हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

बजार | संक्षेप

माछापुच्छ्रेको काखमा चियाखेती

चिया भन्नेवित्तिकै पर्ूवका इलाम-झापा सम्झने परम्परा तोड्दैछ, कास्कीको ल्वाङघलेल गाउँ । त्यहाँका चार लाख बोटबाट चियाको व्यावसायिक उत्पादन शुरु भएको छ भने कास्कीकै लाहाचोक र लमजुङको भुजुङका किसानहरू पनि यसतर्फआकषिर्त भएका छन् ।

२०४९ सालमा अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना -एक्याप) ले माटो परीक्षण गरेर चियाखेती गर्न सकिने देखाएपछि ०५३ सालदेखि यस भेगमा चियाका बिरुवा रोप्न थालिएका हुन् । अधिकांश लाहुरेहरूको बस्ती रहेका स्थानीय गाउँहरूमा बसाइँसराइ र श्रमशक्तिको अभावले गर्दा जमिन बाँझो पल्टिन थालेकाले पनि चियाखेती आकर्ष हुनपुगेको छ ।

प्रशोधन उद्योग नभएकोले शुरु-शुरुमा किसानले चियाका पात ढिकीमा कुट्दै मान्द्रोमा सुकाएर वा हाँडीमा भुटेर चिया बनाउने गरेका थिए । तर अहिले ल्वाङघलेलका किसानहरूले नै 'अन्नपर्ूण्ा चिया उत्पादन सहकारी संस्था' अर्न्तर्गत चिया कारखाना स्थापना गरेका छन्, जहाँ लाहाचोकका किसानहरू पनि मुना प्रशोधन गर्न आउँछन् । संस्थाका अध्यक्ष हितकाजी गुरुङ भन्छन्, "कि बोटै फाल्नुपर्‍यो, कि कारखाना खोल्नुपर्‍यो भनेर कम्मर कसेको ।" एक्यापका कर्ीर्तिनाथ पौडेल भन्छन्, "हामीले बाटो देखायौँ, किसानहरू उत्साहित भए । परिणामस्वरुप, अहिले उद्योगको लगानी रु.४० लाख पुगेको छ ।" एक्यापले कारखाना स्थापनामा रु.११ लाख सहयोग गरेको छ ।

६ वटा नर्सरीमा वाषिर्क ८० हजार चियाका बिरुवा समेत उत्पादन हुन थालिसकेको यस क्षेत्रमा नेपाली सँगसँगै भारतीय जातका चिया पनि लगाइएको छ । १३ सयदेखि १८ सय मिटर उँचाइका यहाँका डाँडाको चिया रसायनरहित -अर्गानिक) हुने किसानहरूको दाबी छ । आफ्नो चियाको बढी माग नेदरल्याण्ड र बेलायतमा रहेको उनीहरू बताउँछन् । अहिले ल्वाङमा दैनिक आउने ५० केजी पत्ताबाट १२ केजी चिया बन्ने गरेको छ । एक केजी मुनाको किसानहरूले रु.३० पाउँछन् भने चियाको बिक्री मूल्य केजीको रु.५०० देखि १ हजारसम्म रहेको छ ।

रमेश पौडेल, पोखरा


कम्प्युटर ! अब जहाँ किने पनि हुन्छ

'कम्प्युटर कोठा' भनेपछि कार्पेट ओछ्याउनै पर्ने, जुत्ता खोलेर मात्र पस्नुपर्ने जस्ता शुरुका 'नियम' त उहिल्यै खारेज भइसकेका हुन् । तर यता आएर कम्प्युटर किन्न कम्प्युटर मात्र बेचिने केही विशेष पसलमै धाउनुपर्ने प्रथाको पनि अन्त्य हुनथालेको छ । अब कम्प्युटर किन्न खाता वा गोजीभरि पैसा राखेर कम्प्युटर शो-रुममै पुग्नु पनि पर्दैन- टीभी, भीसीडी आदि इलेक्ट्रोनिक वस्तुका पसलमा जाँदा कुनै कम्प्युटर मन पर्‍यो भने त्यहीँबाट उठाएर हिँडे हुन्छ । भुक्तानीको पनि धेरै चिन्ता गर्नुपर्दैन, हिमालयन ब्याङ्कको 'क्रेडिटकार्ड' को व्यवस्था त्यहीँबाट हुन्छ ।

कम्प्युटरलाई आम उपभोक्तासम्म सहजढङ्गमा पुर्‍याउने यो पहल, नेपालमा कम्प्युटर तथा यससँग सम्बन्धित वस्तुहरूको अग्रणी बिक्रेता मर्कण्टायल सोलुसनले गरेको हो । मर्कण्टायलका अनुसार आफूले किन्न चाहेको कम्प्युटर अथवा यससँग सम्बन्धित उपकरण हेरिसकेपछि ग्राहकले पसलबाटै ब्याङ्कमा आवेदन दिएर मूल्यको ७० प्रतिशतसम्म वा रु.२० हजारदेखि रु.२ लाखसम्म कर्जा प्राप्त गर्न सक्छन् । यस्तो कर्जा वाषिर्क ८ प्रतिशत ब्याजसहित १२ देखि १८ महिनामा तिरिसक्नर्ुपर्छ ।


कोपिलापछि मेरो बचत योजना

ब्याङ्क अफ काठमाण्डू -बीओके) ले सामान्य आम्दानी भएका तथा गृहिणीहरूलाई लक्षित गरी मेरो बचत योजना नामक नयाँ बचत कार्यक्रम शुरु गरेको छ । न्यूनतम रु.१ हजारबाट खोल्न सकिने यो खातामा दिइने वाषिर्क तीन प्रतिशत ब्याज हरेक ३-३ महिनामा मूलधनमा थपिँदै जान्छ  । तोकिएको अवधि नपुग्दै रकम झक्िनुपर्दा बचतको ९० प्रतिशतसम्म कर्जाका रूपमा झक्िन सकिन्छ । तर यस्तो खाता घटिमा २ र बढीमा १० वर्षो अवधि किटान गरेर मात्र खोलिन्छ । ब्याङ्कले यसअघि बालबालिकाहरूलाई लक्षित गरी कोपिला बचत शुरु गरेको थियो ।


पोखराको पानी काठमाडौँमा

पोखराको सिएम अक्वा वेभरेजेजले आफ्नो उत्पादन टुडेज नेचुरल मिनरल वाटर काठमाडौँको बजारमा प्रवेश गराएको छ । १ लि.को बोतल र २० लि.को जारमा उपलब्ध टुडेज मिनरल वाटर ले पोखरा, दमौली, गोरखा, बाग्लुङ, स्याङ्जा, बेनीलगायतका गण्डक क्षेत्रको बजारको झण्डै ६० प्रतिशत हिस्सा ओगटेको दाबी कम्पनीको छ ।


नबिलको नयाँ बचत कार्यक्रम

नबिल ब्याङ्कले नयाँ बचत योजना नबिल बचत शुरु गरेको छ । रु.१ लाखदेखि ५ लाख, रु.५ लाखदेखि १० लाख र रु.१० लाख भन्दा माथि गरेर तीनस्तरमा विभक्त यो बचत योजनामा खातामा रहेको रकम अनुसार ४ प्रतिशतसम्म ब्याज दिने ब्याङ्कले जनाएको छ । यसमा सहभागी ग्राहकहरूले भिसा इलेक्ट्रोन डेबिट कार्ड, एनि ब्राञ्च ब्याङ्कङि, नबिल नेट तथा नबिल इण्टरनेट ब्याङ्कङि सुविधा निःशुल्क उपयोग गर्न पाउनेछन् । ग्राहकहरूलाई आकषिर्त गर्न हरेक महिना रु.१ लाख र हरेक वर्षएउटा टोयोटा इको कार चिठ्ठा पर्ने व्यवस्था समेत ब्याङ्कले गरेको छ ।


खुल्यो सुन्धारा भवन

कर्मचारी सञ्चयकोषले सुन्धारास्थित आफ्नै १०.६ रोपनी जग्गामा निर्माण गरेको सुन्धारा भवन को व्यावसायिक प्रयोग शुरु भएको छ । १ लाख ९६ हजार वर्गफिट क्षेत्रफलको ९ तल्ले भवन सञ्चालन गर्न काठमाडौँ ट्रेड सेण्टरले १५ वर्षा लागि भाडामा लिएको छ ।

किराना पसलदेखि ब्याङ्कसम्म रहने यस भवनको व्यावसायिक क्रियाकलापमा हरेक वर्गका उपभोक्ताहरू संलग्न हुनसक्ने दाबी सेण्टरले गरेको छ । भवनको भूमिगत पार्किङमा एकपटकमा ३५० वटा कार, जीप तथा १ हजार मोटरसाइकल अटाउँछन् ।


देउराली जनताको नयाँ औषधि

देउराली जनता फर्मास्यूटिकलले मुटु, नशा लगायतका दर्ीघकालीन रोगहरूको उपचारमा प्रयोग हुने औषधिहरूको उत्पादन शुरु गरेको छ । फर्मास्यूटिकलका अनुसार दर्ुइ वर्षो अनुसन्धानपश्चात् उत्पादन थालिएका यी औषधिमा मुलुकको परनिर्भरता घट्ने छ ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा कुशल उत्पादनपद्धति -डब्लुएचओ जीएमपी) को प्रमाणपत्र प्राप्त गरेको यस फर्मास्यूटिकलले बाङ्लादेशको रेनाटा लिमिटेडसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ भने नेदरल्याण्डको डीएनभी नामक संस्थाबाट आइएसओ १४००१ र आइएसओ ९००१ प्राप्त गरेको छ ।


एनआईबीः फेरि वर्षब्याङ्क

नेपाल इन्भेष्टमेण्ट ब्याङ्क (एनआईबी) लण्डनस्थित फाइनान्सियल टाइम्स समूहको 'द ब्याङ्कर'बाट ब्याङ्क अफ द इयर २००५ बाट पुनः सम्मानित भएको छ । यसअघि सन् २००३ मा पनि ब्याङ्कले यो सम्मान प्राप्त गरेको थियो ।

तीन वर्षेखि नेपाली व्यवस्थापनमा चल्दै आएको एनआईबीको कुल सम्पत्ति रु.१३ अर्ब पुगेको छ । अघिल्लो आवमा ३२ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल यस ब्याङ्कको शेयर प्रतिफल पनि २१ प्रतिशतले बढेको थियो । खराब कर्जाको राष्ट्रिय औसत २५ प्रतिशतभन्दा माथि रहेको अवस्थामा आफ्नो १.६४ प्रतिशत मात्रै कर्जा त्यस्तो रहेको दाबी ब्याङ्कको छ ।


नाडाको २९ औँ वाषिर्क साधारण सभा

आर्थिक वर्ष२०६०/६१ मा मात्र नेपालमा रु.७ अर्ब ९५ करोड मूल्यका सवारी साधन तथा यससँग सम्बन्धित वस्तुहरू आयात भए तर वितेका पाँच वर्षा जम्मा १०० किमी मात्र नयाँ सडक बनेको छ ।

यो जानकारी गाडी बिक्रेताहरूको संघ नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन -नाडा) को २९ औँ वाषिर्क भेलामा अघिल्लो साता दिइएको हो ।

यातायात साधनलाई प्रमुख वातावरणीय समस्याका रूपमा चित्रित गरिँदा यसको व्यापार पर््रबर्द्धनमा समस्या आएको गाडी डिलरहरूको दाबी छ । तिनले यो समस्या समाधान गर्न ९३ अक्टेनको पेट्रोल आयात गर्नुपर्ने सुझाव दिएका छन् । हरेक दर्ुइ वर्षा 'नाडा'ले गर्दै आएको 'नाडा अटो शो' यसपटक आउँदो फागुनमा हुने भएको छ ।


डाबरका दुई नयाँ उत्पादन


डाबर नेपालले बबुल र मेस्वाक ब्राण्डका दर्ुइ हर्बल टुथपेष्ट बजारमा ल्याएको छ । विगतमा बल्सारा होम प्रडक्ट्स अर्न्तर्गतका यी टुथपेष्ट डाबर नेपालले बल्साराको स्वामित्व सँगै खरीद गरेको हो  । ५०, ९० र १९० ग्रामको प्याकमा ल्याइएको बबुल को उपभोक्ता मूल्य क्रमशः रु.१४, रु.२५ र रु.३५ कायम गरिएको छ । बिक्री पर््रवर्द्धन कार्यक्रम अर्न्तर्गत यसको ९० ग्रामको प्याकमा ५० प्रतिशत छुट दिइएको छ । यस्तै ५०, १०० र २०० ग्रामको प्याकमा उपलब्ध मेस्वाक को उपभोक्ता मूल्य क्रमशः रु.२५, रु.४५ र रु.८० रहेको छ ।


अष्ट्रियन एअर फेरि आयो

अष्ट्रियन एअरले ३० भदौदेखि काठमाडौँ-भियना उडान पुनः शुरु गरेको छ । पर्यटन आगमनमा कमी आएको कारण देखाई १४ मे २००५ मा यसले उडान स्थगित गरेको थियो । एअरले दिएको जानकारी अनुसार हाललाई काठमाडौँ-भियनाबीच साताको एक दिन (शनिबार) र अक्टोबर र नोभेम्बर महिनामा साताको दर्ुइ उडान सञ्चालन हुनेछन् । युरोप तथा त्यहाँ भएर अमेरिकालगायतका मुलुकहरू पुग्न सबैभन्दा छिटो माध्यम मानिने यो उडानमा प्रयुक्त बोइङ-७६७ विमानमा विजनेश (३६) र इकोनोमी (२०९) गरी कुल २४५ सीट छन् ।


चोकोफन को नयाँ मस्कट

सुजल फुड इण्डष्ट्रिजले बालबालिकालाई लोभ्याउने आकर्ष मस्कट सहित आफ्नो उत्पादन चोकोफन वेफर को नयाँ विज्ञापन अभियान शुरु गरेको छ । बालबालिकाहरूलाई लक्षित गरेर ल्याइएको नयाँ विज्ञापनको नारा 'मीठो फन मीठो उमङ्ग' राखिएको छ । चोकोफनको खुद्रा मूल्य भने रु.५ नै कायम राखिएको छ ।


शुद्ध खानेपानीका लागि वाटरगार्ड

सृजना पियोर डि्रन्किङ वाटर इण्डस्टि्रज ले पानी शुद्ध पार्ने रासायनिक झोल वाटरगार्ड बजारमा ल्याएको छ । नेपालजस्तो स्वच्छ खानेपानीको अभाव भएको देशका लागि यो बरदानसिद्ध हुने उत्पादकको दाबी छ । वितरणका जिम्मा हिमालयन स्न्याक्स एण्ड नुडल्सले लिएको वाटरगार्डको झोल दर्ुइ/तीन थोपा खानेपानीमा मिर्साई पिउनयोग्य बनाउन सकिन्छ । यसको बजार पर््रबर्द्धन भने पपुलेसन र्सर्भिसेजर््र् इन्टरनेशनल -पीएसआई) ले गरेको छ ।