| रमझम

निकी कार्की
टेन प्लस टुमा अध्ययनरत निकी बास्केटबलकी खेलाडी
हुन् । मोडलिङ र यात्रालाई उनी उमेरजन्य शोख मान्छिन् । मोडलिङमा नाम
र ख्याति कमाउने उनको रहर छ ।
तस्बिर/शृङ्गारः डीजी प्लस, काठमाडौं
पहिरनः गसिप, तेस्रो तल्ला विशालबजार, काठमाडौँ
माइती३र | पल्टाउनै पर्ने इतिहास
व्यावसायिक नेपाली सिनेमाको प्रारम्भबिन्दु
मानिएको माइतीघर नयाँ सिनेकर्मीहरूका लागि एकादेशको कथा बनिसकेको छ
।
 |
सत्ताइस वषर्ीय भन्सार अधिकृत सीपी लोहनीले 'माइतीघर'को
नायक बनँूला भनेर कल्पनै गरेका थिएनन् । सिनेमामा लोकगीत गाउन उनी
प्रदीप रिमाल, प्रेमध्वज र हर्षडङ्गोलसँगै मुर्म्बई पुगेका थिए । तर
फकर्ँदा सिने-नायक भएर फर्किए । शुरुमा नायक छानिएका लखनऊ निवासी भानुकुमारले
निर्माता नरशम्शेरलाई सघाउनेबाहेकको कुनै भूमिकै पाएनन् ।
चर्चित नृत्यनिर्देशक गोपीकृष्ण, त्यतिबेला मुर्म्बईमा सङ्र्घष्ारत
बीएस थापा, किशोर तिमिल्सिना, गोपाल भुटानीहरू नेपाली फिल्म बनाउने
कल्पना गरिरहन्थे । माला सिन्हासमेत 'हो त नि, गर्नुपर्छ तर कथा नै
छैन' भनिरहन्थिन् । कुरैकुरामा बीएसले कथा लेखे । खेलिदिने अनुरोधसहित
समूह नै मालाकहाँ पुग्यो । 'नयाँ जमाना', 'धूल कि फूल,' 'प्यासा' जस्ता
फिल्मबाट ख्यातिको शिखर पुगेकी मालाले नमान्लिन् कि भन्ने आशङ्का थियो
तर उनले
'वाह ! म गरिहाल्छु नि' भन्दै सबैलाई हौस्याइन् । यता, काठमाडौँमा
नरशमशेर जबरा र डा. जोगेन्द्र झा लगानी गर्न तयार भए । कम्पनी दर्ता
भयो - सुमनाञ्जलि फिल्मस् । कथा सुन्नासाथ साहित्यकार शङ्कर लामिछानेले
शर्ीष्ाक जुराइदिए- माइतीघर । बबरमहलछेउको डाँडामा कार्यालय खुल्यो
। पर्खालमा ठूलो अक्षरले 'माइतीघर' लेखियो । बसबाट क्याम्पस जाने केटीहरूलाई
सहयात्रीहरूले 'ऊ, तिमीहरूको माइतीघर आयो' भनेर जिस्क्याउँदा जिस्क्याउँदै
ठाउँको नाम नै माइतीघर बन्यो ।
मुर्म्बईमै मुहर्ूत भयो । केही दृश्य खिच्न काठमाडौँ र पोखराका 'लोकेशन'
छानिए । छायाङ्कनका लागि प्राविधिक र सबै सामग्री संयन्त्र मुर्म्बईबाटै
ल्याइयो, ट्रली-जेनेरेटरसमेत । पहिलो दिन काठमाडौँको सर्वोच्च अदालतअगाडि
फिल्मको अन्तिम दृश्यको छायाङ्कन थियो, मालालाई हर्ेर्नेहरूको भीड
अनियन्त्रित भएपछि लाठीचार्ज नै गर्नु पर्यो । डकोटा प्लेन चढेर निर्माणटोली
पोखरा पुग्यो । त्यहाँ शर्ीष्ा गीत 'यो हो मेरो प्राणभन्दा प्यारो',
एउटा कर्ीतन अनि 'नमान लाज यसरी' बोलको गीत छायाङ्कन गरियो । विवाह
र केही खुद्रे दृश्यसमेत खिचेपछि काठमाडौँ फर्किएको टोलीले करीब दर्ुइ
साता लगाएर त्रिचन्द्र, अस्कल क्याम्पस, पारस होटललगायतको आउटडोर छायाङ्कन
सक्यो । नेपालगञ्ज, पोखरा र त्रिचन्द्र कलेजपरिसरको सांस्कृतिक कार्यक्रमलगायतका
थुप्रै दृश्य सेट बनाएर मुर्म्बईमै खिचिएको बताउँछन् सहनिर्माता तथा
माइतीघर निर्माणका सूत्रधार किशोर तिमिल्सिना ।
 |
तिमिल्सिनाका अनुसार, मुर्म्बईमा माला सिन्हाको फर्ुसद
हर्ेर्दै शुटिङको तिथि तय गरिन्थ्यो । मालाले पटक-पटक गरेर करीब ४०
दिन समय निकालिन् र मुर्म्बईबासी नेपालीहरूले दिनरात मेहनत गरे । जयदेवले
नेपालीको मन जित्ने गरी सङ्गीत दिए । मन्नाडे, आशा भोस्ले, उषा मङ्गेस्कर,
गीता दत्तले निःशुल्क गाइदिए । दार्जीलिङबाट झकिाइएकी अरुणा लामाले
रेकर्डिङकै बेला छोरी जन्माइन् । मबीबी शाहरचित 'तिमीलाई लाख लाख वन्दना'
फिल्मको छायाङ्कन सकिएपछि मात्र रर्ेकर्ड गरिएको थियो, जसलाई लता मङ्गेस्करले
निःशुल्क गाइदिइन् ।
पर्ूण्ा कथानक पहिलो नेपाली फिल्म बनाउने मुर्म्बईबासी नेपालीहरूको
प्रयासलाई सुनीलदत्त, राजेन्द्रनाथजस्ता भारतीय कलाकारले समेत अतिथि
भूमिकामा उभिएर हौसला दिए । कलानिर्देशक शान्तिदासको कुशलताले त कमालै
गर्यो । उनले मुर्म्बईका स्टुडियोहरूमा नेपाली घरबैठक, सभाकक्षहरूको
हुबहु प्रतिरुप तयार गरे, बिना पारिश्रमिक । नेपालगञ्जको वादी बस्तीको
दृश्य, अदालतभित्रको बहस, 'काला कर्ुर्तैले' गीतको छायाङ्कन हर्ेदा
मुर्म्बईमा खिचिएको भनेर पत्याउन गाह्रो पर्छ ।
वि.सं. २०२१ मा सुरसार गरेर २०२२ मा छायाङ्कन र १ पुस २०२३ मा पाटनको
अशोक सिनेमा हलमा प्रथम पर््रदर्शन भएको 'माइतीघर' नेपाली व्यावसायिक
सिनेमाको आधारस्तम्भ मात्रै बनेन, धेरै कलाकारका निम्ति सिने-करिअरको
पर्ूवाधार बन्यो । फिल्ममा जनार्दन सम डाक्टरको भूमिकामा देखा परे,
यादव खरेल नायकका साथी । श्रीधर खनाल, टीकाभूषण दाहालले निर्देशक बीएस
थापासँगै सम्वाद लेखे । टीकाभूषण, यामबहादुर, केशव राना, विनय शर्मा,
सुनीता रेग्मी, यदुकुमारी, रतन गुरुङ लगायत धेरै नेपालीले सिने-अभिनयको
स्वाद चाखे । नेपाली झण्डा उठाउँदै पसिना पसिना भएर नाचिरहेका गोपीकृष्णलाई
पछ्याउँदै वसन्तजङ्ग रायमाझीले नृत्यनिर्देशनको करिअर शुरु गरे । किरण
खरेलको गीतियात्राले ठूलै उँचाइ भेट्यो । २७ वर्षो उमेरमै माइतीघर
जस्तो ऐतिहासिक उपहार लिएर नेपाल फर्किएका किशोर तिमिल्सिनाले पछि
हरेरामहरेकृष्ण, महान, जोनी मेरा नाम, आँधीतुफान लगायतका हिन्दी सिनेमाको
निर्माण-नियन्त्रणको जिम्मेवारी निर्वाह गरे । नौ लाख रुपैयाँको लागतमा
त्यो इतिहास बनेको जानकारी दिँदै किशोर भन्छन्, "माइतीघर अहिले
मेरै स्वामित्वमा छ ।"
बीएस थापाले माइतीघर कै कथावस्तुमा लक्ष्मी नामको हिन्दी फिल्मसमेत
बनाएका थिए, जसले अपेक्षित सफलता पाएन । तर, उनले माइतीघर कै अनुभवको
उपयोग गर्दै धेरै भारतीय सिनेमाको निर्देशन गरे । माला सिन्हाले दोहोर्याएर
नेपाली फिल्म खेल्न भ्याइनन्, उनीकहाँ उपयुक्त प्रस्तावसमेत पुगेनन्
। माइतीघर मा श्रीमान् र छोराको दोहोरो भूमिका निर्वाह गरेका सीपीलाई
जीवनसँगी बनाएपछि नेपाल र नेपालीसँग उनको आत्मीयता बढ्यो । सीपी-मालाको
पिरती गाँसिदिने सूत्रसमेत बनेको थियो त्यो फिल्म । यसका तन्नेरी अभियन्ताहरू
अहिले जीवनको उत्तर्रार्द्धमा छन्, कति त बितिसके । व्यावसायिक नेपाली
फिल्मको प्रारम्भबिन्दु मानिएको यो सिर्जना झण्डैझण्डै मिथक नै बनिसकेको
छ, धेरैका लागि एकादेशको कथा । त्यसलाई फेरि एकपटक, संभवतः दर्ुइ,
तीन हप्ताभित्रै र्सार्वजनिक गर्ने योजनामा
छन् किशोर तिमिल्सिना । भन्छन्, "धेरै दृष्टिले नयाँ सिनेकर्मीहरूका
लागि मार्गदर्शक बन्न सक्छ यो सिनेमा र दर्शकहरूका लागि एउटा पृथक्
स्वाद ।" नेपाली सिने-इतिहास बुझन, बचाउन चाहनेहरूका लागि समेत
यो एउटा उत्तम अवसर हुनसक्छ ।
पेशल
ऐना हर्ेर्ने अवसर
चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारसम्बन्धी
अवधारणा र्सार्वजनिक गरेको तीन वर्षछि यही असारको अन्तिम साता 'राष्ट्रिय
चलचित्र महोत्सव २०६२' आयोजना गर्ने घोषणा गरेको छ । १९ माघ २०५९ मा
प्रस्तुत अवधारणापत्रमा 'बितेका दशकमा नेपाली सिनेमामा सबैभन्दा विवादको
विषय चलचित्र पुरस्कार नै रहेको' निष्कर्षनिकाल्ने बोर्ड आफैँले अहिले
चलचित्र पुरस्कार दिने तयारी गरिरहेको छ । प्रश्न यथावत् छ- यसका पुरस्कारहरू
चाहिँ कति विवादमुक्त होलान् ?
 |
बोर्डले महोत्सवको सर्न्दर्भमा दिइने राष्ट्रिय चलचित्र
पुरस्कारलाई विभिन्न सीमा र उद्देश्यमा विभाजन गरेको छ । बोर्डका पर्ूव
अध्यक्ष यादव खरेल, लेखक नयनराज पाण्डे, सङ्गीतकार चन्द्रराज शर्मा,
छायाँकार श्याममोहन श्रेष्ठ र नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति
डा. वासुदेव त्रिपाठीको संयोजकत्वमा विभिन्न विधाका छुट्टाछुट्टै पुरस्कार
समिति गठन भएका छन् । सम्बन्धित विधाका व्यक्तिहरूलाई नै प्रथम चरणको
छनौट समितिमा राखिएकाले निर्ण्र्ाापहिलेभन्दा राम्रो हुने आशा गरिए
पनि दर्जनौँ विधामा विभाजित सम्मानहरूले राष्ट्रिय पुरस्कारको गरिमा
धान्न सक्छन्-सक्तैनन्, भन्न गाह्रो छ ।
नेपाली चलचित्रको प्रारम्भदेखि २०६० सालसम्मका नेपाली सिनेमालार्इर्र्पाँच
वा दशवर्षो चरणहरूमा विभाजन गरी विधागत प्रतिस्पर्धामार्फ् 'सर्वोत्कृष्ट
पुरस्कार' दिने बोर्डको योजना छ । यसका पछाडि 'एकैचोटि सबैलाई पुरस्कार
दिने' मानसिकताले समेत काम गरेको हुनसक्छ । २०६१ मा प्रदर्शित ४५ चलचित्रबीच
छुट्टै प्रतिस्पर्धा हुने भएको छ । सोही वर्षप्रदर्शित 'नुमाफुङ'का
निर्माता छविलाल लिम्बूले भने आफ्नो सिनेमालाई 'क्रिटिक्स अवार्ड'मा
मात्र सामेल गर्न अनुरोध गरेका छन् । बोर्डको स्वीकृतिपछि नुमाफुङ
बाँकी प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
केही महिनाअघि बोर्डद्वारा आयोजित छलफलमा महोत्सवमा सहभागी चलचित्रहरूको
कुनै विधामा राष्ट्रिय पुरस्कार पाउन लायकको काम नदेखिएमा त्यस्तो
विधामा पुरस्कार खाली राख्नुपर्ने, सबैको चित्त बुझाउनर्ैपर्छ भन्ने
मानसिकता त्यागेर सकेसम्म थोरै विधामा तर गरिमामय पुरस्कारको स्थापना
हुनुपर्ने, स्वदेशभित्रै बनेका डकुमेन्ट्री फिल्महरूलाई समेत पुरस्कृत
गरिनुपर्ने साझा सुझाव आएका थिए तर तिनलाई ख्याल गरेको अद्यापि देखिएको
छैन । महोत्सव विशेष र र्सवग्राहृय हुनुपर्ने सुझाव दिँदै वरिष्ठ चलचित्रकर्मी
चेतन कार्की भन्छन्, "विकास बोर्डले गर्ने महोत्सव अरूले गरेको
भन्दा फरक हुनर्ुपर्छ । गुणदोष केलाउने क्रममा विरोधका लागि विरोध
मात्रै पनि गर्नुहुँदैन । यो सुखद सुरुआत हो । यसलाई सकारात्मक सहयोग
गर्नुपर्छ ।"
अहिले देशका चलचित्र हलहरू धमाधम बन्द हुने क्रममा छन्, वर्षा मुश्किलले
तीन दर्जन चलचित्र बनिरहेका छन् । स्थापित कलाकारहरू समेत पलायन हुने
क्रम बढ्दो छ । ३५ मी.मी.मा बन्ने नेपाली चलचित्र बजेट घटाउने ध्येयले
डिजिटल प्रविधिका नाममा भिडियो फर्म्याटमा बन्न थालेका छन् । उद्योगको
अवस्था दिनप्रतिदिन खस्कँदो छ । यो अवस्थामा हुन लागेको महोत्सव चलचित्रकर्मीहरूमाझ
आशाको किरण बनेको छ र धेरैले ऐनामा आफ्नो वास्तविक अनुहार हर्ेर्ने
अवसरका रूपमा समेत यसलाई लिएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष
शम्भुजित बाँस्कोटा भन्छन्, "धरायसी बन्न लागेको नेपाली चलचित्र
उद्योगको सर्म्वर्द्धनको दिशामा पनि यसले सञ्जीवनीको काम गर्न सक्छ
।"
साताव्यापी महोत्सवको अवसरका पाँचै विकास क्षेत्रमा नेपाली चलचित्रको
पर््रदर्शनी, चलचित्रसम्बन्धी निबन्ध, चित्रकला, हाजिरीजवाफ प्रतियोगिताका
साथै अन्तरक्रिया, गोष्ठी, सांस्कृतिक गतिविधि पनि आयोजना हुँदैछन्
। र, नेपालसँग विशेष आत्मीयता देखाउने बलिउडका सिनेकर्मी देवानन्दलाई
'फिल्म एक्सिलेन्सी अनर अफ नेपाल' द्वारा सम्मान गरिने विशेष कार्यक्रम
पनि छ । महोत्सवले नेपाली चलचित्रलाई परिवर्तनमुखी, सिर्जनात्मक र
प्राज्ञिक बन्न प्रेरित गर्ने धेरैको अपेक्षा छ । सँगसँगै शङ्का पनि
छ- हरेक कार्यक्रम र प्रतियोगिताका शर्ीष्ाकहरूमा समेत राजसंस्था जोड्न
रुचाउने आयोजकहरूले चाकडी र व्यक्ति वा संस्थापूजाका रूपमा यो बृहत्
अवसरको दुरुपयोग गर्ने त हैनन् -
कृष्ण शाह यात्री
रमझम/सङ्गीत
चेतनाको अगुवाई
स्वतन्त्रता र चेतनाका दृष्टिले कठ्याङ्ग्रिएका
पञ्चायतकालीन चिसा बस्तीहरूमा रामेश, गीतका माध्यमबाट नयाँ युगको न्यायो
सपना बाँड्दै डुलिरहन्थेे । दशकौँपछि फेरि उनलाई समयले डोर्याउँदै
त्यस्तै अभियानको मोर्चा अघिल्तिर ल्याइपुर्यायो, स्वतन्त्रता र जागरणकै
खातिर । सर्न्दर्भ, परिस्थिति र परिवेशमा भने अलि भिन्न छन् ।
उहिले-उहिले गाउँ-गाउँमा गीतद्वारा चेतना-क्रान्तिको बीउ र्छर्दै हिँड्ने
रामेशको स्वरको पर्रर्ाासपटक भने राजधानीबाटै प्रक्षेपण भयो । 'तिमी
देऊ त्रि्रा हातहरू ..., आऊ मिलाउFm हाम्रा हातहरू... ।' १ असारमा
पाटनढोकास्थित यलमाया केन्द्रबाट स्वतन्त्रताका पक्षपातीहरूलाई उनले
एकजुट हुन आहृवान मात्र गरेनन्, विचार र स्वतन्त्रताका अवरोधकलाई शब्दका
सियोले चसचसी घोची पनि रहे । त्यो साँझ उनी भन्दैथिए, 'को हो नयाँ
नेपालको बोक्ने अभिभारा - रोक्ने को हो दूरदर्शी विचारका धारा -' १९
माघपछि बाक्लिएको 'प्रतिगमन' तिर सङ्केत गर्दै त्यसका प्रतिरोधीहरूमा
उनको अर्को गीतले संयम, उत्साह र साहस भर्न खोज्दैथियो,
'हिउँले कठ्याङ्ग्रिने समय आयो, बस्तीले आगोहरू जोड्नेछ रातमा हराउने
समय आयो, बिहानीले सुन्दर यात्रा थाल्नेछ ।'
 |
कार्यक्रमको उद्देश्य समाचार र समाचारमूलक कार्यक्रम
प्रसारणमा लगाइएको रोक फिर्ता मागिरहेका एफएम रेडियोकर्मीहरूको आन्दोलनमा
गायक-गायिकाहरूद्वारा ऐक्यबद्धता जनाउनुथियो । गुञ्जिएका स्वरहरू भने
विषयगत सिमानामा मात्र समेटिन मानेनन् । अर्का स्रष्टा आभासको गीत
पनि स्वतन्त्रताविरोधीहरूलाई चिमोट्ने खालको थियो, 'भर्ुइँ कुहिरो
उड्न थाल्यो गाउँ बस्ती ढाकेर, कालो बादल उड्न थाल्यो नीलो आकाश छेकेर
.।'
कोही कम देखिएनन् । शिशिर योगीले 'तल रुन्छ गाउँबेंसी माथि भीरपाखा,
कहिल्यै पनि ओभाएनन् नेपालीका आँखा' मार्फ् गरेको देशको चित्रण, अहिलेको
परिवेशमाथि पनि बलियो व्यङ्ग्य बन्यो ।
नयाँ पुस्ताका चर्चित गायक दिपेशकिशोर भट्टर्राईले गीति चाहना पोखे,
'शुभकामना नवयुगका नवयुवालाई.... ।' कार्यक्रमको माहौल यस्तो बनेकोे
थियो कि जस्ता गीत पनि वर्तमान राजनीतिक परिस्थितिसँग मिलेजस्तै लाग्थे
। त्यसैको फाइदा उठाए सुगम पोखरेलले । 'शायद यो गीत वर्तमान सर्न्दर्भसँग
मेल खान्छ !' भन्दै उनले गाए 'मीठो हाँसो हाँस्नै छोड्या... ।' अमृत
गुरुङको गीत 'अभाव अभाव भयो, तिमी बिना यो जीवन । कहाँ जाउँ कसलाई
सुनाऊ, मेरो यो कहानी' लार्इर्र्पनि श्रोताहरूले सत्तामोह, अधिनायकवाद
वा धोकाधडीसँगै जोडेर बुझििदए । निर्ण्र्ााश्रेष्ठ र मौसमी गुरुङको
'तिमी नेपाली म नेपाली...' मा आपसी एकता र सौहार्दताको सन्देश स्पष्टै
थियो ।
अप्रजातान्त्रिक सत्ताविरुद्ध कुनै न कुनै रूपमा आन्दोलनरत पेशागत
सङ्गठनहरूको भीडमा कलाकारहरूको उपस्थिति यसअघि स्पष्ट देखिएको थिएन
। आफ्नो व्यवसाय, पेशा र जागिरका लागि मात्र नभई सभ्य-सुसंस्कृत भई
बाँच्न स्वतन्त्रता चाहिन्छ भन्ठान्ने जो सुकैले पनि आफूलाई स्वतन्त्रताका
पक्षमा उभ्याउनु कर्तव्य हो । एफएम रेडियोकर्मीलाई र्समर्थन जनाउने
साइत पारेर गायकहरूले पनि त्यसै गरे ।
 |
उनीहरूका गीत भने विरोध र असहमति प्रकट गर्ने
माध्यम पहिलेदेखि नै बन्दै आएका हुन् । त्यसै कार्यक्रममा पत्रकार
कनकमणि दीक्षितले वर्तमान परिस्थिति झल्काउन कालीप्रसाद रिजालको रचना
र अम्बर गुरुङको स्वर-सङ्गीतको गीत गाएका थिए,
'कहीँ आफ्नो भुमरीमा आफै पर्यौ कि,
कहीँ आफ्नो आँखाबाट आफै झर्यौ कि... !'
वर्षौँ अघि जीवनरेखा चलचित्रका निम्ति रचिएको त्यस गीतका शब्दहरूले
दलहरूलाई पाखा लगाएर सत्ता सम्हाल्ने राजाको कदमतिर सङ्केत गरेझँै
लाग्थ्यो ।
'ढुङ्गा भनी फालिदियौ, देउता थियो कि,
कहीँ आफ्नो हेराइमा अन्धो भयौ कि,
अहङ्कारको ज्वालाभित्र आफै जल्यौ कि... !' र्
दर्शक/श्रोतादर्ीघामा सङ्गीतकार तथा गायक अम्बर गुरुङसमेत उपस्थित
थिए । त्यहाँबाट उत्साहित हुँदै फर्किएका गुरुङ्गले एउटा कविता नै
लेखे,
"भाइहरू ! तिमीहरू आफै झुक्किएर
मलाई पनि झुक्क्याउन अन्तर्वार्ता लिन आएथ्यौ
तिमीहरूले जसरी मलाई झुक्क्याएर प्रश्न गरेथ्यौ
मैले पनि तिमीहरूलाई त्यसरी नै झुक्क्याएर
जवाफ दिएथेँ
म झुक्किएकोमा जसरी तिमीहरू दङ्गदास थियौ
तिमीहरू झुक्किएकोमा म पनि त्यसरी नै दङ्गदास थिएँ
तर यो न त कुनै नौलो कुरो हो
न आर्श्चर्यचकित हुने कुरो हो
थाहा छैन -
झुक्क्याउनु र झुक्किनु त
हाम्रो राष्ट्रिय चरित्र नै हो ।"
 |
प्रगतिको बाटोमा लामबद्ध हुन गीतले 'गाउँ गाउँबाट
उठ, बस्ती बस्तीबाट उठ' भने झैँ स्वतन्त्रताकामीहरू एकाकार हुँदैछन्,
उठ्दैछन् । १ असारको जमघट त्यस्तै एउटा आरम्भ थियो ।
शरद के.सी.
रमझम/सिर्जना
अ“जुलीभरि घाम
प्रकृति र परिवेशको उखरमाउलो गर्मी र उकुस-मुकुसले जन-मन आकुलव्याकुल
छ यतिखेर । यो अत्यास र अँध्यारोमा आशाको उज्यालो र्छन शब्द-सङ्गीतशिल्पी
हिरण्य भोजपुरे अँजुलीभरि घाम लिएर उदाएका छन् । बैसठ्ठी वर्षो प्रौढावस्थामा
छब्बीस वर्षो जाँगरका साथ चार दशकअघिकै शैली र सोचका गीत-सङ्गीतहरू
लिएर श्रोतामाझ आएका भोजपुरे गायनमा आफ्नो पुरानो संलग्नतालाई नवीकरण
गर्न मात्र आएका होइनन् । पुनः उदाउने क्रममा उनले सङ्गीतका सुर-तालहरूमा
आत्म-आनन्दका विविध पाटाहरू समेत कोट्याएका छन् ।
झलिीमिली पप सङ्गीतमा मस्त आजका युवा पुस्ताबीच भोजपुरेका गीत कति
विशिष्ट वा पृथक् प्रमाणित हुने हुन्, हर्ेन बाँकी नै छ । तर, अहिले
नै भन्न सकिन्छ- पृथकता उनको अभिन्न परिचय हो । तरुणवयमा भोजपुरे सम्मिलित
साङ्गीतिक समूह 'लेकाली' गद्य कवितासमेत गाउने हुनाले यदाकदा 'गोरखापत्र
गाउने' भनेर आलोचित हुन्थ्यो । त्यतिखेर नेपाली गीतहरूमा व्यापक भई
नसकेको हार्मोनाइज शैली अपनाउँदा गीत बिगारेछन् भन्ने आरोप व्यहोरेकोे
अनुभव पनि छ भोजपुरेसँग ।
यसप्रकार पृथक् धारमा हिँड्दा परम्परावादीहरूको आँखामा बिझने गरेपनि
ट्याम्के डाँडा, बस-बस रे बसुन्धरा लगायतका उनका गीतहरू साङ्गीतिक
स्पर्धाहरूमा अब्बल ठहरिए । २०२३-२४ सालतिर विश्वविद्यालयस्तरीय गायन
प्रतियोगितामा गोपाल योञ्जन र योगेश वैद्य क्रमशः दोस्रो र तेस्रो
हुँदा लहरा-पहरा-छहराको देश गाएर प्रथम भएको अनुभव आर्श्चर्यपर्ूण्ा
गौरवका साथ सुनाउँछन् भोजपुरे । उल्लिखित गीतहरूका साथै कुखुरी काँ,
आज भेडा-बाख्र्रा, बाइरोडको बाटोमा जस्ता लोकप्रिय सिर्जनामार्फ् नेपाली
सङ्गीतमा उहिल्यै दह्रो उपस्थिति दर्ता गराइसकेका भोजपुरेसँग आफ्नो
परिचयको नवीकरण गराइराख्नुपर्ने नेपाली संस्कारप्रति गुनासो पनि छ
। तर त्यसो भन्दैमा उनी ठुस्किएर बसेनन्, बरु आफ्ना गीतहरू उही पुरानो
निजीपनका साथ लिएर आए, नेपाली श्रोताका स्मृतिको दैलो घचेड्दै( 'म
त फेरि आइपुगेँ नि' भनेर !
 |
श्रोताको दिलको दैलो ढक्ढक्याउने माध्यमका रूपमा उनले
जीवनकै पहिलो गीतिसङ्ग्रह र्सार्वजनिक गरेका छन्( एक अँजुली घाम ।
सङ्ग्रहमा रहेका जम्मा १२ मध्ये २०२७ देखि ६१ सालभित्र रचित आठ वटा
गीत भोजपुरेको एकल आवाजमा नेपाली भाषामा छन् । उनले आफू नेवार भएर
नेवारीलाई मातृभाषा बनाइराख्न नसकेको वेदनाको भारी एउटा नेवारी गीत
गाएर बिसाएका छन् । त्यस्तै, अमेरिका बस्दा उनलाई अङ्ग्रेजीमा लेख्ने
लहड चल्यो । शब्द अमेरिकाको भाषा अङ्ग्रेजी बनेर निस्के पनि गीतचाहिँ
नेपालीभन्दा अर्थोक मरिगए हुन सकेन । त्यो अङ्ग्रेजी गीतले छोपेको
भाव र भाका र्सवथा नेपाली नै रहृयो । श्रोतालाई फोसाको रूपमा उपलब्ध
गराइएका यी दर्ुइ गीतका अतिरिक्त 'लेकाली' सदस्यहरूको सामूहिक आवाजका
दर्ुइ चर्चित गीत ट्याम्के डाँडा र लहरा-पहरा पनि यसमा समेटिएका छन्
।
हर-हर महादेव पानी देऊ जस्ता गीत लेखे-गाएका कारण पञ्चायतकालमा 'कम्युनिष्ट'
भएको आरोप र जागिर खुस्काइदिने खप्की पाएका भोजपुरे र उनका सहकर्मीहरूलाई
२०४६ सालपछि कतिले 'मण्डले' पनि भने । र, एउटा संयोग भनौँ( पञ्चायतकालमा
सिर्जनाको उत्कर्षा रहेका भोजपुरे हाल त्यस्तै अवस्थामा पुनः विशेष
ऊर्जाशील देखिएका छन् । 'यो संयोग मात्रै हो त -' जवाफमा उनी प्रतिकूल
परिस्थितिमा सिर्जना बढी धारिलो हुने हँुदा यस्तो देखिएको बताउँछन्
। र, यस्तै मानवीय प्रवृत्तिले गर्दा नेपाली सङ्गीत र्सार्थकताका दृष्टिले
२०१८-१९ देखि ४५-४६ सालसम्म स्वणिर्म युगमा रहेको उनको ठम्याइ छ ।
आफ्ना लागि रचना, सङ्गीत प्रायः आफैँ गर्ने भोजपुरेले अहिले आफ्नै
आस्थाको मान्द्रोमा सुकाएका छन् अँजुलीभरि घाम । आमश्रोताका लागि यो
कति पारिलो होला, समयले बताउने नै छ । तर हिरण्यको गायन र सङ्गीत-सिर्जनाको
सुनौलोपन भने यो घाममा झन्-झन् टल्कँदै जाने पक्का छ ।
धीरेन्द्र प्रेमषिर्
|