पुस्तक परिचय
जनप्रतिनिधिविहीनताको लेखाजोखा
किताबः जनप्रतिनिधिविहीन
स्थानीय सरकारः एक अध्ययन
लेखक/संयोजकः प्रा. डा. यज्ञप्रसाद अधिकारी
प्रकाशकः विकेन्द्रीकरण सल्लाहकार सहयोग एकाइ -डासु/डानिडा),
ललितपुर, २०६१
पृष्ठः २२१±
प्रजातन्त्रलाई जनताका घरघरमा पुर्याउने संस्थागत संयन्त्र
हुन् स्थानीय सरकार -गाविस, जिविस, नगरपालिका) । त्यहाँ पठाइने जनप्रतिनिधिहरू
चाहिँ जनआवाजका संवाहकहरू हुन् । तर, तीन वर्षेखि नेपालका स्थानीय
सरकारहरू जनप्रतिनिधिविहीन अवस्थामा छन् । फलतः विकेन्द्रीकरण र स्वशासनका
आधारभूत मान्यताहरू निस्तेज, उपेक्षित बन्न पुगेका छन् । योजना व्यवस्थापन,
स्रोत-परिचालन, सेवाप्रवाह र स्थानीयस्तरमा क्षमताविकासका प्रायः सबै
कामकारबाहीहरू अवरुद्ध छन् । स्वायत्त-शासनको परिणाममुखी अभ्यास भइरहेको
बेला स्थानीय सरकारहरू जनप्रतिनिधिविहीन भएपछि देशले के कस्ता दुष्परिणामहरू
भोग्नु परिरहको छ - शैक्षिक, आर्थिक र सामाजिक विकासमा के-कस्ता अवरोध
र असर देखिँदैछन् - जनप्रतिनिधिविहीन स्थानीय सरकारः एक अध्ययन लाई
यस्ता धेरै प्रश्नहरूको एकलौटी जवाफ मान्न सकिन्छ ।
पुस्तकका अनुसार, समयमै ख्याल गरिएको भए जनप्रतिनिधिविहीनताको स्थिति
र त्यसका दुष्परिणामहरू नदेखिन पनि सक्थे । माओवादी व्रि्रोहको सेरोफेरोमा
निस्किएका विभिन्न प्रतिकूलताहरूका कारण चुनाव हुन नसकिरहेको बेला
मौजुदा जनप्रतिनिधिहरूको म्याद थप्न सकिने प्रजातान्त्रिक विकल्प बाँकी
नै थियो तर त्यसलाई अपनाइएन । बरु मनोनयनलगायतका निर्रथक प्रयोगहरू
भए । स्थानीय शासनको मौलिक आधार नै भाँच्चिने गरी एउटा रिक्तता आयो
। विकेन्द्रित शासनप्रणालीका मर्महरू धरासायी भए । अन्ततः सेवाग्राही
ग्रामीण जनता नै र्सवाधिक मारमा परे । १२ जिविस, त्यति नै नगरपालिका
र ४० गाविसमा गरिएको अध्ययनले विभिन्न दृष्टान्तसहित यस्तै निष्कर्षनिकालेको
छ ।
पुस्तकमा नेपालको इतिहासका विभिन्न कालखण्डमा देखिएका विविध प्रकृति
र स्वरुपका स्थानीय शासनहरूको प्रयोगबारे पनि धेरथोर जानकारी भेट्न
सकिन्छ । स्थानीय स्वायत्तशासन ऐन, २०५५ को महत्त्व र विशेषताको आकलनले
यसलाई अरू पठनीय बनाएको छ । स्थानीय स्वायत्तशासन प्रक्रियाको आदर्श
स्वरुप तथा विविध गतिरोध, उदासीनता र गलत निर्ण्र्ाारूका कारण उत्पन्न
अस्तव्यस्त स्थितिको तुलना पनि छ यसमा । समग्र राज्यव्यवस्था नै अध्यादेशको
भरमा चलाइएको अहिलेको अवस्थामा निर्वाचित जनप्रतिनिधिहरूको निरन्तरता
स्थानीय स्वशासनको प्राण हो भन्ने पुस्तकको निष्कर्षे वर्तमान सत्ताधारीहरूको
आँखा खोल्ला, नखोल्ला- त्यो अर्कै कुरा तर यसले देशप्रेमी नागरिकहरूलाई
भने खुम्चिदै गएका प्रजातान्त्रिक मूल्यमान्यताहरूप्रति थप चिन्तित
र सचेत बनाउँछ । पुस्तकले विकेन्द्रीकरण र स्वायत्त शासनको महत्त्व
बुझाउने दस्तावेजकै स्वरुप पाएको छ । र, यसका अभियन्ताहरू आगामी दिनमा
जनप्रतिनिधिविहीनताको स्थिति नआओस् भन्ने सचेतना बाँड्न सफल छन् ।
मञ्चनयोग्य प्रयोग
 |
किताबः समय अवसान
नाटककारः कृष्ण शाह यात्री
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन, काठमाडौं, २०६१
पृष्ठः १०४, मूल्यः रु. ५०
मञ्चनका लागि लेखिएका एकाङ्की नाटकहरूको सङ्ग्रह हो, समय-अवसान । पछिल्लो
पुस्ताका एक संभावनायुक्त रङ्गकर्मीको सिर्जनशीलताको प्रमाण पनि हो
यो । यसमा सङ्गृहीत नौ वटै नाटकमा विषयवस्तु, लेखन र रङ्गमञ्चीय शिल्पको
रोचक संयोजन भेट्न सकिन्छ ।
नाटकहरू छोटा भएपनि प्रयोगमूलक र विशेषतायुक्त छन् । समाजका बेथिति,
विसङ्गति र विकृतिलाई मूल कथानकका रूपमा उभ्याएर मान्छेभित्रका कुरुप
चरित्रहरूलाई उदाङ्गो पार्न नाटककार सफल देखिन्छन् । एकाङ्कीहरूमा
स्वैरकल्पनाको अत्यधिक प्रयोग भेटिन्छ- मानवलोक र यमलोकका कुरा सँगसँगै
आउँछन् र इतिहास तथा वर्तमानका चरित्रहरूसँगै पशु वा यन्त्रमानवहरूसमेत
प्रभावशाली पात्रका रूपमा मञ्चमा झुल्किरहन्छन् । अँध्यारो प्रेक्ष्यालयमा
प्रकाशको मात्रा र उपयोगलाई घटबढ गर्दै दृश्यपरिवर्तन गर्न सकिने यी
एकाङ्कीहरूमा भेटिने साझा विशेषता हो- लेखकले रङ्गमञ्चका हरेक पक्षलाई
उत्तिकै न्याय गर्न खोजेका छन् ।
प्रस्तुति रोचक छ । छोटा एवं सरल संवाद पाठकर्/दर्शक, पात्र/प्रस्तोता
सबैका लागि सहजग्राहृय लाग्छन् । समयका पीडावेदनालाई विभिन्न प्रयोगहरूको
आवरणमा रङ्गमञ्चीय अभिव्यक्ति दिने लेखकीय सीप स्याब्बासी-योग्य छ
। प्रयोगका नाममा नाटककार कतै कतै बहकिएझैँ लागे पनि पात्र तथा चरित्र-संयोजन
बिथोलिएको अनुभव हुँदैन । त्यस्ता प्रयोगमा समेत नाटककारले क्षमता
र संभावना देखाएका छन् । यस्ता नाटक लेखिँदै जाने हो भने नेपाली रङ्गकर्मीहरूले
'मञ्चनयोग्य राम्रा नाटक नै भेटेनौँ' भनेर गुनासो गरिरहनुपर्ने स्थितिको
अन्त्य होला ।
पेशल
अक्षरका आवाजहरू
(गीत-सङ्ग्रह)
गीतकारः अम्बर गुरुङ
प्रकाशकः तलेजु-धनकुमारी कोष, काठमाडौँ, २०६०
पृष्ठः १५०±, मूल्यः रु.११० |
नेपाल एण्ड जर्मनी
डायनामिक रिलेसन्स्
(नेपालर्-जर्मनी सम्बन्ध-चित्रण, अङ्ग्रेजीमा)
लेखकः टीका पी. ढकाल
प्रकाशकः सीता ढकाल
पाँचथर, २००५
पृष्ठः १५३, मूल्यः रु.२५० |
दैवी प्रकोप तथा प्रकोप व्यवस्थापन
(नेपाली-सर्न्दर्भसहितको लेखसङ्ग्रह)
लेखकः सिंहराज उप्रेती
प्रकाशकः नीशा उप्रेती काठमाडौँ, २०६२
पृष्ठः १५०, मूल्यः रु.२०० |
विगतका पाना (आत्मवृत्तान्त)
लेखकः त्रैलोक्यनाथ उप्रेती
प्रकाशकः श्रीमती सत्यवती उप्रेती, काठमाडौँ,
२०६१
पृष्ठः २१०, मूल्यः रु.१५० |
नेपाली-थामी-अङ्ग्रेजी शब्दकोश
(त्रि-भाषिक संक्षिप्त कोश)
कोशकारः मार्क टुरीन र वीरबहादुर थामी
प्रकाशकः मार्टिन चौतारी र सामाजिक विकास तथा
अनुसन्धान केन्द्र, काठमाडौँ, २०६०
पृष्ठः ११६, मूल्यः रु.७५
|
रङ्गहरू (कथा-सङ्ग्रह)
कथाकारः हिरण्य भोजपुरे
प्रकाशकः सितु-शिरीष-सिरु भोजपुरे, प्रसन्नराजा
मोक्तान, काठमाडौँ, २०६१
पृष्ठः ९६, मूल्यः रु.९५ |
|