हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक र पात्र

ल्होत्साम्पाप्रतिको नेपाली दायित्व

डा. जुगल भर्ूर्तेल

भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको 'निर्वासन' को दोस्रो संस्करण र नेल्सन मण्डेलाको 'लङ्ग वाक टु प्रिmडम' संयोगवश एकै पटक हात परे । पढ्दै जाँदा ती दर्ुइ व्यक्तिका जीवनमा भेटिने समानताले म चकित भएँ । विकसित, प्रजातान्त्रिक मुलुकहरूमा सहज जीवन बिताइरहेका हामीलाई असाध्यै प्रतिकूल परिस्थितिमा पनि आफ्नो भाषा, संस्कृति र जातीय स्वाभिमानप्रति मण्डेला र रिजालजस्ता योद्धाहरूले देखाएको प्रतिबद्धता बुझनिसक्नु लाग्छ । त्यति धेरै यातना, अपमान र कठिनाइसँग जुध्दै रिजालले आफ्नो सङ्र्घष्ालाई दिएको निरन्तरताले फेरि देखाएको छ- साँचो नेतामा आस्थाका लागि लड्ने अदम्य साहस हुन्छ । त्यस्ता नेताहरूले ठूल्ठूला तानाशाह, सैनिक शासकहरूलाई परास्त गरेका छन् । मण्डेला झैँ एक दिन रिजाल पनि विजयी हुनेमा कुनै सन्देह छैन ।

निर्वासन रिजालको व्यक्तिगत सङ्र्घष्ा-कथा मात्र नभएर नेपाली मूलका भुटानी नागरिकहरूको क्षतविक्षत सपनाको दस्तावेज पनि हो  । आफ्नो रगत-पसिनाले सिञ्चित मातृभूमिबाट अपमानजनकढङ्गले धपाइएका तथा आफ्नै देशभित्र निरीह जीवन बाँच्न विवश लाखौँ भुटानीहरूको कथा हो निर्वासन  । वाङ्गचुक वंशको आगमनभन्दा धेरैअघि भुटान पुगेको, संभवतः सबैभन्दा पुरानो नेपाली डायास्पोराको सङ्र्घष्ाको अभिलेख भएकाले ल्होत्साम्पा -नेपाली मूलका भुटानी) को आन्दोलनमा आफ्नो दायित्वको अनुभूतिका लागि समेत संसारभरिका नेपालीलेे निर्वासन पढ्नु जरुरी छ ।
भुटानको एउटा अविकसित गाउँमा चुपचाप उदाएका रिजाललाई नियतिले अभूतपर्ूव भूमिका सुम्पनुपर्ने रहेछ । शायद त्यही दायित्वबोधले नै बन्दी जीवनमा उनलाई मर्न दिएन, जेलमा भुटानी शासनले पटक-पटक आत्महत्या गर्ने सामान जुटाइदिँदा पनि । रिजाललाई मृत्युको मुखमा धकेल्ने अपराध भने हाम्रै पञ्चायती शासनले गरेको थियो । त्यसको उत्कर्षतर राज्यद्वारा घन्काइएको राष्ट्रवादको प्रायोजित सङ्गीतको पृष्ठभूमिमा झापा-बिर्तामोडबाट रिजाललाई अपहरण गरेर नेपाली प्रहरीले भुटान सरकारलाई बुझााएको थियो । 'शरणको मरण नगर्ने' जातिका रूपमा कहलिएका पर्ुखाको माटोमा राहत खोज्दै आएको शरणार्थीलाई कसको प्रभावले भुटान फर्काइएको थियो त - भुटानी राजाविरुद्ध व्रि्रोह गरिरहेको आधारहीन आशङ्कामा पञ्चायती भारदारहरूले राजतन्त्रविरोधीलाई नेपालमा ठाउँ छैन भन्ने सन्देश दिन त्यसो गरेको अनुमान गर्न सकिन्छ  ।
एक दशक लामो बन्दी-जीवनमा भोगेको अकल्पनीय यातनाले जर्जर भएको शरीर लिएर पुनः नेपाल आउँदा पञ्चायत ढलिसकेको र आफूजस्तै जेल-नेल भोगेका प्रजातन्त्रवादी नेताहरू सत्तामा पुगेको देखेर रिजाल शायद खुसी भए होलान् । तर नेपालमा हरेक क्रान्ति आंशिक रूपमा मात्र सफल हुने गरेको तथ्यसँग उनी अनभिज्ञ थिए । पञ्चायती व्यवस्थाको अन्त्य भएपनि सत्ताको करिडोरमा त्यसको पदचाप अझै तीखो थियो । रिजालले विदेश जाने अनुमतिपत्रका लागिसमेत लामो सङ्र्घष्ा गर्नु पर्‍योे । अन्ततः बाध्य भएर सरकारले उनलाई एकवर्षो ट्राभल डकुमेन्ट दिएको थियो । त्यसको म्याद सकिएपछि उनले अर्को अनुमतिपत्र पाउन पुनः त्यस्तै परिश्रम गर्नुपर्ने निश्चित छ, किनकि जसले उनलाई भुटान फर्काएका थिए, मुलुकमा आज फेरि तिनैको हालिमुहाली छ ।
अहिले टेकनाथ रिजालसामु पर्ूर्वी नेपालका विभिन्न क्याम्पमा रहेका एक लाखभन्दा बढी भुटानी शरणार्थीहरूको सङ्कटप्रति शीघ्रतापर्ूवक विश्व जनमत जुटाउने चुनौती छ । गैरकानूनीढङ्गले धपाइएका भुटानीहरूको घर-खेत दरबारका आसेपासेहरूले बाँडीचुँडी खाइसकेका छन् । कुनै कागजपत्र नबोकी रातारात भागेर हिँडेका बृद्ध शरणार्थीहरूको अवसानसँगै ल्होत्साम्पाहरूको महत्त्वपर्ूण्ा इतिहास पनि क्रमशः लोप हुने क्रममा छ ।
आफ्नो भूमि भएर नेपाल छिरेका शरणार्थीको मानवीय समस्याप्रति भारत सरकारले देखाउँदै आएको कपटपर्ूण्ा उदासीनतालाई हर्ेदा अन्तर्रर्ााट्रय समुदायको दृढ र्समर्थनबिना भुटानीहरूले स-सम्मान घर र्फकन पाउने सम्भावना एकदमै न्यून देखिन्छ । त्यो र्समर्थन जुटाउन सजिलो भने छैन । थिम्पुले कूटनीतिक युद्धका विभिन्न मोर्चामा काठमाडौँलाई परास्त गरिसकेको छ । शरणार्थीहरूलाई चार वर्गमा बाँड्न स्वीकार गरेर नेपालले भुटानलाई शरणार्थी-फिर्ती प्रक्रियामा विलम्ब गर्ने ठूलो हतियार दिएको छ । हरेक छ जनामा एक जना नागरिकलाई देशनिकाला गरिसक्दा पनि भुटानी दरबारले नयाँदिल्लीको आशर्ीवाद यथावत् पाइरहेको छ । ल्होत्साम्पाको बढ्दो जनसङ्ख्याले भुटानको संस्कृति र परम्परा खतरामा पर्दै गएको भन्ने भुटानको जातिवादी तर्कप्रति सहानुभूतिशील देखिने पश्चिमी मुलुक र विभिन्न दातृसंस्थाहरू पनि भुटानको दोहोरो चरित्रप्रति अनभिज्ञझैंैँ देखिन्छन् । यसले भुटानमा भइरहेको जातीय विभेदबारे उनीहरूलाई पर्याप्त जानकारी छैन भन्ने जनाउँछ ।
अहिले टेकनाथ रिजालको काँधमा नेपाली मूलका भुटानीहरूको शान्तिपर्ूण्ा सङ्र्घष्ाको सत्यतथ्यलाई अन्तर्रर्ााट्रय समुदायसम्म पुर्‍याउने ठूलो अभिभारा छ, जुन उनी एक्लैले पूरा गर्न सम्भव छैन । पुस्तकको भूमिकामा पुरुषोत्तम दाहालले "संसारमा छरिएर बसेका नेपालीहरूले भुटानी नेपालीहरूको पीडाबाट आफ्नो मुटु दुःखाउनुपर्ने बेला भएको" मार्मिक कुरा लेख्नुभएको छ । अब तिनै नेपालीले रिजालको काँधमा काँध थप्ने बेला आएको छ । तर विदेशका नेपालीहरूको ठूलो सङ्ख्या यो समस्याबारे या त अनभिज्ञ छ या यसलाई पनि 'फोहोरी राजनीति' मान्छ र सहयोग गर्न हिच्किचाइरहेको छ । त्यस्ता नेपालीले के बुझनु जरुरी छ भने भुटानी शरणार्थीहरूको अभियान आफ्नै माटोमा सम्मानपर्ूवक बाँच्न पाउने नैर्सर्गिक अधिकारका लागि हो । निर्वासन पढेपछि यो कुरा प्रस्ट हुन्छ ।
साहित्यकार अभि सुवेदीले भनेझैँ "आज हाम्रो बलेँसीमा आएर रोइरहेका" भुटानी दाजुभाइहरूसँग हाम्रो "साझा प्रेमका भावनाहरू साटासाट गरेको" प्राचीन सम्बन्ध छ । त्यसैले ल्होत्साम्पा समुदायमाथि भइरहेको अन्यायलाई विश्व समुदायसम्म पुर्‍याउनु प्रवासमा बस्ने हामी सबै नेपालीहरूको दायित्व हो । आ-आफ्ना डायास्पोराको आर्थिक, नैतिक र राजनीतिक र्समर्थन नभएको भए न त तामिल, प्यालेस्टिनी आदिको जातीय पहिचानको सङ्र्घष्ा त्यति विश्वव्यापी हुनेथियो न कोसोभोका अल्बेनियनहरूको आर्तनादलाई युरोपले सुन्ने थियो । दक्षिण अप्रिmकाको रंगभेद नीतिविरुद्ध विश्वभरिका काला जातिले मण्डेलालाई दिएको अभूतपर्ूव र्समर्थन पनि यहाँ स्मरणीय छ । ल्होत्साम्पाविरुद्धको जातिभेदलाई हामी नेपालीले उपेक्षा गरिरहृयौँ भने भोलि दक्षिण एसियाभरिकै नेपाली जातिले त्यस्तै नियति भोग्नु नपर्ला भन्न सकिन्न । अब नैतिक र्समर्थनले मात्र पुग्दैन । रिजालको आन्दोलनलाई आर्थिक सहयोग जुटाउन तथा हामी बसोबास गरिरहेको देशका सरकार र नागरिक समाजसम्म उनका कुराहरू पुर्‍याउन पनि हाम्रो सक्रियता अपरिहार्य छ । विश्वभरिका नेपालीहरू एकजुट हुने हो भने भुटान नामक कल्पित साङ्ग्रिलाभित्र भइरहेको चरम अन्यायको सहजै पर्दाफास हुनेछ  ।
(वातावरणविद् डा. भर्ूर्तेल रूसमा बसोबास गर्छन् ।)


पुस्तक र पाठक

किताब त मेरा पनि बिक्थे होलान्...

कालीप्रसाद रिजाल

गएको १४ जेठका दिन मलाई तत्वबोध भयो । गूढ रहस्यका धेरै पर्दा खुले । कुरो के भने, त्यस दिन टहल्दै पुस्तक पर््रदर्शनी हर्ेन भृकुटीमण्डप पुगेको थिएँ । बीस रुपैयाँको प्रवेश शुल्क राखिएको रहेछ  । टिकट किन्ने ठाउँमा राम्रै भीड थियो । पहिलो तत्वबोध त्यहीँ भयो- साहित्यिक किताब नबिक्ने भनेको मुलुकमा पनि बीस रुपैयाँको टिकट किनेर पुस्तक पर््रदर्शनी हर्ेर्ने मान्छेको कमी रहेनछ !
भित्र प्रायः सबै कक्षमा पुस्तक हर्ेर्नेहरूको भीड थियो । मैले पनि जानीनजानी गोडादशेक पुस्तक लेखेको छु । अधिकांश पुस्तक प्रज्ञा-प्रतिष्ठान र साझाबाट छापिएकाले निजी प्रकाशनका कक्षमा मेरो पुस्तक नहुनु स्वाभाविकै हो । प्रज्ञा-प्रतिष्ठानले 'स्टल' राखेको थिएन । त्यसैले उत्सुकतावश म साझा प्रकाशनको कक्षमा पुगेँ । तर दोहोर्‍याई-तेहेर्‍याई हर्ेदा पनि म जस्ता लेखक/कवि कसैका पुस्तक मैले त्यहाँ पाइन ।
त्यसपछि भीडलाई चिर्दै 'पिलिग्रिम्स बुक' को स्टलमा पुगेँ । बीपी कोइरालाको उपन्यास सुम्निमा को मैले गरेको हिन्दी अनुवाद पिलिग्रिम्स बुकले छापेको थियो । तर त्यहाँ पनि प्रमुखताका साथ टाँगिएका पुस्तकमा सुम्निमा थिएन  । खोज्दै जाँदा किताबको राशभित्र सुम्निमा का केही प्रतिहरू फेला पारेँ  । मैले एउटा प्रयोग गर्ने विचार गरेँ । यसो पल्टाएर हेरेझैँ गरेर सुम्निमा लाई सबैले देख्ने गरी माथि राखिदिएँ । नभन्दै म पछिका केही व्यक्तिले त्यो पुस्तक उठाएर हेरे । एउटाले त किनी पनि हाल्यो । फेरि एकफन्का लगाएर मैले त्यही कर्म दोहोर्‍याएँ । हर्ेदाहर्ेर्दै एउटी महिलाले पनि त्यो किनिन् । मलाई अर्को तत्वबोध भयो- सबैले देख्ने गरी प्रदर्शित गर्ने हो भने मान्छेले किताब पल्टाएर हर्ेदारहेछन् र सुर चढ्यो भने कोही-कोहीले किन्दा पनि रहेछन् !
तत्वबोध अर्को पनि भएको छ- किताब बिकाउनमा प्रचारप्रसारको पनि ठूलो हात हुँदोरहेछ ! प्रचारसँगै लेखकसित साक्षात्कार गरेर हस्ताक्षरसहितको पुस्तक किन्न पाइने भनेपछि त मान्छेले मौका छोप्ने रहेछन् । प्रज्ञा-प्रतिष्ठान र साझाका भण्डारमा करोडौँका किताब सडिरहेका छन् । उनीहरूले पनि यस्तो अवसरको फाइदा उठाउनुपर्ने होइन र - तर मैले साझाका बिक्री कक्षहरूमा साहित्यिक पुस्तक, त्यसमा पनि काव्यविधाका पुस्तक देख्नेगरी बाहिर टाँगेको कमै पाएको छु । बाहिर पाठ्यपुस्तक, उपन्यास, परीक्षासम्बन्धी 'गाइड' जस्ता किताब नै सजाएर
राख्ने गरिन्छ । कतिचोटि पुस्तक माग्दा भित्रबाट खोजेर दिएको मेरो अनुभव छ ।
पुस्तकको बिक्री पर््रबर्द्धनका लागि प्रकाशकका तर्फाट कुनै ठोस काम हुने गरेको पाइँदैन हामीकहाँ । पुस्तकको समीक्षा गराउने, पत्रपत्रिकामा पुस्तक परिचय छाप्न लगाउने यावत् कामसमेत सम्बन्धित लेखकले नै गर्नुपर्ने स्थिति छ । प्रकाशित पुस्तकबारे समालोचकहरूबाट स्वस्फर्ूत रूपमा समीक्षा एवं टिप्पणी प्रकट गर्ने प्रचलन पनि यहाँ छैन । पुस्तकको विषयमा केही पढ्न-सुन्न नपाएपछि र बिक्री कक्षमा पुस्तकको अनुहार नै देख्न नपाएपछि पाठकले किन्ने कसरी - अन्यत्र पुस्तक प्रकाशित हुनु पहिले नै प्रकाशकले त्यसको प्रचारप्रसार गराउँछन् । नाम चलेका पत्रपत्रिकामा चर्चा गराइन्छ, समीक्षकलाई लेख्न लगाउँछन् । कहिले पुस्तक आउला र किनौँ जस्तो पार्छन्  । अनि पो बिक्छ किताब । हामी कहाँ त विमोचन गराउन नसक्ने वा नचाहनेहरूको कृतिको त कहिल्यै चर्चासम्म पनि हुँदैन ।
प्रज्ञा-प्रतिष्ठान र साझामा छापिएका पुस्तक भने साझाको बिक्रीकक्षमा बाहेक अन्यत्र राखिँदोरहेनछ । अन्यत्र छापिएका किताब चाहिँ प्रायः सबै प्रकाशनका कक्षमा राखिँदोरहेछ । सम्राट उपाध्याय, कर्ण्र्ाााक्य, मञ्जुश्री थापा आदिका किताब जताततै पाइने कारण यही हो । प्रज्ञा-प्रतिष्ठान र साझाले पनि अन्य प्रकाशनसित यस्तो समझदारी गर्न नसक्ने कारण म केही देख्तिन ।
त्यस दिन मलाई अर्को पनि तत्वबोध भयो- आवरण साजसज्जा र छपाइको पनि पुस्तक बिकाउनमा ठूलो हात हुँदोरहेछ ! निजी प्रकाशनका पुस्तकको छपाइ, आवरण, साजसज्जा, कागज सबै अन्तर्रर्ााट्रय स्तरको जस्तो लाग्ने । हर्ेर्दै किनौँ किनौँ जस्तो । प्रज्ञा-प्रतिष्ठान र साझाका किताब त्यसै पनि कम्सल देखिने । कतिपल्ट मैले आवरणमा एउटासम्म भए पनि बढी रंग प्रयोग गरौँ, अलि स्तरीय कागज राखौँ भनेर आग्रह गरेँ । मेरो एउटा किताब यशोधरा मा थप रंग प्रयोग गर्दा लाग्ने खर्च म आफैँ व्यहोर्छर्ुुन्दा पनि उहाँहरू मान्नुभएन । उहाँहरूको एउटै तर्क हुने गर्छ- त्यसो गर्दा किताबको मोल बढी हुन्छ बिक्दैन । तर पुस्तक पर््रदर्शनी हर्ेनका लागि बीस रुपैयाँको टिकट काट्न सक्नेले किताबका लागि बीस रुपैयाँ बढी तिर्न नसक्ला त -
हाम्रो देश कहिल्यै पनि अङ्ग्रेजहरूको गुलाम भएन । तर हामी अङ्ग्रेजीको भने सदा गुलाम रहँदै आएका छौँ । अङ्ग्रेजी उच्चारणमा नेपाली गीत गाउँदा हामी आफू आधुनिक भएको ठान्छौँ । फलानो अङ्ग्रेजी लेखकको किताब पढ्दैछु भन्दा हामी गर्वको अनुभव गर्र्छौँ । सम्राट उपाध्यायको वरिपरि घेरा लागेको भीडमा कता-कता हाम्रो यो प्रवृत्तिको पनि हात भएजस्तो लाग्छ  । सम्राट राम्रा लेखक हुन् । उनका उपन्यास राम्रा छन् । तर किताबको विषयवस्तु भन्दा पनि उनको अङ्ग्रेजी लेखाइ बढी राम्रो छ । र, उनी जत्तिकै लेख्ने र उनीभन्दा राम्रो लेख्नेहरू पनि नेपालमा छन् । उनीहरू ओझेलमा परेको कारण उनीहरूको अङ्ग्रेजी भन्दा नेपाली राम्रो हुनु हो । उनीहरूको कृतिको राम्रो अनुवाद नभएकोले हो ।
नढाँटी भन्ने हो भने, पर््रदर्शनीको अवलोकनपछि मलाई तत्वबोधसँगै ठूलो हीनताबोध पनि भयो- बाबुआमाले गतिलो बोर्डिङ स्कूलमा नपढाइ दिएकोमा र समुद्रपारिको कुनै राम्रो शिक्षण संस्थामा पढ्न नपाएकोमा । अङ्ग्रेजीमा लेख्ने आफ्नो पनि सामर्थ्य भएको भए मेरा पनि किताब बिक्थे होलान् । विदेशी प्रकाशनले मेरा पनि किताब छाप्थे होलान् । मलाई पनि बोलाएर आफ्नो पुस्तकमा हस्ताक्षरका लागि आग्रह गर्थे होलान् । तर आफू 'नेपाली भाषाको लेखक हुँ' भन्नुपर्दा मलाई हीनताबोध भयो । सम्भ्रान्त बाबुआमाको कोखबाट नजन्मेकोमा मलाई हीनताबोध भयो । त्यसमाथि भाइ देवेन्द्र भट्टर्राई र कुमार आलेले घाउमा नुनचुक छरिदिए । कहाँ प्रज्ञा-प्रतिष्ठान पुगेर देवेन्द्र भाइले मेरो नयाँ पुस्तक आफैँलाई हराएपछि किनेर ल्याएछन्  । एउटा कुनामा बोलाएर उनले हस्ताक्षर दिन अनुरोध गरे ।
हरे शिव ! त्यत्रो पर््रदर्शनी... त्यत्रो भीड... कतै एउटा कुनामा एउटा हस्ताक्षर दिइरहेको एउटा बिचरो म... ! ! !