हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
देश | समाचार

राजाका आदेश कसले सुनिदिने !
कुनै जमानामा राजाको बोली भुइँमा खस्न पाउँदैनथ्यो । तर आज, राजाले निश्चित समयावधि तोकेर दिएको आदेश-निर्देशको पनि कार्यान्वयन हुन छाडेको छ ।
राजाले मध्यपश्चिमाञ्चल क्षेत्रको १६ दिने भ्रमणपछि १८ फागुन २०६० मा नेपालगञ्जमा अवस्थित क्षेत्रीय स्तरका सरकारीर्-अर्ध सरकारी कार्यालयहरू सर्ुर्खेत र्सार्न दिएको निर्देशनको सुरक्षा निकायबाहेक अरू कसैले पालना गरेनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग पनि राजाले तोकिदिएको एक महिनाको सट्टा चार-पाँच महिनापछि सर्ुर्खेत सरेका थिए । तर, नेपालगञ्जमा राजाको आदेशको मर्म अनुरुप सर्ुर्खेत सारिनुपर्ने सरकारी कार्यालय ३७ वटा र अर्ध सरकारी अर्थात् संस्थान/समितिका कार्यालय २३ वटा छन् ।


रु.५ करोडको लागतमा र्सर्ुखेतमा निर्माण हुँदै गरेको क्षेत्रीय प्रहरी कार्यालय ।

कार्यालयहरू स्थानान्तरण गर्ने बाहेक राजाको निर्देशनमा आतङ्कबाट पीडितहरूको पुनःस्थापना, विकास आयोजनाहरूको तीब्र निर्माण, जडिबुटी तालिम र अनुसन्धान आदि कुराहरू पनि थिए । तर, त्यतातिर कसैको ध्यानसम्म गएको पाइँदैन । राजाले यी निर्देशन जारी गर्दा र्सर्ूयबहादुर थापा प्रधानमन्त्री थिए । त्यसपछि बनेको प्रम देउवाको सरकारले प्रहरीका कार्यालय सार्ने कामसम्म गर्‍यो । १९ माघमा स्वयं राजाबाटै प्रधानमन्त्रीको कार्यभार समेत ग्रहण गरिएपछि, बाँकी कार्यालयहरू र्सर्ने कुरामा सर्ुर्खेतबासीहरू आशावादी बनेका थिए । तर राजाको सरकारका पाँच महिना बित्दासम्म त्यस दिशामा कुनै पहल नभएपछि उनीहरू निराश हुन थालेका छन् ।
नेपालगञ्जबाट सर्ुर्खेत सारिनुपर्ने सूचीमा परेका ६० वटा सरकारीर्-अर्धसरकारी निकायहरूको करीब रु.३८ करोड बराबरको भौतिक सम्पत्ति वीरेन्द्रनगर र्सार्न ढुवानी खर्च मात्र रु.८४ लाख लाग्ने अनुमान मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयले गरेको छ । वीरेन्द्रनगरमा स्थानान्तर भइसकेपछि आवश्यक भौतिक संरचना निर्माणमा करीब रु.१ अर्ब १२ करोड ९ लाख खर्च लाग्ने हिसाब कार्यालय र्सार्न गठित र्सर्वेक्षण समितिले निकालेको छ ।
कार्यालय स्थानान्तरणका निम्ति सर्ुर्खेतमा आवश्यक पर्ूवाधार मिलाउन गठित समितिका संयोजक रामबहादुर खत्री ती कार्यालयहरूको लागि तत्काल आवश्यक पर्ने ६० वटा घर तथा भवन निर्माणको लागि जग्गाको व्यवस्था मिलाइसकिएको बताउँछन् । खत्री भन्छन्, "राजाको प्रत्यक्ष शासन भएको बेला नसरेका क्षेत्रीय कार्यालयहरू कहिल्यै र्सर्ने छैनन् । त्यसैले हामीले यस आर्थिक वर्षो शुरुसँगै कार्यालयहरू र्सार्न श्री ५ समक्ष बिन्ती जाहेर गर्नुपर्छ । अब पक्कै पनि ढिलो चाँडो कार्यालयहरू सर्ुर्खेत सारिन्छन्  ।"
उता, डेढ वर्षबितिसक्दा पनि कार्यालयहरू सर्ुर्खेत नर्सर्नुमा राजनीतिक पार्टर्ीीजम्मेवार रहेको आरोप लगाउने मध्यपश्चिम क्षेत्रीय प्रशासक मृगेन्द्रकुमार सिंह यादवले भने क्षेत्रीय कार्यालयहरू कहिलेसम्म सर्ुर्खेत सारिन्छन् भन्नेमा अनभिज्ञता प्रकट गरेका छन् ।

प्रकाश पन्त, सर्ुर्खेत


आकाश र धर्ती

 

राजाको दूतको रूपमा क्रियाशील सुदूरपश्चिमका क्षेत्रीय प्रशासक गणेश शेरचनले जेठको पहिलो साता हेलिकोप्टरबाट सुदूरपश्चिमका नौ वटै जिल्लाको भ्रमण सम्पन्न गरेे । माथि तस्बिरमा, डडेलधुराको टँुडिखेलमा सुरक्षा अधिकारीहरूको स्वागत ग्रहण गर्दैछन् शेरचन । यस क्षेत्रका सुरक्षा अधिकारी र प्रशासकहरू यसैगरी हवाई मार्गबाट मात्रै ओहोर-दोहोर गर्ने गर्छन् ।

क्षेत्रीय प्रशासक शेरचनको हवाई-भ्रमण चलिरहेकै बेला सुदूरपश्चिमका प्रायः सबैजसो सडक राजमार्गहरूमा 'माओवादी आतङ्ककारी' हरूको रजाइँ थियो । ८ जेठमा महेन्द्र राजमार्गमा पर्ने कैलालीको मसुरिया बजारमा आयोजित आमसभालाई सम्बोधन -बायाँ) गर्नका निम्ति झण्डावाल गाडीबाट ओर्लिएका माओवादीका केन्द्रीय सदस्य तथा सेती-महाकाली प्रमुख लेखराज भट्ट । उनका अगाडि केन्द्रीय सदस्य तथा ब्रिगेड कमिसार 'प्रतीक' ।

कर्ण्र्ा ोहरा


बन्दुकेहरूकै जगजगी

महेन्द्रनगरमा ३ असारदेखि थप दर्ुइ घण्टा कर्फ्र्यू बढ्यो, मोटरसाइकलमा दर्ुइजना चढ्न प्रतिबन्ध लाग्यो । त्यसै दिन कर्फ्र्यूको अवधि बढेको थाहा नपाएर पत्रिकाको काम सिध्याई राति १० बजे घर फर्किरहेका पत्रकार खगेन्द्र पन्त झण्डै प्रहरीको गोलीको शिकार बनेका थिए । सुदूरपश्चिमी सीमावर्ती शहर महेन्द्रनगरको भन्दा फरक छैन पर्ूवका काकडभिट्टा र पशुपतिनगरको अवस्था पनि । पशुपतिनगरमा त झन् बेलुकी ८ बजेदेखि नै कर्फ्र्यू लाग्छ र साँझ ६ बजेपछि बजार सुनसान भइसक्छ ।


रामेश्वर बोहरा

३-९ असारमा महाकालीदेखि मेचीसम्मको यात्रामा निस्कँदा यो पंक्तिकारले पर्ूव-पश्चिम राजमार्ग, दाङको घोराहीदेखि बुटवल, नारायणगढ, पथलैया अनि विर्तामोडसम्म सबै शहर, बजारको हालत यस्तै पायो । कर्फ्र्यू किन - प्रशासन वा सुरक्षा निकायहरू कुनै कारण बताउन सक्दैनन् या चाहँदैनन्  । तर झट्ट हर्ेदा धेरै ठाउँमा उनीहरूको तजबिज र मनोमानीका कारण कर्फ्र्यू लगाएको पाइन्छ । त्यसमाथि, धेरै ठाउँमा मोटरसाइकलमा दर्ुइ जना हिँड्न नदिएर जनजीवन थप कष्टकर तुल्याइएको छ ।

मनोनीतहरूको काम !
राजाबाट मनोनीत महाकाली अञ्चल प्रशासक महेन्द्रमान व्यथितले दर्ुइसय मिटर लामो महेन्द्रनगरको बसपार्क रोडलाई 'ज्ञानेन्द्र मार्ग' नामकरण गर्दै त्यहाँका व्यापारीलाई आ-आफ्नो साइनबोर्डमा 'ज्ञानेन्द्र मार्ग' -हे. तस्बिर) लेख्न उर्दी गरेका छन् । स्थानीय एक व्यापारीका अनुसार "नलेखेमा कारबाही गर्ने चेतावनी दिइएको छ ।"
कर्ण्ााली अञ्चल प्रशासक उत्तर टमाटा र मन्त्रालयको चिठ्ठी लिएर महेन्द्रनगरको नापी शाखामा जागिर माग्न आएका २०-२२ वर्षा एक युवक त्यहाँ नकारात्मक जवाफ पाएपछि उल्टै कर्मचारीको जागिर खाइदिने धम्की दिँदैथिए ।


कर्ण बोहरा

जिल्ला अनुगमन समितिका संयोजकहरू पनि आफूलाई प्रमुख जिल्ला अधिकारीभन्दा माथि ठान्छन् । बाँकेका संयोजक अजयराज सिंहले आफूलाई नटर्ेर्ने कार्यालय प्रमुखहरूलाई बैठकमा बोलाएर, स्पष्टीकरण लिने गरेका छन् । मकवानपुरका अनुगमन समिति संयोजक प्रेमबहादुर कार्कीको आदेशमा अन्तर्रर्ााट्रय गैरसरकारी संस्था प्लानको स्थानीय कार्यालयमा छापा मारिएको छ ।
महाकाली अञ्चल प्रशासक महेन्द्रमान व्यथित आफ्नो निर्देशन बमोजिम महेन्द्रनगरका पत्रकारहरूले आफूबारे 'सकारात्मक समाचार' लेख्ने र छाप्ने काम नगरेपछि आफैँ समाचार लेखेर कतिपय राष्ट्रिय पत्रिकाका प्रकाशकहरूमार्फ् छपाउने काममा लागेका छन् । प्रशासक व्यथितले बारम्बार धम्क्याउन र दबाब दिन थालेको कारण देखाई नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाले उनलाई र्सार्वजनिक रूपमा बहिष्कार गर्ने निर्ण्र्ाागरेको छ । शाखा सभापति युवराज घिमिरे भन्छन्, "अहिले पनि उनी पत्रकारलाई धम्की दिने काम गर्दैछन् तर हामी पनि चुप लाग्दैनौँ ।"
त्यस्तै मकवानपुरका जिल्ला अनुगमन समिति संयोजक प्रेमबहादुर कार्कीले ५ असारमा सरकारी सञ्चार माध्यमका स्थानीय सम्वाददाताहरूलाई बोलाएर आफ्नो र सरकारका विषयमा सकारात्मक समाचार मात्र प्रवाहित गर्न लिखित निर्देशन दिए भने अरूलाई मौखिक निर्देशन दिने गरेका छन् । पत्रकार महासंघ, मकवानपुरका सभापति प्रताप विष्ट भन्छन्, "पत्रकारलाई अनुगमन समितिका संयोजकले निर्देशन दिनु भनेको पराकाष्ठा नै हो ।"


रामेश्वर बोहरा

उता झापामा जिल्ला प्रशासनले त पत्रकारहरूका निम्ति छुट्टै प्रेसपास नै जारी गर्न थालेको छ, जसको लागि पत्रकारहरूले प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, सेना, राष्ट्रिय अनुसन्धान लगायतका निकायमा धाएर तीनपुस्तेसहितको दरखास्त हाल्नर्ुपर्छ । प्रशासनको प्रेस पास बोकेर हिँडेका पत्रकार मोहनकाजी भन्छन्, "यो कार्ड भएन भने त रात परेपछि हिँडडुल गर्न पनि गाह्रो छ ।" सूचना विभागको प्रेसपासलाई यहाँको प्रशासनले अघोषित रूपमा मान्यता नै दिन छोडेको छ ।

सुविधा होइन सास्ती
चितवन र काभ्रे नरसंहारपछि काठमाडौँमा सैनिक प्रवक्ता दीपक गुरुङले अबदेखि र्सार्वजनिक बसमा चढ्ने सुरक्षाकर्मीलाई कडा कारबाही र सेवाबाटै निलम्बन गरिने घोषणा गरे । तर देशका विभिन्न भागमा स्वयं सेनाबाटै सैनिक प्रवक्ताको यो घोषणाको उपहास भइरहेको छ । ५ असारको बिहान करीब साढे नौ बजे रुपन्देहीको सालझण्डीमा एकहुल हतियारधारी सैनिकहरू ना २ ख ८३८० नम्बरको बसभित्र छिरेका थिए । त्यही दिन बुटवल-भैरहवा सडकमा गुडिरहेको एउटा बसमा पनि छतभरि हतियारधारी सैनिकहरू टनाटन थिए । उक्त दृश्य हेरिरहेका एक स्थानीय व्यक्ति भन्दैथिए, "माथिबाट एउटा आदेश आउँछ, तल यस्तो गर्छन् ।"
पर्ूव-पश्चिम राजमार्गमा अहिले जनताले सुविधा भन्दा सास्ती बढी भोगिरहेका छन् । राजमार्गमा बन्दुकधारीहरूको बोलवाला छ । धेरै ठाउँमा सुरक्षाकर्मीहरू राजमार्गलाई आफू अनुकूल प्रयोग गरिरहेका छन् भने कतिपय ठाउँमा माओवादी बन्दुकधारीहरूको जगजगी छ । ४ असारमा राजमार्गको लम्की-चिसापानी खण्डमा माओवादीहरू सवारी-साधनको खानतलासी गरिरहेका थिए । बाँके र बर्दियामा पनि यसैगरी उनीहरूको खानतलासी चल्छ ।


सुरक्षाजाँचका नाममा र्सवसाधारणलाई टन्टलापुर घाममा आधा-आधा किलोमिटरसम्म हिँडाउनु र अनावश्यक दुःख दिनु सामान्य झैँ भएको छ । पर्ूव-पश्चिम राजमार्गको अधिकांश खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुन्छ । कपिलवस्तुको गोरुसिङ्गेमा सम्साँझै बास बस्न बाध्य एक यात्रु दुःखेसो पोख्दैथिए, "आफ्नै बाटोमा पनि उनीहरूले जा भनेपछि मात्र जान पाउने, यो कस्तो दिन आयो ।" झापा, भद्रपुरमा त झन् प्रजिअ कपिलदेव घिमिरेको आदेशमा र्सार्वजनिक प्रतीक्षालयमै सदाको लागि ताल्चा लगाइएको छ । नेपाल लेखापढी व्यवसायी समिति, झापाका अध्यक्ष पुरुषोत्तम अधिकारी भन्छन् "अब कुन दिन के बन्द हुने हो, केही थाहा छैन ।"
३० जेठमा बाँकेको कुसुमस्थित संयुक्त सुरक्षा बेसक्याम्प छेउ सशस्त्र प्रहरीका जवानहरू दर्ुइ र्सवसाधारण यात्रुलाई तथानाम अश्लील गाली गर्दै बुटैबुट र मुक्कैमुक्का हान्दैथिए । कान समातेर उठबस गर्न पनि लगाउँथे  । झण्डै १० मिनेटसम्म यो सिलसिला जारी रहृयो । काठमाडौँ-नेपालगञ्जको बसमा सवार ती यात्रुको दोष चेकपोष्टदेखि अलिपर पुल नजिकै पिसाब गर्न खोज्नुथियो । त्यहाँ नजिकै कतै शौचालय थिएन ।

रामेश्वर बोहरा


पर्यटक घटे - शुल्क बढाऊ !
पर्यटक र पर्यटनमार्फ् हुने आम्दानी घट्न थालेपछि नेपालका नगरपालिकाहरू के गर्छन् - पर्यटन पर््रबर्द्धनतिर लाग्छन् -
हैन, जे जति पर्यटक, आफूकहाँ आउँछन्- 'शुल्क' का नाउँमा तिनैलाई दुहुन थाल्छन् ।
केही वर्षघि भक्तपुर नपाको सिको गर्दै काठमाडौँ र काठमाडौँको नक्कल गर्दै ललितपुर नगरपालिकाले आफूकहाँ दृश्यावलोकन गर्न आउने पर्यटकसँग वित्थामा सयौँ सयौँ रुपैयाँ असुल्न थालेका थिए भने अहिले आएर पोखरा उपमहानगरपालिकाले पनि त्यही बाटो समातेको छ । सन् १९९८ मै भारत बाहेकका १ लाख पर्यटक भित्रिएको पोखरामा अघिल्लो वर्षसबै गरेर जम्माजम्मी ८७ हजार मात्र पर्यटक आएका थिए । यो वर्षत पर्यटक सङ्ख्या अरू घट्ने सङ्केत दिएको छ । स्थानीय पर्यटन व्यवसायीहरूको भनाइमा पोखरामा आउने अधिकांश पर्यटकहरू पनि सस्तो कोठा लिने, बेकरी खाने र साइकलमा हिँड्ने खालका छन् ।

यस विषयमा पोखरा पर्यटन परिषदका अध्यक्ष गणेशबहादुर भट्टर्राई भन्छन्, 'लाखौँको सङ्ख्यामा पर्यटकको आगमन पर्ूण्ा व्यवस्थित पर्यटकीय स्थलको निर्माण र नयाँ गन्तव्य स्थानको पहिचान भए पर्यटकसँग शुल्क लिएर पर््रबर्द्धन गर्नु पनि उचित हुन्थ्यो । तर प्रदूषित फेवाताल, खाली कोठा र रित्ता टेबुल र काम नभएका पर्यटन व्यवसायीलाई हर्ेन पर्यटकले कस्तो शुल्क तिर्ने -' हुन पनि, पोखरा आउने पर्यटकमध्ये भारतीयहरू मुक्तिनाथ र बाँकी पर्यटकहरू अन्नपर्ूण्ा पदयात्राको लागि जाने गर्दछन् । एकातिर, अन्नपर्ूण्ा संरक्षण क्षेत्र परियोजना -एक्याप) ले प्रति पर्यटक दर्ुइ हजार रुपैयाँ शुल्क लिँदै आएको छ भने अर्कोतिर माओवादीले पनि त्यत्ति नै शुल्क असुल गर्दै आएका छन् । त्यसैमा नगरपालिकाले पनि शुल्क लगाइदिने हो भने पदयात्रा व्यवसाय ठप्प हुनेछ, पदयात्रा व्यवसायी वासु पराजुली बताउँछन् ।
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिवाकर बाँस्तोला चाहिँ शुल्क पर्यटन व्यवसायीसँग नभएर पर्यटकसँगै उठाइने भएकाले व्यवसायीले यो कुरामा टाउको दुखाउन नहुने ठान्छन् । नगरपालिकाको आन्तरिक आम्दानी बढाउन यो शुल्क जरुरी रहेको उनको जिकिर छ । उनले र्सार्क मुलुक र चीन बाहेकका पर्यटकलाई भक्तपुरको जस्तै शुल्क लगाउन सकिने बताए । यो शुल्क आगामी नगरपरिषदबाट पारित गराएपछि मात्र लागू हुनेछ ।

रमेश पौडेल, पोखरा


बाँध होस् या सडक बस्ती डुब्छ

सिर्द्धार्थनगर -भैरहवा) नगरपालिकाको वार्ड नं. २ मा पर्ने डण्डादेखि वडा नं. ११ को प्रि्रहियासम्म समानान्तर हुने गरी सीमापारि भारतले हालसालै निर्माण गरेको संरचनालाई भारतीयहरू 'सडक' भन्छन् भने नेपालीहरू बाँध/तटबन्ध ठान्छन् । तर त्यस संरचनाको असर र उपयोगिताका हिसाबले 'सडक' वा 'तटबन्ध' भन्नेहरू कोही पनि गलत लाग्दैनन्  । किनभने त्यसमा भारतीयहरूको गाडी कुद्ने हुँदा उनीहरूले त्यसलाई सडक बताउनु स्वाभाविक लाग्छ । तर त्यस संरचनाले खोलानालाहरूको बहाव रोकी घरखेत डुब्ने खतरामा परेका नेपालीहरूका निम्ति त्यो सडक नभई तटबन्ध वा बाँध नै सावित हुन्छ ।
भैरहवास्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले उक्त स्थानको स्थलगत अध्ययनपछि त्यो संरचना बाँध नै भएको बताएको छ । डिभिजन कार्यालयका प्राविधिक पर्ूण्ालाल विक भन्छन्, "जसले जे भनेपनि त्यो बाँध र तटबन्ध हो ।" उक्त तटबन्धबाट नेपाली भू-भाग के कति डुवान हुन्छ भन्ने कुराको अध्ययन भने भइसकेको छैन । सामान्य र्सर्वेक्षणमा सिर्द्धार्थनगर नगरपालिकाको वार्ड नं १, २, १० र ११ को करीब दर्ुइ हजारबिघा खेतीयोग्य जमिन र ५ सयभन्दा बढी घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ ।

भारतको र्सार्वजनिक निर्माण -पी डब्लु) विभागका इन्जिनियर पी रायले त्यहाँ बाँध नभई सडक बनाउन लागेको बताएका छन् । उनको भनाइमा भारतको केउटलिया गाउँदेखि शेख फरेनासम्म जोड्न सो सडक बनाइएको हो ।
भारतीय अधिकारीहरूका अनुसार सो सडकको उँचाइ दर्ुइ मिटर र चौडाइ ६ मिटर रहेको छ । निर्माणस्थलमा रहेका मिस्त्री हरिराम यादवका अनुसार फरकफरक ठाउँमा ५ मिटर चौडाइका ढोका राख्न नक्सा दिइएको छ । ती ढोका खाल अर्थात् होचो ठाउँमा राखिनेछ । पानीको निकास सजिलै हुने खालमा राखिने यस्ता ढोकाले पानीको निकास थुन्ने र डुबानको सम्भावना बढ्ने चिन्ता सीमावर्ती क्षेत्रका नेपालीहरूको छ ।

मुकेश पोखरेल, भैरहवा


बन्दूक बोकाउने कुटिल चाल

नेकपा माओवादीले केन्द्रीय सत्ता प्राप्तिको 'पर्ूव तयारी' भन्दै पर्ूर्वी पहाडमा 'लोकतान्त्रिक मोर्चा' गठन गर्ने अभियान शुरु गरेको छ । "१९ माघपछिको अवस्थामा सबै दलहरू सशक्त साझा मोर्चा निर्माण गरी सँगै लड्नर्ुपर्छ" भन्दै उनीहरूले धनकुटा जिल्लाबाट यस्तो अभियान अगाडि बढाएका छन् । धनकुटाको ६ नं. क्षेत्रका तत्कालीन माओवादी जिल्ला इञ्चार्ज 'सर्ुदर्शन' को संयोजकत्वमा 'पश्चिम चुरे लोकतान्त्रिक गणतन्त्रवादी मोर्चा-उत्तरी मोरङ' गठन गरेका छन् । त्यसै गरी, धनकुटाकै खाल्सा क्षेत्रमा २९ सदस्यीय, डाँडाबजारमा २३ सदस्यीय र राजारानीमा २९ सदस्यीय मोर्चाहरू गठन गरिएका छन् । मूढेबास -२१), बूढी मोरङ -२३), कुरुले तेनुपा -२७), बोधे -१९), बसन्तटार -१५), बुधबारे -११), खुवाफोक -२५) र फाक्सिव
-२१) मा पनि यस्ता मोर्चा बनाइसकिएका छन् ।
लोकतान्त्रिक मोर्चामा माओवादीले काङ्ग्रेस, एमालेलगायतका राजनीतिक दलका कार्यकर्ताहरू-लाई पनि समेटेका छन्- तर जबर्जस्ती । काङ्ग्रेस, एमालेका पहिचानसहित मोर्चामा राखिएकाहरूलाई माओवादी-कार्यकर्ता भन्दा भिन्न व्यवहार गर्ने गरिएको छैन, झण्डा समेत माओवादीकै बोक्न लगाइएको छ । माओवादीको यस्तो व्यवहारले मोर्चाप्रति शुरुमा सकारात्मक भएर लागेका काङ्ग्रेस-एमालेका कार्यकर्ताहरू यता आएर आतङ्कति हुन थालेका छन् । डाँडाबजारका एक एमाले कार्यकर्ता भन्छन्, "माओवादी सङ्कर्ीण्ा सोचाइबाट मुक्त भएका रहेनछन्, तिनले साझा मोर्चा भनेर बन्दूकको त्रासमा आफ्नै सेलकमिटि विस्तार गर्न खोजिरहेका छन् ।"
मोर्चा निर्माणको प्रक्रियामा समेत माओवादीले अतिवाद लादेको पाइएको छ । सशस्त्र माओवादीहरूले गाउँलेलाई भेला गराएर मोर्चा निर्माण गर्ने र त्यसमा बस्न नमान्नेलाई भौतिक कारबाहीको धम्की दिने गरिएको छ -हे.तस्बिर)  ।
माओवादीको अतिवादी व्यवहारबाट विस्थापित भई धरान आएका हरि परियार भन्छन्, "कमिटीमा बस्न नमान्दा मलाई सुराकीको आरोप लगाउने धम्की दिइयो  । धेरैलाई उनीहरूले फकाएर बसाएका छन् । फोटो खिचेर राखेका छन् । जबर्जस्तीले गर्दा धनकुटाका थुप्रै राजनीतिक कार्यकर्ताहरू माओवादीको अर्काे जालमा फसिने भयो भनेर अहिले त्राहीमाम् छन् ।"
लोकतान्त्रिक मोर्चा निर्माणको नाममा जबर्जस्तीको नीति अपनाइएपछि मोर्चामा रहेका अधिकांश राजनीतिक कार्यकर्ताहरू मारिइने डरले तर्राई विस्थापित हुन थालेका छन् । विस्थापितहरूको भनाइमा, मोर्चा निर्माणको नाउँमा फरक आस्था राख्नेहरूलाई समेत बन्दूक बोकाउने माओवादीको कुटिल चालको पोल खुलेको छ ।

सोमनाथ बास्तोला, इटहरी


पढ्न थाले शरणमायाका छोराछोरी

पाँच वर्षम्म खोरमा थुनिएर मरेकी सुनसरी, बराहक्षेत्र-८, शिलपाखाकी मानसिक रोगी शरणमाया र्राईका नाबालक छोराछोरी विद्यालय जान थालेका छन् । नातिनातिनालाई पढ्न पठाउनुको साटो स्थानीय जलकन्यादेवीको थानमा धुपधमार गर्न लगाउने हजुरबुबा नाकबहादुर र्राईलाई गाउँलेहरूले पटकपटक सम्झाएपछि शरणमायाका छोरा विवेक र छोरी सम्झनाले स्थानीय प्राविमा पढ्न पाएका हुन्् ।

हिमाल मा विवेक र सम्झनाका बारेमा पटक-पटक समाचार प्रकाशित भएपछि गाउँलेहरूले नाकबहादुरलाई नातिनातिना पढाउन दबाब दिएका थिए । स्थानीय अनिल सुब्बा भन्छन् "सबैले भन्यौँ । गाउँलेकै पहलमा विद्यालय पनि गाउँमै आयो । त्यसपछि उनले पढाउन थालेका छन् ।" हिमाल मा पहिलो पटक शरणमाया सँुगुर थुन्ने खोरमा थुनिएको समाचार प्रकाशित हँुदा -हे. हिमाल, १-१५ फागुन २०६०) नाकबहादुरले आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकेको बताएका थिए । हिमाल को समाचारका आधारमा काठमाडौँका एक डाक्टरले निःशुल्क उपचार गरिदिने वचन दिँदा पनि उनले 'बूढीबजुले उपचार नगर्नु भनेको छ' भन्दै काठमाडौँ लान मानेनन् । यत्तिकैमा शरणमायाकोे मृत्यु भयो । नाबालक छोराछोरीको विजोग भएको समाचार हिमाल मा पुनः छापियो  । समाचार पढेर काठमाडौँ-सामाखुसीस्थित डालेकी स्कूलले बच्चाहरूलाई निःशुल्क पढाइदिने भनेपनि नाकबहादुरले 'टाढा नपठाउने' भनेर भाँजो हाले  ।े

हिमाल सम्वाददाता 'बच्चाहरूलाई पढ्न पठाउनु पर्‍यो' भनेर पटक पटक आग्रह गर्दा नाकबहादुरले गाली गर्दै भनेका थिए, "नानीहरू लगेपछि देवीथानमा धुप हाल्ने चैँ कसले - गाउँलेलाई देवीले पिरे भने त्यसको जिम्मा तपाईं लिनुहुन्छ -" तर यस पटक नाकबहादुरले गाली गरेनन् । बरु नम्र भएर भने, "अब त नातिनातिना पनि स्कूलमा पढ्दैछन्  । तपाईँले पनि धेरै कोशिश गर्नुभयो ।"


पढ्न पाएकोमा विवेक र सम्झना पनि खुसी छन् । उनीहरू बिहान पढ्न र दिउँसो गाईबाख्रा चराउन जान्छन् । "तैपनि उनीहरूको पढाइ राम्रो छ", शिलपाखा प्राविका प्रधानअध्यापक रवि श्रेष्ठ भन्छन् ।

गोपाल



उच्च शिक्षा क्षेत्रमा पृथक पहल

प्रोग्रेस उच्च मा.वि. तमाम उच्च मा.वि. हरूका बीचमा आफ्नो अलग्गै पहिचान बनाउन भरमग्दुुर प्रयासरत छ । गुणस्तरीय शिक्षाका साथसाथै अनुशासन, संस्कार, नैतिकता, अध्यात्म जस्ता मानव विकासका लागि अपरिहार्य तत्वहरू मिहिन तरिकाले विद्यार्थीहरूको व्यक्तित्वमा समाहित गर्न कलेज व्यवस्थापन लागिपरेको छ । प्रोग्रेस एजुकेशन एकेडेमी ९एभ्ब्० को सीधा व्यवस्थापन र नेम ९ल्ब्ःभ्० को नैतिक सहयोगमा सञ्चालित यस कलेजका सञ्चालकहरू उपत्यकाका स्वनामधन्य प्राध्यापकहरू र शिक्षकहरू हुन् । तर्सथ इन्जिनियरिङ तथा मेडिकल पढ्न चाहने क्ीऋ परीक्षा उत्तर्ीण्ा विद्यार्थीहरूका लागि यो उच्च मा.वि. सही गन्तव्य हुने कुरामा यसका सञ्चालकहरू तथा यस क्षेत्रका जानकारहरू विश्वस्त छन् ।
पुल्चोक, धोवीघाट, ललितपुरमा करीब ८ रोपनीमा पार्कसहितको तुलाभवन नामक राणाकालीन भवनमा सञ्चालित यो कलेज वातावरणीय दृष्टिले पनि स्वच्छ र सुन्दर छ । उच्च स्तरीय एवं आवश्यक सरसामानहरूले पर्ूण्ा विज्ञान प्रयोगशालाहरू, ताररहित इन्टरनेट सुविधासहितको अत्याधुनिक कम्प्युटर -२५ वटा ए क्ष्ख्० कक्ष, अन्तर्रर्ााट्रयस्तरका बास्केटबल, ब्याटमिन्टन, भलिबल कोर्ट, आधुनिक टेबुलटेनिस हल र मिलेका कक्षाकोठाहरू -२२हृ१८), उचित मूल्यमा स्वस्थ खानेकुरा तथा स्वच्छ पिउने पानीसहितको चमेनागृह ९ऋबाभतभचष्ब० जस्ता पर्ूवाधारले पर्ूण्ा प्रोग्रेस कलेजले नयाँ प्रविधिलाई पनि सक्दो प्रयोगमा ल्याउन जमर्को गरिरहेको छ । जस्तै छरितो ताररहित २४ सै घण्टा इन्टरनेट सेवा, कलेजको वेबसाइट तथा सो साइटभित्र प्रत्येक विद्यार्थीहरूको आ-आफ्नो छुट्टै वेबसाइट रहेको छ । वेबसाइटमा विद्यार्थीहरूको दैनिक हाजिरी रर्ेकर्ड, मासिक, त्रैमासिक परीक्षाका परीक्षाफलहरू, शुल्क सम्बन्धी रर्ेकर्ड तथा उसले गरेका राम्रा तथा नराम्रा गतिविधिहरूका बारेमा जानकारी समावेश गरिएको हुनेछ । जसले गर्दा इन्टरनेटमा पहुँच भएका पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्मका अभिभावकहरूले तुरुन्तै आफ्ना नानीहरूको प्रगति विवरणका साथै दैनिक गतिविधिका बारेमा जान्नबुझन सक्नेछन्  ।
कलेजको गेटबाट छिर्ने बित्तिकै पुगिने बुद्धको मर्ूर्तिसहितको बोधीबगैँचा, मूलद्वारको दाहिनेपट्ट िरहेको सरस्वतीको मर्ूर्ति, पुस्तकालय तथा भवनहरूका विभिन्न ठाउँमा राखिएका दार्शनिक, वैज्ञानिकहरूका तस्बिरहरू, प्रयोगशालाहरूमा झुण्ड्याइएका शैक्षिक गतिविधिसँग सम्बन्धित चार्टहरू तथा ठूला ठूला रूखहरूका बीचमा ढकमक्क फुलेका फूलहरूले जहिले पनि विद्यार्थीहरूलाई सकारात्मक तथा सृजनशील रहन अभ्रि्रेरित गरिरहेका देखिन्छन् । पर्याप्त मात्रामा पुस्तकहरू सहितको पर्ूण्ा तथा क्षेत्रफलका हिसाबले पनि उपयुक्त पुस्तकालय, विद्यार्थीहरूमा ज्ञान सिंचन गर्न सम्पर्ूण्ा रूपमा तत्पर प्राध्यापक वर्ग, सहयोगी, मिलनसार कर्मचारी रहेको प्रोग्रेस कलेज वास्तवमा आफूलाई अरू कुनै कलेजको प्रतिद्वन्द्वीका रूपमा मान्दैन । किनभने यस कलेजका संचालकहरूसँग आफ्नै प्रकारका दर्र्ीघर्कालीन सोचहरू छन् जसले समग्र शैक्षिक क्षेत्रलाई नै सकारात्मक प्रभाव पार्न सकुन् । निजी क्षेत्रबाट संचालित कलेज भएतापनि यो कलेज आफूलाई पर्ूण्ा व्यावसायिक रूपमा संस्था नमानी सामाजिक उत्तरदायित्वसहितको एउटा शैक्षिक संस्थाका रूपमा अगाडि बढाउन चाहन्छ । कुराकानीका क्रममा कलेजका प्राचार्य ९एचष्लअष्उब० िशिञ्जन कोइराला भन्नुहुन्छ, "हामी शैक्षिक गुणस्तर कायम गरी विद्यार्थीहरूलाई उज्वल भविष्यप्रति अभ्रि्रेरित गर्न प्रयासरत छौँ  । भौतिक पर्ूवाधार विद्यार्थीहरूलाई आवश्यक छ तर हाम्रो कलेजको शक्ति भनेको यहाँका स्तरीय प्राध्यापकहरू नै हुन् ।"



हिंसाको कहाली

नौ वषर्ीया संगम सुब्बा बेलाबेला झस्किएर कहालिन्छिन् । निदाएको बेला पनि जुरुक्क उठेर हिँड्छिन् र आमा खोज्छिन् । तर उनले न आमा भेट्छिन् न बाबु नै ।

संगमका बाबु डम्बर सुब्बा माओवादीको आरोपमा तीन वर्षेखि विराटनगर जेलमा छन् भने आमा धनकुमारी र्राई 'शशी' तीन महिनाअघि सेनाको गोलीबाट मारिइन् । श्रीमान् माओवादीमा लागेपछि छिमेकीहरूले धनकुमारीलाई पनि 'माओवादीकी श्रीमती पनि त माओवादी नै हो नि' भनेर बारम्बार दुःख दिन थालेपछि दर्ुइ वर्षघि उनी घर छाडेर हिँडेकी थिइन् । मारिनुअघि उनी माओवादीको स्थानीय कमाण्डर थिइन् । धनकुमारीले छोरी संगमलाई दिदी चन्द्रकुमारी र्राईको घर चतरा -सुनसरी) मा छोडेर गएकी थिइन् ।
चतराको औलिया निमाविमा कक्षा तीनमा पढिरहेकी संगम यस पटक फेल भइन्  । आमाको मृत्युपछि उनले राम्ररी पढ्न सकेकी छैनन् । उनलाई पाल्ने ठूलीआमा चन्द्रकुमारी भन्छिन् "सेनाले मारेकै अघिल्लो दिन संगमलाई भेटेकी थिई उसकी आमाले, सबैले आमा मरी भनेर सुनाएपछि त ऊ एकोहोरी भएकी छ ।"

गोपाल दाहाल, धरान