| जनता
परदेशका भाषाप्रेमी

डम्बरकृष्ण श्रेष्ठ
|
एक दशकअघि हङकङमा नेपाली
स्कूल खोल्न खोज्दा अनुमति नपाएर रन्थनिएका एकराज र्राई अहिले त्यहाँका
१२ वटा सरकारी विद्यालयमा नेपाली भाषालाई मान्यता दिलाउन सफल भएका
छन् । हङकङ सरकारको शैक्षिक अभियानलाई सघाउने नेपाली पाठ्यक्रम विकास
परिषदको प्रमुख समेत बनेका र्राईको संयोजनमा ती विद्यालयमा नेपाली
अध्ययन-अध्यापनका लागि पाठ्यपुस्तकसमेत तयार हुँदैछन् । काठमाडौँमा
शिक्षण पेशामा रहेकै बेला जन्मदर्ताका आधारमा आइडी पाएर हङकङ पुगेका
र्राईले ग्यारेजको सामान्य कामदारबाट भाषा अभियन्तासम्मको लामो छलाङ
मारेका हुन् ।
हङकङ पसेदेखि नै नेपाली भाषीका लागि विद्यालय खोल्न उत्सुक बनेका र्राईले
आफ्नै अगुवाईमा गोर्खाज एशोसिएशन खोले र त्यो संस्थामार्फ् सरकारलाई
बारम्बार दबाब दिए । अनुमति मिल्नासाथ पनसेटिया नेपाली प्राथमिक विद्यालय
चलाएर आफैँ उदाहरण बने । उनको बाटो पछ्याउँदै अहिले हङकङमा चार वटा
नेपाली स्कूल सञ्चालनमा छन् । एकराज नेपाली भाषा पढाइने स्कूलहरूको
अनुगमन गर्ने काममा पनि व्यस्त छन् ।
हङकङका क्यान्टोनिज भाषी पाठ्यपुस्तकहरूमा 'गौतमबुद्धको जन्मस्थल भारत'
लेखिएको भेटेपछि एकराजले त्यसलाई संशोधन गराउने अभियानमा पनि लागेर
सबैतिर पत्राचार गरिरहेका छन् । हङकङका बुद्धिजीवीहरूमा रहेको सो भ्रम
चिर्नका लागि उनले त्यहाँका शिक्षक-विद्यार्थीलाई बुद्धको जन्मस्थल
लुम्बिनीको भ्रमण गराउने तयारी शुरु पनि गरेका छन् । "नेपाली
विद्यार्थीका सहपाठीले बुद्धको जन्मस्थलबारे गलत कुरा सिकिरहेको देख्दा
मनले मान्दै मानेन", उनी भन्छन्, "त्यसलाई सच्याउनु पनि
मैले आफ्नो कर्तव्य ठानेको छु ।"
गीतबा६ै सेवा, गीतबा६ै पर््रार्थना

किरण पाण्डे
|
गीतमार्फ् सर्त्कर्म, शान्ति र अहिंसाको
आहृवान गर्नु अहिले उनको दिनचर्या नै भएको छ । 'अन्धकारलाई धिक्कार्नुभन्दा
एउटा दियो बाल्नु वेश' भनेर कलिला आनीहरूका लागि आफैँले खोलेको स्कूल
र नन्स वेल्फेयर फाउण्डेशनलाई सहयोग जुटाउने माध्यम समेत बनिरहेका
छन् उनका गीत । 'फूलको आँखामा फूलै संसार' को ख्यातिमार्फ् भर्खरै
वर्षै सर्वोत्कृष्ट गायिकाका रूपमा इमेज अवार्ड पाएकी आनी चोइङ डोल्मा
ले त्यस्तै आव्हानलाई निरन्तरता दिँदै नौ वटा नयाँ गीत र्सार्वजनिक
गरेकी छन् 'स्माइल' शर्ीष्ाकको अल्बममार्फ् । शर्ीष्ाकले सङ्केत गरेजस्तै
गीतमा उनले फेरि पनि आग्रह गरेकी छन्, "जे भेटे नि प्यारो होस्
मलाई मै समान, सबको मुखमा देखूँ मीठो मुस्कान ।"
आनी शुरुमा संस्कृत र तिब्बती भाषाका मन्त्रहरू गाउँथिन् । संयोगले
दर्ुगालाल श्रेष्ठ र न्हृयू बज्राचार्यसँग भेट भएपछि उनीहरू स्वर,
शब्द र सङ्गीतका त्रिवेणी नै बने । दर्ुगालालले आनीका मनका कुरा लेख्दै
गए र न्हृयूको समधुर सङ्गीतमा पारखीका लागि नयाँ स्वाद बन्यो आनीको
स्वर । र, श्रुतिमधुर, आनन्ददायी सावित भए उनका गीत । आनीहरूलाई आधुनिक
शिक्षासमेत दिलाउन लागिपरेकी डोल्माको अभिन्न चिनारी बनिसकेको छ उनको
सुरिलो आवाज । उनी त्यसलाई पनि चेतनाविस्तारको माध्यमकै रूपमा उपयोग
गरिरहेकी छन् । भन्छिन्, "मेरा सबै गीत मेरा पर््रार्थना हुन्
। त्यसमा कुनै सन्देश भेट्नु भयो भने मलाई खुसी लाग्नेछ ।" नभन्दै,
सदाचारको आग्रहजस्तै लाग्छन् आनीका गीत ।
|