हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | दरबार

श्री ५ ले जनतासँग लडाइँ खेल्नुहुँदैन

तुलसी गिरीले "राजा र प्रजातन्त्र एकसाथ रहन सक्दैनन्..." भने । अर्का बुज्रुकले "हिन्दू राजाले कुनै संविधान मान्नुपर्दैन..." भने । यिनीहरू श्री ५ को शासन अर्न्तर्गत सत्तामा रहेका व्यक्ति हुनाले श्री ५ पनि यस्तै विचारको दास भइरहेको अवस्था त छैन - यिनले श्री ५ लाई उल्लिखित सबै पक्ष, व्यक्ति र समूहहरूसँग लडाइँ खेल्न उक्साइरहेका त छैनन् - यो शङ्का जनतामा परेको छ ।

सूर्यबहादुर सेन

वर्तमानमा नेपालको शासन-सत्ता स्वयं श्री ५ बाट सञ्चालित भइरहेको छ । तर्सथ देश र जनताका लागि के कस्ता कामहरू भए वा भएनन् भनेर जान्न नेपाली जनताले श्री ५ लाई नै हर्ेर्नुपर्ने बाध्यात्मक परिस्थिति छ । श्री ५ को हालैको जिल्ला भ्रमणमा प्रकट भएका जन अभिव्यक्तिहरूबाट पनि यही कुरा स्पष्ट हुन्छ  । सबैतिर एउटै पुकार सुनियो- 'शान्तिसुरक्षाको स्थापना, स्थायी नीति र सुरक्षित भविष्यको सपना साकार होस् !'

श्री ५ को शासनमा पनि माओवादी व्रि्रोही र शासन-सत्ताबीचको लडाइँ बढाइँदै र जनताको आलोकाँचो रगत बगाइँदै लगिएको छ । बालक, बृद्ध र महिलाहरू समेत मारिएका मारियै छन् । मानवता हृदय फुट्ने गरी विदर्ीण्ा भएपनि शान्तिको बाटो लिनेतिर सत्ता/शासन र कोही पनि लागेनन् ।

संसदवादी दलहरू सत्ताको कानूनी/प्रशासनिक दबाब र दण्ड सामना गर्दै श्री ५ को '१८ असोज' र '१९ माघ' को कदम फिर्ता हुनर्ुपर्छ भन्ने मुख्य माग लिएर सडक तताइराखेका छन् । उनीहरूका सहयोगी बुद्धिजीवी, स्रष्टा, शिक्षक, विद्यार्थी, वकिल, पत्रकार र अन्य पेशा तथा वर्गसँग सम्बन्धित सङ्गठनहरू पनि तिनै माग लिएर सडकमै उत्रेका छन् । गाउँहरू असक्त, रोगी, वृद्ध, महिला तथा केटाकेटीहरूका मात्र भएका छन् । राम्रा खेतबारी र फाँटहरू बाँझइिरहेका छन् । राजनीति देशभरि नै छैन । देशभक्त नेपालीहरू निराश छन् । देशभक्त व्यक्तित्वहरू अपमानित छन् ।

यस्तो बेलामा, शान्तिपर्ूण्ा सुव्यवस्थाका लागि श्री ५ बाट यथासम्भव छिटो पहल गरिनुपर्ने खाँचो थियो । जनचाहना र भावना पनि त्यही थियो । अथवा शान्ति स्थापनाका लागि श्री ५ मा आशा र भरोशा थियो । तर, श्री ५ को स्वेच्छाबाट अथवा वरिपरिका कारिन्दे प्रवृत्तिका कर्मचारी, आफूलाई जनताभन्दा माथि सम्झने, मालिकी स्वभाव र चरित्रका व्यक्ति या आफ्नो स्वार्थ र षड्यन्त्रका खेलाडी तथा अराजनीतिक अनाडी राजनीतिबाट श्री ५ लाई लडाइँ खेल्नतिर अघि बढाइयो ।

देशको प्रशासनयन्त्रलाई चुस्त, निष्पक्ष र कर्तव्यप्रति इमान्दार राखी प्रोत्साहित गर्दै जानुपर्ने हुन्छ । कर्मचारीहरूलाई विश्वासमा लिई उनीहरूकै माध्यमबाट राष्ट्र सेवालाई अगाडि बढाउनर्ुपर्छ  । तर विडम्बना, प्रमुख निर्वाचन आयुक्तको नियुक्तिदेखि हालैको मुख्यसचिवमा प्रमोशन गर्ने व्यक्तिको छनोट गर्नेसम्मका काममा श्री ५ को अग्रसरता र प्रवृत्ति, तत्सम्बन्धित अध्यादेश, क्षेत्र-अञ्चल प्रशासन, अनुगमन जस्ता नयाँ-नयाँ तौरतरिका र व्यवस्थाको स्थापनाले प्रशासन यन्त्रलाई ठूलो मानसिक तनावमा पारेको छ । परिणामतः श्री ५ को व्यक्तित्व प्रशासन क्षेत्रमा विवादमा परेको छ ।

बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू जन-समाजका समस्या र आवश्यकता बुझेर, राष्ट्र सेवा गर्ने माध्यम हुन् । श्री ५ ले यो राजनीतिक संस्कृति बुझी त्यही बाटोबाट हिँडी-हिँर्डाई शान्तिको निष्कर्षा पुग्ने प्रयास हुने अपेक्षा जनताले राखेका थिए । तर विपरीत भयो । देशमा राजनीतिक शून्यताको सिर्जना गर्दै श्री ५ र दलहरूका बीचमा मानसिक लडाइँ लड्ने वातावरण तयार पारी त्यसै अनुरुप अगाडि बढ्ने काम भइरहेको छ ।

आज, पत्रकार, वकिल, शिक्षक-विद्यार्थी, वर्गीय-व्यावसायिक सङ्गठन र दलका भातृसंस्थाहरूलाई समेत सत्ता विरुद्ध लडाइँ छेडाउने काम भइरहेको छ । देशको अर्थव्यवस्थाका महत्त्वपर्ूण्ा पक्षका रूपमा परिचित उद्योगपति, व्यापारी र व्यावसायिकहरू पनि माओवादीको तीनमहिने युद्धविरामको घोषणालाई स्वागत गर्दै शान्ति सुव्यवस्था स्थापनाका लागि प्रतिक्रिया दिन थालेका छन् । शासन/सत्ता र माओवादीलाई शान्ति स्थापनाका लागि दबाब समूहका रूपमा यिनीहरू अगाडि आउँदै छन् । यो समूहले पनि एकप्रकारको मनोवैज्ञानिक लडाइँकै निम्ति आफूलाई तयार पार्दै गरेको देखिन्छ ।

सत्ता तथा राजनीतिक दलहरूबाट जनइच्छा, आवश्यकता र भोग्नु परिरहेका समस्याहरूको सम्बोधन नभइरहेको अवस्थामा कतै न कतैबाट त यी कुराहरूको खुलासा हुनु नै थियो । नागरिक समाजको सक्रियतालाई यसै सर्न्दर्भमा लिनर्ुपर्छ । यो समूह आजको आवश्यकता- शान्ति सुव्यवस्था, नागरिक अधिकार र प्रजातन्त्रको स्थापना हो र त्यो हुनर्ैपर्छ भन्दै बाहिर आएको छ  । यसलाई जनसमाजले सत्ता/शासन विरुद्ध नैतिक लडाइँका रूपमा लिएको छ  ।

श्री ५ बाट अगाडि सारिएका कारण राजनीतिक-बुज्रुक बन्न पुगेका डा. तुलसी गिरीले "राजा र प्रजातन्त्र एकसाथ रहन सक्दैनन्..." भने । त्यस्तै राजाको सामीप्यमा रहेका एउटा बुज्रुकले "दलहरू माओवादीसँग मिली राजालाई पदच्यूत गर्न चाहेका छन्..." भने । अर्का बुज्रुकले "हिन्दू राजाले कुनै संविधान मान्नुपर्दैन..." भने । यी व्यक्तिहरू श्री ५ को शासन अर्न्तर्गत सत्तामा रहेका व्यक्तिहरू हुनाले श्री ५ पनि यस्तै विचारको दास भइरहेको अवस्था त छैन - यिनले श्री ५ लाई उल्लिखित सबै पक्ष, व्यक्ति र समूहहरू -पार्टर्ीीनागरिक समाज, कर्मचारी आदि) सँग लडाइँ खेल्न उक्साइरहेका त छैनन् - यो शङ्का जनतामा परेको छ ।

यस्ता वक्तव्यहरूले कसैलाई पनि श्री ५ का नजिक ल्याउँदैनन्/तान्दैनन्  । बरु अरू टाढा धकेल्छन् र शान्तिको स्थापना र निर्माण असम्भव हुँदै जान्छ । साँच्चै हो ! शान्ति भेलले बगाएर लगेको छ- लगिरहन्छ । यहाँनेर सबैले बुझनुपर्ने कुरा के भने, शासन-सत्ताका अनुसार उसले जे गरिरहेको छ त्यो नेपाली जनताको नाममा गरिरहेको छ भने प्रशासनयन्त्र, दल र संघसंस्थाहरू पनि जनताका तर्फाट जनताकै लागि लडिरहेका/बोलिरहेका हुन् । यी पक्षका व्यक्ति र व्यक्तित्वहरू जनतामध्येकै जनता हुन् । यी जनता र शासन/सत्ताबीच यो यथार्थ जानकारी भएमा र त्यस अनुकूल व्यवहार भएमा मात्र दुवै पक्षबीच विश्वासको सम्बन्ध स्थापित हुनसक्छ । तर शासन/सत्ताले दुःख र पीडामा परेका जनतालाई शान्तिसुरक्षा दिनका लागि शान्तिको बाटो हिँड्नसम्म पनि इच्छा राखेको देखिँदैन । यो क्रूर, निष्ठुर र अहङ्कारी ढङ्गले चलेको देखिन्छ । श्री ५ को नेतृत्वको सरकार हुनाले यी सबै क्रियाकलापको अपयश श्री ५ मै गइरहेको छ ।

यस लेखकले ४ जेठ २०६१ मा गोकर्ण्र्ाा "राजसंस्था नेपाली जनताको संस्कृति हो, यसलाई असर पर्ने काम सरकारले पनि गरिबक्सन हुँदैन" भनी श्री ५ मा जाहेर गरेको थियो । किनभने, श्री ५ बाट १८ असोज २०५९ मा देशको शासनभार लिएपछि पनि प्रभावहीन नपुंसकहरूलाई मात्रै अगाडि सारिबक्सेको थियो । त्यो स्थिति देखेर 'राजसंस्थाको संरक्षण र सर्म्बर्द्धन गर्ने वा नगर्ने काम नेपाली जनताको हो' भन्ने भाव यो लेखकलाई त्यतिबेला नै लागेको हो । र आज पनि यसको धारणा त्यही छ । हो, राजा पृथ्वीनारायण शाहको जमाना थियो- 'जनता उठायो, राज्य जित्यो, राजा भयो ।' तर आज त्यो जमाना छैन । आजका राजाले त जनइच्छा र भावनालाई सम्बोधन गरेर मात्र आफ्नो कर्तव्य पालना गर्नुपर्छ, अनि यस्तो गर्ने राजालाई जनताले श्रद्धाले भावनारुपी काँधमा बोक्छन् ।

अहिलेको यथार्थ यसको विपरीत छ । अढाइ करोड जनताको देशमा समाजका बोक्रा र बद्नाम मान्छेहरूलाई काखी च्यापेर सम्पर्ूण्ा नेपाली जनतालाई समेटेको छु भन्ने भ्रममा श्री ५ रहेको अवस्था छ । परिणामतः श्री ५ र समाजको ठूलो भाग -माथि उल्लेख भएका विभिन्न पक्ष) बीच लडाइँ खेल्दै गरेको स्थिति छ । यसले गर्दा श्री ५ को नेतृत्वमा चलेको भए पनि अहिलेको शासन/ प्रशासन नेपाली जनताका लागि त कल्याणकारी छैन नै, यसले नेपाल राष्ट्रको समय, साधन, स्रोत, अधिकार, अवसर आदि सबै नाश गरिरहेको छ । यही स्थिति अरू जारी रहने हो भने भौतिक, सांस्कृतिक र मानवीय शक्तिको अरू व्यापक पलायन हुने र भविष्य थाम्ने युवापीँढी नेपाल, नेपाली समाज, राजा, राजसंस्था, नेपाली सभ्यता र संस्कृत्रि्रति नै विकृत र वितृष्णायुक्त मानसिकता लिएर हर्ुकने छ । त्यसपछिको नेपाल देशी र विदेशी मालिकहरूको शोषण र दमनको छायाँमुनि असभ्य, गरीब र दर्रि्र दासहरूको बासस्थल हुनेछ । यस्तो स्थिति आउन नदिने भूमिका आज स्वयं श्री ५ ले निर्वाह गर्न सक्ने र गर्नै पर्ने बाध्यता छ । त्यस क्रममा श्री ५ बाट र्सवप्रथम 'नेपाल सबै नेपाली जनताको पनि हो' भन्ने सत्यलाई स्वीकारी जनतासँग लडाइँ खेल्ने कार्य बन्द गरिनर्ुपर्छ । जनतासँग लडाइँ खेलेर जीतबाजी हात लागेछ भने पनि त्यसबाट नेपाली जनसमाजले केही पाउने छैन । बरु अहिले श्री ५ लाई उक्र्साई लडाइँ खेलाउने स्वार्थी र शोषक तत्व विजयी भएर त्यसले जनमानसमा अरू साँढे भएर स्वार्थका चक्रव्यूहहरू चलाउनेछ । जनभावनाका नजरमा, श्री ५ यही स्वार्थी तत्वको मात्र राजा हुने र नेपाली संस्कृतिमाथि धक्का हुने स्थिति बढ्दै जानेछ । अर्थात् एकै वाक्यमा भन्दा त्यसबेला सबैभन्दा हार्ने व्यक्तित्व श्री ५ होइबक्सनेछ  ।

धेरै धेरै ढिला भइसकेको छ । तर्सथ भारेभुरे काममा समय खर्च नगरी, भारेभुरे र स्वार्थी मान्छेहरूमा भर नपरी थोरै भए पनि समय छँदै, सबै जनशक्तिसँग शान्तिपर्ूण्ा शैलीको माध्यमबाट देश र जनसमाजले भोगिरहेको अहिलेको जटिल अवस्थाको अन्त्य गर्न श्री ५ अविलम्ब लाग्नु आवश्यक र उपयुक्त देखिन्छ ।

आजको समय जनताको चाहना र भावना, गरीबी, अशिक्षा, अभाव, असुरक्षा, जनतामा आइरहेको जागृति, नागरिक तथा मानवअधिकार र प्रजातन्त्र आदि सबै पक्षको अध्ययन र विश्लेषण गरी शान्तिको आवश्यक एवं उपयुक्त मार्ग समाती अगाडि बढ्ने बेला हो । श्री ५ को जनतासँग लडाइँ खेल्ने बेला होइन ।