रिपोर्ट | माडी
नरसंहार
क्याब्बात माडीबासी !
माओवादीले चितवनमा र्सार्वजनिक बसलाई धरापमा
पारेपछि माडीका स्कूले विद्यार्थी र महिलाहरूले समयमै त्यहाँ पुगेर
साहसपर्ूवक उद्धार नगरेका भए त्यहाँ ३८ वटाभन्दा बढी लाश गन्नुपथ्र्यो
।
एकल सिलवाल/कृष्ण गिरी
२३ जेठ बिहान ८ः१० बजे स्कूल पढ्दै गरेका हरिनगर निम्न
माध्यामिक विद्यालयका एक हुल विद्यार्थी बम पड्केको ठूलो आवाज र आकाशमा
उठेको धुवाँको मुस्लो पछ्याउँदै दर्ुइ किलोमिटर दौडिएर बाँदरमूढे खोला
पुगे । उनीहरू त्यहाँ पुग्दा बस कच्याककुचुक भएर पल्टिएको थियो । यात्रुका
लाश जताततै छरिएका थिए । घाइतेहरूको रगत बगिरहेको थियो । तर सबैलाई
स्तब्ध पार्ने यस्ता दृश्य देखेर पनि ती विद्यार्थीहरू अलमलिएनन् ।
बरु तत्काल आफ्नो काम थाले । "सबैभन्दा पहिले घाइतेका हातगोडा
उचालेर उनीहरूको मुटुभन्दा माथि पुर्यायौँ । उनीहरूकै कपडा च्यातेर
पट्टी बाँधी रगत बग्न रोक्यौँ", कक्षा ८ का विद्यार्थी तथा जुनियर
रेडक्रस र्सकलका कोषाध्यक्ष अमृत गायक भन्छन् ।
१२ जना सैनिकमाथि हमला गर्न डेढसय यात्रुले खचाखच बसलाई
माओवादीले कल्याणपुर गाविसको बाँदरमूढे खोलामा बमले उडाएपछि अमृतजस्ता
२०-२५ जना स्कुले विद्यार्थीहरू उद्धारमा खटिएका थिए । "सबै मिलेर
१०-१२ जना घाइतेलाई उचाली गोरुगाडा, टयाक्टर र एम्बुलेन्समा राखेर
स्वास्थ्यकेन्द्र पठायौँ", उनका साथी रमेश घिमिरे भन्छन् ।
विद्यार्थीहरूले घटनास्थलको सुरक्षाको बन्दोबस्त पनि गरेका थिए । उनीहरू
त्यहाँ पुग्नेबित्तिकै कोही घाइतेकोे उद्धार गर्नतिर लागे भने कसैले
डोरी टाँगेर घटनास्थल वरपर घेरा बनाए । "घाइते र मृतकका पैसा,
गरगहना र अरू सामान हराउन नपाओस् भनेर त्यस्तो घेरा बनाएका थियौँ",
अमृत भन्छन् ।
त्यति नै बेला घटनास्थलभन्दा तीन किलोमिटर पश्चिमको
माडी मावि, बसन्तपुरका विद्यार्थी पनि रेडक्रसको झण्डा बोकेर आइपुगे
। "नियन्त्रित रेखाभित्र रेडक्रसको झण्डा गाडेर मन दह्रो बनाउँदै
हामी पनि घाइतेको उद्धारमा लाग्यौँ । अन्तका यस्ता घटना देख्दा त्यहीँ
ढलिएला जस्तो लाग्थ्यो, तर यहाँ हामी कसैको पनि मन कमजोर भएन",
जुनियर रेडक्रस र्सकलका अध्यक्ष हरिकृष्ण लामिछाने भन्छन् ।
घटनास्थलमा छरिएका बन्दुक, पेस्तोल र गोलीहरू देख्दा विद्यार्थीहरू
शुरुमा डराएका थिए । तर ती सामान बसमा चढेका सैनिकका हुन् भन्ने थाहा
पाएपछि उनीहरूले सबै सामान टिपटाप पारे र सय मिटर जति पर सिसौको फेदमा
बसिरहेका पाँचजना सैनिकलाई बोलाएर जिम्मा लगाए । मरेका तीन जना र घाइते
चारजना सिपाहीका हतियार बुझने ती सैनिक घटनामा सकुशल रहेका थिए ।
घाइतेहरूको उद्धार गरिसकेपछि पनि विद्यार्थीहरू चुपचाप बसेनन् । उनीहरूले
बसन्तपुरको प्राथमिक स्वास्थ्यचौकीमा पुर्याइएका घाइतेहरूलाई ग्लुकोज
पानी खुवाउने र मलहमपट्टी गर्ने काममा माडीका स्वास्थ्यकर्मी, औषधि
व्यवसायी र गाउँले युवालाई सहयोग गरे ।
यी विद्यार्थीहरूले विगत चारवर्षेखि मानव तथा प्रकृतिजन्य प्रकोपका
बेलामा के गर्ने भन्ने विषयमा तालिम लिएका थिए । बाँदरमूढेमा उनीहरूले
त्यो तालिमको सदुपयोग गरे । "हरेक वर्षएक-एक दिन लिएको तालिमका
भरमा विद्यार्थीहरूले विपत्तिको साह्रै राम्रो व्यवस्थापन गरे । यस्तो
तालिम सबै ठाउँका विद्यार्थीलाई दिइराख्नुपर्ने रहेछ", स्थानीय
शिक्षक तथा सो तालिमका प्रशिक्षक रामकृष्ण अधिकारी भन्छन् ।

बाँदरमूढे घटनाको लगत्तै घाइतेहरूको रगत पुछ्न
पुगेका हरिनगर निमाविका विद्यार्थी अमृत गायक र उनका साथी । |
बाँदरमूढेमा स्कूले छात्रादेखि गृहिणी र वृद्धासम्मले
अदम्य साहस देखाएका थिए । खेतालालाई खाजापानी लिएर त्यही बाटो खेततिर
गइरहेकी ५५ वषर्ीया विष्णुमाया पौडेलले विपत्ति देखेपछि खेतालालाई
लगेको पानी घाइतेहरूलाई खुवाइन् । बालुवामा लडिरहेका घाइतेको हुलमा
आफ्नै छोरार् इश्वरी र बुहारी भुवनशान्तिलाई पनि देखेपछि उनी झस्किएकी
थिइन् । तर दुवैलाई चोट नलागेको देखेर छोराबुहारीलाई घर पर्ठाई आफू
चाहिँ घाइते बालबालिकाको उद्धार गर्नतिर लागिन् । "होशमा आएर
उहाँले लगेको पानी खाएपछि हामी घर फर्कियौँ । आमा चाहिँ घाइते हुँदा
दिशापिशाव निस्किएका बच्चाहरूको जीउ सफा गर्दै हुनुहुन्थ्यो । थुप्रैको
स्याहारसुसार गरेर दिउँसो मात्र घर र्फकनुभयो", विष्णुमायाकी
बुहारी भुवनशान्ति भन्छिन् ।
लाशहरूले पुरिएर बेहोश भएकी भुवनशान्ति आफैँले पनि होशमा र्फकनासाथ
कृष्णनगरका एक बालक र बायाँतर्फो बालुवामा छट्पटाइरहेकी भाउजू सीता
सुवेदीलाई पानी खुवाएकी थिइन् । दाजु आत्मारामलाई पानी खुवाउन खोजी
गर्दा उनी भेटिएनन्् । आत्मारामको पहिल्यै ज्यान गइसकेको थियो ।
माडीका अरू मानिस पनि सबैथोक बिर्सिएर घाइतेको ज्यान बचाउन लागेका
थिए । त्यस दिन प्राथमिक स्वास्थ्य चौकी बसन्तपुरको सबै औषधि सकिएको
थियो । सामुदायिक औषधि कार्यक्रमअर्न्तर्गत बिक्रीका लागि राखिएको
पाँच हजार रुपैयाँ बराबरको औषधि नसकियुञ्जेल प्रयोग भयो । यहाँको स्वास्थ्यकेन्द्रमा
सुत्केरी महिला वा बेहोश भएका बिरामीलाई चाहिने डीएनएस स्लाइन र झाडापखालाका
रोगीलाई आवश्यक पर्ने नर्मल स्लाइन अहिलेसम्म पनि छैन । "स्वास्थ्यकेन्द्रमा
औषधि सकिएपछि नजिकको औषधि पसलबाट दश वटा पेनकिलर र्सर्ुइ र सिरिञ्जहरू
किनेँ", राष्ट्रिय प्राथमिक विद्यालय स्रि्रौनी, गर्दीका शिक्षक
शिव सापकोटा सुनाउँछन् । उनका अनुसार उद्धारका बेला अन्तिम अवस्थामा
पुगेका घाइतेलाई पनि बराबर महत्त्वका साथ बचाउने प्रयास भएको थियो
। नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा माडीका सभापति छविलाल भट्टर्राई
त्यस दिनको दृश्य सम्झँदै भन्छन्, "खाल्डैखाल्डा भएको कच्ची बाटोमा
नौ वटा एम्बुलेन्स साइरन बजाउँदै दिनभर कुदे । खाँदाखाँदैको गाँस छाडेर
उद्धारमा हिँडेकाहरू बेलुकासम्म खटिए । कसैले धर्ैय गुमाएनन् ।"
स्कूले विद्यार्थी, रेडक्रसकर्मी, स्थानीय क्लबका युवा, गृहिणी, बटुवा
र वृद्धवृद्धा सबैको संयमले माडी नरसंहारका बेलामा मानवताको दियो जगायो
। माडीबासीले आपत्कालीन उद्धारमा देखाएको यो साहसलाई अन्तर्रर्ााट्रय
रेडक्रस -आईसीआरसी) ले अनुकरणीय नमूना भनी प्रशंसा गरेको छ । "यति
ठूलो विपत्तिमा पनि माडीका स्वयंसेवकहरूले धर्ैय नगुमाई गरेको सङ्गठित
उद्धारबाट आईसीआरसी निकै प्रभावित भएको पाएका छौँ । सरसामान हराउन
नदिन तत्काल घटनास्थल घेराबन्दी गर्ने र बीभत्स लाशहरू छोपेर स्वस्थ
मनस्थिति खल्बलिन नदिने बालबालिका तथा महिलाहरूको परिपक्व कदम संयमका
उदाहरणीय नमूनाहरू हुन्", नेपाल रेडक्रस सोसाइटीका सूचना अधिकृत
खेम अर्याल भन्छन् ।
माडीवासीहरूले बाँदरमूढेको नरसंहार रोक्न सक्दैनथे । तर घटनाको लगत्तै
उद्धारमा खटिएर उनीहरूले नरसंहारको आकारलाई बढ्न दिएनन् । माओवादीहरूले
मानवता गुमाएका बेलामा उनीहरूले मानवीय धर्म निर्वाह गरेर देखाए ।
एकोहोरो पानी पानी भनिरहेका
थिए
बम पड्केको दर्ुइ मिनेटपछि नै घटनास्थल पुगेँ । हामीभन्दा
पहिले पुगेका मान्छेले बसमा च्यापिएका तीन जना घाइतेलाई मात्र निकाल्न
भ्याएका थिए । बसभित्र भएकाहरू कोही सिटले र कोही झोलाले च्यापिएका
थिए । धरैजसो बेहोश थिए । बोल्नेले एकोहोरो 'पानी, पानी' भनिरहेका
थिए । शुरुमा देख्दा के गरौँ, कसो गरौँ भयो । समूहमा बाँडिएर कसैले
एम्बुलेन्सलाई खबर गर्ने र कसैले बसमा अड्किएका घाइतेहरूलाई तानेर
निकाल्ने गर्न थाल्यौँ ।
शुरुमा उद्धारमा खटिने महिला म मात्रै थिएँ । १५ मिनेटपछि कल्याणपुरबाट
शान्ति कोइराला र आधा घण्टापछि बसन्तपुरबाट सविता बराल थपिएपछि अझ
बल मिल्यो । हामीले घाइतेहरूलाई उठाएर स्वास्थ्यकेन्द्रतिर पठायौँ,
पानी खुवायौँ । अनि घाइते र उद्धारकर्मी बाहेक अरूलाई रोकेर सामानको
सुरक्षा गर्यौँ । एक जनाले सैनिकको परिचय दिएर घटनास्थलमा फ्याँकिएको
एउटा झोलाबाट प्वालैप्वाल भएको बन्दुक निकालेर लगेका थिए ।
सोमा दवाडी, शिक्षिका,
दिव्यकालिका बोर्डिङ स्कूल, कल्याणपुर
पाँच-छ लाशमा
हातखुट्टा नै थिएनन्
 |
पहिले टायर पड्केजस्तो
लाग्यो । पछि बाँदरमूढे खोलामा बस एम्बुसमा परेर थुप्रै मान्छे यत्रतत्र
छरिएका छन् भन्ने खबर आयो । अनि उतै दगुरेँ । मसँगै गएका अरू कति दिदीबहिनीहरू
हर्ेन नसकेर घटनास्थलभन्दा वरै बसे, मुख छोपेर रुन थाले । म चाहिँ सरासर
ध्वस्त बस नजिक पुगेँ । सबैभन्दा पहिले ५०-५५ वर्षी घाइते महिलालाई उठाएर
उपचारका लागि गाडामा राखी पठाएँ ।
थुप्रै लाशहरू लडिरहेका थिए । पाँच-छ वटा लाशका हातखुट्टा थिएनन् । तात्तातै
लाश देख्नेको मनस्थिति ब्रि्रन्छ भन्ने ठानेर त्यस्ता लाशहरूलाई कपडाले
छोपिदिएँ । अनि लाश चिन्नतिर नलागेर पहिले जीवित मान्छे खोज्नपट्ट िलागेँ
। एउटा बच्चा चालकको सिटभन्दा पछाडि दुवै खुट्टा च्यापिएर रोइरहेको रहेछ
। साथी खोजेर दर्ुइ-तीन जना भई उसलाई निकाल्यौँ । अर्को त्यस्तै बच्चालाई
जीवित ठानेर उठाउँदा उसको हातखुट्टै रहेनछ ।
मैले गएको वैशाखमा मात्रै भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीले आयोजना
गरेको प्रकोप व्यवस्थापन तथा रोकथाममा महिला नेतृत्व विषयक तालिम लिएकी
हुनाले कत्ति पनि विचलित नभइकन उद्धारको काम गर्न सकेँ । यस्ता घटना
भएका ठाउँमा गोठाला, घाँसपानी र मेलापात गर्न हिँडेका महिलाहरू नै पहिले
पुग्छन् । त्यसकारण हिंसाग्रस्त क्षेत्रका अरू महिलाहरूलाई पनि मैले
लिएको जस्तो तालिम दिनर्ुपर्छ ।
सविता बराल, सदस्य, नेपाल रेडक्रस सोसाइटी
सहयोग समिति बघौडा, माडी |