हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
राविन साय् मि

मुहूर्त

 

 


भनेको/सुनेको

"म गैँडाको छाला भइसकेको छु । कसैको गाली वा आलोचनाले केही फरक पार्नेवाला छैन ।"
डा. तुलसी गिरि
ब्याङ्कको ऋण नतिर्नेहरूको 'कालोसूची' मा परेपछिको प्रतिक्रिया ।
घटना र विचार, ८ असार २०६२

"अहिले नेपालमा भइरहेको सङ्र्घष्ा म र राजा बीचको व्यक्तिगत होइन । यो त आधुनिकता र सामन्तवादबीचको लडाइँ हो । यसमा आधुनिकतालाई प्रजातन्त्रले प्रतिनिधित्व गर्छ र सामन्तवादको प्रतिनिधित्व राजाले गर्छन् ।"
गिरिजाप्रसाद कोइराला
नेपाली काङ्ग्रेसको बुलेटीन , ३ असार २०६२ १६ भदौ -२०६१)


अङ्क र अर्थ

भारु.२० लाख
मुर्म्बई उच्च अदालतले भारतीय जनता पार्टर्ीी शिवसेनालाई ३० जुलाई २००३ मा एक दिन मुर्म्बई बन्द -हड्ताल) गराएको कसुरमा गरेको जरिवाना । एक दिन मुर्म्बई बन्द हुँदा भारु.५० करोडको नोक्सानी हुने दाबी सहित मुद्दा हालिएको थियो ।
टिओआई, २४ जुन २००५

५० करोड
जीवनमा एकपटक पनि दाँत ब्रस नगरेका चिनियाँहरूको सङ्ख्या ।
टाइम, २७ जुन २००५


हिँड्दा-हिँड्दै


किरण पाण्डे

६ वर्षघि 'राजा आऊ, देश बचाऊ' भन्ने नारा लगाउँदै जुलुस लिएर नारायणहिटीमा बिन्तीपत्र चढाउने कट्टर राजावादी दीर्घराज प्रर्साई भन्छन्, "यो सरकार एक मिनेट टिक्नु पनि अर्को राष्ट्रघात हो ।"

कस्तो लाग्यो पाँचमहिने शाही शासन?
१९ माघ दलहरुको असक्षमताको परिणति थियो । तर, दुःखको कुरा मौसुफले पनि 'मान्छे' पाइबक्सेन । यो सरकार समेत् असक्षम भएको र भ्रष्ट एवं तस्करहरुको कब्जामा परेकोले राष्ट्रिय सहमति बन्न सकेन । मौसुफले सत्ता लिँदाको हौसला र्सलक्कै खस्यो ।

राजा गुहार्ने मान्छेका यस्ता कुरा !
'राजा आऊ, देश बचाऊ' भन्नु निरंकुश शासनको नभई राष्ट्रियता, राजतन्त्र र बहुदलीय प्रजातन्त्र बीच समन्वय र सन्तुलनको माग गर्नु हो । नेतृत्व जनताले गर्छ, राजा संरक्षक हुनर्ुपर्छ । त्यसैले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न सकिने विश्वासको वातावरण बनाउने जिम्मेवारी राजाको 'कोर्ट' मा छ । आर्थिक अनुशासनहीनता, दोहोरो सुविधालगायतका विवादमा परिसकेको यो
सरकार एक मिनेट टिक्नु अर्को राष्ट्रघात हो ।

दलहरु सहमतिमा किन नआएका होलान् ?
त्यो चाहने र गर्ने मान्छे नै भएनन्, राजासँग । यस्ता निहुँ खोज्नेसँग कस्ले सहमति गर्छ - त्यसैले दल र माओवादी सहमतिमा नआएका हुन् । अहिले राजाका वरिपरि भएकाले त मौसुफलाई झन् निरंकुशतातिर लग्न सक्छन् । प्रजातन्त्रका सबैभन्दा स्पष्ट प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक चरित्रहत्या गर्नु हुँदैनथ्यो शाही आयोगले । त्यसले राजाको लागि पनि राम्रो गर्दैन  ।

अवसर नपाएर यस्ता कुरा गर्नु'भा हो कि?
राजसंस्था खानेहरुका विरुद्ध लाग्नु राष्ट्रवादीको कर्तव्य ठानेर सत्य बोलेको हुँ । राजतन्त्र राष्ट्रको निम्ति भएन भने त्योभन्दा खतरा केही हुँदैन ।