हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

निरङ्कुशतालाई अझै घोचौँ
"पत्रकारिताको गहना हो कार्टर्ुु भन्ने निष्कर्षहितको हिमाल को आवरण फिचर -१-१५ असार) सामयिक, सान्दर्भिक पनि छ । देश आज दर्ुगा बरालको कार्टर्ुुे औँल्याएझैँ विसङ्गत भएको छ ।
यथार्थमा सरकार वा माओवादीका कहालीलाग्दा कृत्यहरूलाई पर्दाफास गर्न पत्रकार/कार्टर्ुुष्टहरूले ठूलो कसरत गरिरहेका छन् । त्यसैले जनताका लागि बोलिदिने अरू निकाय निस्तेज भएको अहिलेको अवस्थामा पत्रकार/कार्टर्ुुष्टहरू नै सच्चा जनप्रतिनिधिहरू हुन् । कार्टर्ुुष्टहरूले देशलाई दुरवस्थामा पुर्‍याउन कसले घात गरेको छ भन्ने कुरा आफ्ना सिर्जनामा स्पष्ट दर्शाउन सके अहिलेको भन्दा बढी विश्वास बटुल्नेछन् ।
प्रकाश बराल, लमजुङ्ग
pro_baje@yahoo.com


हाम्रो अवमूल्यन किन  ?

कार्टर्ुुष्टसम्बन्धी सामग्री आवरणकथाका रूपमा प्रस्तुत गरिएको देख्दा खुसी लाग्यो । तर, उक्त सामग्रीमा उल्लिखित कतिपय विषयसँग चित्त बुझाउन सकिएन । आवरणकथामा उल्लिखित विवरणको आशयले नेपालमा चारजना मात्र कार्टर्ुुष्ट छन् कि भन्ने भ्रम पैदा गरेको छ । अन्य कार्टर्ुुष्टलाई नियतवश दोस्रो दर्जाको कलाकारका रूपमा प्रस्तुत गरिएको छ । हामीलाई कसैप्रति कुनै आग्रह नभएपनि त्यो सामग्रीका कारण हाम्रो स्वाभिमानमा ठेस लागेको छ ।
प्रतिष्ठित पत्रिकाले कसैको सनक वा आग्रहका भरमा यस्ता सामग्री प्रकाशन गर्नु हामीसमेत संलग्न व्यवसायको मर्यादा विपरीत हुने हामीले ठानेका छौं । उद्धरणका लागि नियोजित रूपमा हामीलाई सोधिएका प्रश्नका जवाफ अरूकै जवाफका रूपमा आउनु र सतही विषयमा मात्र उद्धृत गरिनुले पनि सामग्री-प्रस्तुतिका क्रममा खराब नियतले काम गरेको देखिन्छ । चार जना कलाकारलाई समान हैसियतमा महान् बनाउने प्रयास गर्दा यस क्षेत्रकै धरोहर वात्स्यायन -दर्ुगा बराल) को अपमान भएको छ । के आधारमा र कुन मापदण्डलाई आधार बनाएर दर्ुइ दर्जा छुट्याएर चित्रण गरियो, त्यो समेत स्पष्ट देखिएन । दर्ुइ दशकभन्दा बढी यसै क्षेत्रमा लगानी गरेका वरिष्ठ र्सजकहरूको नामै उल्लेख नगरिनुले यो क्षेत्रको अपमान अर्को कोणबाट पनि भएको छ ।
रमेश विष्ट, बासु क्षितिज, सुमन मानन्धर, उत्तम नेपाल र सागर शाह, काठमाडौँ


नैतिकताको पाठ
'जो अगुवा उही ...' -हिमाल, १-१५ असार) ले हामी लेखाकर्मीलाई नैतिकवान बन्न बाध्य पारिदियो । तर, महालेखा परीक्षक गेहेन्द्रनाथ अधिकारीजस्ता व्यक्तिले समेत 'ऐनले पाइँदैन नभनुञ्जेलसम्म खान्छु' भनिरहेका छन्  । मुलुकको आर्थिक प्रशासन लगायत अन्य कारोबारमा भएको अनियमिततालाई बेरुजुमा देखाई आवश्यक कारबाही चलाउन बाध्य गराउने संवैधानिक निकाय हो महालेखा परीक्षकको विभाग । यो सर्न्दर्भमा 'म चाहिँ छोड्नेवाला छैन' भन्ने अधिकारीको बेजोड तर्कलाई कुन रूपमा ग्रहण गर्ने - इमान्दारी वा थेत्तरोपन?
एस.बी. खड्का
नयाँबानेश्वर, काठमाडौं



दोहोरो सुविधासम्बन्धी उठाउनैपर्ने विषय उठाएकोमा हिमाल लाई धन्यवाद  । यसले ठूलाबडाहरूले नै कसरी देश चुसिरहेका छन् भन्ने स्पष्ट देखाएको छ । महालेखा परीक्षकको भनाइले पनि बलमिच्याइँ र गैरजिम्मेवारीलाई र्छलङ्ग पार्छ । मुगु, डोल्पाका जनता एक चक्की सिटामोल नपाएर मरिरहेका बेला देशका गन्यमान्यहरू निसङ्कोच दोहोरो सुविधा लिइरहेका छन् । यो आर्थिक भ्रष्टाचार होइन र?
नरेन्द्र पण्डित
कल्लेरी-५, धादिङ

न्यायोचित छैन
सामान्यतया निजामती सेवाका कर्मचारी ५८, शिक्षाका ६३ र न्यायसेवाका कर्मचारीहरू ६५ वर्षा सेवानिवृत्त हुने गरेका छन् । तर, राजनीतिकर्मीहरूको अवकाश लिने निश्चित उमेर कतै नतोकिएकाले उनीहरूलाई कतै छेकवार छैन  । त्यो पृष्ठभूमिमा क्षमतावान् सेवानिवृत्त कर्मचारीलाई विभिन्न उच्च ओहोदामा पुनःनियुक्ति दिनुलाई अस्वाभाविक मान्न सकिन्न ।
सवाल तलब सुविधाको हो । नयाँ जिम्मेवारी नदिँदा पनि अवकाशप्राप्त कर्मचारीले पेन्सन पाउन सक्छ । तर, कुनै सरकारी ओहोदामा पुनःनियुक्त गरिएमा सरकारले उसलाई तलब र पेन्सनमध्ये कुनै एउटा मात्र लिनु भन्न थालेको छ । उसको अनुभव, ज्ञान र क्षमतालाई पुरस्कृत गर्नुको साटो एउटा सुविधा छोड् भन्नु कुनै दृष्टिले न्यायोचित छैन । यसलाई बाध्यात्मक बनाउने हो भने थुप्रै अनियमितताहरू जन्मन सक्छन् । काम आकर्ष ठाउँमा पुगेको व्यक्तिले त्यहाँबाट बढीभन्दा बढी फाइदा उठाउन सक्छ । सरकारी पेन्सन निकै कम हुने भएकाले सेवानिवृत्तहरूलाई त्यसैबाट गुजारा चलाउन गाह्रो छ ।
मोहनबहानदुर कायस्थ
काठमाडौं


परिपत्र आएन
'जो अगुवा उही ...' -हिमाल, १-१५ असार) मा वीर अस्पतालको प्रसङ्ग आएकाले त्यसबारेमा स्पष्ट पार्न चाहन्छु । हामीले एकवर्षम्म पेन्सन रकम कट्टा गरी निर्देशक तथा डीनलाई तलब दिँदै आएका थियौँ । त्यसै बेला सरकारका एक कानुनी सल्लाहकारले सो रकम काट्नु पर्दैनथ्यो भनी आवाज उठाएपछि यस सम्बन्धमा परिपत्रहरू खोज्न धरै प्रयास गर्‍यौँ तर सकिएन । त्यसैताका -अख्तियार दुरुपयोग नियन्त्रण आयोगका) केही आयुक्तहरूले पत्रिकामा अन्तरवार्ताका माध्यमबाट 'हामी दुवै सुबिधा लिन्छौँ" भनी वक्तव्य दिनुभएको र नदिनू भन्ने कुनै ऐन नियम फेला पार्न नसकेकाले एक वर्षछि विगतमा काटिएको रकम एकमुष्ट फिर्ता गरियो । यस सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्र हाम्रो अस्पतालसम्म आइपुगेको देखिएन ।
भरत अधिकारी, लेखा अधिकृत
वीर अस्पताल, काठमाडौँ


म कसरी परें?
'जो अगुवा उही...' शर्ीष्ाकमा हिमाल मा प्रकाशित सामग्रीउपर मेरो ध्यानाकर्षा भएको छ । मैले पेन्सन पाउने अवधिसम्म श्री ५ को सरकारको सेवा नै नगरेको र पेन्सनपट्टा नै नभएको हुनाले पेन्सनसहितको दोहोरो सुविधा लिने प्रश्न नै आउँदैन ।
रामनारायण सिंह, श्रम तथा यातायात व्यवस्था मन्त्री, काठमाडौँ

तलब र पेन्सन दुवै खानेहरूको उक्त सूचीमा परेका प्रशासकीय अदालतका अध्यक्ष सुरेशमान श्रेष्ठ र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. विदुरप्रसाद उपाध्यायले पनि आफू सेवामुक्त नभएको र दोहोरो सुविधा पनि उपयोग नगरेको जानकारी गराउनु भएको छ । उक्त समाचारबाट उहाँहरुलाई पर्न गएको असुविधाका निम्ति क्षमाप्रार्थी छौँ  । समान स्रोतबाट प्राप्त जानकारीमध्ये कसरी कुनै सत्य र कुनै असत्य हुन गयो भन्ने बारेमा हाम्रो खोजबिन जारी रहने छ ।) - सं.


सुध्रिएन चरित्र
'माडी नरसंहार' र 'व्यक्तिहत्या फेरि तीब्र'
-हिमाल, १-१५ असार) ले माओवादीको सुध्रिन नसकेको चरित्रलाई पुनः उजागर गरेका छन् । आम जनतालाई तर्सर्ाा वा जनताको क्रूर हत्या गरेर माओवादी जनतालाई के सन्देश दिन खोजिरहेको छ, बुझी नसक्नु छ । गरीब जनतालाई भोकभोकै मर्न विवश तुल्याएर जनताको लाशमाथि शासन गर्ने दुस्वप्न पो देखिरहेको छ कि - होइन भने कुन्द दीक्षितको आलेख 'लङ्काबाट नेपाल हर्ेदा' ले औँल्याएझैँ बन्दुक समस्याको समाधान होइन बरु राजनीतिक मूलधारमा आएर जनताको मन जित्न सक्नु नै लाभदायक कुरा हो ।
एच.के. डंगोल, ज्याठा, कामनपा-२७



सही मूल्याङ्कन
साहित्यकारहरू स्वभावैले स्वतन्त्रता रुचाउँछन् । विनय रावल पनि मानवता र स्वतन्त्रताका पक्षमा कलम चलाउने निर्भिक स्रष्टा हुनुहुन्थ्यो । उहाँको उच्च मूल्याङ्कन -एक भलादमीको अन्त्य, १-१५ असार) का लागि हिमाल लाई धन्यवाद ।
कुमार काफ्ले
यसम, ओखलढुंगा

विकास त चाहिन्छ नै
द्वन्द्वग्रस्त क्षेत्र रुकुम पुगेर ध्रुव सिम्खडाले तयार पार्नुभएको सामग्री -स्थलगत/रुकुममा पनि विकास..., १६-३१ जेठ) ले सबै ठाउँका जनता विकासप्रति लालायित छन् भन्ने स्पष्ट पारेको छ । यस्तो विषम परिस्थितिमा विकासतर्फलम्केका रुकुमेली जनताको साहसको प्रशंसा गर्नैपर्छ ।
शेरबहादुर भुजेल
स्मृतिकुञ्ज, पवटी-६, दोलखा


सही छ मोर्चाबन्दी
हरिहर विरहीको विश्लेषण -१६-३१ जेठ) सान्दर्भिक र सटिक लाग्यो । १९ माघको शाही कदमपछि नेताहरूको चेत खुलेको छ । उनीहरू बल्ल लोकतन्त्र र निरंकुश राजतन्त्र एकसाथ हर्ुकन नसक्ने अनुभव गर्न थालेका छन् । त्यो पृष्ठभूमिमा सात दलको मोर्चाबन्दीलाई सकारात्मक कदमका रूपमा लिनर्ुपर्छ  । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको मेलमिलाप हुन सकेमात्र नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउन सकिन्छ ।
तोया लम्साल, मोरङ्ग


तथ्य यो हो

१-१५ असारको हिमाल मा २०६१ सालको १२ कक्षाको परीक्षा-परिणामलाई आधार मानेर तयार पारिएको देशभरिका उत्कृष्ट दश उच्च माविहरूको सूचीमा हाम्रो विद्यालयको भन्दा कम विद्यार्थी पास गर्ने विद्यालयको नाम समावेश भएको तर यस विद्यालयको नाम छुट्न गएकोमा हामीलाई दुःख लागेको छ ।
उच्च मावि परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित नतिजाअनुसार उक्त वर्षयस विद्यालयबाट कक्षा १२ को वाषिर्क परीक्षा दिएका सबै -३१ जना) विद्यार्थीहरू उत्तर्ीण्ा भएका छन् । प्रमाणका लागि मार्कलेजरसमेत पठाएका छौं ।
मोहनमुरारि खनाल, प्रधानाध्यापक
एस.ओ.एस. हरमन माइनर उमावि,
रामबजार-१५, पोखरा


-उच्च माध्यमिक शिक्षा परिषदद्वारा प्रकाशित वर्ष१० अंक १६, असोज २०६१ को 'सम्प्रेषण' बुलेटिनमा क्र.सं. ५५७ विद्यालय कोड नं. ४००५ अर्न्तर्गत २०६१ को कक्षा १२ को परीक्षामा सामेल एसओएस हरमन माइनर उमावि, पोखराका ३१ विद्यार्थीमध्ये २४ जना उत्तर्ीण्ा भएको उल्लेख छ । हामीले त्यसैलाई आधार बनाएका हौं । तर्सथ यो गल्ती उमाशिपले नै सच्याउनुपर्ने देखिन्छ  । तथापि यो त्रुटीका कारण सो विद्यालयलाई परेको असरप्रति हामी गम्भीर र दुःखी छौँ । प्रमाण उपलब्ध गराएर गल्ती सच्याउन मद्दत पुर्‍याएकोमा त्यस विद्यालयप्रति आभारी छौँ ।) - सं.


हिमाल आउँदैन !
मन नपर्ने माया लाउँछ पर्ने लाउँदैन
अरू जम्मै आउँछन् तर हिमाल आउँदैन

डाँडापारि टल्किएको पक्कै होला भन्छु
पन्ध्रपन्ध्र दिनमा आफ्नै औँलाहरू गन्छु
हाँसेको थेँ तिर्खा मेटी त्यै पग्लेको पानी
पिउँदापिउँदा बाँचेको छ मीठो जिन्दगानी

सिद्धिचरण नगरीमा क्वैली गाउँदैन
अरू जम्मै आउँछन् तर हिमाल आउँदैन

पढ्नेभन्दा चढ्ने धेरै लड्ने कति कति
हिमाल लाई काँढा लाउने कसको होला मति
धेरै अङ्क छुटेकाले दुःख खपिदैछ
आशामाथि निराशाको थुप्रो थपिँदैछ

हावा, पानी, माटो नभै जीवन रमाउँदैन
अरू जम्मै आउँछन् तर हिमाल आउँदैन ।
इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुङ्गा



भूल सुधार

'कुमारी र इन्भेष्टमेण्टको हातेमालो' शर्ीष्ाक अर्न्तर्गत गताङ्कमा प्रकाशित समाचारमा नेपाल इन्भेष्टमेन्ट ब्याङ्कको लोगो अन्यथा पर्न गएकोमा सखेद सच्याइएको छ । - सं.