| विचार | सूचनाप्रविधि
आईटी शिक्षाः हामी कहाँ चुक्यौँ ?
आइटीको अनुसन्धान र विकासमा विश्वविद्यालयहरुलाई
संलग्न नगराइनु र विश्वविख्यात कम्पनीहरू नेपाल भित्रिने नीति र वातावरण
बनाउन नसक्नु नै हाम्रो प्रमुख कमजोरी हो । अर्थात् हामी यहीँ चुक्यौँ
।
•
मनीष पोखरेल
सूचनाप्रविधि आज
हरेक क्षेत्र र वर्गलाई अत्यावश्यक वस्तु भइसकेको छ । सूचनाप्रविधिविहीन
सभ्यताको कल्पना गर्न पनि गाह्रो हुन थालेको छ । यसै कारणले हुनसक्छ,
सूचनाप्रविधिका सम्बन्धमा आज देशमा चासो र चर्चा पनि त्यत्तिकै भइरहेको
छ । यता आएर सुनिन थालेको छः सूचनाप्रविधिको जमाना गयो रे, राष्ट्रलाई
'आईटी ग्य्राजुयट' आवश्यक छैनन् रे, अमेरिकामा यति जनालाई कम्पनीबाट
निकालियो रे, यसपालि यो कलेजमा वा त्यो कलेजमा कम्प्युटर इञ्जिनियरिङको
लागि भर्ना हुने विद्यार्थीको सङ्ख्यामा ह्रास आयो रे ... ।
यस्ता चर्चा र अनुमान आफैँमा असत्य छैनन् । पक्कै पनि
नेपालका कलेजहरूमा सूचनाप्रविधि पढ्न चाहने विद्यार्थीहरूको सङ्ख्यामा
ह्रास आएको छ । तर, किन - के यस्तो ह्रास विश्वमै आएको हो - के हाम्रा
छिमेकी राष्ट्रहरूको पनि यही हालत छ - हाम्रा कलेजहरूले सूचनाप्रविधि
शिक्षालाई किन लोकप्रिय बनाउन सकेनन् - यी प्रश्नहरूको जवाफ खोज्नेतर्फभने
कतैबाट पनि ठोस पहल हुनसकेको छैन । 'आईटी' मा विद्यार्थी घट्नुको खास
कारण पत्ता लगाउनुको सट्टा हामी एकअर्कालाई दोष दिएर पन्छिन मात्र
खोजिरहेका छौँ- अभिभावकले कलेज र विश्वविद्यालयहरूलाई, विश्वविद्यालयका
पदाधिकारीहरूले शिक्षकलाई, शिक्षकले विद्यार्थीलाई !
तर यथार्थ के हो भने 'आईटी' शिक्षाको खस्कँदो आकर्षाका
निम्ति यीमध्ये कुनै पनि पक्षलाई 'एकमात्र दोषी' ठहर्याउन मिल्दैन,
ती होइनन् पनि । नेपालमा सूचनाप्रविधि सम्बन्धी पढाइ हुने काठमाडौँ,
त्रिभुवन, पर्ूवाञ्चल र पोखरा- चार वटै विश्वविद्यालयका पाठ्यक्रम
स्तरीय छन्, विश्वका कुनै पनि राम्रा विश्वविद्यालयको पाठ्यक्रम भन्दा
कम छैनन् । काठमाडौँ विश्वविद्यालयले त आफ्नो पाठ्यक्रमलाई 'एसीएम'
-एसोसिएसन अफ कम्प्युटिङ मेशिनरी) को सिद्धान्त अनुसार बेलाबेलामा
परिमार्जन गरी उत्तर अमेरिकी मापदण्डमा नै राख्ने गरेको छ । त्यस्तै
अरू विश्वविद्यालयहरूले पनि आ(आफ्नो ढङ्गबाट राम्रो काम गरिरहेका छन्
। तर्सथ पाठ्यक्रमको गुणस्तरको विषयमा शङ्का गर्ने ठाउँ छैन । 'फ्याकल्टी'
-शिक्षक) हरूले पनि सकेसम्म राम्ररी नै पढाइरहेका छन् । सूचनाप्रविधि
पढाउने अनुभवी शिक्षक पाउन केही कठिन छ । तर यो नेपालको मात्र होइन,
विश्वव्यापी समस्या हो । विश्वका चर्चित शिक्षणसंस्थाहरू आइआइटी, नेशनल
युनिभर्सिटी अफ सिङ्गापुर, जर्जटेक, एआइटी आदिले पनि यस्तै चुनौतीको
सामना गर्नु परेको छ ।
तैपनि किन हामीले सूचनाप्रविधिमा विद्यार्थीहरूलाई आकषिर्त
गर्न सकेनौँ त - जबकि, हाम्रै छिमेकी भारतमा यस्तो स्थिति पैदा भएको
छैन । बैङ्गलोर शहरका ३० वटै इञ्जिनियरिङ कलेजमा अहिले पनि कम्प्युटर
इञ्जिनियरिङ पहिलो प्राथमिकतामा पर्छ र यो विषय पढ्न पाउन निकै प्रतिस्पर्धा
गर्नुपर्दछ । ती कलेजहरूबाट वर्षो १५००(१८०० जना सूचनाप्रविधिका स्नातकहरू
निस्कन्छन् । यी सबैले शुरुमै भारु २०-२५ हजारको आकर्ष तलबमा काम पाइरहेका
छन् ।
तर नेपालमा किन यस्तो भएन - के हामी बैङ्गलोर जस्तो
हुन सक्दैनौँ - यस प्रश्नको उत्तरका लागि हामीले अलिकति आफ्नै इतिहास
खोतल्नर्ुपर्छ । देशमा सूचनाप्रविधिको सुरुआत हाल आएर मात्र भएको होइन
। नेपालमा सन् १९७१ मै 'आईबीएम-१४०१' कम्प्युटर भित्रिएको थियो । त्यतिबेला
भारत पनि त्यही युगमा थियो । कम्प्युटरको उपयोगिता महसूस भएपछि, सन्
१९७४ मा राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना भयो । त्यसबेलासम्म
सूचनाप्रविधिको विश्व मानचित्रमा नेपाल अरूभन्दा खासै पछाडि थिएन ।
तर आज समग्र विश्व नै सूचनाप्रविधिको क्षेत्रमा द्रुत गतिले अगाडि
बढिरहेको बेला हाम्रो राष्ट्रिय कम्प्युटर केन्द्र खारेज भइसकेको छ
। त्यो किन खारेज हुनपुग्यो - शायद यही प्रश्नको सही जवाफले पनि हाम्रो
'आईटी' शिक्षामा अहिले देखिएका चिन्ता र चासोको निवारण गर्नसक्छ ।
नेपालको बजारमा सूचनाप्रविधिको काम गर्ने बहुराष्ट्रिय
कम्पनी पनि धेरैअघि नै आइसकेको थियो । सन् १९८२ मा नेपाली विशेषज्ञहरूको
सहायताबाट नेपालमै सफ्टवेयर निर्माण गरेर विदेशमा निर्यात गर्ने काठमाडौँमा
स्थापित अमेरिकी कम्पनी 'डीएसआई' ले ६ महिनाको तालिम दिई डेढसय भन्दा
बढी नेपालीलाई विदेशी विशेषज्ञ सरह दक्ष बनाएर काममा लगाएको थियो ।
नेपाल राम्रो सफ्टवेयर बनाउने राष्ट्रहरूको पङ्क्तिमै उभिइसकेको र
विश्व सफ्टवेयर बजार पनि अगाडि बढिरहेको थियो । तर यही बेलामा यो कम्पनीले
नेपालबाट चटक्क आफ्नो हात झक्ियो । किन - के नेपालमा दक्ष व्यक्तिको
कमी भयो - के अन्तर्रर्ााट्रय बजारमा सफ्टवेयरको माग घट्यो - होइन,
कदापि होइन । तर पनि किन त - प्रश्न झन् जटिल छ । हामी बहुराष्ट्रिय
सफ्टवेयर कम्पनीहरूलाई नेपालमा किन आकषिर्त गर्न सक्तैनौँ - हामीले
किन आइबीएम, माइक्रोसफ्ट, मोटोरोला, ओर्याकल, थोम्सन, हनीवेल जस्ता
विश्वविख्यात कम्पनीहरूको मन जित्न सकिरहेका छैनौँ - के शान्तिसुरक्षाको
सवाल मात्रै बाधक हो त ?
कुनै पनि राष्ट्रको लागि के-कस्तो प्रविधि आवश्यक पर्छ
भन्ने कुराको परिकल्पना र अनुसन्धान विश्वविद्यालयहरूले नै गरेका हुन्छन्
। विकसित राष्ट्रका सरकारहरू विश्वविद्यालयसँग यस्तै प्रकारको सामञ्जस्य
कायम गरेर अगाडि बढेका हुन्छन् । तर हामीकहाँ विश्वविद्यालयहरू सधैँ
तिरस्कृत भए । हामी यहीँ चुक्यौँ । यसका अतिरिक्त विश्वविख्यात कम्पनीहरूलाई
आकषिर्त गर्ने खालको नीतिनियम पनि हामीले बनाउन सकेनौँ । यो पनि अर्को
चुकाइ हो ।
समग्रमा सबैले, के बुझनु जरुरी छ भने सूचनाप्रविधिको
रुप परिवर्तन हुन सक्छ तर माग कहिल्यै कम हुनेछैन । यो विषय र क्षेत्रमा
समयले हामीलाई धेरैबेर पर्खिँदैन । त्यसैले, नीतिनिर्माणका तहमा सोच्न
विलम्ब गरिनुहुन्न । नेपालका विश्वविद्यालयहरूलाई आईटीको विकासमा बढी
भन्दा बढी संलग्न गराउनु सुधारतर्फो पहिलो पाइला हुनसक्छ । आईटी जनशक्ति
खपत गर्नका लागि बहुराष्ट्रिय कम्पनीहरूलाई यहाँ आकषिर्त गर्नै पर्छ
। र, अन्त्यमा अब हामीसँग दर्ुइ वटा मात्र विकल्प छन्- या त हामी चाँडै
नै यस बारेमा सकारात्मक कदम चालौँ, नभए सूचनाप्रविधिको विकासका नारा
लगाउन छाडौँ !
(पोखरेल काठमाडौँ विश्वविद्यालयसँग आबद्ध छन् ।)
|