङ्गमा हिमाल मा मेरो जुन
अन्तर्वार्ता प्रकाशमा आएको छ, त्यसले मेरा भावनाहरूलाई प्रतिनिधित्व
गर्छ ।
तर मेरो अन्तर्वार्ताको छेउमा प्रकाशित विश्लेषणको
एउटा प्रसङ्गमा श्री ५ महाराजाधिराज सरकार र मेरोबीच मतभेदका काल्पनिक
कुराहरू उल्लेख गरिएका रहेछन्, जुन यथार्थ होइन । सोल्टी ग्रुपका कर्पोरेट
विषयहरूमा श्री ५ ज्ञानेन्द्र र मबीच कुनै कुराकानी वा विवाद कहिल्यै
हुने गर्दैन किनभने यो विषयसँग मौसुफ र मबीच कुनै प्रत्यक्ष सम्बन्ध
नै हुँदैन । अतः मेरै अन्तर्वार्ताको छेउमा प्रकाशित मसँग सम्बन्धित
समाचार हिमाल जस्तो प्रतिष्ठित पत्रिकामा छापिँदा अनावश्यक भ्रम उत्पन्न
हुन जाने अवस्था आएकाले त्यो समाचार यथार्थ नभएको जनाउँदै खण्डन गरिदिन
अनुरोध गर्दछु ।
प्रभाकर शम्शेर ज.ब.रा.
२१, हिमालयन हाइट्स
ताहाचल, काठमाडौँ
(सोल्टी समूहको व्यापारसम्बन्धी समाचार अरू नै स्रोतबाट
प्राप्त गरिएको थियो र, त्यसको सत्यताप्रति हामी अझै पनि ढुक्क छौँ
। तथापि, भिन्न सर्न्दर्भमा लेखिएको उक्त समाचारका कारण प्रभाकरजीलाई
पर्न गएको असुविधाका निम्ति हामीलाई खेद छ ।- सं)
• गम्भीरता
आवश्यक
पुरुषोत्तम दाहालको 'चार धार र नयाँ ध्रुवीकरण' -टिप्पणी,
१६-३१ भदौ) मननीय छ । दाहालजीको चार धारमा पहिलो र दोस्रो धार ह्रासोन्मुख
भाटहरू सम्मिलित जत्था हो भन्ने देखिन्छ । सत्चित शमशेर, भरतकेशरीदेखि
राधाकृष्ण मैनालीसम्मले यिनै धारको प्रतिनिधित्व गर्छन् । डा. तुलसी
गिरीदेखि प्रकाश कोइराला हुँदै गोल्चे सार्कीसम्म पहिलो र दोस्रो धार
हावी हुँदै आएको छ । मूढाग्रही र अग्राहृय हुँदाहुँदै पनि यो धार बन्दुकको
आडमा टिकेको, टिक्न खोजिरहेको छ । यो जनविरोधी र अन्ततः राष्ट्रविरोधी
जत्था हो । राष्ट्रको ढुकुटी रित्याउन उद्यत यो धारको र्सवनाश आवश्यक
छ । अन्यथा राष्ट्रकै र्सवनाश हुन्छ भन्न दाहालजीले डर मान्नुभएको
छ । दासता र मूढाग्रहका नाइकेहरूलाई समयले दण्डित गर्नेछ । यी महापराधीहरूले
राजा बस्ने सानो, थोत्रो कर्ुर्सर्ीीई 'राष्ट्र र राष्ट्रियता' सम्झेका
छन् । त्यस्ताको विनाश अवश्यम्भावी छ ।
तेस्रो धारमा नेपाली काङ्ग्रेस र कथित क्रान्तिकारी
माओवादीलाई राखिएको रहेछ । नेपाली काङ्ग्रेसलाई धेरैले आधुनिक युगको
प्रणेता मानेका छन् । दाहालजीले विधिको शासनको सूत्रधार ठान्नुभएको
छ । संवैधानिक राजतन्त्रलाई विधानबाट झकिेर जनमतको कदर गर्ने यो पहिलो
जनवादी पार्टर्ीीनि हो । माओवादीहरू भने आतङ्कवादका पर्याय भइसकेका
छन् । हत्या, लुटपाट र अपहरणले माओवादी विध्वंसक देखिएका छन् । यस्तो
विषम परिस्थितिमा राजनीतिक पार्टर्ीी गम्भीरताका साथ राष्ट्र र जनअधिकार
जोगाउन लाग्नर्ुपर्छ ।
सिर्द्धार्थनारायण थारू
कपिलवस्तु
• देशजस्तै कार्टर्ुु१६-३१
भदौको 'मुहर्ूत' मा प्रकाशित रविन साय्मिको कार्टर्ुुदेशमा विद्यमान
विभेदपर्ूण्ा स्थितिको वास्तविक चित्र हो । कार्टर्ुुा एकातिर कुपोषणको
सिकार बनेकी बूढीआमा आफू र आफ्नो कुपोषित छोराको पेट पाल्नका लागि
सकी नसकी पसिना चुहाउँदै गिटी फोर्दैछिन् । सँगै राष्ट्रको ढुकुटी
रित्याउँदै सैन्य घेरामा गाउँ पुगेर फर्केका राजा फुलेर बसेका छन्
। र, छेवैमा उनको सन्देश छ- "कर्म गर्नू फलको आश नगर्नू ।"
के बूढीआमैले कुपोषित हुँदाहुँदै पनि बिना आश गिट्टी फोरिन् होला त
-
रेखाचित्रले देखाएको अर्को तथ्य हो- जनता फुकिढल बन्दैछन् र शासकहरू
भुक्क फुलेका छन् ।
दामोदर मल्ल
खाँचीकोट- २, अर्घर्ााँची
• सुने,
उडाए
कुनै बेला राजा महेन्द्रले आफ्नो जयजयकार जुटाउन र
आडम्बरी जनप्रेमी बन्न जसरी भ्रमणको तानावाना बुन्थे, त्यसैको अनुसरण
वर्तमान राजा ज्ञानेन्द्रले गरिरहेका छन् । देख्दै विचित्र लाग्ने
राजाको भ्रमणबारेको रिपोर्ट 'राजाले सुने मात्र' -१६-३१ भदौ) ले शाही
आडम्बरलाई र्छलङ्ग पारेको छ ।
भ्रमणका क्रममा राजाले जनतासँग र्सवसाधारणझैँ खुबै
बोले तर गर्न चाहिँ के गरे त - र, क-कसलाई के के दिए - जनताको पीडा
कत्तिको साम्य पारिदिए - मलाई लाग्छ, राजाबाट जनताका पीडा-क्रन्दनहरू
सुन्ने र उडाइदिने काम मात्र भयो ।
डिल्लीराम र्राई 'नाकारा'
बाकाचोल-४, खोटाङ
• खै
त चौथो धार ?
शाही भ्रमणबारे मानवअधिकारकर्मी कृष्ण पहाडीले राजा, दल र माओवादीलाई
क्रमशः 'नसक्ने' वा 'नचाहने', 'एजेण्डा नभएका' र 'हिंसाप्रिय' भनी
टिप्पणी गर्नुभएको रहेछ -'राजाले सुने मात्र', -१६-३१ भदौ) । यी तीन
धारबाटै निराश पहाडीले चौथो धार वा आफ्नो दृष्टिकोण समेत स्पष्ट पारिदिनुभएको
भए अलमलमा परेका तमाम नेपालीको आँखा खुल्नेथियो कि !
सङ्केत,
कपिलवस्तु
• नचुकोस्
हिमाल
एकताका 'किन दुख्दैछ जनजातिको चित्त' -१६-३० कात्तिक,
२०५७) शर्ीष्ाकमा आवरण लेख प्रकाशन गरेर वास्तविकता उजागर गर्ने हिमाल
त्यसपछि सुस्ताउँदै आएको आभास भइरहेको छ । शदीयौँदेखि उत्पीडित उपेक्षित
आदिवासी, जनजाति र दलितलाई मूलधारमा ल्याउन जातीय, भाषिक, सांस्कृतिक,
धार्मिक समानताका लागि बहस भइरहेको वर्तमान अवस्थामा हिमाल किन मौन
छ - आगामी अङ्कहरूमा राज्यको पर्ुनर्संरचना, स्वायत्त शासन, आत्मनिर्ण्र्ााो
माग र औचित्यका बारेमा पनि पढ्न पाइयोस् । १९ माघपछि समेत पटक्कै नचुकेको,
नझुकेको हिमाल आदिवासी, जनजाति र दलितको पक्षमा पनि पक्कै चुक्ने छैन
।
केशर 'हेन्कुवुङ' र्राई
ठूलोदुम्मा-९, भोजपुर
• रामप्रसादका
रङ्गहरू
'राष्ट्र लुट्ने राष्ट्रवादी धन्दा' -देश/समाचार, १-१५
भदौ) मा छापिएको रामप्रसाद खनालका चर्तिकलाबारे अर्को अङ्कमा उनको
प्रतिवाद आएको रहेछ । अत्यन्त विवादास्पद र दूषित विगत भएका खनालले
त्यसरी प्रतिवाद गर्ने हिम्मत कसरी गरे, हामीलाई आर्श्चर्य लागेको
छ ।
यी घटनाहरूले पनि देखाउँछन् उनको चरित्र र नियतः ङ्ग
रामप्रसाद खनाल २०४८ सम्म एमाले कार्यकर्ता थिए तर नेपाली काङ्ग्रेसको
सरकार बनेपछि आफूलाई काङ्ग्रेसर्समर्थक बताउँदै उनी रेडियो कार्यक्रम
'घटना र विचार' को प्रतिनिधि बने । यो उनका लागि राम्रो 'चौतारो' बन्यो
।
ङ्ग २०५० जेठ ३ को दासढुङ्गा दर्ुघटनापछि खनालले जेठ
६ गते मदन भण्डारीको ताजा अन्तर्वार्ता भनी आफ्नो पत्रिका 'निष्पक्ष
साप्ताहिक' मा नक्कली अन्तर्वार्ता छापे । त्यसविरुद्ध पत्रकार महासंघ,
रुपन्देही शाखामा उजुरी पर्यो । महासंघले कारबाही स्वरुप उनको सदस्यता
खारेज गर्यो । त्यससम्बन्धी समाचार दृष्टि साप्ताहिक मा 'मदन भण्डारीको
नक्कली अन्तर्वार्ता' शर्ीष्ाकमा छापिएको थियो ।
ङ्ग विज्ञापन नदिएको निहुँमा २०५५ सालमा खनालले लुम्बिनी
स्तरीय अञ्चल प्रहरी तालिम केन्द्रको भ्रष्टाचारसम्बन्धी समाचार छापे
। प्रहरीको दबाबपछि खनालले आफ्नो पत्रिकाको लेटरप्याडमा 'तालिम केन्द्रमा
भ्रष्टाचार नभएको व्यहोरा प्रमाणित गर्दछु' भनी लेखेर दिए, त्यो पत्र
प्रहरीसँग अहिले पनि सुरक्षित छ ।
ङ्ग २०५६ सालमा एमाले फुट्दा खनाल मालेतिर लागे र सो
पार्टर्ीीे गुल्मी-काठमाडौँ सर्म्पर्क मञ्चको अध्यक्ष भएको लेटरप्याड
प्रयोग गरी १० लाइन टेलिफोनका लागि सिफारिस गरे । तर उनी सो मञ्चको
अध्यक्ष नभएको व्यहोरा तत्कालीन मालेले आफ्नो कार्यालयको सूचनापाटीमा
टाँसेको थियो ।
ङ्ग आफूलाई वरिष्ठ कलाकार भन्ने रामप्रसादका कृति भने
पनि, अनुसन्धान भने पनि उनले सारेका तीजका गीतहरू नै हुन् । यसै आधारमा
उनी टेलिभिजनमा छिरे । टेलिभिजनमा दोहोरी गाउन थालेपछि उनले नयाँ ढङ्गले
कमाउन थाले । टिभीमा दोहोरी देखाइदिन्छु भन्दै र्सवसाधारणबाट पैसा
उठाउन थाले । टिभीमा दोहोरी गाउनेहरूले अहिले पनि रामप्रसादलाई पैसा
बुझाउने गर्छन् । यसको प्रमाण सालझण्डी, रुपन्देहीमा गत वर्षछायाङ्कन
गरिएको दोहोरीका सहभागीहरू छन् ।
ङ्ग २०४९/५० सालमा रुपन्देही जिविसले पत्रपत्रिकाका
लागि रु.६५ हजार विज्ञापन बजेटको व्यवस्था गरेको थियो, जसबाट रु.५९
हजार खनाल एक्लैले चड्काएको कुरा त्यतिखेर जिविसमा ठूलो चर्चाको विषय
बनेको थियो ।
रामप्रसादका रङ्ग देखाउने यी केही दृष्टान्त मात्र
हुन् । हिमाल ले थप अनुसन्धान गर्दै यस्ताहरूबाट र्सवसाधारण र राष्ट्रलाई
जोगाउन पहल गरोस् ।
छविन्द्र थापा, रुमाखर पराजुली
बुटबल-१२, रुपन्देही
• रामप्रसाद खनाल
लोकगायनको क्षेत्रमा मात्र होइन, पत्रकारिता क्षेत्रकै 'कलङ्क' हुन्
। प्रजातान्त्रिक व्यवस्थाको बद्नाम गर्ने कार्यलाई सफल ठान्ने खनाल
तिनै व्यक्ति हुन्, जसले १२ वर्षो प्रजातान्त्रिक कालमा सबैभन्दा बढी
फाइदा उठाए । नेपाल टेलिभिजनबाट विद्युत् कार्यक्रम सञ्चालन गरेबापत
उनले लिएको रकमको बेरुजुसम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान
आयोगमा विचाराधीन भएको उनलाई हेक्का छ कि छैन - योग्यता नहुँदा नहुँदै
पनि नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्य पदमा पदासीन भएका खनाल
प्रजातान्त्रिक कालमा सच्चा प्रजातन्त्रवादी र निरङ्कुशतन्त्रमा कथित
राष्ट्रवादी बनेर मुलुक लुट्ने अवसरवादी हुन् भन्ने कुरा अब त सबैलाई
थाहा हुनुपर्ने हो ।
रमेश पुरी,
गुल्मी
• खनालसँगै
मन्त्री जि.सी. पनि भ्रष्टाचारी
रामप्रसाद खनाल साँच्चै देशभक्त हुन् भने उनले आफ्नो
आम्दानीको केही अंश देशका लागि लगानी गर्नसक्थे । तर त्यसो नगरी उनले
राष्ट्रिय ढुकुटीबाट आफैँले लिने प्रपञ्च गरे । त्यस्ता व्यक्तिको
निवेदनमा मन्त्री खड्गबहादुर जीसीले लगाएको तोक पनि भ्रष्टाचार हुन
सक्छ किनकि एउटा क्यासेट किन्ने र नकिन्ने भनेर जिविस, नपा र गाविसलाई
आदेश दिन कुनै कानुन छैन । कानुन विपरीतको आदेश नर्टर्ेन पनि सकिन्छ
। यसले मन्त्रीको नियतमै शङ्का गर्नुपर्ने स्थिति आउन सक्छ । यस विषयमा
सबै पक्षले छानबिन गरुन् ।
कविन्द्र बर्ुलाकोटी
अध्यक्ष
विश्व शान्तिका लागि युवा एकता
नयाँ बानेश्वर, काठमाडौँ
• १६-३१ भदौको हिमाल
मा चिठी स्तम्भमा रामप्रसाद खनालबारे प्रतीक्षा शर्मा, मछिन्द्र तिवारी
र दर्ुगा अर्यालले गर्नुभएका टिप्पणी घतलाग्दा छन् । खनालले सबुदप्रमाणयुक्त
घामजस्तो र्छलङ्ग कुरा छिपाउन जति नै प्रयास गरे पनि सक्तैनन् । त्यस्तो
व्यक्तिले देशै छोड्ने घर्ुर्की देखाउनु हास्यास्पद किस्सा बाहेक अरू
के हुनसक्छ ?
शिवरत्न गौतम,
खिदिम-५, अर्घर्ााँची
• पर्ूवमेयरले
पनि यस्तै गरे
गीति क्यासेट भिडाएर सरकारी कोषबाट रकम असुल्ने काममा
रामप्रसाद खनालको अनुयायी बनेका छन् पोखराका पर्ूव नगरप्रमुख कृष्ण
थापा । उनले आफूसहित सुन्दर थापा, कृष्ण तामाङले निकालेको गीति क्यासेटको
१०० प्रति राजनीतिक पीडितका बालबच्चालाई सहयोग गर्ने निहुँमा कास्की
जिविसलाई किनाएका छन् । त्यसनिम्ति उनले आफू अध्यक्ष रहेको सामाजिक
एकीकरण विकास मञ्चका तर्फाट निवेदन हालेका थिए । १०० वटा क्यासेट जिविस
कास्कीले के गर्ने होला - कर्मचारीले बाँड्ने कि दिनहुँ जिविसमा लगेर
घन्काउने - थापाको प्रयास खनालले ताकेजस्तो ठूलो परिमाणको नभए पनि
नियत उस्तै हो ।
गणेश भण्डारी,
लामाचौर-२, कास्की
|