हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

सुन्नुहोस् काठमाडौँबासी हो !
ऋतुराज साँझ बिहान ओहोरदोहोर गर्ने काठमाडौँको सामाखुसी बजारको दोबाटोको एउटा घरको भित्तामा यस्तो लेखिएको तुल धेरै समयदेखि झुण्ड्याइएको छ("यस ठाउँमा पोस्टर टाँस्ने सुँगुर हो र फोहोर फ्याल्ने उसकी प्रेमिका । उनीहरूले यही फोहोरमा हनिमुन मनाए हुन्छ । यो नबुझी तुल च्यात्न खोज्ने चाहिँ उनीहरूको सन्तान बाँदर हो ।"

रमाइलो कुरा चाहिँ के हो भने त्यसै तुलमुन्तिर प्रायः फोहोरको थुप्रो लागेको देखिन्छ र भित्तामा पोस्टर पनि टाँसिएको पाइन्छ  ।
त्यस तुलमा लेखिएको चेतावनी र त्यसको ठाडो अवज्ञा गर्दै त्यसै मुन्तिर फालिएको फोहोरको थुप्रो ऋतुराजलाई झल्झली याद आयो हालै पोखराको वैदाममा एउटी पसल्नी-कम-गृहिणी अथवा गृहिणी-कम-पसल्नीको देहायको उक्ति सुन्दा  । उनको भनाइ यसप्रकार छः
"काठमाण्डूका मानिस खुबै घमण्डी छन्, सबै कुरा जान्दछौँ भन्ठान्छन्  । तर उनीहरू मर्ूख र अज्ञानी छन् । यहाँ घुम्न आउँछन् । खूब शान र फूर्ति देखाउँछन् । छोराछोरीलाई अङ्कलचिप्स र प्रिङ्गल किनिदिन्छन्  । बट्टाको जुस पिलाउँछन् । तर त्यही अङ्कलचिप्स र प्रिङ्गलको बट्टा र जुसको प्याकेट चाहिँ सडकमै मिल्काउँछन् । कारमा बच्चाको डायपर र न्यापकिन फर्ेछन् र हामीले फोहोर फाल्ने ढवाङ देखाउँदा देखाउँदै पनि बच्चाको आची जथाभावी हुर्‍याउँछन् । हामी त आफ्ना घरपसल सधैँ सफा राख्छौँ  । जङ्गलमा घुम्न जाँदा पनि कुनै फोहोर फाल्दैनौँ । बरु घरमै बोकेर ल्याउँछौँ । हाम्रा केटाकेटीसमेत त्यसै गर्छन् । घरको फोहोरलाई खाडलमा हाली त्यसलाई कम्पोस्ट मल बनाउँछौँ । कम्पोस्ट मल आजभोलि पैँतालीस रुपियाँ किलोमा बिक्छ । प्लास्टिक र सीसालाई बेग्लै बोरामा हाली राख्छौँ  । फोहोर उठाउने टयाक्टर एक महिना नआए पनि हामीलाई फरक पर्दैन । सुन्दछु, काठमाण्डू पोखरा हेरी ज्यादै फोहोर छ 'रे ! नहोस् पनि किन - त्यस्ता अबुझ र घमण्डी त छन् त्यहाँका बासिन्दा । फेरि सुनिन्छ, काठमाण्डूका मानिस रूख भनेको देखी सहँदैनन् 'रे र अहिले त्यहाँका पूरै रूख काटेर निमिटयान्न पारेका छन् 'रे !"
वैदामकी ती कामकाजी महिलाको उक्तिलाई सकेसम्म जस्ताको तस्तै उतार्ने चेष्टा यहाँ गरिएको छ- काठमाडौँबासीको जानकारीका लागि । काठमाडौँवासी महोदय र महोदया ! उपर्युक्त टिप्पणीबारे तपाईंलाई केही भन्नु छ कि?


पोखराको चुम्बक
यसपटक पोखरा जाने चाँजो पर्‍यो 'फेवा फिल्म फेस्टिभल' का कारण । गण्डकी बोर्डिङ स्कूलमा भूतपर्ूव विद्यार्थीहरूको सङ्गठन 'एगबोसा' ले हिमाल एसोसिएसनसित मिलेर आयोजना गरेको उक्त फिल्म फेस्टिभल जून १०-१२ सम्म पोखरा तर्ेछापट्टििस्थत वाराही चित्रमन्दिरमा सम्पन्न भएको थियो ।
एक त प्राकृतिक सौर्न्दर्यको धनी सुरम्य पोखरानगरी, त्यसमाथि राम्राराम्रा डकुमेन्ट्रीहरूको फिल्म फेस्टिभल ! सुनमाथि सुगन्ध भनेजस्तो भयो आफूलाई  । साँझ-बिहान स्वदेशी पर्यटक, दिउँसो डकुमेन्ट्री फिल्मको दर्शक !
अझ फेवा तालपारि अवस्थित कोपिला रेसोर्टमा बिताएको एक रात र एक दिन त 'रिटि्रट' जस्तै रहृयो । एकतिर फेवा ताल र तीनतिरबाट वनले घेरिएको त्यो रेसोर्ट जङ्गलकै एउटा भागझैँ लाग्छ । सानोतिनो 'पन्छी आरक्ष' भन्दा हुन्छ त्यस ठाउँलाई । बरन्डामै बसीबसी अनेक थरी रङ्गीविरङ्गी दर्ुलभ चराहरू देख्न पाइन्छ ।
सफासुग्घरको हकमा राजधानी काठमाण्डू सहर हेरी पोखरानगर अगाडि रहेको कुरा यसअघि पनि एकाधचोटि यसै स्तम्भमा उल्लेख भइसकेको छ । सवारीसाधन र कारखाना थोरै भएकाले धुवाँ र धूलो कम छ । हावा धेरै स्वच्छ छ । सडक राम्रा मात्र होइन फराकिला पनि छन् । न्युरोड पोखरामा पनि छ तर काठमाडौँको भन्दा धेरै फराकिलो र खुला ! पानी पर्नमा त पोखरालाई नेपालको चेरापुन्जी नै भने हुन्छ । तर फेरि जमिन यस्तो छ कि त्यसले पानी सोसी हाल्छ, हिलो हुन दिँदैन । पोखराको तापक्रम काठमाण्डूभन्दा सामान्यतः दर्ुइ ड्रि्री बढी नै हुन्छ । तर किन हो, यसपालि काठमाडौँभन्दा पोखरा शीतल लाग्यो  ।
जतिपटक पोखरा गए पनि यसको आकर्षा कहिल्यै घटेको लाग्दैन । बरु यसको सौर्न्दर्यले थप बाँधिएको अनुभव हुन्छ । पोखरा बसाइलाई तन्काउन मन लाग्छ । त्यसै चुम्बकले यसपटक पनि साढे दस बजेको फ्लाइटलाई साढे तीन बजे सार्ने बनायो ।
प्रत्येक पटकको भ्रमणमा मनमा एउटा चाहना उठ्छ । डाँडाको कुनै कान्लामा एउटा सानो कुटिया बनाएर बसँु । अनि बाँकी जिन्दगी फेवाताल र अन्नपूर्ण्ाा हिमशृङ्खलाको अप्रतिम दृश्य पिएर बिताउँ ।
पोखरासित कवि भूपि शेरचनको नाम अविभाज्य तवरले गाँसिएको छ । पोखराले नै जन्माएको हो वात्स्यायन, सरुभक्त, तर्ीथ श्रेष्ठ, विजय वजिमय, तर्ीथ शेरचन, सरोजगोपाल, चेतन कार्की प्रभृति सृजनाकारलाई ।
पोखरा गई बसे यस बोधो दिमागमा पनि सृजनशीलताको मूल फुट्ने थियो कि?



अर्थमन्त्री र लेखकस्व
कुनसाङ काका उर्फलेखक खगेन्द्र सङ्ग्रौलाको कलमबाट 'टीके सरकार' को विशेषण पाएको यसभन्दा अघिको सरकारले छोटो समयमै अनेक उपद्रो गर्‍यो । तर भन्नु उसो होइन एउटा काम भने राम्रो गरेको थियो । त्यो थियो पत्रपत्रिकामा छापिएको लेखको पारिश्रमिकबापत मिल्ने रकममा लाग्ने साविक करमा छुट । त्यसबाट कलम घोटेर खानेहरूलाई केही फाइदा नै भयो । त्यस सुविधाको लाभ यस स्तम्भकारलाई पनि मिलेको छ । नत्र पन्ध्र प्रतिशत कर सोझै काटिन्थ्यो लेखको पारिश्रमिकबाट ।
पत्रकारलाई दिए पनि लेखकहरूले पुस्तक प्रकाशनमा पाउने रोयल्टी अथवा लेखकस्वमा भने सरकारले यो सुविधा दिएन । बरा लेखक-कविहरूले कति नै पो लेखकस्व पाउँछन् र !
अहिले महाराजको सरकारमा अर्थमन्त्री रहेका व्यक्ति आफैँ लेखक हुन् । मन्त्रीज्यूकी पत्नीको त अङ्ग्रेजी भाषाको लेखिकाका रूपमा झनै ठूलो नाम छ । यसो हुनाले हालका अर्थमन्त्रीले लेखकको मर्का बुझेका होलान् भनी आशा गर्न सकिन्छ । त्यसैले यसपालिको बजेटमा लेखकस्वमा लाग्ने करमा अर्थमन्त्रीले छुट पो दिने हुन् कि - अथवा के थाहा, शाही घोषणाको भावना र मर्मको र्समर्थन नगरेको अत्तो थापेर पत्रकारले पाइआएको सुविधा पो खोस्लान् कि -