हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | माओवादीको ज्यादती

आन्तरिक कारबाही देखाउने दाँत

२३ जेठको चितवन नरसंहारमा गम्भीर गल्ती भएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले क्षमायाचनासहित दोषीमाथि कारबाही गरिएको वक्तव्य निकालेको दर्ुइ सातापछि रुपन्देही नेतृत्वले पनि मर्चवार हत्याकाण्डमा संलग्न आफ्ना कार्यकर्तालाई 'कारबाही' गरेको छ । तर देखाउने दाँत मात्रै मानिएको माओवादीको यो कारबाहीमा कसैलाई काखा, कसैलाई पाखा गरिएको बताउँदै स्वयं माओवादी कार्यकर्ताहरू नेतृत्वविरुद्ध खुलेर बोल्न थालेका छन्  ।

रुपन्देही माओवादीले मर्चवारमा एक महिनाअघि गरेको नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति जनार्दन यादवसहित पाँच कार्यकर्ताको हत्या 'स्थानीय नेतृत्वको गल्तीका कारण भएको' भन्दै घटनामा संलग्न केही कार्यकर्तालाई पार्टर्ीीट निष्काशन र एक जनालाई सफाया गरेको छ । कारबाहीमा परेकाहरूमा रुपन्देहीका इलाका इन्चार्ज रामकुमार साहनी -वसन्त), रुपन्देहीर्-बर्गदवा इलाका सह-इन्चार्ज पाचु यादव -वायु), असरैनाका उमाशङ्कर यादव -राजन), करौटाका कमलेश गुप्ता -बब्लु), आजमाका जोगेन्द्र भर -तुफान), ठाकुर लोध -पशुपति), प्रहृलाद लोध, बिजुली लोध, बाबा र गिरीबाबा छन् ।
हिमाल -१-१५ जेठ) ले माओवादीले स्थानीय जमिन्दारहरूको इशारामा मर्चवार हत्याकाण्ड मच्चाएको समाचार प्रकाशित गरेपछि कथित कारबाहीको विवरण बाहिर आएको हो । उक्त हत्याका लागि वसन्तसहितका माओवादी कार्यकर्ताले भारतमा शरणार्थी जीवन बिताइरहेका जमिन्दारहरू बाट रु.४ लाख लिएको बुझएिको छ । २३ वैशाखमा दलित मुक्ति मोर्चाको नाउँबाट रुपन्देहीमै भएको पण्डित नारायणप्रसाद पोखरेलको हत्यामा पनि ठूलो रकम दिएर माओवादीलाई प्रयोग गरिएको आशङ्का गरिएको थियो । आपराधीकरण ज्यादै बढेको र कसैको भाडाको हत्यारा समेत बन्न पुगेको माओवादी पार्टर्ीी व्यक्तिगत रिसइवी वा पैसाका निम्ति सुराकीको आरोप लगाएर कसैको हत्या गर्नु, अनि त्यही निहुँमा पार्टर्ीीत्र कारबाही शुरु गरी नेतृत्वमा पहुँचको आधारमा कसैलाई सफाया र कसैलाई नाम मात्रको कारबाही गर्ने वा त्यत्तिकै छाडिदिने गरिएका उदाहरण रुपन्देहीमा प्रशस्तै भेटिन्छन् । मर्चवार प्रकरणमा पनि यस्तै भएको छ । र्
मर्चवार घटनाका प्रमुख दोषी वसन्तलाई जम्मा एक हप्ताको 'श्रम शिविर' -पाल्पाको एउटा तालिम केन्द्रमा खाना पकाउने काम) मा पठाइएको थियो भने घटनामा संलग्न नभएका पाचु यादवलाई 'सफाया' गरिएको छ । केही समयअघिको बर्गदवा नरसंहार र नवलपरासी प्रतिकार समिति प्रमुख मुन्ना खाँको हत्याका प्रमुख पात्र र योजनाकार रहेका यादवको माओवादीको रुपन्देही पश्चिमी कमाण्ड इन्चार्ज लेखनाथ भण्डारी -समीर) सँग दर्ुइ महिनाअघि कार्यकर्ता सरुवाका विषयमा ठूलै विवाद भएको थियो । समीरले हाल कारबाहीमा परेका तुफानसहित केही कार्यकर्ताको सरुवा गर्न लाग्दा उनले पार्टर्ीी पहाडियाकरण भयो भनी विरोध जनाएका र १४ जना मधेशी कार्यकर्ताले हतियार फिर्ता गरेका थिए । सो झगडा मिलाउन मधेसी मुक्तिमोर्चाका शर्ीष्ास्थ नेताहरूले निकै कसरत गर्नुपरेको थियो । बर्गदवाबाट छोरीको विवाहमा सिपुवा आएका यादवलाई माओवादीको स्पेशल टास्क फोर्सका सात जनाले हतियार नियन्त्रणमा लिई आधा दर्जन गोली हानेर मारेका थिए । "कसैलाई कारबाही, कसैलाई क्षमा, यो त अन्याय भयो", जोगेन्द्र कहार भन्छन्, "गल्ती गरेको भए जनताकै अघि मारुन् । यसरी कारबाहीका नाममा बिना अपराध र जानकारी अन्याय गर्नुभएन ।"
कारबाहीमा पर्ने वसन्त बाहेकका अरू सबै कार्यकर्ता पार्टर्ीी पहाडीकरण भयो भन्ने समूहका हुन् । अहिलेसम्म तीमध्ये बिजुली लोध मात्रै माओवादी नियन्त्रणमा छन् भने अरू लुकेर बसेका छन् । पार्टर्ीी दिएको पाँच थान ट्वेल्भवोर बन्दुक, चार वटा ग्रिनेड र रु.८ हजार पनि उनीहरूसँगै छ  । मारिएका पाचुलगायत जोगेन्द्र, कमलेश र बिजुली आ-आफ्नो क्षेत्रमा कहलिएका माओवादी कार्यकर्ता हुन् । अर्सइ छविलाल रेग्मीको हत्या गरेर पार्टर्ीी पहुँच बनाएका जोगेन्द्रले केही महिनाअघि व्यक्तिगत रिसइवीबाट मसिना गाविस, महादेवामा तीन दाजुभाइको हत्या गरेका थिए । उनी लुम्बिनी क्षेत्रबाट मात्रै पार्टर्ीी लागि मासिक रु.५० हजार जम्मा गरिदिन्थे  । एक माओवादी कार्यकर्ताका अनुसार, गएको कात्तिकमा मध्यक्षेत्र कमाण्डको विशेष चन्दा अभियानमा त उनले २ नं. इलाकाबाट मात्र रु.१५ लाख उठाइदिएका थिए । हाल कारबाहीमा परेकाहरूमाथि केही दिनअघि माओवादीका स्थानीय कार्यकर्ताद्वारा अपहरित मस्जिदहवाका मानवअधिकारकर्मी अब्दुल्लाह मुसलमानको हत्याको आरोप पनि लगाइएको छ ।
तर एक अर्को सूत्रका अनुसार, माओवादीको दर्ुइ नम्बर इलाका सदस्य एजाज अन्सारी र अब्दुल्लाह मुसलमानबीच लामो समयदेखि स्थानीय हाटसम्बन्धी विवाद चल्दै आएको थियो । आफ्नो खेतमा हाट लगाउँदै आएका अब्दुल्लाहले एजाज माओवादी बनेपछि उनकै धम्कीबाट हाट लगाउन पाएका थिएनन् । पहिला राप्रपाका नेता दीपक बोहराको दायाँ हातका रूपमा चिनिने एजाज आपराधिक पृष्ठभूमिकै व्यक्ति मानिन्छन् । उनकै निर्देशनमा माओवादीले केही समयअघि अब्दुल्लाहको बस जलाइदिनुका साथै मोटरसाइकल नियन्त्रणमा लिएका थिए  । त्यसैले उनको हत्यामा पनि एजाजकै हात हुनसक्ने बताइँदैछ ।

पार्टर्ीीत्रै प्रतिकार
अधिकांश मधेसी कार्यकर्ता कारबाहीमा परेपछि पुनः पार्टर्ीी पहाडियाकरण भएको आरोप लाग्न र मधेशी मुक्तिमोर्चाले केन्द्रीयस्तरबाटै यसको छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ । केही समयअघि रुपन्देही इञ्चार्ज लेखनाथ भण्डारीले सुवेदी थरकी एक महिला कार्यकर्तालाई चन्दाको रकमसहित भगाएर लगेपछि उनको ठाउँमा मदनकुमार चौधरी -जसवन्त) आएका छन् । तर मर्चवार घटनाको वास्तविकता बुझेका जसवन्तले समेत समस्या नबुझििदएको कारबाहीमा परेकाहरूको गुनासो छ । "मधेसी मूलका कार्यकर्ताहरूमाथि पार्टर्ीी सधैँ विभेद हुँदै आएको छ", जोगेन्द्र भन्छन्, "अनुसन्धान टोली खटाएर सत्यतथ्यका आधारमा दोषीलाई कारबाही नगरे हामी प्रतिकारमा उत्रन्छौँ । त्यसपछि मधेसबाटै माओवादी सफाया हुनेछन् ।"
मधेसी मुक्तिमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष विनोद उपाध्याय, केन्द्रीय सदस्य रामलौटन तिवारी, नवलपरासी अध्यक्ष चिनक कर्ुर्मी र कपिलवस्तु अध्यक्ष राजेन्द्र तिवारीले यस क्षेत्रका मधेसीहरूबीच माओवादी सङ्गठन विस्तारमा महत्त्वपर्ूण्ा भूमिका निर्वाह गरेको बताइन्छ । मोर्चाले प्रादेशिक नारा दिएर जोसुकैलाई पनि सदस्यता दिएकोले स्थानीय माओवादीहरूमा आपराधिक प्रवृत्ति चुलिएको छ । शुरुमै क्षेत्रीयतावादी नाराका लोभलाग्दा आश्वासनले तानिएका कार्यकर्ताहरूबीच पहाडे र मधिसे भावना पनि उत्तिकै प्रबल देखिन्छ । कपिलवस्तु र नवलपरासीमा प्रितम पाण्डे र मुन्ना खाँको नेतृत्वमा तयार पारिएको प्रतिकार समूहप्रतिको दृष्टिकोणलाई लिएर सिर्जना भएको आपसी मतभेदले गर्दा समेत थुप्रै माओवादी पार्टर्ीीरित्याग गरेर माओवादीकै विरुद्ध लागेका छन् । अहिले कारबाहीमा परेकाहरूलाई पनि प्रतिकारवालाहरूले यसैगरी प्रयोग गर्नसक्ने सम्भावना छ ।

जेवी पुन


इलामदेखि सिरहाः एउटै समूह

६ असारमा खोटाङको सदरमुकाम दिक्तेलमा भएको माओवादी आक्रमणलगत्तै ८ असारमा भोजपुरको गोगने-पान्धारेमा सुरक्षाफौज र माओवादीबीच अर्को भिडन्त भएको छ । भिडन्तमा ९ सुरक्षाकर्मी र १२ माओवादी मारिएका छन् । पान्धारेबाट अपहरित १५ सुरक्षाकर्मीमध्ये चार जनालाई स्थानीय बासिन्दाको जिम्मा लगाएर ११ जनालाई युद्धबन्दीका रूपमा आफूसँगै लगेको माओवादीको पर्ूर्वी डिभिजनको दाबी छ । दर्ुइ दिनअघिको दिक्तेल आक्रमणमा पाँच सुरक्षाकर्मी मारिएका थिए । भिडन्तमा माओवादीतर्फठूलै क्षति भएको आशङ्का गरिएपनि घटनास्थलमा तीन वटा शव मात्र भेटिएका थिए । माओवादीले दिक्तेलका ११ सरकारी कार्यालय ध्वस्त बनाउनुका साथै जिल्ला कारागार भत्काएर ६६ कैदीलाई आफूसँगै लिएर गएका थिए ।


डम्बरकृष्ण श्रेष्ठ

दिक्तेल र भोजपुर भिडन्तअघि २७ वैशाखमा सिरहा र धनुषाका विभिन्न सुरक्षापोष्टमा भएका आक्रमणमा समेत माओवादीको पर्ूर्वी डिभिजनअर्न्तर्गत रहेका छैटौँ र सातौँ ब्रिगेडको संलग्नता थियो । पर्ूवका धनकुटा, मोरङ, भोजपुर, इलामलगायतका विभिन्न जिल्लामा भएका आक्रमण र भिडन्तमा माओवादीको पर्ूवाञ्चलको सम्पर्ूण्ा शक्ति एकीकृत रूपमा परिचालित भएको पाइएको छ । सिरहा र धनुषामा आक्रमण गर्न संखुवासभा, पाँचथरसम्मका माओवादी पुगेका थिए । माओवादीले पर्ूर्वी क्षेत्रमा ब्रिगेड, बटालियन भनेर आफ्नो धेरै फौज रहेको बताउँदै आएपनि सबै ठाउँ पुगेर लड्ने एउटै समूह भएकाले उनीहरूको सङ्ख्या धेरै नरहेको र पटकपटकका आक्रमणहरूमा उनीहरूले ठूलै क्षति व्यहोरिरहेको सुरक्षास्रोतको दाबी छ । ल

डम्बरकृष्ण श्रेष



को होला यति क्रूर ?

जोसुकैले गरेका हुन्, कैलालीको बनबेहडा आमहत्याले एउटा प्रश्न उठाएको छ- आखिर को होला त्यो हत्यारा जमात, जो यतिविघ्न क्रूर र पाशविक हुनसक्यो  ?
बनबेहडास्थित बडिमालिका सशस्त्र प्रहरी गण नजिकै भाडामा बसेका प्रहरी परिवारमाथि ३० जेठको राति क्रूर आक्रमण भयो । सशस्त्र प्रहरीगणको मुखैबाट अपहरण गरेर एक दूधे बालक, तीन महिला र दर्ुइ आफन्तको क्रूरतापर्ूवक हत्या गरियो -हे. तस्बिर माथि) । यसरी मारिनेमा बडिमालिका गणमा कार्यरत प्रहरी जवानहरू मानबहादुर सिंह र उपेन्द्र ऐरका १९ वषर्ीया श्रीमतीहरू क्रमशः राधादेवी सिंह र दर्ुगादेवी ऐर, केशव सिंहकी २१ वषर्ीया श्रीमती लक्ष्मी देवी सिंह र उनका एक वषर्ीय छोरा दीपेन्द्र छन् । त्यसैगरी प्रहरी हवल्दार धर्म विकका आफन्त गणेश विक र प्रेम भूल पनि मारिएका छन् ।
कैलालीको चौमाला गाविस-८, बनबेहडामा सशस्त्र प्रहरी बल, बडिमालिका गणको दक्षिणतिर सानो बस्ती छ, जहाँ सुरक्षाकर्मीका ५८ परिवार डेरा गरेर बस्छन् । सोमवार राति करीब १२ बजेतिर सबै मस्त निन्द्रामा रहेको अवस्थामा दक्षिणतिरबाट १०-१२ जनाको सशस्त्र जत्था त्यो बस्तीमा प्रवेश गर्‍यो, मध्यरातमा घर घेराउ गरेर सुतेकाहरूलाई उठायो र एक वर्षो बच्चाकी आमासहित सातजनालाई नजिकैको जङ्गलतिर लग्यो । अपहरणकारीबाट जोगिएकी एक स्थानीय महिला भन्छिन्, "उनीहरू सानो झयालबाट र्टच बालेर मेरो कोठमा पनि भित्र कोही छ भन्दै थिए, म खाटमुनि पल्टिएर जोगिएँ ।"


कर्ण्र् बोहरा

भोलिपल्ट ३१ जेठमा बच्चासहित ६ जनाको बीभत्स लाश नजिकैको जङ्गलमा भेटियो । जङ्गलको त्यो दृश्य एकदमै डरलाग्दो थियो- एक वषर्ीय शिशु दीपेन्द्रको शव रूखको फेदमा मर्ूर्ति झैँ राखिएको थियो । उसको घाँटीको रुद्रघण्टी रेटिएको, भालाले घोपिएर पेट क्षतविक्षत भएको र आन्द्राभुँडी बाहिर निस्केको थियो । यसको केही पर आमा लक्ष्मीको शव थियो । त्यसको ३०-४० मिटर पर राधादेवीको लाश थियो भने त्यसैको अलिक पर बाँकी तीन लाशहरू थिए । सबैको घाँटी रेटिएको र पैतालासम्म भालाले अनगिन्ती ठाउँमा घोपिएको थियो । राधादेवीको तल्लो अङ्ग निर्वस्त्र थियो । अन्य महिलाको पनि शरीरको तल्लो बस्त्र च्यातिएको थियो । हात, खुट्टा र मुख दुपट्टा, च्यातिएका कपडा र बेल्टले बाँधिएका थिए । महिलाका शरीरमा सुनका गहना भने यथावत् थिए । स्थिति यति कारुणिक थियो कि यो देख्ने मानिसहर्रूर् इश्वर मात्रै गुहारिरहेका थिए । स्थानीय ६८ वषर्ीय प्रेमबहादुर भन्छन्, "यस्तो दर्ुगति कहिल्यै देख्नु नपरोस् ।"


कर्ण्र् बोहरा

बनबेहडाबासीहरू यो घटनालाई इराकमा अघिल्लो वर्षभएको १२ जना नेपालीको नृशंस हत्यासँग तुलना गर्छन् । घटनाको तत्कालपछि प्रायः सबै अखबारहरूले माओवादीलाई त्यसको दोषी ठहर्‍याए । स्थानीय, राष्ट्रिय र अन्तर्रर्ााटय संघ-सस्थाले घटनाप्रति चासो लिँदै कडा शब्दमा भर्त्सना गरे । तर १ असार दिउँसो माओवादीको पश्चिम डिभिजन कमाण्डर प्रभाकरको सो घटनामा आफ्नो पार्टर्ीीे संलग्नता नरहेको भन्ने विज्ञप्ति आयो । घटनालाई र्'बर्बर' र 'पाशविक' भनिएको प्रभाकरको विज्ञप्तिमा आफ्नो पार्टर्ीी महिला र बालकको हत्या गर्ने कुरा सोच्न पनि नसक्ने उल्लेख गर्दै यो घटनालाई 'सुरक्षा निकाय भित्रको अन्तरकलहको उपज' भएको दाबी गरिएको छ । त्यसै दिन माओवादीका कैलाली सेक्रेटरी उत्सवले पनि त्यो घटनामा आफ्नो पार्टर्ीीे कुनै पनि संलग्नता नरहेको दाबी गर्दै विज्ञप्ति जारी गरेका छन् ।
वक्तव्यबाजीपछि घटनाले नयाँ मोड लिएको देखिए पनि यत्तिकै भरमा माओवादीले उन्मुक्ति पाउने अवस्था भने छैन । अहिले घटनाको गहन छानबिन हुनुपर्ने माग उठिरहेको छ । छानबिन गर्न मानवअधिकार आयोग, स्वतन्त्र मानवअधिकारकर्मीहरू, काठमाडौँस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको टोलीलगायतले कैलालीको स्थलगत भ्रमण गरेका छन् ।
घटनाको प्रकृति र अहिलेसम्मका तथ्यहरूले माओवादी नै प्रमुख दोषी भएको मानव अधिकारवादीहरूले बताएका छन् । इन्सेकका अध्यक्ष सुबोध प्याकुरेल र सिविनका अध्यक्ष गौरी प्रधानले ३ असारमा घटनास्थलको अवलोकन गरेपछि पत्रकारहरूलाई भनेका थिए, "तथ्यहरूले घटनामा माओवादीलाई नै दोषी देखाएका छन् । माओवादीले आफ्नो संलग्नता नरहेको भनेर मात्र पुग्दैन, उनीहरू स्वयंले नै त्यसको पुष्टि पनि गर्नुपर्दछ ।" सशस्त्र प्रहरी बलका वैद्यनाथ वाहिनीपति नारायणराज पाण्डे भन्छन्, "यस्तो बीभत्स हत्या गर्नुपर्ने अरू कुनै कारण हुनै सक्दैन ।"
बनबेहडामा भएको पाशविक हत्याकाण्डको कसैले पनि जिम्मेवारी नलिएपछि स्थिति झन् झन् त्रासपर्ूण्ा हुँदै गएको छ । कैलालीवासीहरू फेरि प्रश्न गर्छन्- आखिर कसले गर्‍यो त यो हत्या - को होला यति क्रूर -

मनमोहन स्वाँर, धनगढी