हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सम्पादकीय

अमेरिका र हाम्रो कूटनीति

शीतलनिवासले भारतीय र बेलायती राजदूतसँग स्पष्टीकरण मागे पनि नेपालको आन्तरिक मामिलामा बढी उत्तेजक र हस्तक्षेपकारी नीति चाहिँ अमेरिकाको छ । राजा वीरेन्द्रकै जीवनकालमा तत्कालीन राजदूत राल्फ प|mान्कले कूटनीतिक मर्यादा नराखी नेपाली राजा र राजनीतिक व्यक्तित्वका भ्रष्टाचारबारे लामो भाषण दिएका थिए । पर्ूव अमेरिकी राजदूत माइकल मालिनोस्कीले राजनीतिक दलहरूको हर्ुमत लिने वयानबाजी शुरु गरे । १९ माघको शाही सम्बोधनमा राजनीतिक दलविरुद्ध प्रयोग भएका असहिष्णु शब्द राजदूत मालिनोस्कीकै अनुदारवादी विचारबाट प्रभावित त थिएनन् भन्ने शङ्कालाई वर्तमान राजदूत जेम्स मोरिआर्टर्ीीे बहुचर्चित 'गोल्फ कूटनीति' तथा विवादास्पद वक्तव्यहरूले थप पुठ दिएका छन् ।
केही दिनअघि राजदूत मोरिआर्टर्ीी माओवादीहरूले खुकुरीका भरमा सिंहदरबार कब्जा गर्नसक्ने परिस्थिति चित्रण गरेर सैनिक सहायता पुनरावलोकन गरिरहेका मित्रराष्ट्रलाई अत्याउने प्रयास गरेका थिए । अरूले यस्तो उत्तेजक कुरा बोलेका भए सुरक्षाफौजको मनोबल घटाएको आरोप खेप्नुपथ्र्यो, तर परराष्ट्र मन्त्रालयले अमेरिकी दूतावासलाई सचेत गराउने आवश्यकतासम्म देखेन । हालसालै हवाईको इष्ट-वेष्ट सेन्टरमा राजदूत मोरिआर्टर्ीी त्योभन्दा पनि आक्रामक भएर नेपाल र नेपालीलाई नै होच्याउने गरी पचासौँ लाख नेपाली भारतमा शरणार्थी बन्नसक्ने टिप्पणी गर्दा पनि सरकारले केही बोलेको छैन । यो प्रवृत्ति कायमै रहने हो भने अन्य देशका राजदूतहरूले पनि नेपालबारे जहाँसुकै जथाभावी टिप्पणी गरेर मुलुकको अन्तर्रर्ााट्रय छविलाई अझ धुमिल बनाउँदै लैजाने खतरा बढ्नेछ । सरकारले त केही बोलेन-बोलेन, कमसे कम राजनीतिक दलहरूले महामहिम मोरिआर्टर्ीीई नेपाल र नेपालीहरूको मानमर्दन नगर्न अविलम्ब सचेत गराउनुपर्ने हो ।
चीनको मौनता र हातहतियार, पाकिस्तानको ताली अनि अमेरिकाको सल्लाह लिएर शाही सरकारले कस्तो कूटनीतिक खेल खेल्न लागेको हो, बुझनिसक्नुभएको छ । राजनीतिक पार्टर्ीीको गठबन्धनलाई वक्तव्य दिएर स्वागत गरेकोमा भारतीय राजदूत तथा युरोपेली युनियनको प्रतिनिधिको रूपमा रहेका बेलायती राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर स्पष्टीकरण माग गर्नु आधुनिक नेपाली कूटनीतिमा ठूलै धक्का मान्नर्ुपर्दछ । एउटा र्सार्वजनिक समारोहमा कानूनी शासनको वकालत गरेबापत नेपालले बेलायती राजदूतसँगै फेरि स्पष्टीकरण माग गरेपछि त्यसको जवाफमा बेलायतले लण्डनमा नेपाली राजदूतलाई पनि त्यस्तै व्यवहार गर्‍यो । नेपालको सबैभन्दा भरपर्दो र सहिष्णु मित्रराष्ट्र बेलायतसँगको सम्बन्ध यो धरातलमा पुग्नु निश्चय पनि नेपाली जनताको हितमा छैन ।
उता अमेरिकीहरूको बढ्दो अभिरुचि हर्ेदा कतै नेपाल आजको एकमात्र महाशक्तिको भूराजनीतिक गोटी त बन्ने होइन भन्ने खतरा बढेको महसूस हुन्छ । अमेरिकी परराष्ट्र नीतिनिर्माताहरूले उदीयमान महाशक्ति चीनलाई घर्ेर्ने क्रममा नेपाललाई एउटा गोटीको रूपमा लिएको र यसैकारणले पनि राजकीय सत्तासँग बढी घनिष्ठ तथा लोकतान्त्रिक शक्तिसँग टाढा-टाढा भएकोे हुनसक्छ । मोरीआर्टर्ीीे '१९ माघ' पक्षीय वक्तव्यबाजी अमेरिकी परराष्ट्र नीति नै हो, या उनको निजी विचार वा उनमाथि काठमाडौँका कुलीन घरानाले दिने दिवाभोजहरूमा पारेको छाप - यो प्रश्न किन पैदा भएको छ भने १९ माघको शाही कदमबारे तत्काल आएको आफ्नो प्रस्ट आलोचनात्मक विचारको आज मोरिआर्टर्ीीाफैँ फरक व्याख्या गरिरहेका छन् ।
काठमाडौँका पत्रपत्रिकामा राजदूतका अभिव्यक्ति र अमेरिकी नीतिबारे तीब्र प्रतिक्रिया आउन थालेपछि सम्भवतः अमेरिकी परराष्ट्र नीतिलाई बरालिन नदिन हालै एक उच्च अमेरिकी पदाधिकारी, डोनाल्ड क्याम्पले काठमाडौँ आएर केही कुरा स्पष्ट पार्नु आवश्यक ठानेको देखियो । उनले भनेका छन्, "आजको संसारमा, प्रजातन्त्रको बाटो छेक्ने नेतृत्वले जनताको भलो गर्दैनन् । ...नेपाललाई सन् १९९० भन्दाअघि पुर्‍याउने कुरा विश्वजगत र संयुक्त राज्य अमेरिकालाई मान्य हुनेछैन । ...राजनीतिक दलका नेताहरूले हालै एकताको दिशामा कदम चालेका छन् र हाम्रो विचारमा राजाले उनीहरूको अग्रसरतालाई आत्मसात् गरेर दलहरूतिर सहयोगको हात बढाउनर्ुपर्दछ । ..."
तर नेपालीहरूले अमेरिकी राजदूतको टिप्पणीतिर मात्र नभई आफ्नै परराष्ट्र नीति कसरी भाँडिएको छ भन्ने बारे पनि ध्यान दिनु जरुरी छ । दशकौँको प्रयासले बनेको नेपालको अन्तर्रर्ााट्रय छवि पाँच महिनाभित्रै माटोमा मिलाउने कोशिश भइरहेको छ । विश्वका दर्ुइ ठूला राष्ट्रहरूको बीचमा अवस्थित नेपाल जस्तो भूपरिवेष्ठित मुलुकले कसैका महत्वाकाङ्क्षी भूराजनीतिक खेलहरूमा नफस्नु नै उचित हुनेछ । विश्वव्यापी वर्चस्वको लागि अघि बढेका राष्ट्रहरूसँग नेपालले बढ्ता दूरी वा अनावश्यक घनिष्टता, दुवै अतिवादबाट बच्नर्ुपर्छ । संयमित परराष्ट्र नीति बेगर नेपालको अन्तर्रर्ााट्रय छवि, आर्थिक अवस्था वा राजनीतिक चुनौतीलाई सम्बोधन गर्न सकिँदैन । सङ्कटका बेला संयमित परराष्ट्र नीति अङ्गीकार गर्नुको कुनै यथार्थपरक विकल्प छैन ।
टाढाका मित्रहरूलाई खुशी पार्ने रहरमा नजिकका छिमेकीहरूलाई जिस्क्याउनु त झनै कूटनीतिक बुद्धिमानी ठहर्दैन ।


आस्थाका बन्दी अविलम्ब छोड

१९ माघपछिको राजनीतिक प्रतिशोधमा थुनिएका राजनीतिक बन्दीहरू क्रमशः रिहा हुँदैछन् । तर बन्दीहरूको अवस्थाबारे अदालतलाई ढाँट्ने, न्यायिक आदेशबाट रिहा भएका व्यक्तिहरूलाई फेरि समात्ने र बन्दी राजनीतिकर्मीहरूलाई सामान्य सञ्चार सुविधाबाट समेत वञ्चित राख्ने व्यवहारले राज्यको सहिष्णुताप्रति अझै आश्वस्त हुन सकिने अवस्था छैन । नवराज सुवेदी र रामचन्द्र पौडेलको रिहाइले कानूनी राज्यको धुकधुकी अझै बाँकी रहेको सङ्केत दिए पनि अदालतको आदेशबाट मात्र होइन, बिनाकसुर राजनीतिक कारणले नियन्त्रणमा लिइएका सबै बन्दीहरू अविलम्ब र बिनाशर्त रिहा हुनर्ुपर्दछ ।
राजनीतिक नेता, कार्यकर्ताका साथै स्वतन्त्र चिन्तकहरूको थुनाले नेपालको अन्तर्रर्ााट्रय छविलाई झन् धुमिल बनाइरहेको छ । मानवअधिकारकर्मी कृष्ण पहाडी त प्रतीक मात्र हुन्, उनी जस्ता अरू कति व्यक्तिहरू सरकारको नियन्त्रणमा छन्, कसैलाई थाहा छैन । किनभने न्यायिक आदेश बेगर सरकारले बन्दीहरूको विवरण र्सार्वजनिक गर्ने गरेको छैन । विचार र विश्वासका लागि थुनामा परेकाहरू सम्पर्ूण्ा राष्ट्रकै जिम्मेवारी हुन्, तिनलाई ससम्मान मुक्त गराउन समाजको सचेत समूह क्रियाशील हुनु जरुरी छ ।
विचार तथा अभिव्यक्तिको स्वतन्त्रता प्रत्येक व्यक्तिको नैर्सर्गिक अधिकार हो, जसलाई सरकारले जस्तो अवस्था भए पनि निलम्बन गर्न सक्दैन  । कृष्ण पहाडीहरू मुलुकलाई ढाक्दै गएको अन्धकार भित्रका वैचारिक टुकीहरू हुन् । समाजलाई तिनको अभिव्यक्तिको उज्यालोबाट वञ्चित राख्ने अधिकार राजा स्वयंकै अध्यक्षतामा गठित मन्त्रिमण्डललाई पनि छैन । सम्पर्ूण्ा आस्थाका बन्दीहरू तत्काल रिहाईमै हामी सबैको भलाइ छ । सरकारले बुद्धिमत्ता पर््रदर्शन गर्दैन भने न्यायिक अग्रसरताबाट भए पनि कृष्ण पहाडीहरू अविलम्ब थुनामुक्त हुनर्ुपर्दछ ।