| •
ऋतुराज |
 |
ऋतुविचार
सुन्नुहोस् काठमाडौँबासी हो !
ऋतुराज साँझ बिहान ओहोरदोहोर गर्ने काठमाडौँको सामाखुसी बजारको दोबाटोको
एउटा घरको भित्तामा यस्तो लेखिएको तुल धेरै समयदेखि झुण्ड्याइएको छ("यस
ठाउँमा पोस्टर टाँस्ने सुँगुर हो र फोहोर फ्याल्ने उसकी प्रेमिका ।
उनीहरूले यही फोहोरमा हनिमुन मनाए हुन्छ । यो नबुझी तुल च्यात्न खोज्ने
चाहिँ उनीहरूको सन्तान बाँदर हो ।"
 |
रमाइलो कुरा चाहिँ के हो भने त्यसै तुलमुन्तिर प्रायः
फोहोरको थुप्रो लागेको देखिन्छ र भित्तामा पोस्टर पनि टाँसिएको पाइन्छ
।
त्यस तुलमा लेखिएको चेतावनी र त्यसको ठाडो अवज्ञा गर्दै त्यसै मुन्तिर
फालिएको फोहोरको थुप्रो ऋतुराजलाई झल्झली याद आयो हालै पोखराको वैदाममा
एउटी पसल्नी-कम-गृहिणी अथवा गृहिणी-कम-पसल्नीको देहायको उक्ति सुन्दा
। उनको भनाइ यसप्रकार छः
"काठमाण्डूका मानिस खुबै घमण्डी छन्, सबै कुरा जान्दछौँ भन्ठान्छन्
। तर उनीहरू मर्ूख र अज्ञानी छन् । यहाँ घुम्न आउँछन् । खूब शान र
फूर्ति देखाउँछन् । छोराछोरीलाई अङ्कलचिप्स र प्रिङ्गल किनिदिन्छन्
। बट्टाको जुस पिलाउँछन् । तर त्यही अङ्कलचिप्स र प्रिङ्गलको बट्टा
र जुसको प्याकेट चाहिँ सडकमै मिल्काउँछन् । कारमा बच्चाको डायपर र
न्यापकिन फर्ेछन् र हामीले फोहोर फाल्ने ढवाङ देखाउँदा देखाउँदै पनि
बच्चाको आची जथाभावी हुर्याउँछन् । हामी त आफ्ना घरपसल सधैँ सफा राख्छौँ
। जङ्गलमा घुम्न जाँदा पनि कुनै फोहोर फाल्दैनौँ । बरु घरमै बोकेर
ल्याउँछौँ । हाम्रा केटाकेटीसमेत त्यसै गर्छन् । घरको फोहोरलाई खाडलमा
हाली त्यसलाई कम्पोस्ट मल बनाउँछौँ । कम्पोस्ट मल आजभोलि पैँतालीस
रुपियाँ किलोमा बिक्छ । प्लास्टिक र सीसालाई बेग्लै बोरामा हाली राख्छौँ
। फोहोर उठाउने टयाक्टर एक महिना नआए पनि हामीलाई फरक पर्दैन । सुन्दछु,
काठमाण्डू पोखरा हेरी ज्यादै फोहोर छ 'रे ! नहोस् पनि किन - त्यस्ता
अबुझ र घमण्डी त छन् त्यहाँका बासिन्दा । फेरि सुनिन्छ, काठमाण्डूका
मानिस रूख भनेको देखी सहँदैनन् 'रे र अहिले त्यहाँका पूरै रूख काटेर
निमिटयान्न पारेका छन् 'रे !"
वैदामकी ती कामकाजी महिलाको उक्तिलाई सकेसम्म जस्ताको तस्तै उतार्ने
चेष्टा यहाँ गरिएको छ- काठमाडौँबासीको जानकारीका लागि । काठमाडौँवासी
महोदय र महोदया ! उपर्युक्त टिप्पणीबारे तपाईंलाई केही भन्नु छ कि?
पोखराको
चुम्बक
यसपटक पोखरा जाने चाँजो पर्यो 'फेवा फिल्म फेस्टिभल' का कारण । गण्डकी
बोर्डिङ स्कूलमा भूतपर्ूव विद्यार्थीहरूको सङ्गठन 'एगबोसा' ले हिमाल
एसोसिएसनसित मिलेर आयोजना गरेको उक्त फिल्म फेस्टिभल जून १०-१२ सम्म
पोखरा तर्ेछापट्टििस्थत वाराही चित्रमन्दिरमा सम्पन्न भएको थियो ।
एक त प्राकृतिक सौर्न्दर्यको धनी सुरम्य पोखरानगरी, त्यसमाथि राम्राराम्रा
डकुमेन्ट्रीहरूको फिल्म फेस्टिभल ! सुनमाथि सुगन्ध भनेजस्तो भयो आफूलाई
। साँझ-बिहान स्वदेशी पर्यटक, दिउँसो डकुमेन्ट्री फिल्मको दर्शक !
अझ फेवा तालपारि अवस्थित कोपिला रेसोर्टमा बिताएको एक रात र एक दिन
त 'रिटि्रट' जस्तै रहृयो । एकतिर फेवा ताल र तीनतिरबाट वनले घेरिएको
त्यो रेसोर्ट जङ्गलकै एउटा भागझैँ लाग्छ । सानोतिनो 'पन्छी आरक्ष'
भन्दा हुन्छ त्यस ठाउँलाई । बरन्डामै बसीबसी अनेक थरी रङ्गीविरङ्गी
दर्ुलभ चराहरू देख्न पाइन्छ ।
सफासुग्घरको हकमा राजधानी काठमाण्डू सहर हेरी पोखरानगर अगाडि रहेको
कुरा यसअघि पनि एकाधचोटि यसै स्तम्भमा उल्लेख भइसकेको छ । सवारीसाधन
र कारखाना थोरै भएकाले धुवाँ र धूलो कम छ । हावा धेरै स्वच्छ छ । सडक
राम्रा मात्र होइन फराकिला पनि छन् । न्युरोड पोखरामा पनि छ तर काठमाडौँको
भन्दा धेरै फराकिलो र खुला ! पानी पर्नमा त पोखरालाई नेपालको चेरापुन्जी
नै भने हुन्छ । तर फेरि जमिन यस्तो छ कि त्यसले पानी सोसी हाल्छ, हिलो
हुन दिँदैन । पोखराको तापक्रम काठमाण्डूभन्दा सामान्यतः दर्ुइ ड्रि्री
बढी नै हुन्छ । तर किन हो, यसपालि काठमाडौँभन्दा पोखरा शीतल लाग्यो
।
जतिपटक पोखरा गए पनि यसको आकर्षा कहिल्यै घटेको लाग्दैन । बरु यसको
सौर्न्दर्यले थप बाँधिएको अनुभव हुन्छ । पोखरा बसाइलाई तन्काउन मन
लाग्छ । त्यसै चुम्बकले यसपटक पनि साढे दस बजेको फ्लाइटलाई साढे तीन
बजे सार्ने बनायो ।
प्रत्येक पटकको भ्रमणमा मनमा एउटा चाहना उठ्छ । डाँडाको कुनै कान्लामा
एउटा सानो कुटिया बनाएर बसँु । अनि बाँकी जिन्दगी फेवाताल र अन्नपूर्ण्ाा
हिमशृङ्खलाको अप्रतिम दृश्य पिएर बिताउँ ।
पोखरासित कवि भूपि शेरचनको नाम अविभाज्य तवरले गाँसिएको छ । पोखराले
नै जन्माएको हो वात्स्यायन, सरुभक्त, तर्ीथ श्रेष्ठ, विजय वजिमय, तर्ीथ
शेरचन, सरोजगोपाल, चेतन कार्की प्रभृति सृजनाकारलाई ।
पोखरा गई बसे यस बोधो दिमागमा पनि सृजनशीलताको मूल फुट्ने थियो कि?
अर्थमन्त्री
र लेखकस्व
कुनसाङ काका उर्फलेखक खगेन्द्र सङ्ग्रौलाको कलमबाट
'टीके सरकार' को विशेषण पाएको यसभन्दा अघिको सरकारले छोटो समयमै अनेक
उपद्रो गर्यो । तर भन्नु उसो होइन एउटा काम भने राम्रो गरेको थियो ।
त्यो थियो पत्रपत्रिकामा छापिएको लेखको पारिश्रमिकबापत मिल्ने रकममा
लाग्ने साविक करमा छुट । त्यसबाट कलम घोटेर खानेहरूलाई केही फाइदा नै
भयो । त्यस सुविधाको लाभ यस स्तम्भकारलाई पनि मिलेको छ । नत्र पन्ध्र
प्रतिशत कर सोझै काटिन्थ्यो लेखको पारिश्रमिकबाट ।
पत्रकारलाई दिए पनि लेखकहरूले पुस्तक प्रकाशनमा पाउने रोयल्टी अथवा लेखकस्वमा
भने सरकारले यो सुविधा दिएन । बरा लेखक-कविहरूले कति नै पो लेखकस्व पाउँछन्
र !
अहिले महाराजको सरकारमा अर्थमन्त्री रहेका व्यक्ति आफैँ लेखक हुन् ।
मन्त्रीज्यूकी पत्नीको त अङ्ग्रेजी भाषाको लेखिकाका रूपमा झनै ठूलो नाम
छ । यसो हुनाले हालका अर्थमन्त्रीले लेखकको मर्का बुझेका होलान् भनी
आशा गर्न सकिन्छ । त्यसैले यसपालिको बजेटमा लेखकस्वमा लाग्ने करमा अर्थमन्त्रीले
छुट पो दिने हुन् कि - अथवा के थाहा, शाही घोषणाको भावना र मर्मको र्समर्थन
नगरेको अत्तो थापेर पत्रकारले पाइआएको सुविधा पो खोस्लान् कि - |